Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

2 Corinthians

2 Corinthians front

2 Corinthians front:intro

२ कोरिन्थीहरूको परिचय

भाग १: सामान्य परिचय

२ कोरिन्थीहरूको पुस्तकको रूपरेखा
  1. पावलले कोरिन्थी विश्‍वासीहरूका लागि परमेश्‍वरलाई धन्यवाद दिन्छन् (१:१-११)
  2. पावलले उनको व्यवहार र उनको सेवकाइलाई व्याख्या गर्छन् (१:१२-७:१६)
  3. पावलले येरूशलेमको मण्‍डलीको लागि पैसाको योगदानको बारेमा कुरा गर्छन् (८:१-९:१५)
  4. पावलले एक प्रेरितको रूपमा भएको उनको अधिकारलाई प्रतिरोध गर्छन् (१०:१-१३:१०)
  5. पावलले अन्तिम अभिवादनहरू र उत्साह दिन्छन् (१३:११-१४)
२ कोरिन्थीहरूको पुस्तक केको बारेमा हो ?

२ कोरिन्थीहरूमा, कोरिन्थमा भएको सहरमा भएका ख्रीष्‍टिएनहरूका माझमा भएका बेमेलहरूका बारेमा लेख्‍नलाई निरन्तरता दिन्छन् । पावलले यस पत्रमा लेखेका कुराहरूबाट प्रस्‍ट हुन्छ कि कोरिन्थीहरूले उनले तिनीहरूलाई अघि दिएका निर्देशनहरूको पालना गरेका थिए । २ कोरिन्थीहरूमा, पावलले तिनीहरूलाई परमेश्‍वरलाई प्रसन्‍न बनाउने तरिकाले जिउनलाई प्रोत्साहन गर्छन् ।

येशू ख्रीष्‍टले नै साँच्‍चै उनलाई एक प्रेरितको रूपमा सुसमाचार प्रचार गर्न पठाउनुभयो भनेर तिनीहरूलाई विश्‍वस्त बनाउनलाई पनि पावलले लेख्‍छन् । कोरिन्थी ख्रीष्‍टिएनहरूले यो कुरा थाहा गरेका धेरै महत्त्वपूर्ण थियो भनेर पावलले सोचे, किनभने उनी सधैँ यहूदी ख्रीष्‍टिएनहरूबाट विरोध गरिएका झैँ देखिन्थे, जो मोशाको व्यवस्थाको पालना नगरिरहेका अन्यजातिहरूको लागि पनि परमेश्‍वरको अनुग्रहको बारेमा भएको उनको सन्देशसँग बेखुशी थिए ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “दोस्रो कोरिन्थीहरू” वा “कोरिन्थमा भएको मण्‍डलीलाई पावलको दोस्रो पत्र” भनेर बोलाउनलाई छान्‍न सक्छन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

२ कोरिन्थीहरूको पुस्तक कसले लेखे ?

तार्ससका पावल यसका लेखक थिए । उनले आफू कोरिन्थमा केही समय बसेर मण्‍डली स्थापना गरिसकेपछि शायद एफिससबाट यो पत्र लेखे । पावल ख्रीष्‍टतर्फ फर्कनभन्दा अगाडि उनलाई “शाऊल” भनेर चिनिन्थ्यो, जब उनी मण्‍डलीलाई सतावट ल्याउने एक व्यक्ति भएका थिए ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

कोरिन्थको सहर कस्तो प्रकारको थियो ?

कोरिन्थ प्राचीन ग्रीसमा अवस्थित प्रमुख सहर थियो । किनकि यो भूमध्य सागरको नजिकै थियो, धेरै मानिसहरूले त्यहाँ सामानहरू किन्‍ने र बेच्‍ने गर्थे । यसले गर्दा त्यस सहरमा थुप्रै विभिन्‍न संस्कृतिका मानिसहरू भए । यसलाई यसको अनैतिकताको लागि जानिएको थियो । यसका धार्मिक अभ्यासहरू अफ्रोडाइट, प्रेमको देवीमा केन्द्रित थिए । अफ्रोडाइटलाई सम्‍मान गर्ने चाडपर्वहरूको रूपमा, त्यसका पूजा गर्नेहरूले मन्दिरका वेश्‍याहरूसँग शारीरिक सम्बन्धहरू राख्‍थे ।

“झूटा प्रेरितहरू” भनेर पावलले के अर्थ दिन खोजे (११:१३) ?

यिनीहरू ख्रीष्‍टिएन अगुवाहरू थिए जसले ख्रीष्‍टलाई पछ्याउनको लागि मोशाको व्यवस्थाको पालना गर्नुपर्छ भनेर अन्यजाति ख्रीष्‍टिएनहरूलाई सिकाए । यो प्रस्‍ट छ कि यस प्रश्‍नको निधो गर्नलाई मण्‍डलीका अगुवाहरू येरूशलेममा बैठक बसिसकेपछि पनि (हेर्नुहोस्ः प्रेरितहरू १५), त्यहाँ यस विषयलाई लिएर धेरै असहमति थियो ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

# “तिमी”को एकवचन र बहुवचन रूप

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र त्यसले विश्‍वासीहरूलाई जनाउँछ जसले यो पत्र पढ्न सक्छन् । यसका दुई अपवादहरू ६:२ र १:२९ हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-you)

२ कोरिन्थीहरूको यूएलबीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्‍त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, २ कोरिन्थीहरूको यूएलबीले निम्‍न सिद्धान्तहरूको प्रयोग गर्छः

  • अधिकांश सन्दर्भहरूले ख्रीष्‍टिएनहरूले निभाएको कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्‍डहरूमा, यूएलबीले “विश्‍वासी” वा “विश्‍वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः १:१; ८:४; ९:१, १२; १३:१३)

जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्‍छन्, यूएलबीमा गरिएका छनोटहरूद्वारा तिनीहरूलाई धेरैपटक सहयोग हुन सक्छ ।

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारका अभिव्यक्तिहरू १:१९, २०, २:१२, १७; ३:१४, ५:१७, १९, २१; १०:१७; १२:२, १९; र १३:४, २५; १२:३, ९, १३, १८, २५; १४:१६; १५:१८, १९, २२, ३१, ५८; १६:१९, २४ मा आउँछन् । ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्नको लागि पावलले सामान्य अर्थमा भनेका हुन् । त्यही समयमा, उनले धेरैपटक अन्य प्रकारका सम्बन्धहरूको पनि सङ्केत दिन खोज्छन् । उदाहरणको लागि, हेर्नुहोस्, “मेरो लागि प्रभुद्वारा एउटा ढोका खोलिएको थियो” (२:१२) ।

कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ कोरिन्थीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • “र हाम्रो लागि भएको तिमीहरूको प्रेममा” (८:७) । यूएलबी र यूडिबी समेत गरेर, अधिकांश संस्करणहरूमा यसरी भनिएको छ । तापनि, धेरै अरू संस्करणहरूमा यसरी भनिएको छ, “र तिमीहरूका लागि भएको हाम्रो प्रेममा” । त्यहाँ एउटा बलियो प्रमाण छ कि हरेक भनाइ मौलिक हो । अनुवादकहरूले तिनीहरूका क्षेत्रहरूमा पाइने अन्य संस्करणहरूले रुचाएका भनाइलाई शायद पछ्याउनुपर्छ ।

(हेर्नुहोस्ः INVALID translate/translate-textvariants)

(५:१७) मा ख्रीष्‍टमा “नयाँ सृष्‍टि” हुने भन्‍नुको अर्थ के हो ?

कुनै व्यक्ति ख्रीष्‍टमा विश्‍वासमा आउँदा परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई एउटा “नयाँ संसार”को भाग बनाउनुहुन्छ भन्‍ने पावलको सन्देश हो । यो परमेश्‍वरले दिनुहुने पवित्रता, शान्ति, र आनन्दको नयाँ संसार हो । यो नयाँ संसारमा, विश्‍वासीहरूसँग पवित्र आत्माले तिनीहरूलाई दिनुभएको नयाँ स्वभाव हुन्छ । अनुवादकले यो विचारलाई व्यक्त गर्ने कोसिस गर्नुपर्छ ।

2 Corinthians 1

2 Corinthians 1:intro-0

२ कोरिन्थीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पहिलो हरफ चाहिँ प्राचीन पूर्व नजिक क्षेत्रमा कुनै पत्रलाई सुरु गर्ने सामान्य तरिकाको एक झलक हो ।

कोरिन्थी मण्‍डलीलाई लेखिएको पावलको पहिलो कोरिन्थीहरू भनी जानिएको, अघिल्‍लो पत्रको कुनै पनि अध्यायमा भन्दा अलि नरम लवजमा यो अध्याय सुरु हुन्छ ।

# पावलको निष्‍ठा

मानिसहरूले पावलको आलोचना गरिरहेका छन् र भनिरहेका छन् कि उनी इमान्दार छैनन् । उनले गरिरहेका कुराहरूमा भएका उनका अभिप्रायहरूको व्याख्या गरेर उनले तिनीहरूलाई गलत ठहर्‍याउँछन् ।

विशेष अवधारणाहरू
# सान्तवना

यो यस अध्यायको प्रमुख विषयवस्तु हो । ख्रीष्‍टिएनहरूलाई सान्तवना दिने काम पवित्र आत्माको हो । यो सम्भाव्य छ कि त्यहाँ केही कष्‍ट थियो र कोरिन्थीहरूलाई सान्तवना दिन खाँचो थियो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# आलङ्कारिक प्रश्‍न

बेइमानीपनको आरोपको विरुद्धमा आफ्नो प्रतिरोध गर्ने उद्देश्‍यको लागि पावलले दुई आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# हामी

यो हुन सक्छ कि पावलको “हामी” सर्वनामको प्रयोगले कम्तिमा पनि तिमोथी र उनी आफैँलाई प्रतिनिधित्व गर्छ । यो सम्भव छ कि यसले अरू मानिसहरूलाई पनि समेटको हुन सक्छ ।

# प्रत्याभूति

पवित्र आत्मालाई एक ख्रीष्‍टिएनको अनन्त जीवनको लागि प्रत्याभूति, धरौटी वा बैना भनिन्छ । हुन त एक ख्रीष्‍टिएनको उद्धार सुरक्षित हुन्छ, तिनीहरूलाई दिइएको प्रतिज्ञाहरूको अनुभव तिनीहरूले मृत्युपूर्व अनुभव गर्न पाउँदैनन् । यो त्यसपछि मात्र हो जब तिनीहरूले अनन्त जीवनको उपहार ग्रहण गर्ने कुराको अनुभव पाउनेछन् । यो कुरा हुनेछ भन्‍नलाई एउटा व्यक्तिगत प्रत्याभूतिको रूपमा यहाँ पवित्र आत्मालाई देखाइएको छ । यो अवधारणा व्यवसायको भाषाबाट आउँछ जहाँ कुनै व्यक्तिले पैसा भुक्तानी गर्नेछन् भन्‍ने कुराको “प्रत्याभूति”को रूपमा अर्को व्यक्तिलाई केही मूल्यवान् थोक दिन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/eternity अनि INVALID bible/kt/save)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 1:1-2

सामान्य जानकारीः

पावलले कोरिन्थको मण्डलीलाई अभिवादन गरेपछि, उनले सतावट र येशू ख्रीष्‍टद्वाराको सान्त्वनाको बारेमा लेख्छन् । तिमोथी पनि उनीसित नै छन् ।

सामान्य जानकारीः

यस पत्रभरी “तिमी” शब्दले कोरिन्थको मण्डलीमा भएका मानिसहरू र त्यस क्षेत्रका बाँकी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । सम्भवतः पावलले भनेका कुरा तिमोथीले चर्मपत्रमा लेख्छन् ।

पावल ... कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई

तपाईंको भाषामा पत्रको लेखक र त्यसका लक्षित प्रापकहरूलाई सम्बोधन गर्ने कुनै खास तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “म, पावलले तिमीहरू, कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, यो पत्र लेखेँ”

तिमोथी हाम्रा भाइ

यसले सङ्केत गर्छ कि पावल र कोरिन्थीहरू दुवैले तिमोथीलाई चिन्थे र तिनीहरूले तिनलाई तिनीहरूको आत्मिक भाइ ठान्थे ।

अखैया

यो वर्तमान समयको ग्रीसको पश्‍चिमी भागमा पर्ने रोमी प्रान्तको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

तिमीहरूलाई अनुग्रह र शान्ति

यो पावलले आफ्ना पत्रहरूमा प्रायः प्रयोग गर्ने अभिवादन हो ।

translationWords

2 Corinthians 1:3-4

हाम्रो प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर तथा पितालाई स्तुति होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर तथा पितालाई हामीले सदैव स्तुति गरौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परमेश्‍वर तथा पिता

“परमेश्‍वर, जो पिता हुनुहुन्छ”

दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर

यी दुई वाक्यांशहरूले एउटै कुरालाई दुई फरक तरिकाले बताउँछ । दुवै वाक्यांशहरूले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर

सम्भावित अर्थहरू हुन् १) “दया” र “सारा सान्त्वना” जस्ता शब्दहरूले “पिता” र “परमेश्‍वर”को चरित्रलाई वर्णन गर्छ वा २) “पिता” र “परमेश्‍वर” शब्दहरूले त्यो व्यक्तिलाई जनाउँछ जो “दया” र “सारा सान्त्वना”को स्रोत हुनुहुन्छ ।

हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ

यहाँ “हामीलाई” र “हाम्रो”ले कोरिन्थीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

translationWords

2 Corinthians 1:5-7

जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ

पावलले ख्रीष्‍टका कष्‍टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्‍टले हाम्रो निम्ति अत्यधिक कष्‍ट भोग्‍नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ख्रीष्‍टका कष्‍टहरू

सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्‍टको बारेमा प्रचार गरेको कारण भोगेका कष्‍टलाई जनाउँछ वा २) यसले ख्रीष्‍टले तिनीहरूका निम्ति भोग्नुभएको कष्‍टलाई जनाउँछ ।

हाम्रा सान्त्वना प्रचुर हुन्छ

पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तर यदि हामीले दुःख भोग्यौँ भने

यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, कोरिन्थीहरूलाई होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर यदि मानिसहरूले हामीलाई कष्‍ट दिन्छन् भने” (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-activepassive)

यदि हामीलाई सान्तवना दिइयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले हामीलाई सान्तवना दिनुहुन्छ भने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिम्रो सान्तवनाले प्रभावकारी किसिमले काम गरिरहेको छ

“तिमीहरूले प्रभावकारी सान्तवना अनुभव गर्छौ”

translationWords

2 Corinthians 1:8-10

तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले थाहा गरेको हामी चाहन्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

हामीहरू पूर्ण रूपले हामीले खप्‍नसक्ने भन्दा ज्यादा मिचिएका थियौँ

पावल र तिमोथीले तिनीहरूको निराशाको संवेगलाई तिनीहरूले बोक्नुपर्ने गह्रौँ भारीजस्तै गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीहरू पूर्ण रूपले मिचिएका थियौँ

शब्द “मिचिएका” ले निराशाको भावलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले भोगेका कष्‍टहरूले हामीलाई पूर्ण रूपमा कुल्च्यो” वा “हामी पूर्ण निराशामा थियौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामीमाथि मृत्युदण्डको आदेश थियो

पावल र तिमोथीले उनीहरूको निराशाको भावलाई मृत्युदण्डको दोष पाएको व्यक्तिसँग तुलना गर्दै छन् । वैकल्पिक अनुवादः “हामी मृत्युदण्डको दोष पाएको व्यक्ति झैँ निराशामा थियौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तर बरु परमेश्‍वरमा

“भरोसा गरौँ” भन्ने शब्दहरू यस वाक्यांशबाट छुटेको छ । वैकल्पिक अनुवादः “तर बरु, हाम्रो भरोसा परमेश्‍वरमा राख्‍न” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

मृतकहरूलाई उठाउनुहुने

“जसले मरेकाहरूलाई जीवनमा फिर्ता ल्याउनुहुन्छ”

घातक जोखिम

पावलले उनीहरूले भोगेका कष्‍टहरूका कारण भएको उनको निराशाको भावलाई एउटा घातक जोखिम वा भयानक खतरासँग तुलना गर्छन् (यूडीबी) । वैकल्पिक अनुवादः “निराशा” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 1:11

जसै तिमीहरूले पनि हामीलाई मदत गर्छौ उहाँले यो गर्नुहुनेछ

“जसै तिमीहरू अर्थात् कोरिन्थको मण्डलीका मानिसहरूले पनि हामीलाई सहयोग गर्छौ, परमेश्‍वरले हामीलाई खतराबाट बचाउनुहुनेछ”

हामीलाई दिइएको अनुग्रही कृपा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनुग्रही कृपा जुन परमेश्‍वरले हामीलाई दिनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 1:12-14

सामान्य जानकारीः

पावलले यी पदहरूमा “हामी”, “हाम्रो”, “हामी आफैँ”, र “हामीलाई” शब्दहरू आफैँ र तिमोथीलाई र सम्भवतः तिनीहरूसँगै सेवा गर्ने अरूहरूलाई जनाउन प्रयोग गर्छन् । यी शब्दहरूले उनले पत्र लेखिरहेका मानिसहरूलाई समेट्दैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

हामी यस कुरामा गर्व गर्छौं... गर्व गर्ने तिमीहरूको कारण

यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्‍टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।

हाम्रो विवेकले गवाही दिन्छ

पावलले दोषी नभएको कुरालाई मानौँ उनको विवेक एउटा बोल्‍न सक्‍ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “हामीले हाम्रो विवेकद्वारा जान्दछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

शारीरिक बुद्धिमा होइन, तर परमेश्‍वरको अनुग्रहमा भर परेर

यहाँ “शारीरिक” शब्दले मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी मानवीय बुद्धिमा होइन, तर परमेश्‍वरको अनुग्रहमा भर परेका छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरूले लेखेका सबै कुरा तिमीहरूले पढ्न र बुझ्न सक्छौ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

translationWords

2 Corinthians 1:15-16

जोड्ने कथनः

पावलले उनको पहिलो पत्रपछि कोरिन्थमा भएका विश्‍वासीहरूलाई भेट्ने विशुद्ध उद्देश्‍यहरूसँग उनको सच्चा अपेक्षालाई व्याख्या गर्छन् ।

सामान्य जानकारीः

पावलले कोरिन्थीहरूलाई कम्तीमा तीन वटा पत्रहरू लेखे । बाइबलमा कोरिन्थीहरूलाई लेखिएको दुई वटा पत्रहरू मात्र अभिलेख राखिएका छन् ।

यो कुरामा म निर्धक्‍क भएको कारण

“यो” शब्दले कोरिन्थीहरूको बारेमा पावलका अघिल्ला टिप्पणीहरूलाई जनाउँछ ।

तिमीहरूले दुईवटा भेटघाटहरूको लाभ प्राप्‍त गर्न सक

“मैले तिमीहरूलाई दुई पटक भेटेको कुराबाट तिमीहरूले लाभ लिन सक”

मलाई यहूदियाको मेरो यात्रामा पठाइदिन

“यहूदियाको मेरो यात्रामा मलाई सहायता पुर्‍याउन”

translationWords

2 Corinthians 1:17-18

के म हिच्किचाउँदै थिएँ ?

पावलले कोरिन्थीहरूलाई भेट्ने तिनको निर्णयमा तिनी पक्‍का भएको कुरालाई जोड दिनलाई यो प्रश्‍न प्रयोग गर्छन् । प्रश्‍नको अपेक्षित जवाफ होइन हो । वैकल्पिक अनुवादः “म हिच्किचाइरहेको थिइनँ ।” वा “म मेरो निर्णयमा पक्‍का थिएँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के म मानवीय मापनअनुसार कुराहरूको योजनाहरू बनाउँछु ... एकै समयमा ... ?

पावलले कोरिन्थीहरूलाई भेट्ने उनको योजनाहरू सच्चा थिए भन्‍ने कुरालाई जोड दिन यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म मानवीय मापदण्डअनुसार कुराहरूको योजना बनाउँदिन ... एउटै समयमा ... ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के म कुराहरूको योजनाहरू बनाउँछु ... कि म एकै समयमा “हो, हो” र “होइन, होइन” भन्छु ?

यसको अर्थ हो कि पावलले एकै समयमा उनले भेटघाट गर्नेछन् र उनले भेटघाट गर्नेछैनन् भनेर भनेनन् । “हो” र “होइन” शब्दहरू जोड दिनको निम्ति दोहोर्‍याइएको छ । वैकल्‍पिक अनुवादः “म कुराहरूको योजनाहरू बनाउँदिन ... ताकि मैले 'हो, म निश्‍चय नै भेटघाट गर्नेछु' र 'होइन, म पक्कै पनि भेटघाट गर्नेछैन' भनी एकै बखतमा भनूँ !” (हेर्नुहोस्ः INVALID translate/figs-explicit अनि INVALID translate/figs-doublet)

translationWords

2 Corinthians 1:19-20

किनभने परमेश्‍वरको पुत्र ... “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदैव “हो” नै हुनुहुन्छ ।

येशूले परमेश्‍वरको प्रतिज्ञाहरूको बारेमा “हो” भन्नुहुन्छ, जसको अर्थ हो कि तिनीहरू सत्य हुन् भनी उहाँले पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरको पुत्र ... परमेश्‍वरका प्रतिज्ञाहरूको बारेमा ‘हो’ र ‘होइन’ भन्‍नुहुन्न । बरु उहाँले सदैव ‘हो’ भन्नुहुन्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपमा हो जसले परमेश्‍वरसितको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छन्

यसको अर्थ हो कि येशूले परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई येशू ख्रीष्‍टमा पक्का गरिन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

उहाँमा “हो” हुन्छन् ... हामी उहाँद्वारा भन्छौँ

“उहाँ” शब्दले येशू ख्रीष्‍टलाई जनाउँछ ।

translationWords

2 Corinthians 1:21-22

परमेश्‍वर जसले हामीलाई तिमीहरूसित सुदृढ गर्नुहुन्छ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर जसले हाम्रो सम्बन्धलाई एक आपसमा सुदृढ गर्नुहुन्छ किनभने हामी ख्रीष्‍टमा छौँ” वा २) “परमेश्‍वर जसले ख्रीष्‍टसँग दुवै हाम्रो र तिमीहरूको सम्बन्धलाई सुदृढ पार्नुहुन्छ ।”

उहाँले हामीलाई नियुक्त गर्नुभयो

सम्भावित अर्थहरू हुन् १) “उहाँले हामीलाई सुसमाचार प्रचार गर्नलाई पठाउनुभयो” वा २) “उहाँको हामीलाई उहाँका मानिसहरू हुनलाई चुन्नुभयो ।”

उहाँले हामीमा उहाँको मोहोर लगाउनुभयो

हामी परमेश्‍वरका हौँ भनेर परमेश्‍वरले देखाउनुहुने कुरालाई हामी उहाँका हौँ भन्‍ने चिन्ह परमेश्‍वरले हामीमा लगाउनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्‍पिक अनुवादः “उहाँले हामीमाथि उहाँको स्वमित्वको चिन्ह लगाउनुभएको छ” वा “हामी उहाँका हौँ भन्‍ने कुरा उहाँ देखाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीलाई हाम्रो हृदयहरूमा आत्मा दिनुभयो

यहाँ “हृदयहरू” भन्‍ने शब्दले व्यक्तिको सबैभन्दा अन्तरभागलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी हरेक भित्र बस्नलाई आत्मा दिनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)

आत्मा... बैनाको रूपमा

आत्माको बारेमा यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति आंशिक किस्ता हुनुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 1:23-24

म परमेश्‍वरलाई मेरो साक्षी दिनको लागि पनि पुकार्छु

“साक्षी दिनको लागि” पदावलीले कुनै बहसलाई मिलाउनको निम्ति कुनै व्यक्तिले आफूले देखेको वा सुनेको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा सत्य हो भनेर देखाइदिन म परमेश्‍वरलाई बिन्ती गर्छु”

ताकि म तिमीहरूलाई बचाउन सकूँ

“ताकि म तिमीहरूलाई थप कष्‍टमा नपारूँ”

हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसित काम गरिरहेका छौँ

“हामी तिमीहरूसँगै काम गरिरहेका छौँ ताकि तिमीहरूलाई आनन्द हुन सकोस्”

तिमीहरूको विश्‍वासमा खडा होओ

“खडा” शब्दले परिवर्तन नहुने केही कुरालाई जनाउन सक्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको विश्‍वासमा दृढ रहो” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

translationWords

2 Corinthians 2

2 Corinthians 2:intro-0

२ कोरिन्थीहरू ०२ सामान्य टिपोटहरू

विशेष अवधारणाहरू
# खस्रो लेखन

यो अध्याय, ठूलो भागमा, पावलले कोरिन्थीहरूलाई अगाडि लेखेका पत्रलाई जनाएर लेखिएको छ । त्यो पत्रमा खस्रो, सुधारात्मक लवज थियो । त्यो शायद पहिलो कोरिन्थीहरू भनेर जानिएको पत्र र यो पत्रको बीचमा लेखिएको थियो । त्यसले मण्‍डलीमा भएको एउटा खास अवस्थालाई पनि जनाउँछ जसलाई घुमाउरो भाषामा मात्रै बुझ्‍न सकिन्छ । यो सम्भव छ कि गल्ती गर्ने एकजना सदस्यलाई हप्‍काउन मण्‍डलीलाई कर लगाइएको थियो र अब पावलले त्यस व्यक्तिलाई अनुग्रह देखाउन तिनीहरूलाई प्रोत्साहन गरिरहेका थिए । (हेर्नुहोस्ः INVALID bible/kt/grace अनि INVALID translate/figs-explicit)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# सुगन्ध

एउटा मिठो सुगन्ध वा बास्ना आनन्ददायक हुन्छ । यो धर्मशास्‍त्रमा भएको एउटा मगत्त्वपूर्ण चित्रण हो । परमेश्‍वरलाई प्रसन्‍न बनाउने कुराहरूलाई धेरैपटक मिठो बास्ना आउने कुराको रूपमा वर्णन गरिएको छ ।

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 2:1-2

जोड्ने कथनः

तिनीहरूप्रतिको तिनको महान्‌ प्रेमले गर्दा उनको पहिलो पत्रको उनको हप्की (अनैतिकताको पापलाई तिनीहरूले स्वीकार गरेकामा हप्की) ले उनलाई साथै कोरिन्थका मण्डलीका मानिसहरू र अनैतिक मानिसलाई पनि पीडा दियो भनी पावलले प्रष्‍ट पार्छन् ।

मेरो आफ्नो लागि मैले निर्णय गरेँ

“मैले निर्णय गरेँ”

पीडादायी परिस्थितिहरूमा

“तिमीहरूलाई पीडा दिन सक्ने परिस्थितिहरूमा”

यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र ?

पावल तिनीहरूकहाँ आउने कुराले तिनीहरूलाई पीडा दिन्छ भने यसले न त उनलाई न तिनीहरूलाई नै लाभ हुन्छ भनी जोड दिन उनले यो आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई पीडा दिएँ भने, मलाई खुशी तुल्याउने भनेको ती नै व्यक्तिहरू हुन् जसलाई मैले पीडा दिएको थिएँ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

त्यही व्यक्ति जसलाई मद्वारा पीडा भएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यही व्यक्ति जसलाई मैले चोट पुर्‍याएको थिएँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

2 Corinthians 2:3-4

मैले जसरी ... मैले त्यसरी लेखेँ

यसले अर्को पत्रलाई जनाउँछ जुन पावलले कोरिन्थीहरूलाई लेखेका थिए, जुन हराइसकेको छ । वैकल्‍पिक अनुवादः “मैले लेखेँ जसरी मैले मेरो अघिल्लो पत्रमा लेखेको थिएँ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

मलाई खुशी तुल्याउनुपर्नेहरूद्वारा मलाई चोट नपुर्‍याइओस्

पावलले उनलाई संवेगात्मक पीडा दिने केही कोरिनथीहरूको बारे उल्लेख गरिरहेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई रमाहट गराउनुपर्नेहरूले मलाई चोट नलगाऊन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मेरो आनन्द तिमीहरू सबैमा भएको आनन्द नै हो

“तिमीहरूलाई जे कुराले आनन्द दिन्छ मलाई पनि त्यही कुराले आनन्द दिन्छ”

ठूलो कष्‍टबाट

यहाँ “कष्‍ट” शब्दले भावनात्मक पीडालाई जनाउँछ ।

हृदयको पीडा साथ

यहाँ “हृदय” शब्दले संवेगहरूको स्थानलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अत्यन्त कष्‍टसित” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

धेरै आँशुका साथ

“धेरै विलाप गरेर”

translationWords

2 Corinthians 2:5-7

केही मात्रामा

“केही हदसम्म”

यसलाई अझै धेरै रूखो रूपमा नभन्‍न

सम्भावित अर्थहरू हुन् १) “म यसलाई अति कठोर रूपमा भन्न चाहन्न” वा २) “म बढाइचढाइ गर्न चाहन्न ।”

अधिकांशबाट त्यस व्यक्तिलाई दिइएको दण्ड पर्याप्‍त छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “दण्ड” शब्दलाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन तरिकाले त्यो व्यक्तिलाई अधिकांशले दण्‍ड दिएको छ, सो पर्याप्‍त छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-abstractnouns)

पर्याप्‍त छ

“पुग्‍दो छ”

त्यो धेरै कष्‍टले विचलित नहोस्

यसको अर्थ अति धेरै कष्‍टको प्रबल संवेगात्मक प्रतिक्रिया हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अत्यन्त कष्‍टले उसलाई विचलित नबनाओस्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 2:8-9

जोड्ने कथनः

तिनीहरूले दण्ड दिएका व्यक्तिलाई प्रेम देखाउन र क्षमा दिनलाई पावलले कोरिन्थको मण्डलीलाई उत्साह दिन्छन् । उनले पनि त्यसलाई क्षमा गरेका छन् भनी उनले लेख्छन् ।

उसको निम्ति तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर

यसको आशय तिनीहरूले यस मानिसप्रति तिनीहरूको प्रेम सबै विश्‍वासीहरूको सामु पुष्‍टि गर्नुपर्छ भन्‍ने हो ।

तिमीहरू सबै कुरामा आज्ञाकारी छौ

सम्भावित अर्थहरू हुन् 1) “तिमीहरू सबै कुरामा परमेश्‍वरप्रति आज्ञाकारी छौ” वा २) “मैले तिमीहरूलाई सिकाएका सबै कुरामा तिमीहरू आज्ञाकारी छौ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 2:10-11

यसलाई तिमीहरूको खातिर क्षमा गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको खातिर मैले त्यसलाई माफ गरिदिएको छु” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरूका खातिर क्षमा गरिएको

सम्भावित अर्थहरू हुन्ः १) “तिमीहरूका निम्ति मेरो प्रेमको कारण क्षमा गरिएको” (यूडीबी) वा (२) “तिमीहरूको भलाइको निम्ति क्षमा गरिएको ।”

किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौँ

पावलले विपरित कुरालाई जोड दिन नकारात्मक अभिव्यक्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि हामीलाई त्यसका योजनाहरूको बारेमा राम्ररी थाहा छ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

translationWords

2 Corinthians 2:12-13

जोड्ने कथनः

पावलले त्रोआस र माकेडोनियामा सुसमाचार प्रचार गर्न पाएका अवसरहरूलाई उल्लेख गरेर कोरिन्थका विश्‍वासीहरूलाई उत्साह दिन्छन् ।

प्रभुद्वारा मेरो लागि एउटा ढोका खोलियो … सुसमाचार प्रचार गर्न

पावलले सुसमाचार प्रचार गर्ने आफ्नो अवसरलाई एउटा ढोकाको रूपमा कुरा गर्छन् जसद्वारा भएर जान उनलाई अनुमति मिलेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले मेरो निम्ति एउटा ढोका खोल्नुभयो... सुसमाचार प्रचार गर्न” वा “प्रभुले मलाई अवसर दिनुभयो... सुसमाचार प्रचार गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

मेरो मनमा चैन थिएन

“मेरो मन विचलित थियो” वा “म चिन्तित थिएँ”

मेरा भाइ तीतस

पावलले तीतसलाई उनको आत्मिक भाइको रूपमा बताउँछन् ।

त्यसैले मैले तिनीहरूलाई छाडेँ

“त्यसैले मैले त्रोआसका मानिसहरूलाई छाडेँ”

translationWords

2 Corinthians 2:14-15

परमेश्‍वर, जसले ख्रीष्‍टमा हामीलाई सँधै विजयमा अगुवाइ गर्नुहुन्छ

पावलले परमेश्‍वरको बारेमा उहाँ एक विजयी जुलुसलाई अगुवाइ गरिरहनुभएको एक विजयी सेनापति र उनी आफैँ र उनका सहकर्मीहरूचाहिँ त्यस जुलुसमा सहभागी हुने व्यक्तिहरू भए झैँ गरी बताउँछन् । सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर, जसले ख्रीष्‍टमा हामीलाई सदैव उहाँको विजयमा सहभागी हुन लगाउनुहुन्छ” वा २) “परमेश्‍वर, जसले ख्रीष्‍टमा हामीलाई ती व्यक्तिहरूमाथि सदैव विजयमा अगुवाइ गर्नुहुन्छ जसमाथि उहाँले विजय हासिल गर्नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उहाँले हामीद्वारा सबैतिर उहाँको ज्ञानको मिठो सुबास्ना फैलाउनुहुन्छ

पावलले ख्रीष्‍टको ज्ञानलाई मिठो बास्ना भएको धूप झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “जसरी बलिरहेको धूपको मिठो बास्ना त्यसको नजिक रहेका सबैजनातिर फैलिन्छ, त्यसै गरी उहाँले ख्रीष्‍टको ज्ञानलाई हाम्रो कुरा सुन्‍ने सबैकहाँ फैलन लगाउनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सबैतिर

“हामी जाने सबैठाउँमा”

हामी परमेश्‍वरको निम्ति ख्रीष्‍टको मिठो बास्ना हौँ

पावलले उनको सेवकाइलाई कसैले परमेश्‍वरको निम्ति चढाएको होमबलि झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ख्रीष्‍टको सुबास्‍ना

सम्भावित अर्थहरू हुन् १) “मिठो सुबास्‍ना जुन ख्रीष्‍टको ज्ञान हो” वा २) “मिठो सुबास्ना जुन ख्रीष्‍टले दिनुहुन्छ ।”

जो बचाइएका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले बचाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 2:16-17

यो एउटा सुबास्‍ना हो

“ख्रीष्‍टको ज्ञान एउटा सुबास्ना हो ।” यसले २ कोरिन्थीहरू २:१४ को सन्दर्भलाई जनाउँछ, जहाँ पावलले ख्रीष्‍टको ज्ञानलाई मिठो बास्ना आउने धूप भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मृत्युदेखि मृत्युसम्मको दुर्गन्ध

सम्भावित अर्थहरू हुन् १) “मृत्यु” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “मृत्यु गराउने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई मर्न लगाउने मृत्युको दुर्गन्ध” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

मुक्ति पाइरहेकाहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जोहरूलाई परमेश्‍वरले बचाइरहनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जीवनदेखि जीवनसम्मको सुबास्‍ना

सम्भावित अर्थहरू हुन् १) “जीवन” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “जीवन दिने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई जीवन दिने जीवनको सुगन्ध” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

यी कुराहरूका लागि को योग्यको छ ?

परमेश्‍वरले तिनीहरूलाई गर्नको निम्ति बोलाउनुभएको सेवकाइ गर्नलाई कोही पनि योग्यको छैन भन्‍ने कुरालाई जोड दिन पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी कुराहरूको लागि कोही पनि योग्य छैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अभिप्रायहरूको शुद्धता

“शुद्ध अभिप्रायहरू”

हामी ख्रीष्‍टमा बोल्दछौँ

“हामी ख्रीष्‍टसँग जोडिएका मानिसहरू जसरी बोल्छौँ” वा “हामी ख्रीष्‍टको अधिकारसहित बोल्छौँ”

हामी परमेश्‍वरबाट पठाइएका हौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पठाउनुभएको मानिसहरूको रूपमा” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परमेश्‍वरको नजरमा

परमेश्‍वरले तिनीहरूलाई हेरिरहनुभएको छ भन्‍ने सजगतासँगै पावल र उनका सहकर्मीहरूले सुसमाचार प्रचार गर्छन् । वैकल्‍पिक अनुवादः “हामी परमेश्‍वरको उपस्थितिमा बोल्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

translationWords

2 Corinthians 3

2 Corinthians 3:intro-0

२ कोरिन्थीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले उनको प्रतिरोधलाई निरन्तरता दिन्छन् । पावलले कोरिन्थी ख्रीष्‍टिएनहरूलाई उनको कामको प्रमाणको रूपमा हेर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मोशाको व्यवस्था

परमेश्‍वरले मोशालाई व्यवस्था दिनुभएको कुराको त्यहाँ धेरै सङ्केतहरू छन् । यदि पुरानो करारको अझै पनि अनुवाद गरिएको छैन भने यो अध्याय बुझ्‍न धेरै कठिन हुनेछ । यस अध्यायले परमेश्‍वरले मोशासँग गर्नुभएको करार र नयाँ करारको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । हुन त व्यवस्था असल थियो, किनकि त्यो परमेश्‍वरबाट प्रकट गराइएको थियो, त्यसले इस्राएललाई दण्‍ड ल्यायो किनभने तिनीहरूले त्यसको पालना गर्न सकेनन् । (हेर्नुहोस्ः INVALID bible/kt/lawofmoses, INVALID bible/kt/covenant, INVALID bible/kt/newcovenant अनि INVALID bible/kt/reveal)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कारहरू

यस अध्यायमा जटिल आत्मिक सत्यताहरूलाई व्याख्या गर्नलाई धेरै अलङ्कारहरूको प्रयोग गरिएको छ । यसले पावलको शिक्षालाई बुझ्‍नलाई सजिलो बनाउँछ वा गाह्रो बनाउँछ भन्‍ने कुरा अस्‍पष्‍ट छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# “यो अक्षरको करार होइन तर आत्माको करार हो ।”

यसको अर्थ के हो भनेर स्‍पष्‍ट छैन तर नयाँ करारलाई मोशाको व्यवस्थाबाट भिन्‍न भएको देखाइएको छ । नयाँ करार नियम र व्यवस्थाहरूको प्रणालीले बनेको छैन । यो सम्भव छ कि “आत्मा” शब्दले पवित्र आत्मालाई जनाएको हो, तर यसले नयाँ करारलाई स्वभावमा “आत्मिक” रहेको भनेर जनाएको पनि हुन सक्छ । (हेर्नुहोस्ः INVALID bible/kt/spirit)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 3:1-3

जोड्ने कथनः

पावलले ख्रीष्‍टद्वारा गरेका कुराहरू तिनीहरूलाई बताइरहँदा उनले घमण्ड गरिरहेका छैनन् भनी तिनीहरूलाई याद दिलाउँछन् ।

के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ?

उनीहरूले आफ्नै बारेमा घमण्ड गरिरहेका छैनन् भनी जोड दिनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले फेरि आफूहरू स्वयम्‌कै प्रशंसा गर्न थालिरहेका छैनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ?

कोरिन्थीहरूलाई पावल र तिमोथीको असल प्रतिष्‍ठाको बारेमा पहिले नै थाहा छ भनी व्यक्त गर्नलाई पावलले यो कुरा बताउँछन् । प्रश्‍नले अकरणमा भएको जवाफ दिन लगाउँछ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूलाई चाहिए जस्तै हामीलाई तिमीहरूको निम्ति वा तिमीहरूबाट कुनै सिफारिस पत्रको आवश्यक पर्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

सिफारिस पत्रहरू

यो कुनै व्यक्तिले अरू कसैको चिनारी दिनलाई र त्यस व्यक्तिलाई तिनीहरूको सहमति दिनलाई लेख्‍ने पत्र हो ।

तिमीहरू स्वयम्‌ नै हाम्रा सिफारिस पत्र हौ ।

कोरिन्थीहरू सिफारिस पत्र हुन् झैँ गरी पावलले कोरिन्थीहरूको बारेमा उल्लेख गर्छन् । तिनीहरू विश्‍वासी भएको कुराले नै अरूहरूप्रतिको पावलको सेवकाइलाई मान्य तुल्याउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू आफैँ नै हाम्रा सिफारिस पत्र जस्तै हौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीहरूका हृदयहरूमा लेखिएका

यहाँ “हृदयहरू” शब्दले तिनीहरूको विचारहरू र संवेगहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरू तिनीहरूका सिफारिस पत्र हुन् भन्ने कुरामा पावल र तिनीहरूका सहकर्मीहरू पक्का छन् वा २) पावल र तिनका सहमकर्मीहरूले कोरिन्थीहरूको गहन रूपमा वास्ता गर्छन् ।

हामीहरूका हृदयहरूमा लेखिएका

यसलाई “ख्रीष्‍ट”लाई कर्ताको रूपमा अर्थ दिने गरी कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन ख्रीष्‍टले हाम्रा हृदयहरूमा लेख्नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

सबै मानिसहरूद्वारा जानिएको र पढिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन सबै मानिसहरूले जान्‍न र पढ्न सक्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरू ख्रीष्‍टबाटका एक पत्र हौ

पावलले प्रष्‍ट पार्छन् कि ख्रीष्‍ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले पत्र लेख्‍नुभएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टले लेख्‍नुभएको एउटा पत्र हौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-explicit)

हामीद्वारा प्रदान गरिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन हामीले प्रदान गर्‍यौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यसलाई मसीले लेखिएको थिएन... मानव हृदयहरूको पाटीहरूमा

कोरिन्थीहरू एउटा आत्मिक पत्र जस्तै हुन, मानिसले भौतिक वस्तुहरूले लेखेका पत्र जस्ता होइनन् भनेर पावलले प्रष्‍ट पार्छन् ।

यो मसीले लेखिएको थिएन, तर जीवित परमेश्‍वरको आत्माद्वारा लेखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले मसीले लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-ellipsis)

यो ढुङ्गाका पाटीहरूमा लेखिएको थिएन, तर मानव हृदयका पाटीहरूमा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले ढुङ्गाका पाटीहरूमा खोपेर लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले मानव हृदयका पाटीहरूमा लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-ellipsis)

मानव हृदयका पाटीहरू

पावलले तिनीहरूका हृदयहरू ढुङ्गा वा माटोको कुनै सम्‍म परेका टुक्राहरू हुन् झैँ गरी उल्लेख गर्छन् जसमा मानिसहरूले अक्षरहरू खोप्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 3:4-6

यो आत्मविश्‍वास हो

यसले पावलले भर्खरै भनेका कुरालाई जनाउँछ । कोरिन्थीहरू परमेश्‍वरको सामु पावलको सेवकाइको प्रमाण हुन् भनेर जानेको कुराबाट उनको आत्मविश्‍वास आउँछ ।

हामी आफैँमा सक्षम

“हामी आफैँमा योग्य” वा “हामी आफैँमा पर्याप्‍त”

कुनै कुरालाई हामीबाट आएको भनेर दाबी गर्न

यहाँ “कुनै पनि कुरा” शब्दहरूले पावलको प्रेरितीय सेवकाइसँग सम्बन्धित कुनै पनि कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामीले सेवकाइमा गरेका कुनै पनि कुरा हाम्रो आफ्नै प्रयासहरूबाट आएका हुन् भनी दाबी गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हाम्रो योग्यता परमेश्‍वरबाटको हो

“परमेश्‍वरले हामीलाई हाम्रो पर्याप्‍तता दिनुहुन्छ”

अक्षरबाट नभएको एउटा करार

यहाँ “अक्षर” शब्दको अर्थ वर्णमालाका अक्षरहरू हो र यसले मानिसहरूले लेख्ने शब्दहरूलाई जनाउँछ । यो वाक्यांशले पुरानो करारको व्यवस्थालाई सङ्केत गर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले लेखेका आज्ञाहरूमा आधारित नभएको एउटा करार” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche अनि INVALID translate/figs-explicit)

तर आत्माबाटको

परमेश्‍वरको करारलाई मानिसहरूसित स्थापित गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “तर आत्माले जे गर्नुहुन्छ सो कुरामा आधारित भएको एउटा करार” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अक्षरले मार्दछ

पावलले पुराको करारको व्यवस्थालाई एउटा व्यक्तिको रूपमा उल्लेख गर्छन् जसले मार्छ । त्यो व्यवस्थाको पछि लाग्नाले आत्मिक मृत्युमा डोहोर्‍याउँछ । वैकल्‍पिक अनुवादः “लिखित व्यवस्थाले मृत्युमा डोहोर्‍याउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 3:7-8

जोड्ने कथनः

पावलले पुरानो करारको धिमा हुँदै गएको महिमा र नयाँ करारको श्रेष्‍ठता र स्वतन्त्रताको बीचमा भएको भिन्‍नतालाई देखाउँछन् । उनले मोशाको घुम्टो र वर्तमान प्रकाशको स्पष्‍टताको बीचमा भएको भिन्‍नतालाई देखाउँछन् । अहिले प्रकट गरिएको कुराभन्दा मोशाको समय कम स्पष्‍ट तस्वीर थियो ।

अब मृत्यु पैदा गर्ने सेवा... त्यस्तो महिमासित आयो

पावलले जोड दिन्छन् कि हुन त व्यवस्थाले मृत्युतिर लैजान्छ, तैपनि त्यो अझै निकै महिमामय थियो । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

सेवा जसले ... पैदा गर्‍यो

“मृत्युको सेवकाइ ।” यसले परमेश्‍वरले मोशाद्वारा दिनुभएको पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मृत्यु गराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ढुङ्गामा कुँदिएका अक्षरहरूमा

“ढुङ्गामा अक्षरहरूले खोपिएको ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले ढुङ्गामा अक्षरहरूले खोप्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यस्तो महिमामा

“अति धेरै महिमामा”

यो किनभने

“तिनीहरूले हेर्न सकेनन् किनभने”

आत्माले गर्नुहुने सेवकाइ झन् कति धेरै महिमामय होला ?

“ ... पैदा गर्ने सेवा” भन्दा “आत्माले गर्नुहुने सेवा” झनै धेरै महिमामय हुनुपर्छ किनभने यसले जीवनतिर डोर्‍याउँछ भनी जोड दिनलाई पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसैले आत्माले गर्नुहुने सेवा अझ बढी महिमामय हुनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

आत्माले गर्नुहुने सेवा

“आत्माको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्‍पिक अनुवादः “जीवन दिने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 3:9-11

दोषी ठहराउने सेवा

“दोषी ठहराउने सेवकाइ ।” यसले पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई दोषी ठहराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

धार्मिकताको सेवा महिमामा झन कति धेरै प्रचुर हुन्छ !

यहाँ “कति” शब्दले वाक्यांशलाई प्रश्‍नको रूपमा होइन, आश्‍चर्यको रूपमा उल्लेख गर्छ । वैकल्‍पिक अनुवादः “त्यसोभए धार्मिकताको सेवा अझ धेरै महिमामा प्रशस्त हुनुपर्छ !” (हेर्नुहोस्ः INVALID translate/figs-exclamations)

धार्मिकताको सेवा महिमामा प्रचुर हुन्छ

पावलले “धार्मिकताको सेवा”लाई अर्को वस्तु पैदा गर्न सक्‍ने वा वृद्धि गर्न सक्‍ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । उनले भन्‍न खोजेको यो हो कि व्यवस्था, जसको पनि महिमा थियो, त्योभन्दा “धार्मिकताको सेवा” झन् बढी महिमामय हुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धार्मिकताको सेवा

“धार्मिकताको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई धर्मी बनाउने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

त्यो जसलाई एकपटक महिमाय बनाइएको थियो, त्यो अब महिमामय छैन ... त्यसलाई उछिन्‍ने महिमाको कारण

निकै धेरै महिमामय रहेको नयाँको करारसँग तुलना गर्दा पुरानो करार अब महिमामय देखिँदैन ।

त्यो जसलाई एकपटक महिमाय बनाइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “व्यवस्था जसलाई परमेश्‍वरले एकपटक महिमामय बनाउनुभएको थियो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो मान्यतामा

“यो तरिकाले”

त्यो जो बितेर गइरहेको थियो

यसले “दण्डाज्ञाको सेवा”लाई जनाउँछ, जसलाई पावलले लुप्‍त हुन सक्ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “त्यो जुन अनुपयोगी भइरहेको थियो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 3:12-13

किनकि हामीसँग त्यस्तो एउटा महिमा छ

यसले पावलले भर्खरै भेनका कुरालाई जनाउँछ । उनको आशा नयाँ करारसँग एउटा अनन्त महिमा छ भनेर जान्ने कुराबाट आउँछ ।

त्यस्तो एउटा महिमा

“त्यस्तो आत्मविश्‍वास”

बितेर जाँदै गरेको महिमाको अन्त्य

यसले मोशाको अनुहारमा चम्केको महिमालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको अनुहारमा भएको महिमा जसै त्यो पूर्ण रूपमा बिलाएर गयो” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 3:14-16

तर तिनीहरूको मन बन्द गरिएको थियो

“तर तिनीहरूको मन कठोर पारिएको थियो ।” पावलले इस्राएली मानिसहरूको मनलाई बन्द गर्न वा कठोर बनाउन सकिने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । यो अभिव्यक्तिको आशय तिनीहरूले जे देखेका थिए सो बुझ्न असक्षम थिए भन्‍ने हो । वैकल्‍पिक अनुवादः “तर इस्राएलीहरूले जे देखे सो बुझ्न सकेनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनकि यो दिनसम्‍म ... तर आज पनि

यी वाक्यांशहरूले पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई जनाउँछ ।

जब तिनीहरूले पुरानो करार पढ्छन्, अझै उही घुम्टो रहन्छ

जसरी इस्राएलीहरूले मोशाको मुहारमा महिमा देख्न सकेनन् किनभने तिनले तिनको मुहार एउटा घुम्टोले छोपेका थिए, त्यहाँ एउटा आत्मिक घुम्टो छ जसले मानिसहरूलाई तिनीहरूले पुरानो करार पढ्दा बुझ्नबाट रोक्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जब तिनीहरूले पुरानो करार पढ्छन्

“जब तिनीहरूले कसैले पुरानो करार पढेको सुन्छन्”

त्यसलाई हटाइएको छैन, किनभने त्यसलाई ख्रीष्‍टमा मात्र हटाइन्छ

यहाँ “त्यसलाई” शब्दको दुईटै प्रयोगहरूले “उही पर्दा”लाई जनाउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “घुम्टोलाई कसैले पनि हटाउँदैन किनभने ख्रीष्‍टमा मात्र परमेश्‍वरले त्यसलाई हटाउनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जहिले पनि मोशाको बारेमा पढिन्छ

यहाँ “मोशा” शब्दले पुरानो करारको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पनि कसैले मोशाको व्यवस्था पढ्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-activepassive)

एउटा घुम्टोले तिनीहरूको हृदयहरूलाई ढाक्छ

यहाँ “हृदयहरू” शब्दले मन र विचारहरूलाई दर्शाउँछ । एउटा आत्मिक घुम्टोले तिनीहरूका हृदयहरूलाई ढाक्छ, जसले तिनीहरूलाई पुरानो करार बुझ्‍नलाई सक्षम हुनबाट रोक्छ । वैकल्‍पिक अनुवादः “एउटा घुम्टो तिनीहरूको मनमाथि बस्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-metaphor)

त्यो घुम्टो हटाइन्छ

यसको अर्थ तिनीहरूलाई अब बुझ्ने क्षमता दिइन्छ भन्‍ने हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले घुम्टोलाई उठाएर हटाउनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 3:17-18

अब हामी सबै

यहाँ “हामीलाई” शब्दले सारा विश्‍वासीहरूलाई जनाउँछ, जसमा पावल र कोरिन्थीहरू पनि समेटिएका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

घुम्टो हटाइएको अनुहारले प्रभुको महिमालाई हेर्छौं

मोशाले तिनको मुहारलाई घुम्टोले ढाकेको कारण त्यसमा झल्‍किएको परमेश्‍वरको महिमालाई देख्‍न नसक्‍ने इस्राएलीहरूको विपरीतमा, विश्‍वासीहरूलाई परमेश्‍वरको महिमा देख्‍न र बुझ्नबाट रोक्‍ने त्यहाँ केही छैन । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी त्यहि महिमामय रूपमा बद्‌लिँदै छौँ

आत्माले विश्‍वासीहरूलाई उहाँजस्तै महिमामय हुनलाई परिवर्तन गरिरहनुभएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले हामीलाई उहाँको जस्तै महिमामय रूपमा परिवर्तन गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

एक महिमादेखि अर्को महिमामा

“एउटा महिमाको परिमाणदेखि अर्को महिमाको परिमाणसम्म ।” यसको अर्थ हो कि आत्माले विश्‍वासीहरूको महिमालाई निरन्तर वृद्धि गरिरहनुभएको छ ।

जसरी यो प्रभुबाटको हो

“जसरी यो प्रभुबाट आउँछ”

translationWords

2 Corinthians 4

2 Corinthians 4:intro-0

२ कोरिन्थीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्याय “त्यसैकारण” भन्‍ने शब्दबाट सुरु हुन्छ, जुन अघिल्‍लो अध्यायमा भएको शिक्षासँग जोडिएको छ । अप्ठेरो किसिमले गरिएको अध्यायहरूको विभाजनले अलमल ल्याउन सक्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# सेवकाइ

पावलसँग मानिसहरूलाई ख्रीष्‍टको बारेमा बताउने सेवकाइ, वा काम छ । उनले तिनीहरूलाई विश्‍वास गर्न लगाउन छलको प्रयोग गर्दैनन् । यदि तिनीहरूले बुझ्‍दैनन् भने, समस्या चाहिँ आखिरमा गएर आत्मिक प्रवृत्तिको हो । (हेर्नुहोस्ः INVALID bible/kt/spirit)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# ज्योति र अन्धकार

यी नयाँ करारमा भएका धेरै प्रयोग गरिने चित्रणहरू हुन् । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकाशलाई सङ्केत गर्नलाई प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप चाहिँ परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः INVALID bible/other/light, INVALID bible/kt/righteous, INVALID bible/other/darkness अनि INVALID bible/kt/sin)

# जीवन र मृत्यु

जीवन र मृत्युलाई शारीरिक जीवन र मृत्युलाई जनाउन प्रयोग गरिएको छैन । जीवनले कुनै ख्रीष्‍टिएनले येशूमा पाएको नयाँ जीवनलाई प्रतिनिधित्व गर्छ, जबकि मृत्युले कोही व्यक्ति येशूमा आउन अगाडि उसले जिउने पुरानो शैलीलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः INVALID bible/kt/life, INVALID bible/other/death अनि INVALID bible/kt/faith)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# आशा

पावलले एउटा दोहोरिरहने ढाँचालाई उद्देश्‍यपूर्ण ढङगमा प्रयोग गर्छन् । उनले एउटा कथन बनाउँछन् र विपरीत रहेको जस्तो वा विरोधाभासी कथन जस्तो लाग्‍ने भनाइलाई इन्कार गर्छन् वा एउटा अपवाद दिन्छन् । तिनीहरूले कठिन परिस्थितिहरूका माझमा पाठकलाई एउटा आशा प्रदान गर्ने काम गर्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/hope)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 4:1-2

जोड्ने कथनः

पावल लेख्छन् कि उनी उनको सेवकाइमा ख्रीष्‍टलाई प्रचार गरेर इमानदार छन् र आफ्नै प्रशंसा गरिरहेका छैनन् । उनले आफू जिउने तरिकामा येशूको मृत्यु र जीवन देखाउँछन् ताकि कोरिन्थी विश्‍वासीहरूमा जीवनले काम गर्न सकोस् ।

हामीसँग यो सेवकाइ छ

यहाँ “हामी” शब्दले पावल र उनको सहकर्मीलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

र जसरी हामीले दया पाएका छौँ

यो वाक्यांशले पावल र उनका सहकर्मीहरूसँग कसरी “यो सेवकाइ छ” भनेर व्याख्या गर्छ । यो परमेश्‍वरले तिनीहरूलाई उहाँको कृपाद्वारा दिनुभएको एउटा उपहार हो । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले हामीलाई कृपा देखाउनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हामीले गोप्य र लाजमर्दा तरिकाहरू त्यागेका छौँ

यसको अर्थ हो कि पावल र उनका सहमकर्मीहरूले “गोप्य र शर्मलाग्दो” कुराहरू गर्न इन्कार गरे । यसको आशय तिनीहरूले विगतमा ती कुराहरू गरेका थिए भन्‍ने होइन ।

गोप्य र लाजमर्दा तरिकाहरू

“गोप्य” शब्दले मानिसहरूले गोप्य रूपमा गर्ने कुरालाई वर्णन गर्छ । शर्मलाग्दो कुराहरूले ती कुराहरू गर्ने मानिसहरूलाई लज्जित भएको महसुस गराउनुपर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले गोप्य रूपमा गर्ने कुराहरू, किनभने तिनीहरूले लज्‍जित बनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

धूर्ततामा जिउनु

“छलकपटद्वारा जिउनु”

हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ

यो वाक्यांशले एउटा सकारात्मक विचारलाई व्यक्त गर्न दुईवटा नकारात्मक विचारहरूको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “हामी परमेश्‍वरको वचनलाई सहि ढङ्गले प्रयोग गर्छौं” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

हामी आफैँलाई सबैजनाको विवेकमा स्वीकार्य बनाउँछौँ

यसको अर्थ हो कि तिनीहरू ठीक वा बेठीक हुन भनी निर्णय गर्न तिनीहरूको कुरा सुन्‍ने हरेक व्यक्तिलाई तिनीहरूले पर्याप्‍त प्रमाण दिन्छन् ।

परमेश्‍वरको नजरमा

यसले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ । परमेश्‍वरको बुझाइ र पावलको सत्यताको स्वीकृतिलाई परमेश्‍वरले तिनीहरूलाई देख्‍न सकिरहनुभएको कुराको रूपमा जनाइएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वर साक्षीको रूपमा हुनुभएर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 4:3-4

तर यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ

यसले २ कोरिन्थीहरू ३:१४-१६ लाई जनाउँछ, जहाँ मानिसहरूले पुरानो करार पढ्दा तिनीहरूलाई बुझ्नबाट रोक्‍नलाई त्यहाँ एउटा आत्मिक घुम्टो छ भनेर पावलले व्याख्या गरे । त्यसैगरी, मानिसहरू सुसमाचार बुझ्‍नलाई सक्षम छैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो ... ढाकिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि एउटा घुम्टोले हाम्रो सुसमाचारलाई ढाक्छ भने, त्यो घुम्टोले त्यसलाई ढाक्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हाम्रो सुसमाचार

“हामीले प्रचार गर्ने सन्देश”

यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनलाई अन्धो तुल्याइदिएको छ

पावलले तिनीहरूको मनको आँखाहरू भए झैँ गरी र तिनीहरूको बुझ्न नसक्‍ने असमर्थतालाई तिनीहरूको मन देख्नलाई असमर्थ भएको जसरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “यस संसारको देवले अविश्‍वासीहरूलाई बुझ्नबाट रोक लगाएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस संसारको देव

“यस संसारलाई शासन गर्ने ईश्‍वर ।” यो पदावलीले शैतानलाई सङ्केत गर्दछ ।

तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति देख्न सक्षम छैनन्

जसरी इस्राएलीहरूले मोशाको मुहारमा चम्केको महिमा देख्न सकेका थिएनन् किनभने तिनले त्यसलाई घुम्टोले ढाकेका थिए (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:१३), अविश्‍वासीहरूले सुसमाचारमा चम्किने ख्रीष्‍टको महिमालाई देख्‍न सक्दैनन् । यसको अर्थ हो कि तिनीहरू “ख्रीष्‍टको महिमाको सुसमाचार”लाई बुझ्न असक्षम छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सुसमाचारको ज्योति

“ज्योति जुन सुसमाचारबाट आउँछ”

ख्रीष्‍टको महिमाको सुसमाचार

“ख्रीष्‍टको महिमाको बारेमा सुसमाचार”

translationWords

2 Corinthians 4:5-6

तर ख्रीष्‍ट येशूचाहिँ प्रभुको रूपमा, र हामी आफैँचाहिँ तिमीहरूको सेवकहरूको रूपमा

तपाईंले यी वाक्यांशहरूको लागि क्रियापदहरू प्रदान गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तर हामीले ख्रीष्‍ट येशूलाई प्रभुको रूपमा घोषणा गर्छौं, र हामी आफैँलाई तिमीहरूका सेवकहरूको रूपमा घोषणा गर्छौं” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

येशूको खातिर

“येशूको कारण”

ज्योति अन्धकारबाट चम्कनेछ

यस वाक्यसँगै, परमेश्‍वरले ज्योतिलाई सृष्‍ट‍ि गर्नुभएको कुरालाई पावलले जनाउँछन्, जसरी उत्पत्तिको पुस्तकमा वर्णन गरिएको छ ।

उहाँ ... चम्किनुभएको छ ... परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन

यहाँ “ज्योति” शब्दले बुझ्ने क्षमतालाई जनाउँछ । जसरी परमेश्‍वरले ज्योति सृष्‍टि गर्नुभयो, उहाँले विश्‍वासीहरूको लागि समझ पनि सृजनुहुन्छ । “उहाँ ... चम्किनुभएको छ... हामीलाई परमेश्‍वरको महिमा बुझ्नलाई सक्षम तुल्याउन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हाम्रा हृदयहरूमा

यहाँ “हृदय” शब्दले मन र विचारहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा मनहरूमा” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

परमेश्‍वरको महिमाको ज्ञानको ज्योति

“ज्योति, जुन परमेश्‍वरको महिमाको ज्ञान हो”

येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमा

“येशू ख्रीष्‍टको मुहारमा परमेश्‍वरको महिमा ।” जसरी परमेश्‍वरको महिमा मोशाको मुहारमा चम्क्यो (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:७), त्यो येशूको मुहारमा पनि चम्किन्छ । यसको आशय हो कि जब पावलले सुसमाचार प्रचार गर्छन्, मानिसहरूले परमेश्‍वरको महिमाको बारेमा भएको सन्देशलाई देख्‍न र बुझ्न सक्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 4:7-10

तर हामीसँग ... छ

यहाँ “हामी” शब्दले पावल र उनका सहकर्मीहरूलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

हामीसँग यो धन माटाका भाँडाहरूमा छ

पावलले सुसमाचारलाई एउटा बहुमूल्य धन भए झैँ गरी र तिनीहरूको शरीरहरूलाई माटोबाट बनाइएको फुट्न सक्ने भाँडो भए झैँ गरी उल्लेख गर्छन् । तिनीहरूले प्रचार गर्ने सुसमाचारको मूल्यको तुलनामा तिनीहरू कम मूल्यका छन् भनी यसले जोड दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि यो प्रष्‍ट होस्

“ताकि यो सबै मानिसहरूलाई प्रष्‍ट होस्” वा “ताकि मानिसहरूले प्रष्‍टसँग जानून्”

हामी सबैतिरबाट कष्‍टित भएका छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई हर किसिमले सताउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी सताइएका छौँ, तर त्यागिएका छैनौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई सताउँछन्, तर परमेश्‍वरले हामीलाई त्याग्‍नुहुन्न” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी हिर्काइएका छौँ, तर नाश पारिएका छैनौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई प्रहार गरेर लडाउँछन्, तर हामी नष्‍ट भएका छैनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी हिर्काइएका छौँ

“हामीलाई नराम्ररी चोट लगाइएको छ”

हामी सधैँ हाम्रो शरीरमा येशूको मृत्युलाई बोकिहिँड्छौँ

पावलले उनका कष्‍टहरूलाई तिनीहरू येशूको मृत्युको एउटा अनुभव भएको जसरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी येशू मर्नुभए झैँ गरी धेरैपटक मृत्युको खतरामा छौँ” वा “हामी सधैँ यस्तो किसिमले कष्‍ट भोग्छौँ कि हामी येशूको मृत्युको अनुभव गर्छौं” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

येशूको जीवन हाम्रा शरीरहरूमा पनि देखियोस्

सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जिवन हाम्रा शरीरहरूमा पनि प्रकट होस् ।”

येशूको जीवन हाम्रा शरीरहरूमा पनि देखियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरू मानिसहरूले हाम्रो शरीरहरूमा येशूको जीवन देखून्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 4:11-12

हामी जो जीवित छौँ, हामी सदैव हाम्रो शरीरहरूमा येशूको मृत्यु बोकिहिँड्छौँ

येशूको मृत्युलाई बोकिहिँड्नुले येशूप्रति बफदार भएकोले मर्न सकिने खतरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनकि हामी जो जीवित छौँ, परमेश्‍वरले हामीलाई सदैव मृत्युको सामना गर्नलाई डोहोर्‍याउनुहुन्छ किनभने हामी येशूसित जोडिएका छौँ” वा “मानिसहरूले हामी जीवित रहेकाहरूलाई सदैव मृत्युको जोखिममा पार्छन् किनभने हामी येशूसित जोडिएका छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि येशूको जीवन हाम्रा शरीरमा देखियोस्

येशूको जीवन हामीमा प्रकट भएको परमेश्‍वर चाहनुहुन्छ । सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जीवन हाम्रो शरीरहरूमा पनि प्रकट होस् ।” तपाईंले यो वाक्यांशलाई २ कोरिन्थीहरू ४:१० मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

ताकि येशूको जीवन हाम्रा शरीरमा देखियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यो वाक्यांशलाई २ कोरिन्थीहरू ४:१० मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “ताकि अरू मानिसहरूले हाम्रो शरीरमा येशूको जीवन देखून्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामीमा मृत्युले काम गर्दछ, तर तिमीहरूमा जीवनले काम गर्दछ

पावलले मृत्यु र जीवनलाई तिनीहरू काम गर्न सक्ने व्यक्तिहरू भए झैँ गरी उल्लेख गर्छन् । यसको आशय हो कि तिनीहरू सदैव शारीरिक मृत्युको जोखिममा छन् ताकि कोरिन्थीहरूले आत्मिक जीवन पाउन सकून् । (हेर्नुहोस्ः INVALID translate/figs-personification)

translationWords

2 Corinthians 4:13-15

विश्‍वासको उही आत्मा

“विश्‍वासको उही आचरण ।” यहाँ “आत्मा” शब्दले व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ ।

लेखिएको कुरा अनुसार

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यी वचनहरू लेख्‍ने व्यक्ति अनुसार” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मैले विश्‍वास गरेँ, र त्यसैले मैले बोलेँ

यो भजनसङ्ग्रहबाटको एउटा उद्धरण हो ।

उहाँ जसले प्रभु येशूलाई बिउँताउनुभयो

यहाँ “उहाँ” शब्दले परमेश्‍वरलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर जसले प्रभु येशूलाई मृत्युबाट जीवनमा बिउँताउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हामीलाई तिमीहरूसँगै ल्याउनुहुनेछ

“हामी” शब्दले कोरिन्थीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

सबै कुरा तिमीहरूको खातिर हो

यहाँ “सबै कुरा” शब्दहरूले ती सबै कष्‍टहरूलाई जनाउँछ जुन पावलले अघिल्ला पदहरूमा वर्णन गरेका छन् ।

जसरी अनुग्रह धेरै मानिसहरूमा फैलिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसै परमेश्‍वरले उहाँको अनुग्रहलाई धेरै मानिसहरूमा फैलाउनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

धन्यवाद दिने काम बढोस्

पावलले धन्यवाद दिने कुरा कुनै एउटा वस्तु भएको जसरी उल्लेख गर्छन् जुन आफैँ वृद्धि हुन सक्छ । वैकल्‍पिक अनुवादः “धेरैभन्दा धेरै मानिसहरूले धन्यवाद दिन सकून्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 4:16-18

जोड्ने कथनः

नदेखिने अनन्त थोकहरूको तुलनामा कोरिन्थीहरूका कठिनाइहरू साना छन् र लामो समयसम्म रहँदैनन् भनी पावलले उल्लेख गर्छन् ।

ताकि हामी निरुत्साहित नहोऔँ

यसलाई सकारात्मक कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि हामी निश्‍चित रहौँ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

बाहिरी रूपमा हामी नाश हुँदैछौँ

यसले तिनीहरूको भौतिक शरीर कुहिरहेको र मरिरहेकोलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा भौतिक शरीरहरू कमजोर हुँदैछन् र मर्दैछन्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ

यसले तिनीहरूको भित्री, आत्मिक जीवनहरू झन-झन बलियो हुँदैगएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा आत्मिक व्यक्तित्वहरू दिनदिनै बलिया पारिँदैछन्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हाम्रो भित्री मनुष्यत्वलाई हरेक दिन झन् नयाँ बनाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो क्षणिक, हलुको कष्‍टले हामीलाई वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ

तिनका कष्‍टहरू र परमेश्‍वरले तिनलाई दिनुहुने महिमा चाहिँ तिनीहरू कुनै वस्तुहरू भएको जसरी पावलले उल्लेख गर्छन् जसलाई जोख्‍न सकिन्छ । महिमा कष्‍टभन्दा अत्याधिक मात्रामा वजनदार छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जसले सबै नापलाई उछिन्छ

जुन महिमा पावलले महसुस गर्नेछन् त्यो यति गह्रौँ छ कि कसैले पनि त्यसलाई जोख्‍न सक्‍दैन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन कसैले पनि नाप्न सक्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

देखिने कुराहरू ... नदेखिने कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले देख्‍न सक्‍ने कुराहरू ... हामीले देख्‍न नसक्‍ने कुराहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तर ती कुराहरू जुन अदृश्‍य छन्

तपाईंले यस वाक्यांशको लागि क्रियापद प्रदान गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी अदृश्‍य रहेका कुराहरूलाई हेरिरहेका छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

translationWords

2 Corinthians 5

2 Corinthians 5:intro-0

२ कोरिन्थीहरू ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# स्‍वर्गमा भएका नयाँ शरीरहरू

पावलले जान्दछन् कि जब उनी मर्छन्, उनले अझ धेरै राम्रो शरीर पाउनेछन् । यसकारण, उनी सुसमाचार प्रचार गरेको कारण मारिनदेखि डराएका छैनन् । त्यसैले उनले अरूहरूलाई बताउँछन् कि तिनीहरू पनि परमेश्‍वरसँग पुनर्मिलापमा ल्याइन सक्छन् । ख्रीष्‍टले तिनीहरूका पाप लैजानुहुनेछ र तिनीहरूलाई उहाँको धार्मिकता दिनुहुनेछ । (हेर्नुहोस्ः INVALID bible/kt/goodnews, INVALID bible/kt/reconcile, INVALID bible/kt/sin अनि INVALID bible/kt/righteous)

# नयाँ सृष्‍टि

नयाँ र पुरानो सृष्‍टि सम्भवतः पुरानो र नयाँ व्यक्तित्वको लागि पावलले गरेका चित्रणलाई जनाउन भनिएको हो । यी अवधारणाहरू पुरानो र नयाँ मानिससँग पनि समान छन् । “पुरानो” शब्द सम्भवतः कुनै व्यक्ति जन्मदै लिएर आएको पापपूर्ण स्वभावलाई जनाउन भनिएको होइन, तर जीवन जिउने पुरानो तरिका वा ख्रीष्‍टिएनको विगतको पापप्रतिको बन्धनलाई जनाउन भनिएको हो । “नयाँ सृष्‍टि” भनेको नयाँ स्वभाव वा नयाँ जीवन हो जुन कोही व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वासमा आइसकेपछि दिइन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/faith)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# घर

ख्रीष्‍टिएनको घर अब संसारमा छैन । एउटा ख्रीष्‍टिएनको घर स्वर्गमा छ । यो धर्मशास्‍त्रमा धेरै प्रयोग गरिएको अलङ्कार हो । यस अध्यायमा गरिएको चित्रणको प्रयोगले कोही ख्रीष्‍टिएनको परिस्थितिहरूको अस्थायित्वलाई जोड दिन्छ । यसले कष्‍ट भोगिरहेकाहरूलाई आशा दिन्छ । (हेर्नुहोस्ः INVALID bible/kt/heaven, INVALID translate/figs-metaphor अनि INVALID bible/kt/hope)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# “पुनर्मिलापको सन्देश”

यो सुसमाचारलाई जनाउन भनिएको हो । यो परमेश्‍वरसँग शत्रुतामा रहेकाहरूलाई पश्‍चात्ताप गर्न र उहाँसँग पुनर्मिलाप गर्नको लागि बोलावट हो । (हेर्नुहोस्ः INVALID bible/kt/repent अनि INVALID bible/kt/reconcile)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 5:1-3

जोड्ने कथनः

पावलले विश्‍वासीहरूको पार्थिव शरीरहरू र परमेश्‍वरले दिनुहुने स्वर्गीय शरीरहरूको बीचमा भएको भिन्‍नतालाई देखाएर निरन्तरता दिन्छन् ।

यदि हामी बस्ने पार्थिव वासस्थान नष्‍ट भयो भने, हामीसँग परमेश्‍वरबाटको भवन छ

पावलले तिनको भौतिक शरीरलाई त्यो कुनै अस्थायी “पार्थिव वासस्थान” भए झैँ गरी र परमेश्‍वरले दिनुहुने पुनरुत्थानको शरीरलाई त्यो कुनै स्थायी “भवन” भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीले बास गरेको यो पार्थिव शरीर नष्‍ट भयो भने

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामी बसेको पार्थिव वासस्थानलाई नष्‍ट पार्छन् भने” वा “यदि मानिसहरूले हाम्रो शरीरहरूलाई मार्छन् भने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो मानिसको हातले बनाएको घर होइन

यसले “परमेश्‍वरबाटको भवन”लाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो एउटा घर हो जसलाई मानिसहरूले बनाएका होइनन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-synecdoche)

किनकि हामी यो पालमा चिन्ताले सुस्केरा हाल्छौँ

“पाल” शब्दले “हामी वास गर्ने पार्थिव वासस्थान”लाई जनाउँछ । चिन्ताले सुस्केरा हाल्नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्ने आवाज हो ।

हाम्रो स्वर्गीय वासस्थान धारण गर्ने उत्कट इच्छा गर्दै

“हाम्रो स्वर्गीय वासस्थान” शब्दहरूले “परमेश्‍वरबाट आउने भावनलाई” जनाउँछ । पावलले पुनरुत्थानको शरीरलाई त्यो दुवै भवन र कोही व्यक्तिले पहिरन सक्ने कपडा भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यसलाई पहिरिएर

“हाम्रा स्वर्गीय वासस्थान धारण गरेर”

हामी नाङ्गा पाइनेछैनौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी नाङ्गा हुनेछैनौँ” वा “परमेश्‍वरले हामीलाई नाङ्गो पाउनुहुनेछैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 5:4-5

जब हामी यस पालमा हुन्छौँ

पावलले भौतिक शरीरलाई त्यो एउटा “पाल” भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यो पालमा, हामी चिन्ताले सुस्केरा हाल्छौँ

“पाल” शब्दले “हामी वास गर्ने पार्थिव वासस्थान”लाई जनाउँछ । चिन्ताले सुस्केरा हाल्नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्ने आवाज हो । तपाईंले यसलाई २ कोरिन्थीहरू ५:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

बोझले भरिएर

पावलले भौतिक शरीरले भोग्ने कठिनाइहरूलाई बोक्न कठिन हुने गह्रौँ वस्तुहरूलाई झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी निर्वस्‍त्र हुन चाहदैनौँ ... हामी वस्‍त्र पहिरन चाहन्छौ

पावलले शरीरलाई वस्‍त्र भए झैँ गरी उल्लेख गर्छन् । यहाँ “वस्‍त्र फुकाल्नु”ले भौतिक शरीरको मृत्युलाई जनाउँछ; “वस्‍त्र पहिरिएको”ले परमेश्‍वरले दिनुहुने पुनरुत्थानको शरीर पाउनुलाई जनाउँछ। (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

निर्वस्‍त्र हुन

“वस्‍त्र बिना हुनु” वा “नाङ्गो हुनु”

ताकि जे मरणशील छ त्यो जीवनद्वारा निलिएको होस्

पावलले जीवनलाई एउटा जनावर भएको जसरी कुरा गर्छन् जसले “जे मरणशील छ” त्यसलाई खान्छ । मरेर जाने भौतिक शरीरलाई सदासर्वदा जिउने पुनरुत्थानको शरीरद्वारा प्रतिस्थापन गरिनेछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि जे मरणशील छ त्यो जीवनद्वारा निलिएको होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि जीवनले जे मरणशील छ त्यसलाई निलोस्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जसले पछि आउने कुराको प्रतिज्ञाको रूपमा आत्मा दिनुभयो

आत्मालाई यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति एक बैना हुनुहुन्छ । तपाईंले यसलाई २ कोरिन्थीहरू १:२२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 5:6-8

जोड्ने कथनः

विश्‍वासीहरूले नयाँ शरीर पाउने र पवित्र आत्मालाई बैनाको रूपमा पाउने हुनाले, पावलले तिनीहरूलाई प्रभुलाई प्रसन्न तुल्याउने गरी विश्‍वासद्वारा जिउनलाई याद दिलाउँछन् । उनले अरूहरूलाई मनाउन तिनीहरूलाई याद दिलाएर निरन्तरता दिन्छन् किनभने १) विश्‍वासीहरू ख्रीष्‍टको न्याय आसन अगाडि खडा हुनुपर्छ र २) विश्‍वासीहरूको निम्ति मर्नुहुने ख्रीष्‍टको लागि भएको प्रेमको कारण ।

जब हामी शरीरमा घरमा हुन्छौँ

पावलले भौतिक शरीरलाई कोही व्यक्ति बस्ने ठाउँको रूपमा उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “जब हामी यस पार्थिव शरीरमा बसिरहेका छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी प्रभुबाट टाढा छौँ

“हामी प्रभुसँग घरमा छैनौँ” वा “हामी प्रभुसँग स्वर्गमा छैनौँ”

हामी विश्‍वासद्वारा हिँड्छौँ, दृष्‍टिद्वारा होइन

“हामी विश्‍वास अनुसार हिँड्छौँ, हामीले जे देख्छौँ त्यस अनुसार होइन”

हामी शरीरबाट बरु दूर नै भए हुने थियो

यहाँ “शरीर”ले भौतिक शरीरलाई जनाउँछ ।

प्रभुसँग घरमा

“स्वर्गमा प्रभुसँग घरमा”

translationWords

2 Corinthians 5:9-10

चाहे हामी घरमा हौँ वा टाढा

“प्रभु” शब्दलाई अघिल्लो पदहरूबाट लिन सकिन्छ । वैकल्‍पिक अनुवादः “चाहे हामी प्रभुसँग घरमा होऔँ वा प्रभुबाट टाढा होऔँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

उहाँलाई प्रसन्‍न पार्न

“प्रभुलाई खुशी बनाउन”

ख्रीष्‍टको न्याय आसनको अगाडि

“इन्साफ हुनलाई ख्रीष्‍टको अगाडि”

हरेक व्यक्तिले बाँकी रहेको प्रतिफल पाओस्

“हरेक व्यक्तिले उसले पाउनुपर्ने पाओस्”

शरीरमा हुँदा गरेको कार्य

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले भौतिक शरीरमा हुँदा गरेका कुराहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

चाहे असलको निम्ति वा खराब निम्ति

“चाहे ती कुराहरू असल वा खराब होऊन्”

translationWords

2 Corinthians 5:11-12

प्रभुको भय जानेर

“प्रभुको भय मान्‍नु भनेको के हो सो जानेर”

हामी मानिसहरूलाई मनाउँछौँ

सम्भावित अर्थहरू हुन् १) “हामीले मानिसहरूलाई सुसमाचारको सत्यतामा विश्‍वस्त बनाउँछौँ” वा २) “हामी सच्चा प्रेरितहरू हौँ भनी हामी मानिसहरूलाई विश्‍वस्त पार्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हामी जे हौँ सो परमेश्‍वरद्वारा प्रष्‍ट रूपमा देखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी कस्ता किसिमका मानिसहरू हौँ भनी परमेश्‍वरले प्रष्‍ट रूपमा देख्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

कि तिमीहरूको विवेकमा पनि यो कुरा स्पष्‍ट होस्

“कि तिमीहरू पनि यसमा विश्‍वस्त हौ”

ताकि तिमीहरूसित जवाफ हुन सकोस्

”“ताकि तिमीहरूसित ... लाई भन्न केही कुरा होस्”

जसले रूपको बारेमा घमण्ड गर्छन्, तर हृदयमा भएको कुराको बारेमा होइन

यहाँ “बाहिरी रूप”ले क्षमता र स्तरजस्ता बाह‍्‌य अभिव्यक्तिहरूलाई जनाउँछ । “हृदय” शब्दले व्यक्तिको भित्री चरित्रलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले बाहिरी रूपहरूको बारेमा घमण्‍ड गर्छन् ... कोही व्यक्ति भित्री रूपमा कस्तो खालको छ भन्ने कुरामा होइन” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

translationWords

2 Corinthians 5:13-15

यदि हामी होसमा छैनौँ भने ... यदि हामी सद्दे मनस्थितिमा नै छौँ भने

पावलले उनी र उनका सहकर्मीहरूको बारेमा अरूहरूले विचार गर्ने कुराहरूको बारेमा बताइरहेका छन् । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामीलाई बौलाहा सम्झन्छन् भने ... यदि मानिसहरूले हामीलाई समझदार सम्झन्छन् भने” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

ख्रीष्‍टको प्रेम

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टको निम्ति हाम्रो प्रेम” वा “हाम्रो लागि ख्रीष्‍टको प्रेम ।”

सबैको निम्ति मर्नुभयो

“सबै मानिसहरूको निम्ति मर्नुभयो”

उहाँ जो तिनीहरूको खातिर मर्नुभयो र जीवित पारिनुभयो

यहाँ “उहाँ” शब्दले ख्रीष्‍टलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः ”“ख्रीष्‍ट, जो मर्नुभयो र जसलाई परमेश्‍वरले तिनीहरूको बिउँताउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 5:16-17

जोड्ने कथनः

ख्रीष्‍टको प्रेम र मृत्युको कारण, हामीले मानवीय मापदण्डहरूद्वारा न्याय गर्नुहुँदैन । ख्रीष्‍टको मृत्युद्वारा परमेश्‍वरसँग कसरी एक हुने र शान्तिमा रहने र ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता प्राप्‍त गर्ने भनी अरूहरूलाई सिकाउन हामीलाई नियुक्त गरिएको छ ।

यसैकारण

यसले पावलले आफू स्वयमको निम्ति भन्दा ख्रीष्‍टको निम्ति जिउने कुराको बारेमा भर्खरै बताएको कुरालाई जनाउँछ ।

ऊ नयाँ सृष्‍टि हो

पावलले ख्रीष्‍टमा विश्‍वास गर्ने कोही व्यक्तिको बारेमा यसरी कुरा गर्छन् मानौँ परमेश्‍वरले एउटा नयाँ व्यक्ति सृष्‍टि गर्नुभएको हो । वैकल्‍पिक अनुवादः “ऊ एउटा नयाँ व्यक्ति हो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

पुराना कुराहरू बितेर गएका छन्

यहाँ “पुराना कुराहरू”ले कोही व्यक्तिले ख्रीष्‍टमा विश्‍वास गर्नु अगाडि तिनीहरूको स्वभावलाई वर्णन गर्ने कुराहरूलाई जनाउँछ ।

हेर

यहाँ “हेर” शब्दले यसपछिको चकित बनाउने जानकारीप्रति ध्यान दिन हामीलाई सावधान गराउँछ ।

translationWords

2 Corinthians 5:18-19

यी सबै कुराहरू

“परमेश्‍वरले यी सबै कुराहरू गर्नुभएको छ ।” यसले पुराना कुराहरूलाई नयाँ कुराहरूले प्रतिस्थापन गर्ने कुराको बारेमा अघिल्ला पदहरूमा पावलले भर्खरै बताएको कुरालाई जनाउँछ ।

पुनर्मिलापको सेवा

यसलाई मौखिक वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई उहाँप्रति पुनर्मिलाप गराउने सेवकाइ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

त्यो ... हो

“त्यसको अर्थ हो”

ख्रीष्‍टमा परमेश्‍वरले संसारलाई आफूसित पुनर्मिलापमा ल्याउँदै हुनुहुन्छ

यहाँ “संसार” शब्दले संसारमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टमा, परमेश्‍वरले मानवजातिलाई आफूसँग पुनर्मिलाप गराइरहनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

उहाँले हामीलाई पुनर्मिलापको सम्देश जिम्‍मा लगाइरहनुभएको छ

परमेश्‍वरले मानिसहरूलाई आफूसित पुनर्मिलाप गराउँदै हुनुहुन्छ भन्ने सन्देश फैलाउने जिम्मेवारी परमेश्‍वरले पावललाई दिनुभएको छ ।

पुनर्मिलापको सन्देश

“पुनर्मिलापको बारेमा भएको सन्देश”

translationWords

2 Corinthians 5:20-21

हामीलाई ख्रीष्‍टको प्रतिनिधिहरूको रूपमा नियुक्ति गरिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई ख्रीष्‍टका प्रतिनिधिहरूको रूपमा नियुक्ति गर्नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ख्रीष्‍टका प्रतिनिधिहरू

“जसले ख्रीष्‍टको लागि बोल्छन्”

परमेश्‍वरसँग पुनर्मिलापमा होओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँमा पुनर्मिलापमा ल्याउन देओ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उहाँले ख्रीष्‍टलाई हाम्रो पापको लागि बलि बन्‍न लगाउनुभयो

“परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रो पापको लागि बलि बन्‍न लगाउनुभयो”

हाम्रो पाप ... हामी ... हुनसकौँ

यहाँ “हाम्रो” र “हामी” शब्दहरू समावेशी छन् र सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

उहाँ नै हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुभएन

“ख्रीष्‍ट नै हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुभएन”

उहाँले यो गर्नुभयो ... उहाँमा परमेश्‍वरको धार्मिकता

“परमेश्‍वरले यो गर्नुभयो ... ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता”

ताकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ

“परमेश्‍वरको धार्मिकता” वाक्यांशले परमेश्‍वरले चाहनुहुने धार्मिकतालाई बुझाउँछ र जुन परमेश्‍वरबाट आउँछ । वैकल्‍पिक अनुवादः “ताकि हामीसँग ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता हामीमा होस्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 6

2 Corinthians 6:intro-0

२ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ६:२, १६, १७-१८ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटका उद्धरणहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# सेवकहरू

ख्रीष्‍टिएनहरूलाई परमेश्‍वरका सेवकहरू भनिन्छ । यो किन हो भने जस्तोसुकै परिस्थितिहरूमा पनि तिनीहरूको जीवनमा परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई बोलाइएको छ । यो कुरा कोही व्यक्तिसँग धेरै चुनौतिपूर्ण परिस्थितिहरू भएको भएतापनि साँचो हो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# विपरीत कुराहरू

पावलले विपरीत रहेका कुराहरूको चार जोडिहरूको प्रयोग गर्छन्ः धार्मिकता विरुद्ध व्यवस्थाहीनता, ज्योति विरुद्ध अन्धकार, ख्रीष्‍ट विरुद्ध शैतान, र परमेश्‍वरको मन्दिर विरुद्ध मूर्तिहरू । यी विपरीतमा रहेका कुराहरूबाट ख्रीष्‍टिएनहरू र गैर-ख्रीष्‍टिएनहरूको बीचमा फरक छुट्‌ट्याउन खोजिएको छ । (हेर्नुहोस्ः INVALID bible/kt/righteous, INVALID bible/other/light अनि INVALID bible/other/darkness)

# ज्योति र अन्धकार

यी नयाँ करारमा भएका धेरै प्रयोग गरिने चित्रणहरू हुन् । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकाशलाई सङ्केत गर्नलाई प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप चाहिँ परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः INVALID bible/other/light, INVALID bible/kt/righteous, INVALID bible/other/darkness अनि INVALID bible/kt/sin)

# आलङ्कारिक प्रश्‍नहरू

पावलले उनका पाठकहरूलाई सिकाउनलाई एक लहर आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यी सबै प्रश्‍नहरूले मूलभूत रूपमा एउटै बुँदा बनाउँछन्ः ख्रीष्‍टिएनहरूले पापमा जीवन जिउनेहरूसँग घनिष्‍ठतासँग संगत गर्नुहुँदैन । यी प्रश्‍नहरूलाई जोड दिनको लागि दोहोर्‍याइएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID bible/kt/sin)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# हामी

पावलले गरेको “हामी” सर्वनामको प्रयोगले कम्तीमा तिमोथी र उनी आफैँलाई प्रतिनिधित्व गरेको हुन सक्छ । यो सम्भव छ कि त्यसले अन्य मानिसहरूलाई पनि समेटेको हुन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 6:1-3

जोड्ने कथनः

परमेश्‍वरसँग काम गर्ने कुरा कस्तो हुनुपर्छ भनेर पावलले सारांश निकाल्छन् ।

सामान्य जानकारीः

पद २ मा, पावलले यशैया अगमवक्ताको पुस्तकबाट एउटा अंशलाई उद्‌धृत गर्छन् ।

सँगसँगै काम गर्दै

पावल बताउन खोज्दैछन् कि उनी र तिमोथी परमेश्‍वरसँगै काम गर्दै छन् । वैकल्पिक अनुवाद: “परमेश्‍वरसँगै काम गर्दै” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

परमेश्‍वरको अनुग्रहलाई व्यर्थमा नलिन हामी तिमीहरूलाई अनुरोध पनि गर्दछौँ

पावलले परमेश्‍वरको अनुग्रहलाई तिनीहरूको जीवनमा प्रभावकारी हुनलाई अनुमति दिन तिनीहरूसँग बिन्ती गर्छन् । यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वरबाट प्राप्‍त गरेका अनुग्रहको प्रयोग गर्न हामी तिमीहरूलाई बिन्ती गर्दछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

किनभने उहाँले भन्‍नुहुन्छ

“किनभने परमेश्‍वरले भन्‍नुहुन्छ ।” यसले यशैया अगमवक्ताको पुस्तकबाटको एउटा उद्धरणलाई परिचय गराउँछ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले धर्मशास्‍त्रमा भन्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हेर

यहाँ “हेर” शब्दले यसपछिको चकित पार्ने जानकारीप्रति ध्यान दिन हामीलाई सजग बनाउँछ ।

हामी कसैको अगाडि ठेस लाग्‍ने कुरा राख्दैनौँ

पावलले कोही व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वास गर्नबाट बाधा दिने कुनै पनि कुरालाई उक्त व्यक्ति ठेस खाने र लड्ने कुनै भौतिक वस्तु भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई हाम्रो सन्देशमा विश्‍वास गर्नबाट रोक्‍ने कुनै पनि कुरा हामी गर्न चाहँदैनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी हाम्रो सेवकाइ बदनाम भएको चाहन्‍नौँ

“बदनाम हुन”ले मानिसहरूले पावलको सेवकाइको बारेमा नराम्रो रीतिले कुरा गरेको, र उनले प्रचार गरेको सन्देशको विरुद्धमा काम गरिरहेको कुरालाई दर्शाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि हाम्रो सेवकाइको बारेमा नराम्ररी बोल्‍न सक्‍ने भएको हामी चाहन्‍नौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 6:4-7

सामान्य जानकारीः

यहाँ जब पावलले “हामी”को प्रयोग गर्छन्, उनी आफैँ र तिमोथीलाई जनाउँदै छन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

हामी हाम्रो सबै कामबाट आफैँलाई प्रमाणित गर्छौं कि हामी परमेश्‍वरका सेवकहरू हौँ

“हामीले गर्ने सबै कुराले हामी परमेश्‍वरका सेवकहरू हौँ भनेर प्रमाणित गर्छौं”

हामी धेरै सहनशीलतामा ... अनिदो रातहरूमा, भोकमा उहाँका सेवकहरू हौँ

पावलले विभिन्‍न कठिन परिस्थितिहरूलाई उल्‍लेख गर्छन् जसमा तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।

शुद्धतामा ... सच्‍चा प्रेममा

पावलले थुप्रै नैतिक सद्‌गुणहरूको सूची बनाउँछन् जुन तिनीहरूले कठिन परिस्थितिहरूमा कायम राखेका थिए जसले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्‍यो ।

हामी सत्यताको वचनमा, परमेश्‍वरको शक्तिमा उहाँका सेवकहरू हौँ

परमेश्‍वरको शक्तिमा सुसमाचार प्रचार गर्ने तिनीहरूको समर्पणले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्छ ।

वचनको सत्यतामा

“परमेश्‍वरको सत्य वचनको प्रचारमा”

हामीसित दाहिने र देब्रे हातको निम्ति धार्मिकताको हतियार छ

पावलले तिनीहरूको धार्मिकताको बारेमा तिनीहरूले आत्मिक लडाइँ लड्नलाई प्रयोग गर्ने हतियारहरू भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धार्मिकताको हतियार

“हाम्रो शस्‍त्रको रूपमा धार्मिकता” वा “हाम्रो हतियारको रूपमा धार्मिकता”

दायाँ र देब्रे हातको लागि

सम्भावित अर्थहरू हुन् १) कि त्यहाँ एउटा हातमा हतियार छ र अर्को हातमा ढाल छ २) कि तिनीहरू कुनै पनि दिशाबाट आइपर्ने आक्रमणलाई रोक्‍नलाई सक्षम भएर युद्धको निम्ति पूर्ण रूपमा सुसज्जित छन् ।

translationWords

2 Corinthians 6:8-10

सामान्य जानकारीः

पावलले उनी र उनका सेवकाइको बारेमा मानिसहरूले कसरी विचार गर्छन् भन्‍ने कुराको थुप्रै चरम कुराहरूको सूची बनाउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-merism)

हामीलाई छलपूर्ण भएको दोष लगाइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई छली भएको दोष लगाउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामी अज्ञात भए झैँ छौँ र अझै पनि हामी राम्ररी परिचित छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानौँ मानिसहरूले हामीलाई चिनेका थिएनन् र अझै पनि मानिसहरूले हामीलाई राम्ररी जान्दछन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हेर !

यहाँ “हेर” शब्दले यसपछिको चकित पार्ने जानकारीप्रति ध्यान दिन हामीलाई सजग बनाउँछ ।

हामी हाम्रा कामहरूको निम्ति दण्ड पाएको झैँ गरी काम गर्छौँ, तर मृत्युदण्ड पाए झैँ गरी होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी मानिसहरूले हामीलाई हाम्रा कामहरूको निम्ति दण्ड दिएको झैँ गरी काम गर्छौं, तर तिनीहरूले हामीलाई मृत्युदण्ड दिए झैँ गरी होइन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

translationWords

2 Corinthians 6:11-13

जोड्ने कथनः

पावलले कोरिन्थका विश्‍वासीहरूलाई मूर्तिहरूबाट अलग भएर परमेश्‍वरको निम्ति शुद्ध जीवनहरू जिउनलाई उत्साह दिन्छन् ।

तिमीहरूलाई सम्पूर्ण सत्यता बताएका छौँ

“तिमीहरूसँग इमानदारीसाथ बोलेका छौँ”

हाम्रा हृदयहरू खुला छन्

पावलले कोरिन्थीहरूप्रतिको उनको महान् स्नेहलाई खुला हृदय भएको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै प्रेम गर्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूका हृदयहरू हामीबाट नियन्‍त्रित छैनन्, तर तिमीहरू तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छौ

पावलले तिनको निम्ति कोरिन्थीहरूको प्रेमको कमीलाई तिनीहरूको हृदय साँघुरो ठाउँ हुने गरी निचोरिएको झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूका हृदयहरू हामीबाट नियन्‍त्रित छैनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले तिमीहरूको हृदयहरूलाई नियन्त्रण गरेका छैनौँ” वा “तिमीहरूले हामीलाई प्रेम गर्न रोक्नलाई हामीले कुनै कारण दिएका छैनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरू तिमीहरूका आफ्नै भावनाहरूद्वारा नियन्‍त्रित छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूका आफ्नै भावनाहरूले तिमीहरूलाई नियन्त्रण गरिरहेका छन्” वा “तिमीहरूका आफ्नै कारणहरूले गर्दा तिमीहरूले हामीलाई प्रेम गर्न छाडेका छौ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ठीक तरिकाले यसको सट्टामा

“उचित प्रतिक्रियाको रूपमा”

म बालकहरूसँग झैँ गरी बोल्दछु

पावलले कोरिन्थीहरूलाई उनको आत्मिक छोराछोरीहरू भए झैँ गरी सम्बोधन गर्छन् । वैकल्‍पिक अनुवादः “म तिमीहरूको बाबु भए झैँ गरी बोल्छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूका हृदयलाई खुला राख

पावलले कोरिन्थीहरूलाई उनले तिनीहरूलाई प्रेम गरे जस्तै गरी उनलाई प्रेम गर्न आग्रह गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले तिमीहरूलाई प्रेम गरे जत्तिकै हामीलाई प्रेम गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 6:14-16

सामान्य जानकारीः

पद १६ मा, पावलले पुरानो करारका थुप्रै अगमवक्तहरूबाटका अंशहरूलाई व्याख्या गर्छन्ः मोशा, जकरिया, आमोस र सम्भवतः अरूहरू ।

अविश्‍वासीहरूसँग एकसाथ ननारिओ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूसँग मात्र एकसाथ बाँधिएका होओ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

एकसाथ बाँधिएका होओ

पावलले एकै उद्देश्यको निम्ति सँगै काम गर्ने कुरालाई त्यो कुनै हलो वा गाडालाई तान्न सँगै नारिएका दुई वटा पशुहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ ... सँग टोली बनाओ” वा “ ... सँग घनिष्‍ठ सम्बन्ध राख” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनकि धार्मिकताको व्यवस्थाहीनतासँग के सरोकार हुन्छ ?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “किनकि धार्मिकताको व्यवस्थाहीनतासँग कुनै सरोकार हुन सक्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

किनकि ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ ?

पावलले ज्योति र अन्धकारसँगै रहन सक्दैनन् भनेर जोड दिनलाई यो प्रश्‍न सोध्छन् किनभने ज्योतिले अन्धकारलाई हटाउँछ । “ज्योति” र “अन्धकार” शब्दहरूले विश्‍वासीहरू र अविश्‍वासीहरूको नैतिक र आत्मिक गुणहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ज्योतिको अन्धकारसित कुनै संगति हुन सक्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-metaphor)

ख्रीष्‍टको बेलिआलसित के सहमति हुन सक्छ ?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट र बेलिआलको बीचमा कुनै सहमति हुँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

बेलिआल

यो शैतानको निम्ति अर्को नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

एउटा विश्‍वासीको कुनै अविश्‍वासीसँग के सहभागिता हुन सक्छ ?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “एकजना विश्‍वासीको कुनै अविश्‍वासीसँग केही साझा कुरा हुँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनि परमेश्‍वरको मन्दिर र मूर्तिहरूको बीचमा के सहमति हुन्छ ?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको मन्दिर र मूर्तिहरूको बीचमा कुनै सहमति हुँदैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ

पावलले सबै ख्रीष्‍टिएनहरूलाई परमेश्‍वर वास गर्ने मन्दिर निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी एउटा मन्दिर जस्तै छौँ जहाँ जीवित परमेश्‍वर बस्‍नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-inclusive)

translationWords

2 Corinthians 6:17-18

सामान्य जानकारीः

पावलले पुरानो करारका अगनवक्ताहरू, यशैया र इजकिएकको पुस्तकका अंशहरू उद्‌धृत गर्छन् ।

अलग भएका होओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आफैलाई अलग गर” वा “तिमीहरूलाई अलग गर्न मलाई अनुमति देओ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

कुनै अशुद्ध चीजलाई नछोओ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शुद्ध थोकहरूलाई मात्र छोओ” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

translationWords

2 Corinthians 7

2 Corinthians 7:intro-0

२ कोरिन्थीहरू ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्यायमा अचानक बदलाउ आएको छ । ७:२-४ मा, पावलले उनको प्रतिरोधलाई सकाउँछन् । त्यसपछि उनले तीतस फर्कको कुरा र त्यसले उनलाई दिएको सान्तवनाको बारेमा कुरा गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# शुद्ध र शुद्ध नभएको

ख्रीष्‍टिएनहरू परमेश्‍वरसँगको ठीक सम्बन्धमा भएका बुझाइमा “शुद्ध” छन्, र तिनीहरूले मोशाको व्यवस्था अनुसार शुद्ध हुने कुराको चिन्ता लिन आवश्‍यकता छैन । ईश्‍वरहीन जीवनले अझै पनि ख्रीष्‍टिएनलाई अशुद्ध बनाउन सक्छ । (हेर्नुहोस्ः INVALID bible/kt/clean, INVALID bible/kt/lawofmoses, INVALID bible/kt/ungodly अनि INVALID bible/kt/unclean)

# उदासपना र दुःख

भावनाहरूको लागि प्रयोग हुने विभिन्‍न शब्दहरूको अर्थमा ठूलो फरक हुन सक्छ । यस अध्यायमा प्रयोग भएका “उदास” र “दुःख” शब्दहरूले कोरिन्थीहरू पश्‍चात्तापको विन्दुसम्म निरास भएका थिए भनेर सङ्केत गर्छ । (हेर्नुहोस्ः INVALID bible/kt/repent)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# हामी

पावलले गरेको “हामी” सर्वनामको प्रयोगले कम्तीमा तिमोथी र उनी आफैँलाई प्रतिनिधित्व गरेको हुन सक्छ । यो सम्भव छ कि त्यसले अन्य मानिसहरूलाई पनि समेटेको हुन सक्छ ।

# वास्तविक परिस्थिति

यस अध्यायले एउटा अघिल्‍लो परिस्थितिको बारेमा विस्तृत रूपमा छलफल गर्छ । हुन त यस अध्यायमा दिइएका जानकारीका आधारमा त्यस परिस्थितिको केही पक्षहरूको बारेमा अनुमान गर्न सकिन्छ, यस किसिनको अस्‍पष्‍ट जानकारीलाई अनुवाद नगरी छोड्दा नै बेस हुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 7:1

जोड्ने कथनः

पावलले तिनीहरूलाई पापबाट अलग रहन र पवित्रतालाई उद्देश्‍यपूर्ण रूपले खोजी गर्न तिनीहरूलाई याद दिलाइरहन्छन् ।

प्रियहरू

“तिमीहरू जसलाई म प्रेम गर्छु” वा “प्रिय मित्रहरू”

हामी आफैँलाई शुद्ध पारौँ

यहाँ पावल परमेश्‍वरसँगको एक व्यक्तिको सम्बन्धलाई असर गर्ने कुनै पनि किसिमको पापबाट अलग रहनलाई भनिरहेका छन् ।

पवित्रतालाई पछ्याऔँ

“पवित्र रहन सङ्घर्ष गरौँ”

परमेश्‍वरको भयमा

“परमेश्‍वरको लागि गहन आदरमा”

translationWords

2 Corinthians 7:2-4

जोड्ने कथनः

कोरिन्थीहरूलाई पछ्यान लगाउन प्रयास गरिरहेका अरू अगुवाहरूको बारेमा कोरिन्थका मानिसहरूलाई अघिबाटै चेतावनी दिएर पावलले तिनीहरूको बारेमा उनलाई लाग्‍ने कुरा मानिसहरूलाई याद दिलाउँछन् ।

हाम्रा निम्ति ठाउँ बनाओ

यसले पावलले तिनीहरूलाई २ कोरिन्थीहरू ६:११-१३ मा उनको निम्ति तिनीहरूले हृदय खोल्‍ने बारेमा भनेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको हृदयमा हाम्रो निम्ति ठाउँ बनाओ” वा “हामीलाई प्रेम गर र हामीलाई स्वीकार गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-explicit)

तिमीहरूलाई दोष लाउन मैले यो भनेको होइन

“म यो तिमीहरूले गल्ती गरेको दोष लाउन भन्दिन ।” “यो” शब्दले पावलले भर्खरै मात्र कसैलाई खराबी नगरेको बारेमा बताएको कुरालाई जनाउँछ ।

तिमीहरू हाम्रा हृदयहरूमा छौ

पावलले उनी र उनका सहकर्मीहरूको कोरिन्थीहरूप्रतिको प्रेमलाई तिनीहरूले ती तिनीहरूको हृदयमा राखेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू हाम्रो निम्ति अति प्रिय छौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीहरू सँगै मर्न र सँगै बाँच्‍न

यसको आशय हो कि जे भए पनि पावल र उनका सहकर्मीहरूले कोरिन्थीहरूलाई प्रेम गरिरहने छन् । वैकल्‍पिक अनुवादः “चाहे हामी बाँचौँ वा चाहे हामी मरौँ” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

... को लागि हामी मर्न

“हामीलाई”ले कोरिन्थी विश्‍वासीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

म सान्तवनाले भरिएको छु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू मलाई सान्तवनाले भर्छौ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

म आनन्दले भरिभराउ हुन्छु

पावलले आनन्दको बारेमा यसरी बताउँछन् मानौँ त्यो चाहिँ एउटा तरल पदार्थ हो जसले उनी पोखिएर नगएसम्म भर्छ । वैकल्‍पिक अनुवादः “म अत्यन्त आनन्दित छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हाम्रा सबै कष्‍टहरूमा पनि

“हाम्रा सबै कठिनाइहरूका बाबजुद पनि”

translationWords

2 Corinthians 7:5-7

जब हामी माकेडोनियामा आयौँ

यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई बुझाउँछ तर कोरिन्थी वा तीतसलाई होइन । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

हाम्रो शरीरले आराम पाएन

यहाँ “शरीरहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले आराम पाएनौँ” वा “हामी धेरै थकित थियौँ” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)

हामी हरेक तरवले कष्‍टमा थियौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले हरेक तवरले कष्‍ट भोग्यौँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

बाहिर हुने द्वन्द्वहरूद्वारा र भित्र हुने डरहरूद्वारा

“बाहिर”को लागि सम्भावित अर्थहरू हुन् १) “हाम्रा शरीरहरूबाट बाहिर” वा २) “मण्डली बाहिर ।” “भित्री” शब्दले तिनीहरूको भित्री संवेगलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अन्य मानिसहरूसितको द्वन्द्वहरूद्वारा र हामी आफैभित्रका डरहरूद्वारा” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाद्वारा

कोरिन्थीहरूले तीतसलाई सात्वना दिए भनेर थाहा पाएको कुराबाट पावलले सान्त्वना पाए । वैकल्‍पिक अनुवादः “तीतसले तिमीहरूबाट पाएको सान्त्वनाको बारेमा जानेर” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 7:8-10

जोड्ने कथनः

पावलले तिनीहरूको ईश्‍वरीय कष्‍ट, ठीक कुरा गर्ने तिनीहरूको जोश, र उनी र तीतसलाई त्यसले ल्याएको आनन्दको लागि तिनीहरूको प्रशंसा गर्छन् ।

सामान्य जानकारीः

यसले यी कोरिन्थी विश्‍वासीहरूलाई लेखिएको पावलको अघिल्‍लो पत्रलाई जनाउँछ जहाँ उनले तिनीहरूलाई एक विश्‍वासीको आफ्‍नो बाबुकी पत्‍नीसितको यौन अनैतिकतालाई तिनीहरूले स्वीकार गरेको कुराको लागि हप्‍काएका थिए ।

जब मैले देखेँ कि मेरो पत्र

“जब मैले थाहा पाएँ कि मेरो पत्र”

तिमीहरू चिन्तामा पर्‍यौ भनेर होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले मेरो पत्रमा तिमीहरूलाई भनेको कुराले तिमीहरूलाई चिन्तामा पारेको कारण होइन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरूले मेरो कारणले कुनै हानि भोगेनौँ

“हामीले तिमीहरूलाई हप्‍काएको कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौँ ।” यसको अर्थ हो कि हुन त त्यो पत्रले तिनीहरूलाई दुःखित बनायो, आखिरमा तिनीहरूले त्यो पत्रबाट लाभ उठाए किनभने त्यसले तिनीहरूलाई पश्‍चात्तापमा डोहोर्‍यायो । वैकल्‍पिक अनुवादः “त्यसैले हामीले तिमीहरूलाई कुनै रीतिले हानि पुर्‍याएनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

किनभने ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले उद्धारलाई पूरा गर्छ

यसअघि आएको कुरालाई र यसपछि आउने कुरालाई प्रष्‍ट पार्नलाई “पश्‍चाताप” शब्दलाई दोहोर्‍याउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने ईश्‍वरीय कष्‍टले पश्‍चात्ताप उत्पन्न गर्छ र पश्‍चात्तापले मुक्तितिर डोहोर्‍याउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

पश्‍चात्ताप बिना

सम्भावित अर्थहरू हुन् १) तिनीहरूलाई दुःख पुर्‍याएकोमा पावललाई कुनै पश्‍चाताप छैन किनभने त्यो दुःखले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो वा २) कोरिन्थीहरूले दुःख भोगेकोमा पश्‍चाताप गर्नेछैनन् किनभने त्यसले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो ।

तापनि सांसारिक शोकले मृत्यु ल्याउँछ

यस प्रकारको शोकले मुक्तिको साटोमा मृत्युतर्फ डोहोर्‍याउँछ किनभने त्यसले पश्‍चाताप उत्पन्‍न गर्दैन । वैकल्पिक अनुवादः “तापनि सांसारिक शोकले भने आत्मिक मृत्युतर्फ डोहोर्‍याउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

translationWords

2 Corinthians 7:11-12

हेर

यो शब्दले यसपछि बताइएको कुरामा जोड थप्छ ।

तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्न तिमीहरूमा कति ठूलो सङ्कल्प थियो

यहाँ “कति” शब्दले यो भनाइलाई विस्मयादिबोधक कथन बनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्ने तिमीहरूको अठोट निकै महान्‌ थियो !” (हेर्नुहोस्ः INVALID translate/figs-exclamations)

तिमीहरूको क्रोध

“तिमीहरूको रीस”

कि न्याय गरियोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि कसैले न्याय ल्याउनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

गल्ती गर्ने

“त्यो व्यक्ति जसले गल्ती गर्‍यो”

तिमीहरूको हामीप्रतिको भलो चाहना परमेश्‍वरको नजरमा तिमीहरूलाई थाहा गराइनुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूलाई थाहा होस् कि तिमीहरूको हामीप्रतिको भलो चाहना सच्‍चा छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परमेश्‍वरको नजरमा

यसले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ । परमेश्‍वरको बुझाइ र पावलको सत्यताको स्वीकृति चाहिँ परमेश्‍वरले तिनीहरूलाई देख्न सक्ने कुराको रूपमा दर्शाइएको छ । तपाईंले यसलाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वर साक्षीको रूपमा” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

translationWords

2 Corinthians 7:13-14

यो यहिद्वारा हो कि हामी उत्साहित हुन्छौँ

यहाँ “यस” शब्दले पावलले पहिले लेखेका पत्रप्रति कोरिन्थीहरूले दिएका प्रतिक्रियाको शैलीलाई बुझाउँछ, जसरी उनले अघिल्लो पदमा वर्णन गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो नै हो जसले हामीलाई उत्साह दिन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उसको आत्मालाई तिमीहरू सबैबाट ताजा बनाइएको थियो

यहाँ “आत्मा” शब्दले कोही व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू सबैले उसको आत्मालाई ताजा बनायौ” वा “तिमीहरू सबैले उसलाई चिन्ता गर्नबाट रोक्यौ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

किनकि यदि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरेँ भने

“किनकि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरे पनि”

म लज्‍जित भइन

“तिमीहरूले मलाई निराश पारेनौ”

हामीले तिमीहरूको बारेमा तीतससँग गरेको गर्व सत्य साबित भयो

“हामीले तिमीहरूको बारेमा तीतससित गरेको गर्वलाई तिमीहरूले सहि प्रमाणित गर्‍यौ”

translationWords

2 Corinthians 7:15-16

तिमीहरू सबैको आज्ञाकारिता

यो नाउँ “आज्ञाकारिता”लाई “आज्ञापालन गर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसरी तिमीहरू सबैले आज्ञापालन गर्‍यौ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

तिमीहरूले तिनलाई डर र कम्पसाथ स्वागत गर्‍यौ

यहाँ “डर” र “कम्प”को समान अर्थ हुन्छ र डरको तीव्रतालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई उच्‍च आदरसहित स्वागत गर्‍यौ” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

डर र कम्पसाथ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरको निम्ति महान् आदरसाथ” वा २) “तीतसको निम्ति महान् आदरसाथ ।”

translationWords

2 Corinthians 8

2 Corinthians 8:intro-0

२ कोरिन्थीहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

८ र ९ अध्यायहरूले एउटा नयाँ खण्‍डलाई सुरु गर्छन् जसले ग्रीसमा भएका मण्‍डलीहरूको उपहारदेखि लिएर येरूशलेमको गरिब मण्‍डलीको बारेमा कुरा गर्छ ।

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ८:१५ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# येरूशलेममा भएको मण्‍डलीलाई उपहार

कोरिन्थमा भएको मण्‍डलीले येरूशलेममा भएका गरिब विश्‍वासीहरूका लागि पैसाको उपहार तयार गर्न लागे । माकेडोनियाका मण्‍डलीहरूले पनि उदार चित्तले दिएका छन् । अब, कोरिन्थीहरूलाई उदारताका साथ दिन प्रोत्साहन गर्नलाई पावलले तीतस र दुई अरू विश्‍वासीहरूलाई कोरिन्थमा पठाउँदैछन् । पावल र अरूहरूले त्यो पैसा येरूशलेममा ल्याउनेछन् किनभने तिनीहरू मानिसहरूले यो जानेका चाहन्छन् कि त्यो कुरा इमान्दारीका साथ भइरहेको छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# हामी

पावलले गरेको “हामी” सर्वनामको प्रयोगले कम्तीमा तिमोथी र उनी आफैँलाई प्रतिनिधित्व गरेको हुन सक्छ । यो सम्भव छ कि त्यसले अन्य मानिसहरूलाई पनि समेटेको हुन सक्छ ।

# विरोधाभासी अलङ्कारको प्रयोग

यो एउटा भनाइ हो जुन अनौठो देखिन्छ र आफैँसँग नमिलेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः कठिनाइमा आनन्द पाउने । यो कठिनाइहरूप्रति भएको अन्तर्बोध विरुद्धको भनाइ हो । पावलले विरोधाभासी अलङ्कारहरू जस्तो लाग्‍ने अरू कुराहरूमा धनहरू र दरिद्रतालाई पनि प्रयोग गर्छन् ।

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 8:1-2

जोड्ने कथनः

पावलले उनको बदलिएको योजनाहरू र सेवकाइको दिशाको बारेमा व्याख्या गरिसकेपछि, पावल दिने बारेमा कुरा गर्छन् ।

माकेडोनियाका मण्डलीहरूलाई दिइएको परमेश्‍वरको अनुग्रह

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रह” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनीहरूको आनन्दको भरिपूर्णता र तिनीहरूको घोर दरिद्रताले उदारताको महान् धनहरू आर्जन गरेको छ

पावलले “आनन्द” र “दरिद्रता”को बारेमा यसरी कुरा गर्छन् मानौँ ती जीवित प्राणीहरू हुन् जसले उदारतालाई उत्पन्न गर्न सक्‍छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूको महान् आनन्द र चरम दरिद्रताको कारण तिनीहरू अत्यन्‍त उदार भएका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

तिनीहरूको आनन्दको भरिपूर्णता

पावलले आनन्दको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै एउटा भौतिक वस्तु हो जुन नाप र परिमाणमा वृद्धि हुन सक्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूको घोर दरिद्रता ... उदारताका धनहरू

माकेडोनियाका मण्डलीहरू कष्‍ट र गरिबीको परीक्षामा परेका भएतापनि, परमेश्‍वरको अनुग्रहद्वारा, तिनीहरू यरूशलेमका विश्‍वासीहरूका निम्ति पैसा संकलन गर्न सक्षम भएका छन् ।

उदारताको ठूला धनहरू

“एउटा धेरै महान् उदारता ।” “ठूला धनहरू” शब्दहरूले तिनीहरूको उदारताको महान्‌तालाई जोड दिन्छ ।

अनुवादका शब्दहरू

2 Corinthians 8:3-5

तिनीहरूले दिए

यसले माकेडोनियाका मण्‍डलीहरूलाई जनाउँछ ।

तिनीहरूको आफ्नै स्वतन्त्र इच्छाले

“स्वेच्छाले”

विश्‍वासीहरूको निम्ति भएको यो सेवकाइ

पावलले यरूशलेममा भएका विश्‍वासीहरूलाई पैसा जुटाइदिने कुरालाई जनाइरहेका छन् । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका विश्‍वासीहरूको लागि जुटाइदिने यो सेवकाइ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्दहरू

2 Corinthians 8:6-7

जसले यो काम अघिबाटै सुरु गरेका थिए

पावलले यरूशलेमका विश्‍वासीहरूका निम्ति कोरिन्थीहरूबाट पैसा सङ्कलन गर्ने कामलाई उल्लेख गर्दै छन् । वैकल्पिक अनुवादः “जसले पहिलो स्थानमा तिमीहरूको दिने कार्यलाई प्रोत्साहन गरेका थिए” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

उदारताको यो काम तिमीहरूका भागबाट पूरा गर्न

तीतसले कोरिन्थीहरूलाई पैसा संकलन गर्ने काम पूरा गर्न सहायता गर्नु पर्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूको उदार उपहारलाई पूरा गर्न तिमीहरूलाई उत्साह दिन” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

तर तिमीहरू सबै कुरामा प्रशस्त हुँदै जाओ

पावलले कोरिन्थी विश्‍वासीहरूका बारेमा यसरी कुरा गर्छन् मानौँ तिनीहरूले भौतिक वस्तुहरू उत्पादन गरिरहेका थिए । वैकल्पिक अनुवादः “तिमीहरू कति धेरै तरिकाले असल गर्छौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरू यो उदारतापूर्वक गरिएको काममा प्रशस्त हुनलाई पक्का गर

पावलले कोरिन्थी विश्‍वासीहरूका बारेमा यसरी कुरा गर्छन् मानौँ तिनीहरूले भौतिक वस्तुहरू उत्पादन गर्नुपर्छ । वैकल्‍पिक अनुवादः “यरूशलेमका विश्‍वासीहरूलाई दिने कुरामा तिमीहरूले राम्रो गर्न पक्‍का गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 8:8-9

यसलाई अरू मानिसहरूको तत्परतासँग तुलना गरेर

पावलले माकेडोनियाका मण्डलीहरूको उदारतासँग तुलना गरेर कोरिन्थीहरूलाई उदारतापूर्वक तरिकाले दिनलाई उत्साह दिइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हाम्रा प्रभुको अनुग्रह

यस सन्दर्भमा, “अनुग्रह” शब्दले येशूले कोरिन्थीहरूलाई आशिष् दिनुभएको उदारतालाई जोड दिन्छ ।

उहाँ धनी हुनुभए तापनि, तिमीहरूका खातिर उहाँ गरिब हुनुभयो

पावलले येशूको बारेमा उहाँको देहधारणको अगाडि उहाँ धनी हुनुभएको रूपमा र मानव हुनुभए पछाडि गरिब हुनुभएको रूपमा बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उहाँको दरिद्रताद्वारा तिमीहरू धनी बन्‍न सक

पावलले कोरिन्थीहरू येशू मानव हुनुभएको परीणामस्वरूप तिनीहरू आत्मिक रूपमा धनी भएको कुरा बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 8:10-12

यो विषयमा

यसले यरूशलेमका विश्‍वासीहरूलाई दिनलाई गरेको पैसा संकलनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “संकलनको सम्बन्धमा” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

त्यहाँ सो गर्ने तत्परता र इच्छा थियो

यसलाई मौखिक वाक्यांशमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू उत्सुक थियौ र त्यसो गर्न चाहन्थ्यौ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

त्यसलाई पूर्णतामा ल्याउन

“त्यसलाई पूरा गर्न” वा “त्यसलाई सिद्ध्याउन”

एउटा असल र स्वीकारयोग्‍य थोक

यहाँ “असल” र “स्वीकारयोग्‍य” शब्दहरूको उस्तै अर्थ हुन्छ र कुनै थोकको असलपनालाई जोड दिन्छ । वैकल्‍पिक अनुवादः “एउटा धेरै असल थोक” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

यो कुनै व्यक्तिसँग भएको कुरामा आधारित भएको हुनुपर्छ

“दिने कुरा कोही व्यक्तिसित भएको कुरामा आधारित हुनुपर्छ”

अनुवादका शब्दहरू

2 Corinthians 8:13-15

यो कामको लागि

यसले येरूशलेममा भएका विश्‍वासीहरूका लागि पैसा संकलन गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पैसा संकलन गर्ने यो कामको लागि” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ताकि अरूहरू मुक्त होऊन् र तिमीहरू चाहिँ बोझले लादिओ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले अरूहरूलाई मुक्त गर र आफैँमाथि बोझ लेऊ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यहाँ निष्पक्षता हुनुपर्छ

“त्यहाँ समानता हुनुपर्छ”

यो यसकारणले पनि कि तिनीहरूको प्रशस्तताले तिमीहरूको खाँचो पूरा गर्न सकोस्

किनकि कोरिन्थीहरू वर्तमान समयमा काम गरिरहेका छन्, यस्तो आशय दिन खोजिएको छ कि येरूशलेममा भएका विश्‍वासीहरूले पनि कुनै समय भविष्यमा तिनीहरूलाई सहायता गर्नेछन् । वैकल्पिक अनुवादः “यो यसकारणले पनि कि भविष्यमा तिनीहरूको प्रशस्तताले तिमीहरूको खाँचो पूरा गर्न सकोस्”

जसरी यस्तो लेखिएको छ

यहाँ पावलले प्रस्थानको पुस्तकबाट उद्‌धृत गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी मोशाले लेखे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

कुनै अभाव भएन

यसलाई सकारात्मक रीतिले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसलाई चाहिएको सबैथोक थियो” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives)

अनुवादका शब्दहरू

2 Corinthians 8:16-17

जसले तीतसको हृदयमा तिमीहरूको निम्ति ममा भएजस्तै उत्कट इच्छा हालिदिनुभयो ।

यहाँ “हृदय” शब्दले संवेगहरूलाई बुझाउँछ । यसको अर्थ हो कि परमेश्‍वरले तीतसलाई तिनीहरूलाई प्रेम गर्ने तुल्याउनुभयो । वैकल्‍पिक अनुवादः “जसले तीतसलाई मैले जत्तिकै तिमीहरूको वास्ता गर्ने बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)

उही उत्कट फिक्री

“उही उत्साह” र “उही गहिरो वास्ता”

किनकि तिनले हाम्रो अनुरोधलाई स्वीकार मात्र गरेनन्

पावलले तीतसलाई कोरिन्थमा फर्केर गएर संकलन गर्ने कामलाई पूरा गर्नलाई आग्रह गरेका कुरालाई जनाइरहेका छन् । वैकल्‍पिक अनुवादः “किनकि उनले संकलन गर्नमा तिमीहरूलाई सहायता गर्नलाई हाम्रो आग्रहमा सहमत मात्र भएनन्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्दहरू

2 Corinthians 8:18-19

तिनको साथमा

“तीतससँग”

सारा मण्डलीहरूको माझमा प्रशंसा गरिएका भाइ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ती भाइ जसलाई सारा मण्डलीभरीका विश्‍वासीहरूले प्रशंसा गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यति मात्र होइन

“सारा मण्डलीभरीका विश्‍वासीहरूले मात्र उनको प्रशंसा गर्ने होइन”

उनी मण्डलीहरूबाट छानिएका पनि थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मण्‍डलीहरूले पनि उनलाई छाने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो उदारताको काम हामीले पूरा गर्नमा

“यो उदारताको काम गर्न ।” यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ ।

हाम्रो सहायता गर्ने उत्सुकताको लागि

“सहायता गर्नलाई हाम्रो तत्परतालाई प्रदर्शन गर्न”

अनुवादका शब्दहरू

2 Corinthians 8:20-21

हामीले गरिरहेको यो उदारताको कामको विषयमा

यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ । भाववाचक संज्ञा “उदारता”लाई विशेषणसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस उदार उपहारलाई हामीले सम्हाल्ने तरिकाको बारेमा” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

आदरणीय भएको कुरा गर्ने कुरामा हामी ख्याल राख्छौँ

“यस उपहारलाई आदरणीय तरिकाले सम्हाल्न हामी होशियार छौँ”

प्रभुको सामुन्‍ने ... मानिसहरूको सामु

“प्रभुको रायमा ... मानिसहरूको रायमा”

अनुवादका शब्दहरू

2 Corinthians 8:22-24

तिनीहरूसँग

“तिनीहरूलाई” शब्दले तीतस र पहिले उल्लेख गरिएको भाइलाई जनाउँछ ।

तिनी तिमीहरूको लागि मेरो साझेदार र सङ्गी सहकर्मी हुन्

“तिनी मेरो साझेदार हुन् जो तिमीहरूलाई सहायता गर्न मसँग काम गर्छन्”

हाम्रो भाइहरूको विषयमा चाहिँ

यसले तीतससँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।

तिनीहरू मण्‍डलीहरूबाट पठाइएका हुन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मण्‍डलीहरूले तिनीहरूलाई पठाइएका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनीहरू ख्रीष्‍टको निम्ति एक सम्‍मान हुन्

यसलाई मौखिक वाक्यांशले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले मानिसहरूलाई ख्रीष्‍टलाई सम्‍मान गर्न लगाउनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्दहरू

2 Corinthians 9

2 Corinthians 9:intro-0

२ कोरिन्थीहरू ०९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ९:९ को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कारहरू

पावलले खाँचोमा परेकाहरूलाई दिने सम्बन्धमा निर्देशनहरू दिन कृषि सम्बन्धिको तीन अलङ्कारहरूको प्रयोग गर्छन् । तिनीहरूको समग्र उद्देश्‍य भनेको परमेश्‍वरले उदारताका साथ दिनेहरूलाई इनाम दिनुहुनेछ भन्‍ने कुरालाई व्याख्या गर्ने हो । उनले परमेश्‍वरले तिनीहरूलाई कसरी र कहिले इनाम दिनुहुनेछ भनेर निर्दिष्‍ट जानकारी दिँदैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID bible/other/reward)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 9:1-2

जोड्ने कथनः

पावलले दिने विषयलाई नै निरन्तरता दिन्छन् । उनले यरूशलेमका खाँचोमा परेका विश्‍वासीहरूका निम्ति संकलन गरिने सहायता उनी आउनभन्दा पहिले नै होस् भन्‍ने चाहन्छन् ताकि यसबाट उनले फाइदा उठाएको जस्तो नदेखिओस् । दिने कुराले दिनेलाई कसरी आशिष् दिन्छ र परमेश्‍वरलाई महिमा गर्छ भन्‍ने बारेमा उनले बताउँछन् ।

सामान्य जानकारीः

पावलले अखैयाको बारेमा बताउँदा, उनले दक्षिणी ग्रीसमा अवस्थित एक रोमी प्रान्तको बारेमा बताइरहेका छन् जहाँ कोरिन्थ पर्छ । (हेर्नुहोस्ः INVALID translate/translate-names)

विश्‍वासीहरूको लागि भएको सेवकाइ

यसले येरूशलेमका विश्‍वासीहरूलाई दिनलाई गरिएको पैसाको संकलनलाई जनाउँछ । यो भनाइको पूर्ण अर्थलाई प्रस्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका विश्‍वासीहरूका निम्ति सेवकाइ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अखैया तयार भइरहेको छ

यहाँ “अखैया” शब्दले यो प्रान्तमा बस्ने मानिसहरूलाई बुझाउँछ, र विशेष गरी कोरिन्थको मण्डलीका मानिसहरूलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “अखैयाका मानिसहरूले तयारी गरिरहेका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 9:3-5

भाइहरू

यसले तीतस र उनीसँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।

हामीले तिमीहरूको बारेमा गरेको गर्व व्यर्थ नहोस्

पावलले कोरिन्थीहरूको बारेमा गर्व गरेका कुराहरू झूटा थिए भनी अरूहरूले सोचेका पावल चाहँदैनन् ।

तिमीहरूलाई तयारी नभएको पाउनु

“दिनलाई तिमीहरू तयारी नभएको पाउनु”

म तिमीहरूको बारेमा केही भन्दिन

पावलले यो नकारात्मक कथनलाई कोरिन्थीहरूको बारेमा पनि उही कुरा सत्य हो भनी जोड दिनलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “अनि तिमीहरू अझ बढी लज्जित हुने थियौ”

भाइहरू तिमीहरूकहाँ आउन

पावलको दृष्‍टिकोणबाट, भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान” (हेर्नुहोस्ः INVALID translate/figs-go)

कुनै बलजफ्ती गरेको कुरा जसरी होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्दहरू

2 Corinthians 9:6-7

जसले रोप्छ ... आशिष्‌को कटनी गर्छ

दिने कुराको परिणामहरूलाई वर्णन गर्नलाई पावल एउटा किसानले बिउ छरेको कुराको चित्रणलाई प्रयोग गर्छन् । जसरी एउटा किसानको फसल उसले कति रोप्छ भन्‍ने कुरामा आधारित हुन्छ, त्यसै गरेर कोरिन्थीहरूले कति उदारताका साथ दिन्छन् भन्‍ने कुराको आधारमा परमेश्‍वरका आशिष्‌हरू थोरै वा धेरै हुनेछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उसले आफ्‍नो हृदयमा योजना गरे अनुरूप दिनु

यहाँ “हृदय” शब्दले विचारहरू र संवेगहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसले सङ्कल्‍प गरे अनुरूप दिनु” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

हिच्‍किचाउँदै वा बाध्य भएर होइन

यसलाई मौखिक वाक्यांशहरूले अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले पछुतो मानेको कारण वा कसैले उसलाई दबाब दिइराखेको कारणले होइन” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

किनभने खुसीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ

मानिसहरूले सङ्गी विश्‍वासीहरूको लागि जुटाउनलाई सहायता गर्नलाई खुशीसाथ दिएको परमेश्‍वर चाहनुहुन्छ ।

अनुवादका शब्दहरू

2 Corinthians 9:8-9

परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ

“परमेश्‍वर तिमीहरूको लागि हरेक आशिष्‌लाई वृद्धि गर्न सक्षम हुनुहुन्छ ।” जसै कोही व्यक्तिले अरू विश्‍वासीहरूलाई आर्थिक रूपमा सहायता गर्छ, परमेश्‍वरले पनि त्यो दिने व्यक्तिलाई आवश्‍यक पर्ने हरेक थोक उससँग भएको होस् भनेर उसलाई थप आशिष्‌हरू दिनुहुनेछ ।

ताकि तिमीहरूले हरेक अलस कामलाई वृद्धि गर्न सक

“ताकि तिमीहरू झन्-झन् धेरै अलस कामहरू गर्न सक्षम हुन सक”

यो त्यस मुताबिक हो जसरी लेखिएको छ

“यो ठ्याक्‍कै लेखिएको अनुसार हो ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो ठ्याक्‍कै लेखकले लेखेको अनुसार हो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्दहरू

2 Corinthians 9:10-11

उहाँ जसले जुटाउनुहुन्छ

“परमेश्‍वर जसले जुटाउनुहुन्छ”

खानाको निम्ति रोटी

यहाँ “रोटी” शब्दले सामान्य रूपमा खानेकुरालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “खानलाई खानेकुरा” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

रोप्नको लागि तिमीहरूको बिउलाई जुटाउनुभएर वृद्धि पनि गराउनुहुनेछ

पावलले कोरिन्थीहरूको धन-समपत्तिलाई बिउहरू भए झैँ गरी र अरूहरूलाई दिने कुरालाई बिउ छरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूको सम्पत्तिहरूलाई जुटाउनुभएर वृद्धि पनि गर्नुहुनेछ ताकि तिमीहरूले तिनीहरूलाई अरूहरूलाई दिएर छर्न सक” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उहाँले तिमीहरूको धार्मिकताको कटनीलाई वृद्धि गर्नुहुनेछ

कोरिन्थीहरूले तिनीहरूको उदारताबाट प्राप्‍त गर्ने लाभहरूलाई पावलले कटनीसँग तुलना गर्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको धार्मिकताको निम्ति तिमीहरूलाई अझ धेरै आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूको धार्मिकताको फसल

“तिमीहरूको धार्मिक कार्यहरूबाट आउने फसल ।” यहाँ “धार्मिकता” शब्दले यरूशेमका विश्‍वासीहरूलाई कोरिन्थीहरूका विश्‍वासीहरूले तिनीहरूको स्रोतहरू दिने काममा भएको धार्मिक कार्यहरूलाई जनाउँछ ।

तिमीहरू धनी बनाइनेछौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यसले हामीद्वारा परमेश्‍वरलाई धन्यवाद चढाउने काम उत्पन्‍न गराउनेछ

“यस” शब्दले कोरिन्थीहरूको उदारतालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको उदारताले गर्दा, हामीले तिनीहरूकहाँ ल्याउने उपहारहरू प्राप्‍त गर्नेहरूले परमेश्‍वरलाई धन्यवाट दिनेछन्” वा “र जब हामीले आवश्यकतामा परेकाहरूलाई तिमीहरूका ती उपहारहरू दिन्छौँ, तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्दहरू

2 Corinthians 9:12-15

यो सेवाको काम गर्न

यहाँ “सेवा” शब्दले पावल र उनका सहयात्रीहरूले येरूशलेममा भएका विश्‍वासीहरूका लागि ल्याइरहेका सहयोगलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यरूशलेमका विश्‍वासीहरूको निम्ति हामीले यो सेवा गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

यो परमेश्‍वरलाई धन्यवाद दिने विभिन्न काममा पनि बढ्दै जान्छ

पावलले कोरिन्थी विश्‍वासीहरूको सेवाको कार्यलाई धेरै थोकहरूमा वृद्धि हुन सक्‍ने कुनै वस्तु भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “यसले त्यस्ता थुप्रै कामहरू पनि ल्याउनेछ जसको लागि मानिसहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यो सेवाको कामले तिमीहरू जाँचिदा र प्रमाणित हुँदा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने यस सेवाले तिमीहरूलाई जाँचेको छ र प्रमाणित गरेको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिमीहरूले आज्ञाकारिताद्वारा परमेश्‍वरलाई महिमित पनि तुल्याउनेछौ ... तिनीहरूका निम्ति र सबैको निम्ति तिमीहरूको उपहारको उदारताद्वारा

पावलले बताउँछन् कि कोरिन्थीहरूले येशूप्रति विश्‍वासयोग्य भएर र खाँचोमा परेका अरू विश्‍वासीहरूलाई उदारता साथ दिएर परमेश्‍वरलाई महिमा दिनेछन् ।

उहाँको व्यक्त गर्न नसकिने वरदानको लागि

“उहाँको वरदानको निम्ति, जसलाई शब्दहरूले वर्णन गर्न सक्दैन ।” सम्भावित अर्थहरू हुन् १) कि यो उपहारले “धेरै महान् अनुग्रह”लाई जनाउँछ जुन परमेश्‍वरले कोरिन्थीहरूलाई दिनुभएको छ, जसले तिनीहरूलाई त्यस्तो उदार हुन डोहोर्‍याएको छ वा २) कि यो उपहारले येशू ख्रीष्‍टलाई जनाउँछ जसलाई परमेश्‍वरले सबै विश्‍वासीहरूलाई दिनुभएको छ ।

अनुवादका शब्दहरू

2 Corinthians 10

2 Corinthians 10:intro-0

२ कोरिन्थीहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १०:१७ को अन्तिम पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा, पावल उनको अधिकारको प्रतिरोध गर्ने विषयमा फर्किन्छन् । उनले बोल्‍ने तरिका र उनले लेख्‍ने तरिकाको बीचमा भएको भिन्‍नतालाई पनि उनले उल्‍लेख गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# गौरव गर्ने

गौरव गर्नु धक्‍कु लगाउनुको लागि भएको अर्को शब्द हो । धक्‍कु लगाउने कुरामा नकारात्मक भावनाहरू जोडिएको हुन्छ भने गौरव गर्ने कुरामा त्यस्तो हुनुहुँदैन ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

१०:३-६ का पदहरूमा, पावलले युद्धबाटका थुप्रै अलङ्कारहरू प्रयोग गर्छन् । यिनीहरूलाई सम्भवतः ख्रीष्‍टिएनहरू आत्मिक युद्धमा हुम्‍मिने बारेमा भएको अझ ठूलो अलङ्कारको कुनै भागको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# शरीर

यो एउटा जटिल विषय हो र यो सम्भव छ कि “शरीर” भनेको व्यक्तिको पापपूर्ण स्‍वभावको लागि कुनै अलङ्कार हो । यो मानिसको शारीरिक भाग होइन जुन पापपूर्ण हुन्छ र जबसम्‍म मानिस जीवित रहन्छ(“शरीरमा”), ऊ उसको प्रयासको बाबजुद पनि पापपूर्ण नै रहन्छ भनेर पावलले सिकाइरहेका जस्तो देखिन्छ । उसको नयाँ स्‍वभाव उसको पुरानो स्वभावसँग लड्नेछ । (हेर्नुहोस्ः INVALID bible/kt/flesh)

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 10:1-2

जोड्ने कथनः

पावलले विषयलाई दिने कुराबाट उनले गरे झैँ गरी सिकाउने उनको अधिकारलाई पुष्‍टि गर्नतिर लान्छन् ।

ख्रीष्‍टको विनम्रता र कोमलताबाट

“विनम्रता” र “कोमलता” शब्दहरू भाववाचक संज्ञाहरू हुन, र अर्कै किसिमले व्यक्त गर्न सकिन्छ । “म विनम्र र कोमल छु जसै म सो गर्छु, किनभने ख्रीष्‍टले मलाई त्यस प्रकारको बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

जसले ठान्दछन् कि

“जसले विचार गर्छन् कि”

हामी शरीरअनुसार बाँचिरहेका छौँ

“शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति प्रतिस्थापन हो । “हामी मानवीय मनसायहरूबाट व्यवहार गरिरहेका छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 10:3-4

हामी शरीर अनुसार हिँड्छौ

“शरीर” शब्द भौतिक जीवनको निम्ति एउटा प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः “हामी हाम्रो जीवन भौतिक शरीरहरूमा जिउँछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

हामी युद्ध लड्दैनौँ ... हामी लड्छौँ

पावलले कोरिन्थका विश्‍वासीहरूलाई भौतिक युद्ध लाडे झैँ गरी झूटा शिक्षकहरूलाई होइन उनलाई विश्‍वास गर्नलाई विश्‍वस्त तुल्याइरहेको उनको प्रयासबारे उल्लेख गर्छन् । यी शब्दहरूलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शरीरअनुसार युद्ध लड्नु

सम्भावित अर्थहरू १) “शरीर” शब्द भौतिक जीवनको निम्ति अनुनाम हो । वैकल्‍पिक अनुवादः “भौतिक हतियारहरू प्रयोग गरेर हाम्रा शत्रुहरूको विरुद्धमा लड्नु” वा २) “शरीर” शब्द पापपूर्ण जीवनको निम्ति अनुनाम हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण शैलीहरूमा युद्ध गर” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

हामीले लडाइँ लड्ने हतियार ... बहकाउने विवादहरूलाई नाश गर्छौँ

पावलले मानव बुद्धिलाई झुटो देखाउँदै ईश्‍वरीय बुद्धि जसले उनले शत्रुको किल्लाहरू नष्ट गर्न हतियाहरूको रूपमा प्रयोग गरे जस्तै गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले लड्ने हतियाहरू... हाम्रो शत्रुहरूले भनेका कुराहरू पूर्ण रूपमा गलत छन् भन्‍ने मानिसहरूलाई देखाऊ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शारीरिक होइनन्

सम्भावित अर्थहरू १) “शरीरिक”“ शब्द भौतिक कुराको निम्ति अनुनाम हो । वैकल्‍पिक अनुवादः “भौतिक होइनन्” वा २) “शारीरिक” शब्द पापपूर्ण मानव स्वभावाको निम्ति अनुनाम हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण होइनन्” वा “हामीलाई गलत गर्नलाई सक्षम नतुल्याउनु” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 10:5-6

खडा हुने हरेक उच्च थोक

पावलले अझै पनि युद्धको रूपकलाई “परमेश्‍वरको ज्ञान” चाहिँ एउटा फौज झैँ र “हेरक उच्च थोक” चाहिँ त्यो फौजलाई बाहिर नै राख्नको निम्ति बनाइएको पर्खाल हो झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “आफूलाई सुरक्षित राख्न हरेक घमण्डी मानिसहरूले सोचेका हरेक झुटा तर्क”

हरेक उच्च थोक

“घमण्डी मानिसहरूले गर्ने हरेक कुरा”

परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा

पावलले तर्कहरूलाई फौजको विरुद्ध खडा भएको उच्च पर्खाल झैँ उल्लेख गर्छन् । “उठ्ने” शब्दको अर्थ “अग्लो खडा हुनु” हो, तर हावामा उडेको “उच्च थोक” होइन । वैकल्‍पिक अनुवादः “मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ भनी चिन्नु नपरोस् भनी प्रयोग गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं

पावलले मानिसहरूको विचारलाई युद्धमा उनले कब्जा गरेका शत्रु फौजहरू हुन झैँ उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी देखाउँछौं कि कसरी ती मानिसहरूका झूटा विचारहरू गलत छन् र मानिसहरूलाई ख्रीष्टको आज्ञा पालन गर्न सिकाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-metonymy)

अनाज्ञाकारिताको हरेक कामलाई दण्‍ड दिने

“अनज्ञाकारी कार्यहरू” शब्दहरू ती कामहरू गर्ने मानिसहरूका कार्यहरूको निम्ति अनुनामहरू हुन् । वैकल्‍पिक अनुवादः “हामीलाई अवज्ञा गर्नेहरूलाई दण्ड देओ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 10:7-8

जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर

सम्भावित अर्थहरू १) यो एउटा आज्ञा हो वा २) यो “तिमीहरूले आफ्ना आँखाले देख्ने कुराहरूलाई मात्र हेरिरहेका छौ” भन्‍ने एउटा कथन हो । केहीले यसलाई कथनको रूपमा उल्लेख गर्न सकिने आलङ्कारिक प्रश्‍न ठान्छन् । वैकल्‍पिक अनुवादः “के तिमीहरूले तिमीहरूको सामुन्ने जे स्पष्‍ट छ त्यसलाई मात्र हेरिरहेका छौ?” वा “तिमीहरू आफ्नो सामु प्रष्‍ट भएको कुरालाई देख्न असक्षम छौ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

उसले आफैँलाई याद दिलाओस्

“उसले सम्झन जरूरी छ”

ऊ ख्रीष्‍टको भए जस्तै हामी पनि ख्रीष्‍टका हौँ

“जति ऊ ख्रीष्‍टको हो, हामी पनि त्यति नै ख्रीष्‍टका हौँ”

तिमीहरूलाई निर्माण गर्न र नाश पार्न होइन

पावले कोरिन्थीहरूलाई ख्रीष्‍टलाई अझ राम्ररी चिन्नलाई सहायता गर्ने कुरालाई भनव निर्माण गर्ने कुरा हो झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई ख्रीष्टको उत्तम अनुयायी बनाउन र उहाँलाई पछ्याउन छोड्न निरुत्साहित नहुन सहायता गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 10:9-10

म तिमीहरूलाई भयभीत तुल्याउँदै छु

“म तिमीहरूलाई डर देखाउने प्रयास गर्दै छु”

गम्भीर र शक्तिशाली

“दाबी गर्ने र सशक्त”

अनुवादका शब्दहरू

2 Corinthians 10:11-12

यस्ता मानिसहरू सजग होऊन्

“म यस्ता मानिसहरू सजग होऊन् भने चाहन्छु”

हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ

“जब हामी त्यहाँ तिमीहरूसित हुनेछौँ, हामी तिमीहरूबाट टाढा हुँदा पत्रमा तिमीहरूलाई लेखे जस्तै गर्नेछौँ”

हामी ... हाम्रो

यी शब्दहरूका सबै उदाहरणहरूले कोरिन्थीहरूलाई होइन तर पावलको सेवकाइको टोलीलाई बुझाउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

हामी आफैँलाई भेला गर्न वा तुलना गर्न

“हामी उत्ति नै असल छौँ भन्न”

तिनीहरूले आपसमा मापन गर्छन् र आपसमा तिनीहरूको आफ्नो तुलना गर्छन्

पावलले उही कुराहरूलाई दुई पटक भनिरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

तिनीहरूले एक अर्काद्वारा आफूहरूको मापन गर्छन्

पावलले भलाइलाई मानिसहरूले मापन गर्न सक्ने लामो थोक झैँ गरी उल्लेख गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले एकले अर्कालाई हेर्छन् र को उत्तम छ भनी हेर्ने प्रयास गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

कुनै अन्तर्दृष्‍टि हुँदैन

“तिनीहरू केही पनि जान्दैनन् भनेर सबैलाई देखाउँछन्”

अनुवादका शब्दहरू

2 Corinthians 10:13-14

सामान्य जानकारीः

पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको अर्थात् उनको अधिकार रहेको थोकहरूलाई सिमा वा साँधभित्र रहेको र उनको अधिकार भित्र नरहेका थोकहरूलाई “सिमाहरू” बाहिरका झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सीमाभन्दा बाहिर घमण्ड गर्नेछैन

यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गर्नेछैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गर्नेछौँ” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरू भित्र

“परमेश्‍वरले दिनुभएको अधिकारमुनि रहेका चीजहरूका बारेमा”

तिमीहरूसम्म पुग्ने सिमाहरू

पावलले आफ्‍नो अधिकारलाई उनले स्वामित्व राख्‍ने भूमि भए जसरी बताउँछन् । वैकल्‍पिक अनुवादः “र तिमीहरू हाम्रो अधिकारको सिमाभित्र छौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हामीले आफैँलाई बढी ठानेनौँ

“हाम्रो सीमाहरूभन्दा बाहिर पुगेनौँ”

अनुवादका शब्दहरू

2 Corinthians 10:15-16

सीमाभन्दा बाहिर घमण्ड गरेका छैनौँ

यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गरेका छैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गरेका छौँ ।” यी शब्दहरू २ कोरिन्थीहरू १०:१३ मा कसरी अनुवाद भएका थिए, सो हेर्नुहोस् । (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

अर्काको क्षेत्र

“परमेश्‍वरले अरू कसैको जिम्मामा दिनुभएको क्षेत्र”

अनुवादका शब्दहरू

2 Corinthians 10:17-18

प्रभुमा घमण्ड गर

“प्रभुले जे गर्नुभएको छ त्यसको बारेमा घमण्ड गर”

आफैँलाई सिफारिस गर्छ

यसको मतलब यो हो कि प्रत्येक व्यक्तिलाई उनी सही छन् वा गलत हो कि भनेर निर्णय गर्न उसको लागी पर्याप्‍त प्रमाण दिन्छ । “हामी आफैँलाई सिफारिस गर्ने”लाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

जो स्वीकार गरिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले स्वीकार गर्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो उही नै हो जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ

बुझिएको जानकारीलाई तपाईं प्रष्‍ट पार्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ उसैलाई उहाँले पुष्‍टि पनि गर्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्दहरू

2 Corinthians 11

2 Corinthians 11:intro-0

२ कोरिन्थीहरू ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायले अध्याय १० मा सुरु भएको पावलको प्रतिरोधलाई निरन्तरता दिन्छ र त्यो यस पुस्तकको अन्त्यसम्‍म लम्बिन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# झूटो शिक्षा

कोरिन्थीहरू येशू र इसाई विश्‍वासको बारेमा झूटो शिक्षालाई ग्रहण गर्न धेरै छिटा थिए । यी अरू शिक्षकहरू येशू र सुसमाचारको बारेमा ती कुराहरू सिकाइरहेका थिए जुन फरक थिए र सत्य थिएनन् । यी झूटा शिक्षकहरूको विपरीतमा, पावल कोरिन्थीहरूको सेवामा त्यागी ढङ्गले जिउँछन् । (हेर्नुहोस्ः INVALID bible/kt/goodnews)

# ज्योति

यो नयाँ करारमा भएका धेरै प्रयोग गरिने चित्रण हो । ज्योतिलाई यहाँ परमेश्‍वर र उहाँको धार्मिकताको प्रकाशलाई सङ्केत गर्नलाई प्रयोग गरिएको छ । अन्धकारले पापलाई वर्णन गर्छ र पाप चाहिँ परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः INVALID bible/other/light, INVALID bible/kt/righteous, INVALID bible/other/darkness अनि INVALID bible/kt/sin)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# अलङ्कार

पावलले यो अध्यायलाई एउटा विस्तारित अलङ्कारसँग सुरु गर्छन् जसमा पावलले आफैँलाई कुनै दुलहीको एक पितासँग तुलना गर्छन् जसले एउटा शुद्ध, कुमारी दुलही उनको दुलहालाई दिइरहेका छन् । हुन त सांस्कृतिक पृष्‍ठभूमिको आधारमा विवाहको चलनहरू फरक हुन्छन्, कसैलाई वयस्क र पवित्र सन्तानको रूपमा प्रस्तुत गर्न सहायता गर्ने अवधारणालाई यस अध्यायमा स्‍पष्‍ट बनाइएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor, INVALID bible/kt/holy अनि INVALID translate/figs-explicit)

# व्यङ्ग्‍य

यो अध्याय व्यङ्ग्‍यहरूले भरिपूर्ण छ । पावलले कोरिन्थी विश्‍वासीहरूलाई उनको व्यङ्ग्‍यले शर्ममा पार्ने आशा गरिरहेका छन् । “तिमीहरूले यी कुराहरूलाई निकै राम्ररी सहन गर्दछौ !” पावलले सोच्छन् कि जुन तरिकाले झूटा शिक्षकहरूले तिनीहरूसँग व्यवहार गरे, त्यसलाई सहेर बस्‍नुहुँदैन । पावलले तिनीहरू वास्तवमा प्रेरितहरू हुन् भनेर पनि सोच्दैनन् । यो भनाइ, “किनभने तिमीहरूले खुशीसाथ मूर्खहरूलाई सहन गर्दछौ । तिमीहरू आफैँ धेरै बुद्धिमान् छौ !”, यसले कोरिन्थीहरूले तिनीहरू धेरै बुद्धमान् छन् भनी सोच्छन् तर पावलले त्यस्तो ठान्दैनन् भन्‍ने अर्थ दिन्छ । “म हाम्रो शर्मको लागि भन्छु कि हामी त्यो गर्न धेरै कमजोर थियौँ ।” पावलले कुनै व्यवहारलाई हटाउनको लागि त्यसको बारेमा कुरा गर्छन् जुन उनले सोच्छन् कि त्यो धेरै गलत छ । उनले यसरी बोलिरहेका छन् कि मानौँ उनले सोच्छन् कि त्यो काम नगरेर उनले धेरै गलत गरेका छन् । उनले एउटा आलङ्कारिक प्रश्‍नलाई व्यङ्ग्‍यको रूपमा प्रयोग गरे । “तिमीहरू उचालिउ भनेर मैले आफैँलाई नम्र तुल्याएर के मैले पाप गरेँ ?” (हेर्नुहोस्ः INVALID translate/figs-irony, INVALID bible/kt/apostle अनि INVALID translate/figs-rquestion)

# आलङ्कारिक प्रश्‍नहरू

झूटा प्रेरितहरूको श्रेष्‍ठताको दाबीहरूलाई गलत ठहर्‍याउँने क्रममा, पावलले जवाफको साथै एक लहर आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरेः “के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएलीहरू हुन् ? म पनि हुँ । के तिनीहरू अब्राहामका सन्तानहरू हुन् ? म पनि हुँ । के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म यसरी कुरा गरिरहेको छु कि मानौँ म बौलाहा भएको छु)” म बढी हुँ ।" उनले आफूले परिवर्तन गरिरहेकाहरूसँग समानुभूति व्यक्त गर्न पनि एक लहरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरेः “को कमजोर छ र म कमजोर छैन ? कसले अरू कसैलाई पापमा पर्न लगाएको छ र म आफैँभित्र जल्दिन ?”

# “के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ?”

यो गिल्‍लापूर्ण व्यङ्ग्‍य हो, एउटा विशेष प्रकारको व्यङ्ग्‍य जुन खिसी गर्न वा अपमान गर्नलाई प्रयोग गरिन्छ । पावलले यी झूटा शिक्षकहरू वास्तवमै ख्रीष्‍टका सेवकहरू हुन् भनी विश्‍वास गर्दैनन्, केवल तिनीहरूले ढोङ्ग मात्र गरेका हुन् भनी मान्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# विरोधाभासी अलङ्कारको प्रयोग

यो एउटा भनाइ हो जुन अनौठो देखिन्छ, जुन आफैँसँग नमिलेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः पावल उनको कमजोरीमा गर्व गर्छन् । यो कठिनाइहरूप्रतिको अन्तर्बोधको विपरीतमा रहेको प्रतिक्रिया हो ।

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 11:1-2

जोड्ने कथनः

पावलले आफ्नो प्रेरितको सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन् ।

केही मूर्खताहरूमा मलाई सहो

“मलाई मूर्खले झैँ गर्न देओ”

डाही ... डाह

यी शब्दहरूले कोरिन्थीहरूको ख्रीष्‍टप्रति विश्‍वासयोग्य हुने असल र दृढ इच्छा र उहाँलाई छोड्नको निम्ति तिनीहरूलाई कसैले पनि विश्‍वस्त पार्न सक्दैन भनी उल्लेख गर्छन् ।

मैले तिमीहरूलाई एक पतिसँग विवाहको लागि प्रतिज्ञा गरेँ । मैले तिमीहरूलाई ख्रीष्‍ट सामु शुद्ध कन्याको रूपमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ

पावलले कोरिन्थका विश्‍वासीहरूको वास्ताको बारेमा उनले आफ्नो छोरी कसैसित विवाह गरिदिने प्रतिज्ञा गरेको र उनी त्यस मानिसप्रति उनको प्रतिज्ञा पूरा गर्न सक्षम होऊन् भन्‍ने उनको ठूलो चिन्ता गरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म कसैलाई आफ्‍नो छोरी एउटा पतिलाई दिन प्रतिज्ञा गरेको बुबा जस्तो थिएँ । मैले तिमीहरूलाई शुद्ध कन्याको रूपमा राख्ने प्रतिज्ञा गरेको छु ताकि मै तिमीहरूलाई ख्रीष्‍टलाई दिन सकौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 11:3-4

मलाई डर लागेको छ कि कुनै किसिमले ... ख्रीष्‍टप्रतिको पवित्र आराधना

“तर मलाई डर छ कि कुनै कारणले तिमीहरूका विचारहरू ख्रीष्‍टप्रतिको भक्तिपूर्ण र पवित्र आराधनाबाट बहकिएर जाला जसरी सर्पले आफ्नो चलाखीले हव्वालाई छल्यो”

तिमीहरूका विचारहरू बहकिएर अन्तै जालान्

पावलले विचारहरूलाई मानिसहरूले गलत मार्ग डोर्‍याउन सक्ने जनावरहरू झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले तिमीहरूलाई झुटहरूमा विश्‍वास गर्न लगाउन सक्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनभने मानौँ यदि कोही आउँछ र

“जब कोही आउँछ र”

तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा … तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार

“पवित्र आत्माभन्दा भिन्‍नै आत्मा … वा तिमीहरूले हामीबाट प्राप्‍त गरेकोभन्दा भिन्‍न सुसमाचार”

यस्ता कुराहरूलाई सह्‍यौ

“यस्ता कुराहरूसँग व्यवहार गर्‍यौ ।” तपाईंले यी शब्दहरूलाई २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएका थिए, सो हेर्नुहोस् ।

अनुवादका शब्दहरू

2 Corinthians 11:5-6

ती सर्वोच्‍च प्रेरित भनौदाहरू

ती शिक्षकहरू मानिसहरूले भनेका भन्दा धेरै कम महत्त्वका छन् भनी पावलले यहाँ व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती शिक्षकहरू जसले आफैँलाई अरू भन्दा विशेष ठान्थे” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

म ज्ञानमा बिना तालिमको होइन

यो नकारात्मक वाक्यांशले सकारात्मक सत्यतालाई जोड दिन्छ जुन ज्ञानमा उनलाई तालिम दिइएको छ । भाववाचक संज्ञा “ज्ञान”लाई मौखिक वाक्यांशमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई ज्ञानमा निश्‍चय नै तालिम दिइएको छ” वा “तिनीहरूके जे जान्दछन् सो जान्न मलाई तालिम दिइएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes अनि INVALID translate/figs-abstractnouns)

अनुवादका शब्दहरू

2 Corinthians 11:7-9

के तिमीहरू उच्च हौ भनी मैले आफैलाई नम्र पारेर मैले पाप गरेँ ?

पावलले कोरिन्थीहरूलाई विशेष किसिमले व्यवहार गरेका थिए भनी दाबी गर्न सुरु गर्छन् । आवश्यक परे यस आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई लाग्छ तिमीहरू उच्च हौ भनी मैले आफैलाई नम्र पारेर मैले पाप गरिन भन्ने कुरामा हामी सहमत हुन सक्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

स्वतन्‍त्र रूपमा

“बदलामा तिमीहरूबाट कुनै कुरा आशा नगरिकन”

मैले अरू मण्डलीहरूलाई लुटेँ

पावललाई दिनलाई बध्य नभएका मण्डलीहरूबाट उनले खर्च लिए भन्‍ने कुरालाई जोड दिनलाई यो एउटा अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ” (हेर्नुहोस्ः INVALID translate/figs-irony अनि INVALID translate/figs-hyperbole)

तिमीहरूलाई सेवा दिन सकूँ

यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मोल नतिरी मैले तिमीहरूको सेवा गर्न सकूँ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

हरेक कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ

“म तिमीहरूको निम्ति कहिल्यै पनि आर्थिक भार बनेको छैनँ ।” पावलले कसैलाई पैसा खर्च गर्नुपर्ने कुरालाई मानिसहरूले बोक्नु पर्ने कुनै गाह्रौँ वस्तु हो झैँ गरी उल्लेख गर्छन् । यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले पैसा खर्च गर्नु नपरोस् ताकि तिमीहरू मसित रहन सक भन्‍ने निश्‍चय गर्नलाई मैले सक्ने सबै कुरा मैले गरेको छु” (हेर्नुहोस्ः INVALID translate/figs-explicit अनि INVALID translate/figs-metaphor)

भाइहरु जो आए

यी “भाइहरू” सम्भवतः सबै पुरुष थिए ।

म त्यो कुरा निरन्तर गर्नेछु

“म तिमीहरूलाई कहिल्यै पनि भार हुनेछैन”

अनुवादका शब्दहरू

2 Corinthians 11:10-11

जस्तो ख्रीष्‍टको सत्यतामा मभित्र छ, यो

पावलले जोड दिइरहेका छन् किनभने उनका पाठकहरूले उनले ख्रीष्‍टबारे साँचो कुरा भन्छन् भनी जान्दछन्, उनले यहाँ सत्य भनिरहेका छन् भन्‍ने तिनीहरूले जान्न सक्छन् । “पक्कै पनि तिमीहरू जान्दछौ कि मैले ख्रीष्‍टबारे सत्य कुरा जान्दछु र घोषणा गर्छु, मैले जे भन्न लागेको छि सो सत्य हो भन्‍ने तिमीहरू जान्‍न सक्छौ । यो”

मेरो गर्व रोकिनेछैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही पनि मलाई घमण्ड गर्नबाट रोक्न र मलाई चुप पार्न सक्षम हुनेछैन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यो मेरो गर्व

यसले पावलले (२ कोरिन्थीहरू ११:७-९) मा जसको बारेमा बताए, त्यसलाई जनाउँछ ।

अखैयाका भागहरू

“अखैयाका क्षेत्रहरू ।” “भागहरू” शब्दले राजनीतिक विभाजनहरू होइन, भूमिको क्षेत्रलाई जनाउँछ ।

किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ ?

कोरिन्थीहरूको निम्ति प्रेमलाई जोड दिन पावलले आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । यी प्रश्‍नहरूलाई एउटै बनाउन वा एउटै कथनमा मिलाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “के मैले तिमीहरूलाई प्रेम नगरेकैले म तिमीहरूमाथि बोझ हुन नचाहेको हो त?” वा “तिमीहरूले मेरा आवश्यकताहरू पूर्ती गर्नबाट तिमीहरूलाई वञ्चित पार्छु किनभने यसले म तिमीहरूलाई प्रेम गर्छु भन्‍ने अरूहरूलाई देखाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

परमेश्‍वर जान्‍नुहुन्छ

तपाईंले बुझिएको कुरालाई प्रस्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई प्रेम गर्छु भनेर परमेश्‍वर जान्‍नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्दहरू

2 Corinthians 11:12-13

जोड्ने कथनः

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍ट गर्ने कुरालाई निरन्तरता दिँदा, उनले झूटा प्रेरितहरूको बारेमा उल्लेख गर्छन् ।

मैले दाबीलाई दूर गर्न सकूँ भनेर

पावलले उनका शत्रुहरूले बताउने झूटा दाबीलाई उनले बोकेर कतै लैजान सक्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि मैले यसलाई असम्भव बनाउन सकौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जसको निम्ति तिनीहरूले घमण्ड गर्न चाहन्छन्

जबकि पावलको घमण्ड थियो कि उनले सुसमाचार सित्तैमा प्रचार गरे (२ कोरिन्थीहरू ११:७), उनका शत्रुहरूले घमण्ड गरे कि तिनीहरू बोल्न सिपालु थिए (२ कोरिन्थीहरू ११:६)।

तिनीहरूले पनि हामीले गरिरहेका काम नै गरिरहेका पाइन्छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि तिनीहरू पनि हामी जस्तै हुन् भनी मानिसहरूले सोच्नेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

किनकि त्यस्ता मानिसहरू

“मैले जे गर्छु सो गर्छु किनभने मानिसहरू त्यो मन पराउँछन्”

छली काम गर्नेहरू

“बेइमानीपूर्ण काम गर्नेहरू”

तिनीहरूले प्रेरितको भेस धारण गर्दै

“प्रेरितहरू होइनन्, तर तिनीहरूले आफैँलाई प्रेरितहरूजस्तो देखाउने कोसिस गर्छन्”

अनुवादका शब्दहरू

2 Corinthians 11:14-15

यो कुनै अचम्मको कुरा होइन ... यो कुनै धेरै अचम्मको कुरा होइन यदि

पावलले यसलाई नकारत्मक स्वरूपमा उल्लेख गरेर कोरिन्थीहरूले धेरै “झुटा प्रेरितहरू” भेट्ने अपेक्षा गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिइरहेका छन् (२ कोरिन्थीहरू ११:१३) । वैकल्‍पिक अनुवादः “हामीले यो आशा गर्नुपर्छ... हामीले पक्का पनि त्यो आशा गर्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ

“शैतान ज्योतिर्मय स्वर्गदूत होइन, तर त्यसले आफैँलाई ज्योतिर्मय स्वर्गदूत जस्तो देखाउने कोसिस गर्छ”

उसका सेवकहरूले पनि धार्मिकताको सेवकहरू रूपमा आफ्नो भेष बदल्छन्

“उसका सेवकहरू धार्मिकताका सेवकहरू होइनन्, तर तिनीहरूले आफैलाई धार्मिकताको सेवकहरू जस्तो बनाउने प्रयास गर्छन्”

अनुवादका शब्दहरू

2 Corinthians 11:16-18

मलाई मूर्खको रूपमा ग्रहण गर ताकि म थोरै घमण्ड गर्न सकूँ

“तिमीहरूले मलाई मूर्खलाई झैँ ग्रहण गरः मलाई भन्न देओ र मेरा शब्दहरूलाई मूर्खका शब्दहरू झैँ ठान”

शरीर अनुसार

यहाँ प्रतिस्थापन शब्द “शरीर”ले मानिसलाई उसको पापपूर्ण स्वभावमा र उसका उपलब्धिहरूमा भएको बुझाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको आफ्नै संसारिक उपलब्धिहरूका बारेमा” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 11:19-21

मूर्खहरूको सहन गर्छौ

“मलाई स्वीकार जब म मूर्ख जस्तो व्यवहार गर्दछु ।” यस्तै समान वाक्यांश २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।

तिमीहरू आफैँ बुद्धिमानी छौ !

पावलले व्यङ्ग्य प्रयोग गर्दै कोरिन्थीहरूलाई लाजमा पारिरहेका छन्। वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई बुद्धिमानी छौँ भन्‍ने ठान्छौ, तर तिमीहरू छैनौ !” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

तिमीहरूलाई दास बनाउँछ

पावलले कोही मानिसहरूले अरूहरूलाई नियम पालन गर्नलाई बलजफ्ति गर्ने कुरालाई तिनीहरूलाई दास बनाउनलाई कर लगाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई तिनीहरूले बनाएका नियमहरू पछ्याउने बनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-hyperbole)

उसले तिमीहरूलाई बर्बाद गर्छ

पावलले मानिसहरूको भौतिक स्रोतहरूलाई लिने उच्च प्रेरितहरूलाई मानिसहरूलाई खाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “उसले तिमीहरूको सबै सम्पत्ति लिन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूको फाइदा लिन्छ

कोही व्यक्तिले अर्को व्यक्तिलाई थाहा नभएको कुराबाट र त्यही जानकारीलाई आफूलाई सहायता गरेर अरूहरूलाई नोक्सानी पुर्‍याउने गरी प्रयोग गरेर फाइदा लिन्छ ।

म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौँ

“हामीले तिमीहरूलाई त्यसरी नै व्यवहार गर्न साहसिला थिएनौँ भनेर म शर्मपूर्ण रूपमा स्वीकार गर्छु ।” पावल कमजोर भएको हुनाले कोरिन्थीहरूलाई राम्रो व्यवहार गरेका होइनन् भनेर तिनीहरूलाई बताउन उनले व्यङ्ग्यको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई हानि गर्ने अधिकार हामीसित थियो भन्दा म लज्‍जित छैन, तर हामीले तिमीहरूलाई राम्रो व्यवहार गर्‍यौँ” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

तर यदि कसैले घमण्ड गर्छ भने ... म पनि घमण्ड गर्नेछु

“कसैले केहीबारे घमण्ड गर्छ भने ... म पनि त्यसबारे घमण्ड गर्ने आँट गर्छु”

अनुवादका शब्दहरू

2 Corinthians 11:22-23

जोड्ने कथनः

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनी विश्‍वासी हुँदादेखि उनमाथि आइपरेका विशेष कुराहरू उल्लेख गर्छन् ।

के तिनीहरू हिब्रूहरू हुन् ? ... के तिनीहरू इस्राएली हुन् ? ... के तिनीहरू अब्राहामका सन्तान हुन् ? ... के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? ( म पागल भएको जस्तै गरी कुरा गर्छु ।) म अझै बढ्ता हुँ

पावलले सम्भवतः कोरिन्थीहरूले सोधिरहेका प्रश्‍नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्‍न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू महत्त्वपुर्ण छन् भनी तिमीहरूले सोचेका र तिनीहरूले भनेको कुरा विश्‍वास गरेको तिनीहरू चाहन्छन् किनभने तिनीहरू हिब्रूहरू र इस्राएलीहरू र अब्राहामका सन्तानहरू हुन् । त्यसोभए, म पनि हुँ । तिनीहरू भन्छन्, तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्- म पागल झैँ बोल्दछु- तर म बढी हुँ”

म पागल भएको जस्तै गरी

“म ठीक तरिकाले सोच्न नसक्ने जस्तै”

म अझै बढ्ता हुँ

तपाईंले बुझिएको जानकारीलाई प्रस्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म तिनीहरूभन्दा बढी ख्रीष्‍टको सेवक हुँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अझ धेरै कडा परिश्रममा

“मैले बढि मेहनत गरेको छु”

झन् धेरै झ्यालखानाहरूमा

“म धेरै पटक झ्यालखानामा परेको छु”

मापन गर्न नै नसकिने गरी कुटाइ खानुमा

यो एउटा उपमा हो र उनलाई धेरै-धेरै पटक कुटिएको छ भनी जोड दिनलाई अतिरञ्‍जित गरिएको छ । वैकल्पिक अनुवादः “म साह्रै धेरै चोटि पिटिएको छु” वा “म गन्‍नै नसकिने गरी पिटिएको छु” (हेर्नुहोस्ः INVALID translate/figs-idiom अनि INVALID translate/figs-hyperbole)

मृत्युका धेरै खतराहरूको सामनामा

“म धेरै पटक झण्डै मरेको छु”

अनुवादका शब्दहरू

2 Corinthians 11:24-26

एक कम चालिस कोर्रा

यो ३९ पटक कोर्रा खाने कुरालाई व्यक्त गर्ने चलनचल्तीको अभिव्यक्‍ति थियो । यहूदी व्यवस्था अनुसार तिनीहरूले कुनै व्यक्तिलाई बढीमा चालिस कोर्रा लगाउन सक्थे, त्यसैले तिनीहरूले कसैलाई कर्रा लगाउँदा उनन्चालिस कोर्रा मात्र लगाउँथे ताकि कारणवश गलत गनेमा कसैलाई बढी कोर्रा लगाएकोमा दोषी नठहरिऊन् ।

मलाई लट्ठिले कुटियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले मलाई काठको लौरोहरूले कुटे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मलाई ढुङ्गाले हानियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म मरेँ भन्‍ने नठानेसम्म मानसिहरूले मलाई ढुङ्गाले हाने” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु

पावलले उनी चढेको डुङ्गा डुबेपछि आफू पानीमाथि भएको कुरालाई उल्लेख गरेका हुन् ।

झुटा भाइहरूका खतरामा

यस कथनको पूरा अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “आफैँलाई ख्रीष्‍टमा भाइहरू भनेर दाबी गर्ने, तर पछि हामीलाई धोका दिने मानिसहरूको खतरामा” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्दहरू

2 Corinthians 11:27-29

नाङ्गोपन

यहाँ पावलले आफ्नो लुगाको आवश्यकतालाई देखाउन अतिरञ्‍जन गर्छन् । वैकल्पिक अनुवादः “मलाई न्यानो गर्ने पर्याप्‍त कपडा बिना” (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

ममाथि चिन्ताको दैनिक दबाब छ

मण्डलीहरूले कतिको परमेश्‍वरको आज्ञापालन गर्छन् भन्‍ने कुराको लागि परमेश्‍वरले उनलाई उत्तरदायी तुल्याउनुहुन्छ भनेर पावल जान्दछन् र ती जानकारीलाई उनलाई तल धकेल्ने थोकहरू हुन झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “सबै मण्डलीहरूको आत्मिक वृद्धिको निम्ति परमेश्‍वरले मलाई जिम्मेवार ठान्नुहुन्छ, र त्यसैले सदैव गह्रौँ वस्तुले मलाई थिचेको जस्तो मलाई महसुस हुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

को कमजोर छ, र म कमजोर छैन ?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ, म आफैँ पनि त्यो दुर्बलता महसुस गर्छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

को कमजोर छ, र म कमजोर छैन ?

सम्भवतः “कमजोर” शब्द आत्मिक अवस्थाको निम्ति रूपक हो, तर पावलले केको बारेमा उल्लेख गरिरहेका छन् भन्ने बारेमा कोही पनि निश्‍चित छैनन्, त्यसैले उही शब्द प्रयोग गर्न उत्तम हुन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ म पनि दुर्बल हुन्छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

कसले ठक्‍कर खाएको छ, र म व्याकुल हुँदिन ?

जब कुनै सङ्गी विश्‍वासीलाई पाप गराइन्छ तब पावलले आफ्नो रीस व्यक्त गर्न यो प्रश्‍न प्रयोग गर्छन् । यहाँ उनको रीसलाई उनीभित्र दन्किरहेको रूपमा उल्लेख गरिएको छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले अर्को भाइलाई पाप गर्न लगाउँछ, म रिसाउँछु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-metaphor)

ठक्‍कर खान लगाएको

पावलले पापलाई केही कुरामा ठेस लागेर लड्ने भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “पापतिर डोहोर्‍याइएको छ” वा “अरू कसैले गरेको केही कुराको कारण परमेश्‍वरले उसलाई पाप गर्न दिनुहुन्छ भन्‍ने ठान्यो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म जल्दिन

पावलले रिसाउने कुरालाई आफ्नो शरीरभित्र आगो भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा रिसाएको छैन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 11:30-31

जसले मेरा कमजोरीहरूलाई देखाउँछ

“जसले म कति कमजोर छु भनेर देखाउँछ”

म झूट बोलिरहेको छैन

पावलले भनिरहेका कुरा सत्य हो भन्ने जोड दिन उनले न्युनोक्तिको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म पूर्ण सत्य भन्दै छु” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

अनुवादका शब्दहरू

2 Corinthians 11:32-33

राजा अरितसको मुनिको हाकिमले सहरलाई पहरा दिइरहेका थिए

“राजा अरितसले नियुक्त गरेको हाकिमले मानिसहरूलाई सहरको पहरेदारी गर्न अह्राएका थिए”

मलाई गिरफ्तार गर्नको निम्ति

“ताकि तिनीहरूले मलाई पक्रून् र गिरफ्तार गरून्”

मलाई डालोमा तल झारियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले मलाई एउटा डालोमा राखे र मलाई जमिनमा तल झारे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनको हातबाट

पावलले शासकको निम्ति अनुनामको रूपमा शासकको हात प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “शासकबाट” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्दहरू

2 Corinthians 12

2 Corinthians 12:intro-0

२ कोरिन्थीहरू १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले उनको प्रतिरोधलाई निरन्तरता दिन्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# पावलको दर्शन

पावलले उनले देखेका स्वर्गको अचम्मको दर्शनको बारेमा कुरा गरेर एक प्रेरितको रूपमा भएको उनको प्रतिरोधलाई निरन्तरता दिन्छन् । त्यो यति महान् थियो कि परमेश्‍वरले उनलाई नम्र तुल्याउनलाई शारीरिक दुर्बलता दिनुभयो । जब पावल कोरिन्थीहरूसँग थिए, उनले उनका शक्तिशाली कामहरूद्वारा आफैँलाई एक प्रेरितको रूपमा प्रमाणित गरे । उनले कहिल्यै तिनीहरूबाट केही पनि लिएका छैनन् र अब उनी तेस्रो पल्ट आउँदैछन्, उनले अब पनि केही लिनेछैनन् । उनले आशा गर्दछन् कि उनी तिनीहरूसँग कठोर हुनुपर्ने छैन । (हेर्नुहोस्ः INVALID bible/kt/heaven अनि INVALID bible/kt/apostle)

# तेस्रो स्वर्ग

धेरैले विश्‍वास गर्छन् कि यसले परमेश्‍वरको वासस्थानलाई जनाउन भनिएको हो । यो किनभने धर्मशास्‍त्रले “स्वर्ग” भन्‍ने शब्दलाई आकाशलाई(“पहिलो” स्वर्ग) र ब्रह्‌माण्‍डलाई(“दोस्रो” स्वर्ग) जनाउनको लागि भन्छ ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# आलङ्कारिक प्रश्‍नहरू

पावलले उनका शत्रुहरूबाटको आरोपहरूको विरुद्धमा आफ्‍नो प्रतिरोध गर्नलाई धेरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन्ः “किनकि म तिमीहरूका लागि बोझ नभएको भन्दा बाहेक तिमीहरू बाँकीका मण्‍डलीहरूबाट कसरी कम महत्त्वपूर्ण छौ ?” “के तीतसले तिमीहरूबाट फाइदा लिए ? के हामी पनि त्यही मार्गमा हिँडेनौँ ? के हामी पनि त्यही कदमहरूमा चलेनौँ ?” र “के तिमीहरू सोच्छौ कि यो सब समय हामी तिमीहरूलाई आफ्‍नो प्रतिरोध गरिरहेका छौँ ?” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

# खिसीटेउडी

पावलले बिना मूल्यमा तिनीहरूलाई कसरी सहयोग गरेका थिए भनेर सम्झाउँदा, उनले खिसीटेउडी, एउटा विशेष प्रकारको व्यङ्ग्‍यको प्रयोग गर्छन् । उनले भन्छन्, “यो गल्तीको लागि मलाई माफ गरिदेओ !” उनले तब पनि व्यङ्ग्‍यको प्रयोग गर्छन् जब उनले त्यो कुरा सत्य हुन कति असम्भव थियो भनी देखाएर यो आरोपको विरुद्धमा उनको प्रतिरोधलाई परिचय गराउन यसो भन्छन्ः “तर, किनकि म यति धूर्त छु, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रेँ” । (हेर्नुहोस्ः INVALID translate/figs-irony).

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 12:1-2

जोड्ने कथनः

परमेश्‍वरबाट आएको उनको प्ररितीय सेवकाइको प्रतिरक्षा गर्ने क्रममा, पावल विश्‍वासी भएदेखि उनको जीवनमा घटेका विशेष कुराहरू उल्लेख गर्ने कुरालाई निरन्तरता दिन्छन् ।

म ... तर्फ जानेछु

“म कुरा गरिरहनेछु, तर अब ... बारेमा”

प्रभुबाट दर्शन र प्रकाशहरू

सम्भावित अर्थहरू हुन् १) पावलले जोड दिनको निम्ति उही कुरालाई बुझाउन “दर्शनहरू” र “प्रकाशहरू” जस्ता एउटै कुरालाई बुझाउँने दुई शब्दहरू प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “प्रभुले मलाई मात्र देख्न दिनुभएका कुराहरू” वा २) पावलले दुई भिन्न कुराहरूको बारे उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “प्रभुले मेरा आँखाहरूले मलाई देख्न अनुमति दिनुभएको गुप्‍त थोकहरू र उहाँले मलाई भन्‍नुभएका अरू गुप्‍त कुराहरू” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु

पावलले अरू कसैको बारे बताए झैँ गरी वास्तवमा आफ्नै बारेमा बताइरहेका छन्, तर सम्भव भए यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ ।

शरीरमा हो वा शरीरबाट बाहिरै, मलाई थाहा छैन

पावल आफैँलाई यो अरू कुनै मानिसलाई भए झैँ गरी वर्णन गर्न जारी राख्‍छन् । “मलाई थाहा छैन कि यो मान्छे उसको सांसारिक शरीरमा थियो वा आत्मिक शरीरमा”

परमेश्‍वरलाई थाहा छ

“केवल परमेश्‍वर जान्‍नुहुन्छ”

तेस्रो स्वर्ग

यसले आकाश वा बहिरी अन्तरिक्षलाई (ग्रहहरू, ताराहरू, र ब्रह्‌माण्ड) भन्दा परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउँछ ।

अनुवादका शब्दहरू

2 Corinthians 12:3-5

सामान्य जानकारीः

पावलले अरू कसैको बारेमा बताए झैँ गरी आफ्नै बारेमा बताउने कुरालाई निरन्तरता दिन्छन् ।

यो मानिस ... स्वर्गमा उचाली लगियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले यस मानिसलाई लानुभयो... स्वर्गमा” वा २) “एक स्वर्गदुतले यो मानिसलाई स्वर्गमा लगे ।” सम्भव भएमा लाने मानिसलाई उल्लेख नगर्नु उत्तम हुन्छः “कसैले स्वर्गमा लग्यो” वा “तिनीहरूले स्वर्गमा लगे”

माथि उचालियो

अचानक र बलपूर्वक पक्रेर लगियो

परमधाम

सम्भावित अर्थहरू हुन् १) स्वर्ग वा २) तेस्रो स्वर्ग वा ३) स्वर्गमा एउटा विशेष ठाउँ ।

त्यस्तो मानिसको

“त्यस व्यक्तिको”

मैले मेरो कमजोरीहरूमा बाहेक अरू कुरामा घमण्ड गर्नेछैन

यो सकारात्मक रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म मेरो कमजोरीहरूका बारेमा मात्र घमण्ड गर्नेछु”

अनुवादका शब्दहरू

2 Corinthians 12:6-7

जोड्ने कथनः

जसै पावलले परमेश्‍वरबाट प्राप्‍त गरेका आफ्नो प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्छन्, उनलाई नम्र पार्न परमेश्‍वरले उनलाई दिनुभएको कोमजोरीको बारेमा बताउँछन् ।

सामान्य जानकारीः

जब पावलले आफ्नो “शरीरको काँडा”को बारेमा उल्लेख गर्छन्, उनले २ कोरिन्थीहरू १२:२-५ मा बताएका व्यक्ति उनै हुन् भनी प्रकट गर्छन् ।

मबाट सुने । ती असाधारण प्रकारको प्रकाशको कारण म घमण्ड गर्न छोड्नेछु । त्यसकारण, म घमण्डले नफुलुँ भनेर एउटा काँडा

अर्को सम्भावित अर्थचाहिँ “मबाट सुने” भन्‍ने हो । यसैकारण, म त्यस किसिमका असाधारण प्रकाशहरूको कारणले नफुलुँ भनेर एउटा काँडा ।”

मेरो बारेमा देखिएको भन्दा बढि सोच्छ

“देखिएको भन्दा मलाई बढि श्रेय दिन्छ”

त्यस किसिमका असाधारण प्रकाशहरूको कारण

“ती प्रकाशहरू अरू कसैले देखेका कुराभन्दा एकदम धेरै भिन्न थिए”

त्यसकारण, म घमण्डले नफूलूँ भनेर

“म घमण्डले नभरिऊँ भनेर”

घमण्डले फुलेको

हावाले भरिएको र त्यसैले सामान्यभन्दा ठूलो

मलाई शरीरमा एउटा काँढा दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा दिनुभयो” वा “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा आउन दिनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

शरीरमा एउटा काँढा

यहाँ पावलका शारीरिक समस्याहरूलाई उनको “शरीर”लाई घोच्ने एउटा “काँडा”सँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “पीडा” वा “शारीरिक समस्या” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शैतान तर्फको दूत

“शैतानको सेवक”

मलाई दुःख दिनको निम्ति

“मलाई सताउन”

अनुवादका शब्दहरू

2 Corinthians 12:8-10

तीन पटक

पावलले उनको “काँडा”को निम्ति धेरै पटक प्रार्थना गरे भन्‍ने जोड दिनलाई उनले यी शब्दहरूलाई वाक्यको सुरुमा नै राख्छन् (२ कोरिन्थीहरू १२:७) ।

यस बारेमा प्रभुसित

“प्रभुलाई मेरो शरीरमा यस काँडाको विषयमा”, वा “प्रभुलाई यस पीडाको विषयमा”

मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ

“म तिमीप्रति दयालु हुनेछु, र तिमीलाई चाहिने त्यति मात्रै हो”

किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ

“किनभने तिमी दुर्बल छँदा नै मेरो शक्तिले उत्कृष्‍ट रूपमा काम गर्छ”

ख्रीष्‍टको शक्ति ममा बास गर्न सकोस्

पावलले ख्रीष्‍टको शक्तिलाई उनीमाथि निर्माण गरिएको पाल भए झैँ गरी उल्लेख गर्छन् । सम्भावित अर्थहरू १) “मसँग ख्रीष्‍टको शक्ति छ भनी मानिसहरू देख्न सकून्” वा २) “मसित साँच्चै ख्रीष्‍टको शक्ति हुन सकोस् ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म ख्रीष्‍टको खातिर कमजोरीहरूमा, अपमानहरूमा, कष्‍टहरूमा, सतावटहरूमा, र कष्‍टकर परिस्थितिहरूमा सन्तुष्‍ट हुन्छु

सम्भावित अर्थहरू हुन् १) “म ख्रीष्‍टको भएको कारण यदि कमजोरीहरू, अपमानहरू, कष्‍टहरू, सतावटहरू, र कष्‍टकर परिस्थितिहरू आउँछन् भने म यी कुराहरूमा सन्तुष्‍ट छु” वा २) “म कमजोरी ... मा सन्तुष्‍ट छु ... यदि यी कुराहरूले धेरै मानिसहरूलाई ख्रीष्‍टलाई चिन्‍न लगाउँछ भनेँ ।”

कमजोरीहरूमा

“जब म कमजोर हुन्छु”

अपमानहरूमा

“म खराब मानिस हुँ भनी जब मानिसहरूले मलाई रीस उठाउने प्रयास गर्छन्”

कष्‍टहरूमा

“जब म कष्‍ट भोगिरहेको हुन्छु”

कष्‍टपूर्ण अवस्थाहरूमा

“जब त्यहाँ कष्‍ट हुन्छ”

किनकि जब कमजोर हुन्छु, तब म बलियो हुन्छु

जब पावलले गर्न आवश्यक कुराहरू गर्न सक्दैनन्, तब पावलभन्दा शक्तिशाली ख्रीष्‍टले गर्न आवश्यक पर्ने कुराहरू पावलद्वारा गर्नुहुनेछ भनी पावलले भनिरहेका छन् । तथापि, यदि तपाईंको भाषामा सम्भव छ भने यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उत्तम हुन्छ ।

अनुवादका शब्दहरू

2 Corinthians 12:11-13

जोड्ने कथनः

पावलले कोरिन्थका विश्‍वासीहरूलाई सबल बनाउन प्रेरितका साँचो चिन्हहरू र तिनीहरूको सामु उनको नम्रताको याद दिलाउँछन् ।

म मूर्ख भएको छु

“म मूर्ख झैँ व्यवहार गरिरहेको छु”

तिमीहरूले मलाई यसो गर्न कर लगायौ

“तिमीहरूले मलाई यसरी कुरा गर्नलाई बाध्य बनायौ”

किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई प्रशंसा दिनुपर्ने थियो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

प्रशंसा गरे

सम्भावित अर्थहरू हुन् १) “प्रशंसा गर्नु” (२ कोरिन्थीहरू ०३:०१) वा २) “सिफारिस गर्नु” (२ कोरिन्थीहरू ०४:०२) ।

किनकि म कुनै तरिकाले ... भन्दा तुच्छ छैन

नकारात्मक स्वरूपको प्रयोग गरेर, पावल तुच्छ हुन् भनी ठान्‍ने कोरिन्थीहरू गलत हुन् भनी उनले जोडसँग भनिरहेका छन् । वैकल्‍पिक अनुवादः “किनभने म उनीहरू जत्तिकै असल छु” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

सर्वोच्च प्रेरितहरू

ती शिक्षकहरू मानिसहरूले जति महत्त्वपूर्ण छन् भनेका छन् सोभन्दा कम महत्त्वका छन् भनी देखाउन पावलले यहाँ व्यङ्ग्य प्रयोग गर्छन् । यसलाई १ कोरिन्थीहरू ११:०५ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “केहीले अरूभन्दा उत्तम ठानेका ती शिक्षकहरू” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

प्रेरितका साँचो चिन्हहरू देखाइएका थिए

यसलाई “चिन्हहरू”मा जोड दिएर कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले प्रकट गरेका चिन्हहरू नै प्रेरितका साँचा चिन्हहरू हुन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

चिन्हहरू ... चिन्हहरू

दुवै पटक उही शब्दलाई प्रयोग गर्नुहोस् ।

चिन्हरू, आश्‍चर्यकर्महरू र शक्तिशाली कामहरू

यिनीहरू नै “प्रेरितका साँचा चिन्हहरू” हुन् जसलाई पावलले “पूर्ण धैर्यसाथ” प्रकट गरे ।

तिमीहरू कसरी अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र, तिमीहरूलाई ... बाहेक ?

पावलले कोरिन्थीहरूलाई हानि पुर्‍याउन चाहन्छन् भनी तिनीहरूले लगाएको दोष गलत हो भनी उनले जोड दिँदैछन् । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो बाहेक मैले तिमीहरूलाई अरू सबै मण्डलीहरूलाई व्यवहार गरे झैँ उही व्यवहार गरेको छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

म तिमीहरूको लागि बोझ बनिन

“मैले तिमीहरूलाई पैसा वा मलाई खाँचो परेको अरू कुराहरू मागिन”

यो गल्तीको निम्ति मलाई क्षमा देओ !

पावल कोरिन्थीहरूलाई लाजमा पार्न व्यङ्गात्मक हुँदैछन् । उनी र तिनीहरू दुवै जान्दछन् कि उनले तिनीहरूलाई केही खराबी गरेका छैनन्, तर उनले तिनीहरूलाई खराबी गरेका झैँ गरेर तिनीहरूले उनलाई व्यवहार गरिरहेका थिए । (हेर्नुहोस्ः INVALID translate/figs-irony)

यो गल्ती

पैसा र उनलाई खाँचो परेका अन्य कुराहरूको लागि नमाग्नु

अनुवादका शब्दहरू

2 Corinthians 12:14-15

म तिमीहरूलाई चाहन्छु

यस कथनको पूरा अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले चाहेका कुराहरू भनेको तिमीहरूले मलाई प्रेम र स्वीकार गर” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

छोराछोरीहरूले आमाबुबाहरूको निम्ति बचाउनु पर्दैन

साना छोराछोरीहरूले आफ्ना स्वस्थ आमाबुबाहरूको निम्ति पैसा वा अरू थोकहरू बचाउन उत्तरदायी हुँदैनन् ।

म तिमीहरूका खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैँ पनि खर्चिनेछु

पावलले आफ्नो काम र शारीरिक जीवनलाई उनी वा परमेश्‍वरले खर्च गर्न सक्ने पैसा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म कुनै पनि काम खुशीसाथ गर्नेछु र मानिसहरूले मलाई मार्न दिन म परमेश्‍वरलाई खुशीसाथ अनुमति दिन्छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूका प्राणको निम्ति

“प्राण” शब्द मानिसहरूको निम्ति अनुनाम हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको लागि” वा “ताकि तिमीहरू राम्ररी जिउन सक” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने, के मैलेचाहिँ कम माया पाउने र ?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने, तिमीहरूले मलाई थोरै प्रेम गर्नुहुँदैन ।” वा “यदि ...धेरै ... , तिमीहरूलाई मलाई तिमीहरूले गरेभन्दा धेरै प्रेम गर्नुपर्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

बढी

पावलको प्रेम केभन्दा “बढी” हो भनेर प्रस्‍ट छैन । सम्भवतः वाक्यमा पछि “यति थोरै” सित तुलना गर्नको निम्ति “एकदम धेरै” वा “अति धेरै” प्रयोग गर्नु उत्तम हुन्छ ।

अनुवादका शब्दहरू

2 Corinthians 12:16-18

तर, किनभने म धूर्त छु, मैले नै छलद्वारा तिमीहरूलाई फसाएँ

पावलले कोरिन्थीहरूसित पैसा नमागे पनि उनले तिनीहरूसँग झूट बोले भनी सोच्ने कोरिन्थीहरूलाई लज्जित पार्न उनले व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर अरूहरूले मलाई छलकपट गर्ने खालको र चलाखीपन प्रयोग गर्‍यो भनेर विचार गर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-irony)

के मैले तिमीहरूकहाँ पठाएका कोहीमार्फत तिमीहरूको फाइदा उठाएँ र ?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूकहाँ पठाएको कसैले पनि तिमीहरूबाट फाइदा लिएको छैन !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के तीतसले तिमीहरूको केही फाइदा लिए र ?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तीतसले तिमीहरूको फाइदा लिएनन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के हामी पनि यसरी नै चलेनौँ र ?

पावलले जीवितलाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरू सबैको एउटै स्वभाव छ र हामी एकै प्रकारले जिउँछौँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

के हामीले पनि उहि पाइलामा चलेनौँ र ?

पावलले जीवितलाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “हामी सबैले एउटै तरिकाले काम गर्छौं ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

अनुवादका शब्दहरू

2 Corinthians 12:19

के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ ?

मानिसहरूले सोचिरहेका कुरालाई स्वीकार गर्न पावलले यो प्रश्‍न प्रयोग गर्छन् । यो सत्य होइन भनी तिनीहरूलाई ढुक्क पार्न उनले यसो गर्छन् । वैकल्पिक अनुवादः “शायद तिमीहरू सोच्छौ कि यति बेलासम्म हामीले आफैँलाई तिमीहरूको सामु सफाइ दिइरहेका छौँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

परमेश्‍वरको नजरमा

पावलले गरेका सबै थोक परमेश्‍वरले जान्नुभएको विषयमा पावल यसरी कुरा गर्छन् मानौँ उनले भनेका र गरेका सबै थोकलाई परमेश्‍वरले शारिरिक रूपमा उपस्थित भएर हेर्नुभएको हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वरलाई साक्षीको रूपमा” वा “परमेश्‍वरको उपस्थितिमा” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरूलाई बलियो बनाउनको निम्ति

“तिमीहरूलाई बलियो बनाउन ।” पावलले परमेश्‍वरको आज्ञा पालन गर्नु र आज्ञा पालन गर्ने इच्छालाई शारीरिक वृद्धि भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्नेछौ र उहाँको आज्ञापालन अझ राम्ररी गर्नेछौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 12:20-21

मैले चाहेजस्तै तिमीहरूलाई नपाउन सक्छु

“मैले पाएको कुरा मलाई मन नपर्न सक्छ” वा “मैले तिमीहरूले जे गरिरहेको देख्छु त्यो मलाई मन नपर्न सक्छ”

मलाई तिमीहरूले चाहेजस्तै नपाउन सक्छौ

“तिमीहरूले ममा देखेको कुरा तिमीहरूलाई मन नपर्न सक्छ”

त्यहाँ बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल हुन सक्छ

बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल जस्ता भाववाचक संज्ञाहरूलाई क्रियापदहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू १) “तिमीहरूमध्ये केहीले हामीसित बहस गरिरहेका हुनेछौ, हामीसँग ईर्ष्यालु हुनेछौ, हामीसित अचानक रिसाउनेछौ, हाम्रो निजी जीवन बारेमा कुरा गरिरहेका हुन सक्छौ, घमण्डी हुनेछौ, हामीले तिमीहरूलाई डोहोर्‍याउँदा हाम्रो विरोध गर्नेछौ” वा २) “”तिमीहरूमध्ये कसैले आपसमा बहस गरिरहनेछौ, आपसमा ईर्ष्या गरिरहनेछौ, आपसमा अचानक रिसाउनेछौ, एकले अर्काको निजी जीवन बारेमा कुरा गर्नेछौ, घमण्डी हुनेछौ र अगुवाइ गर्नलाई परमेश्‍वरले चुन्नुभएको व्यक्तिको विरुद्धमा लाग्नेछौ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

यसभन्दा अघि पाप गरेकाहरूका कारणले म दुःखित हुन सक्छु

“म दुःखित हुनेछु किनभने धेरै जनाले तिनीहरूको पुराना पापहरू त्यागेका छैनन्”

अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्‍चात्ताप गरेका छैनन्

सम्भावित अर्थहरू हुन् १) पावल जोड दिनलाई झण्डै उही कुरा तीन पटकसम्म भनिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गर्ने गरेका व्यभिचारमय पापहरू गर्न छोडेका छैनन्” वा २) पावलले तीन भिन्न पापहरूको बारेमा बताइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-parallelism)

अपवित्रताको बारेमा

भाववाचक संज्ञा अशुद्धतालाई “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरू” भनी अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरूबारे गुप्‍त रूपमा विचार गरिरहनु र इच्छा गरिरहनु” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

यौन अनैतिकताको बारेमा

भाववाचक संज्ञा “अनैतिकता”लाई “अनैतिक कार्यहरू”को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन कार्यहरू गर्नु” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

कामवासनाको बारेमा

भाववाचक संज्ञा “अतिभोग”लाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन इच्छाहरू तृप्‍त पार्ने कार्यहरू गर्नु” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्दहरू

2 Corinthians 13

2 Corinthians 13:intro-0

२ कोरिन्थीहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१३:१-१० मा, पावलले पत्रलाई एउटा आखिरी अभिवादन र आशिष्‌का साथ टुङ्ग्‍याउनुभन्दा अगाडि उनको प्रतिरोधलाई सिद्ध्याउँछन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# तयारी

पावलले उनको आउन लागेको कोरिन्थको भ्रमणको तयारीका लागि निर्देशनहरू दिइरहेका छन् । उनले आशा गरिरहेका छन् कि उनले मण्‍डलीको अनुशासन कसैमाथि पनि चलाउनुपर्ने छैन र एउटा आनन्दपूर्ण भेटघाट गर्न पाउनेछन् । (हेर्नुहोस्ः INVALID bible/kt/disciple)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# शक्ति र कमजोरी

यी दुई चित्रणहरूलाई यस अध्यायमा बारम्बार प्रयोग गरिएको छ । यिनीहरू एक अर्कासँग विपरीतमा रहेको हुनलाई खोजिएको छ । अनुवादकले ती शब्दहरूको प्रयोग गर्न कोसिस गर्नुपर्छ जुन एक अर्काको उल्टो हो भनेर बुझिन्छ ।

# “विश्‍वासमा”

विद्वानहरू यस पदावलीको अर्थलाई लिएर विभाजित छन् । केहीले विश्‍वास गर्छन् कि ख्रीष्‍टिएनहरूले तिनीहरूका कामहरू तिनीहरूका विश्‍वाससँग मिल्छन् वा मिल्दैनन् भनेर परीक्षण गर्नलाई तिनीहरूले आफैँलाई जाँच गर्नुपर्छ । अरूहरूले विश्‍वास गर्छन् कि ख्रीष्‍टिएनहरूले तिनीहरूका कामहरूलाई हेर्नुपर्छ र तिनीहरूले वास्तवमै मुक्ति पाएका छन् वा छैनन् भनेर प्रश्‍न गर्नुपर्छ । सन्दर्भबाट यस्तो देखिन्छ कि अघिल्‍लो चाहिँ हुन सम्भव छ । (हेर्नुहोस्ः INVALID bible/kt/faith अनि INVALID bible/kt/save).

सम्बन्धित खण्‍डहरूः

2 Corinthians 13:1-2

जोड्ने कथनः

ख्रीष्‍ट पावलद्वारा बोल्दै हुनुहुन्छ र पावलले तिनीहरूलाई पुनर्स्थापना गर्न, उत्साह दिन र तिनीहरूलाई एकतामा ल्याउन चाहन्छन् भनी सिद्ध गर्छन् ।

हरेक दोषलाई दुई वा तीन जना साक्षीहरूको प्रमाणद्वारा सिद्ध गर्नुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दुई वा तीन जना मानिसहरूले उही कुरा भने पछि मात्र कसैले कुनै गल्ती गरेको छ भन्‍ने कुरामा विश्‍वास गर” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

बाँकी सबै

“तिमीहरू सबै अरू मानिसहरू”

अनुवादका शब्दहरू

2 Corinthians 13:3-4

उहाँ क्रूसमा टाँगिनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तर हामी उहाँसँग परमेश्‍वरको शक्तिद्वारा जिउनेछौँ

परमेश्‍वरले हामीलाई उहाँमा र उहाँसँग जीवन जिउने शक्ति र सामर्थ्य दिनुहुन्छ ।

अनुवादका शब्दहरू

2 Corinthians 13:5-6

के येशू ख्रीष्‍ट तिमीहरू भित्र वास गर्नुहुन्छ भन्ने तिमीहरूले महसुस गर्दैनौ ?

पावलले उनको भनाइलाई जोड दिन एउटा प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍ट तिमीहरूभित्र हुनुहुन्छ भन्ने तिमीहरूले जान्नुपर्छ !” वा “येशू ख्रीष्‍ट तिमीहरू भित्र हुनुहुन्छ । यो तिमीहरूलाई पहिले नै थाहा हुनुपर्छ !” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

तिमीहरूमा

सम्भावित अर्थहरू हुन् १) हरेक व्यक्तिभित्र बसेर वा २) “तिमीहरू माझमा”, समूहको हिस्सा र सबैभन्दा महत्त्वपूर्ण सदस्य ।

अनुवादका शब्दहरू

2 Corinthians 13:7-8

कि तिमीहरूले कुनै खराबी नगर

“कि तिमीहरूले पाप गर्दै नगर” वा “कि हामीले तिमीहरूलाई सच्याउँदा तिमीहरूले हाम्रो कुरा सुन्‍न इन्कार नगर ।” पावलले उनको भनाइद्वारा विपरीत कुरालाई जोड दिँदैछन् । वैकल्‍पिक अनुवादः “कि तिमीहरूले सबै थोक ठीक गर्नेछौ” (हेर्नुहोस्ः INVALID translate/figs-litotes)

परीक्षामा उतीर्ण गरेको हुन

“महान् शिक्षकहरू हुन र सत्यता अनुसार जिउन”

हामी सत्यको विरुद्धमा केही पनि गर्न समर्थ छैनौँ

“हामी मानिसहरूलाई सत्यता जान्‍नबाट रोक्न समर्थ छैनौँ”

सत्य, तर सत्यको लागि मात्रै

“सत्यता; हामीले गर्ने सबैथोकले मानिसहरूलाई सत्य जान्न सक्षम तुल्याउनेछ”

अनुवादका शब्दहरू

2 Corinthians 13:9-10

पूर्ण होओ

“आत्मिक रूपमा परिपक्‍व बन्‍न सक”

मेरो अधिकारको प्रयोगमा

“जब म मेरो अधिकार प्रयोग गर्छु”

त्यसैले मैले तिमीहरूलाई निर्माण गर्न सकूँ, र तिमीहरूलाई भत्काउन नपरोस्

पावलले ख्रीष्‍टलाई राम्ररी चिन्न कोरिन्थीहरूलाई सहायता गर्ने कुरालाई उनले भवन निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई २ कोरिन्थीहरू १०:८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई ख्रीष्‍टको उत्तम अनुयायी हुन र उहाँलाई पछ्याउन छोड्न निरुत्साहित नहुन तिमीहरूलाई सहायता गर्न” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्दहरू

2 Corinthians 13:11-12

जोड्ने कथनः

पावलले कोरिन्थी विश्‍वासीहरूलाई लेखेको उनको पत्र अन्त गर्छन् ।

पुनर्स्थापना निम्ति काम गर

“परिपक्‍वतातर्फ काम गर”

एक अर्कासँग सहमत होओ

“एक अर्कासँग मिलापमा बस”

पवित्र चुम्बनले

“ख्रीष्‍टिय प्रेमले”

अनुवादका शब्दहरू

2 Corinthians 13:13-14

विश्‍वासीहरू

“तिनीहरू जसलाई परमेश्‍वरले आफ्नै लागि अलग गर्नुभएको छ”

अनुवादका शब्दहरू