Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

3 John

3 John front

3 John front:intro

३ यूहन्‍नाको परिचय

भाग १: सामान्य परिचय

३ यूहन्‍नाको पुस्तकको रूपरेखा
  1. परिचय (१:१)
  2. हौसला र अतिथि-सत्कार देखाउनलाई निर्देशनहरू (१:२-८)
  3. डियोत्रिफस र डेमेत्रियस (१:९-१२)
  4. निष्‍कर्ष (१:१३-१४)
३ यूहन्‍नाको पुस्तक केको बारेमा हो ?

यूहन्‍नाले यो पत्र गायस नाम गरेका विश्‍वासीलाई लेख्छन् । उनले गायसलाई एक मित्रको रूपमा सम्बोधन गर्छन् र उनको क्षेत्रबाट यात्रा गरिरहेका ख्रीष्‍टिएन दाजुभाइहरूप्रति अतिथि-सत्कारपूर्ण हुनलाई निर्देशन दिन्छन् ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “३ यूहन्‍ना” वा “तेस्रो यूहन्‍ना” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यूहन्‍नाबाटको तेस्रो पत्र” वा “यूहन्‍नाले लेखेको तेस्रो पत्र” । (हेर्नुहोस्ः INVALID translate/translate-names)

३ यूहन्‍नाको पुस्तक कसले लेख्‍यो ?

२ यूहन्‍नाको पत्र शायद प्रेरित यूहन्‍ना आफैँद्वारा उनको जीवनको अन्ततिर लेखिएको थियो । यूहन्‍नाले आफैँलाई लेखकको रूपमा पहिचान गराउँदैनन्; बरु, उनले आफैँलाई “एल्डर” भनी बोलाउँछन् (१:१) ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

अतिथि-सत्कार भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा एउटा महत्त्वपूर्ण अवधारणा थियो । कुनै विदेशी वा बाहिरकाहरूसँग मैत्रीपूर्ण हुनु र तिनीहरूलाई सहायताको खाँचो परेको खण्‍डमा सहायता दिनु महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टिएनहरूलाई ख्रीष्‍टिएन विश्‍वासको विरुद्धमा चल्‍ने झूटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउनलाई हतोत्साहित गर्छन् । ३ यूहन्‍नामा, यूहन्‍नाले विश्‍वासयोग्‍य शिक्षकहरूलाई अतिथि-सत्कार देखाउनलाई प्रोत्साहित गर्छन् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

लेखकले पारिवारिक सम्बन्धहरूको प्रयोग कसरी गर्छन् ?

लेखकले “भाइ” र “अन्यजाति” जस्ता शब्दहरू यसरी चलाउँछन् कि त्यसले अलमलमा पार्न सक्छ । धर्मशास्‍त्रले “भाइहरू” शब्द यहूदीहरूलाई जनाउन प्रयोग गर्छ, तर यस पुस्तकमा यो शब्द ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरिएको छ । त्यसैगरी, यूहन्‍नाले तिनीहरूलाई आफ्‍नो “छोराछोरीहरू” जसरी बोलाउँछन् जसलाई उनले ख्रीष्‍टलाई पछ्याउनलाई तालिम दिएका छन् । यूहन्‍नाले येशूमा कुनै विश्‍वास नराख्‍नेहरूलाई जनाउने तरिकाको रूपमा “अन्यजाति” शब्दको पनि प्रयोग गर्छन् ।

3 John 1

3 John 1:1-4

सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म यूहन्‍ना एल्डरले लेखिरहेको छु” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

गायस

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

जसलाई म सत्यतामा प्रेम गर्छु

“जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)

तिमीले सबै कुराहरूमा उन्‍नति गर र स्वस्थ होओ

“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

जसरी तिम्रो प्राणको उन्‍नति हुन्छ

“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

भाइहरू

“सङ्गी विश्‍वासीहरू”

जसरी तिमी सत्यमा हिँड्छौ

बाटोमा हिंड्नु भनेको कसरी एक व्यक्ति आफ्नो जीवन बाँचिरहेको छ भन्‍ने एक रूपक हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मेरा छोराछोरीहरू

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

3 John 1:5-8

जोड्ने कथनः

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले यूहन्‍ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

प्रिय हो

यहाँ यसलाई सङ्गी विश्‍वासीको निम्ति प्यारो शब्दको रूपमा प्रयोग गरिएको छ ।

तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ

“परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा

“सङ्गी विश्‍वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”

परदेशीहरू ... जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन्

“परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

तिमीहरूले तिनीहरूलाई ... पठाउन अलस गर्छौ

यी विश्‍वासीहरूलाई मद्दत गर्ने सामान्य अभ्यासको लागि यूहन्‍नाले गायसलाई धन्यवाद दिन्छन् ।

किनकि ... नाउँको खातिर तिनीहरू गए

यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

केही नलिई

कुनै उपहार वा सहायता नलिईकन नै

अन्यजातिहरू

यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ

“ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”

अनुवादका शब्‍दहरू

3 John 1:9-10

सामान्य जानकारीः

यहाँ “हामीलाई” शब्दले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

मण्डली

यसले गायस र परमेश्‍वरको आराधना गर्न भेला हुने विश्‍वासीहरूको समूहलाई जनाउँछ ।

डियोत्रिफस

तिनी मण्डलीका एक जना सदस्य थिए । (हेर्नुहोस्ः INVALID translate/translate-names)

जसले तिनीहरूमा पहिलो हुन रुचाउँछ

“जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”

त्यसले कुवाक्यहरूसहित हाम्रो विरुद्ध कसरी हाँस्यास्पद कुराहरू भन्छ

“र कसरी त्यसले हाम्रो बारेमा खराब कुराहरू भन्छ, जुन नि:सन्देह सत्य छैन ।”

त्यो आफैँले

“त्यो आफैँ” ले यसो गर्ने डियोत्रिफस नै हो भनी जोड दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-rpronouns)

भाइहरूलाई स्वीकार गर्दैन

“सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैन”

यसो गर्न इच्छा गर्नेहरूलाई पनि त्यसले निषेध गर्छ

“त्यसले विश्‍वासीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ”

तिनीहरूलाई मण्डलीबाट निकाली दिन्छ

“र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँछ”

अनुवादका शब्‍दहरू

3 John 1:11-12

सामान्य जानकारीः

यहाँ “हामी” ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)

प्रिय

यहाँ यो सँगी विश्‍वासीहरूको लागि प्रेम को एक शब्द को रूप मा प्रयोग भएको छ । तपाईंले १:५(./05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

जे खराब छ त्यसको अनुकरण नगर

“मानिसहरूले गर्ने खराब कुराहरूको नक्‍कल नगर”

तर जे असल छ

त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्‍कल गर” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

परमेश्‍वरको हो

“परमेश्‍वरको स्वामित्वमा हुन्छ”

परमेश्‍वरलाई देखेको छैन

“परमेश्‍वरको होइन” वा “परमेश्‍वरमा भरोसा गर्दैन”

डेमेत्रियसको बारेमा सबैद्वारा ... गवाही दिइन्छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीले तिनको बारेमा राम्रो कुरा गर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

डेमेत्रियस

सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

र सत्यता आफैँद्वारा

“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्‍तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ” (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-explicit अनि INVALID translate/figs-rpronouns)

हामी पनि गवाही दिन्छौँ

यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू

3 John 1:13-15

सामान्य जानकारीः

यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । तिनी केही अन्तिम भनाइहरू र समापनका अभिवादन दिन्छन् ।

मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ

यूहन्‍नाले अरू कुराहरू लेख्‍न चाहेका होइनन् । तिनले कलम र मसीबाहेक अरूले केही लेख्‍थे भनेका पनि होइनन् ।

आमनेसामने

“सँगसँगै” वा “व्यक्‍तिमा”

तिमीलाई शान्ति होस्

“परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”

मित्रहरूले तिमीलाई अभिवादन गर्छन्

“यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”

मित्रहरूलाई नाउँद्वारा अभिवादन गर

“त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्‍तिगत रूपमा अभिवादन गर”

अनुवादका शब्‍दहरू