Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

Jude

Jude front

Jude front:intro

यहूदाको परिचय

भाग १: सामान्य परिचय

यहूदाको पुस्तकको रूपरेखा
  1. परिचय (१:१-२) ।
  2. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (३-४) ।
  3. पुरानो करारका उदाहरणहरू (५-१६) ।
  4. उचित प्रतिक्रिया (१७-२३) ।
  5. परमेश्‍वरलाई प्रशंसाहरू (२४-२५) ।
यहूदाको पुस्तक केको बारेमा हो ?

यस पत्रको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्‍लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्‍टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्‍वर्गदूतहरू, दुष्‍टताको चिन्हस्‍वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” । अङ्ग्रेजीमा, ज्यूड भनेको जूडा वा जुडास जस्तै उही नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

यहूदाको पुस्तक कसले लेखे ?

यो पत्र सम्भवतः येशूको सौतेनी भाइ, याकूबले लेखेका थिए । यो पत्र कुनै खास मण्‍डलीलाई लेखिएको थियो कि भन्‍ने कुरा थाहा छैन ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

यहूदाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनिने थियो । यी मानिसहरूले येशू पूर्ण रूपले परमेश्‍वर हुनुहुन्थ्यो तर उहाँ वास्तवमा पृथ्वीमा शारीरिक शरीरसहितको मानव हुनुहुन्‍नथ्यो भनेर मान्थे । तिनीहरूले यस्तो कुरा विश्‍वास गरे किनकि तिनीहरूले भौतिक संसारलाई दुष्‍ट देखे । (हेर्नुहोस्ः INVALID bible/kt/evil)

विश्‍वासत्याग भनेको के हो ?

विश्‍वासत्याग भनेको बाइबलीय सुसमाचार र शिक्षालाई त्याग्‍नु हो जुन त्यतिखेर हुन्छ जब कोही विश्‍वासी ख्रीष्‍टिएन विश्‍वासका केही अत्यावश्‍यक कुराहरूको विरुद्धमा जान्छ । यहूदाले उनका पाठकहरूलाई धर्मशास्‍त्रको यी अत्यावश्‍यक शिक्षाहरूको प्रतिरोध गर्नलाई निर्देशन दिन्छन् ।

Jude 1

Jude 1:1-2

सामान्य जानकारीः

यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् ।

सामान्य जानकारीः

यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्‍टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

यहूदा, ... को एक सेवक

यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ” (हेर्नुहोस्ः INVALID translate/translate-names)

याकूबका भाइ

याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।

दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्

“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्‍ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । यो अमूर्त नामहरू "दया," "शान्ति," र "प्रेम" लाई हटाउनको लागि पुनः प्रयोग गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "परमेश्‍वरले तपाईमाथि कृपालु रहून् ताकि तपाई शान्तपूर्वक रहन र एक अर्कालाई झन् झन् प्रेम गर्नुहुन्छ। (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

Jude 1:3-4

जोड्ने कथनः

यहूदाले यस पत्र लेख्‍नुका कारणहरू विश्‍वासीहरूलाई बताउँछन् ।

सामान्य जानकारीः

यस पत्रमा प्रयोग भएको शब्द “हामी” ले यहूदा र विश्‍वासी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

हाम्रो साझा मुक्ति

“हामी सबैको एउटै मुक्ति”

मलाई लेख्‍न आवश्यक थियो

“मैले यो लेख्‍नुको ठूलो आवश्‍यकता महसुस गरेँ” वा “मैले यो लेख्‍नु अत्यावश्‍यक भएको महसुस गरेँ”

विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई

“साँचो शिक्षाको सुरक्षा गर्नको निम्ति तिमीहरूलाई उत्साह दिनलाई”

सबैको लागि एकचोटि

"अन्तमा र पूर्ण"

विश्‍वासीहरू

“सन्तहरू ।” केही संस्करणहरूले यसलाई “पवित्र जनहरू” भनेर अनुवाद गर्दछन् । यो शब्दले ख्रीष्‍टियान विश्‍वासीहरूको अवधारणालाई जनाउँछ जसमा तिनीहरूको नैतिक गुणहरूलाई कुनै विशेष जोड दिँइदैन, तर यसले मुक्तिको निम्ति भएको येशूको मृत्युमाथि विश्‍वास गरेर सन्त भएका विश्‍वासीहरूलाई जनाउँछ ।

किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन्

“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्‍वासीहरूका माझमा आएका छन्”

ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए

यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्‍वरले दण्ड दिनको निम्ति चुन्‍नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्

परमेश्‍वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई घिनलाग्दो कामुकतामा परिणत गर्दछन्” वा “जसले परमेश्‍वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्

सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्‍वर हुनुहुन्‍न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्‍टको आज्ञा मान्दैनन् ।

translationWords

Jude 1:5-6

जोड्ने कथनः

प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।

म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु

“तिमीहरूले यो सम्झना गरेको म चाहन्छु”

तिमीहरूले एक पटक यो पूर्ण रूपमा जानेका भए तापनि

“तिमीहरूले कुनै बेला यो पूर्ण रूपमा जानेका भए तापनि”

प्रभुले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो

“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”

प्रभु

केही लेखहरूले “येशू” भनेर उल्लेख गर्दछन् ।

तिनीहरूको आफ्नो अधिकारको स्थान

“परमेश्‍वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”

आफ्नो उचित वासस्थानलाई त्यागे

“तिनीहरूलाई तोकिएका आफ्नै ठाउँहरू त्यागे”

परमेश्‍वरले तिनीहरूलाई अनन्तका साङ्लाहरूमा, घोर अन्धकारमा राख्‍नुभएको छ

“परमेश्‍वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्‍नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”

त्यस महान् दिन

परमेश्‍वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन

translationWords

Jude 1:7-8

तिनीहरूका वरिपरिका शहरहरू

यहाँ शब्द “सहरहरू” ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

आफैँलाई संलग्‍न पनि गराए

सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्‍ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।

सजाय भोग्नु पर्नेहरुको उदाहरण को रुपमा

सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्‍वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।

यी सपना देख्‍नेहरू

ती मानिसहरू जसले परमेश्‍वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए

तिनीहरूका शरीरहरूलाई दूषित गर्दछन्

यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

निन्दा गर्ने कुराहरू भन्‍नु

“अपमानजनक कुराहरू बोल्नु”

महिमितहरू

यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।

translationWords

Jude 1:9-11

सामान्य जानकारीः

बालाम एक अगमवक्ता थियो जसले एक शत्रुको निम्ति इस्राएललाई सराप्‍न इन्कार गर्‍यो, तर पछि मानिसहरूलाई, विश्‍वास नगर्नेहरूसँग विवाह गर्न लगाउन र मूर्तिपूजकहरू बनाउन त्यस शत्रुलाई सिकायो ।

सामान्य जानकारीः

कोरह त्यो व्यक्ति थियो जसले मोशाको अगुवापन र हारूनको पूजाहारीगिरीको विरुद्धमा विद्रोह गर्‍यो ।

ल्याउने साहस गरेनन्

“आफैँलाई नियन्त्रण गरे । तिनले ल्याएनन्” वा “ल्याउने इच्छा गरेनन्”

निन्दा गर्ने इन्साफ

“खराब बोलीको इन्साफ” वा “खराब इन्साफ”

यी मानिसहरू

ईश्‍वरहीन मानिसहरू

यसको बिरूद्ध अपमान ल्याउनुहोस्

“बारेमा खराब, असत्य कुराहरू बोल्नु”

तिनीहरूले नबुझ्ने जे पनि कुराहरू

“ती सबै कुराहरू जसको अर्थ तिनीहरूलाई थाहै छैन ।” सम्भाव्य अर्थहरू हुन् १) “ती सबै असल कुराहरू जुन तिनीहरूले बुझ्दैनन्” (युडीबी) वा २) “ती महिमितहरू, जसलाई तिनीहरूले बुझ्दैनन्” (यहूदा १:८)(./07.md) ।

कयिनको मार्ग

कयिनले आफ्नो भाइलाई मार्‍यो र ऊ परमेश्‍वरको निम्ति जिएन ।

translationWords

Jude 1:12-13

जोड्ने कथनः

ईश्‍वरहीन मानिसहरूका विषयमा बयान गर्न यहूदाले लगातार केही अलङ्कारहरूलाई प्रयोग गर्दछन् । विश्‍वासीहरूले आफ्ना माझमा यस्ता मानिसहरूलाई कसरी चिन्‍न सक्छन् भनी यहूदाले तिनीहरूलाई भन्छन् ।

यी तिनीहरू नै हुन्

यहाँ शब्द “यिनीहरू” ले यहूदा १:४(./03.md) मा उल्लिखित “ईश्‍वरहीन मानिसहरूलाई” जनाउँछ ।

लुकेका समुद्री चट्टानहरू

यसले समुद्रको पानीको सतहको नजिक रहेका ठूला चट्टानहरूलाई जनाउँछ । डुङ्गा चलाउनेहरूले ती चट्टानहरूलाई देख्‍न सक्दैनन्, यसैकारणले ती धेरै खतरनाक हुन्छन् । डुङ्गाहरू यस चट्टानमा ठोक्‍किए भने, ती सजिलैसोत ध्वस्त हुन सक्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शरद ऋतुका निष्फल रूखहरू

सम्भाव्य अर्थहरू यस्ता हुन सक्छन्, कि यी मानिसहरू तल उल्लिखित जस्तै हुन्छन् (१) त्यस्ता रूखहरू जहाँबाट मानिसहरूले फल पाउने आशा गर्दछन्, तर तिनीहरूसँग कुनै फल हुँदैन, वा (२) त्यस्ता रूखहरू जसले कहिल्यै पनि फल फलाउँदैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

फल

यो परमेश्‍वरलाई खुसी बनाउने र अरू मानिसहरूलाई सहायता गर्ने जीवनलाई जनाउने एउटा अलङ्कार हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन्

कसैले जराहरूसितै उखेलेको रूख मृत्युको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जराहरूसितै उखेलिएका

जसरी रूखहरूलाई तिनीहरूका जराहरूसँगै जमिनबाट बाहिर उखेलिन्छ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू परमेश्‍वरबाट अलग गरिएका छन्, जो जीवनको स्रोत हुनुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

समुद्रका भयङ्कर छालहरू

जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू सजिलैसित विभिन्‍न दिशाहरूमा बहकाइन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूका आफ्नै निर्लज्‍जताको फिँज निकाल्दै

जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

बत्तिएका ताराहरू

प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “अव्यवस्थित ताराहरू” वा “हिँडिरहने ताराहरू” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताराहरू हुन्, जसको निम्ति अनन्तको निम्ति घोर अन्धकारको अँध्यारो साँचेर राखिएको छ

“ताराहरू हुन् । तिनीहरूका निम्ति परमेश्‍वरले पूर्ण अन्धकारमय ठाउँ तयार पार्नुभएको छ, जहाँ उहाँले तिनीहरूलाई अनन्त कालसम्म राख्‍नुहुनेछ”

translationWords

Jude 1:14-16

आदमदेखिको सातौँ पुस्ता

यदि आदमलाई मानिव-जातिको पहिलो पुस्ता भनेर मानियो भने, हनोकचाहिँ सातौँ पुस्ताका हुन् । यदि आदमको छोरालाई पहिलो मानियो भने, हनोकचाहिँ छैटौँ हुन्छन् ।

हेर

“सुन” वा “मैले अब भन्‍न गइरहेको यस महत्त्वपूर्ण कुरामाथि ध्यान लगाओ”

... माथि इन्साफ गर्न

“... माथि न्याय गर्न” वा “न्याय गर्न”

गनगन गर्नेहरू, गुनासो गर्नेहरू

ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ‍ईश्‍वरीय अधिकारको विरुद्धमा बोल्दछन् । “गनगन गर्नेहरू” मन्द रूपमा बोल्दछन्, तर “गुनासो गर्नेहरू” खुला रूपमा बोल्दछन् ।

ठूला-ठूला शेखी गर्नेहरू

अरू मानिसहरूले सुनून् भनेर आफ्नै प्रशंसा गर्ने मानिसहरू ।

अरूहरूको चापलुसी गर्दछन्

“अरूहरूको झुटो प्रशंसा गर्दछन्”

translationWords

Jude 1:17-19

तिनीहरूका आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउनेछन्

यी मानिसहरूका विषयमा यसरी बोलिएको छ, कि तिनीहरूका इच्छाहरू राजाहरू झैँ हुन् जसले तिनीहरूमाथि शासन गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले अभिलाषा गरेका दुष्‍ट कुराहरूलाई तिनीहरूले निरन्तर रूपमा गरेर परमेश्‍वरको अनादर गर्ने कामलाई कहिल्यै पनि अन्त गर्न सक्दैनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूका आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउनेछन्

ईश्‍वरहीन अभिलाषाहरूलाई कुनै व्यक्तिले पछ्याउने बाटो भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यो हो

"यो यी उपहासकर्मी हुन्" वा "यी उपहास गर्नेहरू हुन्"।

सांसारिक छन्

अरू ईश्‍वरहीन मानिसहरूले विचार गरेजस्तै गरी विचार गर्दछन्, विश्‍वास नगर्ने मानिसहरूले मूल्यवान् ठान्‍ने कुराहरूलाई तिनीहरू पनि मूल्यवान् ठान्दछन् (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूसँग आत्मा छैन

पवित्र आत्माको विषयमा यसरी बोलिएको छ, कि उहाँ कुनै यस्तो वस्तु हुनुहुन्छ जसलाई मानिसहरूले प्राप्‍त गर्न सक्छन् । वैकल्‍पिक अनुवादः "आत्मा तिनीहरूभित्र हुँदैन"

अनुवादका शब्‍दहरू

Jude 1:20-21

जोड्ने कथनः

विश्‍वासीहरू कसरी जिउनुपर्छ र विश्‍वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।

तर, तिमी मेरा प्रियहरू हो

“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”

तिमीहरू आफैँलाई निर्माण गर

परमेश्‍वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्‍नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख

परमेश्‍वरको प्रेमलाई स्वीकार्नको निम्ति सक्षम रहनु भन्‍ने कुरालाई कोही एक जनाले आफैँलाई कुनै ठाउँमा राखेको झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

...का लागि प्रतिक्षा गर

“... को निम्ति उत्सुक भएर प्रतिक्षा गर”

हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ

यहाँ शब्द “कृपा” ले येशू ख्रीष्‍टलाई जनाउँछ, जसले विश्‍वासीहरूलाई अनन्तको लागि उहाँसँगै बस्‍ने बनाउनुभएर आफ्नो कृपा तिनीहरूलाई देखाउनुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

Jude 1:22-23

शङ्का गर्नेहरू

“जसले येशू परमेश्‍वर हुनुहुन्छ भनेर अझै विश्‍वास गर्दैनन्”

तिनीहरूलाई आगोबाट तानी बाहिर निकालेर

यो मानिसहरूलाई आगोबाट जल्नुभन्दा अगाडि बाहिर तानेर निकाल्दै गरेको चित्रण हो । वैकल्पिक अनुवादः “ख्रीष्‍टबाट अलग भएर मर्नबाट तिनीहरूलाई बचाउनलाई तिनीहरूका निम्ति जे गर्न आवश्‍यक छ त्यो गर्नु । यो तिनीहरूलाई आगोबाट तानेर निकालेको जस्तै हो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अरूहरूसँग भयका साथ दयालु होओ

“अरूहरूप्रति दयालु होओ, तर तिनीहरूले गरेजस्तो गरी पाप गर्न डराओ”

शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर

यहूदाले आफ्ना पाठकहरूलाई चेतावनी दिन्छ कि उनीहरू ती पापीहरू जस्तै हुन सक्छन्। वैकल्पिक अनुवादः “तिमीहरूले तिनीहरूका वस्‍त्रहरू छोयौ मात्र भने पनि तिमीहरू पापको दोषी हुन्छौ भने जस्तो गरी तिनीहरूसँग व्यवहार गर” (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू

Jude 1:24-25

जोड्ने कथनः

यहूदाले आशिष्‌द्वारा अन्त्य गर्दछन् ।

उहाँको महिमामय उपस्थितिको सामु तिमीलाई उभिन सक्षम बनाउन

उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

दाग बिना र यसका साथ गौरवशाली उपस्थिति

यहाँ कुनै व्यक्तिको शरीरको आकारको फोलो वा स्थापना भएको कुनै जैविक खेलाडी छैन। वैकल्पिक अनुवाद: "गौरवशाली उपस्थिति, जहाँ तपाईं पापबिना रहनुहुनेछ र हुनेछ" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

येशू ख्रीष्‍ट, हाम्रा प्रभुद्वारा एकमात्र परमेश्‍वर हाम्रा उद्धारकलाई

“केवल एक मात्र परमेश्‍वरलाई, जसले येशू ख्रीष्‍टले हाम्रा निम्ति गर्नुभएका कुराहरूद्वारा हामीलाई बचाउनुभयो ।” यसले यो कुरालाई जोड दिन्छ कि परमेश्‍वर पिता र पुत्र, दुवै नै मुक्तिदाता हुनुहुन्छ ।

सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म महिमा, गरिमा, प्रभुत्व, र शक्ति भएको होओस्

सबै कुराहरूमा परमेश्‍वरको महिमा, पूर्ण प्रभुत्व र नियन्त्रण पहिलेदेखि थियो, अहिले छ, र सधैँ रहिरहनेछ ।

अनुवादका शब्‍दहरू