Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

1 Corinthians

1 Corinthians front

1 Corinthians front:intro

१ कोरिन्थीहरूको परिचय

भाग १: सामान्य परिचय

१ कोरिन्थीहरूको पुस्तकको रूपरेखा
  1. मण्‍डलीमा भएका विभाजनहरू (१:१०-४:२१)
  2. नैतिक पापहरू र अनियमितताहरू (५:१-१३)
  3. ख्रीष्‍टिएनहरूले अरू ख्रीष्‍टिएनहरूलाई अदालतमा लिएर जाने (६:१-२०)
  4. विवाह र सम्बन्धित विषयहरू (७:१-४०)
  5. ख्रीष्‍टिएन स्‍वतन्‍त्रताको दुरुपयोग; मूर्तिहरूलाई चढाइएको खानेकुरा, मूर्तिपूजाबाट टाढा बस्‍ने कुरा; स्‍त्रीहरूले शिर ढाक्‍ने कुरा (८:१-१३; १०:१-११:१६)
  6. एक प्रेरितको रूपमा पावलको अधिकारहरू (९:१-२७)
  7. प्रभु भोज (११:१७-३४)
  8. पवित्र आत्माका वरदानहरू (१२:१-३१)
  9. प्रेम (१३:१-१३)
  10. पवित्र आत्माका वरदानहरूः अगमवाणी र भाषाहरू (१४:१-४०)
  11. विश्‍वासीहरूको पुनरुत्थान र ख्रीष्‍टको पुनरुत्थान (१५:१-५८)
  12. समापनः येरूशलेममा भएका ख्रीष्‍टिएनहरूको लागि भएको योगदान, अनुरोधहरू, र व्यक्तिगत अभिवादनहरू (१६:१-२४)
१ कोरिन्थीहरूको पुस्तक केको बारेमा हो ?

१ कोरिन्थीहरूको पुस्तक कोरिन्थको सहरमा भएको मण्‍डलीका विश्‍वासीहरूका माझमा भएका बेमेलहरूको बारेमा हो । पावलले विश्‍वासीहरूका चर्तिकलाहरूका बारेमा थुप्रै नराम्रो खबरहरू सुनेका थिए । तिनीहरूका केही समस्याहरूमा ईश्‍वरशास्‍त्रीय वा सैद्धान्तिक शिक्षाका विषयहरू परेका थिए, तर अधिकांश चाहिँ खराब आचरण सम्बन्धि थियो । यो पत्र पावलको प्रतिक्रिया र साथै कोरिन्थमा भएका विश्‍वासीहरूलाई परमेश्‍वरलाई प्रसन्‍न बनाउने तरिकाले जीवन जिउनको लागि प्रोत्साहन हो ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “पहिलो कोरिन्थी” वा “कोरिन्थमा भएको मण्‍डलीलाई पावको पहिलो पत्र” भनेर बोलाउनलाई छान्‍न सक्छन् । यो पत्र चाहिँ वास्तवमा कोरिन्थी ख्रीष्‍टिएनहरूलाई लेखिएको दुई पत्रहरूमा पहिलो हो जुन नयाँ करारमा छन् । त्यहाँ कम्तिमा एउटा अर्को पत्र थियो जुन अझ अगाडि लेखिएको थियो, तर त्यो पत्र अब छैन, त्यो हराइसकेको छ । (हेर्नुहोस्ः INVALID translate/translate-names)

१ कोरिन्थीहरूको पुस्तक कसले लेखे ?

तार्ससका पावल यसका लेखक थिए । उनले आफू कोरिन्थमा केही समय बसेर मण्‍डली स्थापना गरिसकेपछि शायद एफिससबाट यो पत्र लेखे । पावल ख्रीष्‍टतर्फ फर्कनभन्दा अगाडि उनलाई “शाऊल” भनेर चिनिन्थ्यो, जब उनी मण्‍डलीलाई सतावट ल्याउने एक व्यक्ति भएका थिए ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

कोरिन्थको सहर कस्तो प्रकारको थियो ?

कोरिन्थ प्राचीन ग्रीसमा अवस्थित प्रमुख सहर थियो । किनकि यो भूमध्य सागरको नजिकै थियो, धेरै मानिसहरूले त्यहाँ सामानहरू किन्‍ने र बेच्‍ने गर्थे । यसले गर्दा त्यस सहरमा थुप्रै विभिन्‍न संस्कृतिका मानिसहरू भए । यसलाई यसको अनैतिकताको लागि जानिएको थियो । यसका धार्मिक अभ्यासहरू अफ्रोडाइट, प्रेमको देवीमा केन्द्रित थिए । अफ्रोडाइटलाई सम्‍मान गर्ने चाडपर्वहरूको रूपमा, उनका पूजा गर्नेहरूले मन्दिरका वेश्‍याहरूसँग शारीरिक सम्बन्धहरू राख्‍थे ।

मूर्तिहरूलाई चढाइएको मासुको बारेमा भएको समस्या के थियो ?

कोरिन्थका देवताहरूको लागि धेरै पशुहरूलाई मारिन्थ्यो र बलि चढाइन्थ्यो । तापनि, धेरैजसो मासु चाहिँ पूरोहितहरू र पूजा गर्नेहरूले राख्‍ने गर्थे, र त्यसमा धेरैजसो बजारमा बेचिने गरिन्थ्यो । धेरै ख्रीष्‍टिएनहरू आफूहरूले त्यो मासु खान उचित थियो कि थिएन भन्‍ने बारेमा असहमतिमा थिए, किनकि त्यो एउटा झूटो देवतालाई समर्पित गरिएको थियो । पावलले यस समस्याको बारेमा १ कोरिन्थीहरूमा लेख्‍छन् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

१ कोरिन्थीहरूको यूएलबीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्‍त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, १ कोरिन्थीहरूको यूएलबीले निम्‍न सिद्धान्तहरूको प्रयोग गर्छः

  • कहिलेकाहीँ सन्दर्भले केवल नैतिक पवित्रताको अर्थ दिएको हुन्छ । सुसमाचार बुझ्‍नलाई विशेषगरी महत्त्वपूर्ण कुरा चाहिँ परमेश्‍वरले विश्‍वासीहरूलाई येशू ख्रीष्‍टसँग एकीकृत भएका कारण पापरहित देख्‍नुहुन्छ भन्‍ने तथ्यलाई व्यक्त गर्नलाई भएको “हागियोस” शब्दको प्रयोग हो । “हागियोस” शब्दको अर्को प्रयोग चाहिँ परमेश्‍वर सिद्ध र खोटरहित हुनुहुन्छ भन्‍ने अवधारणालाई व्यक्त गर्नलाई हो । एउटा तेस्रो प्रयोग चाहिँ ख्रीष्‍टिएनहरूले आफूहरूलाई जीवनमा दोषरहित, खोटरहित ढङ्गमा चलाउनुपर्छ भन्‍ने अवधारणालाई व्यक्त गर्नलाई हो । यस्ता खण्‍डहरूमा, यूएलबीले “पवित्र”, “पवित्र परमेश्‍वर”, “पवित्रहरू” वा “पवित्र मानिसहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२)
  • कहिलेकाहीँ सन्दर्भले ख्रीष्‍टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्‍डहरूमा, यूएलबीले “विश्‍वासी” वा “विश्‍वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः ६:१, २; १४:३३; १६:१, १५)
  • कहिलेकाहीँ सन्दर्भले मुख्यगरी कोही व्यक्ति वा केही कुरा केवल परमेश्‍वरको लागि अलग भएको कुराको अर्थ दिएको हुन्छ । यी खण्‍डहरूमा, यूएलबीले “अलग राखिएको”, “ ... लाई समर्पित गरिएको” वा “ ... का लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२; ३:१७; ६:११; ७:१४, ३४)

जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्‍छन्, यूएलबीमा गरिएका छनोटहरूद्वारा तिनीहरूलाई धेरैपटक सहयोग हुन सक्छ ।

“शरीर”को अर्थ के हो ?

आफ्ना पापपूर्ण अभिलाषाहरूको पढि लाग्‍ने ख्रीष्‍टिएनहरूलाई जनाउनलाई पावलले “शरीर” वा “शरीरको” शब्दहरूको बारम्बार प्रयोग गर्छन् । यस चित्रणको बाबजुद, यो भौतिक संसार होइन जो दुष्‍ट छ । पावलले धर्मी तरिकाले जिउने ख्रीष्‍टिएनहरूलाई “आत्मिक” मानिसहरूको रूपमा वर्णन गर्छन् किनकि तिनीहरूले पवित्र आत्माको अगुवाइलाई पछ्याउँछन् । (हेर्नुहोस्ः INVALID bible/kt/flesh, INVALID bible/kt/righteous अनि INVALID bible/kt/spirit)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारको अभिव्यक्ति १:२, ३०, ३१; ३:१; ४:१०, १५, १७; ६:११, १९; ७:2२२; ९:१, २; ११:११, २५; १२:३, ९, १३, १८, २५; १४:१६; १५:१८, १९, २२, ३१, ५८; १६:१९, २४ मा आउँछ । ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्नको लागि पावलले सामान्य अर्थमा भनेका हुन् । त्यही समयमा, उनले धेरैपटक अन्य प्रकारका सम्बन्धहरूको पनि सङ्केत दिन खोज्छन् । उदाहरणको लागि, हेर्नुहोस्, “जो ख्रीष्‍ट येशूमा समर्पित भएका छन्” (१:२), जहाँ पावलले विशेषगरी सङ्केत दिन्छन् कि ख्रीष्‍टिएन विश्‍वासीहरू ख्रीष्‍टको लागि अलग गरिएका छन् वा “समर्पित” भएका छन् ।

कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ कोरिन्थीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

के-के कुराहरू समावेश गर्ने भन्‍ने बारेमा केही अङ्ग्रेजी अनुवादका पाठ्यसामग्रीहरू सहमत हुँदैनन् । यो त्यस्ता पाण्‍डुलिपिहरू फेला परेकोले गर्दा हो जुन धेरैले ती अझ बढी ठीक छन् भनी विश्‍वास गर्छन् । १ कोरिन्थीहरूको पुस्तकमा भएका सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्‍नानुसार छन्ः

  • “र तिमीहरूका आत्मामा, जुन परमेश्‍वरका हुन् ।” (६:२०) हुन त सर्वोत्तम प्रतिहरूमा यो भनाइ नराखिएको भएतापनि, केही पुराना संस्करणहरूमा यसरी नै भनिएको छ ।
  • “म आफैँ व्यवस्थाको मुनि नभएतापनि मैले यो गरेँ ।” (९:२०) यूएलबी र यूडिबीमा यसरी भनिएको छ । तापनि, केही पुराना संस्करणहरूले यो खण्‍डलाई हटाउँछन् ।
  • “किनकि पृथ्वी र यसमा भएका यावत् थोकहरू प्रभुकै हुन् ।” (१०:२८) केही पुराना संस्करणहरूमा यो खण्‍ड छ, तर सबैभन्दा राम्रा प्रतिहरूमा यो छैन । यूएलबी र यूडिबीमा यो छैन ।
  • “र यदि मैले मेरो शरीरलाई जलाउनलाई दिएँ भने पनि ।” (१३:३) यूएलबी र यूडिबी समेत गरेर, अधिकांश संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही संस्करणहरूले यसरी भन्‍न रुचाउँछन्, “र यदि मैले मेरो शरीरलाई दिएँ ताकि म घमण्‍ड गर्न सकूँ ।”
  • “तर यदि कसैले यसलाई चिन्दैन भने, त्यसलाई पनि नचिनियोस् ।” (१४:३८) अधिकांश संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही पुराना संस्करणहरूले यसरी भन्छन्, “तर यदि कसैले यसलाई बेवास्ता गर्छ भने, त्यसको पनि बेवास्ता गरियोस् ।”

नयाँ संस्करणहरूले हटाउने खण्‍डहरूको सम्बन्धमा, विशेषगरी यदि तिनीहरूका क्षेत्रहरूमा भएका बाइबलका पुराना संस्करणहरूले तिनीहरूलाई समावेश गर्छ भने, अनुवादकहरूले त्यसलाई समावेश गर्नु गलत होइन । यदि यी खण्‍डहरूको अनुवाद हुन्छ भने, त्यो १ कोरिन्थीहरूको पुस्तकबाट लिइएको मौलिक कुरा शायद होइन भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राख्‍नुपर्छ । (हेर्नुहोस्ः INVALID translate/translate-textvariants)

1 Corinthians 1

1 Corinthians 1:intro-0

१ कोरिन्थीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१ कोरिन्थीहरूको पहिलो हरफ प्राचीन पूर्व नजिक क्षेत्रमा पत्र सुरु गर्ने सामान्य तरिका थियो ।

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १:१९ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# बेमेल

यस अध्यायमा, पावलले मण्‍डलीलाई तिनीहरूको बेमेल र विभिन्‍न प्रेरितहरूलाई पछ्याएको बारेमा तिनीहरूले गरेका दाबीहरूको कारण हप्‍काउँछन् । (हेर्नुहोस्ः INVALID bible/kt/apostle)

# आत्मिक वरदानहरू

आत्मिक वरदानहरू ख्रीष्‍टिएनहरूलाई तिनीहरू येशूमा विश्‍वासमा आइसकेपछि तिनीहरूलाई दिइएका निर्दिष्‍ट अलौकिक क्षमताहरू हुन् । यो आत्मिक वरदानहरूको एउटा पूर्ण सूची होइन । केही विद्वानहरूले विश्‍वास गर्छन् कि यी वरदानहरूमध्ये केही चाहिँ सुरुको मण्‍डलीमा मात्र दिइएको थियो किनभने तिनीहरू मण्‍डली विकासको लागि मूलभूत कुराहरू थिए । (हेर्नुहोस्ः INVALID bible/kt/faith)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# उपमाहरू

पृथ्वीमा ख्रीष्‍टको पुनरागमनलाई दुई धेरै भिन्‍न पदावलीहरूमा उल्‍लेख गरिएको छः “हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्‍टको दिन” । (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

# आलङ्कारिक प्रश्‍नहरू

पावलले तिनीहरूलाई टुक्राटुक्रामा विभाजित भएकोमा गाली गर्नलाई र परमेश्‍वरको योजनाहरूलाई बुझ्‍नलाई मानवीय बुद्धि मात्रै पर्याप्‍त छैन भन्‍नलाई आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

== ठेस खुवाउने ढुङ्गो == ठेस खुवाउने ढुङ्गो भनेको एउटा ढुङ्गा वा जसमा मानिसहरू ठेस खान पुग्‍छन् । यहाँ यसको अर्थ हो कि परमेश्‍वरले उहाँको मसिहलाई क्रूसमा झुण्‍डिन दिनुहुने थियो भन्‍ने कुरा विश्‍वास गर्न यहूदीहरूलाई समस्या भएको छ र त्यसैले विश्‍वास गर्नलाई इन्कार गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 1:1-3

सामान्य जानकारीः

पावल र सोस्थेनेसले यो पत्र कोरिन्थमा भएको मण्डलीका ख्रीस्टिएनहरूलाई लेखे ।

सामान्य जानकारीः

अरू किसिमले नभनिएसम्म, “तिमी” र “तिम्रा” जस्ता शब्दहरूले पावलका श्रोताहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

पावल ... कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई

तपाईंको भाषामा कुनै पत्रको लेखक र जसका लागि पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्‍वरमा विश्‍वास गर्छन्”

हाम्रा भाइ सोस्थेनेस

यसले पावल र कोरिन्थीहरू दुवैले सोस्थेनेसलाई चिन्दथे भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू र मैले चिनेका भाइ सोस्थेनेस” (हेर्नुहोस्ः INVALID translate/translate-names अनि INVALID translate/figs-explicit)

जो ख्रीस्ट येशूमा शुद्ध पारिएका छन्

यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीस्ट येशूले परमेश्‍वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्‍वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीस्ट येशूका हुन्”

जो पवित्र जनहरू हुनको लागि बोलाइएका छन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनीहरूको प्रभु र हाम्रो

येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:4-6

जोड्ने कथनः

पावलले विश्‍वासीहरूले उहाँको आगमनको प्रतिक्षा गर्दा उनीहरूको पद र ख्रीष्‍टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।

ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको कारण

पावलले अनुग्रहलाई कुनै भौतिक वस्‍तुजस्‍तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्‍टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्‍छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्‍ट येशूले परमेश्‍वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उहाँले तिमीहरूलाई धनी बनाउनुभएको छ

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”

हर प्रकारले धनी बनाउनुभएको छ

पावलले साधारण शब्‍दमा कुरा गरेका हुन् । वैकल्पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्‌ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

सारा बोलीमा

अरूलाई परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बताउनको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

सारा ज्ञानमा

परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बुझ्नको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

ख्रीष्‍टको विषयमा भएको गवाही तिमीहरूका माझमा सत्य हो भनी पुष्‍टि भएको छ

सम्‍भावित अर्थहरू हुन् १) “तिमीहरूले आफैंमा देख्‍यौ कि ख्रीष्‍टका बारेमा हामी जे भनेका थियौं, त्‍यो साँचो थियो” अथवा २) “तिमीहरू अहिले कसरी जिउँछौ सो हेरेर अरू मानिसले थाहा पाए कि ख्रीष्‍टका बारेमा हामीहरू र तिमीहरूले जे भन्‍यौ सो सत्‍य हो”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:7-9

त्यसैकारण

“परिणामस्वरूप”

तिमीलाई कुनै आत्मिक वरदानको अभाव नहोस्

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले प्रभु येशू ख्रीष्‍टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्‍टले आफैलाई प्रकट गर्ने समय”

तिमीहरू निर्दोष हुन सक

परमेश्‍वरले तिमीहरूलाई दोषी ठहराउने कुनै कारण हुने छैन ।

परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ

“परमेश्‍वरले जे गर्नेछु भन्‍नुभयो ती हरेक कुरा उहाँले गर्नुहुने छ”

उहाँको पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:10-11

जोड्ने कथनः

पावलले कोरिन्थी विश्‍वासीहरूलाई सम्झाउँछन् कि उनीहरू एक अर्कासँग शान्तिमा रहनुपर्छ अनि यो कि ख्रीष्‍टको क्रुसको सन्देशले, न कि मानिसहरूद्वाराको बप्‍तिस्माले, बचाउँछ ।

भाइहरू

यहाँ यसले दुवै पुरुषहरू र महिलाहरूलाई समावेश गरी सँगी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

तिमीहरू सबै सहमत होओ

“तिमीहरू एक अर्कासँग मिलापमा बस”

तिमीहरूका माझमा फाटो नहोस्

“तिमीहरू आपसमा विभिन्‍न समूहमा विभाजित नहोओ”

एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ

“एकतामा रहो”

क्लोएका मानिसहरू

यसले परिवारका सदस्यहरू, नोकरहरू, र अरूहरूलाई जनाउँछ जो त्यस घरानाका भागहरू हुन्, जसको क्लोए, एक स्‍त्री, शिर हुन् ।

तिमीहरूका माझमा गुटबन्दी छ

“तिमीहरू एक अर्कासँग झगडा गर्ने समूहमा विभाजित भएका छौ”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:12-13

तिमीहरू हरेकले भन्छौ

पावलले यहाँ विभाजनको प्रवृत्तिलाई अङ्‌कित गर्दै छन् ।

के ख्रीष्‍ट बाँडिनुभएको छ र ?

पावल ख्रीष्‍ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्‍ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्‍टलाई विभाजन गर्न सम्भव छैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-activepassive)

के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र ?

ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्‍ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रुसमा मारेका होइनन्” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-activepassive)

के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र ?

हामी सबै जनाले ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिएको हो भन्‍ने कुरामा पावल जोड दिन्छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्‍तिस्मा दिएका होइनन् !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:14-16

उनी सभाघरका शासक

“मात्रै”

क्रिस्पस

उनी सभाघरका शासक थिए जो ख्रीष्‍टिएन भए । (हेर्नुहोस्ः INVALID translate/translate-names)

गायस

उनी सभाघरका शासक उनी सभाघरका शासक (हेर्नुहोस्ः INVALID translate/translate-names)

यो तिमीहरू कसैले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी भन्‍न नसकोस् भनेर थियो

यहाँ “नाउँ”ले “अधिकार”को प्रतिनिधित्‍व गर्छ । यसको अर्थ मानिसहरूले आफूलाई पावलका चेला भनी दाबी गर्लान् भनेर पावलले अरूलाई बप्‍तिस्‍मा दिएनन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये कतिले तिमीहरूलाई मेरो चेला बनाउन मैले बप्‍तिस्मा दिएँ भनेर दाबी गर्न सक्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-activepassive)

स्तिफनसको परिवार

यसले स्‍तिफनास, अर्थात् एक जना मानिस मुखिया रहेका घरका परिवारका सदस्‍य तथा दासहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/translate-names)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:17

ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई पठाउनुभएन

यसले पावलको सेवकाइको प्राथमिक लक्ष्य बप्‍तिस्मा थिएन भनेर जनाउँछ ।

मानवीय बुद्धिका वचनहरू ... ख्रीष्‍टको क्रूसलाई शक्तिहीन नबनाइयोस्

पावलले “मानवीय बुद्धिका वचनहरू”लाई ती मानिसहरू भए जसरी, र क्रूसलाई भाँडोको रूपमा, अनि शक्तिचाहिँ उक्त भाँडोभित्र येशूले हालिदिन सक्‍ने कुनै त्‍यस्‍तै भौतिक थोक भएजस्‍तो गरी कुरा गरेका छन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानवीय बुद्धिका वचनहरू ... ती मानवीय बुद्धिका वचनहरूले ख्रीष्‍टको क्रूसलाई शक्तिहीन पार्नुहुँदैन” वा “मानवीय बुद्धिका वचनहरू... मानिसहरूले येशूको सन्‍देशका बारेमा विश्‍वास गर्न छोड्नु र येशूभन्‍दा म नै धेरै महत्‍वपूर्ण हुँ भनी विचार गर्नुहुँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:18-19

जोड्ने कथनः

पावलले मानिसको बुद्धिको साटोमा परमेश्‍वरको बुद्धिमा जोड दिन्‍छन् ।

क्रूसको बारेमा भएको सन्देश

“क्रूसमा झुण्डाएको बारेमा शिक्षा” वा “ख्रीष्‍ट क्रूसमा मर्नुभएको सन्देश”

मूर्खता हो

“अर्थहीन हो” वा “बेवकुफी हो”

मरिरहेकाहरूका निम्ति

यहाँ “मरिरहेका” ले आत्मिक मृत्युको प्रक्रियालाई बुझाउँछ ।

यो परमेश्‍वरको शक्ति हो

“यो परमेश्‍वर हामीमा शक्तिशाली रूपमा काम गरिरहनुभएको हो”

म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु

“म बुद्धिमान्‌हरूलाई अन्योलमा पार्नेछु” वा “म बुद्धिमान् मानिसहरूले बनाउने योजनाहरूलाई पूर्ण रूपमा असफल बनाउनेछु”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:20-21

बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ?

साँचा बुद्धिमान् मानिसहरू कतै पनि पाइन्‍नन् भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “सुसमाचारको बुद्धिको तुलनामा, त्यहाँ कोही पनि बुद्धिमान्, शिक्षित वा तर्क गर्ने मानिसहरू छैनन् !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

शिक्षित

धेरै अध्ययन गरेको व्यक्ति भनेर चिनिने मानिस

तर्क गर्ने

आफूले जानेको कुरामा तर्क गर्ने वा तर्क गर्ने खुबी भएको मानिस

के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ?

यस संसारको बुद्धिलाई परमेश्‍वरले के गर्नुभएको छ भन्‍ने देखाउनको लागि पावल यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले बुद्धि भनेका हरेक कुरा साँच्‍चै नै मूर्खतापूर्ण छन् भनी परमेश्‍वरले दर्शाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

विश्‍वास गर्नेहरू

सम्भावित अर्थहरू हुन् १) “सन्देश विश्‍वास गर्नेहरू सबै” वा २) “ख्रीष्‍टमाथि विश्‍वास गर्नेहरू सबै”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:22-23

सामान्य जानकारीः

यहाँ “हामी” शब्‍दले पावल र बाइबलका अरू शिक्षकलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

ख्रीष्‍ट क्रूसमा मर्नुभएको

“ख्रीष्‍टको बारेमा, जो क्रूसमा मर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ठेस लाग्‍ने ढुङ्गो

जसरी कुनै मानिस बाटोमा ठेस लागेर लड्न सक्छ, त्यसैगरी ख्रीष्‍टको क्रूसको मृत्युद्वारा हुने उद्धारको सन्देशले यहूदीहरूलाई येशूमा विश्‍वास गर्नदेखि रोक्छ । वैकल्पिक अनुवादः “स्वीकार गर्न नसकिने” वा “निकै अपमानजनक” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:24-25

जसलाई परमेश्‍वरले बोलाउनुभएको छ

“परमेश्‍वरले बोलाउनुभएका मानिसहरू”

हामी ख्रीष्‍टलाई प्रचार गर्छौं

“हामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँ”

ख्रीष्‍ट परमेश्‍वरको शक्ति र बुद्धिको रूपमा

हामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँहामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँहामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँ

शक्ति ... परमेश्‍वरको

अर्को सम्‍भावित अर्थ यो हो कि ख्रीष्‍ट शक्तिशाली हुनुहुन्‍छ र ख्रीष्‍टद्वारा नै परमेश्‍वरले हाम्रो उद्धार गर्नुभएको छ ।

परमेश्‍वरको बुद्धि

अर्को सम्‍भावित यो अर्थ हो कि परमेश्‍वरले ख्रीष्‍टद्वारा नै उहाँको बुद्धिको विषय प्रकट गर्नुहुन्‍छ ।

परमेश्‍वरको मूर्खता मानिसहरू भन्‍दा बुद्धिमान हुन्‍छ, र परमेश्‍वरको दुर्बलता मानिसहरू भन्‍दा शक्तिशाली हुन्‍छ

सम्‍भावित अर्थहरू हुन् १) व्‍यङ्‍ग्‍यात्‍मक रूपमा पावलले परमेश्‍वरको मूर्खता र दुर्बलताको बारेमा कुरा गर्छन् । परमेश्‍वर मूर्ख वा दुर्बल हुनुहन्‍न भनी पावललाई थाहा छ । वैकल्‍पिक अनुवादः “जे परमेश्‍वरको मूर्खता झैं लाग्‍छ, त्‍यो मानिसहरूका बुद्धिभन्‍दा बढी बुद्धिमान् हुन्‍छ र जे परमेश्‍वरको दुर्बलता झैं लाग्‍छ, त्‍यो मानिसहरूका बलभन्‍दा शक्तिशाली हुन्छ” वा २) पावलले ग्रीक मानिसहरूका दृष्‍टिकोणबाट कुरा गरेका हुन् जसले परमेश्‍वर मूर्ख वा दुर्बल भनी विचार गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले जे कुरालाई परमेश्‍वरको मूर्खता भन्‍छन् सो कुरा मानिसहरूले जे कुरालाई बुद्धि भन्‍छन् सोभन्‍दा साँच्‍चै बुद्धिमान् हुन्‍छ, अनि जे कुरालाई मानिसहरूले परमेश्‍वरको दुर्बलता भन्‍छन् सो कुरा मानिसहरूका बलभन्‍दा साँच्‍चै शक्तिशाली हुन्‍छन् । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

अनुवादका शब्‍दहरू

1 Corinthians 1:26-27

जोड्ने कथनः

परमेश्‍वरको सामु विश्‍वासीहरूका स्थानलाई पावलले जोड दिन्‍छन् ।

तिमीहरूमध्‍ये धेरै जना ... थिएनौ

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्‍ये निकै थोरै”

मानिसको स्तरको मापमा बुद्धिमान्‌

“जे कुरालाई धेरैजसो मानिसले बुद्धिमान् भन्‍छन्”

उच्‍च घरानामा जन्‍म

“तिमीहरूका परिवार उच्‍च भएका हुनाले विशेष”

... बुद्धिमान्‌हरू ... परमेश्‍वरले चुन्‍नुभयो । ... बलियाहरू ... परमेश्‍वरले चुन्‍नुभयो ।

परमेश्‍वरको काम गर्ने तरिका र परमेश्‍वरले ती कसरी गर्नुपर्छ भन्‍ने मानिसहरूका विचारका बीचमा भएको भिन्‍नतालाई जोड दिनका लागि दुई वाक्‍यमा उही शब्‍दहरूलाई पावलले धेरैपल्‍ट दोहोर्‍याउँछन्, जसको अर्थ करिब एउटै हो । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो

“संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई सरममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”

बलियाहरूलाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले संसारमा भएका दुर्बल कुरालाई छान्‍नुभयो

“संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्‍वरले छान्‍नुभयो”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:28-29

नीच र तुच्छ ठहरिएका

मानिसहरू जसलाई संसारले अस्वीकार गर्छ । वैकल्पिक अनुवादः “दीनहीन र इन्कार गरिएका मानिसहरू”

नगण्य ठानिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले मूल्य बिनाको ठानेका कुराहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

बेकारको, मूल्‍यवान मानिएका कुरालाई नगण्य ठहराउन

“नगण्‍य । उहाँले यो कुरा यस हेतुले गर्नुभयो ताकि मूल्‍यवान मानिएका कुरा साँच्‍चै नै बेकारका हुन्‍छन् भनी उहाँले दर्शाउन सक्‍नुभएको होस्”

मूल्यवान् ठानिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धेरै रुपियाँ पर्ने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” वा “धेरै आदर पाउने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उहाँले यसो गर्नुभयो

“परमेश्‍वरले यो गर्नुभयो”

अनुवादका शब्‍दहरू

1 Corinthians 1:30-31

परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण

यसले ख्रीष्‍टले क्रूसमा गर्नुभएको कामलाई जनाउँछ ।

हामीलाई ... हामी

यी शब्दहरूले पावल, उनीसँग भएका, र कोरिन्थीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

ख्रीष्‍ट येशू, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍ट येशू, जसले परमेश्‍वर कति बुद्धिमान् हुनुहुन्छ भनेर हामीलाई प्रस्ट पारिदिनुभयो” वा २) “ख्रीष्‍ट येशू, जसले हामीलाई परमेश्‍वरको बुद्धि दिनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्

“यदि कोही मानिसले गर्व गर्छ भने उसले प्रभु कति महान् हुनुहुन्छ भन्‍ने कुरामा गर्व गर्नुपर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 2

1 Corinthians 2:intro-0

१ कोरिन्थीहरू ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले २:९ लाई र २:१६ को पहिलो पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# बुद्धि

मानवीय बुद्धि र परमेश्‍वरको बुद्धिलाई विपरीत भएको देखाउँदै पावलले पहिलो अध्यायबाटको बहसलाई निरन्तरता दिन्छन् । पावलको लागि बुद्धि भनेको साधारण हुन सक्छ । उनले भने कि पवित्र आत्माबाटको बुद्धि मात्रै साँचो बुद्धि हो । मानवीय विचारहरू मूर्ख छन् । पावलले पहिले नजानिएका सत्यताहरूलाई जनाउनको लागि “लुकेको बुद्धि” भन्‍ने पदावलीको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/wise अनि INVALID bible/kt/foolish)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 2:1-2

जोड्ने कथनः

पावलले मानवीय बुद्धि र परमेश्‍वरको बुद्धिको बीचमा भिन्‍नतालाई दर्शाउँछन् । उनले आत्‍मिक बुद्धिचाहिँ परमेश्‍वरबाट आउँछ भनी जोड दिन्‍छन् ।

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर, सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

मैले ... येशू ख्रीष्‍ट बाहेक ... कुनै पनि कुरा नजान्‍ने निर्णय गरे

जब पावलले आफूले “केही नजान्‍ने निर्णय गरेँ” भनी भनेँ, तिनले येशूबाहेकका कुरामा ध्‍यान लगाउने र सिकाउने छैनन् भनी जोड दिनलाई बढाइचढाइ गरे । वैकल्‍पिक अनुवादः “मैले ख्रीष्‍टबाहेक ... अरू केही कुरा नजान्‍ने निर्णय गरेँ” वा “मैले ख्रीष्‍टबाहेक ... कुनै कुरा पनि नसिकाउने निर्णय गरेँ” (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू

1 Corinthians 2:3-5

म तिमीहरूसित थिएँ

“म तिमीहरूसँगै घुमफिर गरिरहेको थिएँ”

कमजोरीमा

सम्भावित अर्थहरू हुन् १) “शारीरिक रूपमा कमजोर” वा २) “जे मैले गर्नुपर्थ्‍यो सो मैले गर्न सकिन भने झैं महसुस हुनु”

घतलाग्दो बुद्धिका वचनहरू

बुद्धिमान् सुनिने वचनहरू र जसद्वारा वक्ताले मानिसहरूलाई केही कुरा गर्न लगाउने वा विश्‍वास गर्ने बनाउने

अनुवादका शब्‍दहरू

1 Corinthians 2:6-7

सामान्य जानकारीः

“बुद्धि” भनी पावलले जे भन्‍न खोजे र जसलाई तिनले भन्‍न खोजे सो व्याख्या गर्नका लागि तिनले आफ्‍नो मुख्‍य तर्कलाई पन्‍छाउने काम गर्छन् ।

अब हामी बोल्‍छौं

यहाँ मुख्‍य शिक्षालाई पन्‍छाएको कुरालाई अङ्कित गर्नका लागि “अब” भन्‍ने शब्‍द प्रयोग भएको छ । परमेश्‍वरको बुद्धि नै साँचो बुद्धि हो भनी पावलले व्याख्या गर्न थाल्छन् ।

बुद्धिका कुरा बोल्‍नु

भाववचक नाम शब्‍द “बुद्धि”लाई विशेषण शब्द, “बुद्धिमान्”को रूपमा पनि व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू बोल्ने” वा “बुद्धिको सन्देश बोल्ने” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

परिपक्‍वहरू

“परिपक्‍व विश्‍वासीहरू”

युगयुग अगिबाटै

“परमेश्‍वरले कुनै कुराको सृष्‍ट गर्नुअगि नै”

हाम्रो महिमाको निम्ति

“हाम्रो भविष्यको महिमा सुनिश्‍चित गर्नको लागि”

अनुवादका शब्‍दहरू

1 Corinthians 2:8-9

महिमाका प्रभु

“येशू, महिमामय प्रभु”

आँखाले नदेखेका ... विचार नगरेका ... उहाँलाई प्रेम गर्नेहरूलाई

यो एउटा अपूर्ण वाक्‍य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्‍य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्‍छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्‍ह राख्छन् र यो पदको निरन्‍तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... ’-”

आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू

व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्‍वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ

उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्‍भुत आश्‍चर्यमयी कुराहरू सृजना गर्नुभएको छ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 2:10-11

यी नै कुराहरू हन्

पावलले येशू र क्रूसको सत्‍यताको बारेमा कुरा गर्छन् । यदि १ कोरिन्‍थी २:९ लाई एउटा अपूर्ण वाक्यका रूपमा लिइन्छ भने, “यी नै कुराहरू हुन् ।”

व्यक्तिमा भएको आत्माबाहेक कसले उसका विचारहरू बुझ्‍न सक्छ ?

पावलले यो प्रश्‍नलाई विचार गर्ने मानिसबाहेक अरू कसैले पनि जान्‍दैन भनी जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “कुनै व्यक्तिले के सोचिरहेछ भनेर त्यो व्यक्तिको आत्माले बाहेक अरू कसैले जान्‍दैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

व्यक्तिको आत्मा

यसले मानिसको अन्‍तस्‍करण वा उसको आत्‍मिक स्‍वभावलाई जनाउँछ ।

परमेश्‍वरका आत्‍माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू जान्‍दैन ।

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका गहिरा कुराहरू परमेश्‍वरका आत्‍माले मात्र जान्‍नुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

अनुवादका शब्‍दहरू

1 Corinthians 2:12-13

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरू दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

परमेश्‍वरद्वारा हामीलाई सित्तैमा दिइएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभयो” वा “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ

पवित्र आत्माले आफ्नै शब्दहरूमा विश्‍वासीहरूलाई परमेश्‍वरको सत्यता बताउनुहुन्छ र उनीहरूलाई आफ्नो ज्ञान दिनुहुन्छ ।

अर्थ खोल्नुहुन्छ

“व्याख्या गर्नुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 2:14-16

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरूलाई दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

अनात्मिक व्यक्ति

ख्रीष्‍टमा विश्‍वास नगरेको मानिस जसले पवित्र आत्मा पाएको छैन

किनभने तिनीहरूलाई आत्मिक रूपले जाँचिन्छ

“किनकि यी कुराहरू बुझ्नको लागि आत्माको सहायता चाहिन्छ”

जो आत्मिक छ

“आत्मा पाएको विश्‍वासी”

कसले परमेश्‍वरको मनलाई जान्दछ ताकि उसले उहाँलाई अर्ती दिओस् ?

कसैले पनि परमेश्‍वरको मनलाई जान्‍न सक्दैन भन्‍ने जनाउनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको मन जान्‍न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्‍नुहुन्‍न” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 3

1 Corinthians 3:intro-0

१ कोरिन्थीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ३:१९ र २० का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

== शारीरिक मानिसहरू == कोरिन्थी विश्‍वासीहरू तिनीहरूका अधर्मी कार्यहरूको कारणले गर्दा अपरिपक्व थिए । उनले तिनीहरूलाई “शारीरिक” भन्छन्, जसको अर्थ अविश्‍वासीले झैँ सोच्‍ने भन्‍ने हुन्छ । यो शब्द “आत्मिक” रहेकाहरूको विपरीतमा प्रयोग गरिएको छ । आफ्‍नो “शरीर”लाई पछ्याइरहेका ख्रीष्‍टिएनहरू मूर्ख हुन् र तिनीहरूले संसारको बुद्धिलाई पछ्याइरहेका छन् । (हेर्नुहोस्ः INVALID bible/kt/unrighteous, INVALID bible/kt/flesh, INVALID bible/kt/spirit, INVALID bible/kt/foolish अनि INVALID bible/kt/wise)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । उनले आत्मिक अपरिपक्वताको चित्रणको रूपमा “शिशुहरू” र “दूध” जस्ता शब्दहरूको प्रयोग गर्छन् । पावलले कोरिन्थमा भएको मण्‍डलीलाई हुर्काउनको लागि उनले र अपोल्‍लोसले खेलेको भूमिकालाई वर्णन गर्नलाई रोप्‍ने र पानी हाल्‍ने जस्ता अलङ्कारहरूको प्रयोग गर्छन् । पावलले उनका शिक्षाहरू कोरिन्थीहरूलाई बुझ्‍न सहायता गर्नलाई तिनीहरूलाई आत्मिक सत्यताहरू सिकाउँछन् र ती कुराहरू तिनीहरूलाई सिकाउन सहायता गर्नको लागि उनले अरू धेरै अलङ्कारहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 3:1-2

जोड्ने कथनः

कोरिन्‍थका विश्‍वासीहरूले परमेश्‍वरको उपस्‍थितिमा आफ्‍नो स्थानअनुसारको व्‍यवहार गर्न छाडेर तिनीहरूले साँचो रूपमा कसरी जीवन बिताइरहेका थिए भनी पावलले अब तिनीहरूलाई याद गराउँछन् । त्‍यसपछि उनले याद गराउँछन् कि तिनीहरूलाई वृद्धि दिनुहुने परमेश्‍वर जत्तिकै तिनीहरूलाई सिकाउने व्यक्ति महत्त्वपूर्ण हुँदैन ।

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

आत्मिक मानिसहरू

आत्माको आज्ञापालन गर्ने मानिसहरू

शारीरिक मानिसहरू

आफ्नै इच्छा अनुसार जिउने मानिसहरू

ख्रीष्‍टमा भएका साना बालकहरू झैँ

कोरिन्थीहरूलाई उमेर र बुझाइमा धेरै साना बालकहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा भर्खरैका विश्‍वासीहरूजस्तै” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो खाना होइन

दूध मात्रै खान सक्‍ने बालकले झैँ कोरिन्थीहरूले पनि सजिला सत्यताहरू मात्रै लिन सक्छन् । उनीहरू ठोस खानेकुरा खान सक्‍ने अलि ठूला बालकहरूजस्तै अझ गहकिला सत्यताहरू बुझ्न परिपक्व भएका छैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरू अझ तयार छैनौ

यसले तिनीहरू अझ बढी कठिन शिक्षाहरू बुझ्‍नलाई तयार छैनन् भन्‍ने अर्थ जनाउँछ । वैकल्पिक अनुवाद: “तिमीहरू अझै पनि ख्रीष्‍टलाई पछ्याउने बारेमा कठिन शिक्षाहरू बुझ्न तयार भएका छैनौ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:3-5

अझै सांसारीक

अझै पापपूर्ण र सांसारीक रीतिले व्यवहार गर्ने

के तिमीहरू सांसारीक तवरले जिइरहेका छैनौ र, र मानवीय मापदण्डद्वारा हिँडिरहेका छैनौ र ?

पावलले उनीहरूलाई पापपूर्ण व्यवहारको लागि हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू लज्जित हुनुपर्ने हो किनभने तिमीहरू पापपूर्ण इच्छाअनुसार व्यवहार गरिरहेका छौ र मानवीय मापदण्डद्वारा जिइरहेका छौ !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिमीहरू मानवहरू झैँ जिइरहेका छैनौ र?

पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “आत्मा नभएका मानिसहरूजस्तै जीवन जिएकाले तिमीहरुलाई शर्म हुनुपर्ने हो” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

त्यसोभए अपोल्लोस को हो ? अनि पावल को हो ?

पावलले आफू र अपोल्लोस सुसमाचारको वास्तविक स्रोत नभएको कारण कोरिन्थीहरू उनीहरूको पछि लाग्‍ने होइन भन्‍ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “अपोल्लोस वा पावलको पछि लाग्‍ने समूह खडा गर्नु गलत हो !” वा (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

पावल को हो ?

पावलले अरू कसैलाई भने झैँ गरी तिनले आफैँलाई भन्‍छन् । वैकल्पिक अनुवादः “म को हुँ?” वा “म महत्त्वपूर्ण छैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

जुन दासहरूको माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ

पावलले आफू र अपोल्लोस परमेश्‍वरको सेवक भएको कुरा बताएर आफ्नो प्रश्‍नको उत्तर आफैँ दिन्छन् । वैकल्‍पिक अनुवादः “पावल र अपोल्‍लोस ख्रीष्‍टका सेवकहरू हुन् र तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्‍यौ किनभने हामीले उहाँको सेवा गर्‍यौँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

जुन दासहरूको माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ, हरेक जसलाई प्रभुले कामहरू दिनुभयो

यसलाई बझिएको कुरासँगै उल्‍लेख गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “हामी ती दासहरू हौँ जसद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ । हामी केवल ती मानिसहरू हौँ जसलाई प्रभुले कामहरू दिनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:6-7

मैले रोपेँ

परमेश्‍वरको ज्ञानलाई बढ्नको लागि रोपिनुपर्ने बिउसँग तुलना गरिएको छ । वैकल्‍पिक अनुवादः “मैले तिमीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दा, म खेतबारीमा बिउहरू रोप्‍ने व्यक्तिजस्‍तै थिएँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अपोल्लोसले पानी हाले

जसरी बिउलाई बढ्‍न पानी चाहिन्‍छ, त्‍यसरी नै विश्‍वास बढ्‍नलाई अरू बढी शिक्षाको जरुरत पर्छ । वैकल्‍पिक अनुवादः “र अपोल्‍लोसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाउँदा, तिनी खेतबारीमा पानी हाल्‍ने जस्‍तै हुन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तर परमेश्‍वरले वृद्धि दिनुभयो

जसरी रूखहरू बढेर हुर्कन्छन्, त्यसै गरी परमेश्‍वरमाथिको विश्‍वास र ज्ञान पनि बढ्छ अनि अझ गहिरो र बलियो बन्छ । वैकल्‍पिक अनुावदः “तर परमेश्‍वरले तिमीहरूलाई बढाउनुभयो” अथवा “जसरी परमेश्‍वरले बोटबिरुवालाई बढाउनुहुन्‍छ, त्‍यसरी नै उहाँले तिमीहरूलाई आत्‍मिक रूपमा बढाउनुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

नता रोप्‍ने ... केही हो । तर यो त परमेश्‍वर हुनुहुन्छ जसले वृद्धि दिनुहुन्छ

पावल जोड दिन्छन् कि विश्‍वासीहरूको आत्मिक वृद्धिको लागि न उनी न अपोल्लोस जिम्मेवार छन्, तर यो परमेश्‍वरको काम हो ।

यो त परमेश्‍वर हुनुहुन्छ जसले वृद्धि दिनुहुन्छ

यहाँ वृद्धि दिनुहुन्छ भन्‍नुको अर्थ बढ्‍ने तुल्‍याउनु भन्‍ने हो । भाववाचक नाउँ “वृद्धि”लाई क्रियापद पदावलीसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बढ्‍ने तुल्‍याउनुहुने चाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:8-9

अनुवादका शब्‍दहरू

1 Corinthians 3:10-11

परमेश्‍वरको अनुग्रह अनुसार जुन मलाई दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई सितैँमा दिनुभएको कामअनुसार” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मैले जग बसालेँ

पावलले विश्‍वास र येशू ख्रीष्‍टमा उद्धारको बारेमा भएको उनको शिक्षालाई कुनै घरको जग हाल्ने कामसँग बराबर देखाउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अर्कोले त्यसमाथि निर्माण गर्दै छ

त्यो समयमा कोरिन्‍थहरूलाई शिक्षा दिंदै गरेका मानिसहरूका विषयमा तिनीहरू जगमाथि घर निर्माण गरिरहेका सिकर्मीहरू जस्‍तै हुन् भनी पावलले उल्‍लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हरेक मानिसले ...

यसले सामान्य तवरमा परमेश्‍वरका कामदारहरूलाई जनाउँदछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति जसले परमेश्‍वरको सेवा गर्दछ”

जुन जग बसालिएको छ, त्‍यसबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म, पावलले बसालेको जगबाहेक अर्को जग फेरि कसैले पनि बसाल्‍न सक्‍दैन” वा “जो कसैले बसाल्‍न सक्‍ने एउटै मात्र जग मैले पहिले नै बसालिसकेको छु” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:12-13

सामान्य जानकारीः

पावलले कोरिन्‍थका शिक्षकहरूले जे गरिरहेका थिए त्‍यो कुरालाई वर्णन गर्नलाई निर्माणकर्ताहरूले भवन निर्माण गर्दा तिनीहरूले समान्‍य रूपमा के गर्छन् भन्ने कुरा गर्छन् । निर्माणकर्ताहरूले सामान्‍य रूपमा सुन, चाँदी वा अन्‍य बहुमूल्‍य पत्‍थरहरूलाई भवनहरूमा सजावटको रूपमा प्रयोग गर्छन् ।

अब यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ वा परालको प्रयोग गरेर निर्माण गर्छ भने

नयाँ घर बनाउनलाई निर्माण गर्नेहरूले प्रयोग गर्ने सामाग्रीहरूलाई व्यक्तिको जीवनभरिको व्‍यवहार र क्रियाकलापहरू निर्माण गर्नका लागि प्रयोग गरिने आत्‍मिक मूल्यमान्यताहरूसित तुलना गरिँदै छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले लामो समय टिक्‍ने बहुमूल्‍य थोकहरूले बनाउँछ वा सजिलै जल्‍ने सस्‍ता थोकहरूले बनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

बहुमूल्य पत्थरहरू

“महँगा पत्थरहरू”

उसको काम प्रकट गरिनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निर्माण गर्नेले के गरेको छ भनेर परमेश्‍वरले सबैलाई देखाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ

यहाँ “दिनको उज्‍यालो” भनेको परमेश्‍वरले हरेक व्यक्तिको न्‍याय गर्नुहुने समयलाई जनाउने अलङ्‍कार हो । यी शिक्षकले जे गरेका छन् ती कुरा परमेश्‍वरले हरेक व्यक्तिलाई प्रकट गर्नुहुँदा, रातमा जे घटना भएको थियो त्‍यो प्रकट गर्नका लागि सूर्यको उदय भएको जस्‍तै हुने छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ

जसरी आगोले कुनै भवनको शक्तिलाई प्रकट गर्छ वा कमजोरीहरूलाई नष्‍ट गर्छ, परमेश्‍वरको आगोले मानिसहरूले गरेको प्रयास र क्रियाकलापलाई जाँच गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसको कामको गुणस्तरलाई देखाउन आगो प्रयोग गर्नुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:14-15

सामान्य जानकारीः

“एउटा व्यक्ति” र “कसैको” र “ऊ” र “आफैँ” जस्‍ता शब्‍दहरूले विश्‍वासीहरूलाई जनाउँछ ।

रहिरहन्छ

“टिकिरहन्छ” वा “बाँचिरहन्छ”

यदि कसैको काम जलेर नष्‍ट भयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैको कामलाई आगोले नष्‍ट पार्छ भने” वा “यदि कसैको कामलाई आगोले सखाप पार्छ भने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यसले नोक्सानी भोग्‍नुपर्नेछ

भाववाचक नाम शब्द “नोक्‍सानी”लाई क्रियापद शब्‍द “गुमाउनु”ले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो इनाम गुमाउनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

ऊ आफैँचाहिँ बचाइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्‍वरले उसलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:16-17

के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र परमेश्‍वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ?

पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरका मन्‍दिरहरू हौ र परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भन्‍ने कुरा थाहा नपाए झैं गरी तिमीहरू व्यवहार गर्छौ !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 3:18-20

कसैले आफैँलाई धोका नदेओस्

कसैले पनि यस संसारमा ऊ आँफै बुद्धिमान् छु भन्‍ने झूट विश्‍वास गर्नुहुँदैन ।

यस युगमा

के बुद्धिमानी छ भनेर निर्णय नगर्ने मानिसहरूको चाल अनुसार

त्यो “मूर्ख” बनोस्

“त्‍यो व्यक्ति विश्‍वास नगर्ने मानिसहरूले उसलाई मूर्ख भनेर बोलाउने कुराको लागि तयार हुनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ

परमेश्‍वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।

प्रभु जान्‍नुहुन्छ कि संसारमा भएका बुद्धिमान्‌हरूको तर्क व्‍यर्थ छ

“आफूलाई बुद्धिमान् सम्झने मानिसहरूको योजना व्यर्थ छ भनी प्रभु जान्‍नुहुन्छ”

व्यर्थ

“काम नलाग्‍ने”

अनुवादका शब्‍दहरू

1 Corinthians 3:21-23

तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ

“तिमीहरू ख्रीष्‍टको स्वामित्त्वमा छौ र ख्रीष्‍ट परमेश्‍वरको स्वामित्त्वमा हुनुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 4

1 Corinthians 4:intro-0

१ कोरिन्थीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ४:६ को अन्तिम पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# घमण्‍ड

पावलले कोरिन्थीहरूको घमण्‍डलाई प्रेरितहरूको नम्रतासँग विपरीतमा भएको देखाउँछन् । कोरिन्थी विश्‍वासीहरूसँग घमण्‍डी हुनलाई कुनै कारण नै छैन किनकि तिनीहरूसँग भएका सबैथोक, र तिनीहरू जे जति हुन्, त्यो परमेश्‍वरबाटको एउटा वरदान हो । (हेर्नुहोस्ः INVALID bible/kt/apostle)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । प्रेरितहरूलाई सेवकहरूको रूपमा वर्णन गरिएको छ । पावलले एउटा विजय र्‍यालीको बारेमा कुरा गर्छन् जहाँ प्रेरितहरू कैदीहरू हुन् जो मारिनेछन् । उनले सजायलाई जनाउनलाई लौरोको प्रयोग गर्छन् । उनले आफूलाई तिनीहरूको पिता बोलाउँछन् किनकि उनी तिनीहरूका “आत्मिक पिता” हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID bible/kt/spirit)

# व्‍यङ्ग्‍य

पावलले कोरिन्थीहरूको घमण्‍डलाई शर्ममा पार्नलाई व्यङ्ग्‍यको प्रयोग गर्छन् । कोरिन्थी विश्‍वासीहरूले राज गरिरहेका छन् तर प्रेरितहरूले दुःख भोग गरिरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 4:1-2

जोड्ने कथनः

मानिसहरूलाई कसले तिनीहरूलाई सिकायो र कसले तिनीहरूलाई बप्‍तिस्मा दियो भनेर घमण्‍ड नगर्नलाई भर्खरै सम्झाइसेपछि, पावलले कोरिन्‍थका विश्‍वासीहरूलाई सबै विश्‍वासीहरू विनम्र सेवकहरू हुनुपर्छ भन्‍ने कुरा स्‍मरण गराउँछन् ।

भण्डारेहरूबाट जे खोजिन्छ

पावलले अरू मानिसहरूका बारेमा कुरा गरे झैँ गरेर उनले आफ्‍नै बारेमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “हामी जे हुनु आवश्यक छ” (हेर्नुहोस्ः INVALID translate/figs-123person)

अनुवादका शब्‍दहरू

1 Corinthians 4:3-4

म तिमीहरूबाट जाँचिनु अति सानो कुरा हो

पावलले मानिसको इन्साफ र परमेश्‍वरको इन्साफको बीचमा भएको भिन्‍नतालाई तुलना गरिरहेका छन् । परमेश्‍वरको मानिसमाथिको साँचो इन्साफको तुलनामा मानिसको इन्साफ महत्त्वपूर्ण छैन ।

मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन

“कसैले मैले गल्ती गरेको अभियोग लगाएको सुनेको छैन”

तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ

“मेरो विरुद्धमा कुनै अभियोग लागेको छैन भन्दैमा म निर्दोष ठहरिन्‍न । म निर्दोष वा दोषी के छु भन्‍ने कुरा प्रभुलाई थाहा छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 4:5

यसकारण कुनै कुराका बारेमा पनि इन्साफ घोषणा नगर

“यसकारण कुनै पनि कुराका बारेमा न्‍याय नगर” वा “यसकारण कसैको पनि न्‍याय नगर”

उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ

परमेश्‍वरले मानिसहरूका विचार र योजनाहरू प्रकट गरिदिनुहुन्छ । वैकल्पिक अनुवादः “अन्‍धकारमा भएका थोकहरूमाथि उज्‍यालो चम्‍के झैँ मानिसहरूले गुप्‍त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्‍वरले देखाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हृदयको ...

“मानिसहरूका हृदुहरूको”

अनुवादका शब्‍दहरू

1 Corinthians 4:6-7

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

तिमीहरूका खातिर

“तिमीहरूका भलाइको खातिर”

तिमीहरूका बीचमा ... तिमीहरूसँग के छ जुन तिमीहरूले ... तिमीहरूले सित्तैमा ... के तिमीहरू घमण्‍ड ... तिमीहरूले ...

पावल कोरिन्‍थहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरेर बोल्दै छन्, त्यसैले यहाँ भएका “तिमी”का सबै प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

कसले तिमीहरू र अरू मानिसहरूका बीचमा फरक देख्छ ?

अरू कसैबाट सुसमाचार सुनेकोहरूभन्दा आफैलाई बढी असल सम्झने कोरिन्थीहरूलाई पावल हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अरू मानिसहरूभन्दा उच्‍च छैनौ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सित्तैमा पाएका होइनौ र ?

उनीहरूसँग भएका सबै कुरा परमेश्‍वरले सित्तैमा दिनुभएको हो भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “सबैकुरा जे तिमीहरूसँग छ, त्यो परमेश्‍वरले तिमीहरूलाई सित्तैमा दिनुभएको हो !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ ?

उनीहरूले पाएको कुरामा घमण्ड गरेको कारण पावलले उनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूसित घमण्ड गर्ने अधिकार छैन !” वा “घमण्ड गर्दै नगर !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 4:8-9

सामान्य जानकारीः

कोरिन्‍थहरूले आफू र आफ्‍ना शिक्षकहरूका बारेमा घमण्‍ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्‍यङ्ग्‍यको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

परमेश्‍वरले हामी प्रेरितहरूलाई प्रदर्शनमा राख्‍नुभएको छ

परमेश्‍वरले उहाँका प्रेरितहरूलाई संसारले देखोस् भनेर कसरी प्रदर्शनमा राख्‍नुभएको छ भनेर दुई तरिकाहरूलाई पावलले व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

हामी प्रेरितहरूलाई प्रदर्शनमा राख्‍नुभएको छ

परमेश्‍वरले प्रेरितहरूलाई रोमी सेनाहरूको परेडको अन्त्यमा राखिएको बन्दीहरूजस्तै प्रदर्शन गर्नुभएको छ, जसलाई मृत्युदण्ड पाउन अगाडि अवहेलना गरिन्थ्यो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै

परमेश्‍वरले प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै प्रदर्शनमा राख्‍नुभएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

संसारलाई—स्वर्गदूतहरूलाई र मानिसहरूलाई

सम्‍भावित अर्थहरू हुन् १) “संसार” भन्‍नाले अलौकिक (स्‍वर्गदूतहरू) र स्‍वभाविक (मानिसहरू) दुवैलाई समेटेको छ । अथवा २) यो सूचीमा तीन कुराहरू समावेश छन्ः “संसारलाई, स्‍वर्गदूतहरूलाई र मानिसहरूलाई” । (हेर्नुहोस्ः INVALID translate/figs-merism)

अनुवादका शब्‍दहरू

1 Corinthians 4:10-11

हामीहरू मूर्ख हौँ ... अनादर

कोरिन्‍थहरूलाई शर्ममा पार्नका लागि पावलले व्‍यङ्‍ग्‍यको प्रयोग गर्छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

तिमीहरूले आदर पाएका छौ

“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”

हामीले अनादर पाएका छौँ

“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”

यो वर्तमान घडीसम्म

“अहिलेसम्म” वा “अहिलेको समयसम्म”

हामी नराम्ररी कुटिएका छौँ

यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्‍डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी घरविहीन छौँ

यसको अर्थ यही हो कि तिनीहरूसित बस्‍ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्‍चित घर थिएन ।

अनुवादका शब्‍दहरू

1 Corinthians 4:12-13

जब हामी अपमानित हुन्छौँ, हामी आशिष्‌‌ दिन्छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जब हामीलाई सतावट आउँछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जब हामीलाई निन्‍दा गरिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो निन्‍दा गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी संसारको इन्‍कार गरिएका कुराहरू जस्तो भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ

“मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”

अनुवादका शब्‍दहरू

1 Corinthians 4:14-16

तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइन, तर तिमीहरूलाई सुधार्न

“तिमीहरूलाई शर्ममा पार्ने मेरो कुनै नियत होइन, तर तिमीहरूलाई सुधार्ने” वा “म तिमीहरूलाई शर्ममा पार्न खोजिरहेको छैन, तर म तिमीहरूलाई सच्याउन चाहन्छु”

सच्याउनु

“चेतावनी दिनु”

दश हजार अभिभावकहरू

एक जना आत्मिक पिताको महत्त्वलाई जोड दिनलाई तिनीहरूलाई मार्ग-निर्देशन गरिरहेका मानिसहरूको सङ्ख्यालाई गरिएको बढाइचढाइ हो । वैकल्‍पिक अनुवादः “निकै धेरै अभिभावकहरू” वा “अभिभावकको एउटा ठूलो भीड” (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

छोराछोरीहरू ... पिता

पावलले तिनीहरूलाई ख्रीष्‍टमा ल्याएको कारण तिनी कोरिन्थीहरूका लागि पिता समान हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सुसमाचारद्वारा म ख्रीष्‍ट येशूमा तिमीहरूका पिता बनेँ

पावलले जोड दिइरहेका छन् कि कोरिन्थीहरूसँगको उनको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण रूपमा “ख्रीष्‍टमा” हो, दोस्रो त्यो भयो किनभने उनले तिनीहरूलाई सुसन्देश सुनाए, र तेस्रो चाहिँ उनी नै हुन् जो तिनीहरूका लागि पिता समान छन् । “मैले तिमीहरूलाई सुसमाचार सुनाउँदा परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टमा जोड्नुभएको कारणले नै म तिमीहरूका पिता बनेँ”

अनुवादका शब्‍दहरू

1 Corinthians 4:17-18

प्रभुमा मेरा प्रिय र विश्‍वासयोग्‍य बालक

“जसलाई म प्रेम गर्छु र जसलाई म प्रभुको बारेमा शिक्षा दिन्‍छु, मानौँ ऊ मेरो आफ्‍नै सन्‍तान हो”

अब

कोरिन्‍थमा भएका विश्‍वासीहरूका अहङ्‍कारको व्‍यवहारलाई हप्‍काउनका लागि पावलले आफ्‍नो विषय हेरफेर गरेका कुरालाई यसले सङ्केत गर्छ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 4:19-21

म तिमीहरूकहाँ आउनेछु

“म तिमीहरूलाई भेट्नेछु”

तिमीहरू के चाहन्छौ ?

पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?

उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले दुईवटा छनौट दिइरहेका छन् । किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

नम्रता

“दया” वा “कोमलता”

अनुवादका शब्‍दहरू

1 Corinthians 5

1 Corinthians 5:intro-0

१ कोरिन्थीहरू ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ५:१३ को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# नरम शब्दहरू

पावलले संवेदनशील विषयहरूलाई वर्णन गर्नलाई नरम शब्दहरूको प्रयोग गर्छन् । यस अध्यायले मण्‍डलीको एकजना सदस्यको यौन अनैतिकताको बारेमा कुरा गर्छ । “यस मानिसलाई शरीरको विनाशको लागि शैतानलाई सुम्पिदेओ” भन्‍नुको अर्थ शैतानलाई उसको शरीर नाश गर्न स्‍वीकृति दिनु हो । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism अनि INVALID bible/other/fornication)

# अलङ्कार

उनले धेरै अलङ्कारहरूको प्रयोग गरेर एउटा विस्तारित तुलनाको प्रयोग गर्छन् । खमिरले दुष्‍टतालाई प्रतिनिधित्व गर्छ । रोटीले सम्भवतः सम्पूर्ण सम्प्रदायलाई प्रतिनिधित्व गर्छ । खमिर नहालेको रोटीले एउटा शुद्ध जीवनलाई प्रतिनिधित्व गर्छ । निस्तारले ख्रीष्‍टिएन जीवनलाई प्रतिनिधित्व गर्छ । त्यसैले सम्पूर्ण खण्‍डको अर्थ हुन्छः के तिमीहरू जान्दैनौ कि अलिकति दुष्‍टताले सम्पूर्ण सम्प्रदायलाई असर गर्छ ? त्यसैले तिमीहरूले आफूहरूलाई सफा गर ताकि तिमीहरू सबै असल हुन सक्‍नेछौ । ख्रीष्‍ट हाम्रो लागि बलिदान हुनभएको छ; त्यसैले हामी इमान्दार र सत्यपूर्ण होऔँ र दुष्‍ट र खराब व्यवहार गर्ने नहोऔँ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor, INVALID bible/kt/evil, INVALID bible/kt/unleavenedbread, INVALID bible/kt/purify अनि INVALID bible/kt/passover)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 5:1-2

जोड्ने कथनः

पावलले अब विशेष गरी आफूले तिनीहरूका जुन पापका बारेमा सुनेका छन् त्यो पाप र कोरिन्‍थी विश्‍वासीहरूले कसरी त्‍यो मानिस र उसका पाप स्‍वीकार गरेकोमा तिनीहरू गर्व गर्छन् भन्‍ने कुरालाई उल्‍लेख गर्छन् ।

त्यस्तो त अन्यजातिहरूमा पनि स्वीकृत हुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई अन्यजातिहरूले पनि अनुमति दिँदैनन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

बाबुकी पत्‍नी

उसको बाबुकी श्रीमती, तर शायद आफ्नै आमा नहुन सक्छ

के तिमीहरूले शोक गर्नुपर्ने होइन र ?

यो आलङ्कारिक प्रश्‍न कोरिन्थीहरूलाई गाली गर्नको लागि प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “बरु, तिमीहरूले यसमाथि शोक मनाउनुपर्ने थियो !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यस्तो गर्ने मानिसलाई तिमीहरूका माझबाट निकाल्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 5:3-5

म आत्मामा उपस्थित छु

“म आत्मामा तिमीहरूसँगै छु ।” आत्‍मामा तिनीहरूसँग उपस्‍थित भएका कुराले तिनीहरूको वास्‍ता गरेको वा तिनीहरूसित भेटघाट गर्ने इच्‍छा गरेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “म तिमीहरूको वास्‍ता गर्छु” वा “म तिमीहरूसँगै हुन चाहन्छु”

जसले यो गरेको छ उसमाथि मैले अगिबाटै न्याय गरिसकेको छु

सम्‍भावित अर्थहरू हुन् १) “त्‍यो काम गर्ने व्यक्तिसित तिमीहरूले के गर्नुपर्छ भनी मैले निर्णय गरेको छु” वा २) “मैले यस्तो गर्ने मानिसलाई दोषी पाएको छु”

जब तिमीहरू भेला हुन्छौ

“जब तिमीहरूसँगै हुन्छौ” वा “जब तिमीहरू भेट्छौ”

हाम्रो प्रभु येशूको नाउँमा

सम्‍भावित अर्थहरू हुन् १) येशूको नाउँचाहिँ उहाँको अधिकार जनाउनका लागि लक्षणार्थ हो । वैकल्‍पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्‍टको अधिकारसहित” वा २) प्रभुको नाममा भेला हुने कुराले उहाँलाई आराधना गर्न एकसाथ भेट हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशूको आराधना गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-explicit)

त्यस मानिसलाई शैतानको हातमा सुम्‍प

त्यस मानिसलाई शैतानको हातमा सुम्‍पनुले त्यसलाई तिनीहरूको समूहको भाग हुन नदिने कुरालाई जनाउँछ ताकि शैतानले त्यसलाई हानि गर्न अनुमति पाओस् । वैकल्‍पिक अनुवादः “यस मानिसलाई तिमीहरूको समूह छोड्न लगाओ ताकि शैतानले त्‍यसलाई हानी गर्न सकोस्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शरीरको विनाशको लागि

सम्‍भावित अर्थहरू हुन् १) “शरीर”ले त्‍यसको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि शैतानले त्‍यसको शरीरमा हानी गरोस्” वा २) “शरीर” चाहिँ पापपूर्ण स्‍वभाव जनाउने अलङ्कारको भाषा हो । वैकल्पिक अनुवादः “ताकि त्‍यसको पापपूर्ण स्‍वभाव नष्‍ट होस्” वा “ताकि त्‍यसले आफ्‍नो पापपूर्ण स्‍वभावअनुसार जिउन निरन्तरता नदेओस्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि प्रभुको दिनमा परमेश्‍वरले त्‍यसको आत्‍मालाई बचाउनुभएको होस्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 5:6-8

तिमीहरूको घमण्‍ड ठीक होइन

“तिमीहरूको घमण्‍ड खराब हो”

के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्दैनौ ?

जसरी थोरै खमिर जम्मै रोटीमा फैलन्छ, त्यसै गरी थोरै पापले विश्‍वासीहरूको सम्पूर्ण सङ्गतिलाई नै असर पार्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ख्रीष्‍ट, हाम्रा निस्तार-चाडको थुमाको बलिदान भइसकेको छ

जसरी निस्तारको थुमाले विश्‍वासद्वारा प्रत्येक वर्ष इस्राएलीहरूका पापलाई ढाक्‍ने गर्थ्यो, त्यसरी नै ख्रीष्‍टको मृत्युले ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको पापलाई विश्‍वासद्वारा अनन्तताको लागि ढाक्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले ख्रीष्‍ट, हाम्रा निस्‍तारचाडको थुमाको बलिदान गरिसक्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 5:9-10

यौनसम्‍बन्‍धी अनैतिक मानिसहरू

यसले ख्रीष्‍टमा विश्‍वास गरेका छौं भनी दाबी गर्ने तर यस किसिमको व्‍यवहार गर्ने मानिसहरूलाई जनाउँछ ।

संसारमा भएका अनैतिक मानिसहरू

अनैतिक जीवन जिउन छनौट गरेका मानिसहरू, जो विश्‍वासीहरू होइनन्

लोभीहरू

“जो लोभी छन्” वा “अरूसित जे छ त्‍यो लिनका लागि बेइमान हुन तयार हुनेहरू”

ठगाहाहरू

यसले अरूको सम्पत्ति पाउन ठग्‍ने मानिसहरूलाई जनाउँछ ।

तिमीहरू संसारबाट बाहिर निस्केर जानुपर्ने हुन्छ

“तिमीहरूले सबै मानिसहरूलाई इन्कार गर्नुपर्ने हुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 5:11-13

जोड्ने कथनः

यौनको अनैतिकता र अरूका सामु अन्‍य छर्लङ्ग देखिने पापमा तिनीहरूको संलग्‍नताबाट सुध्रिन इन्‍कार गर्ने मण्‍डलीका विश्‍वासीहरूसँग कसरी व्‍यवहार गर्ने भनी पावलले तिनीहरूलाई बताउँछन् ।

जो ... भनिन्छ

“आफूलाई ... बोलाउने कुनै पनि व्यक्ति”

भाइ

यहाँ यसले एउटा सङ्गी ख्रीष्‍टिएनलाई जनाउँछ, जो एक पुरुष वा स्‍त्री हुन सक्छ ।

कसरी म मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न भएँ ?

मण्‍डली बाहिरका मानिसहरूको न्‍याय गर्ने आफू होइन भन्‍ने कुरामा पावलले जोड दिइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीसँग सम्बन्धित नभएका मानिसहरूको म इन्साफ गर्ने म होइन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र ?

पावलले कोरिन्थीहरूलाई हप्‍काइरहेका छन् । “तिमीहरूले जान्‍नुपर्छ कि मण्डली भित्र भएकाहरूको न्याय गर्ने तिमीहरूले नै हो” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 6

1 Corinthians 6:intro-0

१ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मुद्दाहरू

ख्रीष्‍टिएनहरूले अर्को ख्रीष्‍टिएनलाई गैर-ख्रीष्‍टिएन न्यायकर्ताकहाँ लानुहुँदैन । बरु ठगिनु असल छ । किनकि ख्रीष्‍टिएनहरूले स्‍वर्गदूतहरूको न्याय गर्नेछन्, तिनीहरूले आपसका भएका समस्याहरू सुल्झाउन सक्‍नुपर्छ । अर्को विश्‍वासीलाई ठग्‍नको लागि अदालतको प्रयोग गर्नु विशेषगरी नराम्रो हो । (हेर्नुहोस्ः INVALID bible/kt/judge)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

पवित्र आत्माको मन्दिर एउटा महत्त्वपूर्ण अलङ्कार हो । यो पवित्र आत्मा बस्‍नुहुने र आराधना गरिनुहुने ठाउँलाई गरिएको उल्‍लेख हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 6:1-3

जोड्ने कथनः

अब पावलले विश्‍वासीहरूले अरू विश्‍वासीहरूसँगको विवादहरू कसरी समाधान गर्ने भनी व्याख्या गर्छन् ।

विवाद

“मतभेदहरू” वा “झगडा”

... विश्‍वासीहरू ... जाने के उसले आँट गर्छ ?

ख्रीष्‍टिएनहरूले एकअर्काका माझमा भएका विवादहरू समाधान गर्नैपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “उसले विश्‍वासीहरू ... जाने आँट गर्नुहुँदैन !” वा “उसले परमेश्‍वरको भय मान्‍नुपर्छ र विश्‍वासीहरू ... जानुहुँदैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

नागरिक अदालत

जहाँ स्‍थानीय सरकारका न्‍यायधीशले मुद्धाहरू हेर्छन् र को ठीक छ भनी निर्णय सुनाउँछन्

अथवा के तिमीहरूलाई थाहा छैन कि विश्‍वासीहरूले नै संसारको न्‍याय गर्नेछन् ?

कोरिन्‍थीहरूले आफूलाई जानकारी नभए झैँ गरी ढोङ्ग गरेका हुनाले पावलले तिनीहरूलाई शर्ममा पारिरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यदि तिमीहरूले संसारको न्‍याय गर्छौ भने, के यति सानो विवादलाई पनि तिमीहरूले सुल्‍झाउन सक्‍दैनौ ?

तिनीहरूलाई पछि गएर महान् जिम्‍मेवारी दिइने हुनाले, अहिले कम महत्त्व राख्‍ने कुराका लागि तिनीहरू जिम्‍मेवार हुनपर्छ । वैकल्‍पिक अनुवादः “भविष्‍यमा तिमीहरूले संसारको न्‍याय गर्नेछौ, यसैले यो विषयलाई अहिले तिमीहरूले समाधान गर्न सक्षम हुनुपर्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion).

विषयहरू

“विवादहरू” वा “मतभेदहरू”

के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन ?

तिनीहरूलाई थाहा नभएको जस्तो देखिएकोमा पावल छक्‍क पर्छन् । वैकल्पिक अनुवादः “हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी तिमीहरूलाई थाहा छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

हामी

पावलले आफू र कोरिन्थीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

त्यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ ?

पछि तिनीहरूलाई महान् जिम्‍मेवारी दिइने हुनाले, अहिलेका कम महत्त्व राख्‍ने कुरामा तिनीहरू जिम्‍मेवार हुनपर्छ । वैकल्पिक अनुवादः “किनभने हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी जान्दछौँ, हामी निश्‍चित हुन सक्छौँ कि परमेश्‍वरले हामीलाई यस जीवनका विषयहरूको न्याय गर्न सक्षम बनाउनुहुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 6:4-6

तिमीहरूले दैनिक जीवनसित सम्‍बन्‍धित कुराहरूको न्‍याय गर्नुपर्छ भने, त्‍यस्‍ता मुद्धालाई मण्‍डलीसँग सम्बन्धित नभएका मानिसहरूका अगाडि किन लैजान्‍छौ ?

सम्भावित अर्थहरू हुन् १) यो आलङ्कारीक प्रश्‍न हो वा २) यो एउटा कथन हो, “विगतमा यस जीवनसित महत्त्व राख्‍ने विवादहरू तिमीहरूले समाधान गरेको समयमा, अविश्‍वासीहरूद्वारा समाधान गरिनका लागि विवादहरूलाई तिमीहरूले तिनीहरूकहाँ लगेनौ” वा ३) यो एउटा आज्ञा हो, “जब तिमीहरूले यस जीवनसित महत्त्व राख्‍ने विवादहरू सुल्झाउँछौ, विवादहरू सुल्झाउनलाई मण्डलीसँग कुनै सम्बन्ध नभएका मानिसहरूका लागि पनि यो हो !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ भने

“यदि तिमीहरूलाई दैनिक जीवनको निर्णय गर्न बोलाइएको हो भने” वा “यदि तिमीहरूले यस जीवनमा महत्त्वपूर्ण कुराहरूको निर्णय गर्नुपर्छ भने”

त्यस्ता मुद्धाहरू तिनीहरूको अघि किन राख्छौ जसको मण्डलीसँग कुनै सरोकार छैन ?

यस्ता मुद्दाहरूको कोरिन्थीहरूले हल गर्ने तरिकालाई देखेर पावल उनीहरूलाई हप्काइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले मण्डली बाहिरका मानिसहरूलाई यस्ता मुद्दाहरूको छिनोफानो गर्न दिन रोक्‍नुपर्छ ।” वा २) “ती मुद्धाहरू तिमीहरूले अरू विश्‍वासीहरूद्वारा राम्रो मान्यता नगरिएका मण्‍डलीकै सदस्यहरूलाई नै दिन सक्थ्यौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूको शर्मको लागि

“तिमीहरूको अपमानको लागि” वा “यस विषयमा कसरी असफल भएका छौ भन्‍ने देखाउनलाई”

के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूका बीचमा हुने विवादहरू समाधान गर्नका लागि तिमीहरूले एक जना बुद्धिमान् विश्‍वासी समेत भेट्टाउन नसकेकोमा तिमीहरू शर्माउनुपर्ने हो” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

झगडा

“बहस” वा “असहमति”

तर जसरी यो छ

“तर यो अहिले जसरी छ” वा “तर बरु”

एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ, र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ

“झगडा गर्ने विश्‍वासीहरूले अविश्‍वासी न्यायाधीशहरूसँग तिनीहरूको मुद्दाको छिनोफानो गरीदिन बिन्ती गर्छन्”

मुद्धा राख्‍दछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा विश्‍वासीले त्यो मुद्दा पेस गर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 6:7-8

हार

“विफलता” वा “नोक्सानी”

बरु, किन अन्याय नसहनु ? बरु, किन आफैँलाई ठगिन नदिनु ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहन्छन् । वैकल्पिक अनुवादः “उनीहरूलाई अदालतमा लैजानुभन्दा त तिनीहरूलाई तिमीहरूलाई अन्याय गर्न र ठग्‍न दिन नै बेस हुन्थ्यो ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूका आफ्नै दाजुभाइहरू

ख्रीष्‍टमा विश्‍वास गर्ने सबै दाजुभाइ र दिदीबहिनीहरू हुन् । “तिमीहरूका आफ्नै सङ्गी विश्‍वासीहरू”

अनुवादका शब्‍दहरू

1 Corinthians 6:9-11

के तिमीहरूलाई थाहा छैन

उनीहरूले यो सत्य पहिले नै जानेको हुनुपर्छ भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई पहिले नै त्यो थाहा छ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

उत्तराधिकार गर्नु

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ सो पाउने कुरालाई परिवारका सदस्‍यबाट पैतृक सम्‍पत्ति वा जायजेथा प्राप्‍त गर्ने झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

परमेश्‍वरको राज्य उत्तराधिकार गर्नु

परमेश्‍वरले न्याय गर्दा उनीहरूलाई धर्मी ठहराउनुहुन्‍न र उनीहरू अनन्त जीवनमा प्रवेश गर्नेछैनन् ।

पुरुषगामीहरू, जसले समलिङ्गीपनालाई अभ्यास गर्छन्

सम्‍भावित अर्थहरू हुन् १) यसले सम्पूर्ण समलैँगिक क्रियाकलापलाई जनाउँछ वा २) पावलले दुई भिन्‍न क्रियाकलापहरूका नाम दिइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-merism)

पुरुषगामीहरू

सम्‍भावित अर्थहरू हुन् १) त्‍यस्‍ता पुरुषहरू जसले अरू पुरुषहरूलाई आफूसित सुत्‍ने अनुमति दिन्‍छन् वा २) त्‍यस्‍ता पुरुषहरू जसले तिनीहरूसित सुतेबापत तिनीहरूलाई ज्‍याला दिनेहरूलाई अनुमति दिन्‍छन् वा ३) त्‍यस्‍ता पुरुषहरू जसले धार्मिक क्रियाकलापको एउटा हिस्‍साको रूपमा अरू पुरुषहरूलाई आफूसित सुत्‍ने अनुमति दिन्‍छन् ।

जसले समलिङ्गीपनालाई अभ्यास गर्छन्

अरू पुरुषहरूसँग सुत्‍ने पुरुष

चोरहरू

“अरू मानिसहरूबाट चोरी गर्ने व्यक्तिहरू” वा “डाँकाहरू”

लोभीहरू

अरूका धनसम्‍पत्ति हत्‍याउनका लागि खराब उपायहरू अवलम्‍बन गर्न राजी हुने मानिसहरू

ठगाहाहरू

“ठगहरू” वा “आफूलाई विश्‍वास गर्ने मानिसहरूबाट चोर्नेहरू”

तिमीहरू धोइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धुनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरू शुद्ध पारिएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आफ्‍नै लागि अलग राख्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरू परमेश्‍वरसँग ठीक सम्बन्धमा ल्याइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँसँग ठीक सम्बन्धमा ल्याउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 6:12-13

जोड्ने कथनः

कोरिन्‍थका विश्‍वासीहरूलाई ख्रीष्‍टले आफ्‍नो मृत्‍युद्वारा किन्‍नुभएको हुनाले तिनीहरू शुद्ध होउन् भनी परमेश्‍वरले इच्‍छा गर्नुहुन्‍छ भन्‍ने कुरा पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् । तिनीहरूका शरीरहरू अब परमेश्‍वरको मन्‍दिर हुन् । कोरिन्‍थीहरूले के भन्‍न सक्छन् सो भनेर र तिनीहरूलाई सच्‍याएर उनले त्यसो गर्छन् ।

सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्

सम्‍भावित अर्थहरू हुन् १) कोही कोरिन्‍थीहरूले जे सोचविचार गर्छन् सो कुराको जवाफ पावलले दिँदैछन्, “केहीले भन्छन्, ‘म जे पनि गर्न सक्छु’” वा २) पावलले आफूले जे साँचो हो भनी विचार गर्छन् वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्‍वरले मलाई जे गर्न पनि अनुमति दिनुहुन्छ ।”

तर सबै कुरा फाइदाजनक छैनन्

पावलले तिनीहरूलाई जवाफ दिइरहेका छन् जसले भन्छन्, “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन् ।” वैकल्पिक अनुवादः “तर सबै कुरा मेरो लागि असल छैनन्”

म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍न

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ममाथि यी कुराहरूले मालिकले झैँ शासन गर्न अनुमति दिनेछैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

“भोजन पेटको निम्ति हो, र पेट भोजनको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ

सम्‍भावित अर्थहरू हुन् १) कोही कोरिन्‍थहरूले जे सोचविचार गर्दै थिए, त्‍यसलाई पावलले सुधार्न खोज्‍दै थिए, “भोजन पेटको निम्‍ति हो र पेट भोजनको निम्‍ति हो”, भन्‍ने कुरालाई परमेश्‍वरले पेट र भोजन दुवैलाई नाश गर्नुहुन्‍छ भनेर जवाफ दिइरहेका छन् वा २) पावलल यस कुरामा सहमत हुन्‍छन्, “भोजन पेटको निम्‍ति हो र पेट भोजनको निम्‍ति हो, ” तर परमेश्‍वरले यी दुवैलाई नाश गर्नुहुन्‍छ भन्ने कुरा तिनले थपिरहेका छन् ।

भोजन पेटको निम्ति हो, र पेट भोजनको निम्ति हो

एउटा सम्‍भावित अर्थ यो पनि हुनसक्‍छ, कि वक्ताले अप्रत्‍यक्ष रूपमा शरीर र यौनको कुरा गर्छन्, तर यसलाई तपाईंले शब्‍दिक रूपमा “पेट” र “भोजन” भनेर अनुवाद गर्नुपर्छ ।

नाश गर्ने

“नष्‍ट पार्ने”

अनुवादका शब्‍दहरू

1 Corinthians 6:14-15

प्रभुलाई जीवित पार्नुभयो

येशूलाई पुनर्जीवित हुने पार्नुभयो

तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन ?

“अङ्गहरू” भनेर अनुवादित शब्‍दले शरीरका भागहरूलाई जनाउँछ । हामी ख्रीष्‍टका हौं भन्‍ने कुरालाई हामी उहाँका शरीरका भागहरू हौँ जसरी बताइएको छ । हामीहरू यति धेरै उहाँका हौँ कि हाम्रा शरीरहरू पनि उहाँकै हुन् । मानिसहरूले पहिले नै जानेका हुनुपर्ने कुरालाई सम्झाउन पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-rquestion)

तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ ? त्यसो नहोस् !

कोही ख्रीष्‍टको मानिस वेश्‍यकहाँ जानु कति खराब कुरा हो भन्‍ने कुरा जोड दिनका लागि पावलले यो प्रश्‍न प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म ख्रीष्‍टको हिस्‍सा हुँ । म आफ्‍नो शरीर लिएर आफैँलाई वेश्‍यासित जोड्ने छैन !” वा “हामी ख्रीष्‍टको शरीरका अङ्गहरू हौँ । हामीले आफ्‍ना शरीरहरू लिएर आफूहरूलाई वेश्‍यासित जोड्नुहुँदैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

त्यसो नहोस् !

“त्यस्तो कहिल्यै हुनुहुँदैन !” वा “हामीले त्यस्तो कहिल्यै गर्नुहुँदैन !”

अनुवादका शब्‍दहरू

1 Corinthians 6:16-17

के तिमीहरूलाई थाहा छैन ... उनी ?

उनीहरूले पहिले नै जानेको एउटा सत्यतालाई जोड दिएर पावल कोरिन्थीहरूलाई सिकाउन थाल्छन् । “म तिमीहरूलाई स्‍मरण गराउन चाहन्छु कि ... तिनी ... ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

जो वेश्‍यासित सहभागी हुन्‍छ, त्‍यो त्‍यससित एउटै शरीर हुन्‍छ ।

यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कुनै मानिसले आफ्‍नो शरीरलाई वेश्‍यासित सहभागी गारउँछ, तब त्‍यो त तिनीहरूको शरीरहरू एउटै शरीर भएको जस्‍तै हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

प्रभुसित जोडिने व्यक्ति उहाँसँग एउटै आत्मा हुन्छ

यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब प्रभुले उहाँको आत्मालाई कुनै व्यक्तिको आत्मासँग जोड्नुहुन्छ, तब त्यो तिनीहरूको आत्मा एउटै आत्मा भएको जस्तै हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 6:18

त्यसबाट भाग

पावलले कुनै व्यक्तिले यौन सम्बन्धिको पापलाई इन्कार गर्ने कुरालाई त्यो व्यक्ति खतराबाट भागिरहेको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “ ... देखि टाढा होओ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनैतिकता ! कुनै व्यक्तिले गर्ने अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर

सम्‍भावित अर्थहरू हुन् १) यौन सम्बन्धिको पापचाहिँ खासगरी खराब हो किनभने यो अरूका विरुद्धमा मात्र होइन तर पाप गर्नेको आफ्‍नै शरीरको विरुद्धमा पनि हुन्‍छ भनी पावलले दर्शाइरहेका छन् वा २) केही कोरिन्थीहरूले विचार गरिरहेका कुरालाई पावलले उद्धरण गर्दै थिए । वैकल्पिक अनुवादः “अनैतिकता ! तिमीहरूमध्‍ये केहीले भनिरहेका छौ, ‘कुनै व्यक्तिले गर्ने हरेक पाप उसको शरीरभन्‍दा बाहिर हुन्‍छ’, तर म यो भन्‍छु” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अभ्यास गर्छ

“गर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 6:19-20

... परमेश्‍वर ... के तिमीहरूलाई थाहा छैन ? ... तिमीहरू स्वयम् आफ्‍नै होइनौ ?

उनीहरूले पहिले नै जानेको कुरालाई जोड दिएर कोरिन्थीहरूलाई सिकाउन पावल निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई याद गराउन चाहन्‍छु ... परमेश्‍वर ... र यो कि तिमीहरू स्वयम् आफ्‍नै होइनौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूको शरीर

प्रत्येक ख्रीष्‍टिएनको शरीर पवित्र आत्माका मन्दिर हो

पवित्र आत्माको मन्दिर

मन्दिर देवी-देवताहरूको लागि समर्पित गरिएको हुन्छ र त्यहाँ उनीहरूको वास हुन्छ । त्यसै गरी, हेरक कोरिन्थी विश्‍वासीको शरीर मन्दिर जस्तै हो किनभने पवित्र आत्मा तीभित्र वास गर्नुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ

परमेश्‍वरले कोरिन्थीहरूको पापको दासत्वबाटको स्वतन्त्रताको लागि मोल तिर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको स्वतन्त्रताको मोल तिर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यसकारण

“किनभने यो सत्य हो”

अनुवादका शब्‍दहरू

1 Corinthians 7

1 Corinthians 7:intro-0

१ कोरिन्थीहरू ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले एक लहर प्रश्‍नहरूको जवाफ दिन सुरु गर्छन् जुन उनलाई सोधिएका हुन सक्छन् । पहिलो विवाह सम्बन्धि छ । दोस्रो प्रश्‍न कसैले आफ्नो अवस्थालाई बदल्‍ने बारेमा छः स्‍वतन्‍त्र हुन खोजिरहेको एउटा दास, यहूदी भइरहेको एउटा अन्यजाति वा अन्यजाति भइरहेको एउटा यहूदी ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# छोडपत्र

ख्रीष्‍टिएनहरूले वैवाहिक सम्बन्धलाई तोड्न खोज्‍नुहुँदैन । अविश्‍वासीहरूसँग विवाह भएका विश्‍वासीहरूले तिनीहरूका पति वा पत्‍नीलाई त्याग्‍नु हुँदैन । यदि अविश्‍वासी पति वा पत्‍नीले त्याग्‍छ भने, त्यसलाई पाप मानिँदैन । पावलले सल्‍लाह दिन्छन् कि, कठिन समयहरू र येशूको पुनरागमन नजिकै आएको कारण, अविवाहित रहनु एउटा ग्रहणयोग्‍य छनोट हो । (हेर्नुहोस्ः INVALID bible/kt/believe अनि INVALID bible/kt/sin)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# नरम शब्दहरू

शारीरिक सम्बन्धहरूको बारेमा वर्णन गर्न त्यहाँ कम आपत्तिजनक शब्दहरूको प्रयोग गरिएको छ किनभने यो कतिपटक एउटा वर्जित गरिएको विषय हो र धेरै संस्कारहरूले यी कुराहरूका बारेमा खुलेर कुरा गर्न चाहँदैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 7:1-2

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई विवाहका बारेमा केही विशेष निर्देशनहरू दिन्‍छन् ।

अब

पावल शिक्षा दिने क्रममा नयाँ विषयमा प्रवेश गर्छन् ।

तिमीहरूले लेखेका यी कुराहरूका विषयमा

कोरिन्थीहरूले केही प्रश्‍नहरूको जवाफ खोज्दै पावललाई पत्र लेखेका थिए ।

बारेमाः “पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।” तर किनभने

सम्‍भावित अर्थहरू हुन् १) कोरिन्थीहरूले लेखेका कुराको उद्धरण पावलले गर्दैछन्, “बारेमाः तिमीहरूले लेख्यौ, ‘पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो’ । त्‍यो सत्‍य हो, तर किनभने” वा २) पावलले जे विचार गर्छन्, सो भन्‍दैछन्, “बारेमाः मेरो जवाफ हो नै हो, पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो । तर किनभने”

त्यो असल हो

“यो सबैभन्दा धेरै सहयोगी हुन्छ”

पुरुषको लागि

सम्‍भावित अर्थहरू हुन् १) “मानिस”ले विवाहित मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पति” वा २) “मानिस”ले जोसुकै मानिसलाई जनाउँछ ।

स्‍त्रीलाई नछुन

सम्‍भावित अर्थहरू हुन् १) “स्‍त्रीलाई छुनु”, भनेको यौन सम्‍बन्‍धलाई जनाउने मृदुभाषा हो । वैकल्‍पिक अनुवादः “केही समयका लागि आफ्‍नी पत्नीसित यौन सम्‍बन्‍ध नराख्‍नु” वा २) “स्‍त्रीलाई छुनु”, विवाहलाई जनाउनका लागि लाक्षणिक अर्थ हो । वैकल्‍पिक अनुवादः “विवाह नगर्न” (हेर्नुहोस्ः INVALID translate/figs-euphemism अनि INVALID translate/figs-metonymy).

तर धेरै अनैतिक कामहरूका परीक्षाहरूको कारणले गर्दा, हरेकले

“तर शैतानले मानिसहरूलाई यौनको पापमा पर्न परीक्षित गर्ने कारण, हरेकले” वा “तर हाम्रो पापपूर्ण स्‍वभावको कारणले गर्दा हामीले यौनको पाप गर्न लालसा गर्ने कारण, हरेक”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:3-4

वैवाहिक हक

पति र पत्‍नी दुवैले आफ्नै पत्‍नी र पतिसँग शारीरिक सम्बन्ध राख्‍नुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism)

त्‍यसरी नै पत्नीले पनि आफ्‍नो पतिलाई

“दिनुपर्छ” र “वैवाहिक हक” शब्‍दहरूलाई अघिल्‍लो वाक्‍यांशको आधारमा बुझिएको छ । वैकल्‍पिक अनुवादः “त्‍यसरी पत्नीले पनि आफ्‍नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू

1 Corinthians 7:5-7

एक अर्कालाई इन्कार नगर

“इन्‍कार” शब्‍दको अर्थ कसैलाई कुनै कुरा दिनबाट वञ्‍चित गर्नु हो, जुन कुरा पाउने हक अर्को व्यक्तिलाई हुन्‍छ । “आफ्नो विवाह गरेको जोडिसँग वैवाहिक सम्बन्ध राख्‍न इन्कार नगर” (हेर्नुहोस्ः INVALID translate/figs-euphemism अनि INVALID translate/figs-explicit)

ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक

प्रार्थनामा गहिरो गरी लाग्‍नको लागि केही समय दिनको लागि

आफूहरूलाई समर्पित भएर लगाओ

“आफूहरूलाई प्रतिबद्ध गर”

फेरि एकसाथ हुनुपर्दछ

“फेरि सँगै सुत्‍नुपर्छ”

तिमीहरूका आत्मसंयमको अभावको कारणले

“किनकि केही दिनपछि तिमीहरूको यौन इच्छालाई नियन्त्रण गर्न कठिन हुनेछ”

म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु

सम्भावित अर्थहरू हुन् पावलले कोरिन्थीहरूलाई यसो भनेका हुन् कि तिनीहरूलाई उनले अनुमति दिँदैछन् तर आज्ञा गरिरहेका छैनन्, १) विवाह गर्न र सँगै सुत्न वा २) केही समयका लागि सँगै नसुत्न ।

मजस्तै भएको भए

पावलले कि त विवाह गरेका थिएनन् अथवा तिनकी पत्नीको मृत्‍यु भएको थियो । तिनले सम्‍बन्‍ध विच्‍छेद गरेका थिए होला भन्‍नु भरपर्दो तर्क हुँदैन ।

तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनासँग एक प्रकारको वरदान छ र अर्कोसँग अर्कै

“परमेश्‍वरले मानिसहरूलाई विभिन्‍न कुराहरू गर्ने क्षमता दिनुहुन्छ । उहाँले एक व्यक्तिलाई एउटा कुरा गर्ने क्षमता दिनुभएको छ भने अर्कोलाई केही भिन्‍नै कुरा गर्ने क्षमता”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:8-9

अविवाहित

“यो जो अविवाहित छन्”

विधवाहरूलाई

“पतिको मृत्यु भएकी स्‍त्रीहरूलाई”

यो असल छ

तपाईंले यसलाई १ कोरिन्थीहरू ७:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

कामुकतामा जल्नु

“कसैसँग शारीरिक संसर्ग गर्ने निरन्तर अभिलाषामा जिउनु”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:10-11

बाट अलग बस्नु हुँदैन

पावलका पाठकहरूलाई अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । कसैसँग बस्न छोड्नु भनेको विवाहको अन्त्य थियो । वैकल्पिक अनुवादः “सम्बन्ध विच्‍छेद गर्नुहुँदैन”

उनको पतिसँग पुनर्मिलाप गर्नुपर्दछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफ्ना पतिसँग मेलमिलाप गर्नुपर्छ र उनीकहाँ फर्कनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

सम्बन्ध विच्‍छेद गर्नुहुँदैन

पावलका पाठकहरूलाई सामान्य अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । तीमध्ये कुनै पनि गर्नु भनेको विवाहको अन्त्य गर्नु थियो । वैकल्पिक अनुवादः “बाट अलग बस्नु हुँदैन”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:12-14

तृप्‍त

“इच्छुक” वा “सन्तुष्‍ट”

अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ

सम्भावित अर्थहरू हुन् १) “किनकि परमेश्‍वरले विश्‍वास नगर्ने पतिलाई उसको विश्‍वास गर्ने पत्नीको कारण आफ्‍नो निम्ति अलग राख्‍नुभएको छ” वा २) “परमेश्‍वरले अविश्‍वासी पतिलाई उसको विश्‍वास गर्ने पत्‍नीको खातिर उहाँको छोरा जस्तै व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

पति ... पत्‍नी

यी “पुरुष” र “स्‍त्री” लाई जनाउने उही ग्रीक शब्‍दहरू हुन् ।

अविश्‍वासी पत्‍नी भाइको कारण पवित्र ठहरिन्छे

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले विश्‍वास नगर्ने पत्‍नीलाई उनको विश्‍वास गर्ने पतिको कारण आफ्‍नो निम्ति अलग राख्‍नुभएको छ” वा २) “परमेश्‍वरले अविश्‍वासी पत्‍नीलाई उनको विश्‍वास गर्ने पतिको खातिर उहाँको छोरी जस्तै व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

भाइ

विश्‍वास गर्ने मानिस वा पति

तिनीहरू अलग पारिएका छन्

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले तिनीहरूलाई आफ्‍नै निम्ति अलग राख्‍नुभएको छ” वा २) “परमेश्‍वरले आफ्‍ना छोराछोरीलाई जस्‍तो व्‍यवहार गर्नुहुन्‍छ, त्‍यस्‍तै उहाँले तिनीहरूसित पनि गर्नुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 7:15-16

यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस्‍ता स्‍थितिहरूमा, विश्‍वासी पति वा पत्नीले वैवाहिक करार पालन गर्नै पर्छ भनी परमेश्‍वरले बाध्य तुल्‍याउनुहुन्‍न” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

स्‍त्री हो, तिमीलाई के थाहा ... तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ... पुरुष हो, तिमीलाई के थाहा ... तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि

कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, त्यसैले यहाँ उल्‍लेखित सबै “तिमी” र “तिम्रा” एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

स्‍त्री हो, तिमीलाई के थाहा, शायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ?

पावलले जे भनिरहेका छन्, त्‍यस विषयमा स्‍त्रीहरूलाई सोच्‍ने तुल्‍याउनका लागि पावलले प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्‍वासी पतिलाई बचाउन सक्‍नेछौ कि भन्‍ने कुरा तिमीले थाहा पाउन सक्दैनौ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

पुरुष हो, तिमीलाई के थाहा, शायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि ?

पावलले जे भनिरहेका छन्, त्‍यस विषयमा पुरुषहरूलाई सोच्‍ने तुल्‍याउनका लागि पावलले प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्‍वासी पत्‍नीलाई बचाउन सक्‍नेछौ भन्‍ने कुरा तिमीले थाहा पाउन सक्‍दैनौ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 7:17-19

हरेक जना

“हरेक विश्‍वासी”

सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो

पावलले सबै मण्डलीका विश्‍वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए ।

के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो

पावलले खतना गरेकाहरूलाई(यहूदीहरू) सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना गरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको पहिले नै खतना भइसकेका थियो” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो

पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्‍वरले तिमीहरूलाई विश्‍वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 7:20-24

सामान्य जानकारीः

यहाँ “हामी” र “हाम्रा” शब्‍दले सबै ख्रीष्‍टिएनहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

बोलावटमा रहनु

यहाँ बोलावाटले कामलाई वा तपाईं संलग्‍न हुनुभएको सामाजिक पदलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले जसरी काम गर्दै जिउँदै थियौ, त्यसरी नै गर”

... बोलाउनुहुँदा ... तिमी थियौ ? फिक्री नगर ... तिमीहरू ... हुन सक्‍छौ

कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्‍लेखित सबै “तिमी” र “हुन सक्‍छौ” भन्‍ने आज्ञार्थ शब्‍द एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

के परमेश्‍वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? वास्ता नगर

यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले बोलाउनुहुँदाको समयमा कमारा भएकाहरूलाई, म यो भन्छुः त्यसको वास्ता नगर” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

प्रभुको स्वतन्‍त्र मानिस

यस स्वतन्त्र मानिसलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र त्यसैले ऊ शैतान र पापबाट स्वतन्त्र भएको छ ।

तिमीहरू दाम तिरी किनिएका हौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूका लागि मरेर तिमीहरूलाई किन्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

हामीलाई विश्‍वास गर्न बोलावट हुँदा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले हामीलाई उहाँमा विश्‍वास गर्नको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 7:25-26

कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन

यसको अवस्थाको बारेमा बताउने येशूको कुनै पनि शिक्षाको बारेमा पावललाई थाहा छैन । वैकल्पिक अनुवादः “कहिल्यै पनि विवाह नगरेकाहरूलाई केही पनि भन्‍न मलाई प्रभुले आज्ञा गर्नुभएको छैन”

म मेरो राय दिन्छु

“म के सोच्‍छु भनेर म तिमीहरूलाई बताउँछु”

प्रभुको कृपाद्वारा भरोसायोग्‍य ठहरिएको व्यक्तिको रूपमा

“किनभने, प्रभुको कृपाद्वारा, म भरोसायोग्‍य छु”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:27-28

के तिमी बाँधिएका छौ ... नखोज ... के तिमी स्वतन्त्र छौ ... नखोज ... तिमी गर्छौ ... तिमीसँग छ

कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्‍लेखित सबै “तिमी” र “खोजी नगर” भन्‍ने आज्ञार्थ शब्‍दका प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? ... नखोज

विवाहित पुरुषहरूलाई पावलले सम्‍बोधन गर्छन् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू विवाहित छौ भने, ... खोजी नगर” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिमी अविवाहित छौ ? पत्‍नीको खोजी नगर

अविवाहित पुरुषहरूलाई पावलले सम्‍बोधन गर्छन् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू अहिले विवाहित छैनौ भने, ... खोजी नगर” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

पत्‍नीको खोजी नगर

“विवाह गर्न नखोज”

समर्पित

“गरिएको”

म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु

“म तिमीहरूले ती कुराहरू पाओ भन्‍ने चाहन्‍नँ”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:29-31

समय छोटो छ

“समय थोरै छ” वा “समय सकिनै लागेको छ”

विलाप गर्नेहरू

“रुनु वा आँसु निकालेर शोक गर्नु”

संसारलाई प्रयोग गर्नेहरू

“तिनीहरू जो अविश्‍वासीहरूसँग प्रत्येक दिन व्यवहार गर्छन्”

त्यसलाई तिनीहरूले पूर्ण रूपमा प्रयोग नगरे झैँ व्‍यवहार गर्नु हुँदैन

“आफ्‍नो कार्यद्वारा तिनीहरूले यो दर्शाउनुपर्छ कि तिनीहरूले आफ्‍नो आशा परमेश्‍वरमा राखेका छन्”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:32-34

निस्फिक्री

“शान्त” वा “चिन्तारहित”

बारेमा चिन्तित

“ ... मा ध्यानकेन्द्रित”

ऊ दोहोरो मनको हुन्छ

“उसले परमेश्‍वर र पत्‍नी दुवैलाई खुसी पार्न खोजिरहेको छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:35

प्रतिबन्ध

“रोक”

भक्तिका साथ लागिरहन सक

“ध्यान केन्द्रित गर्न सक्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:36-38

आदरसँग व्यवहार गरिरहेको छैन

“ ... लाई दयालु नभइरहेको” वा “सम्मान नगरिरहेको”

आफ्नी मगनी भएकी कन्या

सम्भावित अर्थहरू हन् १) “उसले विवाह गर्न प्रतिज्ञा गरेको स्‍त्री” वा २) “उसकी कन्या छोरी”

तिनीहरूले विवाह गर्नुपर्छ

सम्भावित अर्थहरू हुन् १) “उसले आफूसँग मगनी भएकी कन्यासँग विवाह गर्नुपर्दछ” वा २) “उसले उसकी छोरीलाई विवाहको लागि दिनुपर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 7:39-40

ऊ बाँचुञ्‍जेलसम्म

“ऊ नमरेसम्म”

तिनले चाहेको जोसुकैसँग

“तिनले जसलाई चाहन्छिन्”

प्रभुमा

“यदि नयाँ पति विश्‍वासी हो भने”

मेरो विचार

“परमेश्‍वरको वचनको मेरो बुझाइ”

अझ धेरै प्रसन्‍न

“अझ सन्तुष्‍ट, अझ आनन्दित”

तिनी जसरी छिन् त्यसरी नै बस्छिन्

“अविवाहितै रहन्छिन्”

अनुवादका शब्‍दहरू

1 Corinthians 8

1 Corinthians 8:intro-0

१ कोरिन्थीहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ८:६ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?”

यस अध्यायमा भएका विशेष अवधारणाहरू

== मूर्तिहरूलाई चढाइएको मासु == पावलले मूर्तिहरू भनेका वास्तवमा अस्तित्व नै नभएका ईश्‍वरहरू हुन् भन्दै तिनीहरूको प्रश्‍नको जवाफ दिन्छन्, र त्यसैले त्यो मासुमा केही समस्या छैन । तापनि, कोही व्यक्ति जसले ख्रीष्‍टिएनको यो मासु खान हुने स्‍वतन्त्रतालाई बुझेको हुँदैन, उसले कुनै ख्रीष्‍टिएनले खाइरहेको देख्‍न सक्छ र मूर्तिपूजाको कार्यस्‍वरूप सो मासु खान प्रेरित हुन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 8:1-3

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई स्‍मरण गराउँदै भन्‍छन्, मूर्तिहरूमा शक्ति हुँदैन, तापनि विश्‍वासीहरूले कमजोर विश्‍वासीहरूमा असर नपुर्‍याउनलाई होसियार हुनुपर्छ, जसले तिनले मूर्तिहरूको फिक्री गर्दा रहेछन् भनी विचार गर्न सक्‍छन् । ख्रीष्‍टमा विश्‍वासीहरूले पाएका स्‍वतन्त्रताको बारेमा होसियार हुन तिनले विश्‍वसीहरूलाई भन्‍छन् ।

सामान्य जानकारीः

यो पत्र पावलले खासगरी कोरिन्‍थका विश्‍वासीहरूलाई लखेको भए तापनि “हामी” शब्‍दले तिनी र सबै विश्‍वासीलाई समावेश गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

अब ... बारेमा

कोरिन्‍थीहरूले सोधेका अर्को प्रश्‍नमा अगि बढ्‍नका लागि पावलले यो शब्‍द प्रयोग गर्छन् ।

मूर्तिहरूलाई चढाइएको खानेकुरा

मूर्तिपूजकहरूले अन्‍न, माछा, पन्छी वा मासु उनीहरूको देवतालाई चढाउँथे । पूजाहारीले यसको केही भाग वेदीमा चढाउँथे । पावलले बाँकी रहेको भागको कुरा गरिरहेका छन्, जुनचाहिँ चढाउने मानिसलाई फिर्ता दिइन्थ्यो वा बजारमा बिक्री गरिन्थ्यो ।

ज्ञानले घमण्ड ल्याउँदछ

“ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ ।” यहाँ “घमण्‍डले फुल्छ” वाक्‍यांश कसैलाई घमण्‍डी बनाउने कुराको लागि अलङ्कार हो । भाववाचक शब्‍द “ज्ञान”लाई “थाहा हुनु” भन्‍ने क्रियामा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “ज्ञानले मानिसहरूलाई घमण्‍डी बनाउँछ” वा “आफूलाई धेरै जानकारी छ भनी विचार गर्ने मानिसहरू घमण्‍डी हुन्‍छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तर प्रेमले उन्‍नति गराउँछ

यो भाववाचक नाम “प्रेम”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तर जब हामी मानिसहरूलाई प्रेम गर्छौँ, हामी उनीहरूको उन्‍नति गराउँछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

प्रेमले उन्‍नति गराउँछ

मानिसहरूको उन्‍नति गरिदिनु भन्‍नाले तिनीहरूलाई उनीहरूको विश्‍वासमा परिपक्‍व र बलियो हुन सहायता पुर्‍याउनु हो । वैकल्‍पिक अनुवादः “प्रेमले मानसिहरूलाई बलियो तुल्‍याउँछ” वा “जब हामीले मानिसहरूलाई प्रेम गर्छौँ, तब उनीहरूलाई हामी बलियो बनाउँछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म केही जान्दछु भनी विचार गर्छ

“आफूले केही कुराको बारेमा सबै कुरा जान्दछु भन्‍ने ठान्छ”

त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यस व्यक्तिलाई जान्‍नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 8:4-6

सामान्य जानकारीः

“हामी” र “हामीलाई” शब्‍दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

हामी जान्दछौँ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन

पावलले सम्भवत केही कोरिन्थीहरूले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गरिरहेका छन् । “केही पनि नहुनु” भन्‍नाले कुनै शक्ति नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, जसरी तिमीहरू नै चाहन्छौ, कि यस संसारमा मूर्तिको केही पनि शक्ति छैन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन” (हेर्नुहोस्ः INVALID translate/figs-explicit अनि INVALID translate/figs-metaphor)

देवता भनिएकाहरू

“मानिसहरूले देवीदेवता भन्‍ने कुराहरू”

धेरै “देवताहरू” र धेरै “प्रभुहरू ।”

पावल धेरै देवताहरूमा विश्‍वास गर्दैनन्, तर मूर्तिपूजकहरूले यिनीहरूको पूजा गर्छन् भन्‍ने उनलाई थाहा छ ।

तर हाम्रो निम्ति एकमात्र परमेश्‍वर हुनुहुन्छ

“तर हामी जान्दछौँ त्यहाँ एकमात्र परमेश्‍वर हुनुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 8:7

सामान्य जानकारीः

पावलले यहाँ त्‍यस्‍ता “कमजोर” भाइहरूका बारेमा कुरा गर्दैछन् जसले मूर्तिपूजालाई मूर्तिहरूलाई बलि चढाएका थोकहरूबाट छुट्‌ट्‍याएर हेर्न सक्‍दैनन् । ख्रीष्‍टिएनहरूले मूर्तिलाई चढाएको खानेकुरो खाए भने, परमेश्‍वरले आफूहरूलाई खानेकुरा खाएर मूर्तिपूजा गर्ने अनुमति दिनुहुने रहेछ भनी त्‍यो कमजोर भाइहरूले विचार गर्न सक्‍छन् । खानेकुरो खाने व्यक्तिले मूर्तिपूजा गरेको छैन र खानेकुरो मात्र खाएको छ भने पनि, त्‍यसले आफ्‍नो कमजोर भाइको विवेकलाई भ्रष्‍ट तुल्‍याएको हुन्‍छ ।

सबैजना ... कोही

“सबै मानिसहरू ... कोही मानिसहरू जो अहिले ख्रीष्‍टिएनहरू हुन्”

भ्रष्‍ट

“नष्‍ट गरिएको” वा “नोक्सान भएको”

अनुवादका शब्‍दहरू

1 Corinthians 8:8-10

खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन

पावलले खानेकुरा भनेको परमेश्‍वरले हामीलाई स्‍वागत गर्ने बनाउन सक्‍ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “खानाले हामीलाई परमेश्‍वरको कृपा प्राप्‍त गर्ने योग्यको बनाउँदैन” वा “हामीले खाएको खानेकुराले परमेश्‍वरलाई हामीसँग खुसी पार्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

हामीले यो नखाँदैमा बढी खराब हुँदैनौँ र खाँदैमा बढी असल पनि हुँदैनौँ

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही मानिसहरूले विचार गर्छन् कि यदि हामीले कुनै थोकहरू खाएनौँ भने, परमेश्‍वरले हामीलाई कम्‍ती प्रेम गर्नुहुन्‍छ । तर उनीहरू गलत छन् । हामीले ती थोकहरू खायौँ भने, परमेश्‍वरले हामीलाई धेरै प्रेम गर्नुहुन्‍छ भनी विचार गर्नेहरू पनि गलत नै हुन्” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

कोही जो कमजोर छ

आफ्‍नो विश्‍वासमा बलियो नभएका विश्‍वासीहरू

तिमीलाई देख्‍छ, जोसँग ... छ

कोरिन्‍थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले कुरा गर्छन्, त्यसैले यी शब्दहरू एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

उसको ... विवेक

उसले जे कुरा ठीक र बेठीक हो भनी बुझ्‍छ

खानलाई साहसी भएको

“खानलाई उत्‍साहित”

अनुवादका शब्‍दहरू

1 Corinthians 8:11-13

तिम्रो बुझाइ

कोरिन्‍थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले तिनीहरूसँग कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिम्रो” शब्द एकवचन हो । (हेर्नुहोस्ः INVALID translate/figs-you)

कमजोर भाइ नष्‍ट हुन्छ

आफ्नो विश्‍वासमा बलियो नभएका भाइबहिनीहरूले पाप गर्नेछन् वा आफ्नो विश्‍वास गुमाउनेछन् ।

त्यसैले

“किनभने मैले अहिले भर्खर भनेको कुरा साँचो हो”

यदि खाना कारण बन्छ भने

यहाँ “खानेकुरो” चाहिँ खानेकुरो खाँदै गरेको व्यक्तिलाई जनाउने लाक्षणार्थ शब्‍द हो । वैकल्‍पिक अनुवादः “यदि मैले खाएर ... भने” वा “यदि मैले, मैले खाएको कुराले, ... भने” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Corinthians 9

1 Corinthians 9:intro-0

१ कोरिन्थीहरू ०९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले 9:9 को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?” यस अध्यायमा, मण्‍डलीबाट आर्थिक नाफाहरू उठाउने कोसिस गरेको दाबीको विरुद्धमा पावलले आफ्‍नो बचाउ गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मण्‍डलीबाट पैसा कमाउने

मानिसहरूले पावललाई मण्‍डलीबाट केवल पैसा चाहेको भनेर आरोप लगाएका छन् । पावलले जवाफ दिन्छन् कि उनीसँग मण्‍डलीबाट पैसा पाउने अधिकार छ किनकि पुरानो करारले सिकायो कि जसले काम गर्छन् तिनीहरूले तिनीहरूका कामबाट आफ्‍नो जीविकोपार्जन गर्नुपर्छ । उनी र बारनाबासले उद्देश्‍यका साथै यो अधिकारको प्रयोग कहिल्यै गरेनन् र तिनीहरूका जीविकोपार्जनको लागि आफैँ कमाए ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । यी अलङ्कारहरूले जटिल सत्यताहरू सिकाउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# सान्दर्भिकीकरण

यो खण्‍ड महत्त्वपूर्ण छ किनभने पावलले सुसमाचारको सेवामा भएको उनको सेवकाइलाई विभिन्‍न मानिसहरूका लागि सान्दर्भिक बनाउँछन् । यसको अर्थ हो कि पावलले उनका कार्यहरूको कारणले सुसमाचारको ग्रहणलाई कुनै बाधा नपुर्‍याइकन आफैँलाई र सुसमाचारलाई बुझ्‍न सकिने बनाउँछन् । यदि अनुवादकले यो “सान्दर्भिकीकरण”का पक्षहरूलाई संरक्षित गर्नलाई सम्भव हुन्छ भने थप होसियारी पुर्‍याउनलाई विचार गर्न सक्‍छन् । (हेर्नुहोस्ः INVALID bible/kt/goodnews)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 9:1-2

जोड्ने कथनः

पावलले ख्रीष्‍टमा आफूसित भएको स्‍वतन्‍त्रतालाई तिनले कसरी प्रयोग गर्छन् भनी व्याख्या गर्छन् ।

के म स्वतन्‍त्र छैन ?

पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनीसँग भएको अधिकारको बारेमा सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक स्वतन्त्र व्यक्ति हुँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के म प्रेरित होइन ?

पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनी को हुन् र उनीसँग कस्तो अधिकार छ भनेर सम्झाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक प्रेरित हुँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के मैले येशू हाम्रा प्रभुलाई देखेको छैन ?

पावलले कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्‍नको प्रयोग उनी को हुन् भनेर सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “मैले येशू हाम्रा प्रभुलाई देखेको छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिमीहरू प्रभुमा मेरा हातका सिप होइनौ र ?

पावलले कोरिन्थीहरूसँग उनको सम्बन्धबारे तिनीहरूलाई सम्झाउनको लागि यो आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले जसरी काम गरुँ भन्‍ने प्रभु इच्‍छा गर्नुहुन्‍छ, मैले त्‍यसरी नै काम गरेको हुनाले तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्‍यौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ

“प्रमाण” शब्‍द कुनै कुराको बारेमा प्रमाणित गर्न आवश्‍यक हुने सबुत जनाउने लाक्षणार्थ हो । वैकल्‍पिक अनुवादः “प्रभुले मलाई प्रेरित हुनका लागि छान्‍नुभएको हो भन्‍ने कुरा प्रमाणित गर्न मैले प्रयोग गर्न सक्‍ने सबुत तिमीहरू नै हौ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Corinthians 9:3-6

मेरो ... मेरो जवाफ यही छः के

सम्‍भावित अर्थहरू हुन् १) यसपछि आउने शब्‍दहरूले पावलको बचाउ गर्छन् वा २) १ कोरिन्‍थी ९:१-२ मा भएका शब्‍दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छः के ... ।”

के हामीलाई खाने र पिउने अधिकार छैन ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

हामी

यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive).

के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग एउटा विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्‍वासी पत्‍नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 9:7-8

कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै सिपाहीले पनि आफ्‍नो लागि खाँचो पर्ने कुरा आफैँले किन्‍नुपर्दैन भनी हामी सबै जान्‍दछौँ ।” वा “हामी सबै जान्दछौँ कि हरेक सिपाहीले आफ्‍नो खाँचोहरू सरकारबाट पाउँछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion).

कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ कि दाखबारी लाउनेले सधैँ त्यसको फल खान्छ ।” वा “हामी सबैलाई थाहा छ कि दाखबारी लगाउने कसैले त्यसको फल नखाला भनेर कसैले पनि सोच्दैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अथवा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र ?

पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्‍छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबै जान्दछौँ कि गाईवस्तु पाल्नेहरूले दूध ती नै गाईवस्तुबाट पाउँछन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “यी कुरा मैले मानवीय अधिकारको आधारमा मात्र भनिरहेको छु भनी तिमीहरूले विचार गरे झैँ लाग्‍छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के व्यवस्थाले पनि यसै गर भन्दैन र ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्‍दै छन् । वैकल्‍पिक अनुवादः “व्यवस्थामा यही कुरा लेखिएको छ भनी तिमीहरूले नजानेको झैँ गरी तिमीहरू व्यवहार गर्छौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 9:9-11

नलगाओ

इस्राएलीहरू एक जना व्यक्ति हुन् झैँ गरी मोशाले तिनीहरूसँग कुरा गर्दै छन्, यसैले यो आज्ञा एकवचनमा छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

के परमेश्‍वरले साँच्‍चै गोरुहरूको वास्ता गर्नुहुन्छ ?

पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्‍पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरले सबैभन्‍दा धेरै वास्‍ता गर्ने भनेको गोरु होइन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ?

पावलले आफूले बताउँदै गरेको भनाइलाई जोड दिनका लागि तिनले एउटा प्रश्‍न सोध्‍छन् । वैकल्पिक अनुवादः “बरू, परमेश्‍वरले हाम्रै बारेमा भन्दै हुनुहुन्थ्यो ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

हाम्रो बारेमा

यहाँ “हामीलाई”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम हाम्रो निम्ति अति भयो र ?

पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि तिमीहरूबाट हामीले भौतिक खाँचो प्राप्‍त गर्दा हामीले अति गरेको हुँदैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 9:12-14

यदि अरूहरूले ... दाबी गर्छन् भने, के हामीले झन् धेरै गर्नुपर्दैन र ?

पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । यहाँ “हामी” ले पावल र बारनाबासलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूबाट अरूहरूले ... दाबी गर्छन्, त्यसैले मैले तिमीहरूलाई नभने पनि तिमीहरू जान्‍दछौ कि हामीसित झन् धेरै यो अधिकार छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-rquestion)

यदि अरूहरूले यो हकको दाबी गरे भने

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि अरूहरूले यो हकको दाबी गरे । “किनकि अरूहरूले यो हकको दाबी गरे”

अन्यहरू

सुसमाचारका अन्य कामदारहरू

यो हक

कोरिन्थमा भएका विश्‍वासीहरूले तिनीहरूलाई सुसमाचार सुनाउनेहरूको जीविकोपार्जनको खर्चहरू जुटाउन लगाउने हक

... लाई बाधा हुन

“ ... लाई बोझ हुन” वा “त्यसको फैलावटलाई रोक्‍न”

के मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मन्‍दिरमा सेवा गर्नेहरूले मन्‍दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्‍मरण गराउन चाहन्‍छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्‍सा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्‍सा वेदीमा सेवा गर्नेले प्राप्‍त गर्छन् भनी म तिमीहरूलाई स्‍मरण गराउँन चाहन्‍छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिनीहरूको जीविकोपार्जन सुसमाचारबाटै पाउनु

यहाँ “सुसमाचार” शब्‍द लक्षणार्थ हो १) तिनीहरूले सुसमाचार सुनाउने मानिसहरूलाई, “जसलाई तिनीहरूले सुसमाचार सिकाउँछन्, तिनीहरूबाट नै आफ्‍नो खानेकुरा र आफूहरूलाई आवश्‍यक पर्ने अरू थोकहरू प्राप्‍त गर्न” वा २) सुसमाचार सुनाउने कामको परिणामस्‍वरूप, “तिनीहरूलाई खाँचो पर्ने खानेकुरा र अरू थोकहरू प्राप्‍त गर्न किनभने सुसमाचार सुनाउनलाई तिनीहरूले काम गर्छन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Corinthians 9:15-16

यी हकहरू

“मैले पाउनुपर्ने यी कुराहरू”

ताकि मेरो लागि केही गरियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले मेरो लागि केही गर्नेछौ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मलाई गर्व गर्नदेखि वञ्‍चित गर्नु

“मैले गर्व गर्ने यो अवसरलाई हटाउनु”

मैले यो गर्नुपर्छ

“मैले सुसमाचार प्रचार गर्नुपर्छ”

मलाई धिक्‍कार छ यदि

“यदि ... भने मेरो दुर्गति होस्”

अनुवादका शब्‍दहरू

1 Corinthians 9:17-18

मैले यो आफूखुसी गरेँ भने

“मैले खुसीसाथ प्रचार गर्ने”

तर यदि इच्‍छाले होइन भने

“म यो गर्छु” भन्‍ने शब्‍दहरू यसअघिका वाक्‍यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “तर यदि म यो इच्‍छा नभइकन गर्छु भने” वा “तर यो गर्ने इच्‍छा मलाई नभए तापनि म यो गर्छु भने” वा “मलाई यो गर्न बाध्य पारेको हुनाले म यो गर्छु भने” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

इच्‍छाले

“खुशीसाथ” वा “किनभने म यो गर्न इच्‍छा गर्छु”

मसँग अझै एउटा जिम्मेवारी छ जुन मलाई दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई पूरा गर्नको लागि विश्‍वास गरेर सुम्पिनुभएको यो काम मैले गर्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यसो भए मेरो इनाम के हो ?

पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ

“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्‍छु”

सुसमाचार दिउँ

“सुसमाचार प्रचार गरूँ”

सुसमाचारमा मेरो हकको पूर्ण प्रयोग नगरूँ

“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्‍न”

अनुवादका शब्‍दहरू

1 Corinthians 9:19-20

धेरैलाई जित्‍न सकौँ

“अरूलाई विश्‍वास गर्न मनाउन सकौँ” वा “अरूलाई ख्रीष्‍टमा भरोसा गर्न सहयोग गर्न सकौँ”

म यहूदीजस्तै बनेँ

“मैले यहूदीले जस्तै गरेँ” वा “मैले यहूदी परम्परा पालना गरेँ”

म व्यवस्थाको अधीनमा भएकाहरू जस्तै भएँ

“यहूदी धर्मशास्‍त्रको बुझाइलाई स्‍वीकार गरेर यहूदी नेतृत्‍वको मागअनुसार चल्‍न प्रतिबद्ध भएको कोही व्यक्ति जस्तै म भएँ”

अनुवादका शब्‍दहरू

1 Corinthians 9:21-23

व्यवस्थाबाट बाहिर

“जसले मोशाको व्यवस्थालाई मान्दैनन्”

अनुवादका शब्‍दहरू

1 Corinthians 9:24-27

जोड्ने कथनः

पावलले व्याख्या गर्छन् कि ख्रीष्‍टमा तिनले पाएको स्‍वतन्‍त्रतालाई तिनले आफैँलाई अनुशासित तुल्‍याउनका लागि प्रयोग गर्छन् ।

दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई सम्झना दिलाऊँ कि सबै जना दौडे तापनि एक जनाले मात्र इनाम पाउँछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

दौड दौडिनु

पावलले ख्रीष्‍टिएन जीवन जिउने र परमेश्‍वरको लागि काम गर्ने कुरालाई दौडमा भाग लिने र खेलाडी हुनेसँग तुलना गर्छन् । दौडमा जस्तै ख्रीष्‍टिएन जीवन र काममा पनि दौडनेलाई कडा अनुशासनको जरुरत पर्छ र दौडमा जस्तै ख्रीष्‍टिएनहरूको पनि विशेष लक्ष्य हुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

पुरस्कार पाउनलाई दौड

परमेश्‍वरले आफ्‍ना विश्‍वासी जनहरूलाई दिनुहुने इनामचाहिँ त्यो खेलकुदको प्रतिस्‍पर्धाको लागि दिइने एउटा पुरस्कार भए जसरी पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

नाश हुने मुकुट ... नाश नहुने मुकुट

यहाँ उल्‍लेख भएको मुकुट पातहरू गाँसेर बनाइएको हो । खेल र दौड जित्‍ने खेलाडीहरूलाई पुरस्‍कारको रूपमा मुकुटहरू दिइथ्‍यो । पावलले अनन्‍त जीवनलाई कदापि नओइलाउने मुकुट भए जसरी बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म लक्ष्‍यबिना दौडन्‍न वा हावामा मुक्‍का हान्दिन

यहाँ “दौडने” र “मुक्का हान्‍ने” दुवै कुरा ख्रीष्‍टिएन जीवन बिताउने र परमेश्‍वरको सेवा गर्ने कुराका लागि रूपक अलङ्‍कारहरू हुन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म किन दौडदै छु भनी म राम्ररी जान्‍दछु र मैले मुक्‍का हान्‍दा म के गरिरहेको छु भनी म जान्‍दछु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-doublenegatives)

म आफैँचाहिँ अयोग्य नठहरिऊँ

यो कर्म वाच्यको वाक्यलाई कर्तृ वाच्यमा हुने गरेर पुनः लेख्‍न सकिन्छ । दौड वा प्रतिस्‍पर्धाका निर्णयकर्ताचाहिँ परमेश्‍वरलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “निर्णयकर्ताले मलाई अयोग्य नठहराउने छैनन्” वा “मैले आज्ञाहरू पालना गर्नमा चुकेको छु भनी परमेश्‍वरले मलाई भन्‍नुहुने छैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 10

1 Corinthians 10:intro-0

१ कोरिन्थीहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १०:७ को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?” यस अध्यायमा, पावलले मानिसहरूलाई पाप नगर्नलाई चेतावनी स्‍वरूप प्रस्थानको प्रयोग गर्छन् । तब, प्रभु भोजलाई उदाहरणको रूपमा प्रयोग गर्दै, उनी मूर्तिहरूलाई चढाइएको मासुको बारेमा कुरा गर्न फर्कन्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/sin)

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# प्रस्‍थान

पावलले इस्राएलले मिश्र छोडेको र मरुभूमिमा रुमल्‍लिरहेको कुराको अनुभवहरूलाई विश्‍वासीहरूको लागि एउटा चेतावनीको रूपमा प्रयोग गर्छन् । तिनीहरू सबैले मोशालाई पछ्याएका भएतापनि, तिनीहरू सबै बाटैमा मरे र तिनीहरू कोही पनि प्रतिज्ञाको भूमिमा पुगेनन् । केहीले कुनै मूर्तिको पूजा गरे, केहीले परमेश्‍वरको परीक्षा गरे, र केहीले गनगन गरे । यो ख्रीष्‍टिएनहरूको लागि पाप नगर्नलाई एउटा चेतावनी हो किनभने परीक्षालाई जित्‍न सकिन्छ किनकि परमेश्‍वरले उम्‍कनलाई एउटा बाटो जुटाइदिनुहुन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/promisedland)

# मूर्तिलाई चढाइएको मासु खाने

पावलले मूर्तिहरूलाई चढाइएको मासुको बारेमा बहस गर्छन् । ख्रीष्‍टिएनहरूलाई त्यो खान अनुमति छ, तर यसले अरूहरूलाई ठेस पुर्‍याउन सक्छ । त्यसैले मासु किन्दा वा कुनै साथीसँग खाँदा, मूर्तिहरूलाई चढाइएको हो कि होइन भनेर नसोध; तर यदि कसैले तिमीहरूलाई त्यो मूर्तिहरूलाई चढाइएको हो भनी भन्छ भने, त्यस व्यक्तिको खातिर त्यो नखाओ । कसैलाई ठेस नलगाओ तर तिनीहरूलाई बचाउन खोज । (हेर्नुहोस्ः INVALID bible/kt/save)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 10:1-4

जोड्ने कथनः

तिनीहरूका प्राचीन यहूदी पूर्खाहरूका अनैतिकता र मूर्तिपूजाका अनुभवहरूका उदाहरणका बारेमा पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् ।

हाम्रा पिता पूर्खाहरू

पावलले प्रस्थानको पुस्तकमा भएको मोशाको समयलाई अङ्‌कित गरिरहेका छन् जुन बेला इस्राएलीहरूलाई मिश्रीहरूले पछ्याउँदा तिनीहरू लाल समुद्र तरेर गएका थिए । “हाम्रा” शब्दले उनी आफैँ र कोरिन्थीहरूलाई जनाउँछ र यो समावेशी छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

समुद्रको बीचबाट भएर गए

लाल समुद्र र नर्कटका समुद्र गरी, यो समुद्रका दुईवटा नाउँहरू छन् ।

... बाट भएर गए

“ ... बाट हिँडेर गए” वा “ ... बाट यात्रा गरे”

सबैले मोशामा बप्‍तिस्मा पाएका थिए

“सबैले मोशालाई पछ्याएका थिए र उनीप्रति समर्पित थिए”

बादलमा

बादलले परमेश्‍वरको उपस्‍थिति र दिनको समयमा इस्राएलीहरूलाई डोहोर्‍याएको कुराको प्रतिनिधित्व गर्छ

एउटै खालको आत्‍मिक पानी पिए ... आत्‍मिक चट्टान

“परमेश्‍वरले अलौकिक किसिमले चट्टानबाट निकालिदिनुभएको उही पानी पिए ... आत्‍मिक चट्टान”

त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो

“चट्टान” भन्‍नाले साँच्‍चैको, भौतिक चट्टानलाई नै जनाउने हुनाले यसलाई अक्षरश: अनुवाद गर्नु ठीक हुन्‍छ । चट्टान भनेको कोही व्यक्तिको नाउँ “थियो” भनेर यदि तपाईंको भाषाले बताउन सक्दैन भने, “चट्टान” शब्दलाई त्यस चट्टानद्वारा काम गर्ने ख्रीष्‍टको सामर्थ्‍यलाई जनाउन लाक्षणिक अर्थमा लिनुहोस् । वैकल्‍पिक अनुवादः “त्‍यो ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो, जसले त्यस चट्टानद्वारा काम गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:5-6

प्रसन्‍न हुनुभएन

“अप्रसन्‍न” वा “रिसाएको” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

तिनीहरूमध्ये धेरै

इस्राएली पिता पूर्खाहरू

तिनीहरूका लासहरू ... भरी छरिएका थिए

“तिनीहरूका लासहरूलाई परमेश्‍वरले वरिपरि छरपष्‍ट पार्नुभयो” अथवा “परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो र तिनीहरूका लासहरूलाई छरपष्‍ट पार्नुभयो”

उजाड-स्थानमा

मिश्र र इस्राएल बीचको मरुभूमि जहाँ इस्राएलीहरू ४० वर्षसम्म यताउता भौँतारिए

अनुवादका शब्‍दहरू

1 Corinthians 10:7-8

मूर्तिपूजकहरू

“मूर्तिपूजा गर्ने मानिसहरू”

खान र पिउन बसे

“खाना खान बसे”

खेल्नु

यो एउटै शब्‍दले तिनका पाठकहरूले बुझेका हुनुपर्छ कि गाउँदै र नाच्‍दै र यौनजन्‍य क्रियाकलापमा संलग्‍न भएर ती मानिसहरूले एउटा मूर्तिको पूजा गर्दै थिए, साधारण तरिकाले कुनै गल्ती बिनाको रमाइलो मात्र गरिरहेका थिएनन् । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism)

एकै दिनमा तेइस हजार मानिसहरू मरे

“एकै दिनमा परमेश्‍वरले तेइस हजार मानिसहरूलाई मार्नुभयो”

जुन कारणले गर्दा

“किनकि तिनीहरूले ती अनैतिक यौनजन्य क्रियाकलापहरू गरे”

अनुवादका शब्‍दहरू

1 Corinthians 10:9-10

गरे र सर्पहरूद्वारा नष्‍ट भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । परिणामस्‍वरूप सर्पहरूले तिनीहरूलाई नाश पारे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

गनगन गर्नु

गुनासो पोख्दै

गरे र एउटा मृत्युको दूतद्वारा नष्‍ट भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । फलस्वरूप, मृत्युको स्वर्गदूतले तिनीहरूलाई नष्‍ट गरे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:11-13

यी कुराहरू तिनीहरूलाई भए

“परमेश्‍वरले हाम्रा पूर्खाहरूलाई दण्‍ड दिनुभयो”

हाम्रो निम्ति उदाहरण

यहाँ “हामीलाई” शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

ती हाम्रो निर्देशनको निम्ति लेखिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ती कुराहरू मोशालाई लेख्‍न लगाउनुभयो ताकि जे ठीक छ हामीले सो गर्न सिक्‍न सकौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

युगहरूको अन्त्य

“अन्तिम दिनहरू”

लड्दैन

पाप गर्दैन वा परमेश्‍वरलाई इन्कार गर्दैन

मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमा आइपर्ने परीक्षाहरू सबै मानिसले अनुभव गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

उहाँले तिमीहरूलाई तिमीहरूको क्षमताभन्‍दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न

“तिमीहरूलाई त्‍यतिसम्‍म मात्र परिक्षामा पर्न दिनुहुन्‍छ, जति तिमीहरूले विरोध गर्न सक्‍छौ”

तिमीहरूलाई ... परीक्षामा पर्न दिनुहुने छैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको परीक्षा गर्न कसैलाई पनि अनुमति दिनुहुने छैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:14-17

जोड्ने कथनः

ख्रीष्‍टको रगत र शरीरको प्रतिनिधित्‍व गर्ने प्रभुभोजको कुरा गरेर, पावलले तिनीहरू शुद्ध हुनुपर्छ र मूर्तिपूजा तथा अनैतिकताबाट टाढा रहनुपर्छ भनेर तिनले निरन्‍तर तिनीहरूलाई स्‍मरण गराउँछन् ।

मूर्तिपूजाबाट अलग बस

पावलले मूर्तिपूजाको अभ्यास भनेको कुनै एउटा खतरनाक जनावर भएको जसरी बताइरहेका छन् । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्नबाट अलग बस्न जे गर्न सक्छौ सो गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आशिष्‌को कचौरा

पावलले परमेश्‍‍वरको आशिष्‌लाई प्रभु-भोजमा प्रयोग गरिने कचौरामा भएको मद्य जसरी बताइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीले धन्यको भन्‍ने

“जसका लागि हामी परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छौँ”

ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र ?

हामी सहभागी हुने दाखरसको कचौराले हामी ख्रीष्‍टको रगतमा सहभागी भएको कुरालाई प्रतिनिधित्‍व गर्छ भनेर कोरिन्थीहरूले जे पहिले नै जानेका छन्, पावलले तिनै कुरा स्‍मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “हामी ख्रीष्‍टको रगतमा सहभागी हुन्छौँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

हामीले भाँच्ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र ?

कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले स्मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “जब हामी रोटी बाँड्छौँ, हामी ख्रीष्‍टको शरीरमा सहभागी हुन्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

सहभागिता

“भाग लिने” वा “अरूहरूसँग समान रूपमा सहभागी हुने”

रोटीको टुक्रा

एउटा सिङ्गो रोटी जसलाई खानु अगाडि स-साना टुक्रा पारिन्छ

अनुवादका शब्‍दहरू

1 Corinthians 10:18-19

के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र ?

कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “त्यस्ता बलिदानका खाना खानेहरूले वेदीका क्रियाकलापहरू र आशिष्‌हरूको सहभागी हुन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

त्यसो भए, म के भन्दै छु ?

कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “मैले भनिरहेको कुरालाई म दोहोर्‍याऊँ ।” वा “मैले यसो भन्‍न खोजेको हो ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के त्यो मूर्ति कुनै कुरा हो ?

कोरिन्थीहरूका मनमा भएका प्रश्‍नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्‍न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि मैले मूर्ति कुनै वास्तविक कुरा हो भनिरहेको छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-ellipsis)

अथवा मूर्तिलाई चढाइएको बलिदान केही कुरा हो ?

कोरिन्थीहरूका मनमा भएका प्रश्‍नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्‍न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै मूर्तिलाई चढाएको खानेकुरा महत्त्वपूर्ण हुँदैन भनेर मैले भनिरहेको छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:20-22

तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवै पिउन सक्दैनौ

कुनै व्यक्तिले भूतको कचौराबाट पिउँछ भने, त्‍योचाहिँ त्यो व्यक्ति भूतको साथी हो भन्‍ने कुराको प्रमाणको रूपमा भएको पावलले बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू प्रभु र भूतहरू दुवैको साँचो मित्रहरू हुन असम्‍भव छ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सहभागी हुन सक्दैनौ

“तिमीहरू प्रभुका मानिसहरू र साथै भूतहरूसँग साँचो रूपमा एउटै हुन असम्भव छ”

अथवा के हामीले प्रभुलाई डाही तुल्याउने ?

कोरिन्थीहरूका मनमा भएको यो प्रश्‍नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि प्रभुलाई डाही तुल्‍याउनु ठीक कुरा होइन ।”

उक्साउने

रिस उठाउने वा झर्को लगाउने

के हामी उहाँभन्दा बलिया छौँ ?

कोरिन्थीहरूका मनमा भएको यो प्रश्‍नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले नभनिकनै तिमीहरूलाई थाहा हुनुपर्छ कि हामी परमेश्‍वरभन्दा बलिया छैनौँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:23-24

जोड्ने कथनः

पावलले तिनीहरूलाई स्‍वतन्‍त्रताको व्‍यवस्‍था र हरेक कुरा अरूहरूका भलाइका लागि गर्ने कुराको फेरि पनि स्‍मरण गराउँछन् ।

“हरेक कुरा न्यायसङ्गत छ”

सम्‍भावित अर्थहरू हुन् १) केही कोरिन्थीहरूले जे कुरा विचार गर्दै थिए, त्‍यसप्रति पावलले जवाफ दिँदैछन्, “कसैले भन्‍छन्, ‘म जे पनि गर्न सक्‍छु’” वा २) पावलले उनले जे सत्य हो भनी सोच्छन्, वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्‍वरले मलाई जे पनि गर्न अनुमति दिनुहुन्छ ।” यसलाई १ कोरिन्थीहरू ६:१२ मा जस्तै गरी अनुवाद गर्नुपर्छ ।

सबैकुरा फाइदाजनक छैनन्

“कति कुराहरू फाइदाजनक हुँदैनन्”

सबै कुराले मानिसहरूको वृद्धि गर्दैन

मानिसहरूलाई वृद्धि गर्ने कुराले तिनीहरूलाई परिपक्‍व हुन र तिनीहरूको विश्‍वासमा बलियो हुनलाई सहयोग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले “वृद्धि गर्छ”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “सबैकुराले मानिसहरूलाई बलियो बनाउँदैन” वा “केही कुराहरूले मानिसहरूलाई बलियो बनाउँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 10:25-27

तिमीले विवेकको खातिर प्रश्‍नहरू नसोधी

“तिमीहरू । शुद्ध विवेकको साथमा तिमीहरूले खानेकुरो खाएको परमेश्‍वरले इच्‍छा गर्नुहुन्‍छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 10:28-30

तर यदि कसैले ... अर्को व्यक्तिको विवेकको ...

केही अनुवादहरूले यो पदलाई यसपछिको पदको “र तिमीहरूको होइन” सम्‍म निरन्‍तर कोष्‍ठकमा राखेर लैजान्‍छन्, किनभने १) यहाँ प्रयोग भएको “तिमी” र “खाओ” जस्‍ता शब्‍द एकवचनको रूपमा छन्, तर यो वाक्‍यको अगाडि र पछडि भने पावलले तुरुन्तै बहुवचनको रूपलाई प्रयोग गर्छन्, र २) अर्को पदमा भएको, “अर्काको विवेकबाट मेरो स्‍वतन्‍त्रताको न्‍याय हुन किन दिने ?” भन्‍ने शब्दहरू “अर्को मानिसको विवेकको खातिर” भन्‍ने कुराभन्दा “तिमीहरूका अगि जे राखिएको छ त्यसलाई विवेकसँग सम्बन्धित कुनै प्रश्‍नहरू नसोधिकन खाओ” (१ कोरिन्थीहरू १०:२७) भन्‍ने कुरामा निर्माण भएको जस्तो देखिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

तिमीलाई भन्छ ... नखाऊ ... तिमीलाई बताइदिने ... तिम्रो विवेकको खातिर

पावलले कोरिन्‍थीहरूसँग तिनीहरू एक जना व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँको “तिमी” र “तिम्रो” र “नखाऊ” भन्‍ने आज्ञा एकवचन रूपमा छन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

विवेकबाट ... किन दिने ? यदि म सहभागी हुन्‍छु भने ... धन्‍यवाद दिएको ... ?

सम्‍भावित अर्थहरू हुन् १) “लागि” शब्‍दले यस अघिको [१कोरिन्‍थी १०:२७] (..१०/२७. md) लाई जनाउँछ, “मैले विवेकको प्रश्‍नहरू सोध्‍ने होइन, यसैले किन ... विवेक ... ? यदि म धन्यवाद दिएर सहभागी ... ?” वा २) केही कोरिन्थीहरूले जे विचार गर्दै थिए सो पावलले उद्‌धृत गर्दैछन्, “जसरी तिमीहरूमध्‍ये कसैले विचार गरिरहेका हुन सक्छौ, ‘किन विवेकको ... ? यदि मैले धन्यवाद ... ?’”

अरूको विवेकलाई मेरो स्वतन्‍त्रताको न्याय हुन किन दिने र ?

श्रोताले उनको मनमा भएको प्रश्‍नको जवाफ देऊन् भनी वक्ताले चाहन्‍छन् । वैकल्‍पिक अनुवादः “मैले नभने पनि तिमीहरूले यो कुरा जान्‍नुपर्छ, कुनै व्यक्तिको ठीक र बेठीकको बारेमा मेरोभन्दा भिन्‍न विचारधारा छ भन्दैमा मैले गलत गरिरहेको छु भनेर त्यो व्यक्तिले भन्‍न मिल्दैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

म कृतज्ञतासाथ भोजमा सहभागी हुन्‍छु भने, मैले धन्‍यवाद दिएको कुरामा म किन निन्‍दित हुने ?

श्रोताले उनको मनमा भएको प्रश्‍नको जवाफ देऊन् भनी वक्ताले चाहन्‍छन् । वैकल्‍पिक अनुवादः “म कृतज्ञतासाथ भोजमा सहभागी हुन्‍छु, त्यसैले मैले धन्‍यवाद दिएको कुराको लागि कसैले पनि मलाई होच्‍याउनुहुँदैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यदि म सहभागी हुन्छु भने

यदि पावलले केही कोरिन्थीहरूले विचार गरिरहेका हुन सक्‍ने कुरालाई उद्‌धृत गरिरहेका होइनन् भने, “म”ले धन्‍यवाद दिएर मासु खानेहरूलाई जनाउँछ । “यदि कोही व्यक्ति सहभागी हुन्छ भने” वा “जब कोही व्यक्तिले खान्छ”

कृतज्ञतासाथ

“त्यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनु” वा “र त्यो व्यक्तिलाई त्यसको लागि धन्यवाद दिनु जसले मलाई त्यो दियो”

अनुवादका शब्‍दहरू

1 Corinthians 10:31-33

यहूदीहरू वा ग्रीकहरूको अपमान नगर

“यहूदीहरू वा ग्रीकहरू कसैलाई पनि अप्रसन्‍न नतुल्याओ” वा “यहूदीहरू र ग्रीकहरू कसैलाई पनि रीस नउठाओ”

सबै मानिसहरूलाई खुशी पार

“सबैलाई खुशी राख”

म आफ्नो भलाइ खोज्दिन

“म आफ्‍नै लागि इच्छा लाग्‍ने कुराहरू गर्दिन”

धेरै

सकेसम्म धेरै मानिसहरू

अनुवादका शब्‍दहरू

1 Corinthians 11

1 Corinthians 11:intro-0

१ कोरिन्थीहरू ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो पत्रको नयाँ खण्‍डको सुरुवात हो (११-१४ अध्यायहरू) । पावलले अब मण्‍डलीका ठीक तरिकाका सेवाहरूको बारेमा कुरा गर्छन् । यस पाठमा, उनले दुई फरक समस्याहरूको बारेमा कुरा गर्छन्ः मण्‍डलीका सेवाहरूमा स्‍त्रीहरू (११:१-१६) र प्रभु भोज (११:१७-३४) ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मण्‍डली सेवामा उचित व्यवहार
# बेतालका स्‍त्रीहरू

पावलले यहाँ दिएका निर्देशनहरूका बारेमा विद्वानहरूका माझमा बहस गरिएको छ । यो सम्भव छ कि त्यहाँ स्‍त्रीहरू थिए जसले ख्रीष्‍टमा भएको तिनीहरूको स्‍वतन्‍त्रताको दुरुपयोग गरिरहेका थिए र स्थापित सांस्कृतिक चलनहरूका विरुद्धमा गएर मण्‍डलीमा अव्यवस्था ल्याइरहेका थिए । ती कार्यहरूमा नै चाहिँ पावलको चासो थिएन, तिनीहरूका कार्यहरूले पैदा गरेको अव्यवस्थाले उनलाई यसको बारेमा चासो राख्‍ने बनायो ।

# प्रभु भोज

कोरिन्थीहरूले प्रभु भोज कसरी गरिरहेका थिए भन्‍ने कुरामा त्यहाँ समस्याहरू थिए । तिनीहरूले एकीकृत ढङ्गमा काम गरिरहेका थिएनन् । प्रभु भोज मनाइरहेको बेलामा, कसैले नबाँडिकन तिनीहरूका आफ्‍नै खानेकुरा खाइरहेका हुन्थे, कोही मातेका हुन्थे भने गरिबहरू चाहिँ भोकै हुन्थे । पावलले सिकाए कि यदि तिनीहरूले प्रभु भोजमा सहभागी भइरहेकै बेलामा पाप गरिरहेका थिए वा एक अर्कासँग तोडिएका सम्बन्धहरूमा थिए भने विश्‍वासीहरूले ख्रीष्‍टको मृत्युको अपमान गरिरहेका थिए । (हेर्नुहोस्ः INVALID bible/kt/sin अनि INVALID bible/kt/reconcile)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# आलङ्कारिक प्रश्‍नहरू

पावलले मानिसहरूलाई आराधनाको निमित्त उनले सुझाव दिएका नियमहरूलाई पछ्याउनलाई गरेको अटेरीपनालाई हप्‍काउनको लागि आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

# शिर

उनले “शिर”लाई व्यक्तिको वास्तविक शिरलाई उल्‍लेख गर्न र एउटा अगुवाको लागि प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् । किनकि तिनीहरू धेरै सम्बन्धित छन्, लेखकले सम्भवत अभिप्रायका साथै ती शब्दहरूलाई एक अर्कामा खेलाउनको लागि प्रयोग गरे । यसलाई शब्दको खेल, वा शब्दहरूमा खेलिने खेल भनिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 11:1-4

जोड्ने कथनः

पावलले आफूले ख्रीष्‍टको अनुकरण गरे झैँ, उनीहरूले पनि तिनको अनुकरण गर्नुपर्छ भनेर उनीहरूलाई स्‍मरण गराएपछि, स्‍त्रीहरू र पुरुषहरूले विश्‍वासीहरूका रूपमा कसरी जीवन बिताउनुपर्छ भन्‍ने बारेमा तिनले विशेष सुझावहरू दिन्‍छन् ।

सम्झ

“सोच” वा “ध्यानमा राख”

अब म चाहन्छु

सम्भावित अर्थहरू हुन् १) “यसकारण, म चाहन्छु” वा २) “जे होस् म चाहन्छु”

... को शिर हुनुहुन्‍छ

... सँग ... माथि अधिकार छ

पुरुष स्‍त्रीको शिर हो

सम्‍भावित अर्थहरू हुन् १) “पुरुषहरूले स्‍त्रीहरूमाथि अधिकार गर्नुपर्छ” वा २) “पतिले आफ्‍नी पत्नीमाथि अधिकार गर्नुपर्छ”

उसको शिर ढाकेर

“आफ्नो टाउकोलाई कपडा वा खास्टोले ढाकेपछि त्यसो गर्छ”

उसको शिरको अपमान गर्छ

सम्भावित अर्थहरू हुन् १) “आफ्नै अपमान गर्छ” वा २) “ख्रीष्‍टको अपमान गर्छ जो उसको शिर हुनुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 11:5-6

कुनै स्‍त्रीले जसले ... प्रार्थना गर्छे ... आफ्नो शिरको अपमान गर्छे

सम्भावित अर्थहरू हुन् १) “कुनै स्‍त्रीले जसले ... प्रार्थना गर्छे ... आफ्नै अपमान गर्छे” वा २) “... नढाकी प्रार्थना गर्ने पत्नीले आफ्नो पतिको अपमान गर्छे”

उनको शिर नढाकी

अर्थात् शिरमाथि पहिरिने वस्‍त्रबिना जसले केश र कुमहरू ढाक्छ ।

उनले आफ्नो केश खौरेको जस्तै हो

उनले आफ्नो शिरमा भएको सबै कपाल काट्ने औजारले खौरेको जस्तै हो

यदि त्यो स्‍त्रीको लागि शर्मको कुरा हो भने

कुनै स्‍त्रीले आफ्नो कपाल खौरनु वा छोटो पार्नु भनेको उनको लागि अपमान र बेइज्‍जतको कुरा थियो ।

उनको शिर ढाक्‍न

तिनले शिरमाथि पहिरने वस्‍त्रलाई तिनको शिरमाथि राख्‍नु जसले केश र कुमहरू ढाक्थ्यो

अनुवादका शब्‍दहरू

1 Corinthians 11:7-8

उसले आफ्नो शिर ढाकेको हुनुहुँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “उसले आफ्‍नो शिरलाई ढाक्नुहुँदैन” वा २) “उसको शिर ढाक्न जरूरी छैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

पुरुषको गौरव

जसरी मानिसले परमेश्‍वरको महानतालाई प्रकट गर्छ, त्यसरी नै स्‍त्रीले पुरुषको चरित्रलाई प्रकट गर्छे ।

किनभने पुरुष स्‍त्रीबाट बनाइएको होइन । बरु, स्‍त्री पुरुषबाट बनाइएकी हो

परमेश्‍वरले मानिसबाट एउटा हाड लिनुभयो र त्‍यो हाडबाट स्‍त्री बनाउनुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले स्‍त्रीबाट मानिसलाई बनाउनुभएन । बरु, उहाँले स्‍त्रीलाई मानिसबाट बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 11:9-10

किनकि ... होइन ... पुरुषको निम्ति ...

यी शब्‍दहरू र १ कोरिन्‍थी ११:८ का सबैलाई कोष्‍ठकहरूमा राख्‍न सकिन्‍छ, ताकि “यसै कारणले ... स्‍वर्गदूतहरूका ... ” मा भएको “यसै” शब्‍दले १ कोरिन्‍थी ११:७ मा भएको “स्‍त्रीचाहिँ पुरुषको गौरव हो” भन्‍ने कुरालाई जनाउँछ भनेर पाठकले प्रष्‍ट रूपमा देख्‍न सक्छ ।

तिनको शिरमा अधिकारको चिन्ह लगाउनुपर्छ

सम्भावित अर्थहरू हुन् १) “उनको शिरको रूपमा पुरुष छ भन्‍ने सङ्केत दिनको लागि” वा २) “उनीसँग प्राथना गर्ने वा अगमवाणी बोल्ने अधिकार छ भन्‍ने सङ्केत दिनको लागि ।”

अनुवादका शब्‍दहरू

1 Corinthians 11:11-12

तरैपनि

“हुन त मैले भर्खर भनेका सबै कुरा साँचो हुन्, सबैभन्‍दा महत्‍वपूर्ण कुराचाहिँ यो होः”

प्रभुमा

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टिएनहरूका माझमा, जो परमेश्‍वरका हुन्” वा २) “परमेश्‍वरले सृष्‍टि गर्नुभए अनुसारको संसारमा ।”

स्‍त्री पुरुषबाट स्‍वतन्‍त्र हुन्‍न, न त स्‍त्रीबाट पुरुष नै स्‍वतन्‍त्र हुन्‍छ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्‍त्री पुरुषमाथि भर पर्छे, र पुरुष स्‍त्रीमाथि भर पर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

सबै कुरा परमेश्‍वरबाट आउँछन्

“परमेश्‍वरले सबै कुरा सृष्‍टि गर्नुभयो”

अनुवादका शब्‍दहरू

1 Corinthians 11:13-16

तिमीहरू आफैँ विचार गर

“यी कुराहरूलाई स्थानीय चलन र मण्डलीको प्रथाअनुसार नै विचार गर”

के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त छ ?

कोरिन्थीहरू आफ्‍ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्‍वरको आदर गर्नलाई, स्‍त्रीले आफ्नो शिर ढाकेर परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-rquestion)

... उसको लागि ... के प्रकृति आँफैले पनि तिमीहरूलाई सिकाउँदैन र ?

कोरिन्थीहरू आफ्‍ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । वैकल्‍पिक अनुवादः “ ... उसको लागि ... प्रकृतिले पनि तिमीहरूलाई सिकाउँछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

... उसको लागि ... के प्रकृति आँफैले पनि तिमीहरूलाई सिकाउँदैन र ?

समाजमा भएका मानिसहरूले सामान्‍य रूपमा गर्ने व्‍यवहारचाहिँ शिक्षा दिने कोही व्यक्ति भएको जसरी तिनले कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले सामान्‍य रूपमा जसरी व्‍यवहार गर्छन् सो कुरालाई हेरेर पनि तिमीहरूले जान्‍न सक्‍छौ ... उसको लागि ... ।” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

किनकि तिनलाई तिनको केश ... दिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले स्‍त्रीलाई केशसहित सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 11:17-19

जोड्ने कथनः

जसै पावलले सहभागीपन, अर्थात् प्रभुभोजको कुरा गर्छन्, ठीक आचरण साथै एकता कायम राख्‍नलाई तिनले तिनीहरूलाई स्‍मरण गराउँछन् । तिनले उनीहरूलाई यो स्‍मरण गराउँछन् कि ती कुरामा उनीहरू असफल हुन्‍छन् भने, उनीहरू बिरामी पर्नेछन् र मर्नेछन्, जसरी तिनीहरूमध्ये कतिलाई पहिल्यै भइसकेको छ ।

निम्‍न दिइएका निर्देशनहरूमा, म तिमीहरूको प्रशंसा गर्दिन । किनकि जब

अर्को सम्‍भाव्‍य अर्थ यो हो, “जसै म तिमीहरूलाई यी निर्देशनहरूहरू दिन्छु, त्‍यहाँ त्यस्‍तो केही कुरो छ जसका लगि म तिमीहरूको प्रशंसा गर्न सक्‍दिन । जब”

निर्देशनहरू

“आदेशहरू” वा “नितीहरू”

सँगै आउनु

“सँगै भेला हुनु” वा “भेट्नु”

यो असलको निम्‍ति होइन तर खराबको निम्‍ति

“तिमीहरूले एकअर्कालाई सहायता गर्दैनौ; बरु, तिमीहरू एकअर्कालाई नोक्‍सानी पुर्‍याउँछौ”

मण्डलीमा

“विश्‍वासीहरूका रूपमा ।” पावलले भवन भित्र हुने बारेमा कुरा गरिरहेका छैनन् ।

त्यहाँ तिमीहरूका माझमा फाटो छ

“तिमीहरू आफूहरूलाई एकअर्काको विरुद्धमा भएका समूहहरूमा विभाजन गर्छौ”

किनकि त्यहाँ तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्‍यक छ

सम्‍भावित अर्थहरू हुन् १) “हुनुपर्छ” शब्‍दले यस्‍तो स्‍थिति हुने सम्भावना भएको देखिन्‍छ । वैकल्‍पिक अनुवादः “किनकि सम्भवतः तिमीहरूका माझमा गुटबन्दी हुनेछ” वा २) गुटबन्दी भएको हुनाले तिनीहरूलाई लज्‍जित तुल्‍याउनका लागि पावलले व्‍यङ्‍गको भाषा प्रयोग गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूले यस्‍तो विचार गरेको भान हुन्‍छ कि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्‍यक छ” वा “तिमीहरूले यस्‍तो विचार गरे झैँ लाग्‍छ कि तिमीहरूले आफूलाई विभाजित गर्नै पर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

गुटबन्दी

एकअर्काका परस्‍पर विरोध गर्ने समूहहरू

ताकि तिनीहरू जो स्वीकृत हुन्छन्, तिनीहरू तिमीहरूका माझमा चिनिन सकून्

सम्‍भावित अर्थहरू हुन् १) “ताकि तिमीहरूका बीचमा भएका उच्‍च आदर पाएका विश्‍वासीहरूलाई मानिसहरूले चिन्‍नेछन् २) ताकि तिमीहरूका बीचमा भएका अरूका सामु यो स्‍वीकृतिलाई मानिहरूले देखाउन सकुन् ।” कोरिन्थीहरूले बुझून् भनी तिनले इच्‍छा गरिरहेका कुराको उल्टो कुरा बताएर तिनीहरूलाई शर्ममा पार्न पावलले व्‍यङ्ग्‍यको भाषा प्रयोग गरिरहेका हुन सक्‍छन् । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

जो स्वीकृत भएका छन्

सम्भावित अर्थहरू हुन् १) “जसलाई परमेश्‍वरले स्वीकृत गर्नुहुन्छ” वा २) “जसलाई तिमीहरू, मण्डलीले स्वीकृत गर्छौ ।”

अनुवादका शब्‍दहरू

1 Corinthians 11:20-22

एकसाथ आउनु

“एकसाथ भेला हुनु”

तिमीहरू खाएको कुरा प्रभु-भोज होइन

“तिमीहरूले प्रभु-भोज खा‍यौँ भन्‍ने ठान्छौ होला, तर तिमीहरू यसलाई आदरका साथ व्यवहार गर्दैनौ”

खान र पिउनको लागि

“जसमा खाना खानको लागि भेला हुन”

तुच्छ ठान्‍नु

घृणा गर्नु वा अपमान र अनादरको साथमा व्यवहार गर्नु

अपमान गर्नु

शर्ममा पारिदिनु वा लाज लाग्ने बनाइदिनु

म तिमीहरूलाई के भनूँ ? के म तिमीहरूको प्रशंसा गरूँ ?

पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा केही असल भन्‍न सक्दिन । म तिमीहरूको प्रशंसा गर्न सक्दिन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 11:23-24

किनकि मैले प्रभुबाट जे पाएँ त्यो मैले तिमीहरूलाई सुम्पि पनि दिएँ, कि प्रभुले

“किनकि मैले तिमीहरूलाई भनेको कुराहरू मैले प्रभुबाट सुनेका कुराहरू थिए, र त्यो यही होः प्रभुले”

उहाँले धोका पाउनुभएको रातमा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदा इस्करियोतले उहाँलाई धोका दिएको रातमा” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उहाँले त्यो भाँच्‍नुभयो

“उहाँले त्यसबाट टुक्रा-टुक्रा निकाल्नुभयो”

यो मेरो शरीर हो

“मैले अँठ्याइरहेको यो रोटी मेरो शरीर हो”

अनुवादका शब्‍दहरू

1 Corinthians 11:25-26

कचौरा

यसलाई अक्षरशः अनुवाद गर्नु उत्तम कुरा हुन्‍छ । उहाँले कुनचाहिँ कचौरा लिनभयो सो कुरा कोरिन्थीहरूलाई थाहा थियो, त्यसैले यो साधारण रूपमा “एउटा कचौरा” वा “कुनै कचौरा” वा “कुनै पनि कचौरा” होइन । सम्‍भावित अर्थहरू यी हुन् कि त्यो १) उहाँले प्रयोग गरून् भनी कोही व्यक्तिले आशा गर्ने कचौरा थियो वा २) निस्‍तारचाडको भोज खाँदा यहूदीहरूले पिउने दाखमद्यको चारवटा कचौराहरूमध्येको तेस्रो वा चौथो कचौरा थियो ।

तिमीहरूले जहिले-जहिले यो पिउँछौ, यसो गर

“यो कचौराबाट पिओ, र जहिले-जहिले तिमीहरू यसबाट पिउँछौ”

प्रभुको मृत्युको धोषणा गर्नु

क्रूसको मृत्यु र पुनरुत्थानको बारेमा सिकाउनु

उहाँ नआउञ्‍जेलसम्म

येशू कहाँ आउनुहुन्‍छ भन्‍ने कुरा प्रष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू पृथ्वीमा फर्केर नआउञ्‍जेलसम्म” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 11:27-30

रोटी खान्छ र प्रभुको कचौराबाट पिउँछ

“प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ”

जाँच्‍नु

परमेश्‍वरसितको आफ्‍नो सम्‍बन्‍धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्‍न खोजिरहेको जसरी पावलले बताउँछन् । “गुण जाँच्‍नु”लाई १ कोरिन्थीहरू ३:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शरीरलाई नचिनिकन

सम्भावित अर्थहरू हुन् १) “र मण्डली प्रभुको शरीर हो भनेर चिन्दैन” वा २) “र उसले प्रभुको शरीरलाई लिइरहेको छ भनी विचार गर्दैन ।”

कमजोर र बिरामी

यी शब्दहरूको करिब उही अर्थ लाग्‍छ र यूडिबीमा जस्तै जोड्न सकिन्छ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 11:31-32

जाँचोस्

परमेश्‍वरसितको आफ्‍नो सम्‍बन्‍धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्‍न खोजिरहेको जसरी पावलले बताउँछन् । तपाईंले यसलाई १ कोरिन्थीहरू ११:२८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी न्यायमा पर्नेछैनौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हाम्रो न्याय गर्नुहुनेछैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी प्रभुबाट जाँचिन्‍छौँ, हामी अनुशासित पारिन्छौँ, ताकि हामी दोषी नठहरिऔँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, उहाँले हामीलाई अनुशासित गर्नुहुन्‍छ, ताकि उहाँले हामीलाई दोषी नठहराउनु भएको होस्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 11:33-34

खानको लागि भेला हुन

प्रभु-भोज लिनुभन्दा अगाडि खाना खानलाई भेट हुन

एकले अर्कालाई पर्ख

“खाना खानुभन्दा अगाडि अरूलाई आउन देओ”

त्यसले घरैमा खाओस्

“त्यसले भेला हुनुभन्दा अगाडि खाओस्”

यो न्यायको लागि हुनेछैन

“यो परमेश्‍वरले तिमीहरूलाई अनुशासन गर्ने समय हुनेछैन” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Corinthians 12

1 Corinthians 12:intro-0

१ कोरिन्थीहरू १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा
# पवित्र आत्माका वरदानहरू

यस अध्यायले नयाँ खण्‍डको सुरुवात गर्छ । १२-१४ का अध्यायहरूले मण्‍डलीभित्र आत्मिक वरदानहरूको प्रयोगको बारेमा छलफल गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मण्‍डली, ख्रीष्‍टको शरीर

यो धर्मशास्‍त्रमा भएको एउटा महत्त्वपूर्ण अलङ्कार हो । मण्‍डलीको थुप्रै विभिन्‍न भागहरू हुन्छन् जसमा हरेकको विभिन्‍न कामहरू हुन्छ । तिनीहरू मिलेर एउटा मण्‍डली बन्छ । विभिन्‍न भागहरूमा सबैको आवश्‍यकता हुन्छ । हरेक भागसँग, कम महत्त्वपूर्ण जस्तो लाग्‍ने भाग समेत गरेर, अरू सबै भागहरूको बारेमा फिक्री हुनुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# “कसैले पनि पवित्र आत्माबाट बिना ‘येशू प्रभु हुनुहुन्छ’ भनी भन्‍न सक्दैन ।”

पुरानो करार पढ्दा, यहूदीहरूले “प्रभु” शब्दलाई “यहवे” शब्दले फेरिसकेका हुन्थे । यसले शायद यस्तो अर्थ दिन्छ कि पवित्र आत्माले यो सत्यतालाई स्‍वीकार गर्न घचघचाहट नदिनुभइकन कसैले पनि येशू यहवे हुनुहुन्छ, शरीरमा हुनुभएको परमेश्‍वर हुनुहुन्छ भनी भन्‍न सक्दैन । यदि यो कथनलाई राम्ररी अनुवाद गरिएन भने, यसले नखोजेको ईश्‍वरशास्‍त्रीय नतिजाहरू ल्याउन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 12:1-3

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई विशेष किसिमका वरदाहरू दिनुभएको छ भन्‍ने कुरा पावलले तिनीहरूलाई जानकारी गराउँछन् । यी वरदानहरूले विश्‍वासीहरूले बनेको शरीरलाई सहायता गर्नुपर्छ ।

तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍न

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूले जानेको चाहन्छु” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

तिमीहरू बोल्न नसक्‍ने मूर्तिहरूतिर बहकाइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले झूटहरूलाई विश्‍वास गर्‍यौ र तिमीहरूले बोल्न नसक्‍ने मूर्तिहरूलाई पूजा गर्‍यौ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

कुनै न कुनै प्रकारले तिमीहरू तिनीहरूद्वारा डोहोर्‍याइएका थियौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले तिमीहरूलाई विभिन्‍न किसिमले डोहोर्‍याए” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि भन्न सक्दैन

सम्भावित अर्थहरू हुन् १) “आफूमा परमेश्‍वरको आत्मा भएको कुनै पनि ख्रीष्‍टिएनले भन्‍न सक्दैन” वा २) परमेश्‍वरको आत्माको शक्तिमा अगमवाणी गर्ने कसैले पनि भन्‍न सक्दैन ।”

येशू श्रापित हुनुहन्छ

“परमेश्‍वरले येशूलाई दण्ड दिनुहुनेछ” वा “परमेश्‍वरले येशूलाई कष्‍ट सहन लाउनुहुनेछ”

अनुवादका शब्‍दहरू

1 Corinthians 12:4-6

सबैमा तिनीहरूलाई सम्‍भाव बनाउनुहुन्छ

“सबैलाई ती पाउने तुल्याउनुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 12:7-8

हरेकलाई दिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । दिने काम गर्नेचाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ (१ कोरिन्थीहरू १२:६) । वैकल्पिक अनुवादः “परमेश्‍वरले हरेकलाई … दिनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

एक जनालाई आत्‍माद्वारा वचन दिइन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्‍माको माध्यमद्वारा परमेश्‍वरले एक जना व्यक्तिलाई वचन दिनुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

आत्माद्वारा

आत्‍माको कामद्वारा परमेश्‍वरले वरदानहरू दिनुहुन्‍छ ।

बुद्धि ... ज्ञान

यहाँ यी दुवै कुरा परमेश्‍वरले उही आत्‍माद्वारा दिनुहुने वास्तविकताको कारणले गर्दा यी दुई शब्‍दहरूको बीचको भिन्‍नता त्यति महत्‍वपूर्ण कुरा होइन ।

बुद्धिको वचन

पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “बुद्धिमान् वचनहरू” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

ज्ञानको वचन

पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “ज्ञान देखाउने वचनहरू” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:9-11

दिइन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दिनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अर्कोलाई एउटै आत्‍माद्वारा निको पार्ने वरदानहरू

“दिइएका छन्” भन्‍ने शब्दहरूलाई यसअघिको वाक्‍यांशबाट बुझ्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई एउटै आत्‍माद्वारा निको पार्ने वरदाहरू दिइन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अर्कोलाई अगमवाणी

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई उही आत्‍माद्वारा अगमवाणी दिइन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरू बोल्‍ने

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई विभिन्‍न प्रकारका भाषाहरूमा दिइएका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

विभिन्‍न प्रकारका भाषाहरू

यहाँ “जिब्रोहरू”ले भाषाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “विभिन्‍न भाषाहरू बोल्‍ने क्षमता” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अर्कोलाई भाषाहरूको अर्थ खोल्‍ने

“उही आत्‍माद्वारा दिइएका छन्” वाक्‍यांशलाई यसअघिको वाक्‍यांशहरूबाट बुझ्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “उही आत्‍माद्वारा अर्कोलाई भाषाहरूको अर्थ खोल्‍ने कुरा दिइन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

भाषाहरूको अर्थ खोल्ने

यो भनेको कसैले कुनै एउटा भाषामा जे भन्‍छ त्‍यो सुनेर त्‍यो व्यक्तिले जे भनेको हो सो कुरा मानिसहरूलाई भन्‍नलाई अर्को भाषाको प्रयोग गर्ने क्षमता हो । वैकल्पिक अनुवादः “अरू भाषाहरूमा भनेको कुराको अर्थ खोल्ने क्षमता”

एउटै र उही आत्मा

एउटै र एकमात्रै पवित्र आत्‍माको कामद्वारा परमेश्‍वरले वरदानहरू दिनुहुन्‍छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू

1 Corinthians 12:12-13

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने विभिन्‍न किसिमका वरदानहरूको बारेमा पावलले कुरा गरिरहन्छन्, परमेश्‍वरले विभिन्‍न वरदानहरू विभिन्‍न विश्‍वासीहरूलाई दिनुहुन्छ, तर तिनीहरूले यो कुरा जानेको पावल इच्‍छा गर्छन् कि सबै विश्‍वासीहरूलाई एउटै शरीर बनाइएको हुन्छ, जसलाई ख्रीष्‍टको शरीर भनिन्‍छ । यही कारणले विश्‍वासीहरूसँग एकता हुनुपर्छ ।

किनकि एउटै आत्माद्वारा हामीहरू सबैको बप्‍तिस्मा भएको थियो

सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा नै हुनुहुन्छ जसले हामीलाई बप्‍तिस्मा दिनुहुन्छ, “किनभने एउटै आत्माले हामीलाई बप्‍तिस्मा दिनुभयो” वा २) बप्‍तिस्‍माको पानी झैँ आत्‍मा माध्‍यम हुनुहुन्‍छ जसद्वारा हामी सबै जनाले शरीरमा बप्‍तिस्‍मा पाएका छौँ, “किनकि एउटै आत्‍मामा हामी सबैको बप्‍तिस्‍मा भयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-metaphor)

सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी सबैलाई एउटै आत्मा दिनुभएको छ, र जसरी मानिसहरूले पिउने कुरा बाँड्न सक्छन्, त्यसै गरी हामीले आत्मा बाँड्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:14-17

सुन्‍ने कहाँबाट हुनेछ ? ... सुँघ्‍ने कहाँबाट हुनेछ ?

यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले केही कुरा सुन्‍न सक्‍दैनथ्यौ ... तिमीहरूले केही सुँघ्‍न सक्‍दैनथ्यौ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:18-20

उही अङ्ग

शब्द “अङ्ग” शरीरका भागहरूका लागि मूलभूत शब्द हो, जस्तै टाउको, पाखुरा, वा घुँडा । वैकल्पिक अनुवादः “शरीरको उही भाग”

शरीर कहाँ हुन्थ्‍यो र ?

यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कुनै शरीर हुने थिएन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:21-24

मलाई तिम्रो कुनै खाँचो छैन

“मलाई तिमी चाहिँदैन”

कम आदरका

“कम महत्त्वपूर्ण”

हाम्रो देखाउन नमिल्ने सदस्यहरू

यसले सम्भवतः शरीरका गोप्य अङ्गहरूलाई जनाउँछ, जसलाई मानिसहरूले ढाकेर राख्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:25-27

त्यहाँ शरीरभित्र कुनै विभाजन नहोस्, तर

“शरीर एकीकृत होस्, र”

एउटा सदस्यलाई आदर गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले एउटा सदस्यलाई आदर दिन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अब तिमीहरू ... हौ

यहाँ “अब” शब्‍दलाई यसपछिको महत्‍वपूर्ण बुँदामा ध्‍यान लगाउनलाई प्रयोग गरिएको छ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 12:28-29

पहिलो प्रेरितहरू

सम्भावित अर्थहरू हुन् १) “मैले उल्‍लेख गर्ने पहिलो वरदान भनेको प्रेरितहरू हो” वा २) सबैभन्दा महत्त्वपूर्ण वरदान प्रेरितहरू हो ।”

सहयोग प्रदान गर्नेहरू

“अरू विश्‍वासीहरूलाई सहयोग गर्नेहरू”

प्रशासनको काम गर्नेहरू

“मण्डलीका प्रशासकहरू”

जोसँग विभिन्‍न भाषाको वरदान छ

एउटा व्यक्ति जसले एक वा एकभन्दा बढी अन्जान भाषाहरूमा उक्त भाषाको अध्ययन नगरीकनै बोल्न सक्छ

के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के सबैले शक्तिशाली कार्यहरू गर्छन् ?

आफ्‍ना पाठकहरूले पहिले नै जानेका कुराहरूको पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये कोही मात्रै अगमवक्ताहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै शिक्षकहरू हुन् । तिनीहरूमध्ये कसै-कसैले मात्रै शक्तिशाली कार्यहरू गर्छन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 12:30-31

के तिनीहरू सबैसँग निको पार्ने वरदान छ ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैसँग निको पार्ने वरदान छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिनीहरू सबै विभिन्‍न भाषामा बोल्छन् ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै विभिन्‍न भाषामा बोल्दैनन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तिनीहरू सबैले भाषाको अर्थ खोल्छन् ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैले भाषाको अर्थ खोल्दैनन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अर्थ खोल्नु

यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्‍ने अरू मानिसहरूलाई भन्‍नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

जोसिलो भइ अझ महान् वरदानहरूको खोजी गर

सम्भावित अर्थहरू हुन् १) “मण्डलीलाई सबैभन्दा उत्तम तरिकाले सहायता गर्ने खालका वरदानहरू तिमीहरूले परमेश्‍वरबाट खोज्‍नुपर्छ ।” वा २) “तिमीहरू ती वरदानहरूको उत्सुकताका साथ खोजी गरिरहेका छौ जुन वरदानहरू तिमीहरूले ठूला सोच्छौ, किनकि तिमीहरू ती पाउन चाखलाग्दो हुन्छ भनी ठान्छौ”

अनुवादका शब्‍दहरू

1 Corinthians 13

1 Corinthians 13:intro-0

१ कोरिन्थीहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले आत्मिक वरदानहरूका बारेमा उनको बहसलाई बीचमा रोकेका झैँ देखिएको भएतापनि, आत्मिक वरदानहरूको प्रयोगको बारेमा भएको उनको शिक्षामा एउटा ठूलो काम सम्भवतः यस अध्यायको सामग्रीले गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# प्रेम

प्रेम विश्‍वासीको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो । यस अध्यायले प्रेमको बारेमा र आत्माका वरदानहरूभन्दा प्रेम किन बढी महत्त्वपूर्ण छ भनी पूर्ण विवरण दिन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/love)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै विभिन्‍न अलङ्कारहरू छन् । पावलले यी अलङ्कारहरू कोरिन्थीहरूलाई विशेषगरी अप्ठेरा विषयहरूमा निर्देशनहरू दिनलाई प्रयोग गर्छन् । यी शिक्षाहरूलाई बुझ्‍न धेरैपटक आत्मिक समझदारीको आवश्‍यकता हुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 13:1-3

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने वरदानहरूका बारेमा भर्खरै कुरा गरेपछि, पावलले कुन कुरा बढी महत्‍वपूर्ण हुन्‍छ भन्‍ने कुरामा जोड दिन्‍छन् ।

स्वर्गदूतहरूको भाषा

सम्भावित अर्थहरू हुन् १) पावलले प्रभाव दिनको लागि बढाइचढाइ गरेर भन्दै छन् र उनी मानिसहरूले स्वर्गदूतहरूको भाषा बोल्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन् वा २) अन्यभाषामा बोल्ने कोही व्यक्तिहरूले वास्तवमा स्वर्गदूतहरूको भाषामा बोल्छन् भनेर पावल विचार गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु

म ठूलो, रीसउठ्दो आवाज निकाल्ने बाजाहरू जस्तै भएको हुन्छु (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

घण्टा

एउटा ठूलो, पातलो, गोलो द्यातुको पाता जसलाई केही कुराले मोरेको एउटा डन्डाले हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः INVALID translate/translate-unknown)

झ्याइँ-झ्याइँ गर्ने झ्याली

द्यातुका पातला दुईवटा पाताहरू जसलाई एकसाथ हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः INVALID translate/translate-unknown)

म आफ्नो शरीर जलाउन दिन्छु

“जलाउनलाई” भन्‍ने शब्दलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई सताउनेहरूलाई मलाई जलाएर मार्ने अनुमति दिन्छु” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 13:4-7

प्रेम सहनशील र दयालु हुन्छ ... सबैकुरा खप्छ

यहाँ पावलले प्रेमको बारेमा त्यो कुनै व्यक्ति भए जसरी कुरा गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-personification)

यो सजिलै रिसाउँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि यसलाई चाँडै नै रिसाउने बनाउन सक्‍ने छैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो अधार्मिकतामा आनन्‍दित हुँदैन । बरु, सत्‍यमा यो आनन्‍दित हुन्‍छ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले धार्मिकता र सत्यतामा मात्रै आनन्‍द मनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

अनुवादका शब्‍दहरू

1 Corinthians 13:8-10

अनुवादका शब्‍दहरू

1 Corinthians 13:11-13

अहिले हामी ऐनामा अप्रत्यक्ष रूपमा देख्छौँ

पावलको समयमा ऐनाहरू सिसाको साटोमा टल्काएको धातुबाट बनिएको हुन्थ्यो जसले धमिलो, अस्पष्‍ट प्रतिबिम्ब दिन्थ्यो ।

अहिले हामी ... देख्छौँ

सम्भावित अर्थहरू हुन् १) “अहिले हामी ... ख्रीष्‍टलाई देख्छौँ” वा २) “अहिले हामी ... परमेश्‍वरलाई देख्छौँ ।”

तर त्यसपछि आमने-सामने

“तर त्यसपछि हामीले ख्रीष्‍टलाई आमने-सामने देख्नेछौँ ।” यसको अर्थ हामी ख्रीष्‍टसँगै शारीरिक रूपमा उपस्थित हुन्छौँ भन्‍ने हुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis अनि INVALID translate/figs-synecdoche)

म पूर्ण रूपमा जान्‍ने छु

“ख्रीष्‍ट” भन्‍ने शब्‍दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “म पूर्ण रूपमा ख्रीष्‍टलाई जान्‍ने छु” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

जसरी म पूर्ण रूपमा जानिएको छु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी ख्रीष्‍टले मलाई पूर्ण रूपले चिन्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

विश्‍वास, भविष्‍यको निश्‍चयता, र प्रेम

यी भाववाचक नामहरूलाई वाक्‍यांशहरूमा प्रष्‍ट पार्न सकिन्‍छ । वैकल्पिक अनुवादः “हामीले प्रभुमा भरोसा गर्नुपर्छ, उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो उहाँले गर्नु नै हुने छ भनेर निश्‍चित हुनुपर्छ, र उहाँलाई र अरूहरूलाई प्रेम गर्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

1 Corinthians 14

1 Corinthians 14:intro-0

१ कोरिन्थीहरू १४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १४:२१ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

पावल पवित्र आत्माको वरदानहरूको बारेमा उनको बहसतर्फ फर्कन्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# भाषाहरू

भाषाहरूको वरदानलाई एउटा तल्‍लो स्तरको वरदानको रूपमा वर्णन गरिएको छ किनभने यसले प्राथमिक रूपमा कुनै एक व्यक्ति वा मण्‍डलीभित्रैका थोरै मानिसहरूलाई मात्र टेवा पुर्‍याउँछ; यसले समग्रमा मण्‍डलीको सेवा गर्दैन । यो पनि धेरै महत्त्वपूर्ण छ कि यो वरदानको उचित ढङ्गले प्रयोग भएको होस् । भाषाहरूको वरदानलाई अविश्‍वासीहरूको लागि एउटा चिन्हको रूपमा पनि वर्णन गरिएको छ । यो पदावलीको खास अर्थलाई लिएर विद्वानहरूका माझमा बहस गरिन्छ ।

# अगमवाणी

अगमवाणीलाई उच्‍चतम वरदानको रूपमा वर्णन गरिएको छ किनभने प्राथमिक रूपले कुनै एक व्यक्तिलाई मात्र सहयोगी हुने वरदानहरू जस्तो नभएर यसलाई सम्‍पूर्ण मण्‍डलीको सेवामा प्रयोग गर्न सकिन्छ । अगमवाणीलाई विश्‍वासीहरूको लागि भएको वरदानको रूपमा वर्णन गरिएको छ, तर यो पदावलीको खास अर्थलाई लिएर विद्वानहरूका माझमा बहस गरिन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/prophet)

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 14:1-4

जोड्ने कथनः

शिक्षाले मानिसहरूलाई सुझावहरू दिने हुनाले यो महत्त्वपूर्ण कुरा भए तापनि, त्‍यो कुरा प्रेमसाथ गर्नुपर्छ भनेर तिनीहरूले जानेका पावल चाहन्छन् ।

प्रेमलाई पछ्याओ

प्रेम कोही व्यक्ति भए झैँ गरी पावलले कुरा गर्छन् । “प्रेमको पछि लाग” वा “मानिसहरूलाई प्रेम गर्न कडा मिहिनेत गर” (हेर्नुहोस्ः INVALID translate/figs-123person)

विशेष गरि अगमवाणी बोल

“र अगमवाणी बोल्‍नलाई सक्षम हुनलाई विशेष रूपले कठोर प्रयत्‍न गर”

तिनीहरूलाई निर्माण गर्न

मानिसहरूको वद्धि गर्ने भन्‍नाले तिनीहरूलाई तिनीहरूको विश्‍वासमा परिपक्‍व र बलियो हुन सहायता पुर्‍याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई बलियो बनाउन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

वृद्धि गर्छ

मानिसहरूको वद्धि गर्ने भन्‍नाले तिनीहरूलाई तिनीहरूको विश्‍वासमा परिपक्‍व र बलियो हुन सहायता पुर्‍याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई बलियो बनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:5-6

अगमवाणी गर्ने बढी महान् हुन्छ

अन्‍य भाषाहरूमा बोल्‍ने वरदानभन्‍दा अगमवाणीको वरदान ठूलो कुरा हो भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “अगमवाणी बोल्नेसँग श्रेष्‍ठतर वरदान हुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)

अर्थ खोल्छ

यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्‍ने अरू मानिसहरूलाई भन्‍नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई फाइदा दिन सक्दिन ।” वा “मैले तिमीहरूलाई सहयोग पुर्‍याउने कुरा केही पनि गरेको हुने छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:7-9

तिनीहरूले अलग धुनहरू निकाल्‍दैनन्

यसले लय बनाउने भिन्‍नभिन्‍न ध्‍वनिलाई जनाउँछ, बाँसुरीको आवाज र वीणाको आवाजको बीचमा भएको भिन्‍नतालाई जनाउँदैन ।

कसैले बाँसुरी वा वीणाले कुनचाहिँ धुन बजाइरहेको छ भनेर कसरी जान्‍ने ?

यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्‍छा गर्छन् । वैकल्पिक अनुवादः “बाँसुरी वा वीणाले कुन धुन बजाइरहेको छ भनेर कसैले पनि जान्‍ने छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

धुन

“लय” वा “गीत”

कसैले लडाइँको लागि तयार हुने समय कहिले हो भनेर कसरी जान्‍ने?

यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्‍छा गर्छन् । वैकल्पिक अनुवादः “युद्ध गर्नलाई तयार हुने समय कतिखेर हो भनेर कसैले पनि जान्‍ने छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:10-11

कुनै पनि अर्थ बिनाको छैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू सबैको अर्थ छ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:12-14

आत्माको प्रकटिकरणहरू

“आत्‍माको प्रभुत्‍व तिमीमाथि छ भनेर दर्शाउने कुराहरू गर्न सक्षम हुने”

मण्‍डलीको वृद्धि गर्ने वरदानहरूमा उत्कृष्‍ट हुने कोसिस गर

मण्‍डली कसैले निर्माण गर्न सक्‍ने एउटा घर र मण्‍डली निर्माणको कामचाहिँ बाली कटनी गर्ने काम भए झैँ गरी पावलले कुरा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरका मानिसहरूलाई परमेश्‍वरको सेवा गर्न अझै धेरै सक्षम बनाउन निकै सफल हुनु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अर्थ खोल्‍नु

यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्‍ने अरूहरूलाई भन्‍नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

मेरो दिमागचाहिँ निष्फल हुन्छ

के प्रार्थना गरियो भनेर दिमागले बुझ्‍न सक्‍दैन, र यसकारण, बोलिएको प्रार्थनाले कुनै फाइदा नहुने कुरालाई “दिमागचाहिँ निष्‍फल हुन्‍छ” भनेर बताइएको छ । वैकल्पिक अनुवादः “म यो कुरा मेरो दिमागमा बुझ्दिन” वा “प्रार्थनाबाट मेरो दिमागले लाभ उठाउँदैन, किनभने मैले भनिरहेको शब्दहरू म बुझ्दिन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:15-16

मैले के गर्ने त ?

पावलले उनको निष्‍कर्षको परिचय दिँदैछन् । वैकल्‍पिक अनुवादः “म यसो गर्नेछु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

मेरो आत्माले प्रार्थना गर्नेछु … मेरो दिमागले प्रार्थना गर्नेछु ... मेरो आत्माले गीत गाउनेछु ... मेरो दिमागले गीत गाउनेछु

प्रार्थनाहरू र भजनहरू यस्‍तो भाषामा हुनुपर्छ जसले गर्दा उपस्‍थित मानिसहरूले बुझ्‍न सकून् ।

मेरो दिमागले

“मैले बुझ्ने शब्दहरूमा”

तिमीले परमेश्‍वरको स्‍तुति गर्छौ ... तिमीले धन्‍यवाद दिइरहेका छौ ... तिमीले ... भन्‍दै छौ

यहाँ “तिमी” एकवचन भए पनि, पावलले आत्‍मामा मात्र भएर प्रार्थना गर्ने तर दिमागले नगर्ने हरेक व्यक्तिलाई सम्‍बोधन गर्दै छन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

... भनिरहेको ... बाहिरकोले “आमेन्” कसरी भन्‍नेछ ?

यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “ ... भनिरहेको ... बाहिरकोले कदापि ‘आमेन्’ भन्‍न सक्‍नेछैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

बाहिरको

सम्भावित अर्थहरू हुन् १) “अर्को व्यक्ति” वा २) “तिमीहरूको समूहमा जो नयाँ मानिसहरू हुन् ।”

“आमेन्” भन्‍न

“सहमत हुन सक्‍न” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:17-19

तिमीले निश्‍चय नै ... दिन्‍छौ

पावल कोरिन्थीहरूसँग तिनीहरू एउटा व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँ “तिमी” शब्‍द एकवचन छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

अर्को व्यक्तिको आत्‍मिक वृद्धि गर्दैन

मानिसहरूको वृद्धि गर्ने कुराले तिनीहरूलाई तिनीहरूको विश्‍वासमा परिपक्‍व र बलियो हुन सहायता पुर्‍याउने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले “वृद्धि गर्छ”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “अर्को व्यक्तिलाई बलियो बनाउँदैन” वा “तपाईंका कुरा सुन्‍न सक्‍ने बाहिरका कुनै पनि व्यक्तिलाई तपाईंले बोलेका कुराले बलियो बनाउँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

जिब्रोमा दस हजारवटा शब्द हुनुभन्दा

पावलले शब्‍दहरूको गन्‍ती गरिरहेका थिएनन्, तर मानिसहरूले नबुझ्‍ने भाषाका असङ्‍ख्‍य शब्दहरूभन्‍दा बुझ्‍न सक्‍ने थोरै शब्‍द नै धेरै मूल्यवान् हुन्‍छ भन्‍ने कुरामा जोड दिनलाई अतिशयोक्तिको प्रयोग गरे । वैकल्पिक अनुवादः “१०,००० ओटा शब्दहरू” वा “निकै धेरै शब्दहरू” (हेर्नुहोस्ः INVALID translate/translate-numbers अनि INVALID translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:20-21

सामान्य जानकारीः

पावलले तिनीहरूलाई बताउँछन् कि ख्रीष्‍टको मण्‍डलीको सुरुवातमा अन्य भाषाहरूमा बोल्‍ने कुरा हुनुभन्दा धेरै वर्ष अगाडि नै विभिन्‍न भाषाहरूमा बोल्ने कुराको बारेमा यशैया अगमवक्ताद्वारा पहिले नै बताइएको थियो ।

आफ्‍नो सोचाइमा बालक नबन

यहाँ आत्‍मिक रूपमा अपरिपक्‍व हुने कुराका लागि “बालक” शब्‍द रूपक अलङ्कार हो । वैकल्‍पिक अनुवादः “बालकहरूले झैँ विचार नगर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

व्यवस्थामा यसो लेखिएको छ,

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्‍पिक अनुवादः “अगमवक्ताहरूले यी शब्दहरू व्यवस्थामा लेखेः” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा

यी दुईवटा वाक्यांशले साधारणतया एउटै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:22-23

जोड्ने कथनः

मण्‍डलीमा भएका वरदानहरूलाई व्‍यवस्‍थित किसिमले चलाउनलाई पावलले विशेष निर्देशनहरू दिन्छन् ।

अविश्‍वासीहरूका लागि होइन, तर विश्‍वासीहरूका लागि

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न र अरू सकारात्‍मक वाक्‍यसित जोड्न सकिन्‍छ । वैकल्पिक अनुवादः “विश्‍वासीहरूका लागि मात्र” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives अनि INVALID translate/figs-parallelism)

तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र ?

यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई बौलाहा भन्‍नेछन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:24-25

सुनेको सबै कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ

जोड दिनका लागि पावलले सामान्य रूपमा एउटै कुरालाई दुईपल्‍ट भन्‍छन् । वैकल्पिक अनुवादः “ऊ पापको दोषी छ भनेर उसले महसुस गर्ने छ किनभने तिमीले भनिरहेको कुरा उसले सुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

उसको हृदयका गोप्य कुराहरू प्रकट हुने थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसको हृदयका गुप्‍त कुराहरू प्रकट गरिदिनुहुने थियो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:26-28

भाइहरू, यसपछि के छ त ?

पावलले आफ्‍नो सन्‍देशको अर्को भागको परिचय दिनको लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि मैले भर्खरै भनेका हरेक कुरा सत्‍य हुन्, मेरा मित्र विश्‍वासीगण, तिमीहरूले यसो नै गर्नुपर्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

भनिएको कुराको अर्थ खोल्‍ने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुराहरूको अर्थ खोल्‍नु” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अर्थ खोलाइ ... अर्थ खोल्‍नु

यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्‍ने अरूहरूलाई भन्‍नु हो । “अर्थ खोल्नु”लाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू

1 Corinthians 14:29-30

दुई वा तीन जना अगमवक्ता बोलून्

सम्भावित अर्थहरू हुन् १) एउटा सेवामा दुई वा तीन जना अगमवक्तालाई मात्र बोल्नु २) कुनै एक समयमा दुई वा तीन जना अगमवक्ताले मात्र बोल्‍नलाई पालो लेओ ।

भनिएको कुरालाई

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुरालाई” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यदि एउटालाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरले कसैलाई अन्तर्दृष्‍टि दिनुभयो भने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:31-33

एक-एक गरेर अगमवाणी गर

एक पटकमा एक जनाले मात्र अगमवाणी गर्नुपर्छ ।

सबै जना नै उत्साहित बनून्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले सबैलाई उत्साह दिन सक” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परमेश्‍वर अन्योलका परमेश्‍वर हुनुहुन्‍न

परमेश्‍वरले सबै मानिसलाई एकै पटक बोल्न दिएर अस्तव्यस्तको अवस्था सृजना गर्नुहुन्‍न ।

अनुवादका शब्‍दहरू

1 Corinthians 14:34-36

चुपचाप रहून्

सम्भावित अर्थहरू हुन् १) बोल्न छोडून् वा २) कसैले अगमवाणी गरेको बेलामा नबोलून् वा ३) मण्डलीको सेवामा बिल्कुलै चुपचाप होऊन् ।

के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो ? के यो तिमीहरूकहाँ मात्र पुगेको छ ?

ख्रीष्‍टिएनहरूले के गरेको परमेश्‍वरले चाहनुहुन्छ भन्‍ने कुरा जानेको कोरिन्थीहरू मात्र होइनन् भनेर पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचन कोरिन्थमा भएका तिमीहरूबाट सुरु भएको होइन, परमेश्‍वरको इच्छा बुझ्ने मानिसहरू तिमीहरू मात्र होइनौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:37-38

उसले स्वीकार गर्नुपर्छ

एउटा साँचो अगमवक्ता वा साँच्चै आत्मिक व्यक्तिले पावलको लेखाइहरू प्रभुबाट आएको हो भनेर स्वीकार गर्नेछ ।

उसलाई ख्याल नगरियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई वास्ता गर्नुहुँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 14:39-40

कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक

मण्डलीमा अन्य भाषा बोल्नु भनेको अनुमति दिन मिल्ने र स्वीकार्य छ भन्‍ने कुरालाई पावलले स्पष्‍ट पार्छन् ।

तर सबै कुराहरू उचित तरिकाले र व्यवस्थित रूपमा गरियोस्

मण्डलीका सेवाहरू सुव्यवस्थित हुनुपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “तर सबै कुरा ठीक किसिमले र सुव्यवस्थित तरिकाले गर” वा “तर सबै कुरा सुव्यवस्थित र सहि तरिकाले गर”

अनुवादका शब्‍दहरू

1 Corinthians 15

1 Corinthians 15:intro-0

१ कोरिन्थीहरू १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा
# पुनरुत्थान

यस अध्यायमा येशूको पुनरुत्थानको बारेमा धेरै महत्त्वपूर्ण शिक्षा समावेश भएको छ । कोही व्यक्ति मरिसकेपछि जीवित हुन सक्छ भनेर ग्रीक मानिसहरूले विश्‍वास गर्दैनथे । पावलले येशूको पुनरुत्थान र विश्‍वासीहरूको लागि यसको महत्त्वलाई प्रतिरोध गर्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/resurrection अनि INVALID bible/kt/believe)

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# पुनरुत्थान

येशू परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणस्वरूप र सुसमाचारको केन्द्रिय पक्षको रूपमा पुनरुत्थानलाई प्रस्तुत गरिएको छ । जीवनमा पुनरुत्थान हुनेहरू धेरैमध्ये ख्रीष्‍ट पहिलो हुनुहुन्छ । त्यहाँ यो जत्तिकै महत्त्वपूर्ण शिक्षाहरू कम मात्र छन् । (हेर्नुहोस्ः INVALID bible/kt/goodnews अनि INVALID bible/other/raise)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

यो अध्याय थुप्रै विभिन्‍न भाषाका अलङ्कारहरूले भरिएको छ । यिनीहरूले पावललाई मानिसहरूले बुझ्‍ने किसिमले कठिन ईश्‍वरशास्‍त्रीय अवधारणाहरूलाई व्यक्त गर्न सहयोग गर्छ ।

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 15:1-2

जोड्ने कथनः

तिनीहरूलाई बचाउनेचाहिँ सुसमाचारले हो भनी पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् र सुसमाचार के हो भनी तिनले फेरि पनि तिनीहरूलाई भन्‍छन् । त्‍यसपछि उनले तिनीहरूलाई इतिहासको छोटो शिक्षा दिन्‍छन्, जुन अझसम्‍म हुन बाँकी कुरामा अन्‍त्‍य हुन्‍छ ।

तिमीहरूलाई स्मरण गराउनु

“तिमीहरूलाई याद गर्न सहयोग गर्नु”

जसमा तिमीहरू उभिन्छौ

पावलले कोरिन्थीहरूको बारेमा तिनीहरू एक घर भए झैँ गरी र सुसमाचारको बारेमा त्योचाहिँ एउटा जगको रूपमा जसमा उक्त घर खडा रहन्‍छ भने झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरू बचाइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्‍वरले तिमीहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:3-4

पहिलो महत्त्वको रूपमा

सम्‍भावित अर्थहरू हुन् १) धेरैमा सबैभन्‍दा महत्‍वपूर्ण कुराको रूपमा २) समयमा पहिलो कुराको रूपमा ।

हाम्रा पापहरूका लागि

“हाम्रा पापको मूल्‍य तिर्न” वा “ताकि परमेश्‍वरले हाम्रा पाप क्षमा गर्न सक्‍नुभएको होस्”

धर्मशास्‍त्रअनुसार

पावलले पुरानो करारको लेखहरूलाई जनाइरहेका छन् ।

उहाँ गाडिनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई गाडे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उहाँ बिउँताइनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई बिउँताउनुभयो” वा “उहाँ बिउँतिनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:5-7

जोड्ने कथनः

यदि तपाईंलाई पद ५ पूर्ण वाक्‍य भएको चाहिन्‍छ भने, [१ कोरिन्‍थी १५:४] (./03.md) लाई अल्पविराम चिन्हले अन्‍त्‍य गर्नुहोस्, ताकि [१ कोरिन्‍थी १५:३] मा सुरु भएको वाक्‍यलाई पद ५ ले पूर्ण गर्छ ।

... कहाँ देखा पर्नुभयो

“... आफैलाई प्रकट गराउनुभयो”

पाँच सय

५०० (हेर्नुहोस्ः INVALID translate/translate-numbers)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:8-9

सबैभन्दा अन्त्यमा

“उहाँ अरूहरूकहाँ देखा परिसकेपछि अन्तिममा”

असमयमा जन्मेको बालक

यो एउटा टुक्‍का हो जसद्वारा पावलले उनी अरू प्रेरितहरूभन्दा धेरै पछि ख्रीष्‍टिएन बने भन्न खोजेका हुन सक्छन् । अथवा उनले भन्‍न खोजेको यो हो कि, अरू प्रेरितहरूले जस्तो, उनले येशूको तीन वर्षे लामो सेवकाइ देखेनन् । वैकल्पिक अनुवादः “अरूले गरेको अनुभवहरूलाई छुटाउने कोही व्यक्ति” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:10-11

म जे छु परमेश्‍वरको अनुग्रहमा छु

पावल अहिले जो छन्, त्यो परमेश्‍वरको अनुग्रह र दयाले बनाएको हो ।

ममा भएको उहाँको अनुग्रह व्यर्थमा भएन

पावलले साधारण वाक्यहरूद्वारा जोड दिइरहेका छन् कि परमेश्‍वरले पावलद्वारा काम गर्नुभयो । वैकल्‍पिक अनुवादः “उहाँ ममाथि कृपालु हुनुभएको हुनाले, मैले धेरै असल काम गर्न सकेँ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

मसँग भएको परमेश्‍वरको अनुग्रह

परमेश्‍वर आफूमाथि कृपालु हुनुभएको हुनाले आफूले गर्न सकेको कामको बारेमा पावलले अनुग्रहले नै वास्तवमा काम गरिरहेको थियो जसरी बताउँछन् । वैकल्‍पिक अनुवादः सम्‍भावित अर्थहरू हुन् १) यो अक्षरशः साँचो हो, र परमेश्‍वरले वास्तवमै काम गर्नुभयो र दयापूर्वक पावललाई एउटा हतियारको रूपमा प्रयोग गर्नुभयो वा २) पावलले एउटा अलङ्कारको प्रयोग गरिरहेका छन् र भन्दै छन् कि पावललाई काम गर्न दिन र पावलको कामको असल परिणामहरू आउने बनाउन परमेश्‍वर कृपालु हुनुभयो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:12-14

कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ ?

एउटा नयाँ विषयको थालनी गर्नको लागि पावलले यो प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले मृतकहरूको पुनरुत्थान हुँदैन भनेर भन्‍नु हुँदैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनर्जीवित पारिनुभएन

मृतकहरूको पुनरुत्थान हुँदैन भनेर भन्‍नु भनेको ख्रीष्‍ट पनि मृत्युबाट पुनर्जीवित पारिनुभएन भन्‍नु हो ।

अनुवादका शब्‍दहरू

1 Corinthians 15:15-17

जोड्ने कथनः

ख्रीष्‍ट मृतकहरूबाट बौह्रिउठ्नुभएको हो भन्‍ने कुरामा तिनीहरू ढुक्‍क भएको पावल चाहन्छन् ।

हामी परमेश्‍वरको बारेमा झूटा साक्षीहरू ठहरिन्छौँ

यदि ख्रीष्‍ट पुनर्जीवित पारिनुभएको होइन भने त ख्रीष्‍ट फेरि जीवित हुनुभएको भन्‍ने बारेमा तिनीहरू झुटा साक्षीहरू हुनेछन् भनी पावल तर्क राख्छन् ।

हामी ... ठहरिन्छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “सबैले जान्‍नेछन् कि हामी ... हौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरूको विश्‍वास व्यर्थमा हुन्छ र तिमीहरू अझै पनि तिमीहरूको पापमै छौ

तिनीहरूको विश्‍वास ख्रीष्‍टको पुनरुत्थानमा आधारित छ, त्यसैले यदि त्यो भएको होइन भने, तिनीहरूको विश्‍वासले तिनीहरूलाई कुनै लाभ दिनैछैन ।

अनुवादका शब्‍दहरू

1 Corinthians 15:18-19

सबै मानिसहरूमा

“हरेकमा, विश्‍वासीहरू र अविश्‍वासीहरू गरेर”

सबै मानिसहरूभन्दा हामी बढी दया देखाइनुपर्ने छौँ

“मानिसहरूले अरू कसैको लागि भन्दा पनि बढी हाम्रो लागि अफसोस मान्‍नुपर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 15:20-21

अब ख्रीष्‍ट

“जसरी यो हो, ख्रीष्‍ट” वा “यो नै सत्यता होः ख्रीष्‍ट”

ख्रीष्‍ट, जो मरिगएकाहरूमा पहिलो फल हुनुहुन्छ, बौह्राइनुभएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टलाई जीवित पार्नुभएको छ, जो मरेकाहरूमध्‍येमा पहिलो फल हुनुहुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मृत्‍यु एउटा मानिसद्वारा आयो

भाववाचक नाम “मृत्‍यु”लाई “मर्नु” क्रियापदले व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “एक जना मानिसको कारणले मानिसहरू मर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

मृतकहरूबाटको पुनरुत्थान पनि एउटा मानिसद्वारा आयो

भाववाचक नाम “पुनरुत्थान”लाई “बौह्रिउठाउनु” क्रियापदले व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “अर्को मानिसको कारणले मानिसहरू मृतकहरूबाट जीवित पारिन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:22-23

अनुवादका शब्‍दहरू

1 Corinthians 15:24-26

सामान्य जानकारीः

यहाँ “उहाँ” र “उहाँको” भन्‍ने शब्दहरूले ख्रीष्‍टलाई जनाउँछ ।

उहाँले सबै शासन, र सबै अख्‍तियार र शक्तिलाई नष्‍ट पार्नुहुनेछ

“उहाँले ती मानिसहरूलाई रोक्‍नुहुनेछ जसले शासन गर्छन्, जोसँग अधिकार छ, र जससँग तिनीहरूले गरिरहेका कुराहरूबाट शक्ति हुन्छ”

उहाँले उहाँका सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म

युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्‍ना खुट्टाहरूले टेक्‍थे । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टका सबै शत्रुहरूलाई पूर्ण रूपमा नष्‍ट नपारुञ्‍जेलसम्म” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

नष्‍ट गर्नुपर्ने अन्तिम शत्रुचाहिँ मृत्यु हो

पावलले मृत्‍युको बारेमा त्योचाहिँ एउटा व्यक्ति हो जसलाई परमेश्‍वरले मार्नुहुनेछ जस्‍तो गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले नष्‍ट पार्नुहुने आखिरी शत्रुचाहिँ मृत्‍यु आफैँ हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-personification)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:27-28

उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि राख्नुभएको छ

युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्‍ना खुट्टाहरूले टेक्‍थे । “ ... उहाँको पाउमुनि राख्‍नु”लाई १ कोरिन्थीहरू १५:२५ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टका सबै शत्रुहरूलाई पूर्ण रूपमा नष्‍ट पार्नुभएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

सबै कुराहरू उहाँको अधीनमा छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले सबै थोकलाई ख्रीष्‍टको अधीनमा राख्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

पुत्र आफैँ ... अधीनमा राखिनुहुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पुत्र आफैँ अधीनमा हुनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

पुत्र आफैँ

यसअघिका पदहरूमा उहाँलाई “ख्रीष्‍ट”को रूपमा जनाइएको थियो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट, जो पुत्र आफैँ हुनुहुन्‍छ”

पुत्र ... पिता

यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले येशू र परमेश्‍वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:29-30

नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त ?

पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नत्रता मरेका मानिसहरूका निम्ति बप्‍तिस्मा लिनु ख्रीष्‍टिएनहरूका लागि व्यर्थ हुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-activepassive)

किन तिनीहरूका निम्‍ति तिनीहरूले बप्‍तिस्‍मा लिन्‍छन् ?

पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरूका साटोमा तिनीहरूले बप्‍तिस्‍मा लिनलाई त्यहाँ कुनै कारण हुने छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-activepassive)

त्यसोभए, किन हामी हरपल खतरामा छौँ ?

पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्‍नको प्रयोग गर्छन् । येशूले मानिसहरूलाई मृतकबाट जीवित पार्नुहुनेछ भनेर शिक्षा दिएका कारणले कोही मानिसहरू रिसाएका हुनाले तिनी र अरूहरू खतरामा परेका थिए । वैकल्पिक अनुवादः “यदि मानिसहरू मृतकबाट जीवित हुनेछैनन् भने, मानिसहरू बौह्रिउठ्ने छन् भनी सिकाएर हरेक घन्‍टा आफूलाई खतरामा पारेर हामीलाई केही पनि फाइदा हुने छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:31-32

म प्रतिदिन मृत्युको सामना गर्छु !

यहाँ “मृत्युको सामना गर्नु” भन्‍ने कुराले उनी चाँडै नै मर्न सक्‍छन् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । केही मानिसहरूले तिनलाई मार्न चाहिरहेका थिए भनी तिनलाई थाहा थियो, किनभने तिनले सिकाइरहेका कुराहरूलाई तिनीहरूले मन पराएनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यो मैले तिमीहरूमाथि मैले गर्व गरेको जत्तिकै साँचो छ

पावलले हरेक दिन मृत्‍युको सामना गरेको सबुतको रूपमा तिनले यो वाक्‍य प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यो कुरा साँचो हो भनी तिमीहरू जान्‍न सक्‍छौ, किनभने तिमीहरूमाथि मैले गरेको गर्वको बारेमा तिमीहरू जान्‍दछौ” वा “यो कुरा साँचो हो भनी तिमीहरू जान्‍न सक्‍छौ, किनभने तिमीहरूमाथि म कति गर्व गर्छु सो तिमीहरू जान्‍दछौ”

तिमीहरूमाथिको मेरो गर्व, जुन ख्रीष्‍ट येशू हाम्रा प्रभुमा मसँग छ

ख्रीष्‍ट येशूले तिनीहरूका लागि जे गर्नुभएको थियो सो कुराका कारणले पावलले तिनीहरूमाथि गर्व गरे । वैकल्‍पिक अनुवादः “तिमीहरूमाथिको मेरो गर्व, जुन ख्रीष्‍ट येशू, हाम्रा प्रभुले तिमीहरूका लागि गर्नुभएको कुराको कारण म गर्छु” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

तिमीहरूमाथिको मेरो गर्व

“तिमीहरू कति भला छौ भनी जसरी म अरू मानिसहरूलाई भन्‍दछु”

मैले एफिससमा जङ्गली जनावरहरूसँग लडेर ... मलाई के लाभ हुन्छ र ... जीवित हुँदैनन् ... ?

कोरिन्थीहरूलाई बताउनु नपरिकनै तिनीहरूले कुरा बुझेको पावल चाहन्छन् । यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “यदि ... उठ्दैनन् भने ... एफिससका जङ्गली जनावरहरूसँग लडेर .. मलाई केही लाभ भएन ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

मैले एफिससमा भएका जङ्गली जनावरहरूसँग लडाइँ गरेँ

तिनले वास्तवमै गरेको केही कुरालाई पावलले जनाइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) पावलले आलङ्कारिक रूपमा पढे लेखेका मूर्तिपूजकहरूसँग भएको वादविवाद वा उनलाई मार्न चाहने मानिसहरूसँग भएका अन्य झडपका बारेमा बताइरहेका थिए वा २) उनलाई साँच्चिकै भयङ्कर जनावरहरूसँग लडाइँ गर्नको लागि अखडामा राखिएको थियो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आज हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ

मृत्युपछि जीवन छैन भने त, यसै जीवनमा हामीले सकेजति आनन्द मनाउनु हाम्रो लागि बेस हुन्छ, किनकि भोलि त हाम्रो जीवन थप आशा बिना सकिनेछ भनेर पावलले निष्‍कर्ष निकाल्छन् ।

अनुवादका शब्‍दहरू

1 Corinthians 15:33-34

खराब सङ्गतले असल चरित्रलाई बिगार्छ

यदि तिमीहरू खराब मानिसहरूसित बस्‍छौ भने, तिमीहरूले तिनीहरूले झैँ व्‍यवहार गर्नेछौ । पावलले एउटा सामान्य भनाइलाई उद्‌धृत गर्दैछन् ।

होसमा आओ

“यस कुराको बारेमा तिमीहरूले गम्‍भीर भएर विचार गर्नुपर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 15:35-36

जोड्ने कथनः

विश्‍वासीहरूका शरीरहरूको पुनरुत्‍थान कसरी हुनेछ भनेर पावलले केही निर्दिष्‍ट जानकारीहरू दिन्छन् । तिनले प्राकृतिक र आत्‍मिक शरीरहरूको तस्‍विर दिन्‍छन् र पहिलो मानिस, आदमलाई आखिरी आदम, ख्रीष्‍टसित तुलना गर्छन् ।

तर कसैले भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्‍छन्, अनि कस्‍तो प्रकारको शरीर लिएर तिनीहरू आउने छन् ?”

सम्‍भावित अर्थहरू हुन् १) त्यो व्यक्तिले साँचो हृदयले सोध्‍दै छ वा २) पुनरुत्‍थानको विचारलाई गिल्‍ला गर्नका लागि त्यो व्यक्तिले यो प्रश्‍नको प्रयोग गर्दैछ । वैकल्‍पिक अनुवादः “तर केहीले भन्‍नेछन् कि परमेश्‍वरले मृतकहरूलाई कसरी जीवित पार्नुहुनेछ, र परमेश्‍वरले तिनीहरूलाई पुनरुत्थानमा कस्तो प्रकारको शरीर दिनुहुनेछ भनेर तिनीहरूले कल्पना गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

कसैले भन्‍नेछ

“कसैले सोध्‍नेछ”

कस्‍तो प्रकारको शरीर लिएर तिनीहरू आउने छन् ?

अर्थात, यो भौतिक शरीर वा आत्‍मिक शरीर हुनेछ ? त्यो शरीरको आकार कस्‍तो हुनेछ ? त्‍यो शरीर के कुराले बनेको हुनेछ ? यी प्रश्‍नहरूको जवाफ जान्‍न इच्‍छा गर्ने कोही व्यक्तिले सोध्‍न सक्‍ने सबैभन्दा मूलभूत प्रश्‍नहरूको प्रयोग गरेर अनुवाद गर्नुहोस् ।

तिमी कति अन्‍जान छौ ! जे तिमीले रोप्‍छौ

पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ भएका “तिमी”को दुवै प्रयोगहरू एकवचनमा छन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

तिमी कति अन्‍जान छौ

“तिमीलाई यसको बारेमा केही नै थाहा छैन”

जे तिमीले रोप्‍छौ, त्‍यो नमरीकन बढ्‍न सुरु हुने छैन

बिउ पहिले जमिनमा नपुरिएसम्‍म त्‍यो बढ्‍ने छैन । त्‍यसरी नै परमेश्‍वरले कुनै व्यक्तिलाई पुनरुत्थान गर्नुअगि, उसको मृत्‍यु हुनुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:37-39

जे तिमीले रोप्छौ त्यो ... शरीर होइन

परमेश्‍वरले विश्‍वासीको मरेको शरीरलाई पुनर्जीवित पार्नुहुनेछ, तर त्यो शरीर पहिलाको जस्तो देखिने छैन भनेर बताउन पावल फेरि बिउको उपमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जे तिमीले रोप्छौ

पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिमी” शब्द एकवचनमा छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

उहाँले चाहनुभएअनुसारको शरीर परमेश्‍वरले त्यसलाई दिनुहुनेछ

“त्यसले कस्तो किसिमको शरीर पाउनेछ भन्‍ने कुराको निर्णय परमेश्‍वरले गर्नुहुनेछ”

शरीर

पशुहरूको सन्दर्भमा, “शरीर”लाई “जिउ”, “छाला” वा “मासु” भनेर अनुवाद गर्न सकिन्छ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 15:40-41

स्वर्गीय शरीरहरू

सम्भावित अर्थहरू हुन् १) सूर्य, चन्द्रमा, ताराहरू र आकाशमा देखिने अन्य ज्योतिहरू वा २) स्वर्गीय प्राणीहरू, जस्तै स्वर्गदूतहरू र अन्य अलौकिक प्राणीहरू ।

पार्थिव शरीरहरू

यसले मानिसहरूलाई जनाउँछ ।

स्वर्गीय शरीरको तेज एक किसिमको र पार्थिवको तेज अर्कै किसिमको

“स्वर्गीय शरीरमा भएको तेज मानव शरीरको तेज भन्दा फरक हुन्छ”

तेज

यहाँ “तेज”ले मानिसको आँखामा आकाशका वस्तुहरूको सापेक्षिक चमकतालाई जनाउँछ ।

अनुवादका शब्‍दहरू

1 Corinthians 15:42-44

जे ... रोपिन्‍छ ... जे ... उठाइन्‍छ ... त्यो ... रोपिन्‍छ ... त्यो ... उठाइन्‍छ

मरेको शरीरलाई मानिसहरूले चिहानमा राख्‍ने कुरा भनेको मानिसहरूले फल फलाउने बिरुवाको बिउलाई रोपेको जस्तै हो भनेर लेखकले बताउँछन् । कर्मवाच्‍यमा भएको क्रियापदलाई कर्तृवाच्‍यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जे चिहानमा जान्‍छ ... जे चिहानबाट बाहिर आउँछ ...त्यो चिहानमा जान्‍छ ... त्यो चिहानबाट बाहिर आउँछ” वा “जे मानिसहरूले गाड्छन् ... जे परमेश्‍वरले उठाउनुहुन्छ ... मानिसहरूले त्यसलाई गाड्छन् ... परमेश्‍वरले त्यसलाई गाड्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

नाशवान् हुन्छ ... अविनाशी हुन्छ

“कुहिन सक्छ ... कुहिन सक्दैन”

अनुवादका शब्‍दहरू

1 Corinthians 15:45-46

तर आत्मिक पहिला आएन तर प्राकृतिक आयो, र त्यसपछि आत्मिक आयो

“प्राकृतिक प्राणी पहिले आयो । आत्मिक प्राणी परमेश्‍वरबाटको हो र पछि आयो ।”

प्राकृतिक

सांसारिक प्रक्रियाहरूले सृष्‍टि गरिएको, अझै परमेश्‍वरसँग नजोडिएको

अनुवादका शब्‍दहरू

1 Corinthians 15:47-49

पहिलो मानिस पृथ्वीको हो, धूलोबाट बनाइएको

परमेश्‍वरले पहिलो मानिस, आदमलाई, पृथ्वीको धूलोबाट बनाउनुभयो । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

धूलो

“माटो”

स्वर्गको मानिस

येशू ख्रीष्‍ट

स्वर्गकाहरू

“जो परमेश्‍वरका हुन्”

धारण गर्नु

“ग्रहण गर्नु र झल्काउनु”

अनुवादका शब्‍दहरू

1 Corinthians 15:50-51

जोड्ने कथनः

कोही विश्‍वासीहरू शारीरिक रूपले मर्ने छैनन्, तर पनि ख्रीष्‍टको विजयद्वारा तिनीहरूले पुनरुत्थान भएको शरीर प्राप्‍त गर्ने छन् भन्‍ने कुरा तिनीहरूले जानेको पावल चाहन्छन् ।

मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन । न त विनाशी अविनाशीको हकदार हुन सक्छ ।

सम्‍भावित अर्थहरू हुन् १) दुईवटा वाक्‍यहरूका अर्थ एउटै हो । वैकल्‍पिक अनुवादः “मृत्‍यु भोग्‍न निश्‍चित भएका मानवजातिले परमेश्‍वरको सदा रहने राज्‍यलाई उत्तराधिकार गर्न सक्‍दैनन्” वा २) पहिलो वाक्‍यले सुरु गरेको विचारलाई दोस्रो वाक्‍यले पूरा गर्छ । वैकल्‍पिक अनुवादः “कमजोर मानवजातिले परमेश्‍वरको अनन्‍त राज्‍य उत्तराधिकार गर्न सक्‍दैनन् । न त मर्न पक्‍का भएकाहरूले सदासर्वदा रहने राज्‍य उत्तराधिकार गर्छन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

मासु र रगत

मर्नलाई निश्‍चित भएका शरीरमा बसोबास गर्नेहरू । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-metonymy)

उत्तराधिकार गर्नु

विश्‍वासीहरूका लागि परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभएको छ सो प्राप्‍त गर्ने कुरालाई परिवारका सदस्‍यबाट जायजेथा र धनसम्‍पत्ति प्राप्‍त गर्ने झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

नाशवान् हुन्छ ... अविनाशी हुन्छ

“कुहिन सक्छ ... कुहिन सक्दैन ।” यी शब्दहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

हामी सबै परिवर्तित हुनेछौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामी सबैलाई परिवर्तन गर्नुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:52-53

हामी सबै परिवर्तित हुनेछौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई परिवर्तन गर्नुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

आँखाको एक निमेषमा

यो एउटा व्यक्तिले उसको वा उनको आँखा झिम्काए झैँ छिटो हुनेछ ।

तुरहीको अन्तिम आवाजमा

“जब अन्तिम तुरही बज्‍नेछ”

अविनाशी ... यो नाशवान् शरीर ... अविनाशी हुन्छ

“कुहिन नसक्‍ने बनावटमा ... यो शरीर कुहिन सक्छ ... कुहिन सक्दैन ।” समान किसिमका वाक्यांशहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

पहिरनुपर्छ

परमेश्‍वरले हाम्रो शरीरहरूलाई फेरि कहिल्यै मर्न नसक्‍ने बनाउनुहुने कुरालाई परमेश्‍वरले हामीलाई नयाँ वस्‍त्रहरू पहिराइदिनुहुने कुराको रूपमा पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:54-55

जब यो विनाशी शरीरले अविनाशी धारण गर्छ

यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अविनाशी हुने कुरालाई अविनाशी हुनु भनेको शरीरले पहिरने कुनै वस्‍त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो विनाशी शरीर अविनाशी हुन्‍छ” वा “जब यो कुहिने शरीर फेरि कुहिन नसक्‍ने हुन्‍छ” (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-metaphor)

जब यो मरणशील शरीरले अमरत्‍व धारण गर्छ

यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अमर हुने कुरालाई अमर हुनु भनेको शरीरले पहिरने कुनै वस्‍त्र भए झैँ गरी बताइएको छ । वैकल्‍पिक अनुवादः “जब यो मरणशील शरीर अमर भएको हुन्‍छ” वा “जब यो मर्ने शरीर फेरि मर्न सक्‍दैन” (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-metaphor)

हे मृत्यु तेरो विजय कहाँ छ ? मृत्यु तेरो खिल कहाँ छ ?

पावलले मृत्युलाई एकजना व्यक्ति भए जसरी कुरा गर्छन्, र यस प्रश्‍नलाई मृत्युको शक्तिलाई गिज्याउन प्रयोग गर्छन्, जसलाई ख्रीष्‍टले हराउनुभएको छ । वैकल्पिक अनुवादः “मृत्युको कुनै विजय छैन । मृत्युको कुनै खिल छैन ।” (हेर्नुहोस्ः INVALID translate/figs-apostrophe अनि INVALID translate/figs-rquestion)

तिम्रो ... तिम्रो

यिनीहरू एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

अनुवादका शब्‍दहरू

1 Corinthians 15:56-57

मृत्युको खिल पाप हो

यो पापद्वारा हो कि हामीले मृत्युको सामना गर्नु निश्‍चित भएको हो, जुन भनेको मर्नु हो ।

पापको शक्ति व्यवस्था हो

मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थाले पापलाई परिभाषित गर्छ र हामीले कसरी परमेश्‍वरको अगाडि पाप गर्छौं भनेर हामीलाई देखाउँछ ।

हामीलाई विजय दिन्छ

“हाम्रो लागि मृत्युलाई हराउनुभएको छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 15:58

जोड्ने कथनः

विश्‍वासीहरूले प्रभुको लागि काम गर्दा, परमेश्‍वरले तिनीहरूलाई दिन गइरहनुभएको परिवर्तन भएका, पुनरुत्थान भएका शरीरहरूलाई तिनीहरूले याद गरेको पावल चाहन्छन् ।

स्थिर र अटल रहो

आफ्‍नो निर्णयहरूमा चल्‍नलाई कुनै कुराले पनि आफूलाई रोक्‍न नदिने व्यक्ति भनेको मानौँ उसलाई भौतिक रूपले नै सार्न नसकिने भएको जसरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “दृढ बन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

प्रभुको काममा सधैँ बढ्दैजाओ

प्रभुको निम्‍ति काम गर्न गरिएका प्रयत्‍नहरू चाहिँ मानौँ तिनीहरू कुनै व्यक्तिले आर्जन गर्न सक्‍ने वस्‍तुहरू भए झैँ गरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुको निम्‍ति सधैँ विश्‍वासनीयताका साथ काम गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 16

1 Corinthians 16:intro-0

१ कोरिन्थीहरू १६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले यस अध्यायमा थुप्रै विषयहरूका बारेमा संक्षिप्‍त रूपमा कुरा गर्छन् । पत्रको अन्तिम भागमा व्यक्तिगत अभिवादनहरू राख्‍नु प्राचीन पूर्व नजिक क्षेत्रमा चलनचल्तीको कुरा थियो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# उनी फर्कनको लागि तयारी

पावलले येरूशलेमका विश्‍वासीहरूका लागि उपहार स्‍वरूप हरेक आइतबार पैसा सङ्कलन गर्न सुरु गर्न तिनीहरूलाई भन्छन् । उनले तिनीहरूलाई भने कि उनी तिनीहरूकहाँ आउनेछन् र तिनीहरूसँगै हिउँद बिताउने आशा गरे । उनले तिमोथी त्यहाँ आउँदा उनलाई सहयोग गर्नलाई भने । उनले आशा गरेका थिए कि अपोल्‍लोस तिनीहरूकहाँ जाने थिए, तर अपोल्‍लोसले त्यो ठीक समय थियो भनी सोचेनन् । पावलले तिनीहरूलाई स्तिफनासले भनेका कुराहरू मान्‍नलाई बताए । अन्त्यमा उनले सबैलाई उनका अभिवादनहरू पठाए । उनको भ्रमणको लागि मण्‍डलीलाई तयार गर्न सहयोग गर्नलाई यिनीहरू व्यवहारिक निर्देशनहरू हुन् ।

सम्बन्धित खण्‍डहरूः

1 Corinthians 16:1-2

जोड्ने कथनः

पावलले आफ्‍नो पत्र टुङ्‍ग्‍याउँदै गर्दा, तिनले येरूशलेमका खाँचोमा परेका विश्‍वासीहरूका लागि पैसा जम्‍मा गर्न कोरिन्थीहरूलाई स्‍मरण गराए । तिमोथी पावलकहाँ जानुअगि तिनी उनीहरूकहाँ आउने छन् भनी तिनले उनीहरूलाई स्‍मरण गराए ।

विश्‍वासीहरूका निम्ति

पावल उनका मण्डलीहरूबाट यरूशलेम र यहूदियामा भएका गरिब यहूदी ख्रीष्‍टिएनहरूका लागि पैसा सङ्कलन गर्दै थिए ।

मैले निर्देशन दिएअनुसार

“जसरी मैले विशेष निर्देशनहरू दिएँ”

जम्‍मा गर

सम्भावित अर्थहरू हुन्ः १) “त्यसलाई घरमा राख” वा २) “त्यसलाई मण्डलीमा छोड”

ताकि म आउँदा सङ्कलन गर्न नपरोस्

“ताकि म तिमीहरूसँग हुँदा थप पैसा सङ्कलन गर्नु नपरोस्”

अनुवादका शब्‍दहरू

1 Corinthians 16:3-4

तिमीहरूले जसलाई समर्थन गर्छौ

पावलले तिनीहरूको भेटी यरूशलेममा ल्याउनको लागि तिनीहरूकै कोही एक जना मानिसलाई छान्‍नको लागि मण्‍डलीलाई बताइरहेका छन् । “तिमीहरूले जसलाई छान्छौ” वा “तिमीहरूले नियुक्त गरेको मानिसहरू”

म पत्रहरूसाथ पठाइदिनेछु

सम्भावित अर्थहरू हुन् १) “मैले लेख्‍ने पत्रहरूको साथमा पठाउनेछु” वा २) “तिमीहरूले लेख्‍ने पत्रहरूको साथमा पठाउनेछु ।”

अनुवादका शब्‍दहरू

1 Corinthians 16:5-6

ताकि तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक

यसको अर्थ उनीहरूले पावललाई पैसा वा तिनलाई खाँचो पर्ने अरू थोकहरू देउन् भन्‍ने हो, ताकि तिनी र तिनको सेवकाइको टोली निरन्‍तर यात्रा गर्न सकून् ।

अनुवादका शब्‍दहरू

1 Corinthians 16:7-9

म तिमीहरूलाई अहिले भेट्न चाहन्‍नँ

पावलले बताइरहेका छन् कि तिनी अहिले छोटो समयको लागि मात्र भेट्न चाहन्‍नन्, तर पछि लामो समयको लागि आउन चाहन्छन् ।

पेन्तिकोस

यो चाडको समयसम्‍म पावल एफिससमा नै बस्‍ने छन्, जुन निस्‍तारचाडको ५० दिनपछि मे वा जुनमा पर्थ्‍यो । त्‍यसपछि तिनी माकेडोनियाबाट यात्रा गर्नेछन्, र नोभेम्‍बर महिनामा जाडो सुरु हुनअगि कोरिन्‍थमा पुग्‍न कोसिस गर्नेछन् ।

एउटा फराकिलो ढोका खोलिएको छ

परमेश्‍वरले उनलाई सुसमाचारमा मानिसहरूलाई जित्‍न दिनुभएको अवसरलाई पावलले परमेश्‍वरले खोलिदिनुभएको एउटा ढोका जसरी कुरा गर्छन् जसद्वारा भएर उनी हिँड्न सक्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Corinthians 16:10-12

तिनी तिमीहरूसँग बिनाडर छन् भन्‍ने कुरामा ध्यान देओ

“तिमीहरूसँग बस्दा तिनी डराउनुपर्ने कुनै कारण नहोस् भनेर ध्यान देओ”

कसैले पनि तिनको अवहेलना नगरोस्

किनकि तिमोथी पावलभन्दा धेरै जवान थिए, कहिलेकाहीँ सुसमाचारको सेवकको रूपमा तिनलाई आदर देखाइँदैनथ्यो ।

हाम्रा भाइ अपोल्लोस

यहाँ “हाम्रा” शब्‍दले पावल र तिनका पाठकहरूलाई जनाउँछ, त्यसैले यो समावेशी छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

अनुवादका शब्‍दहरू

1 Corinthians 16:13-14

सतर्क रहो, विश्‍वासमा दृढ बस, मर्द झैँ बन र सामर्थी बन

युद्धमा रहेका सिपाहीहरूलाई चार आज्ञा दिए झैँ गरी कोरिन्थीहरूले के गरेको उनले चाहन्छन् भनेर पावलले वर्णन गरिरहेका छन् । यी चार आज्ञाको अर्थ करिब उही नै हुन्छ र जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

सतर्क रहो

के हुँदैछ भनेर सचेत हुने कुरालाई पावलले तिनीहरू कुनै सहर वा दाखबारीको पहरेदारी गरिरहेका पहरेदारहरू भएको जसरी बताउँछन् । यसलाई अझ स्‍पष्‍ट पारेर व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “तिमीहरू कसमाथि भर पर्छौ भनेर होसियार होओ” वा “खतराको लागि चनाखो होओ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

विश्‍वासमा दृढ बस

मानिसहरूले तिनको शिक्षा अनुसार ख्रीष्‍टलाई विश्‍वास गर्न निरन्‍तरता दिइरहने कुरालाई तिनीहरू शत्रुहरूले आक्रमण गर्दा पछि हट्न इन्कार गरिरहेका सिपाहीहरू भए झैँ गरी पावलले बताउँछन् । सम्‍भावित अर्थहरू हुन् १) “हामीले तिमीहरूलाई जे सिकाएका छौं, त्‍यसलाई बलियोसँग विश्‍वास गरिराख” वा २) “ख्रीष्‍टमा बलियो गरी भरोसा गरिरहो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मर्द झैँ बन

पावल र तिनका श्रोताहरू बस्ने समाजमा, पुरुषहरूले कठोर मेहनतको काम गरेर र आक्रमणकारीहरू विरुद्ध लडेर आफ्‍ना परिवारहरूका खाँचोहरू जुटाउँथे । यसलाई अझ स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जिम्मेवार बन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरुले जे जति गर्छौ ती सबै प्रेममा गरिएका होउन्

“तिमीले गर्ने हरेक कुराले तिमीले मानिसहरुलाई प्रेम गर्छौ भनेर तिनीहरुलाई देखाउनु पर्छ”

अनुवादका शब्‍दहरू

1 Corinthians 16:15-16

जोड्ने कथनः

पावलले आफ्‍नो पत्रको अन्‍त्य गर्न सुरु गर्छन् र अरू मण्‍डलीहरू, प्रिस्‍का, अकिलास र पावल आफैँको अभिवादनहरू पठाउँछन् ।

स्तिफनासको घराना

स्तिफनास कोरिन्थमा भएको मण्‍डलीका अगिल्ला विश्‍वासीहरूमध्ये एक थिए । (हेर्नुहोस्ः INVALID translate/translate-names)

अखैया

यो ग्रीसमा रहेको एक प्रान्तको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

अनुवादका शब्‍दहरू

1 Corinthians 16:17-18

स्तिफनास, फोर्टुनाटस र अखाइकस

यी व्यक्तिहरू कि त कोरिन्थका अगिल्ला विश्‍वासीहरू हुनुपर्छ कि त पावलसँगै काम गर्ने मण्डलीका एल्डरहरू थिए ।

स्तिफनास, फोर्टुनाटस र अखाइकस

यी मानिसहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

तिनीहरूले तिमीहरूको अनुपस्‍थितिलाई पूरा गरिदिए

“तिमीहरू यहाँ नभएको वास्तविकतालाई तिनीहरूले टालिदिए ।”

किनकि तिनीहरूले मेरो आत्मालाई ताजा पारिदिएका छन्

पावल भन्दै थिए कि उनी तिनीहरूसँगको भेटले उत्साहित भएका थिए ।

अनुवादका शब्‍दहरू

1 Corinthians 16:19-20

अनुवादका शब्‍दहरू

1 Corinthians 16:21-24

म पावल, मेरो आफ्‍नै हातले यो लेख्छु

हुन त बाँकीको पत्र उनका सङ्गी-कर्मीहरूमध्ये एकजनाले पावलले भनिरहेका कुराहरूलाई लेखेको भएतापनि, पावलले स्‍पष्‍ट पार्दैछन् कि यो पत्रमा भएका सुझावहरू तिनी आफैँले दिएका हुन् । यो अन्तिम भागचाहिँ पावलले आफ्‍नै हातले लेखे ।

त्यो श्रापित होस्

“परमेश्‍वरले त्‍यसलाई श्राप देउन् ।” “श्रापित”लाई १ कोरिन्थीहरू १२:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

अनुवादका शब्‍दहरू