2 Peter
2 Peter front
2 Peter front:intro
२ पत्रुसको परिचय
भाग १: सामान्य परिचय
२ पत्रुसको पुस्तकको रूपरेखा
- परिचय (१:१-२)
- असल जीवन जिउनलाई सम्झाउने कुरा, किनभने परमेश्वरले हामीलाई सक्षम बनाउनुभएको छ (१:३-२१)
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (२:१-२२)
- येशूको दोस्रो आगमनको लागि तयारी गर्नलाई प्रोत्साहन (३:१-१७)
२ पत्रुसको पुस्तक केको बारेमा हो ?
पत्रुसले यो पत्र विश्वासीहरूलाई असल जीवन जिउनलाई प्रोत्साहित गर्न र झूटा शिक्षकहरूलाई नपछ्याउनलाई चेतावनी दिनको लागि लेखे । उनले तिनीहरूलाई येशूले फर्कनलाई धेरै लामो समय लिइराख्नुभएको छ भनेर बताइरहेका मानिसहरूलाई बेवास्ता गर्न भने । बरु, परमेश्वर ढिलो हुनुहुन्न तर सबैले उद्धार पाएको चाहनुहुन्छ भनेर उनले देखाए ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र” । (हेर्नुहोस्ः INVALID translate/translate-names)
२ पत्रुसको पुस्तक कसले लेखे ?
२ पत्रुसको पत्रले बताउँछ कि यो प्रेरित पत्रुसद्वारा लेखिएको थियो । पत्रुसले यो पत्र सम्भवतः उनको जीवनको अन्त्यतिर लेखेका थिए । उनी सम्भवतः रोममा झ्यालखानामा थिए र छिट्टै मृत्युको सामना गर्न लागेका थिए । पत्रुसले यो पत्रलाई उनको दोस्रो पत्र भन्छन्, त्यसैले हामीले यसलाई १ पत्रुसभन्दा पछाडिको मितिमा लेखिएको भनेर लिन सक्छौँ । उनले यो पत्र सबै ख्रीष्टिएनहरूलाई सम्बोधन गर्छन् ।
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
सुरुको मण्डलीमा झूटा शिक्षकहरू किन एउटा समस्या भएका थिए ?
झूटा शिक्षकहरू सुरुको मण्डलीको लागि दुई कारणहरूले गर्दा समस्या भएका थिए । पहिलो, नयाँ करार अझै पूरा भइसकेको थिएन, र जति पनि नयाँ करारको लेखनहरू त्यति बेलामा थिए, तिनीहरूसम्म ख्रीष्टिएनहरूको शायद धेरै कम पहुँच थियो । यसले गर्दा, झूटा शिक्षकहरूको लागि विश्वासीहरूलाई बहकाउन सजिलो थियो । दोस्रो, संसारमा साँचो ख्रीष्टिएन शिक्षाहरूको धेरै कम ज्ञान थियो । यो ज्ञानको अभाव झूटा शिक्षकहरूको लागि निश्चित रूपमा एउटा फाइदाको कुरा थियो ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्नु अर्थ के हुन्छ ?
धर्मशास्त्रको बारेमा भएको शिक्षा एउटा निकै महत्त्वपूर्ण शिक्षा हो । २ पत्रुसले पाठकहरूलाई बुझ्नलाई सहायता गर्छ कि हुन त धर्मशास्त्रको हरेक लेखकको उसको छुट्टै लेख्ने तरिका छ, परमेश्वर धर्मशास्त्रको साँचो लेखक हुनुहुन्छ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
# “तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले यस पत्रलाई पढ्न सक्ने विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-you)
२ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
२ पत्रुसको पुस्तकमा पाठ्यसामग्रीसँग सम्बन्धित भएका सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्नानुसार छन्ः
- “इन्साफको समयसम्मलाई घोर अन्धकारमा साङ्लाहरूमा राखिन ।” (२:४) यूएलबी, यूडिबी, र धेरै संस्करणहरूमा यसरी भनिएको छ । अन्य संस्करणहरूमा यसरी छ, “इन्साफको समयसम्मलाई तल्लो अन्धकारको खाडलहरूमा राखिन ।” यदि अनुवादकको क्षेत्रमा अन्य संस्करणहरू छन् भने, तिनीहरूले ती संस्करणहरूका भनाइलाई यस खण्डमा पछ्याउने बारेमा विचार गर्न सक्छन् ।
- “तिनीहरूले तिमीहरूसँग भोज गरिरहँदा तिनीहरूका छलपूर्ण कार्यहरूमा तिनीहरू रमाउँछन् ।” (२:१३) यूएलबी, यूडिबी, र धेरै संस्करणहरूमा यसरी भनिएको छ । अन्य संस्करणहरूमा यसरी छ, “तिमीहरूसँग प्रेम भोजहरूमा बस्दा तिनीहरूका कार्यहरूमा तिनीहरू रमाउँछन् ।”
- “बओर” (२:१५) यूएलबी, यूडिबी, र धेरै अरू नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी भनिएको छ, “बोसोर ।”
- “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू प्रकट गरिनेछन् ।” (३:१०) यूएलबी, यूडिबी, र धेरै संस्करणहरूमा यसरी भनिएको छ । अन्य संस्करणहरूमा यसरी छ, “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू जल्नेछन् ।” यदि अनुवादकको क्षेत्रमा अन्य संस्करणहरू छन् भने, तिनीहरूले ती संस्करणहरूका भनाइलाई यस खण्डमा पछ्याउने बारेमा विचार गर्न सक्छन् ।
(हेर्नुहोस्ः INVALID translate/translate-textvariants)
2 Peter 1
2 Peter 1:intro-0
२ पत्रुस ०१ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
# परमेश्वरलाई जान्ने
ख्रीष्टिएन आत्मिक वृद्धिलाई धेरैपटक परमेश्वरलाई अझ जान्ने वा परमेश्वरलाई थप राम्ररी चिन्ने कुरा जसरी वर्णन गरिएको छ । यो किनभने बढ्दै गरेका ख्रीष्टिएनहरूले तिनीहरू हुर्कदै गर्दा परमेश्वरका कुराहरूलाई अझ राम्रोसँगले बुझ्न सक्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/spirit)
# परमेश्वरले गर्नुभएका कुराहरूलाई बिर्सने
पत्रुसले विश्वास गर्छन् कि धर्मी जीवन नजिइरहेका ख्रीष्टिएनहरूले तिनीहरूको उद्धारको मूल्यलाई बिर्सिसकेका छन् । उनले तर्क राख्छन्ः यदि तिनीहरूले तिनीहरूका पुराना जीवनहरूलाई र येशूले के गर्नुभयो भनेर सम्झे भने, तिनीहरू धर्मी जीवन जिउनलाई पर्याप्त मात्रामा उत्प्रेरित हुने थिए । (हेर्नुहोस्ः INVALID bible/kt/godly अनि INVALID bible/kt/save)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# ईश्वरीय प्रकाश
पत्रुसले इसाई विश्वासलाई परमेश्वरद्वारा प्रकट गरिएको र प्रमाणित गरिएको एउटा धर्मको रूपमा वर्णन गर्छन्, त यसैले यो अर्थ दिइएको छ कि यो कुनै मानिसको सिर्जना होइन, जस्तो अन्य सबै धर्महरू हो (यहूदी धर्म बाहेक) । (हेर्नुहोस्ः INVALID bible/kt/reveal अनि INVALID translate/figs-explicit)
सम्बन्धित खण्डहरूः
2 Peter 1:1-2
सामान्य जानकारीः
पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्वासीहरूलाई अभिवादन गर्छन् ।
येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाटः
पत्रुसले आफैलाई ख्रीष्टको दासको रूपमा चिनाउँछन् । उनलाई ख्रीष्टको प्रेरितको पद र अधिकार दिइएको थियो ।
ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाईः
ती मानिसहरूले विश्वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्वरले उनीहरूलाई त्यो विश्वास दिनुभयो । यहाँ: "जसलाई परमेश्वरले त्यस्तै अनमोल विश्वास दिनुभएको छ" (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
प्राप्त गरेकाहरूलाईः
“तिमीहरू जसले प्राप्त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।
हामीले पायौँ
हाम्रो जस्तै यहाँ शब्द “हाम्रो” ले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्त गरेका छौँ ।” (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)
तिमीहरूलाई अनुग्रह होस् ... तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस्ः
परमेश्वरले विश्वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । ैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनुग्रह दिनुभएको होस् र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस् ।” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
शान्ति प्रशस्त हुँदै जाओस्ः
पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वाराः
तपाईं मौखिक वाक्यांश प्रयोग गरेर "ज्ञान" अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर र येशू ख्रीष्टको बारेमा भएको तिमीहरूको ज्ञानद्वारा” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/other/peter
- INVALID bible/other/servant
- INVALID bible/kt/apostle
- INVALID bible/kt/jesus
- INVALID bible/other/precious
- INVALID bible/kt/faith
- INVALID bible/kt/righteous
- INVALID bible/kt/god
- INVALID bible/kt/savior
- INVALID bible/kt/grace
- INVALID bible/other/peace
- INVALID bible/other/know
- INVALID bible/kt/lordgod
2 Peter 1:3-4
सामान्य जानकारीः
पत्रुसले विश्वासीहरूलाई ईश्वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।
जीवन र धार्मिकताको निम्तिः
यहाँ “धार्मिकता” ले जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)
हामीलाई बोलाउनुहुनेः
यहाँ शब्द “हामी” ले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)
आफ्नै महिमा र सद्गुणद्वाराः
“उहाँको आफ्नै महिमा र सद्गुणद्वारा”
यी मार्फत
यहाँ "यी" ले "उसको आफ्नै महिमा र सद्गुण" लाई जनाउँछ।
सहभागी हुन सक
“तिमीहरू सहभागी बन्न सक”
ईश्वरीय स्वभाव
परमेश्वरजस्तै
तपाईं दुष्ट इच्छाहरूको कारण संसारमा व्याप्त भ्रष्टाचारबाट बच्न सक्नुहुन्छ
पत्रुसले भ्रष्टताबाट पीडित नभएको मानिसहरूलाई भने जसले दुष्ट इच्छाहरूले गर्दा तिनीहरू भ्रष्टाचारबाट भागिरहेका थिए। शब्द "भ्रष्टाचार" एक अमूर्त संज्ञा हो जुन मौखिक वाक्यांशको साथ अनुवाद गर्न सकिन्छ। यहाँ: "र यसैले यस संसारमा दुष्ट चाहनाले अब तपाईलाई भ्रष्ट पार्दैन" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/kt/divine
- INVALID bible/kt/power
- INVALID bible/kt/life
- INVALID bible/kt/godly
- INVALID bible/other/know
- INVALID bible/kt/god
- INVALID bible/kt/call
- INVALID bible/kt/glory
- INVALID bible/other/precious
- INVALID bible/kt/promise
- INVALID bible/kt/divine
- INVALID bible/other/corrupt
- INVALID bible/kt/world
- INVALID bible/kt/evil
2 Peter 1:5-7
यसैकारण
यो शब्दले पत्रुसले यो भन्दा अगाडिका पदहरूमा भनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले गर्नुभएका कुराहरूको कारणले” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
सद्गुण
“नैतिक उत्कृष्टता”
भातृ-स्नेह
यसले मित्र वा परिवारका सदस्यहरूलाई गरिने प्रेमलाई जनाउँछ र तिनीहरूले तिनीहरूका आत्मिक पारिवारलाई प्रेम गर्नुपर्छ भन्ने अर्थ दिन सक्छ ।
अनुवादका शब्दहरू
- INVALID bible/kt/faith
- INVALID bible/other/know
- INVALID bible/other/selfcontrol
- INVALID bible/other/endure
- INVALID bible/kt/godly
- INVALID bible/kt/love
2 Peter 1:8-9
यी कुरा
यसले विश्वास, सद्गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, ईश्वरभक्ति, भातृ-स्नेह र प्रेमलाई जनाउँछ, जसलाई पत्रुसले अगाडिका खण्डहरूमा उल्लेख गरेका छन् ।
तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ
पत्रुसले यस्ता गुण नभएको व्यक्तिलाई अन्न नउब्जाउने खेतसँग तुलना गरेका छन् । यसलाई सकारात्मक तरिकाले पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उत्पादन गर्नेछौ र फलवन्त हुनेछौ” वा “तिमीहरू प्रभावकारी हुनेछौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-doublenegatives)
बाँझो वा निष्फल
यी शब्दहरूले एउटै अर्थ दिन्छन् र त्यस्तो व्यक्ति फलवन्त हुँदैन वा येशूलाई चिनेर पनि केही फाइदा पाउन सक्दैन भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “फलविहीन” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)
हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा
तपाईं मौखिक वाक्यांश प्रयोग गरेर "ज्ञान" अनुवाद गर्न सक्नुहुन्छ। यहाँ: "तपाईंको ज्ञान परमेश्वर र हाम्रा प्रभु येशू मार्फत"(हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
जोसँग यी कुराको घटी छ
यी कुरा नभएको व्यक्ति
नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो
यी कुराहरू नभएको व्यक्तिलाई पत्रुसले टाढाको नदेख्ने वा अन्धो व्यक्तिसँग तुलना गरेका छन् किनकि त्यसले ती कुराहरूको महत्त्व देख्दैन । वैकल्पिक अनुवादः “तिनीहरूको मूल्य नबुझ्ने टाढाको वस्तु नदेख्ने व्यक्तिजस्तै हुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
पुरानो पापबाट धोइएको कुरा
तपाईं यो अनुवाद गर्न एक क्रिया प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसका पुराना पापहरू धुनुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/other/barren
- INVALID bible/other/fruit
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/jesus
- INVALID bible/kt/clean
- INVALID bible/kt/sin
2 Peter 1:10-11
आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर
“बोलावट र चुनाउ” शब्दहरूले एउटै अर्थ दिन्छन् र यसले परमेश्वरले तिनीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको हो भन्ने कुरामा निश्चित होओ ।” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)
तिमीहरू लोट्नेछैनौ
यहाँ “लोट्नेछैनौ” भन्ने शब्दले (१) पाप गर्ने वा (२) ख्रीष्टप्रति विश्वासयोग्य नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पापमय व्यवहार गर्नेछैनौ” वा “तिमीहरू ख्रीष्टप्रति विश्वासघाति हुनेछैनौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ
यो सक्रिय रूपमा छ भन्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा प्रभु र उद्धारकर्ता येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूलाई प्रशस्त अनुमति दिनुहुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
प्रवेश
पस्ने अवसर
अनुवादका शब्दहरू
- INVALID bible/kt/brother
- INVALID bible/kt/call
- INVALID bible/kt/elect
- INVALID bible/other/stumble
- INVALID bible/kt/eternity
- INVALID bible/other/kingdom
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/savior
- INVALID bible/kt/jesus
2 Peter 1:12-15
जोड्ने वाक्यः
पत्रुस विश्वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।
तिमीहरूलाई यी कुराहरू सम्झाउन
“यी कुराहरू” ले पत्रुसले पहिलेका पदहरूमा भनेका सबै कुरालाई जनाउँछ ।
तिमीहरू यो सत्यतामा बलियो
“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्वास गर्छौ ।”
तिमीहरूलाई जागा राख्नु
“जागा राख्नु” भन्ने पदावलीले निद्राबाट बिउँझाउनु भन्ने अर्थ दिन्छ । पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्ने कुरालाई तिनीहरूलाई निद्राबाट बिउँझाउने कामसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः तिमीहरूलाई यी कुराहरूको बारेमा सम्झना दिलाउँदै सोच्ने बनाउनको निम्ति (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
जबसम्म म यो शरीररूपी पालमा छु ... यो पाललाई चाँडै त्याग्दै छु
पत्रुसले आफ्नो शरीरलाई त्याग्न मिल्ने पालको रूपमा व्यक्त गर्दछन् । यो वाक्यांशले उहाँको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “जबसम्म म जीवित हुन्छु ... म मर्नेछु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-euphemism)
मेरो प्रस्थानपछि
पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “मेरो मृत्युपछि” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-euphemism)
अनुवादका शब्दहरू
2 Peter 1:16-18
जोड्ने वाक्यः
पत्रुसले विश्वासीहरूलाई आफ्नो शिक्षाको बारेमा बताउने कामलाई निरन्तरता दिन्छन् र ती किन विश्वासयोग्य छन् भनेर बताउँछन् ।
हामीले ... धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ
यहाँ “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि हामी प्रेरितहरूले बनावटी कथाहरूलाई पछ्याएनौँ” (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)
शक्ति र आउँदैछ
यी दुई वाक्यांशहरूले एउटै कुरालाई बुझाउँछन् र एकल वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ। यहाँ: "शक्तिशाली आउँदैछ" (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)
येशू ख्रीष्टको शक्ति र आगमन
सम्भावित अर्थहरूः (१) हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र उहाँको आगमन” वा (२) “हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिशाली आगमन”
हाम्रा प्रभु येशू ख्रीष्ट
यहाँ "हाम्रो" शब्दले सबै विश्वासीहरूलाई बुझाउँदछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)
जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियो
वैकल्पिक अनुवादः “जब उहाँले वैभवपूर्ण महिमाबाट आएको आवाज सुन्नुभयो” वा “जब वैभवपूर्ण महिमाले उहाँसँग बोल्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
वैभवपूर्ण महिमा
पत्रुस परमेश्वरको महिमाको बारेमा कुरा गर्छन् । यो परमेश्वरप्रति गरिएको आदरको कारण उहाँको नाम नलिईकनै उहाँलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “परमेश्वर, सर्वोच्च महिमा” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-euphemism)
हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ
पत्रुसले आफैलाई र चेलाहरू याकूब र यूहन्नालाई जनाउँछन् जसले त्यो आवाज सुने । यहाँ: "हामी आफैले स्वर्गबाट आएको यो आवाज सुनें" (हेर्नुहोस्ः INVALID translate/figs-exclusive)
स्वर्गबाट आएको यो आवाज सुने
"स्वर्गबाट बोल्नेको आवाज सुने"
हामी उहाँसँग थियौँ
"हामी येशूसँगै थियौँ"
अनुवादका शब्दहरू
- INVALID bible/kt/power
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/jesus
- INVALID bible/kt/witness
- INVALID bible/kt/majesty
- INVALID bible/kt/godthefather
- INVALID bible/kt/honor
- INVALID bible/kt/glory
- INVALID bible/kt/sonofgod
- INVALID bible/kt/beloved
- INVALID bible/kt/heaven
- INVALID bible/kt/holy
2 Peter 1:19-21
सामान्य जानकारीः
पत्रुसले विश्वासीहरूलाई झुटा शिक्षकहरूको बारेमा चेतावनी दिन्छन् ।
हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ
पत्रुस र अन्य प्रेरितहरूले देखेको कुराले अगमवक्ताहरूले बोलेको कुरालाई स्पष्ट पार्छ । यो सक्रिय रूपमा छ भन्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले देखेका कुराहरूले अगमवाणीको वचनलाई अझ निश्चित बनाएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-explicit अनि INVALID translate/figs-activepassive)
हामीसँग भएको
शब्द “हामी” ले पत्रुस र उनका पाठकहरूसहित सबै विश्वासीलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)
अगमवाणीको वचन
यसले पुरानो करारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले बोलेको धर्मशास्त्रका वचनहरू” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ
पत्रुसले विश्वासीहरूलाई अगमवाणीका वचनहरूलाई ध्यान दिनको निम्ति आग्रह गर्छन् ।
यो उज्यालो नहुञ्जेल ... अन्धकारमा चम्कने बत्तीजस्तै छ
पत्रुसले अगमवाणीका वचनहरूलाई उज्यालो नहुञ्जेलसम्म र उज्यालो दिने बत्तीसँग तुलना गर्छन् । आउनेवाला बिहानले ख्रीष्टको आगमनलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-simile)
तिमीहरूका हृदयमा बिहानको तारा
पत्रुसले ख्रीष्टलाई बिहानको सुरुवातलाई जनाउने र अन्धकारको अन्त नजिक छ भनी जनाउने बिहानको ताराको रूपमा व्यक्त गर्छन् । ख्रीष्टले सबै आशङ्का हटाएर उहाँ को हुनुहुन्छ भन्ने कुराको पूर्ण समझ ल्याएर विश्वासीहरूको हृदयमा उज्यालो ल्याउनुहुनेछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
बिहानको तारा
“बिहानको तारा” ले शुक्र ग्रहलाई जनाउँछ, जुन सूर्य उदाउनुभन्दा अगाडि उदाउँछ र यसले उज्यालोको सङ्केत गर्दछ ।
पहिले यो जान कि
“यसलाई सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर जान”
भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन
यो खण्डलाई धेरै किसिमले बुझ्न सकिन्छः (१) अगमवक्ताहरूले आफ्नै तरिकाले अगमवाणी बोलेका होइनन्; (२) अगमवाणीहरूलाई बुझ्नको निम्ति पवित्र आत्मामा भर पर्नुपर्छ; (३) मानिसहरूले अगमवाणीहरूलाई सम्पूर्ण विश्वासीको समुदायको सहयोगमा व्याख्या गर्नुपर्छ ।
परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो
परमेश्वरले बोल्न खोज्नुभएको कुरा बोल्नको निम्ति पवित्र आत्माले मानिसहरूलाई निर्देशित गर्नुभयो । वैकल्पिक अनुवादः “मानिसहरूले पवित्र आत्माको अगुवाइमा परमेश्वरबाट आएको वचन बोले” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
अनुवादका शब्दहरू
- INVALID bible/kt/prophet
- INVALID bible/other/word
- INVALID bible/other/lamp
- INVALID bible/kt/heart
- INVALID bible/kt/holyspirit
- INVALID bible/kt/god
2 Peter 2
2 Peter 2:intro-0
२ पत्रुस ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
# “यो तिनीहरूका लागि पहिलाको भन्दा बढी नराम्रो भएको छ”
सन्दर्भबाट, “तिनीहरू”ले शायद झूटा शिक्षकहरूलाई जनाउँछ । यी मानिसहरू ख्रीष्टिएनहरू थिएनन् तर सुसमाचारको सन्देश सुन्न आए र तिनीहरूका आफ्ना स्वार्थी इच्छाहरूलाई अगि बढाउन पुग्नेसम्मलाई त्यसलाई बुझे । पापपूर्ण जीवन जिउन थालेका ख्रीष्टिएनहरूले तिनीहरूका कार्यहरूले गर्दा तिनीहरूका मुक्ति गुमाउनेछन् भनेर यो खण्डले सिकाउँछ भन्ने कुरा नहुन सक्छ । यो किनभने ख्रीष्टिएनहरूले मुक्ति पाइसकेपछि पनि तिनीहरू पापपूर्ण नै रहन्छन् । यो खण्डले मुक्ति नपाएका झुटा शिक्षकहरूलाई उल्लेख गरेको हो भनेर सन्दर्भले देखाउँछ । (हेर्नुहोस्ः INVALID bible/kt/sin अनि INVALID bible/kt/save)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# शरीर
यो एउटा जटिल विषय हो र यो सम्भव छ कि “शरीर” चाहिँ कुनै व्यक्तिको पापपूर्ण चरित्रको लागि एउटा अलङ्कार हो । यो मानिसको शारीरिक भाग होइन जुन पापपूर्ण हुन्छ र पावलले यस्तो सिकाइरहेको जस्तो देखिन्छ कि जबसम्म मानिस जीवित रहन्छ (शरीरमा), ऊ आफ्नो प्रयासको बाबजुद पनि पापपूर्ण नै रहन्छ, तर उसको नयाँ स्वभाव उसको पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः INVALID bible/kt/flesh)
# अन्तर्निहित ज्ञान
यदि पुरानो करारको अनुवाद अझै भएको छैन भने, त्यहाँ थुप्रै सादृश्यहरू छन् जुन बुझ्नलाई कठिन हुनेछ । थप व्याख्याको आवश्यकता हुन सक्छ । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
सम्बन्धित खण्डहरूः
2 Peter 2:1-3
सामान्य जानकारीः
पत्रुसले विश्वासीहरूलाई झुटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन्
इस्राएलीहरूलाई छल गर्दै जसरी झुटा अगमवक्ताहरू आए, त्यसरी नै ख्रीष्टको बारेमा झुट बोल्दै झुटा शिक्षकहरू पनि आउनेछन् ।
विनाशकारी झुटा शिक्षाहरू
“झुटा शिक्षाहरू” ले ख्रीष्ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झुटा शिक्षाहरूले तिनमा विश्वास गर्नेहरूको विश्वासलाई नष्ट गर्ने काम गर्छन् ।
तिनीहरूलाई किनेको गुरू
यहाँ "गुरू" शब्दले दासलाई स्वामित्व भएको एक जनालाई जनाउँछ। पत्रुसले येशू आफूले किनेका व्यक्तिहरूको मालिकको रूपमा बोल्छन्, मूल्य उसको मृत्यु ।(हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-explicit)
विलासी आचरण
“अनैतिक यौन व्यवहार”
सत्यताको मार्ग निन्दित हुनेछ
पदावली “सत्यताको मार्ग” ले ख्रीष्टियान विश्वास परमेश्वरकहाँ पुग्ने सत्य बाटो हो भन्ने कुरालाई जनाउँछ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन्
“झुट बोलेर तिमीहरूबाट पैसा लिनेछन्”
तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निस्क्रिय छैन
पत्रुसले श्राप र विनाशलाई कुनै मानिसको रूपमा व्यक्त गर्दछन् । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झुटा शिक्षकहरूको विनाश कति चाँडै हुनेछ भन्ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-parallelism)
तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निस्क्रिय छैन
यी वाक्यांशहरूलाई सकारात्मक तरिकाले पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई चाँडै श्राप दिनुहुनेछ; उहाँ तिनीहरूको विनाश गर्नको निम्ति तयार हुनुहुन्छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-doublenegatives अनि INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/other/falseprophet
- INVALID bible/other/peoplegroup
- INVALID bible/other/teach
- INVALID bible/kt/lord
- INVALID bible/kt/true
- INVALID bible/kt/blasphemy
- INVALID bible/other/profit
- INVALID bible/other/deceive
- INVALID bible/kt/condemn
2 Peter 2:4-6
जोड्ने वाक्यः
पत्रुसले परमेश्वरको विरुद्धमा काम गर्ने मानिसहरूको उदाहरण दिन्छन्, जसलाई तिनीहरूको कामको कारण परमेश्वरले सजाय दिनुभयो ।
छोड्नुभएन
“सजाय दिनबाट पछि हट्नुभएन” वा “सजाय दिनुभयो”
तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो
“पाताल”ग्रिक शब्द “तार्तारस” को अनुवाद हो जुनग्रिक धर्मबाट आएको हो । यसले दुष्ट आत्माहरू र मरेका दुष्ट मानिसहरूलाई सजाय दिने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई नरकमा हालिदिनुभयो” (हेर्नुहोस्ः INVALID translate/translate-names)
साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो
वैकल्पिक अनुवादः जहाँ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर राख्नुहुनेछ । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
साङ्लाले बाँधेर घोर अन्धकारमा
सम्भावित अर्थहरूः (१) “निस्पट्ट अन्धकार ठाउँमा साङ्लाले बाँधेर वा (२) “तिनीहरूलाई साङ्लाले जस्तै थुनेर राख्ने घोर अन्धकारमा ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
इन्साफ नहुन्जेलसम्म
यसले परमेश्वरले सबै जनालाई न्याय गर्ने दिनलाई जनाउँछ ।
उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्नुभएन
शब्द “संसार” ले त्यसमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्ने मानिसहरूलाई पनि बाँकी राख्नुभएन ।” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो
प्राचीन संसारमा बस्ने मानिसहरूलाई नष्ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्ट गर्नुभएन ।
सदोम र गमोराका सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो
“सदोम र गमोराका सहरहरूलाई खरानी नहुञ्जेलसम्म जलाउनुभयो”
तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो
शब्द “तिनीहरू” ले सदोम र गमोरा अनि ती सहरहरूमा बस्ने मानिसहरूलाई जनाउँछ ।
अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति
सदोम र गमोराले परमेश्वरको आज्ञा नमान्नेहरूलाई के हुन्छ भन्ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।
अनुवादका शब्दहरू
- INVALID bible/kt/god
- INVALID bible/kt/angel
- INVALID bible/kt/sin
- INVALID bible/other/darkness
- INVALID bible/kt/judge
- INVALID bible/kt/world
- INVALID bible/other/noah
- INVALID bible/kt/righteous
- INVALID bible/other/flood
- INVALID bible/kt/ungodly
- INVALID bible/other/sodom
- INVALID bible/other/gomorrah
- INVALID bible/other/ash
- INVALID bible/kt/condemn
2 Peter 2:7-9
जोड्ने वाक्यः
पत्रुसले लोतको उदाहरण दिन्छन्, जसलाई परमेश्वरले दण्ड पाउन योग्य मानिसहरूका बिचबाट उद्धार गरेर निकाल्नुभयो ।
अराजक र घिनलाग्दा मानिसहरूको व्यवहार
“परमेश्वरको व्यवस्था उल्लङ्घन गर्ने अनैतिक मानिसहरू”
धर्मी मानिस
यसले लोतलाई जनाउँछ ।
आत्मामा व्याकुल भएका थिए
शब्द “आत्मा” ले लोतको विचार र भावनाहरूलाई जनाउँछ । सदोम र गमोराका मानिसहरूको अनैतिक आचरणले उनलाई भावनात्मक रूपमा विचलित बनायो । वैकल्पिक अनुवादः “निकै विचलित भए” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)
अनुवादका शब्दहरू
- INVALID bible/kt/righteous
- INVALID bible/other/lot
- INVALID bible/other/lawless
- INVALID bible/other/torment
- INVALID bible/kt/soul
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/godly
- INVALID bible/other/trial
- INVALID bible/kt/unrighteous
- INVALID bible/other/punish
- INVALID bible/kt/judgmentday
2 Peter 2:10-11
जोड्ने वाक्यः
पत्रुसले अधर्मी मानिसका गुणहरूको बारेमा वर्णन गर्दै यो खण्डको सुरु गर्छन् ।
यो विशेष गरी
शब्द “यो” ले परमेश्वरले अधर्मी मानिसलाई न्यायको दिनसम्म थुनामा राख्ने कामलाई जनाउँछ २:९ ।(./07.md).
शरीरका भ्रष्ट इच्छाहरूमा जिउने
“शरीरका इच्छाहरू” ले पापमय स्वभावका इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भ्रष्ट पापमय इच्छाहरूमा लागिरहने”
अधिकारलाई तुच्छ ठान्ने
“परमेश्वरको अधिकारलाई नमान्ने” यहाँ अधिकारले परमेश्वरको अधिकारलाई जनाउँछ ।
अधिकार
यहाँ “अधिकार” ले परमेश्वरलाई जनाउँछ, जोसँग आज्ञाहरू दिने र अनाज्ञाकारीहरूलाई दण्ड दिने अधिकार छ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
स्वेच्छाचारी
“मनलागी गर्ने”
महिमितहरू
यसले स्वर्गदूतहरू वा भूतहरूजस्ता आत्मिक प्राणीहरूलाई जनाउँछ ।
धेरै शक्ति र दक्षता
"झूटा शिक्षकहरू भन्दा बढी शक्ति र दक्षता"
तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन्
शब्द “तिनीहरू” ले स्वर्गदूतहरूलाई जनाउँछ । “तिनीहरू” शब्दको सम्भावित अर्थहरूः (१) महिमितहरू वा (२) झुटा शिक्षकहरू
तिनीहरूका विरुद्धमा अपमानजनक फैसलाहरू ल्याउनुहोस्
पत्रुसले दुष्ट मानिसहरूलाई स्वर्गदूतहरूले दोष लगाउने कुरालाई दोषको हतियार प्रयोग गरेर आक्रमण गर्ने कुराको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
अनुवादका शब्दहरू
- INVALID bible/kt/true
- INVALID bible/other/corrupt
- INVALID bible/kt/flesh
- INVALID bible/kt/authority
- INVALID bible/other/bold
- INVALID bible/kt/blasphemy
- INVALID bible/kt/glory
- INVALID bible/kt/angel
- INVALID bible/other/strength
- INVALID bible/kt/judge
- INVALID bible/kt/lordgod
2 Peter 2:12-14
यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा ... बनाइएका हुन् ।
जसरी पशुहरूले सोच्न र तर्क गर्न सक्दैनन्, तिनीहरूले पनि सोच्न सक्दैनन् । वैकल्पिक अनुवादः “यी झुटा अगमवक्ताहरू जो अज्ञानी पशुहरूजस्तै छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् ।
तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्ट कुराहरू गर्छन् ।
तिनीहरू नष्ट पारिनेछन्
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
आफैले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्याउनेछ
झुटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्त गर्नेछन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-irony)
दिनमा आनन्दित
“आनन्दित” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्ने जनाउँछ ।
तिनीहरू धब्बा र दागहरू हुन् ।
“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झुटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-doublet)
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन ।
भरिएका आँखा भन्नाले देखेका कुराहरूमा लागिरहने कुरालाई जनाउँछ । सम्भावित अर्थहरूः (१) “तिनीहरूले सबै स्त्रीलाई व्यभिचारिणीको रूपमा देख्छन् र तिनीहरूसँग सहवास गर्न चाहन्छन्” वा (२) “तिनीहरू सधैँ व्यभिचारी स्त्रीको खोजीमा रहन्छन् ।” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन्
तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्टि दिँदैनन् ।
तिनीहरूले अस्थिर मनहरूलाई नराम्रो काममा लोभ्याउँछन्
शब्द “मनहरू” ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई नराम्रो काममा लोभ्याउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-synecdoche)
मनले लोभमा तालिम पाएका हुन्छन्
शब्द “मन” ले तिनीहरूका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैलाई लोभी भएर सोच्न र काम गर्न तालिम दिएका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
अनुवादका शब्दहरू
- INVALID bible/other/reward
- INVALID bible/other/wrong
- INVALID bible/other/blemish
- INVALID bible/other/deceive
- INVALID bible/other/feast
- INVALID bible/kt/adultery
- INVALID bible/kt/sin
- INVALID bible/kt/soul
- INVALID bible/kt/heart
- INVALID bible/other/envy
- INVALID bible/kt/children
- INVALID bible/kt/curse
2 Peter 2:15-16
तिनीहरूले ... त्यागेका छन् । बरालिएर ... पछि तिनीहरू लागेका छन्
“झुटा शिक्षकहरूले ... त्यागेका छन् । बरालिएर ... पछि तिनीहरू लागेका छन् ।” झुटा शिक्षकहरूले सही कुरालाई इन्कार गरेर परमेश्वरको आज्ञा पालन गर्न मानेनन् ।
सही मार्
परमेश्वरको आदर गर्ने सही व्यवहारलाई पछ्याउन मिल्ने सही मार्गको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
त्यसले ... हप्की पायो
परमेश्वरले बालामलाई हप्काउनुभयो भनेर पनि लेख्न सक्नुहुन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले त्यसलाई हप्काउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर
स्वाभाविक रूपमा बोल्न नसक्ने गधाले मानिसजस्तै गरी बोल्यो ।
अगमवक्ताको पागलपनलाई रोकिदियो
परमेश्वरले अगमवक्ताको मूर्खतापूर्ण कामबाट रोक्नको निम्ति एउटा गधालाई प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
अनुवादका शब्दहरू
- INVALID bible/other/astray
- INVALID bible/other/balaam
- INVALID bible/kt/love
- INVALID bible/other/receive
- INVALID bible/kt/unrighteous
- INVALID bible/other/rebuke
- INVALID bible/kt/transgression
- INVALID bible/other/donkey
- INVALID bible/other/voice
- INVALID bible/kt/prophet
2 Peter 2:17-19
यी मानिसहरू पानीविनाको मूल जस्ता छन्
मूलको पानीले तिर्खाएका मानिसहरूलाई ताजगी दिन्छ, तर “पानीविनाको मूल” ले तिर्खाएको मानिसलाई दुःखित तुल्याउँछ । त्यसरी नै, झुटा शिक्षकहरूले धेरै कुराका प्रतिज्ञाहरू गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू पुरा गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-simile)
तिनीहरू आँधीले उडाई लैजाने बादलजस्तै छन्
जब मानिसहरूले आँधीको बादल देख्छन्, तिनीहरूले पानी पर्ने आशा गर्छन् । तर जब पानी पर्नु अगाडि नै हावाले त्यो बादललाई उडायो भने मानिसहरू निराश हुन्छन् । त्यसरी नै, झुटा अगमवक्ताहरूले धेरै कुराको प्रतिज्ञा गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू पुरा गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-simile)
तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ
शब्द “तिनीहरू” ले झुटा शिक्षकहरूलाई जनाउँछ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राख्नुभएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन्
तिनीहरूले प्रभावशाली तर अर्थहीन शब्दहरू बोल्छन् ।
तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन्
तिनीहरूले मानिसहरूलाई अनैतिक र पापमय कार्यहरूमा लाग्नको निम्ति आकर्षण गर्छन् ।
भाग्न खोज्नेहरू ... छुटकारा दिने प्रतिज्ञा ... भ्रष्टताका दास
पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापमा दासत्वबाट छुटकारा पाउनुपर्ने मानिसहरूको रूपमा चित्रित गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
खराबी गर्नेहरूदेखि भाग्न खोज्नेहरू
यो वाक्यांशले भर्खरै विश्वासमा आएकाहरूलाई जनाउँछ । “खराबी गर्नेहरू” ले पापमा जिइरहेका अविश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “पापमय तरिकाले नजिईकन सही किसिमले जिउन खोज्नेहरू” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्टताका दास छन्
“झुटा शिक्षकहरूले ती मानिसहरूलाई छुटकाराको प्रतिज्ञा गर्छन्, तर ती आफैचाहिँ भ्रष्टताका दास छन् ।” झुटा शिक्षकहरूले मानिसहरूलाई पापबाट मुक्त गराउने प्रतिज्ञा गर्छन्, तर ती आफैचाहिँ पाप गर्नबाट अलग रहन सक्दैनन् ।”
किनकि मान्छेलाई जुन कुराले जित्छ ऊ त्यसैको दास बन्छ
पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दासजस्तै बन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
अनुवादका शब्दहरू
- INVALID bible/other/fountain
- INVALID bible/other/darkness
- INVALID bible/other/vain
- INVALID bible/other/arrogant
- INVALID bible/other/lust
- INVALID bible/kt/flesh
- INVALID bible/kt/promise
- INVALID bible/other/free
- INVALID bible/other/servant
- INVALID bible/other/corrupt
2 Peter 2:20-22
संसारका दूषित गराउने कुरा
“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अपवित्र बनाउँछ । “संसार” ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)
हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर
तपाईं मौखिक वाक्यांश प्रयोग गरेर "ज्ञान" अनुवाद गर्न सक्नुहुन्छ । यसलाई १:२ र १:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(../01/01.md). वैकल्पिक अनुवादः “प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ
तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब छ ।
धार्मिकताको मार्ग
पत्रुसले जीवनलाई मार्ग वा बाटोको रूपमा व्यक्त गर्छन् । यो वाक्यांशले परमेश्वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरू
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई दिनुभएका पवित्र आज्ञाहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तिनीहरूको निम्ति यो उखान सत्य छ
“यो उखान तिनीहरूमा लागु हुन्छ” वा “यो उखानले तिनीहरूको वर्णन गर्छ”
कुकुर आफ्नै बान्तामा फर्किन्छ । नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ
पत्रुसले झुटा शिक्षकहरू “सही मार्ग” थाहा हुँदाहुँदै पनि कसरी तिनीहरूलाई नैतिक र आत्मिक रूपले अपवित्र पार्ने कुराहरूतर्फ फर्केका छन् भन्ने कुरा बुझाउनलाई यी दुईवटा उखानको प्रयोग गरेका छन् । (हेर्नुहोस्ः INVALID translate/writing-proverbs)
अनुवादका शब्दहरू
- INVALID bible/other/defile
- INVALID bible/kt/world
- INVALID bible/other/know
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/savior
- INVALID bible/kt/jesus
- INVALID bible/kt/righteous
- INVALID bible/kt/holy
- INVALID bible/kt/command
- INVALID bible/other/proverb
- INVALID bible/kt/true
- INVALID bible/other/pig
2 Peter 3
2 Peter 3:intro-0
२ पत्रुस ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
# आगो
आगो विनाशसँग सम्बन्धित छ, र यसैले गर्दा, यो दण्डसँग सम्बन्धित छ ।
# प्रभुको दिन
प्रभु आउने दिनको खास समय संसारको लागि एउटा चकित पार्ने कुराको रूपमा आउनेछ । “राती आएको चोर झैँ” भन्ने रूपकको अर्थ यहि नै हो । यसैले गर्दा, प्रभुको आगमनको लागि ख्रीष्टिएनहरू तयार रहनु पर्छ । (हेर्नुहोस्ः INVALID bible/kt/dayofthelord अनि INVALID translate/figs-simile)
सम्बन्धित खण्डहरूः
2 Peter 3:1-2
सामान्य जानकारीः
पत्रुस अन्तिम दिनको बारेमा कुरा गर्न सुरु गर्छन् ।
तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन
पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्न लगाउने कुरालाई तिनीहरूलाई निद्राबाट उठाउने कुरासँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई निर्दोष कुराहरू सोच्ने बनाउन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरू
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा, जसलाई तिमीहरूका प्रेरितहरूले दिएका थिए ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
अनुवादका शब्दहरू
- INVALID bible/kt/beloved
- INVALID bible/other/letter
- INVALID bible/other/mind
- INVALID bible/kt/holy
- INVALID bible/kt/prophet
- INVALID bible/kt/command
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/savior
- INVALID bible/kt/apostle
2 Peter 3:3-4
पहिले यो कुरा जान
"यसलाई सबैभन्दा महत्त्वपूर्ण कुराको रूपमा जान्नुहोस् । " यसलाई १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(../01/19.md).
आफ्नै इच्छामा हिँड्दै आउनेछन्
यहाँ शब्द “इच्छा” ले परमेश्वरको विरोध गर्ने पापमय इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै पापमय इच्छाअनुसार जिउँदै” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
हिँड्दै
काम गर्दै, व्यवहार गर्दै
उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ?
गिल्ला गर्नेहरूले येशू फर्केर आउनुहुनेछ भन्ने कुरा तिनीहरूले विश्वास गर्दैनन् भन्ने कुरालाई जोड दिनको निम्ति यो आलङ्कारिक प्रश्न सोध्छन् । शब्द “प्रतिज्ञा” ले येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञाको पूर्णतालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञा सत्य छैन ! उहाँ फर्केर आउनुहुन्न ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion अनि INVALID translate/figs-metonymy)
हाम्रा पुर्खाहरू बितेर गए
यहाँ शब्द “पुर्खाहरू” ले धेरै अगाडिका पूर्वजहरूलाई जनाउँछ । “बितेर गए” टुक्का हो जसले मरे भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-idiom)
सृष्टिको सुरुदेखि नै सबै चिज उस्तै छन्
गिल्ला गर्नेहरूले संसारमा भएका केही कुराहरू पनि परिवर्तन भएका छैनन्, येशू फर्कनुहुन्छ भन्ने कुरा पनि सत्य होइन भन्ने तर्क गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)
सृष्टिको सुरुदेखि
यो मौखिक वाक्यांश को रूप मा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले संसारको सृष्टि गर्नुभएको समयदेखि” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/other/mock
- INVALID bible/kt/lastday
- INVALID bible/kt/promise
- INVALID bible/other/father
- INVALID bible/other/sleep
- INVALID bible/other/creation
2 Peter 3:5-7
धेरै वर्षअगाडि वचनद्वारा स्वर्ग र पृथ्वी ... बनाइएका थिए
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै अगाडि परमेश्वरले स्वर्गहरू र पृथ्वी स्थापित गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
पानीबाट बनाइएका थिए
यसको अर्थ हुन्छ– परमेश्वरले पानीलाई एक ठाउँमा जम्मा गरेर पानीबाट जमिनलाई बाहिर निकाल्नुभयो ।
यी चीजहरू मार्फत
यहाँ "यी चीज" ले परमेश्वरको वचन र पानीलाई जनाउँदछ ।
त्यस बेलाको पृथ्वी उहाँको ... जलप्रलयद्वारा नष्ट भयो
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस समयको संसारलाई पानीद्वारा डुबाउनुभयो र नष्ट गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति ... त्यही वचनद्वारा सुरक्षित राखिएको छ
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले त्यही वचनद्वारा स्वर्गहरू र पृथ्वीलाई आगोको निम्ति जोगाएर राख्नुभएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
त्यही वचन
यहाँ “वचन” ले परमेश्वरलाई जनाउँछ, जसले वचन दिनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर जसले त्यस्तै आदेश दिनुहुन्छ”
न्यायको निम्ति ... सुरक्षित राखिएको छ
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ र नयाँ वाक्यको रूपमा पनि सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ती कुराहरू न्यायको दिनको निम्ति सुरक्षित राख्नुभएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि
यो मौखिक वाक्यांशहरूको साथ भन्न सकिन्छ। वैकल्पिक अनुवादः “न्यायकर्ताले दुष्टहरूलाई नष्ट गर्ने दिन” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/kt/heaven
- INVALID bible/other/earth
- INVALID bible/other/water
- INVALID bible/kt/command
- INVALID bible/kt/world
- INVALID bible/other/flood
- INVALID bible/other/fire
- INVALID bible/kt/judgmentday
- INVALID bible/kt/ungodly
2 Peter 3:8-9
यो कुरा नभुल
“यो कुरा बुझ्नबाट नचुक” वा “यसलाई बेवास्ता नगर”
प्रभुको लागि एक दिन एक हजार वर्ष ... झैँ हुन्छ परमेश्वरको दृष्टिमा एक दिन एक हजार वर्ष ... झैँ हुन्छ”
परमेश्वरको दृष्टिमा एक दिन एक हजार वर्ष ... झैँ हुन्छ”
परमेश्वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्न
“परमेश्वर आफ्नो प्रतिज्ञा पुरा गर्ने काममा ढिलो गर्नुहुन्न”
कसैलाई ढिलोपन मानिन्छ
अरूले सोचेजस्तै मानिसहरूले परमेश्वर आफ्नो प्रतिज्ञा पुरा गर्न ढिलो गर्छन् भनी सोच्छन् किनकि समयको बारेमा तिनीहरूको सोचाइ परमेश्वरको भन्दा फरक छ ।
अनुवादका शब्दहरू
- INVALID bible/kt/beloved
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/promise
- INVALID bible/other/patient
- INVALID bible/kt/perish
- INVALID bible/kt/repent
2 Peter 3:10
तर
परमेश्वरले धैर्य गर्दै हुनुहुन्छ र मानिसहरूले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ तरै पनि उहाँ फर्कनुहुनेछ र न्याय ल्याउनुहुनेछ ।
परमेश्वरको समय चोरजस्तै गरी आउनेछ
परमेश्वरले सबैलाई न्याय गर्नुहुने दिन अचानक आउने चोरको जस्तै हुन्छ भनेर पत्रुस व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-simile)
आकाश बितेर जानेछ
“आकाश बिलाउनेछ”
आगोले तत्त्वहरू पगाल्नेछ
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले तत्त्वहरूलाई आगोले जलाउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तत्त्वहरू
सम्भावित अर्थहरूः (१) आकाशमा भएका कुराहरू, जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा (२) आकाश र पृथ्वी बनाउने कुराहरू जस्तै माटो, हावा र पानी
पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन्
परमेश्वरले सबै पृथ्वीलाई र सबैका कामहरू हेर्नुहुनेछ र सबै कुराको न्याय गर्नुहुनेछ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पृथ्वीलाई मानिसहरूले गरेका कुराहरूलाई प्रकट गरिदिनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
अनुवादका शब्दहरू
- INVALID bible/kt/dayofthelord
- INVALID bible/other/thief
- INVALID bible/kt/heaven
- INVALID bible/other/fire
- INVALID bible/other/earth
- INVALID bible/kt/works
- INVALID bible/kt/reveal
2 Peter 3:11-13
जोड्ने वाक्यः
पत्रुसले परमप्रभुको दिनको प्रतीक्षा गर्ने क्रममा कसरी जिउने भन्ने कुरा विश्वासीहरूलाई भन्न सुरु गर्छन् ।
सबै कुरा यसरी नै नाश गरिनेछन्
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले सबै कुरा यसरी नै नष्ट गर्नुहुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ?
पत्रुसले तिनीहरूलाई पछि भन्ने कुरालाई जोड दिनको लागि यो आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । तिनीहरूले “पवित्र र धार्मिक जीवन जिउनुपर्छ ।” वैकल्पिक अनुवादः “तिमीहरू कस्ता मानिसहरू बन्नुपर्छ भन्ने तिमीहरूलाई थाहै छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)
आकाशहरू आगोद्वारा नष्ट गरिनेछन् र तत्त्वहरू ठुलो तापले पगालिनेछन्
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आकाशहरूलाई आगोले नष्ट गर्नुहुनेछ र उहाँले तत्त्वहरूलाई पचण्ड तापमा पगाल्नुहुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
तत्त्वहरू
सम्भावित अर्थहरू १) स्वर्गीय शरीरहरू जस्तै सूर्य, चन्द्र र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने चीजहरू जस्तै माटो, हावा, आगो र पानी । यसलाई ३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।(./10.md).
जहाँ धार्मिकताले बास गर्छ
पत्रुसले धार्मिकतालाई मानिसको रूपमा व्यक्त गर्छन् । यो धार्मिक मानिसहरूलाई जनाउने लक्षणाकार हो । वैकल्पिक अनवुादः “जहाँ धार्मिक मानिसहरू बस्दछन्” वा “जहाँ मानिसहरू धार्मिकतामा बस्दछन्” (हेर्नुहोस्ः INVALID translate/figs-personification अनि INVALID translate/figs-metonymy)
अनुवादका शब्दहरू
- INVALID bible/kt/holy
- INVALID bible/kt/godly
- INVALID bible/kt/life
- INVALID bible/kt/dayofthelord
- INVALID bible/kt/heaven
- INVALID bible/other/fire
- INVALID bible/kt/promise
- INVALID bible/kt/righteous
2 Peter 3:14-16
दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी जिउने भरमग्दुर प्रयास गर कि तिमीहरूलाई परमेश्वरले दागरहित र खोटरहित अनि उहाँमा र एक अर्कामा शान्तिमा रहेको पाउन सक्नुभएको होस् । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
दागरहित र खोटरहित
“दागरहित” र “खोटरहित” शब्दहरूले एउटै अर्थ दिन्छन् र नैतिक शुद्धतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपले शुद्ध” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)
दागरहित
यहाँ यसले “दोषरहित” भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान
हाम्रा प्रभु धैर्य हुनुभएको कारणले न्यायको दिन अझसम्म पनि आएको छैन । यसले मानिसहरूलाई ३:९ मा बताए जसरी पश्चात्ताप गर्ने र उद्धार प्राप्त गर्ने मौका दिन्छ ।(./08.md). वैकल्पिक अनुवादः “परमेश्वरको धैर्यलाई पश्चात्ताप गर्ने र उद्धारको मौकाको रूपमा लेओ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)
उनलाई दिइएको ज्ञानद्वारा
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्वरले उनलाई दिनुभएको ज्ञानद्वारा (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्
“पावलले मुक्तिमा डोर्याउने परमेश्वरको धैर्यको बारेमा आफ्ना पत्रहरूमा उल्लेख गरेका छन् ।”
जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन्
पावलका पत्रहरूमा बुझ्न कठिन हुने कुराहरू पनि छन् ।
अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्याउँछन्
अनुशासनहीन र अस्थिर मानिसहरूले पावलका पत्रहरूमा भएका बुझ्न कठिन कुराहरूको गलत अर्थ खोल्छन् ।
अनुशासनहीन र अस्थिर
“अनपढ र अस्थिर” मानिसहरूलाई धर्मशास्त्र व्याख्या गर्ने कुरा सिकाइएको छैन र तिनीहरू सुसमाचारको सत्यतामा स्थापित भएका छैनन् ।
आफ्नो विनाश निम्त्याउँछन्
“आफैलाई नाश गर्दै”
अनुवादका शब्दहरू
- INVALID bible/kt/beloved
- INVALID bible/kt/blameless
- INVALID bible/other/peace
- INVALID bible/other/patient
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/salvation
- INVALID bible/kt/brother
- INVALID bible/other/paul
- INVALID bible/kt/wise
- INVALID bible/other/letter
- INVALID bible/other/wordofgod
2 Peter 3:17-18
जोड्ने वाक्यः
पत्रुसले विश्वासीहरूलाई शिक्षा दिने काम सक्छन् र पत्रको अन्त्य पनि गर्छन् ।
त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले
“यी कुराहरू” ले परमेश्वरको धैर्य र झुटा शिक्षकहरूको शिक्षाबारे भएको सत्यतालाई जनाउँछ ।
आफैँलाई सुरक्षित राख
“आफ्नो रक्षा गर”
ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्
यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि व्यवस्थाहीन मानिसहरूले तिमीहरूलाई तिनीहरूका छलपूर्ण कुराहरूले टाढा नलैजाऊन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)
छलले ... टाढा
परमेश्वरको आज्ञा नमान्नको निम्ति गरिने कुराहरूलाई सही मार्गबाट अन्यत्र लैजाने कुराको रूपमा व्यक्त गरिएको छ । छली र झुटा शिक्षकहरूलाई मानिसहरूलाई सही मार्गबाट टाढा लैजाने व्यक्तिहरूको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ
विश्वासयोग्यतालाई विश्वासीहरूले गुमाउन सक्ने किसिमको कुनै सम्पत्तिको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “विश्वासयोग्य हुन नछोड” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)
हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ
यहाँ प्रभुको अनुग्रह र ज्ञानमा बढ्दै जानु भनेको उहाँको अनुग्रहको अनुभव गर्नु र उहाँलाई अझ बढी जान्नु हो। अमूर्त संज्ञा "" अनुग्रह "" मायालु व्यवहार गर्नुहोस् "भन्ने वाक्यांशको साथ व्यक्त गर्न सकिन्छ। एटी: "हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह प्राप्त गर्नुहोस्, र उहाँलाई अझ राम्ररी चिन्नुहोस्" वा "हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टले तपाईंको पक्षमा दयालु व्यवहार गर्नुहुन्छ भनेर जान्नुहोस्, र उहाँलाई अझ राम्ररी चिन्नुहोस्"। (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-abstractnouns)
अनुवादका शब्दहरू
- INVALID bible/kt/beloved
- INVALID bible/other/know
- INVALID bible/other/astray
- INVALID bible/other/deceive
- INVALID bible/other/lawless
- INVALID bible/kt/faithful
- INVALID bible/kt/grace
- INVALID bible/kt/lordgod
- INVALID bible/kt/savior
- INVALID bible/kt/jesus
- INVALID bible/kt/glory
- INVALID bible/kt/forever
- INVALID bible/kt/amen