Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

1 Timothy

1 Timothy front

1 Timothy front:intro

१ तिमोथीको परिचय

भाग १: सामान्य परिचय

१ तिमोथीको पुस्तकको रूपरेखा
  1. अभिवादनहरू (१:१, २)
  2. पावल र तिमोथी
    • झूटो शिक्षाको बारेमा चेतावनी (१:३-११)
    • पावल ख्रीष्‍टले उनको सेवकाइमा गर्नुभएको कुराहरूको लागि धन्यवादी हुन्छन् (१:१२-१७)
    • यस आत्मिक लडाईँमा लड्नलाई उनले तिमोथीलाई बोलाउँछन् (१:१८-२०)
  3. सबैको लागि प्रार्थना (२:१-८)
  4. मण्‍डलीमा भएका भूमिकाहरू र जिम्‍मेवारीहरू (२:९-६:२)
  5. चेतावनीहरू
    • झूटा शिक्षकहरूको बारेमा दोस्रो चेतावनी (cp. १:३-११ र ६:३-५)
    • पैसा (६:६-१०)
  6. परमेश्‍वरको मानिसको विवरण (६:११-१६)
  7. धनीहरूलाई टिपोट (६:१७-१९)
  8. तिमोथीलाई अन्तिम सल्‍लाह र आशिष् (६:२०, २१)
१ तिमोथीको पुस्तक केको बारेमा हो ?

पावल, परमेश्‍वरको अलि बढी वृद्ध सेवकले, उनीभन्दा कान्छा उमेरका उनको सहयोगी, तिमोथीलाई, यस पत्रमा विभिन्‍न निर्देशनहरू दिन्छन् । उनले सम्बोधन गरेका विषयहरूमा मण्‍डलीको आराधना, मण्‍डली अगुवाहरूको लागि योग्‍यता, र झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू पर्छन् । पावलले तिमोथीलाई मण्‍डलीहरू माझमा एक अगुवा हुनलाई कसरी तालिम दिइरहेका थिए भनेर यस पत्रले देखाउँछ ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ तिमोथी” वा “पहिलो तिमोथी” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको पहिलो पत्र ।” (हेर्नुहोस्ः INVALID translate/translate-names)

१ तिमोथीको पुस्तक कसले लेखे ?

यो पुस्तक पावलले सम्भवतः उनको जीवनको अन्त्यतिर उनको चेला र नजिकको मित्र तिमोथीलाई लेखेको पहिलो पत्र हो ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

चेलापन के हो ?

चेला भन्‍ने शब्दले त्यो व्यक्तिलाई जनाउँछ जसले कोही शिक्षकको चरित्र र शिक्षाबाट सिक्दै, त्यस शिक्षकसँग समय बिताउँछ । चेलापन भनेको ख्रीष्‍टका चेलाहरू निर्माण गर्ने प्रक्रिया हो । यस पत्रले एउटा अगुवाले कसरी कम परिपक्व ख्रीष्‍टिएनलाई तालिम प्रदान गर्नुपर्छ भनेर निर्देशनहरू दिन्छ । चेलापनको लक्ष्य भनेको अरू ख्रीष्‍टिएनहरूलाई ख्रीष्‍टको स्वरूपमा बढ्नलाई प्रोत्साहन गर्नु हो । (हेर्नुहोस्ः INVALID bible/kt/disciple)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

# “तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ६:२१ हो । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-you)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित प्रमुख विषयहरू के-के हुन् ?

१ तिमोथीको पुस्तकमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्‍नानुसार छन्ः

  • “त्यस्ता कुराहरूबाट अलग बस ।” (६:५) केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, तर यूएलबी, यूडिबी, र अधिकांश नयाँ संस्करणहरूमा त्यसरी भनिएको छैन । सबैभन्दा राम्रा प्राचीन प्रतिहरूमा यो पदावली छैन ।

(हेर्नुहोस्ः INVALID translate/translate-textvariants)

1 Timothy 1

1 Timothy 1:intro-0

१ तिमोथी ०१ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# आत्मिक सन्तान

पावलले तिमोथीलाई उनको “छोरा” भन्छन् । पावल तिमोथीलाई उनको विश्‍वासमा चेलापन गराउने कुरामा धेरै संलग्‍न थिए । त्यसैकारण, उनले तिनलाई उनको “आत्मिक” छोरा भनी बोलाए । (हेर्नुहोस्ः INVALID bible/kt/disciple, INVALID bible/kt/faith, INVALID bible/kt/spirit अनि INVALID translate/figs-metaphor)

# वंशावलीहरू

यो सम्भवतः मसिह को हुनुहुन्थ्यो भनी केही मानिसहरूले गरेको अनुमानलाई जनाउन भनिएको हो । (हेर्नुहोस्ः INVALID bible/kt/christ)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
# शब्दहरूमा गरिएको खेल

“यदि कोही व्यक्तिले व्यवस्थालाई त्यसअनुसार चलाउँछ भने व्यवस्था असल छ” भन्‍ने पदावली एउटा शब्दखेल वा शब्दहरूमा गरिएको खेल हो । “व्यवस्था” र “व्यवस्था अनुसार” भन्‍ने कुराहरू उस्तै सुनिन्छन् ।

सम्बन्धित खण्‍डहरूः

1 Timothy 1:1-2

सामान्य जानकारी:

यो पुस्तकमा, अन्यथा टिप्पणी नगरिएको अवस्था, “हाम्रो” शब्दले पावल र तिमोथी (जसलाई यो पत्र लेखिएको हो) लाई र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

पावल

“म पावलले यो पत्र लेखेँ ।” तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने आफ्नै फरक शैली हुन सक्छ । तपाईंले यही पदमा कसको लागि पत्र लेखिएको हो भन्‍ने कुरा पनि व्यक्त गर्न सक्‍नुहुन्छ ।

आज्ञा अनुसार

“आज्ञा अनुसार” वा “अधिकारद्वारा

हाम्रा मुक्तिदाता परमेश्‍वर

“हामीलाई बचाउनुहुने परमेश्‍वर”

हाम्रो आशा ख्रीष्‍ट येशू

यहाँ “हाम्रो आशा” ले हामीले आशा गरेको व्‍यक्‍तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशू,जसमा हामी आशा गर्छौँ” र “ख्रीष्‍ट येशू जसमा भरोसा गर्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

विश्‍वासमा साँचा पुत्र

पावल र तिमोथी पिता र पुत्र भएझैँ गरेर पावलले तिमोथीसँगको आफ्नो नजिकको सम्बन्धको बारेमा कुरा गर्छन् । यसले पावलको साँचो प्रेम र तिमोथीको अनुमोदन देखाउँछ । पावलले तिमोथीलाई छोराझैँ ठान्छन् किनकि तिमोथीलाई तिनले नै येशूमा विश्‍वास गर्न सिकाए । वैकल्पिक अनुवादः “जो साँच्‍चै मेरा पुत्र जस्तै छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुग्रह, कृपा र शान्ति

“तिमीलाई अनुग्रह, कृपा र शान्ति होस्” वा “तिमीले दया, कृपा र शान्तिको गर्न सक”

परमेश्‍वर पिता

“परमेश्‍वर, जो हाम्रो पिता हुनुहुन्छ ।” यहाँ “पिता” परमेश्‍वरको लागि दिइएको महत्वपूर्ण पद हो । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

हाम्रा प्रभु येशू ख्रीष्‍ट

“ख्रीष्‍ट येशू, जो हाम्रो प्रभु हुनुहुन्छ”

अनुवादका शब्‍दहरू

1 Timothy 1:3-4

जोड्ने वाक्य:

पावलले तिमोथीलाई व्यवस्थाको गलत प्रयोगलाई इन्कार गर्न र परमेश्‍वरको असल शिक्षाको प्रयोग गर्न उत्साह दिन्छन् ।

सामान्य जानकारी:

यो पत्रमा प्रयोग गरिएको “तिमी” शब्द एकवचन हो र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

मैले ... तिमीलाई अनुरोध गरे जस्तै

“मैले तिमीलाई बिन्ती गरेजस्तै”, वा “मैले तिमीलाई कडा गरी भनेजस्तै”

एफिससमा नै बस

“एफिसीको शहरमा मलाई पर्ख”

भिन्‍न सिद्धान्त

यो अस्पस्ट जानकारीलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सिकाएभन्दा फरक सिद्धान्त” (यूडीबी) (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

न त तिनीहरूले ...ध्यान दिऊन्

बुझिएको जानकारीलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र म तिमीहरूलाई तिनीहरूलाई ध्यान नदिनु भन्‍ने आज्ञा गर भन्‍ने चाहन्छु” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

कथाहरूतिर

यी कथाहरू सायद तिनीहरूका पुर्खाहरूका कथा हुनसक्छन् ।

अन्त्यहीन वंशावलीहरू

पावलले वंशावलीहरू धेरै लामा छन् भन्‍ने कुरालाई जोड दिनको लागि “अन्त्यहीन” शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-hyperbole)

वंशावलीहरू

“पुर्खाहरूको सूची” वंशावलीहरू लिपीमा वा मौखिक रुपमा कुनै ब्यक्तिको आमाबुवा र तिनीहरूको पुर्खाहरूको बारेमा भएको अभिलेख हो । यी यहुदी संकृतिमा धेरै नै महत्वपूर्ण थिए र यिनीहरूले इस्राएलमा कुन वंशहरू समावेश गरिएका छन् भन्‍ने कुराहरूको जानकारी दिन्छन् ।

विवाद उत्पन्‍न गर्छन्

“यसले मानिसहरूलाई रिसाएर असहमत हुने बनाउँछ ।” मानिसहरू कुनै कथाहरू र बंशावलीहरूको सत्यता थाहा नभए पनि त्यसको बारेमा तर्कवितर्कहरू गर्ने गर्दथे ।

विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो

वैकल्पिक अर्थहरूः १) “हामीले विश्‍वासद्वारा सिक्‍ने परमेश्‍वरको योजना बुझ्‍न हामीलाई सहयोग गर्नुको साटो” वा २) “हामीलाई विश्‍वासबाट आउने परमेश्‍वरको काम गर्न सहायता गर्नुको साटो”

अनुवादका शब्‍दहरू

1 Timothy 1:5-8

अहिले

यो शब्द यहाँ मुख्य शिक्षामा एक रूकावट चिन्‍ह प्रयोग भएको छ । यहाँ पावलले तिमोथीलाई दिएको आज्ञाको उद्देश्य वर्णन गर्दछ।

आज्ञा

यो शब्दले यहाँ पुरानो करार वा दश आज्ञाहरूलाई होइन तर पावलले १:३-४ मा गरिरहेको आज्ञालाई जनाउँछ ।(./03.md).

प्रेम हो

सम्भावित अर्थहरू १) “परमेश्‍वरलाई प्रेम गर्नु हो” वा २) “मानिसहरूलाई प्रेम गर्नु हो”

विशुद्ध हृदयबाट

“विशुद्ध” को अर्थ कुनै मानिससँग खराबी गर्ने मनसाय छैन भन्‍ने हुन्छ । “हृदय” ले व्‍यक्‍तिको मन र विचारलाई जनाउँछ । वैकल्पिक अनुवादः “इमान्दार मनबाट” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

असल विवेक

“गलतको साटो साँचा कुराहरू विवेक” ।

निष्‍कपट विश्‍वास

“सच्‍चा विश्‍वास” वा “कपटरहित विश्‍वास”

केही व्यक्तिहरूले यो छाप छोडे

पावल ख्रीष्टमा विश्वासको कुरा गर्छन् जस्तो कि यो लक्ष्य राख्नु पर्ने लक्ष्य हो । पावलको भनाई केहि मानिसहरुले आफ्नो विश्वासको उद्देश्यलाई पूरा गरिरहेका छैनन् जुन प्रेमको बारेमा १ : ५ उसले वर्णन गरिसक्यो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

केही मानिसहरू यसबाट बरालिएर ... फर्केका छन्

“फर्केका छन्” एउटा मुहावरा हो जसको अर्थ हुन्छः परमेश्‍वरले आज्ञा गरेको कुरा गर्न छोड्नु । (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

व्यवस्थाका शिक्षकहरू

“व्यवस्था” ले मोशाको व्यवस्थालाई जनाउँछ ।

तिनीहरूले नै बुझ्दैनन्

“तिनीहरूले नबुझे तापनि” वा “तर पनि तिनीहरूले बुझ्दैनन्” ।

तिनीहरूले ... जे कुरामा जोड दिन्‍छन्

“तिनीहरूले सत्य भनेर दृढतासाथ भनेको कुरा” ।

यो असल छ भन्‍ने हामीलाई थाहा छ

“हामी जान्दछौँ कि, व्यवस्था धेरै नै उपयोगी छ” वा “हामी जान्दछौँ कि व्यवस्था धेरै नै लाभदायक छ” ।

यदि कसैले व्यवस्थालाई न्यायसँगत तवरले प्रयोग गर्छ भने

“यदि हामीले यसलाई सही तरिकाले प्रयोग गर्यौँ भने” वा “यदी हामीले परमेश्‍वरले चाहे जसरी प्रयोग गर्यौँ भने”

अनुवादका शब्‍दहरू

1 Timothy 1:9-11

हामीलाई यो थाहा छ

"किनभने हामीले यसलाई महसुस गर्यौं" वा "हामी यो पनि जान्दछौं"।

त्यो व्यवस्था धर्मी मानिसका लागि बनिएको होइन

यो सक्रिय रूपमा छ भन्न सकिन्छ । यहाँ : "कि धर्मी मानिसका लागि परमेश्वरले व्यवस्था बनाउनुभएन" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

धर्मी मानिस

यहाँ “धर्मी” शब्दले स्‍त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “एक धर्मी व्‍यक्‍ति” वा “एक असल व्‍यक्‍ति” (हेर्नुहोस्ः INVALID translate/figs-gendernotations)

बनाइएको हो

यसलाई कर्ता प्रधान बनाएर पनि प्रयोग गर्न सकिन्छ । यहाँ : "परमेश्वरले व्यवस्था बनाउनुभयो" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरू

यसले विवाह बाहिर यौन सम्बन्ध राख्‍ने जो कोहीलाई जनाउँछ ।

समलिङ्गीहरू

“पुरुषहरूले अर्को पुरुषहरूसँग राखिने यौन सम्बन्ध” ।

दास बनाउन अपहरण गर्नेहरूका निम्ति

“जसले मानिसहरूलाई दासको रुपमा बेच्‍नको लागि अपहरण गर्दछन्” वा “मानिसहरूलाई दासहरूको रुपमा बेच्‍नको लागि लिने मानिसहरू” ।

विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूका निम्ति

“साँचो ख्रीष्‍टियान शिक्षाको विरुद्धमा कुनै पनि किसिमको काम गर्नेहरूको निम्ति”

धन्य परमेश्‍वरको महिमित सुसमाचार

“धन्य परमेश्‍वरको महिमाको सुसमाचार ।” वा “महिमित र धन्य परमेश्‍वरको सुसमाचार”

मलाई सुम्पिएको

यसलाई कर्ता प्रधान बनाएर पनि प्रयोग गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्‍वरले मलाई दिनुभएको छ र यसको निम्ति जिम्मेवार बनाउनु भएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Timothy 1:12-14

जोड्ने वाक्य:

पावलले विगतमा कसरी काम गरे भन्‍ने कुरा बताउँछन् र तिमोथीलाई परमेश्‍वरमा भर पर्न उत्साह दिन्छन् ।

उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभए

“उहाँले मलाई भरोसायोग्य ठान्‍नुभयो” वा “उहाँले मलाई विश्‍वनीय ठान्‍नुभयो”

सेवामा नियुक्‍त गर्नुभयो

पावलले परमेश्‍वरको सेवा गर्ने काम कुनै ठाउँ जस्तै हो भन्छन् जहाँ कसैलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सेवाको निम्ति नियुक्त गर्नुभयो” वा “उहाँले मलाई सेवक नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म ... ईश्‍वरनिन्दा गर्ने... मानिस थिएँ

“यदपी मैले ख्रीष्‍टको बिरुद्दमा खराब बोलेँ ।” पावलले आफू ख्रीष्‍टियान नहुँदाको समयको बारेमा बताइरहेका छन् ।

सताउने

“मैले ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई सताएँ”

हिंसक मानिस

“म अरू मानिसहरूप्रति हिंस्रक थिएँ ।” यस्तो मानिसले अरूलाई पिडा दिने आफ्नो अधिकार हो भनी सोच्छ ।

तर मैले दया पाएको छु किनकि मैले अविश्वासमा अज्ञानताले व्यवहार गरेँ

"तर किनभने म येशूमा विश्वास गर्दिन, र म के गर्दैछु मलाई थाहा थिएन, मैले येशूबाट कृपा पाएँ"

कृपा प्राप्‍त गरेँ

“येशूले मलाई कृपा देखाउनुभयो” वा “म माथि कृपा देखाउनुभयो”

तर ... अनुग्रह

“र ... अनुग्रह”

हाम्रा प्रभुको अनुग्रह भरिपूर्ण भयो

पावलले परमेश्‍वरको अनुग्रहलाई कुनै भाँडो भरिएर बाहिर पोखिने कुनै तरल पदार्थको रूपमा लिन्छन् । वैकल्पिक अनुवादः परमेश्‍वरले मलाई धेरै अनुग्रह देखाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

विश्‍वास र प्रेमले

यो परमेश्‍वरले पावलप्रति देखेको धेरै अनुग्रहको प्रतिफल हो । वैकल्पिक अनुवादः जसले मलाई येशूमा भरोसा गर्ने र प्रेम गर्ने तुल्यायो ।

ख्रीष्‍ट येशूमा भएको

यसले येशू ख्रीष्‍टलाई तरल पदार्थ भएको कुनै भाँडाको रूपमा देखाउँछ । यहाँ “येशू ख्रीष्‍टमा” ले येशूसँग सम्बन्ध भएको कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍टले परमेश्‍वरलाई दिनको लागि योग्य बनाउनुहुन्छ किनकि म उहाँमा एक भएको छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 1:15-17

यो सन्‍देश विश्‍वासयोग्य ... छ

“यो भनाई सत्य छ”

सर्वस्वीकारयोग्य

“हामीले यसलाई कुनै शंकाबिनानै स्वीकार गर्नुपर्छ” वा हामीले पूर्ण विश्‍वासका साथ स्वीकार गर्न योग्य छ ।

मलाई पहिला दया गरियो

यसलाई कर्म वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई दया देखाउनुभयो” वा “मैले परमेश्‍वरबाट दया प्राप्‍त गरें”(हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

यही कारणको निम्ति मलाई पहिला

“यहि कारण सबैभन्दा पापी मद्वारा”

अब... आमेन

“अब” भन्‍ने शब्दले मुख्य शिक्षाको विश्राम हो । यहाँ पावलले परमेश्‍वरको महिमा गर्छन् ।

युगहरूका राजा

“अनन्तका राजा” वा “सदाको राज्य गर्ने मुख्य शासक”

आदर र महिमा होस्

अमूर्त संज्ञा "सम्मान" र "महिमा" क्रियाको रूपमा वर्णन गर्न सकिन्छ । “आदर र महिमा दिइयोस्” वा “मानिसहरूले तपाईंलाई आदर गरून् र महिमा दिऊन् । (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

1 Timothy 1:18-20

तिमीलाई यो आज्ञा दिन्‍छु

पावलले आज्ञाहरूलाई तिमोथीको अगाडि राख्‍न मिल्ने कुनै भौतिक कुराहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले यी आज्ञाहरूको साथ तिमीलाई सुम्पेको छु” वा “मैले तिमीलाई यो आज्ञा दिन्छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मेरा छोरा

पावलले तिमोथीलाई आफू बाबु र तिमोथी छोरा नै भए झैँ गरेर एकदमै नजिकको सम्बोधन गर्छन् । पावलले तिमोथीलाई छोराको रुपमा सोच्छन् किनकि पावलले तिमोथीलाई येशूमा विश्‍वास गर्ने कुरा सिकाएका थिए । वैकल्पिक अनुवादः जो साँच्‍चै मेरो छोरा झैँ छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिम्रो बारेमा पहिले नै गरिएका अगमवाणीहरूसँग सहमत हुँदै

यसलाई कर्ता प्रमुख बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः अरु विश्‍वासीहरूले तिम्रो बारेमा गरेको भविष्यवाणीसँग सहमत हुँदै” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

असल लडाइँ लड्‍न सक

लडाईमा भाग लिएको सिपाही जस्तै परमप्रभुको लागि काम गर्नको लागि पावलले तिमोथीलाई भन्छन् । वैकल्पिक अनुवादः “परमप्रभुको लागि कठिन परिश्रम जारी राख” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

असल विवेक

"विवेक जसले सहीको सट्टामा गलत छनौट गर्दछ ।" १:५ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(./05.md).

विश्‍वासको जहाज डुबाएका छन्

पावलले मानिसहरूको विश्‍वासलाई समुद्रमा डुब्‍ने जहाजको रूपमा व्यक्त गर्छन् । उनले भन्‍न खोजेको कुरा यही हो कि तिनीहरूले तिनीहरूको विश्‍वासलाई नष्‍ट गरेका छन् र येशूमा विश्‍वास गर्न छोडेका छन् । तपाईंले यही वा यस्तै खालको अलंकारको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हुमेनियस र अलेक्जेन्डर

यी पुरुषहरूका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

मैले शैतानको हातमा सुम्पेकोछु

पावलले ती मानिसहरूलाई भौतिक रूपले शैतानकोमा सुम्पेका झैँ गरेर बताउँछन् । यसको अर्थ पावलले तिनीहरूलाई विश्‍वासीहरूको समुदायबाट इन्कार गरे भन्‍ने हुन सक्छ । तिनीहरू समुदायको भाग नभएको हुनाले शैतानले तिनीहरूमाथि अधिकार गरेर तिनीहरूलाई हानि पुर्याउन सक्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूले ... सिकून्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्‍वरले तिनीहरूलाई सिकाउनु भएको होस् । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Timothy 2

1 Timothy 2:intro-0

१ तिमोथी ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# शान्ति

पावलले ख्रीष्‍टिएनहरूलाई अनुशासन र आत्म-संयमको अभ्यास गरेर शान्तिपूर्ण जीवन जिउन प्रोत्साहित गर्छन् । (हेर्नुहोस्ः INVALID bible/kt/discipline)

# मण्‍डलीमा स्‍त्रीहरू

पावलले सम्भवतः स्‍त्रीहरूको निमित्त भएका साधारण सांस्कृतिक मापदण्‍डहरूलाई अपमान नगरीकन स्‍त्रीहरूलाई ख्रीष्‍टमा भएको तिनीहरूको स्‍वतन्‍त्रतालाई कसरी प्रयोग गर्ने भनेर निर्देशन दिइरहेका छन् । विवादको सम्भाव्यताको कारण, यी खण्‍डहरूको अनुवाद गर्दा अतिरिक्त होसियारी पुर्‍याउनु पर्छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# “प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू”

यी शब्दहरूको अर्थमा केही मात्रामा मिल्दोजुल्दो छ । यिनीहरूलाई पूर्णतया फरक वर्गहरूको रूपमा हेर्न आवश्‍यक छैन ।

सम्बन्धित खण्‍डहरूः

1 Timothy 2:1-4

जोड्ने वाक्य:

सबै मानिसहरूको लागि प्रार्थना गर्नको लागि पावलले तिमोथीलाई उत्साह दिन्छन् ।

सर्वप्रथम

“धेरै नै महत्वपूर्ण” वा “सबैभन्दा अगि”

म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति अनुरोध, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद ज्ञापनहरू चढाइऊन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सबै विश्‍वासीहरूलाई परमेश्‍वरसँग अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाउनको लागि आग्रह गर्दछु ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

म आग्रह गर्दछु

“म बिन्ती गर्छु” वा “म चाहन्छु”

शान्तिपूर्ण जीवन

यहाँ "शान्तिमय" र "शान्त" को अर्थ एउटै हो । पावल सबै विश्‍वासीहरू अधिकारीहरूबाट कुनै पनि किसिमको समस्यामा नपरी शान्तिपूर्ण जीवन बिताएको चाहन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

हरप्रकारले धार्मिक र मर्यादापूर्वक

“जसले परमेश्‍वरको महिमा गर्छ र जसलाई मानिसहरूले सम्मान गर्छन् ।”

उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरू बाँचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

सत्यताको ज्ञानमा आऊन्

पावल परमेश्‍वर बारेको सत्यतालाई मानिसहरूलाई ल्याउन सकिने कुनै ठाउँको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “सत्य के हो भन्‍ने जान्‍ने र स्वीकार गर्ने” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 2:5-7

मानिस र परमेश्‍वरका बिचमा केवल एक मात्र मध्यस्तकर्ता

मध्यस्तकर्ता भनेको त्यस्तो ब्यक्ति हो जसले विवादमा रहेका दुईवटा फरक फरक समुहलाई एक आपसमा शान्तिमा रहनको लागि सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ । यहाँ येशूले पापीहरूलाई परमेश्‍वरसंग शान्तिपूर्ण सम्बन्ध कायम गर्न सहायता गर्नुहुन्छ ।

आफैलाई ... दिनुभयो

“स्व-इच्छाले मर्नुभयो”

छुटकाराको मोलस्वरूप

“स्वतन्‍त्रको निम्ति मुल्य चुकाउन” वा “स्वतन्‍त्र पारिनको लागि मोल तिर्न”

ठिक समयमा दिइएको गवाही

यो परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनेर अझ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भन्‍ने कुराको ठिक समयको प्रमाण” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ठीक समय

यसको अर्थ हुन्छः परमेश्‍वरले छान्‍नुभएको ठिक समय

यसै उद्देश्यको लागि

“यसैको लागि” वा “यही कारणले”

एक सन्‍देशवाहक र प्रेरित बनाइएँ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म पावललाई ख्रीष्‍टले शिक्षक र प्रेरित बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

विश्‍वास र सत्यतामा म गैरयहूदीहरूका शिक्षक हुँ

“म अन्यजातिहरूलाई विश्‍वास र सत्यताको सन्देश सिकाउँछु ।” यहाँ पावलले सत्यता र विश्‍वासलाई एउटै विचार व्यक्त गर्नको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म अन्याजातीहरूलाई सत्य विश्‍वासको बारेमा सिकाउँछु ।” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

अनुवादका शब्‍दहरू

1 Timothy 2:8-10

जोड्ने वाक्यः

पावलले प्रार्थनाको बारेको आफ्नो शिक्षालाई टुंग्याउँछन् र महिलाहरूको लागि विशेष शिक्षा दिन्छन् ।

हरेक ठाउँमा पुरुषहरूले ... पवित्र हात उचाल्दै प्रार्थना गरेको म चाहन्छु

यहाँ “पवित्र हात” ले सम्पूर्ण व्‍यक्‍ति नै पवित्र छ भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “म सबै ठाउँमा भएका पवित्र पुरुषहरूले आफ्ना पवित्र हात उठाएर प्रार्थना गरेको चाहन्छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

हरेक ठाउँमा पुरुषहरूले

“सबै ठाउँमा भएका पुरुषहरूले” वा “सबै ठाउँका पुरुषहरूले ।” यहाँ "पुरुष" शब्दले विशेष गरी पुरुषहरूलाई बुझाउँदछ ।

पवित्र हात उचाल्दै

प्रार्थना गर्दा पुरुषले आफ्नो हात उठाउनु सामान्य तरिका थियो ।

भद्रता र आत्मसंयमतासाथ

यी दुवै शब्दहरूले एउटै अर्थ दिन्छन् । पावल महिलाहरूले सुहाउँदो वस्‍त्र पहिरिऊन् र पुरुषहरूबाट अनुचित ध्यान नपाउन् भन्‍ने चाहन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

कपालको सिँगारपटार... होइन

पावलको समयमा रोमी स्‍त्रीहरूले आफुलाई आकर्षक देखाउनको लागि कपालको सृंगार गर्ने गर्थे । कपालको सृंगारद्वारा नै कुनै स्‍त्रीले आफ्नो कपालको विशेष ख्याल राख्छिन् । यदि “कपालको सृंगार” गर्ने भन्‍ने शब्द थाहा छैन भने यसलाई सामान्य अर्थ दिने गरी व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले विभिन्‍न प्रकारले केशविन्यास नगरून्” वा “अरूको ध्यान आकर्षण गर्ने गरी केशविन्यास नगरून्” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

मोती

गहनाको रूपमा प्रयोग गरिने चम्किलो सेतो गोलो तिनीहरू समुद्रमा बस्ने एक खास प्रकारको साना जनावरको खोलभित्र बनेका हुन्छन्। (हेर्नुहोस्ः INVALID translate/translate-unknown)

भक्ति देकखाउने असल काम

“आफुले गरेका असल कामहरूद्वारा परमेश्‍वरको महिमा गर्न चाहने”

अनुवादका शब्‍दहरू

1 Timothy 2:11-12

चुपचाप

“शान्तसित”

सारा आज्ञापालनसहित

“सुनेका कुराहरूमा प्रश्‍न नगरी” (यूडीबी) वा “परमेश्‍वर दिनुभएको हरेक आज्ञाहरूलाई मान्‍नको लागि तयार हुनु”

म स्‍त्रीलाई अनुमति दिन्‍नँ

“स्‍त्रीलाई अनुमति दिन्‍न”

अनुवादका शब्‍दहरू

1 Timothy 2:13-15

आदम पहिले सृष्‍टि भएका थिए

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आदमलाई नै पहिले बनाउनु भयो” वा “परमेश्‍वरदुवारा आदमलाई पहिलोपटक सृष्‍टि गरियो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

त्यसपछि हब्बा

बुझिएको जानकारीलाई स्पष्‍ट रुपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि परमेश्‍वरले हब्बालाई बनाउनु भयो” वा “त्यसपछि परमेश्‍वरले हब्बाको सृष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

र आदम छलिएका थिएनन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आदमलाई सर्पले धोका दिएको थिएन” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तर स्‍त्री पूर्ण रूपले अपराधमा छलिएकी थिइन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः आज्ञा पालन नगर्ने स्‍त्री थिइन् किनकि तिनलाई सर्पले सम्पूर्ण रुपमा छल्यो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उनी बच्‍चाहरू जन्माउने समयमा बचाइनेछन्

यहाँ "उनी" ले सामान्यतया महिलालाई जनाउँदछ। सम्भावित अर्थहरू १) परमेश्वरले महिलाहरूलाई शारीरिक रूपमा सुरक्षित राख्नुहुनेछ उनीहरूले बच्‍चा जन्माउँदा, वा २) परमेश्वरले महिलाहरूलाई उनीहरूको पापबाट बच्‍चाको भूमिका खेल्ने भूमिका खेल्नुहुनेछ।

तिनी बचाइनेछिन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्‍वरले तिनलाई बचाउनुहुनेछ । वा “परमेश्‍वरले स्‍त्रीहरूलाई बचाउनुहुनेछ ।” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनीहरू ... लागि रहे भने

“यदी तिनीहरू रहे भने” वा “यदी तिनीहरू निरन्तर जिए भने” यहाँ “तिनीहरू” ले स्‍त्रीहरूलाई जनाउँछ ।

विश्‍वास, प्रेम र पवित्र आत्मामा

यहाँ अमूर्त संज्ञा मौखिक वाक्यांश संग अनुवाद गर्न सकिन्छ । “येशूमा भरोसा प्रेम गर्नमा, अरूलाई प्रेम गर्न र पवित्र जीवन बिताउन” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

भद्रतासाथ

यस मुहावरेको सम्भावित अर्थहरू १) "राम्रो निर्णयको साथ," २) "भद्रताका साथ," वा)) "आत्म-नियन्त्रणसहित।" (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

दिमाग को सुदृढता

यदि मुहावरा अनुवादमा राखिएको छ भने, अमूर्त संज्ञा "आवाज" विशेषणको साथ अनुवाद गर्न सकिन्छ । यहाँ: "एक असल दिमाग" (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू

1 Timothy 3

1 Timothy 3:intro-0

१ तिमोथी ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१ तिमोथी ३:१६ शायद एउटा गीत, कविता, वा सुरुको मण्‍डलीले सबैको साझा रहेका महत्त्वपूर्ण शिक्षाहरूलाई सूचीकृत गर्न प्रयोग गर्ने सार थियो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# निरीक्षक र डिकनहरू

मण्‍डली अगुवाहरूको लागि प्रयोग गरिएका विभिन्‍न शीर्षकहरूलाई लिएर त्यहाँ केही असहमति छ । त्यस्ता केही शीर्षकहरू हुन्ः निरीक्षक, एल्‍डर, पास्‍टर, र बिशप ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# चारित्रिक विशेषताहरू

यदि कोही मानिस मण्‍डलीमा निरीक्षक हुने हो भने त्यस मानिसमा हुनुपर्ने विभिन्‍न विशेषताहरूलाई यस अध्यायले सूचीकृत गर्छ । (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

सम्बन्धित खण्‍डहरूः

1 Timothy 3:1-3

जोड्ने वाक्यः

मण्डलीका बिसपहरू कस्ता हुनुपर्छ र उनीहरूले के गर्नुपर्छ भन्‍ने कुराको बारेमा पावलले विशेष शिक्षा दिन्छन् ।

असल कामको इच्छा

“सम्मानित कामको इच्छा”

एउटी पत्‍नीको पति

बिसपको एउटा मात्रै श्रीमती हुनुपर्दछ । पहिले नै विदुर भएको वा सम्बन्धबिच्छेद भएको वा विवाह नगरेको मानिसलाई यसले समेट्छ कि समेट्दैन भन्‍ने कुरामा यो अस्पष्‍ट छ ।

संयमी, समझदार, व्यवस्थित, र अतिथि सत्कार गर्ने हुनुपर्छ

“कुनै कुरा चाहिने भन्दा बढी नगर्ने”, विवेकशील तरिकाले सोच्‍ने, र असल व्यवहार देखाउने, र अपरिचित मानिसहरूको स्वागत गर्ने हुनुपर्छ"

मतवाला ...होइन, तर भद्र, नम्र, शान्तिप्रिय

“तिनी पियक्‍कड हुनुहुन्‍न वा तिनले धेरै दाखमद्द पिउनु हुँदैन तर तिनी भद्र, नम्र, शान्तिप्रिय हुनुपर्छ”

रुपियाँ-पैसाको लोभ गर्ने

“पैसालाई प्रेम गर्ने”

अनुवादका शब्‍दहरू

1 Timothy 3:4-5

तिनले ... व्यवस्थापन गर्नुपर्छ

“तिनले अगुवाई गर्नुपर्छ” वा “तिनले वास्ता गर्नुपर्छ”

सबै आदरसँग

सम्भावित अर्थहरूः १) बिसपका छोराछोरीहरूले आफ्ना पिताको आज्ञा पालन गर्नुपर्छ र सम्मान गर्नुपर्छ (यूडीबी) वा २) बिसपका छोराछोरीले सबैलाई सम्मान गर्नुपर्छ” वा ३) बिसपले अगुवाई गर्ने क्रममा आफ्ना घरका सबैलाई सम्मान देखाउनु पर्छ”

सबै आदर

"पूर्ण सम्मान" वा "सबै समयमा सम्मान"

तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने

“यदि कुनै मानिसले व्यवस्थापन गर्न जान्दैन भने” वा “तर यदि कुनै मानिसले व्यवस्थापन गर्न सक्दैन भने”

उसले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्दछ

पावलले यो प्रश्‍न तिमोथीलाई सिकाउनको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “उसले परमेश्‍वरको मण्डलीलाई वास्ता गर्न सक्दैन” वा “मण्डलीलाई नेतृत्व दिन सक्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-rquestion)

परमेश्‍वरको मण्डली

यहाँ “मण्डली” ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरका मानिसहरू” वा “तिनले रेखदेख गरिरहेको विश्‍वासीहरू” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Timothy 3:6-7

तिनी नयाँ विश्‍वासी पनि हुनु हुँदैन

“तिनी नयाँ विश्‍वासी हुनुहुँदैन” वा “तिनी परिपक्व विश्‍वासी जस्तो हुनुपर्दछ” ।

शैतानझैँ दण्डमा नपरून्

पावलले गलत गरेर निन्दित हुने अनुभवलाई कुनै व्‍यक्‍ति खस्‍न सक्‍ने प्वालको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “शैतानलाई परमेश्‍वरले दण्डित गरेझैँ उसलाई पनि दण्डित गर्नुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

बाहिरका मानिसहरू

“मण्डली बाहिर भएकाहरू” पावलले मण्डलीलाई कुनै ठाउँको रुपमा र विश्‍वास नगरेकाहरूलाई त्यसबाट बाहिर भएका मानिसहरूको रुपमा बताउँदछन् । वैकल्पिक अनुवादः “ख्रीष्‍टियान नभएकाहरू” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनी शर्ममा ... नपरून्

पावलले लाज शर्ममा पर्ने कुरालाई कुनै व्‍यक्‍ति खस्‍न सक्‍ने प्वालको रुपमा बताउँछन् । यहाँ, “पर्नु” शब्दले अनुभवलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्‍वास नगर्नेहरूका अगाडि उसलाई कुनै पनि कुराले लाजमा पार्नेछैन । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 3:8-10

जोड्ने वाक्यः

मण्डलीका डिकनहरू र तिनीहरूकी श्रीमतीहरू कस्ता हुनुपर्छ भनेर पावलले विशेष शिक्षा दिन्छन् ।

डिकनहरू पनि प्रतिष्‍ठित होऊन्

“बिसपजस्तै डिकनहरू पनि”

प्रतिष्‍ठित होऊन् दुई जिब्रे ... नहोऊन्

तिनीहरूले एकैपटक दुई कुराहरू गर्न सक्छन् भने झैँ गरेर पावलले ती मानिसहरूको बारेमा बताउँछन् । तिनले भन्‍न खोजेको कुरा यही हो कि, कुनै व्‍यक्‍तिले एउटा कुरा भन्छ तर यसको अर्थ अर्कै लाग्छ । वैकल्पिक अनुवादः “इमान्दार नहुनु” वा “तिनीहरू जे भन्छन् त्यसको अर्थ त्यही लाग्‍नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

प्रकट गरिएको विश्‍वासको सत्यतालाई तिनीहरूले शुद्ध विवकले कायम राख्‍नुपर्छ

“तिनीहरूले परमेश्‍वरले हामीलाई प्रकट गर्नु भएको र हामीले विश्‍वास गरेको सत्य सन्‍देशलाई निरन्तर विश्‍वास गर्नुपर्छ ।” यसले केही समयको लागि अस्तित्वमा आएको सत्यतालाई जनाउँछ जुनलाई परमेश्‍वरले त्यसबेला तिनीहरूलाई देखाउँदै हुनुहुन्थ्यो । पावलले परमेश्‍वरको बारेको सत्य शिक्षालाई मानिसले आफुसँग राख्‍न सक्‍ने कुनै वस्तुको रूपमा लिन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

the revealed truth

यो सक्रिय रूपमा छ भन्न सकिन्छ। यहाँ: "सत्य परमेश्वरले प्रकट गर्नुभयो" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

शुद्ध विवेकले

कुनै गलत काम नगरेको कुनै व्‍यक्‍तिको ज्ञानलाई त्यो ग्यान वा विवेक शुद्ध छ भनेर पावल भन्दछन् । वैकल्पिक अनुवादः “जे असल छ त्यही गर्नलाई तिनीहरूले कठिन प्रयत्‍न गर्दैछन् भन्‍ने कुरा जानेर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

पहिले तिनीहरूको जाँच होस्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्‍वासीहरूले तिनीहरूलाई अनुमोदन गर्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुमोदन पनि पाउनुपर्छ

डिकन हुनेहरूलाई अरु विश्‍वासीहरूद्वारा मुल्यांकन गरिनु र मण्डलीमा सेवा गर्न योग्य छन् कि छैनन् भनी निर्णय गरिनुपर्छ ।

अनुवादका शब्‍दहरू

1 Timothy 3:11-13

त्‍यसै गरी, स्‍त्रीहरू

सम्भावित अर्थहरूः १) “स्‍त्रीहरूले” डिकनका श्रीमतीहरूलाई जनाउँछ वा २) “स्‍त्रीहरू” ले स्‍त्री डिकनहरूलाई जनाउँछ ।

प्रतिष्‍ठित होऊन्

“उचित व्यवहार गरून्” वा “सम्मानका योग्य हुन्”

निन्‍दा नगर्ने

“तिनीहरूले अरू मानिसहरूको विरुद्ध दुष्‍ट कुरा नबोलून्”

संयमी होऊ र

“कुनै कुरा चाहिने भन्दा बढी नगर्ने” तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् 1 Timothy 3:2.

एउटै पत्‍नीका पति

कुनै मानिसको एउटा मात्रै श्रीमती हुनुपर्दछ । पहिले नै विदुर भएको वा सम्बन्धबिच्छेद भएको वा विवाह नगरेको मानिसलाई यसले समेट्छ कि समेट्दैन भन्‍ने कुरामा अस्पष्‍ट छ ।(./01.md).

घरलाई राम्रोसँग व्‍यवस्‍थापन गर्ने

“तिनीहरूका बालबच्‍चा र घरमा भएका अरू मानिसहरूलाई उचित तरिकाले वास्ता गर्ने र अगुवाई गर्ने”

जसले

“ती डिकनहरूको लागि” वा ““मण्डलीको अगुवाहरूको लागि”

तिनीहरूले आफ्ना... पाउँछन्

“आफ्नै लागि प्राप्‍त गर्नु” वा “तिनीहरूको आफ्नै लागि प्राप्‍त गर्नु”

प्रतिष्‍ठा

यसले भन्‍न खोजेको अर्थलाई प्रष्‍ट पारेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः अरु विश्‍वासीहरूको माझमा राम्रो प्रतिष्‍ठा” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा ठुलो भरोसा

सम्भावित अर्थहरूः १)तिनीहरूले अझ बढी आत्मविश्‍वासका साथ येशूमा विश्‍वास गर्छन् वा २) तिनीहरूले आफ्नो विश्‍वासको बारेमा आत्मविश्‍वासका साथ अरु मानिसहरूलाई बताउँछन् ।

अनुवादका शब्‍दहरू

1 Timothy 3:14-15

जोड्ने वाक्यः

पावलले तिमोथीलाई लेख्‍नुको कारण बताउँछन् र ख्रीष्‍टको ईश्‍वरत्वको बारेमा वर्णन गर्छन् ।

तर यदि मैले ढिलो गरेँ भने

“तर कुनै कारणबश म तिम्रोमा छिट्टै आइनँ भने” वा “तर यदी तिमीकहाँ छिट्टै आउनको लागि केही कुराले मलाई रोक्यो भने”

त्यसोभए तपाईं कसरी जान्न सक्नुहुन्छ कि परमेश्वरको मन्दिरमा कसरी व्यवहार गर्ने

पावलले विश्‍वासीहरूको समूहलाई एउटा परिवारको रुपमा लिन्छन् । सम्भावित अर्थहरू १) पावलले तिमोथीको चर्चमा भएको व्यवहारलाई मात्र संकेत गरिरहेका थिए। यहाँ: "त्यसोभए तपाईं आफूलाई परमेश्वरको परिवारको सदस्यको रूपमा कसरी व्यवहार गर्ने भन्ने कुरा जान्न सक्नुहुन्छ" वा २) पावल सामान्यतया विश्वासीहरूको कुरा गर्दैछ। यहाँ: "ताकि तपाईं सबैलाई थाहा छ कि कसरी आफूलाई परमेश्वरको परिवारको सदस्यको रूपमा व्यवहार गर्ने" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

परमेश्‍वरको घराना, जुन जीवित परमेश्‍वरको मण्डली हो

यो वाक्यांशले “परमेश्‍वरको घारानाको बारेमा जानकारी दिन्छ, परमेश्‍वरको घराना, जुन मण्डली हो, र मण्डली बाहेकको घराना बीचको फरकको बारेमा हैन । यसलाई नयाँ वाक्यको रुपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जीवित परमेश्‍वरमा विश्‍वास गर्ने समुदाय परमेश्‍वरको परिवारमा सम्बद्ध हुन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-distinguish)

जुन जीवित परमेश्‍वरको मण्डली हो, सत्यताको खाँबो र आड

ख्रीष्‍टको सत्यताको गवाही बोक्‍ने विश्‍वासीहरूलाई पावलले भवनलाई आड दिने खम्बा र जगको रूपमा लिन्छन् । यसलाई नयाँ वाक्यको रुपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र कुनै भवनको खम्बा र आडजस्तै मण्डलीका यी सदस्यहरूले परमेश्‍वरको सत्यतामा रहँदै र शिक्षा दिँदै जान्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जीवित परमेश्‍वर

यो वाक्यांशले सबैलाई जीवन दिने परमेश्‍वरको बारेमा बताउँछ ।

अनुवादका शब्‍दहरू

1 Timothy 3:16

यो निर्विवाद छ

"कसैले पनि इन्कार गर्न सक्दैन"

धार्मिकताको प्रकट गरिएको सत्‍यता महान् छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले प्रकट गर्नु भएको सत्यता महान् छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

उहाँ शरीरमा प्रकट हुनुभयो...महिमामा माथि उचालिनुभयो

सायद पावलले कुनै कविता वा गीतलाई यहाँ उद्धृत गर्दैछन् । यदि तपाईंको भाषामा यसलाई कवितात्मक रुपले देखाउने कुनै शैली छ भने त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुनेछ । यदि छैन भने, यसलाई पद्यमा नभई गद्यमा लेख्‍न सक्‍नुहुनेछ । (हेर्नुहोस्ः INVALID translate/writing-poetry)

उहाँ देखा पर्नुभयो

यहाँ "उहाँ" अस्पष्ट छ। यसले "परमेश्वर" वा "ख्रीष्ट" लाई बुझाउन सक्छ। यसलाई "उहाँ" को रूपमा अनुवाद गर्न उत्तम हुन्छ। यदि तपाई अझ विशिष्ट हुनुपर्दछ भने तपाईले "ख्रिष्ट जो परमेश्वर हुनुहुन्छ" वा "ख्रीष्ट" भनेर अनुवाद गर्न सक्नुहुन्छ।

शरीरमा

पावलले “शरीर” शब्दको प्रयोग मानव जातिलाई जनाउनको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “साँचो मानवको रुपमा” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ जो हुनुहुन्छ भनेर उहाँले भन्‍नुभयो त्यसलाई पवित्र आत्माले पुष्‍टि गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

स्वर्गदूतहरूबाट देखिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उहाँलाई देखे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

जाति-जातिहरूका माझमा घोषणा गरिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै राष्‍ट्रका मानिसहरूले उहाँको बारेमा अरुलाई बताए” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

संसारमा विश्‍वास गरिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै राष्‍ट्रका मानिसहरूले उहाँमा विश्‍वास गरे” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

महिमामा माथि उचालिनुभयो

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर पिताले उहाँलाई महिमामा स्वर्गमा लैजानुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

महिमामा

यसको अर्थ होः उहाँले परमेश्‍वर पिताबाट शक्ति प्राप्‍त गर्नुभयो र उहाँ आदरका योग्य हुनुहुन्छ ।

अनुवादका शब्‍दहरू

1 Timothy 4

1 Timothy 4:intro-0

१ तिमोथी ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१ तिमोथी ४:१-३ एउटा अगमवाणी हो । (हेर्नुहोस्ः INVALID bible/kt/prophet).

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
# पछिका समयहरू

यो अन्तिम दिनहरूलाई जनाउने अर्को तरिका हो । (हेर्नुहोस्ः INVALID bible/kt/lastday).

सम्बन्धित खण्‍डहरूः

1 Timothy 4:1-2

जोड्ने वाक्य:

आत्माले भन्‍नुभएको कुरा हुनेछ भनेर पावलले तिमोथीलाई बताउँछन् र उनले के सिकाउनु पर्नेछ भनेर उत्साह दिन्छन् ।

अब

यो शब्द यहाँ मुख्य शिक्षा मा एक रूकावट चिन्‍ह प्रयोग भएको छ। यहाँ पावलले शिक्षाको एउटा नयाँ अंश बताउन थाल्छ।

पछि आउने समयमा

सम्भावित अर्थहरूः १) यसले पावल मरेपछिको समयलाई जनाउँछ” वा २) पावलको आफ्नै समयमा

विश्‍वासलाई त्याग्‍नेछन्

मानिसहरूले ख्रीष्‍टमा विश्‍वास गर्न छोड्ने कुरालाई पावलले कुनै वस्तु वा ठाउँ भौतिक रुपमा छोड्ने कुरालाई झैँ बताउँछन् । यहाँ: "येशूमा भरोसा गर्न छोड्नुहोस्" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

र... ध्यान दिनेछन्

“र ध्यान दिनु” वा “किनभने तिनीहरूले ध्यान दिँदैछन्”

छली आत्माहरू र भूत-प्रेतका शिक्षाहरू

“मानिसहरूलाई शैतानिक शिक्षातर्फ मोड्ने आत्माहरू”

झुटा कपटहरू

यसलाई नयाँ वाक्यको रुपमा पनि व्यक्त गर्न सकिन्छ । यहाँ: “मानिसहरू कपटी हुनेछन् र झुटो बोल्ने छन्”

तिनीहरूका आफ्ना विवेक तातो फलामले डामिनेछन्

सम्भावित अर्थहरूः १) पावलले आफूले गलत गरेको छु भनेर भन्‍न नसक्‍ने मानिसहरूलाई तिनीहरूको दिमाग तातो फलामले डामेको जस्तो भएको छ भनेर बताइरहेका छन् । वा २) शैतानले ती मानिसहरूलाई आफ्ना हुन् भन्‍ने बताउनको लागि तातो फलामले छाप लगाएको छ भनेर पावलले ती मानिसहरूको बारमा बताउँछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 4:3-5

तिनीहरूले

“ती मानिसहरूले”

विवाह गर्न ... मनाही गर्नेछन्

यसले भन्‍ने खोजेको कुरा यही हो कि तिनीहरूले विश्‍वासीहरूलाई विवाह गर्न मनाही गर्नेछन् । वैकल्पिक अनुवादः “विश्‍वासीहरूलाई विवाह गर्नको लागि मनाही गर्नु” वा “विश्‍वासीहरूलाई विवाह गर्नदेखि रोक्‍नु” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

खाना खान मनाही गर्नेछन्

यसले भन्‍ने खोजेको कुरा यही हो कि तिनीहरूले केही खानाहरू खानलाई मनाही गर्नेछन् । वैकल्पिक अनुवादः “तिनीहरूले विश्‍वासीहरूलाई केही खानाहरूमा अलग बस्‍न लगाउनेछन्” “र तिनीहरूले मानिसहरू कुनै निश्‍चित खानाहरू खानबाट मनाही गर्नेछन् । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

परमेश्‍वरले बनाउनुभएको सबै कुरा राम्रो छ

यो सक्रिय रूपमा छ भन्न सकिन्छ। यहाँ: "परमेश्‍वरले बनाउनुभएको सबै कुरा राम्रो छ" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

हामीले धन्यवाद दिएर ग्रहण गरेको कुनै पनि कुरो इन्कार गरिनुहुन्‍न

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले जे कुराको लागि परमेश्‍वरलाई धन्यवाद दिन्छौँ ती कुराहरूलाई इन्कार गर्नुहुँदैन” वा “धन्यवाद दिएर खाएका सबै कुरा ग्रहणयोग्य हुन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

वचन र प्रार्थनाद्वारा पवित्र पारिएको छ

यहाँ “वचन” र “प्रार्थना” लाई एउटा धारणा व्यक्त गर्नको लागि प्रयोग गरिएको छ । प्रार्थना परमेश्‍वरले प्रकट गर्नुभएको सत्यतासँग सहमत हुन्छ । वैकल्पिक अनुवादः “यसलाई उहाँको वचनको सहमतिमा गरिएको प्रार्थनाद्वारा परमेश्‍वरको प्रयोगको लागि समर्पित गरिएको छ ।” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

यो पवित्र छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । यहाँ: "हामी यसलाई पवित्र बनाउँछौं" वा "हामीले यसलाई अलग गरेका छौं" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

वचन

“वचन” ले परमेश्‍वरको सन्‍देश वा उहाँले प्रकट गरेको कुरालाई बुझाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Timothy 4:6-8

यदि तिमीले यी कुराहरू दाजुभाइहरूका अगाडि राखीदियौ भने

पावलले आफ्नो शिक्षालाई विश्‍वासीहरूको अगाडि राख्‍न मिल्ने वस्तुको रुपमा व्यक्त गरेका छन्. यहाँ, राख्‍नु भन्‍ने शब्दले सल्लाह दिनु वा सम्झाउनु भन्‍ने अर्थ लाग्छ । वैकल्पिक अनुवादः “यदि तिमीले विश्‍वासीहरूलाई सहयोग गर्छौ भने यी कुराहरू सम्झना गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यी कुराहरू

यसले ३:१६ मा उल्लेख गरिएको शिक्षालाई जनाउँछ ।(../03/16.md).

दाजुभाइहरू

यसले महिला र पुरुष दुवै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-gendernotations)

विश्‍वासका वचनहरू र तिमीले पछ्याएको असल शिक्षाद्वारा पुष्‍ट हुनेछौ

परमेश्‍वरको वचन र यसको शिक्षालाई पावलले तिमोथीलाई शारीरिक रुपमा खुवाउने र तिनलाई बलियो बनाउने कुराको रुपमा व्यक्त गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाले तिमीलाई ख्रीष्‍टमा अझ बलियो गरी विश्‍वास गर्ने बनाइरहेका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

विश्‍वासका वचनहरू

“मानिसहरूलाई विश्‍वास गर्ने बनाउने वचनहरू”

वृद्धा स्‍त्रीहरूबाट मन पराइएका दूषित कथाहरू

“अपवित्र कथाहरू र वृद्धा श्रीमतीहरूका कथाहरू ।” “कथाहरू” का लागि प्रयोग गरिएको शब्द १ तिमोथी १:४(../01/03.md)मा प्रयोग गरिएको “दन्त्य कथा” सँग मेल खान्छ, त्यसैले तपाईंले यहाँ त्यसरी नै अनुवाद गर्नु पर्छ ।

वृद्धा स्‍त्रीहरूले प्रेम गरे जस्तै

यो “मूर्खता” र “निरर्थकता” जनाउने अभिव्‍यक्‍ति हो । पावलले “पुराना स्‍त्रीहरू” भनेर महिलाहरूको अपमान गरिरहेका छैनन् बरु पावल र तिनका श्रोताहरूलाई थाहा थियो कि पुरुषहरू महिलाहरू भन्दा जवानी अवस्थामा नै मर्छन्, त्यसैले त्यहाँ वृद्धावस्थाले दिमाग कमजोर भएका स्‍त्रीहरू पुरुषहरू भन्दा धेरै थिए । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आफैलाई भक्तिमा तालिम देऊ

“परमेश्‍वरलाई आदर गर्ने कुरामा आफैलाई तालिम देऊ” वा “परमेश्‍वरलाई खुशी पार्न सकिने कुराहरू गर्नमा आफैलाई तालिम देऊ”

शारीरिक तालिम

“शारीरिक अभ्यास”

अहिलेको जीवन र आउने जीवनको लागि

“यो जीवनको लागि फाइदाजनक हुन्छ” वा “यो जीवन राम्रो बनाउन सहयोग गर्छ”

अनुवादका शब्‍दहरू

1 Timothy 4:9-10

पुरा स्वीकारयोग्य छ

“तिम्रो पूर्ण विश्‍वासको योग्य” वा “तिम्रो पुरा भरोसाको योग्य”

किनकि हामी यसैको लागि

“कारण यही हो”

सङ्घर्ष र कठिन परिश्रम गर्छौँ

“संघर्ष” र “धेरै कडा परिश्रम गर्नु” भन्‍ने शब्दले सामान्यतया एउटै कुरालाई जनाउँदछन् । पावलले यी दुई शब्दहरू परमेश्‍वरको सेवा कुन हदसम्म गर्छन्’ भन्‍ने जनाउनको लागि प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-doublet अनि INVALID translate/figs-metaphor)

हामीलाई जीवित परमेश्वरमा भरोसा छ

यहाँ "जीवित परमेश्वर" को अर्थ, "परमेश्वर, जसले सबै कुरालाई जीवित बनाउनुहुन्छ।"

विशेषगरी विश्‍वासीहरू

बुझिएको जानकारीलाई स्पष्‍ट रुपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँ बिशेष गरेर उहाँ माथि विश्‍वास गर्ने मानिसहरूको लागि मुक्तिदाता हुनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

अनुवादका शब्‍दहरू

1 Timothy 4:11-13

यी कुराहरू घोषणा गर र सिकाऊ

“यी कुराहरूलाई सिकाउन आज्ञा देऊ” वा “मैले उल्लेख गरेको कुराहरू सिकाऊ र आज्ञा देऊ”

कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस्

“तिमी जवान भएको कारण कसैले तिमीलाई कम महत्वको नसम्झोस्”

पाठ गर्नमा, अर्ती दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ

"पठन", "" सल्लाह, "र" शिक्षण "शब्दहरू मौखिक वाक्यांशहरूको साथ अनुवाद गर्न सकिन्छ। निहित जानकारी अनुवादमा पनि पुर्‍याउन सकिन्छ वैकल्पिक अनुवादः “विश्‍वासीहरूको लागि वचन पढ्ने, व्याख्या गर्ने र शिक्षा दिने कुरामा लागिरह” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns अनि INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

1 Timothy 4:14-16

तिमीमा भएको वरदानलाई हेला नगर

पावलले तिमोथीलाई परमेश्‍वरको वरदानहरूलाई थाप्‍ने भाँडाको रुपमा लिन्छन् । यसलाई सकारात्मक वाक्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रो आत्मिक वरदानहरूलाई वेवास्था नगर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

हेला नगर

यसलाई सकारात्मक वाक्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अवश्य प्रयोग गर” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अगमवाणीद्वारा तिमीलाई दिइएको

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीका अगुवाहरूले परमेश्‍वरको वचन बोल्दा तिमीले प्राप्‍त गरेको कुरा” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

एल्‍डरहरूले हात राखेर

यो परमेश्‍वरले आज्ञा गरेका कामहरू उनले पुरा गर्न सकेका हुन् भनेर मण्डलीका अगुवाहरूले तिमोथीमाथि हात राखेर गरेको प्रार्थनाको कार्यक्रम थियो ।

यी कुराहरूको ख्याल राख, तिनीहरूमा लागिबस

तिमोथीको लागि परमेश्‍वरको वरदान कुनै चिजको रुपमा बताउँछन् जहाँ तिमोथी शारीरिक रुपले बस्‍न सक्छन् । वैकल्पिक अनुवादः “यी सबै कुराहरू गर र तिनीहरू बमोजिम जीवन बिताऊ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि तिम्रो प्रगति सबै मानिसहरूका सामु प्रकट होस्

पावलले परमेश्‍वरको सेवा गर्ने तिमोथीको खुवीको वृद्धिलाई कुनै देखिने भौतिक चिजको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “ताकि मानिसहरूले तिमीले असल तरिकाले परमेश्‍वरको सेवा गरेको कुरा थाहा पाऊन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आफैलाई ... ध्यान देऊ

“आफैलाई सावधानीपूर्वक चलाऊ” वा “तिम्रो आफ्नै बानीहरूलाई बशमा राख”

यी कुराहरूमा निरन्तर ध्यान देऊ

“यी कुराहरूलाई नियमित गर्ने गर”

तिमीले आफूलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउनेछौ

सम्भावित अर्थहरू १) तिमोथीले आफूलाई र परमेश्वरको निर्णयबाट सुन्नेलाई बचाउनेछ वा २) “तिमीले आफैलाई र तिमीलाई सुन्‍नेहरूलाई झुटा सन्देश विश्‍वास गर्न र गलत काम गर्नदेखि बचाउने छौ ।”

अनुवादका शब्‍दहरू

1 Timothy 5

1 Timothy 5:intro-0

१ तिमोथी ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# सम्‍मान र आदर

पावलले कलिला ख्रीष्‍टिएनहरूलाई ज्येष्‍ठ ख्रीष्‍टिएनहरूप्रति सम्‍मान र आदर देखाउन प्रोत्साहन गर्छन् । विभिन्‍न संस्कृतिहरूमा ज्येष्‍ठ मानिसहरूलाई आदर देखाउने विभिन्‍न तरिकाहरू हुन्छन् ।

# विधवाहरू

प्राचीन पूर्व नजिक क्षेत्रमा, विधवाहरूको देखरेख गर्न महत्त्वपूर्ण कुरा थियो किनभने तिनीहरू आफैँले जीविकोपार्जनका आवश्‍यकताहरू जुटाउन सक्दैनथे ।

सम्बन्धित खण्‍डहरूः

1 Timothy 5:1-2

जोड्ने वाक्य:

पावलले तिमोथीलाई पुरुषहरू, स्‍त्रीहरू, विधवाहरू र जवान स्‍त्रीहरूसँग मण्डलीमा कसरी व्यवहार गर्ने भन्‍ने कुरा बताउने काम जारी राख्छन् ।

सामान्य जानकारी:

पावलले तिमोथी भन्‍ने एकजना ब्यक्तिलाई यी आज्ञाहरू दिंदैथिए । भाषाहरूमा “तिमी” भन्‍ने शब्दका बिभिन्‍न रुपहरू हुन्छन् अथवा आज्ञाका विभिन्‍न स्वरूपहरूमा “तिमी” को एकवचन रुप प्रयोग गरिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

वृद्धमानिसलाई नहप्काऊ

“वृद्ध मानिससँग कडा तरिकाले नबोल”

बरू ... सम्‍झाऊ

“बरु... उत्साह देऊ”

आफ्नै बाबुलाई झैँ... आमालाई झैँ... दिदीबहिनीलाई झैँ

तिमोथीले आफ्ना संगी-विश्‍वासीहरूलाई इमान्दार प्रेम र आदरका साथ व्यवहार गरून् भनेर पावलले यी रूपकहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-simile)

र जवान स्‍त्रीहरू

बुझेको जानकारीलाई प्रष्‍टसँग लेख्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जवान स्‍त्रीहरूलाई प्रोत्साहन देऊ” वा “जवान स्‍त्रीहरूलाई उत्साह देऊ” (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

सारा शुद्धतामा

“सम्पूर्ण विचार र कामहरूमा” वा “पवित्र तरिकाले”

अनुवादका शब्‍दहरू

1 Timothy 5:3-4

विधवाहरू ... आदर गर

“विधवाहरूको सम्मान गर र तिनीहरूलाई देऊ”

साँचा विधवाहरू

“कसैले पनि सहायता नगरेका बिधुवाहरू”

तिनीहरूको ... पहिला ... सिकून्

“सबैभन्दा पहिले तिनीहरूले सिक्‍नुपर्छ” वा “यसलाई सिक्‍नको लागि तिनीहरूले प्राथमिकता दिऊन्”

तिनीहरूको घरानामा

“तिनीहरूको आफ्नै परिवारमा” वा “तिनीहरूको घरमा बस्‍नेहरूकहाँ”

तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्

“तिनीहरूको बुवाआमाले तिनीहरूलाई दिएको असल कुराको साटोमा असल कुरा नै फिर्ता देऊन्”

अनुवादका शब्‍दहरू

1 Timothy 5:5-6

तर वास्तविक विधवा एकलै छोडिन्‍छिन्

“तर वास्तविक विधवाको परिवार हुँदैन”

उनी सँधै अनुरोधहरू र प्रार्थनाहरूको साथ रहन्छिन्

"उनले अनुरोध र प्रार्थनाहरू गरिन"

बिन्ती र प्रार्थना

यी दुई शब्दको अर्थ एउटै हुन्छ । यी विधवाहरूले कति धेरै प्रार्थना गर्छन् भन्‍ने कुरालाई जोड दिनको लागि पावलले दुई शब्दको प्रयोग गरेका हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

रातदिन

“रातदिन” शब्द “हरेक समय” भन्‍ने अर्थ दिनको लागि प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “हरेक समय” (हेर्नुहोस्ः INVALID translate/figs-merism)

मरेतुल्य हुन्‍छिन्

परमेश्‍वरलाई प्रसन्‍न पार्न नखोज्‍ने मानिस मरेसरह हो भनेर पावल भन्दछन् । वैकल्पिक अनुवादः “मरेको मानिस जस्तै हो, तिनले परमेश्‍वरको वास्ता गर्दिनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जीउँदै

यसले शारीरिक जीवनलाई जनाउँदछ ।

अनुवादका शब्‍दहरू

1 Timothy 5:7-8

र यी कुराहरूको प्रचार गर

“यी कुराहरू पनि गर्न आज्ञा देऊ”

ताकि तिनीहरू निन्दारहित होऊन्

“ताकी कसैले पनि तिनीहरूमा गल्ती पत्ता नलगाओस्” सम्भावित अर्थहरूः १) “ती विधुवाहरू र तिनीहरूको परिवारहरू” (यूडीबी) वा २) “विश्‍वासीहरू” । कर्तालाई “तिनीहरू” भनेर नै लेख्‍नु उचित हुन्छ ।

नातेदारहरू विशेष गरी आफ्नै घरानाहरूका लागि बन्दोवस्त गर्दैन भने

“तिनीहरूको आफ्नो नातेदारहरूलाई के कुराको खाँचो परेको छ त्यो कुराहरू नदिने” वा “उसको नातेदारहरूको आवश्यकतामा कुनैपनि सहयोग नगर्ने”

उसले विश्‍वासलाई इन्कार गरेको हुन्छ

“उसले हाम्रो विश्‍वासको विरुद्धमा काम गरेको हुन्छ”

विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्छ

“येशूलाई विश्‍वास नगर्नेहरू भन्दा पनि अझ खराव/दुष्‍ट हुन्छ” पावलले त्यो व्‍यक्‍ति विश्‍वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ भन्छन् किनकि विश्‍वास नगर्नेहरूले पनि आफ्ना आफन्तको हेरविचार गर्छ । त्यसैले, विश्‍वासीले आफ्ना नातेदारहरूको अवश्य ख्याल राख्‍नुपर्छ ।

अनुवादका शब्‍दहरू

1 Timothy 5:9-10

विधवाको सूचीमा राख्‍नू

सायद त्यहाँ विधवाहरूको बारेमा लेखिएको सूची थियो होला, यो लेखिएको हुनसक्छ वा नलेखिएको पनि । मण्डलीले यस्ता विधवाहरूको बास, लुगा, र खानाहरू जस्ता आवश्यकताहरूलाई पुरा गर्ने गर्दथे किनकी मण्डलीले यस्ता विधवाहरूबाट ख्रीष्‍टियानहरूको समूदायमा समर्पित हुने आशा राखिएको हुन्थ्यो ।

साठी वर्षभन्दा कम उमेर

विधवाहरू जो साठी बर्षभन्दा कम उमेरका छन तिनीहरूले फेरि विवाह गर्न सक्दछन् भनेर पावलले ५:११-१६ मा व्याख्या गरेका छन् । यसैले ख्रीष्‍टियान समुदायले साठी बर्ष भन्दा बढी उमेर भएका विधुवाहरूलाई वास्ता गर्नु पर्दछ । (हेर्नुहोस्ः INVALID translate/translate-numbers)

एउटै पतिकी पत्‍नी

संभावित अर्थहरूः १) “तिनी आफ्नो पतिसँग सधैं विश्‍वासयोग्य थिइन्” वा २) तिनले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेर अर्को विवाह गरेकी थिइनन्”

तिनी असल कामहरूले चिनिएकी हुनुपर्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनको असल कामको बारेमा प्रमाण दिनुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

परदेशीहरूको सत्कार गरेकी हुन्

“परदेशीहरूलाई तिनको घरमा स्वागत गरेकी हुनुपर्छ”

विश्‍वासीहरूका खुट्टा धोएकी

धुलो र हिलोमा हिँडेका व्‍यक्‍तिहरूको खुट्टा धुने कामले अरू मानिसहरूको आवश्यकता पुरा गर्ने र तिनीहरूको जीवन सुखमय बनाउने काम गर्छ । यसको अर्थ तिनले नम्रतापुर्वक काम गरेकी छन् भन्‍ने लाग्छ । वैकल्पिक अनुवादः “अरू विश्‍वासीहरूलाई सहयोग गर्ने सामान्य काम” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

विश्‍वासीहरू

कुनै संस्करणहरूले “विश्‍वासीहरू” लाई “सन्तहरू” वा “परमेश्‍वरका पवित्र जनहरू” भनेर अनुवाद गरेका छन् । मूल कुरा ख्रीष्‍टियान विश्‍वासीहरूलाई जनाउनु हो ।

“असल कामहरूमा आफैलाई समर्पित गरेकी”

यहाँ "पीडित" नाममात्र विशेषण हो जुन एक विशेषणको रूपमा वर्णन गर्न सकिन्छ। यहाँ: "पीडितहरूलाई मद्दत गरेको छ" (हेर्नुहोस्ः INVALID translate/figs-nominaladj)

जुनसुकै काममा समर्पित भएकी

“असल कामहरूमा आफैलाई समर्पित गरेकी”

अनुवादका शब्‍दहरू

1 Timothy 5:11-13

तर जवान विधवाहरूलाई सूचीमा लेख्‍न इन्कार गर

“तर जवान विधवाहरूलाई सूचीमा समावेश नगर” । यस्तो सूची साठी वर्षभन्दा माथिका मानिसहरूका लागि मात्र थियो जसलाई ख्रीष्‍टियान समूदायले सहायता गर्नुपर्थ्यो ।

किनभने जब तिनीहरूले ख्रीष्‍टको विरुद्ध शारीरिक अभिलाषाद्वारा हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्

“किनकि जब तिनीहरूले आफ्नो शारीरिक अभिलाषाहरू पुरा गर्ने ईच्छा गर्छन् र बिवाह गर्छन्, तिनीहरू ख्रीष्‍टको सेवा गर्ने आफ्नो प्रतिज्ञाको विरुद्ध जान्छन् ।

पहिलेको प्रतिबद्धता तोडेर तिनीहरू

“तिनीहरूको पहिलेको प्रतिवद्धता तोड्छन्” वा “तिनीहरूले गर्छु भनेर गरेका प्रतिज्ञाहरूलाई गर्दैनन्” ।

प्रतिवद्धता

यदी मण्डलीले विधुवाहरूको खाँचो/आवश्कताहरूलाई पुरा गरिदिन्छ भने तिनीहरूको बाँकी जीवनलाई ख्रीष्‍टियान समूदायको सेवा गर्ने काममा समर्पण गर्नुपर्ने विधवाहरूको प्रतिवद्धता थियो ।

तिनीहरू अल्छी गर्ने

“केही नगरी बस्‍ने बानीमा पर्छन्”

कुरौटे

अरूको गोप्य जीवनको बारेमा कुरा गर्ने मानिसहरू

व्यस्त शरीरहरु

अर्काको काममा हस्तक्षेप गर्ने

अनुवादका शब्‍दहरू

1 Timothy 5:14-16

घरबार चलाऊन्

“तिनको परिवारमा भएकाहरूको वास्ता गरून्”

विरोधीहरू

सम्भावित अर्थहरूः १) यसले शैतानलाई बुझाउँछ वा २) यसले विश्‍वास नगर्नेहरूलाई जनाउँछ

हामी...दोष लगाउने

यहाँ “हामी” शब्दले सम्पूर्ण ख्रीष्‍टियान समूदायलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

शैतानको पछि लागिसकेका छन्

पावलले विश्‍वासयोग्यता सायसको अर्थ होः त्यस स्‍त्रीले येशूको आज्ञा पालन गर्न छोडेर शैतानको आज्ञा पालन गर्न थालिन् । वैकल्पिक अनुवादः “शैतानलाई पच्छ्याउनको लागि ख्रीष्‍टको मार्ग छोडेको” वा “ख्रीष्‍टको साटो शैतानको आज्ञापालन गर्ने निर्णय गरेको” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

कुनै विश्‍वासी स्‍त्री

“कुनै ख्रीष्‍टियान स्‍त्री” वा “ख्रीष्‍टमा विश्‍वास गर्ने स्‍त्री”

...सँग बिधवाहरू छन्

“उनको आफ्नो नातेदारहरूको बीचमा कुनै विधवा छन्”

ताकि मण्डलीलाई बोझ नहोस्

पावलले समूदायले सक्‍ने भन्दा बढी मानिसहरूलाई सहयोग गर्ने कुरालाई कुनै धेरै ठुलो भारि बोकेको कुरासँग तुलना गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले तिनीहरूका परिवारले हेरचाह गर्न सक्‍ने विधवाहरूलाई ख्रीष्‍टियान समुदायले हेरचाह गर्न पर्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

वास्तविक बिधवाहरू

“त्यस्ता स्‍त्रीहरू जसको आवश्यकता पुरा गर्ने मानिसहरू छैनन्”

अनुवादका शब्‍दहरू

1 Timothy 5:17-18

जोड्ने वाक्य:

पावल फेरि एल्डरहरूलाई कस्तो व्यवहार गर्नु पर्छ भन्‍ने बारेमा कुरा गर्छन् र तिमोथीलाई केही व्‍यक्‍तिगत शिक्षाहरू दिन्छन् ।

असल तरिकाले प्रशासन चलाउने एल्डरहरू ... योग्य ठानिऊन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्‍वासीहरूले असल अगुवाई गर्ने एल्डरहरूलाई योग्यको ठान्‍नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

दोब्बर आदर

सम्भावित अर्थहरूः १) “सम्मान र तलब” वा २) अरूले पाउनेभन्दा धेरै सम्मान”

विशेषगरी जो वचन र शिक्षाको काम गर्छन्

पावलले वचनलाई कुनै व्‍यक्‍तिले काम गर्न सक्‍ने कुनै वस्तुको रुपमा लिन्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचनको प्रचार गर्ने र शिक्षा दिने” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

किनभने पवित्रशास्‍त्र भन्छ

यो मानवीकरण गरिएको हो, जसको अर्थ हुन्छः कसैले पवित्रशास्‍त्रमा लेखेको छ । वैकल्पिक अनुवादः “किनकि हामीले पवित्रशास्‍त्रमा पढ्छौँ” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाओ

यो मण्डलीका अगुवाहरू आफ्नो कामको लागि ख्रीष्‍टियान समूदायबाट तलब पाउन योग्य छन् भन्‍ने जनाउनको लागि प्रयोग गरिएको रुपक हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मोहोलो

कुनै जनावरले काम गरिरहेको बेला मुख छोप्‍नको लागि लगाइने एक वस्तु (हेर्नुहोस्ः INVALID translate/translate-unknown)

दाँइ गर्दै गरेको

गोरुले हिँडेर वा कुनै गरुङ्गो वस्तुलाई तानेर अन्‍नलाई परालबाट छुट्टयाउने काम । काम गरेको बेला गोरुलाई खाने अनुमति दिइन्थ्यो ।

योग्य

“लायक”

अनुवादका शब्‍दहरू

1 Timothy 5:19-20

आरोप ...स्वीकार नगर

पावलले आरोपहरूलाई कुनै मानिसले स्वीकार गर्ने कुनै वस्तुको रूपमा लिन्छन्’ । वैकल्पिक अनुवादः “कुनै मानिसले लगाएका आरोपहरूलाई सत्य हो भनेर स्वीकार नगर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

दुई वा तिन

“कम्तिमा दुई” वा “दुई वा बढी”

पापीहरू

यसले परमेश्‍वरको अवाज्ञा गर्ने वा परमेश्‍वरलाई अप्रसन्‍न पार्ने कुनै पनि कुरा गर्ने, मानिसहरूले नजानेका कुराहरू पनि, मानिसहरूलाई जनाउँछ ।

सबैको सामु

“सबैले देख्‍ने गरी”

ताकि बाँकी रहेकाहरू पनि डराऊन्

“ताकि अरूहरूले पाप गर्न देखि डराउन्”

अनुवादका शब्‍दहरू

1 Timothy 5:21-22

चुनिएका स्वर्गदूतहरू

यसको अर्थ होः परमेश्‍वर र येशूले विशेष तरिकाले आफ्नो सेवा गर्नको लागि छान्‍नुभएका स्वर्गदूतहरू ।

तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर

“पूर्वाग्रह” र “पक्षपात” शब्दहरूले एउटै अर्थ दिन्छन् । तिमोथीले इमान्दारपूर्वक न्याय गर्नुपर्छ र सबै प्रति न्यायसंगत व्यवहार गर्नुपर्छ भनेर पावल भन्दछन् । वैकल्पिक अनुवादः “कि तिमीले भेदभाव नगरीकन वा कसैप्रति पक्षपात नगरी यी नियमहरूको पालना गर्नुपर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-doublet)

नियमहरू ... पालना गर

सम्भावित अर्थहरूः १)यसले पावलले भर्खरै तिमोथीलाई भनेका नियमहरूलाई जनाउँछ । वा २) यसले पावलले तिमोथीलाई बताउन लागेका नियमहरूलाई बताउँछ ।

हात राख्‍न

यो मण्डलीको एक विशेष समारोह हो, जहाँ मण्डलीका एक वा धेरै अगुवाहरूले मानिसहरूमाथि हात राखेर तिनीहरूलाई परमेश्‍वरले उहाँलाई मन पर्ने तरिकाले मण्डलीको सेवा गर्नलाई सक्षम तुल्याउनु भएको होस् भनेर प्रार्थना प्रार्थना गरिन्छ । कुनै मानिसलाई ख्रीष्‍टियान समुदायको सेवाको लागि अलग गर्नुभन्दा अगि तिमोथीले त्यस व्‍यक्‍तिले धेरै लामो समयसम्म असल गुण नदेखाएसम्म पर्खनु पर्दथ्यो ।

अरूको पापमा सहभागी नहोऊ

पावलले पापलाई कसैसँग बाँड्न मिल्ने कुनै वस्तुको रुपमा लिन्छन् । वैकल्पिक अनुवादः ““अरु ब्यक्तिको पापमा सहभागी नहोऊ” वा “अरु व्‍यक्‍तिले पाप गरेको कुरामा सहभागी नहोऊ” । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अरूको पापमा सहभागी नहोऊ

सम्भावित अर्थहरूः १) पापको दोष लागेको कुनै मानिसलाई तिमोथीले मण्डलीको सेवक हुनको लागि छानेमा, त्यस व्‍यक्‍तिको पापको लागि परमेश्‍वरले तिमोथीलाई जिम्मेवार ठान्‍नुहुन्थ्यो” वा २) अरुले गर्दै गरेको देखेको पाप तिमोथीले गर्नु हुँदैन ।

अनुवादका शब्‍दहरू

1 Timothy 5:23-25

तिमीले पानी मात्र नपिउनू

यसले भन्‍न खोजेको कुरा यही हो कि तिमोथिले पानी मात्र पिउनु हुँदैन । उनले तिमोथीलाई औषधीको रुपमा दाखमद्य पिउन भन्दैछन् । त्यस ठाउँको पानीले प्रायः बिरामी बनाउँथ्यो । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

केही मानिसहरूका पापहरू स्पष्‍ट देखिने हुन्छन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूका पापहरू स्पष्‍ट हुन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन्

“तिनीहरूको पापहरू मानिसहरूभन्दा अगाडि न्यायको लागि जान्छन्” । पावलले पापहरूलाई चलायमान वस्तुको रूपमा लिन्छन् । सम्भावित अर्थहरूः १) तिनीहरूका पापहरू यति स्पष्‍ट छन् कि तिनीहरूको विरुद्ध दोष लगाउनु अगाडि नै मानिसहरूले तिनीहरूको पापहरू थाहा पाउनेछन् वा २) तिनीहरूका पापहरू देखिने खालका छन् र तिनीहरूलाई परमेश्‍वरले अहिले नै न्याय गर्नुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-personification)

तर केही पापहरू पछि मात्र जान्छन्

“तर केही पापहरूले मानिसहरूलाई पछि पछ्याउंछन्” । । पावलले पापहरूलाई चलायमान वस्तुको रूपमा लिन्छन् । सम्भावित अर्थहरूः १) तिमोथी र ख्रीष्‍टियान समुदायले केही पापहरू पछि मात्र थाहा पाउँछन् वा २) परमेश्‍वरले केही पापहरू अन्तिम न्यायमा मात्र इन्साफ गर्नुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

केही असल कामहरू स्पष्‍ट हुन्छन्

“केही असल कामहरू प्रष्‍ट हुन्छन्”

असल कामहरू

यहाँ “असल” को अर्थ तिनीहरू परमेश्‍वरको गुणहरू, उदेश्यहरू र इच्छाहरूसँग मिल्छन् भन्‍ने हुन्छ ।

तर अरूहरूलाई पनि लुकाउन सकिन्‍नन्

पावलले पापलाई लुकाउन मिल्ने वस्तुको रूपमा लिन्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले नदेखिएका असल कुराहरूको बारेमा पछि थाहा पाउनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Timothy 6

1 Timothy 6:intro-0

१ तिमोथी ०६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# दासत्व

यो खण्‍डले दासत्वलाई स्वीकार्य अभ्यासको रूपमा छुट दिँदैन । दासत्वको बारेमा पावलको शिक्षा उनको समयमा वास्तवमा उनीबाटको मौलिक थियो किनभने मालिकहरूले तिनीहरूका दासहरूलाई त्यस्तो असल तरिकाले व्यवहार गर्नलाई अपेक्षा गरिँदैनथ्यो । समग्रमा, पावलको ध्यान कोही व्यक्तिले आफ्‍नो जीवनमा भएको परिस्‍थितिको बाबजुद परमेश्‍वरलाई खुशी बनाउने तरिकाले जीवन जिउने कुरामा छ ।

सम्बन्धित खण्‍डहरूः

1 Timothy 6:1-2

जोड्ने वाक्य:

पावलले मालिकहरू र दासहरूका लागि विशेष शिक्षाहरू दिन्छन् र धार्मिक जीवन जिउने बारेको शिक्षा जारी राख्छन् ।

दासत्वको जुवामूनि भएका सबैले

पावलले दासको रूपमा काम गर्नेहरूलाई जुवा बोक्‍ने गोरूहरूको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “दासको रुपमा काम गर्ने सबैले” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सबैले

पावल विश्‍वासीहरूको बारेमा कुरा गर्दैछन् भन्‍ने कुरा बुझिन्छ । वैकल्पिक अनुवादः “विश्‍वासीहरूले” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस्

यसलाई कर्ता प्रधान बनाएर सकारात्मक अर्थ दिने वाक्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको र उहाँको वचनको बारेमा विश्‍वास नगर्नेहरूले सधैं सम्मानका साथ बोलून्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive अनि INVALID translate/figs-litotes)

परमेश्‍वरको नाउँ

यहाँ “नाउँ” ले परमेश्‍वरको स्वभाव वा गुणलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको गुण” वा “परमेश्‍वर” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

शिक्षा

“विश्‍वास” वा “सुसमाचार”

तिनीहरू दाजुभाइ हुन्

यहाँ “दाजुभाइ” ले “संगी-विश्‍वासीहरूलाई जनाउँछ ।”

किनकि तिनीहरूका कामद्वारा सहयोग पाउने मालिकहरू

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि दासहरूले आफ्नो कामद्वारा सेवा पुर्याएका मालिकहरू” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

र प्रेम गरिनुपर्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरूः १) र दासहरूले तिनीहरूलाई प्रेम गर्नु पर्छ” वा २) “जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

1 Timothy 6:3-5

ऊ गर्व गर्छ ... उसको अस्वास्थ्यकर चासो छ

यहाँ "ऊ" ले साधारणतया सबैलाई बुझाउँदछ जुन सही छैन भनेर सिकाउँछ। यसलाई स्पष्ट पार्न, तपाईं यूडिबी मा जस्तै "उहाँ" "तिनीहरू" को रूपमा अनुवाद गर्न सक्नुहुन्छ। (हेर्नुहोस्ः INVALID translate/figs-genericnoun)

र केही पनि जान्दैन

“परमेश्‍वरको सत्यताको बारेमा केही पनि जान्दैन”

ऊ विवादहरूले ग्रस्त हुन्छ, र शब्दहरूको बारेमा गरिने तर्कहरूले झगडा गर्छ

अर्थहीन वादविवादमा अल्मलिने मानिसहरूलाई तिनीहरू बिरामीझैँ भएका छन् भनेर पावल बताउँदछन् । त्यस्ता मानिसहरू वादविवाद गर्ने कुराको आशा राख्छन् र सहमतिमा आउने बाटो खोज्दैनन् । वैकल्पिक अनुवादः “उसले वादविवाद मात्रै गर्न चाहन्छ” वा “ऊ वादविवादको लालसा गर्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ईर्ष्याको परिणामको बारेमा शव्दहरूको बारेमा बहस र तर्कहरू

"शब्दहरू बारे बहस र तर्क, र यी विवाद र तर्क ईर्ष्याको परिणाम"

शब्दहरूको बारेमा

“शब्दहरूको अर्थको बारेमा”

डाह

“अरुसँग भएको कुरा पाउने अभिलाषा”

कलह

“विश्‍वासीहरूको विचमा भएको वादविवाद”

बदनामी

“एकअर्काको बारेमा झुटो तरिकाले खराब कुरा गर्ने”

खराब शङ्काहरू

“मानिसहरूले अरुले तिनीहरूलाई केही हानी गर्न आँटेका छन् भन्‍ने कुराको अनुभव गर्नु”

भ्रष्‍ट वुद्धि भएका

“दुष्‍ट बुद्धि भएका”

तिनीहरू सत्यताबाट टाढा जान्‍छन्

यहाँ "तिनीहरू" शब्दले कसैलाई पनि सिकाउँदछ जो येशूको शिक्षासँग सहमत छैन। "सत्य हराउछ" भन्ने वाक्यांशले यसलाई बेवास्ता गर्दछ वा यसलाई बिर्सन्छ। यहाँ: "तिनीहरूले सत्यलाई वेवास्ता गरे" वा "तिनीहरूले सत्यलाई बिर्सेका छन्" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 6:6-8

अहिले

यसले शिक्षणमा विश्रामलाई चिन्ह लगाउँछ। यहाँ पावलले ईश्वरभक्ति मार्फत दुष्ट मानिसहरूले खोज्ने किसिमको धनको तुलना गर्न थाले (1 Timothy 6:5) र साँचो प्रकारको लाभहरू ईश्वरभक्ति मार्फत प्राप्त गर्दछन् । यहाँ: "अवश्य"

सन्तुष्‍टि सहितको भक्ति नै ठुलो लाभ हो

“भक्ति” र “सन्तुष्‍टि” शब्द भाववाचक संज्ञा हुन् । वैकल्पिक अनुवादः “कुनै व्‍यक्‍तिको लागि भक्तिको कुरा गर्नु र तिनीहरूसँग भएको कुरामा सन्तुष्‍ट रहनु ठुलो लाभको कुरा हो” (हेर्नुहोस्ः INVALID translate/figs-abstractnouns)

ठुलो लाभ हो

“ठुलो लाभ पुर्याउनु” वा “हाम्रो लागि धेरै असल कुराहरू गर्नु”

संसारमा केही ल्‍याएनौँ

“हामी जन्मँदा यस संसारमा केही पनि ल्याएनौँ” ।

न त केही लान नै सक्‍नेछौँ

“र हामी मर्दा हामीले केही कुरापनि लैजान सक्दैनौ” ।

हामीलाई दिनुहोस्

"हामीले गर्नुपर्छ"

अनुवादका शब्‍दहरू

1 Timothy 6:9-10

अहिले

यो शब्दले शिक्षामा विश्राम ल्याउँछ । यहाँ पावल भक्तिले धनी बनाउँछ भन्‍ने कुरामा विश्‍वास गर्ने मानिसहरूको बारेमा शिक्षा दिने कुरा तर्फ फर्कन्छन् । (हेर्नुहोस्ः 1 Timothy 6:5).

धनी हुन चाहनेहरू परीक्षामा पर्छन, पासोमा फस्‍छन्

पैसाको परीक्षामा फँसेर पाप गर्न खोज्‍ने कामलाई पावलले सिकारीले खनेको खाल्डोमा परेको जनावरको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “धनी हुँनेले तिनीहरूले इन्कार नै गर्न नसक्‍ने धेरै परीक्षाहरूको सामना गर्नुपर्छ र तिनीहरू पासोमा परेको जनावर जस्तै हुन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्,

यो पनि पासोको रुपको निरन्तरता हो । यसको अर्थ होः तिनीहरूको मुर्ख र हानिकारक वासनाहरूले तिनीहरूलाई जित्‍नेछ । वैकल्पिक अनुवादः “र एउटा जनावर सिकारीको पासोमा परे झैँ तिनीहरू धेरै मुर्ख र हानिहारक वासनाहरूमा पर्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मानिसलाई बरवादी र विनाशमा डुबाउँछन्

पावलले पापद्वारा आफैँलाई डुबाउन दिनेलाई पानीमा डुब्‍ने डुंगाको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “र अरु प्रकारका दुष्‍टताहरूमा जसले कुनै व्‍यक्‍तिलाई डुब्दै गरेको नाउँ झैँ वरवादी र विनाशमा पुर्याउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

रुपियाँ-पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो

खराबीहरूको कारणलाई कुनै रुखको जराको रूपमा पावलले बताउँछन्’ । वैकल्पिक अनुवादः “किनभने रुपैयाको पैसाको प्रेम नै सबै खरावीको कारण हो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यसको चाह गर्ने

“पैसाको चाह गर्ने”

विश्‍वासबाट तर्केर गएका छन्

पावलले खराब अभिलाषाहरूलाई गलत बाटोमा लैजाने पथप्रदर्शकको रुपमा बताउँछन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः ‘आफुलाई आफ्ना ईच्छाहरूद्वारा सत्यताबाट टाढा लैजान दिएका छन्” वा “सत्यतालाई विश्‍वास गर्न छोडेका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

धेरै पीडाले आफैलाइ घोचेको छन्

पीडालाई पावलले कुनै व्‍यक्‍तिले आफैलाई घोच्‍नलाई प्रयोग गर्ने तरवारको रुपमा लिएका छन् । वैकल्पिक अनुवादः “आफैलाई धेरै अफसोची बनाएका छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 6:11-12

तर तिमी

यहाँ “तिमी” एकवचनमा छ र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

परमेश्‍वरका जन

“परमेश्‍वरको सेवक” वा “परमेश्‍वरमा रहेको मानिस”

यी कुराहरूबाट भागरु

पावलले परीक्षा र पापहरूलाई कुनै वस्तुको रुपमा लिन्छन् तिनीहरूबाट भाग्‍न सकिन्छ भनेर बताउँछन् । यहाँ: "यी चीजहरूलाई पूर्णतया बेवास्ता गर्नुहोस्" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यी कुराहरू

संभावित अर्थहरूः १) “रुपैयापैसाको मोह” वा २) फरक शिक्साहरू, घमण्ड, वादविवादहरू र पैसाको प्रेम

धार्मिकता... पछि लाग

“पछि दौड” वा “पच्छ्याऊ” पावलले धार्मिकता र अन्य रामा गुणहरूलाई मानिसहरूले तिनीहरूको पछि दौडन मिल्ने कुराहरूको रुपमा बताउँदछन् । यो पाक्पद्दति “भाग” को विपरितार्थी हो । यसको कुनै कुरा प्राप्‍त गर्नलाई हरसम्भव प्रयास गर भन्‍ने अर्थ लाग्छ । वैकल्पिक अनुवादः “प्राप्‍त गर्न खोज” वा “यसमा काम गर्ने हरसम्भव प्रयास गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

विश्‍वासको उत्तम लडाई लड

विश्‍वासमा लागिरहने व्‍यक्‍तिलाई पावलले जित्‍नलाई दौडमा भाग लिने व्‍यक्‍ति वा लडाईमा गएको लडाकुको रूपमा लिन्छन् । वैकल्पिक अनुवादः “कुनै दौडमा भाग लिने मानिसले लगाएको शक्ति जति नै ख्रीष्‍टको शिक्षा पालना गर्ने हरसम्भव प्रयास गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनन्त जीवनलाई पक्री राख

यो रुपको निरन्तरता हो । अनन्त जीवन पाएको व्‍यक्‍तिलाई पावलले दौड जितेको व्‍यक्‍ति वा लडाईमा जितेको व्‍यक्‍तिको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “दौडमा जितेको व्‍यक्‍तिले पुरस्कार लिएझैँ अनन्त जीवनलाई इनामको रुपमा लिनुहोस्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जसमा तपाईंलाई बोलाइएको थियो

यो सक्रिय रूपमा छ भन्न सकिन्छे यहाँ "जसमा परमेश्वरले तपाईंलाई बोलाउनुभएको छ" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तपाईंले राम्रो स्‍वीकार गर्नुभयो

"तपाईंले जे राम्रो छ त्यसलाई स्वीकार गर्नुभयो" वा "तपाईंले सत्य स्वीकार गर्नुभयो"

धेरै साक्षीहरूका सामु

तिमोथीले कसैको अगाडि बोलिरहेका छन् भन्‍ने कुरा जनाउनलाई स्थानको धारणा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “धेरै साक्षीको सामु” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

1 Timothy 6:13-14

जोड्ने वाक्य:

पावलले ख्रीष्‍टको आगमनको बारेमा कुरा गर्छन्, धनीको लागि विशेष शिक्षाहरू दिन्छन् र अन्तिममा तिमोथीलाई विशेष सन्‍देश दिन्छन् ।

म तिमीलाई यो आज्ञा गर्दछु

“मैले तिमीलाई दिने आज्ञा यही हो”

परमेश्वर समक्ष जसले सबै थोकलाई जीवित बनाउनु हुन्छ

"परमेश्वरको उपस्थितिमा, जसले सबै कुराको लागि जीवित पार्नुहुन्छ।" पावलले ईश्वरलाई आफ्नो साक्षी बन्न बिन्ती गरिरहेका थिए भन्ने कुरा यसले संकेत गर्दछ। यहाँ: "परमेश्वरसँग, जसले सबै कुरा बाँच्न लगाउनुहुन्छ, मेरो गवाहीको रूपमा" (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

ख्रीष्‍ट येशूको अगाडि

“ख्रीष्‍टको उपस्थितिमा” पावलले येशूलाई तिनको साक्षी हुन आग्रह गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशू साक्षी भएर” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

दोषरहित

सम्भावित अर्थहरूः १) येशूले तिमोथीमा कुनै दोष भेट्टाउनु हुनेछैन । वा २) अरु मानिसहरूले तिमोथीमा कुनै दोष भेट्टाउने छैनन् ।

येशू ख्रीष्‍ट देखा नपरुन्जेल

“हाम्रा प्रभु येशू ख्रीष्‍ट फेरि नआउन्जेलसम्म”

अनुवादका शब्‍दहरू

1 Timothy 6:15-16

परमप्रभु परमेश्‍वरद्वारा तोकिएको ठिक समयमा उहाँको आगमनलाई प्रकट गराइनेछ

परमेश्‍वरले येशुलाई प्रकट गर्नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले येशुलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

तोकिएको ठिक समयमा

“उचित समयमा”

धन्य

“प्रशंसाका योग्य ।” यसले पिता परमेश्‍वरलाई जनाउँछ ।

उहाँ मात्र अमर हुनुहुन्छ

“उहाँमा मात्र सदाकाल जिउने शक्ति छ”

कोही पनि जान नसक्‍ने ज्योतिमा बास गर्नुहुन्छ

“र उहाँ यति चम्किलो ज्योतिमा बास गर्नुहुन्छ कि त्यहाँ कोही पनि जान सक्दैन ।”

अनुवादका शब्‍दहरू

1 Timothy 6:17-19

धनीहरूलाई भन

यहाँ “धनी” नामबोधक विशेषण हो । यसलाई विशेषणको रुपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो धनीहरू छन् तिनीहरूलाई भन” (हेर्नुहोस्ः INVALID translate/figs-nominaladj)

अनिश्‍चित सम्पत्तिमा

“आफुसँग भएको धेरै कुराहरू तिनीहरूले गुमाउन सक्दछन्” । यहाँ भनिएको कुराहरूले भौतिक कुराहरूलाई जनाउँदछन् ।

साँचा सम्पत्तिहरू

“त्यस्ता कुराहरू जसले हामीलाई साँचो रुपमा आनन्दित बनाउँछन्” । यो सन्दर्भमा भौतिक कुराहरू पर्नसक्छन्, तर मानिसहरूले भौतिक कुराको माध्यमद्वारा प्राप्‍त गर्न कोशिस गर्ने प्रेम, आनन्द, शान्ति जस्ता कुराहरू यसमा पर्छन् ।

असल काममा धनी हुन

पावलले आत्मिक आशिषहरूलाई सांसारिक सम्पतिको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “सेवा गर र अरूलाई धेरै तरिकाबाट सहयोग गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आउने कुराको लागि असल जग सञ्‍चय गर्नेछन्,

यहाँ पावलले परमेश्‍वरले स्वर्गमा दिने आशिषलाई कुनै व्‍यक्‍तिले पछिको प्रयोगको लागि संचय गरेर राखेको सम्पतिको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्‍ट फर्कंदा उहाँबाट ठुलो परिमाणमा आशिषहरू पाउनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूले साँचो जीवनलाई पक्रनेछन्

यसले ६:१२(./11.md) को खेलकुदको रूपकको सम्झना दिलाउँदछ, जहाँ पुरस्कार विजयी खेलाडीले आफ्नो हातमा बोक्‍न सक्छ । यहाँ “पुरस्कार” भनेको “साँचो” जीवन हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

1 Timothy 6:20-21

तिमीलाई दिइएको कुरा सुरक्षित राख

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीलाई दिनुभएको सत्य सन्‍देश विश्‍वासयोग्यताको साथ घोषणा गर” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मूर्खतापूर्ण वातचित ... अलग बस

“मूर्खतापूर्ण कुरामा ध्यान नदेऊ”

जुन झुटो ज्ञान हो

यसलाई कर्ता प्रधान बनाएर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई धेरै मानिसहरूले ज्ञान हो भनेर झुटो बोल्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिनीहरू विश्‍वासबाट चुकेका छन्

पावलले ख्रीष्‍टमा गरिने विश्‍वासलाई ताकेर हान्‍न सकिने निशानाको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्य विश्‍वासलाई बुझेका वा विश्‍वास गरेका छैनन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीहरू सबैसँग अनुग्रह रहिरहोस्

“परमेश्‍वरले तिमीहरू सबैलाई अनुग्रह दिनुभएको होस् ।” “तिमीहरू” बहुवचन हो र यसले सबै ख्रीष्‍टियान समुदायलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

अनुवादका शब्‍दहरू