Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

2 Timothy

2 Timothy front

2 Timothy front:intro

२ तिमोथीको परिचय

भाग १: सामान्य परिचय

२ तिमोथीको पुस्तकको रूपरेखा
  1. पावलले तिमोथीलाई अभिवादन गर्छन् र उनले परमेश्‍वरको सेवा गरिरहँदा कठिनाइहरूलाई खप्‍न उनलाईउत्साह दिन्छन् (१:१-२:१३) ।
  2. पावलले तिमोथीलाई सामान्य निर्देशनहरू दिन्छन् (२:१४–२६) ।
  3. पावलले तिमोथीलाई भविष्‍यका घटनाहरूका बारेमा चेतावनी दिन्छन् र उनले परमेश्‍वरको सेवकाइ कसरी गर्ने भनेर उनलाई निर्देशन दिन्छन् (३:१-४:८) ।
  4. पावलले व्यक्तिगत टिप्‍पनीहरू दिन्छन् (४:९-२४) ।
२ तिमोथीको पुस्तक केको बारेमा हो ?

पावल, परमेश्‍वरको अलि बढी वृद्ध सेवकले, उनीभन्दा कान्छा उमेरका उनको सहयोगी, तिमोथीलाई, यस पत्रमा विभिन्‍न निर्देशनहरू दिन्छन् । उनले सम्बोधन गरेका विषयहरूमा झूटा शिक्षकहरूको बारेमा चेतावनी र अगाडि आउने कठिनाइहरू पर्छन् । २ तिमोथी लेखिएको समयमा, पावल सम्भवतः झ्यालखानामा थिए,, त्यसैले उनले तिमोथीलाई कठिनाइलाई खप्‍न उत्साह दिन इच्छा गरे । पावलले तिमोथीलाई मण्‍डलीहरू माझमा एक अगुवा हुनलाई कसरी तालिम दिइरहेका थिए भनेर पनि यस पत्रले देखाउँछ ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ तिमोथी” वा “दोस्रो तिमोथी” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको दोस्रो पत्र” वा “तिमोथीलाई दोस्रो पत्र ।” (हेर्नुहोस्ः INVALID translate/translate-names)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

२ तिमोथीमा भएको सिपाहीको चित्रण के हो ?

जसै पावले उनको आउनै लागेको मृत्युलाई कुर्छन्, उनले धैरैपटक आफूलाई येशू ख्रीष्‍टको सिपाहीको रूपमा बताउँछन् । सिपाहीहरू तिनीहरूका अगुवाप्रति जवाफदेही हुन्थे, त्यसेले त्यही अनुरूप, ख्रीष्‍टिएनहरू अन्ततः येशूलाई जवाफ दिनलाई उत्तरदायी छन् । ख्रीष्‍टका “सिपाहीहरू”को रूपमा, विश्‍वासीहरूले उहाँको आज्ञाहरू पालना गर्नुपर्छ, चाहे त्यसको परिणामस्वरूप तिनीहरू मर्न नै परोस् ।

परमेश्‍वरले धर्मशास्‍त्रलाई प्रेरित गर्नुभयो भन्‍ने कुराको के अर्थ हुन्छ ?

यस पुस्तकको शिक्षाले पाठकलाई यो बुझ्‍नलाई सहायता गर्छ कि हुन त धर्मशास्‍त्रको हरेक लेखकको आफ्‍नै बिछट्ट लेखन शैली छ, परमेश्‍वर नै धर्मशास्‍त्रको साँचो लेखक हुनुहुन्छ । त्यसैले नै यसलाई परमेश्‍वरको साँचो वचन भनिन्छ । यो सिद्धान्तको विभिन्‍न अर्थहरू छ । एउटा अर्थ हो कि बाइबल विश्‍वासयोग्य छ र त्रुटिहीन छ । अर्को अर्थ चाहिँ यो हो कि उहाँका शत्रुहरूले यसलाई नष्‍ट गर्न जति नै कोसिस गरेका भएतापनि परमेश्‍वरले यस संसारमा उहाँको वचनलाई संरक्षित गर्नुहुने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ । तेस्रो अर्थ चाहिँ यो हो कि परमेश्‍वरको वचन संसारका सबै भाषाहरूमा अनुवाद भएको हुनुपर्छ ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । यहाँ “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ४:२२ हो । (हेर्नुहोस्ः INVALID translate/figs-exclusive अनि INVALID translate/figs-you)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

२ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित प्रमुख विषयहरू के-के हुन् ?

२ तिमोथीको पुस्तकमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण विषयहरू निम्‍नानुसार छन्ः

  • “यसैको कारण, म एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ” (१:११) । यूएलबी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । तापनि, त्यहाँ केही पुराना संस्करणहरू छन्, जसमा यसरी बताइएको छ, “यसको कारण, म अन्यजातिहरूको लागि एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ ।”
  • “तिनीहरूलाई परमेश्‍वरको सामु चेतावनी देऊ” (२:१४) । यूएलबी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । त्यहाँ केही पुराना संस्करणहरू छन् जसमा भनिएको छ, “तिनीहरूलाई प्रभुको सामु चेतावनी देऊ ।” अनुवादकहरूले तिनीहरूको क्षेत्रमा भएका संस्करणहरूमा पाइने उही भनाइहरूलाई नै प्रयोग गर्ने बारेमा विचार गर्नुपर्ने हुन्छ ।

(हेर्नुहोस्ः INVALID translate/translate-textvariants)

2 Timothy 1

2 Timothy 1:intro-0

२ तिमोथी ०१ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# आत्मिक सन्तानहरू

पावलले तिमोथीलाई उनको “छोरा” भनी भन्छन् । तिमोथीलाई चेलापन दिने कुरामा पावल निकै संलग्‍न तिए । यस सम्बन्धको कारण, उनले उनलाई उनको “आत्मिक छोरा” भनी भने । (हेर्नुहोस्ः INVALID bible/kt/disciple अनि INVALID bible/kt/spirit)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
# सतावट

यो पत्र लेखिँदाखेरी दुवै पावल र तिमोथीले सतावट खेपिरहेका थिए । यी कठिनाइहरूको माझमा पावलले तिमोथीलाई उत्साह दिन समय निकाल्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

2 Timothy 1:1-2

सामान्य जानकारी:

यो पुस्तकमा, अन्य टिप्पणी नगरिएको खण्डमा “हाम्रो” भन्‍ने शब्दले पावल र तिमोथी (जसलाई यो पत्र लेखिएको थियो) र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

पावल ... तिमोथीलाई

तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने आफ्नै तरिका हुनसक्छ । वैकल्पिक अनुवादः “म, पावलले यो पत्र लेखेको हुँ ।” यूडीबीमा जस्तै यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले यही पदमा लेख्‍नु पर्ने हुनसक्छ ।

परमेश्‍वरको इच्छाद्वारा

“परमेश्‍वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्‍वरले यो चाहनु भयो” । पावललाई कुनै मानव जातिले छानेको कारण नभई परमेश्‍वरले प्रेरितको रुपमा छान्‍नु भयो ।

अनुसार

सम्भावित अर्थहरुः १) “उद्देश्य अनुसार” यसको अर्थ परमेश्‍वरले पावललाई येशूले जीवन दिनुहुन्छ भन्‍ने परमेश्‍वररको प्रतिज्ञा अरुलाई बताउनको लागि नियुक्त गर्नुभयो । “पुरा गर्दै” जसरी परमेश्‍वरले येशूले जीवन दिनुहुन्छ भनेर प्रतिज्ञा गर्नुभयो, उहाँले पावललाई प्रेरित नियुक्त गर्नुभयो ।

ख्रीष्‍ट येशूमा भएको जीवन

पावलले “जीवन” लाई येशू भित्र भएको कुनै वस्तुको रुपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्‍टमा रहेको कारण प्राप्‍त हुने जीवनको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट भएको कारण हामीले प्राप्‍त गर्ने जीवन” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

प्रिय बालक

“प्यारो बालक” अथवा “मैले प्रेम गरेको बालक” तिमोथी पावलद्वारा परिवर्तन भएर ख्रीष्‍टमा आएका थिए, यसकारण पावलले उनलाई आफ्नै छोरो मानेका थिए । वैकल्पिक अनुवादः जो मेरो प्रिय बालकझैँ छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

... को अनुग्रह, कृपा र शान्ति

“... बाट अनुग्रह, कृपा र शान्ति तिंमीलाई मिलोस्” वा “... बाट दया,कृपा र शान्तिको अनुभव भित्रबाटै गर” ।

परमेश्‍वर पिता

“परमेश्‍वर जो हाम्रो पिता हुनु हुन्छ ।” यो परमेश्‍वरको महत्पूर्ण पद हो । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

र ख्रीष्‍ट येशू हाम्रा प्रभु

“र ख्रीष्‍ट येशू जो हाम्रा प्रभु हुनुहुन्‍छ”

अनुवादका शब्‍दहरू

2 Timothy 1:3-5

जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ

“जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ गरेर गर्दछु”

शुद्ध विवेकले

पावलले आफ्नो विवेकलाई भौतिक रुपले सफा हुने वस्तु झैँ लिन्छन् । यसको अर्थ यो हो कि कुनै व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठिक छ त्यहि गर्दछ । वैकल्पिक अनुवादः “मैले जे ठिक छ त्यो गर्ने कठिन प्रयत्‍न गरेको छु भन्‍ने जानेर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिमीलाई निरन्तर ... सम्झीरहँदा

“जब म तिमीलाई निरन्तर सम्झन्छु” वा “जब म तिमीलाई हर समय सम्झन्छु”

दिन-रात

यहाँ “रात र दिन” लाई “सधैँ” भन्‍ने अर्थ दिनको लागि सँगै प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “सधैँ” वा “निरन्तर” (हेर्नुहोस्ः INVALID translate/figs-merism)

तिमीलाई भेट्न चाहन्छु

“तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु”

म आनन्दले भरिन सकूँ

पावलले आफैलाई भरिने भाँडोको रुपमा लिन्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद; “म आनन्दले पूर्ण हुन् सकूँ” वा “मैले पूर्ण आनन्द पाउन सकूँ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

तिम्रो आँसुको सम्झना गर्दै

पावलले कष्‍टलाई देखाउनको लागि “आँसु” को प्रयोग गरेका छन् ।’ वैकल्पिक अनुवादः “तिमीले भोगेका सबै कष्‍टका कुराहरूको याद राख्दै” । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

तिम्रो ... को सम्झना गर्दै

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रो ... को सम्झना पनि म गर्दछु” वा “म तिम्रो ... को पनि याद गर्दछु” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

तिम्रो असली विश्‍वास

“तिम्रो विश्‍वास जुन वास्तविक छ” वा “तिम्रो इमान्दार विश्‍वास”

जुन सर्वप्रथम तिम्रो हजुरआमा लुईस र आमा युनिसमा थियो, र त्यो तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु

पावलले तिनीहरूको विश्‍वासलाई तिनीहरू भित्र बास गर्ने कुनै जीवित कुरासँग तुलना गर्छन् । पावलले भन्‍न खोजेको कुरा यही हो कि तिनीहरूमा एकै किसिमको विश्‍वास छ । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रो हजुरआमा लुईस, आमा युनिसमा असली विश्‍वास थोयो र मलाइ विश्‍वास छ कि त्यो तिमीमा पनि छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

लुईस ... युनिस

यी स्‍त्रीका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

अनुवादका शब्‍दहरू

2 Timothy 1:6-7

जोड्ने कथन:

पावलले तिमोथीलाई शक्ति, प्रेम र अनुशासनमा बस्‍न र उनको ख्रीष्‍टमा भएको विश्‍वासको कारण पावल झ्यालखानामा भएको कुरामा शर्म नमान्‍न उत्साह दिन्छन् ।

यहि कारणले गर्दा

“यही कारणको लागि” वा “ख्रीष्‍टमा तिम्रो निष्कपट विश्‍वासको कारण”

पुनः प्रज्वलित पार

तिमोथीले आफ्नो वरदानहरूलाई फेरि आगो बाले झैँ गरेर पुन प्रयोग गर्नु भनेर पावल बताउँछन् । वैकल्पिक अनुवादः “पुनः वरदानहरूको प्रयोग गर्नु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मैले तिमी माथि हात राखेर तिमीले प्राप्‍त गर्नेको परमेश्‍वरको वरदान

“मेरा हातहरू तिमीमाथि राख्दा तिमीले प्राप्‍त गरेका परमेश्‍वरको वरदान” यसले परमेश्‍वरले आज्ञा गर्नु भएको काम गर्न उहाँले तिमोथीलाई सक्षम बनाउनु भएको होस् भनेर पावलले तिमोथीमाथि हात राखेर प्रार्थनाको अवसरलाई जनाउँछ ।

परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्ति र अनुशासनको आत्मा दिनुभएको छ

सम्भावित अर्थहरूः १) “आत्मा” ले “पवित्र आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको पवित्र आत्माले हामीलाई डर देखाउँदैन । उहाँले हामीलाई शक्ति, प्रेम र अनुशासन प्राप्‍त गर्ने बनाउनुहुन्छ ।” वा २) “आत्मा” ले गुणहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई डरमा पार्नु हुन्‍न तर शक्ति, प्रेम र अनुशासन प्राप्‍त गर्ने बनाउनु हुन्छ ।”

अनुशासन

सम्भाव्य अर्थहरू १) हामी आफैलाई नियन्‍त्रण गर्ने शक्ति (यूडीबी) वा २) गलत बाटोमा हिडेका अरुहरूलाई सच्याउने सामर्थ ।

अनुवादका शब्‍दहरू

2 Timothy 1:8-11

गवाही

“गवाही दिन” वा “अरुलाई बताउन”

उहाँको एक कैदी

“उहाँको खातिर एक कैदी” वा “मैले प्रभुको बारेमा गवाही दिएको कारण एक कैदी”

कष्‍टमा पनि सुसमाचार प्रचार गर ।

पावलले कष्‍टलाई मानिहरूको बीचमा बाँड्न मिल्ने कुनै वस्‍तुको रुपमा बताउँछन् । वैकल्पिक अनुवादः “म सँगै सुसमाचारको लागि कष्‍ट भोग” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

परमेश्‍वरको शक्तिद्वारा

“तिमीलाई बलियो तुल्याउनका निम्ति परमेश्‍वलाई अनुमति दिँदै”

पवित्र बोलावटमा

हामीलाई उहाँको मानिसहरूको रुपमा अलग गराउने बोलावट” वा “उहाँका पवित्र मानिसहरू हुन”

उसले यो गर्यो

"उनले मुक्ति पाए र हामीलाई बोलाए"

हाम्रो आफ्नै कामहरूद्वारा होइन

“हामीले यो प्राप्‍त गर्ने हैसियतको काम गरेको कारणले हैन”

तर उहाँको आफ्नो योजना र अनुग्रह अनुसार

“तर उहाँले हामीलाई दया देखाउने योजना बनाउनु भएको कारण”

ख्रीष्‍ट येशूमा

“ख्रीष्‍ट येशूमा भएको हाम्रो सम्बन्धद्वारा”

समयको सुरुवात भन्दा अगि नै

“संसारको सुरूभन्दा अगि” अथवा “समयको सुरुभन्दा अगि”

परमेश्‍वरको मुक्ति ... प्रकट गरिदिएको छ

पावलले मुक्तिलाई मानिसहरूलाई देखाउन मिल्ने कुनै वस्तुको रुपमा व्यक्त गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले कसरी बचाउनु हुनेछ भनेर परमेश्‍वरले हामीलाई देखाउनु भएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

जसले मृत्युलाई नाश गर्नुभयो

पावलले मृत्युलाई मानिस मर्ने प्रक्रियाको रुपमा नभई स्वतन्‍त्र प्रकियाको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मृत्युलाई नष्‍ट गर्नुभयो” वा “जसले मानिसहरूलाई सदाको लागि मरेको अवस्थामा रहने बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सुसमाचारद्वारा कहिल्लै अन्त नहुने जीवन ल्याउनुभयो

पावलले अनन्त जीवनको शिक्षालाई मानिसहरूले देखून भनेर अन्धकारबाट उज्यालोमा ल्याएको कुनै वस्तुको रुपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “कहिले अन्त नहुने जीवन के हो भनेर सुसमाचार प्रचार गरेर सिकाउनु भयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

म प्रचारक ... नियुक्त भएको छु

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई प्रचारक हुनको निम्ति छान्‍नु भयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

2 Timothy 1:12-14

यसको निम्ति

“किनभने म एक प्रेरित हुँ” ।

म सतावटमा परेको छु

पावलले आफु कैदी भएको कुरालाई इंगित गर्दैछन् ।

म विश्‍वस्त छु

“म निश्‍चित छु” ।

मैले सुम्पेको सबै कुराहरू . सुरक्षित राख्‍नुहुनेछ

कुनै व्यक्तिले कुनै कुरा सुरक्षित फिर्ता पाउने हिसाबले कसैकहाँ राख्‍ने कामलाई रुपकको रुपमा पावलले प्रयोग गरेका छन् । सम्भावित अर्थहरूः १) येशूले उनलाई विश्‍वासयोग्य रहिरहन सहयोग गर्नु हुन्छ भन्‍ने कुरामा पावलले भरोसा गरेका छन् वा २) मानिसहरूले सुसमाचारको सन्देश सुनाउने काम जारी राख्‍ने कामलाई येशूले निश्‍चित गर्नु हुन्छ भन्‍ने कुरामा पावल विश्‍वस्त छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

त्यो दिन

यसले परमेश्‍वरले मानिसहरूको न्याय दिनलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

मबाट सुनेको विश्‍वासयोग्य निर्देशनहरूको अनुसरण गर

“मैले तिमिलाई सिकाएका सही विचारहरूलाई सिकाउने काम जारी राख” वा “तिंमीले के र कसरी सिकाउनु पर्ने हो सो बारेमा मेरा शब्दहरू र मेरो शिक्षण विधिलाई नमूनाको रुपमा प्रयोग गर” ।

ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा

“जब तिमीले येशू ख्रीष्‍टमा भरोसा गर्छौ र उहाँलाई प्रेम गर्छौ” (यूडीबी)

असल कुरा

यसले सुसमाचार सही तरिकाले घोषणा गर्ने कुरालाई जनाउँछ ।

सुरक्षित राख

तिमोथीका कामहरूको विरोध गर्ने, तिनलाई रोक्‍न खोज्‍ने र तिनले भनेको कुरालाई बंग्याउने मानिसहरूसँग तिनी सतर्क रहनु पर्छ ।

पवित्र आत्माद्वारा

“पवित्र आत्माको शक्तिद्वारा”

अनुवादका शब्‍दहरू

2 Timothy 1:15-18

मबाट तर्केर गएका छन्

पावलले तिनीहरूले उनको सहयोग गर्न रोकेको कुरालाई शारीरिक रुपले फर्केर गएको कामको रुपमा व्यक्त गरेका छन् । तिनीहरूले पावललाई त्यागे किनकि अधिकारीहरूले पावललाई झ्यालखानामा हाले । वैकल्पिक अनुवादः “मलाई सहायता गर्न छोडे” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

गेलस र हर्मोगेनस ... ओनेसिफरस

यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

घरानालाई

“परिवारलाई”

मेरो साङ्लाहरूको शर्म मानेनन्

यहाँ झ्यालखानामा भएको कुरा जनाउनको लागि रुपमा “साङ्लाहरू” लाई अलंकारको प्रयोग गरिएको छ । पावल झ्यालखानाको भएको कारण ओनिसिफरसले शर्म मानेनन् तर उनलाई घरिघरी भेट गर्न गए । वैकल्पिक अनुवादः “म झ्यालखानामा भएको कुरामा शर्म मानेनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

तिनलाई कृपा प्रदान गर्नुभएको होस्

"ओनेसिफरसले प्रभुबाट कृपा पाउँन्" वा "प्रभुले उनलाई कृपा देखाउन सक्नुहुन्छ"

उहाँबाट कृपा पाउन

पावलले कृपालाई खोजेर पाउन सकिने कुनै वस्तुको रुपमा व्यक्त गर्दछन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

त्यस दिनमा

यसले परमेश्‍वरले मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

2 Timothy 2

2 Timothy 2:intro-0

२ तिमोथी ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यूएलबीले २:११-१३ का पङ्क्तिहरूलाई “विश्‍वासयोग्य भनाइ”को रूपमा राख्‍नलाई बाँकीको पाठ्यसामग्रीबाट अलग राख्नलाई छानेका छन् । अनुवादकहरूले तिनीहरूका आफ्‍नै संस्करणहरूमा यसो गर्नलाई आवश्‍यक छैन, तर यसो गर्न तिनीहरूको लागि सहयोगी भएको तिनीहरूले पाउन सक्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# हामी उहाँसँगै राज गर्नेछौँ

विश्‍वासयोग्य ख्रीष्‍टिएनहरूले भविष्‍यमा ख्रीष्‍टसँगै राज गर्नेछन् भनी भनिएको छ । (हेर्नुहोस्ः INVALID bible/kt/faithful)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
# सादृश्‍यहरू

एक ख्रीष्‍टिएनको रूपमा जिउने सम्बन्धमा उनको शिक्षालाई प्रस्तुत गर्न पावलले यस अध्यायमा थुप्रै सादृश्‍यहरू बनाउँछन् । पहिला उनले एक सिपाहीको सादृश्‍य प्रयोग गर्छन्, त्यसपछि एक खेलाडिको, र त्यसपछि एक किसानको सादृश्‍य प्रयोग गर्छन् । यस अध्यायमा अलि पछाडि, उनले घरमा भएका विभिन्‍न खालका बाकसहरूका बारेमा कुरा गर्छन्, केही साधारण, दैनिक प्रयोगको लागि, र अरूहरू चाहिँ खास उपलक्ष्यहरूको लागि संरक्षित गरिएका हुन्छन् ।

सम्बन्धित खण्‍डहरूः

2 Timothy 2:1-2

जोड्ने कथन

पावलले तिमोथीको जीवनलाई सेनाको जवानको जीवन,किसानको जीवन र दौडमा भाग लिने मानिसको जीवनको रुपमा चित्रित गर्छन् ।

मेरा बालक

पावलले तिमोथीलाई आफ्नो छोरा ठान्छन् किनकि उनले तिनलाई ख्रीष्‍टमा विश्‍वास गर्न सिकाए । वैकल्पिक अनुवादः “जो मेरो छोरा जस्तै छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ

परमेश्‍वरको अनुग्रहले विश्‍वासीहरूले प्राप्‍त गर्ने उत्प्रेरणा र निश्‍चयताको बारेमा पावल कुरा गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूसँगको तिम्रो सम्बन्धद्वारा परमेश्‍वरले तिमीलाई दिनुभएको अनुग्रहको प्रयोग उहाँले गर्नुभएको होस् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धेरै गवाहीको माझमा

“मैले भनेको कुरा सही हो भनेर सहमत हुने धेरै साक्षीहरूसँग”

विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ

पावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्‍ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्‍न सक्‍ने वस्तुको रुपमा व्यक्त गर्दछन्” वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

विश्‍वासयोग्य

“भरोसायोग्य”

अनुवादका शब्‍दहरू

2 Timothy 2:3-5

मसँग कष्‍ट भोग

सम्भावित अर्थहरू १)” मैले जस्तै कष्‍ट भोग” वा २) “मेरो कष्‍टमा सहभागी होऊ”

येशू ख्रीष्‍टको असल सिपाहीको रूपमा

पावलले ख्रीष्‍टले भोगेको कष्‍टलाई एउटा असल सिपाहीले भोगेको कष्‍टसँग तुलना गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-simile)

सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन

“दैनिक जीवनको काममा लाग्‍ने सिपाहीले सेवा गर्न सक्दैन” वा “जब सिपाहीहरूले सेवा गरिरहेका हुन्छन्, अरू मानिसहरूले गर्ने सामान्य कुराहरूले तिनीहरूको ध्यान भंग गर्न सक्दैन ।” “ख्रीष्‍टका सेवकहरूलाई तिनीहरूको दैनिक जीवनले ख्रीष्‍टको सेवा गर्नबाट बन्चित गर्नुहुँदैन”

उल्टो जबकि

पावल यस्तो विचलितताको बारेमा बोल्दछन् , यो यस्तो जाल हो कि त्यसले हिंडिरहेको बेलामा मानिसहरू यताउता हिर्कायो। (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आफ्नो हाकिम

“जसले उसलाई सिपाहीको रुपमा नियुक्त गर्यो” वा “उसलाई आज्ञा दिने व्यक्ति”

यदि कोही खेलमा भाग लिन्छ भने, उसले नियम अनुसार नखेली मुकुट जित्‍न सक्दैन

पावलले ख्रीष्‍टका सेवकहरूलाई व्यायाममा भाग लिने व्यक्तिको रुपमा व्यक्त गर्दछन् । (हेर्नुहोस्ः INVALID translate/figs-explicit अनि INVALID translate/figs-metaphor)

उसले नियम अनुसार नखेली मुकुट जित्‍न सक्दैन

यसलाई कर्ता प्रधान बनाएर पनि ग्व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नियम बमोजिम प्रतिष्पर्धा गरे मात्र तिनीहरुले उसलाई विजयी खेलाडीको रुपमा मुकुट दिन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मुकुट जित्‍न सक्दैन

“उसले पुरस्कार जित्दैन ।” पावलको समयमा दौडमा जित्‍नेहरूलाई पातहरूले बनेको हार लगाएर सम्मान गरिन्थ्यो ।

नियम अनुसार खेली

“नियम अनुसार खेलेर” वा “नियमलाई कडारुपमा पालन गरेर”

अनुवादका शब्‍दहरू

2 Timothy 2:6-7

परिश्रम गर्ने किसानले आफ्नो बालीको भाग पहिले प्राप्‍त गर्नुपर्छ ।

तिमोथीलाई पावलले कामको बारेमा दिएको यो तेस्रो उपमा हो । पाठकले यो बुझ्‍नु पर्छ कि ख्रीष्‍टका सेवकहरूले कडा परिश्रम गर्नु पर्दछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मैले भनेका कुरामा विचार गर

पावलले तिमोथीलाई शब्दका तस्विरहरू दिए, तर उनले तिनको अर्थ बताएनन् । ख्रीष्‍टका सेवकहरूका बिषयमा पावलले के भनिरहेका थिए सो तिमोथी आफैले पत्ता लगाउन् भन्‍ने आशा पावलले राखे ।

सबै कुरामा

“सबै कुराको बारेमा”

अनुवादका शब्‍दहरू

2 Timothy 2:8-10

जोड्ने कथन

पावलले तिमोथीलाई ख्रीष्‍टको लागि कसरी जिउने, कसरी कष्‍ट भोग्‍ने र अरुलाई ख्रीष्‍टको जिउन कसरी सिकाउने भन्‍ने शिक्षा दिन्छन् ।

दाऊदको वंशबाट

यहाँ “वंश” ले सन्ततिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो दाऊदका सन्तति हुन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मृतकबाट उठ्नु भएको

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले जीवित बनाउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मैले सुसमाचारको सन्देशमा भने अनुसार

पावलले सुसमाचारको सन्देश उनको आफ्नै हो भने झैँ गरेर व्यक्त गर्छन् । उनले भन्‍न खोजेको यही हो कि, उनले घोषणा गर्ने सुसमाचारक सन्देश यही हो । वैकल्पिक अनुवादः “यो मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ । (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म

यहाँ "सांलोले बाँधिएको" भनेको कैदी हुनु हो। यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जेलमा अपराधीको रूपमा सांगला लगाउनु अघि" (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-activepassive)

परमेश्‍वरको वचनलाई झ्यालखानामा राख्‍न सक्दैन

यहाँ “बन्धनमा पर्ने” भन्‍नाले झ्यालखानामा पर्ने भन्‍ने बुझिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको वचनलाई कसैले पनि झ्यालखानामा राख्‍न सक्दैन” वा “परमेश्‍वरको वचनलाई कसैले पनि रोक्‍न सक्दैन” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy अनि INVALID translate/figs-metaphor)

चुनिएकाहरूका लागि

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले छान्‍नु भएका मानिसहरूका निम्ति” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून्

पावलले मुक्तिलाई भौतिक रुपले समात्‍न सकिने वस्तुको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनन्तको महिमाका साथ

“र तिनीहरू उहाँ भएको महिमाको स्थानमा सदा उहाँ सँगै हुनेछन्”

अनुवादका शब्‍दहरू

2 Timothy 2:11-13

यो भनाइ

“यी वचनहरू”

हामी उहाँसँगै मर्‍यौँ भने... उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न

यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्‍ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्‍नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रुपमा व्यक्त गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/writing-poetry)

उहाँसँगै मर्‍यौँ

मानिसहरूले जब ख्रीष्‍टमाथि विश्‍वास गर्छन् तिनीहरूले ख्रीष्‍टको मृत्युमा सहभागी हुन्छन्, तिनीहरूका इच्छाहरू इन्कार गर्छन् र उहाँको आज्ञा पालन गर्छन् भन्‍ने जनाउनको लागि पावलले यो अभिव्यक्तिको प्रयोग गर्छन् ।

हामी... विश्‍वासयोग्य भएनौँ भने

“यदि हामीले परमेश्‍वरलाई असफल बनायौं भने पनि” वा “हामीले गरौँ भनेर परमेश्‍वरले चाहेको कुरा हामीले नगरे तापनि”

उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न

“उहाँको चरित्र अनुसार उहाँले सधैँ कार्य गर्नु पर्छ” अथवा “उहाँको वास्तविक चरित्र विपरित किसिमले उहाँले कार्य गर्न सक्‍नुहुन्‍न”

अनुवादका शब्‍दहरू

2 Timothy 2:14-15

सामान्य जानकारी:

“तिनीहरू” भन्‍ने शब्दले “शिक्षकहरू” वा “मण्डलीका मानिसहरू” लाई जनाउँछ ।

परमेश्‍वरको अगाडि

पावलले आफ्नो बारेमा परमेश्‍वरको जानकारीलाई आफु परमेश्‍वरको उपश्थितिमा नै भए झैँ व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको उपस्थितिमा” अथवा “परमेश्‍वर तिम्रो साक्षीको रुपमा” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-explicit)

शब्दहरूमा तर्क-वितर्क नगर

“शब्‍दहरूको अर्थको बिषयमा बहस नगर” अथवा “मानिसहरूले भन्‍ने मुर्ख कुराहरूको विषयमा झगडा नगर”

किनभने तिनीहरूले केही फाइदा गर्दैनन्

“यसले कसैलाई भलाई गर्दैन”

शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य

“योग्य प्रमाणित भएको र शर्माउन नपर्ने व्यक्तिको रुपमा आफूलाई परमेश्‍वरको अगाडि प्रस्तुत गर”

कामदारजस्तै ... स्वीकारयोग्य

“कामदारको रूपमा” अथवा “कामदार जस्तै” तिमोथीले परमेश्‍वरको वचनको व्याख्या गर्ने काम तिनी कुनै एक कुशल कामदारको रुपमा पावलले व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने

“वचन” ले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “सत्य सन्देशलाई ठीक किसिमले ब्याख्‍या गर्ने” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अनुवादका शब्‍दहरू

2 Timothy 2:16-18

जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ

पावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रुपले जाने कुराको रुपमा व्यक्त गर्छन् र भक्तिहिनतालाई कुनै नयाँ ठाउँको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ

जसरी सइनको घाउ कुनै व्यक्तिको शरीरमा चांडै फैलन्छ त्यसलाई नास गर्छ, त्यसरी नै ती मानिसहरूले गरेको कुराकानी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ र ती सुन्‍नेहरूको विश्‍वासलाई नष्‍ट गर्दछ” वैकल्‍पिक अनुवादः "उनीहरूले जे भन्छन् संक्रामक रोग जस्तै फैलिनेछ" वा "उनीहरूको कुरा चाँडै फैलिनेछ र क्यान्सर जस्ता विनाश निम्त्याउनेछ"। (हेर्नुहोस्ः INVALID translate/figs-simile)

हुमेनियस र फिलेतस

यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

सत्यताबाट टाढा हराइरहेका

पावलले सत्यलाई निशाना लगाउने कुराको रुपमा व्यक्त गर्छन् । पावलले भन्‍न खोजेको कुरा यही हो कि ती मानिसहरूले सत्यतालाई बुझेका छैनन् र केही झुटो कुरा सिकाइरहेका छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

पुनरुत्थान पहिले नै भइसकेको छ

“परमेश्‍वरले मरेका विश्‍वासीहरूलाई अनन्त जीवनका लागि पहिले नै उठाई सक्‍नुभएको छ” ।

तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन्

“तिनीहरूले केही मानिसहरूलाई विश्‍वास गर्नबाट रोकेका छन् ।”

अनुवादका शब्‍दहरू

2 Timothy 2:19-21

सामान्य जानकारी:

जसरी धनीहरूको परिवारमा सामान्य भाँडाहरूलाई सम्मानित कामको लागि प्रयोग गरिन्छ, त्यसरी नै परमेश्‍वरतिर फर्कने व्यक्तिहरूलाई असल कामको लागि परमेश्‍वरले सम्मानित तरिकाले प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

परमेश्‍वरको दृढ जग स्थिर रहन्छ

सम्भावित अर्थहरूः १) “परमेश्‍वरको सत्यता दृढ जग जस्तै छ” वा २) “परमेश्‍वरले आफ्ना मानिसहरूलाई बलियो जग भएको भवन जस्तै स्थापित गर्नु भएको छ” वा ३) “परमेश्‍वरको विश्‍वासयोग्यता दृढ जगजस्तै छ ।” कुरा जे सुकै भए तापनि पावलले यसलाई जमिनमा स्थापित गरेको भवनको जगको रुपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जसले उहाँको नाउँ लिन्छ

“जसले परमप्रभुको नाम पुकार्छ” यहाँ “परमप्रभुको नाम” ले परमप्रभुलाई नै जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमप्रभुलाई पुकार्छ” वा “जसले आफुलाई ख्रीष्‍टमा विश्‍वासी भन्दछ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

अधर्मबाट टाढा रहोस्

पावलले अधर्मलाई कुनै ठाउँको रुपमा व्यक्त गर्छन् जहाँ देखि टाढा जान सकिन्छ । वैकल्पिक अनुवादः १) “दुष्‍ट हुनदेखि रोक” २) “गलत कार्य गर्न रोक” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सुन र चाँदीका भाँडाहरू ... माटा र काठका भाँडा

यहाँ “भाँडा” ले मानिसहरूले खाना राख्‍न वा पिउन प्रयोग गर्ने बटुका, थालहरू लाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, कचौरा अथवा भाँडा शब्द प्रयोग गर्नुहोस् । यो विभिन्‍न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलंकारिक शब्द हो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन्

सम्‍भावित अर्थहरूः १) “विशेष समारोह... ... ... ..साधारण समय” (UDB); २) “असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापको किसिम ... असल मानिसहरूले गोप्य रुपमा गर्ने क्रियाकलापको किसिम”

अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ

सम्‍भावित अर्थः १) “अनादर योग्य मानिसहरूबाट आफैलाई अलग राख्दछ” २) “आफैलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैलाई धोएर सफा बनाउने कामको रुपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ऊ... आदरको भाँडो हुन्छ

पावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रुपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ऊ अलग्गिएको छ, मालिकको लागि उपयोगी छ, र हरेक राम्रो कामको लागि तयार छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मालिकले उसलाई अलग्गै राख्नुहुन्छ, र उहाँ सबै राम्रो कामको लागि प्रयोग गर्न मालिकको लागि तयार हुनुहुन्छ" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ऊ अलग गरिएको

ऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्‍ने कुरा नै बताउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

2 Timothy 2:22-23

जवानीको अभिलाषाबाट अलग बस

पावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रुपमा व्यक्त गर्छन्’ जसदेखि तिमोथी टाढा भाग्‍नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रुपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रुपले नकार” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धार्मिकता... खोजी गर

“खोजी गर” भन्‍ने शब्द “भाग” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्‍ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्‍त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ती संग

सम्भावित अर्थहरू १) पावल तिमोथीलाई अन्य विश्वासीहरूसँग धार्मिकता, विश्वास, प्रेम, र शान्तिको पछि लाग्न चाहन्छन्, वा २) तिमोथी शान्तिमा रहेको र अन्य विश्वासीहरूसँग बहस नगर्न पावल चाहान्छन्।

परमेश्‍वरलाई पुकार्नेहरू

“पुकार्ने” शब्द वाक्पद्दती हो जसको अर्थ हुन्छः परमप्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्ने” (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

शुद्ध हृदयले

पावलले कसैले परमेश्‍वरमा पुकार्नु पर्ने कारणलाई उसको हृदयबाट निस्केर गतिशील भएको कुराको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “असल उद्धेश्यसाथ” अथवा “असल कारणले” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

एउटा शुद्ध हृदय

पावल कुनै काम गर्नुको उचित कारणहरू बोल्दछन् मानौं तिनीहरू शारीरिक रूपमा स्वच्छ थिए। (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मूर्ख र अज्ञानी प्रश्‍नहरूले ... तिनबाट अलग बस

“मुर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर” । पावलले भन्‍न खोजेको यही हो कि, त्यस्ता प्रश्‍न सोध्‍ने मानिसहरू मुर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्‍न नखोज्‍ने मुर्ख मानिसहरूले सोधेको प्रश्‍नहरूको जवाफ नदेऊ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन्

अज्ञानी प्रश्‍नहरूलाई पावलले जन्म दिंदै गरेका स्‍त्रीहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

2 Timothy 2:24-26

विनम्रतामा

“नम्रतासाथ” अथवा “भद्रतासाथ”

तिनीहरुलाई शिक्षा देऊ

“प्रशिक्षण दिनु” अथवा “सच्याउनु”

परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ

पावलले पश्‍चातापलाई परमेश्‍वरले दिने कुनै वस्तुको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सत्यताको ज्ञानका लागि

“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्‍ने छन्”

तिनीहरूको चेतना फर्किनेछ

पावलले पापीहरूले परमेश्‍वरको बारेमा सही तरिकाले विचार गर्न सिक्‍ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

दुष्‍टले ... पारेको पासोबाट उम्किएर

पावलले ख्रीष्‍टियानहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः दुष्‍टले चाहेको कुरा गर्न बन्द गर” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर

पावलले ख्रीष्‍टियानहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्‍टले भौतिक रुपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

2 Timothy 3

2 Timothy 3:intro-0

२ तिमोथी ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

२ तिमोथी ३:१-९ मा भएको खण्‍डले अन्तिम दिनसँग सम्बन्धित अगमवाणीलाई वर्णन गर्छ । पद २ तिमोथी ३:१३ पनि यो अगमवाणीमा समावेश गरिनुपर्छ । (हेर्नुहोस्ः INVALID bible/kt/prophet अनि INVALID bible/kt/lastday)

सम्बन्धित खण्‍डहरूः

2 Timothy 3:1-4

जोड्ने कथन

पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्; र सतावट आए तापनि उनीचाहिं परमेश्‍वरको पवित्रशास्‍त्रमा भर पर्न सक्‍नेछन् ।

अन्तिम दिनहरूमा

सम्भावित अर्थहरूः १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्‍टियान युगलाई जनाउँछ, पावलको समय सहीत । वैकल्पिक अनुवाद; “अन्त्यको समय भन्दा अगाडिको समयमा”

खतरापूर्ण समय

यी ख्रीष्‍टियानहरूले कष्‍ट र खतरा भोग्‍ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।

आफैलाई प्रेम गर्नेहरू

यहाँ “प्रेम गर्ने” ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्‍वरबाट आउने प्रेम हैन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”

घमण्डी

आफ्नै बारेमा घमण्डका साथ बोल्ने

स्वाभाविक प्रेमरहित

“आफ्नै परिवारलाई प्रेम नगर्ने”

मेलमिलाप गर्न असमर्थ

“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”

निन्दा गर्नेहरू

“झुटो दोष लगाउनेहरू”

असल नरुचाउने

यो सकारात्मक रूप मा भन्न सकिन्छ। वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”

लापरवाह

“लापारवाह” वा “अविवेकी” यसको अर्थ यही हो कि तिनीहरू परिणाम नसोचिकनै काम गर्छन् ।

घमण्डी

“तिनीहरू आफुलाई अरुभन्दा असल सोच्छन्”

अनुवादका शब्‍दहरू

2 Timothy 3:5-7

भक्‍तिमय देखिने

पावलले भक्ति, परमेश्‍वरको आदर गर्ने बानीलाई कुनै आकार भएको वस्तुको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिन्छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धार्मिक देखापर्ने

“धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिन्छन्”

... बाट अलग बस

पावलले सायद ती मानिसहरूबाट भौतिक रुपमा अलग बस्‍ने कुरा गर्दै हुनुहुन्छ तर उनी उनका पाठकहरू तिनीहरूलाई जुनसुकै रुपले भए पनि अलग बसून् भन्‍ने चाहन्छन् । वैकल्पिक अनुवादः “यी मानिसहरूबात अलग बस”

घर-घरमा पसेर ... अधीनमा पार्छन्

“घरभित्र पस्छन् र ठुलो प्रभावमा पार्छन्”

मूर्खताले भरिएका ... स्‍त्रीहरूलाई

“आत्मिक रुपले कमजोर स्‍त्रीहरू” तिनीहरू भक्तिउन्मुख कार्य गर्न असफल भएका अथवा तिनीहरू अल्छि भएका अथवा तिनीहरू पापले थिचिएका कारणले यसो भएको हुन सक्छ ।

पाप-स्वभावले थिचिएका

पावलले पापतर्फ झुकाव राख्‍ने कुरालाई ती स्‍त्रीहरूको ढाडमा पापको ठुलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरूः १) “जो निरन्तर पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् । यसको अर्थ यो हो कि, ती स्‍त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

धेरै अभिलाषाले प्रभावित

पावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्याएर लैजान सक्‍ने कुराको रुपमा व्यक्त गर्छन् । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्‍टको आज्ञा पालन गर्नुको साटो विभिन्‍न तरिकाले पाप गर्ने इच्छा गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor अनि INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

2 Timothy 3:8-9

जोड्ने कथन

पावलले मोशाको समयका दुई झुटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्‍ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पच्छ्याउन र परमेश्‍वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।

यान्‍नेस र याम्ब्रेस

यी मानिसहरूका नाम हुन्। (हेर्नुहोस्ः INVALID translate/translate-names)

विरुद्धमा खडा भए

पावलले विरुद्धमा वादविवाद गर्नेहरूलाई विरुद्धमा उभिनेहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “बिरोध गरे” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

सत्यको विरुद्धमा खडा हुन्छन्

“येशूको सुसमाचारको विरोध गर्छन्”

तिनीहरूको मन भ्रष्‍ट भएको छ

“तिनीहरू सहि प्रकारले सोच्‍न सक्दैनन्”

र विश्वासको सम्बन्धमा तिनीहरू झूटा साबित भएका छन्

तिनीहरूले ख्रीष्‍टमा कति विश्‍वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्‍ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्‍वासबिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्‍वास साँचो हैन”

यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्

यी झुटा शिक्षकहरू विश्‍वासीहरूको अगाडि विश्‍वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्‍ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्‍त गर्ने छैनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मूर्खता

“बुझाइको अभाव” वा “मूर्खता”

थाहा हुने

“सजिलै चिन्‍न सकिने”

तिनीहरूको

“यान्‍नेस र याम्ब्रेसको”

अनुवादका शब्‍दहरू

2 Timothy 3:10-13

तिमीहरूले मेरो शिक्षा... अनुकरण गर्‍यौ

पावलले यी कुराहरूमा यति ध्यान दिइरहेका छन् कि तिनीहरू हिंड्दा कसैले तिनीहरूलाई पच्छ्याइरहेको छ । वैकल्पिक अनुवादः “तिमीहरूले पालना गरेका छौ” वा “तिमीहरूले होसियारीसाथ ध्यान दिएका छौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

शिक्षा

“प्रशिक्षण”

आचरण

“जीवनको तरिका”

धैर्य धारण

“मानिसहरूसँग धैर्य हुने”

सहनशक्ति

“अप्ठ्यारो अवस्थामा धैर्यता गर्ने”

प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो

परमेश्‍वरले पावललाई ती कष्‍टहरूबाट छुट्कारा दिनु भएको कुरालाई उनलाई परमेश्‍वरले कुनै स्थानबाट उठाएर लागेको कुराको रुपमा लिन्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन

“येशूलाई पच्छ्याउने मानिसको रुपमा भक्तिपूर्ण जीवन जिउने”

सतावटमा पर्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै पनि सतावट सहनु पर्ने छ”" (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

ठगाहाहरू

“छल गर्नेहरू” वा “आफु जे हो त्यो भन्दा फरक भएको बहाना गर्ने मानिसहरू”

अझ खराब हुनेछन्

“अझ दुष्‍ट हुनेछन्”

आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्छन्

यहाँ "भ्रामक" हुनुले धोकामा परेको प्रतिनिधित्व गर्दछ। वैकल्‍पिक अनुवादः "आफैलाई र अरूलाई धोका" वा "झूटलाई पत्याउदै र झूटलाई सिकाउँदै" (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

2 Timothy 3:14-15

सिकेका ... कुरामा लागि राख

पावलले बाइबलका शिक्षाहरूलाई कुनै ठाउँको रुपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्‍न सक्छन् । सम्भावित अर्थहरूः १) “तिमीले सिकेका कुराहरूलाइ नविर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (UDB) । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ

पवित्रशास्‍त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्‍ने व्यक्तिको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्‍वरको वचन पढ्छौ, तिमीले विश्‍वासद्वारा ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः INVALID translate/figs-personification)

अनुवादका शब्‍दहरू

2 Timothy 3:16-17

सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो

“सम्पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरले श्‍वास फेरेको जस्तै हो” यसको अर्थ यो हो कि परमेश्‍वरले पवित्र-शास्‍त्रलाई आत्माद्वारा मानिसहरुलाई लेख्‍न लगाउनु भएको हो । यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्‍त्र परमेस्वरले आत्माबाट बोल्नुभएको हो” (यूडीबी) । (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

लाभदायक छ

“उपयोगी छ” अथवा “यो फाइदाजनक छ”

दोष देखाउनको लागि

“गल्ति देखाउन”

सच्‍याउनको लागि

“गल्तिहरूलाई मिलाउन”

धार्मिकतामा तालिम दिनको लागि

“मानिसहरूलाई धर्मी बन्‍नको लागि तालिम दिन”

परमेश्‍वरका मानिस

यसले परमेश्‍वरमा विश्‍वास गर्ने स्‍त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः INVALID translate/figs-gendernotations)

सक्षम भएर

“पूर्ण रुपले तयार भएर”

अनुवादका शब्‍दहरू

2 Timothy 4

2 Timothy 4:intro-0

२ तिमोथी ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा
# “म तिमीहरूलाई गम्भीरतासाथ आज्ञा गर्छु”

पावल तिमोथीलाई व्यक्तिगत निर्देशनहरू दिन सुरु गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू
# मुकुट

धर्मशास्‍त्रमा, त्यहाँ थुप्रै विभिन्‍न मुकुटहरू छन् जसलाई विभिन्‍न थोकहरूको लागि चित्रणहरूको रूपमा प्रयोग गरिएको छ । यस्तो देखिन्छ कि यस अध्यायमा भएको मुकुट चाहिँ व्यक्तिको जीवनको अन्त्यतिर प्राप्‍त हुन्छ वा इनामको रूपमा दिइन्छ ।

सम्बन्धित खण्‍डहरूः

2 Timothy 4:1-2

जोड्ने कथन

पावलले तिमोथीलाई विश्‍वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।

परमेश्‍वर र येशू ख्रीष्‍टको सामने

“परमेश्‍वर र ख्रीष्‍ट येशूको सामू ।” यसले भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर र ख्रीष्‍ट येशू मेरो साक्षीको रुपमा” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

कडा आज्ञा दिन्छ

“गम्भीर आज्ञा”

जिउँदा र मरेकाहरू

यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः "सबै मानिसहरु जो कहिल्यै जीवित छन" (हेर्नुहोस्ः INVALID translate/figs-merism)

र उहाँको प्रकटीकरण र राज्य

यहाँ “राज्य” ले ख्रीष्‍ट राजाको रुपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको राज्य गर्न आउनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

वचन

यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट बारेको सन्देश”

जब यो छैन

यहाँ "सुविधाजनक" शब्द बुझिएको छ। वैकल्‍पिक अनुवादः "जब यो सुविधाजनक छैन" (हेर्नुहोस्ः INVALID translate/figs-ellipsis)

सुधार गर

“मानिसहरूले गल्ती गरेको कुरा उनीहरूलाई भनिदेऊ” वा “मानिसहरूलाई तिनीहरूको गल्ती बताइदेऊ”

सबै प्रकारका धैर्य र शिक्षाद्वारा... अर्ती देऊ

“मानिसहरूलाई हप्काऊ र शिक्षा देऊ र तिनीहरूसँग सधैँ धैर्य होऊ”

अनुवादका शब्‍दहरू

2 Timothy 4:3-5

त्यस्तो समय आउनेछ जब

“किनभने भविष्यको कुनै समयमा”

मानिसहरू

यस सन्दर्भले यी मण्‍डलीका मानिसहरू हुनेछन् भन्‍ने सङ्केत गर्दछ ।

असल शिक्षा सहने छैनन्

“असल शिक्षालाई सुन्‍ने इच्छा गर्ने छैनन्”

असल शिक्षा

यसको अर्थ हुन्छः परमेश्‍वरको वचन अनुसारको सत्य र ठिक शिक्षा ।

तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन्

पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्‍त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्‍ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्‍ने छन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन्

Paul speaks of people strongly wanting to hear something as if their ears itched and could only be satisfied if teachers taught them what they wanted to hear. वैकल्‍पिक अनुवादः "who say only what they want so much to hear" (हेर्नुहोस्ः INVALID translate/figs-idiom)

तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन्

मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रुपले अर्को तिर फर्केर नसुन्‍ने भएका मानिसहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

दन्त्य कथातिर लगाउनेछन्

पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको रव्यक्तिहरूको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

कुरामा सचेत होऊ

पावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्‍ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्‍ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्‍टसँग सोच” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

प्रचारकको काम

यसको अर्थ हुन्छः येशू को हुनुहुन्छ,तिनीहरूका निम्ति उहाँले के गर्नु भयो,उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर मानिसहरूलाई बताउनु ।

अनुवादका शब्‍दहरू

2 Timothy 4:6-8

म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु

पावलले मर्नको लागि आफ्नो तयारीलाई बलिदानको रुपमा चढाउन लागेको मद्यको रुपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मेरो बिदाइको समय आएको छ

यहाँ “बिदाइ” शब्द मृत्यु जनाउने नम्र शब्द हो । वैकल्पिक अनुवादः “म चांडै मर्नेछु र यो संसार छोड्नेछु” (यूडीबी) । (हेर्नुहोस्ः INVALID translate/figs-euphemism)

मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु

पावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्‍ने जति गरको छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मैले दौड सिध्याएको छु

पावलले परमेश्‍वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रुपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पुरा गरेको छु” । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मैले विश्‍वासलाई जोगाइराखेको छु

पावलले ख्रीष्‍टमा भएको उनको विश्‍वास र परमेश्‍वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रुपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरूः १) “मेरो सेवाकार्यमा म विश्‍वासयोग्य रहदै आएको छु” (यूडीबी) वा २) मैले हामीले जे बिश्‍वास गरेको शिक्षालाई मैले कुनै गल्ति हुनबाट जोगाएर राखेको छु” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मेरो लागि धर्मिकताको मुकुट राखिएको छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मेरो लागि धार्मिकताको मुकुट राख्‍नुभएको छ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

धार्मिकताको मुकुट

सम्भावित अर्थहरूः १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्‍वरले दिने उपहार हो । (यूडीबी) २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्‍त गर्दछन् तब परमेश्‍वरले उनलाई धर्मी घोषणा गर्नु हुनेछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

मुकुट

खेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो ।

त्यस दिनमा

“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब प्रभुले मानिसहरूको न्याय गर्नुहुन्छ”

तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई

पावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रुपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ” (हेर्नुहोस्ः INVALID translate/figs-pastforfuture)

अनुवादका शब्‍दहरू

2 Timothy 4:9-10

जोड्ने कथन

पावलले केही मानिसहरूले परमेश्‍वरको काम र उनी प्रति गरेको व्यवहारको बारेमा तोकेर नै बताउँछन्, केही निश्‍चित मानिसहरूको लागि अभिवादन गरेर तथा अरु मानिसहरूको अभिवादन सुनाएर अन्त्य गर्छन् ।

जतिसक्दो छिटो

“सम्भव भएसम्म छिटो”

डेमास... क्रेसेन्स... तीतस

यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

यस वर्तमान संसार

यहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्‍वरका कुराहरूको विपरित छन् । सम्भावित अर्थहरूः१) “उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन्” अथवा २) “यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

क्रेसेन्स ... गएका छन् ... तीतस

यी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।

दलमातिया

यो भूभागको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

अनुवादका शब्‍दहरू

2 Timothy 4:11-13

काममा तिनी मेरो लागि उपयोगी हुनेछन्

सम्भावित अर्थहरुः१) “उनले मलाई सेवामा सहायता गर्न सक्छन्” अथवा २) “उनले मेरो सेवा गरेर मलाई सहायता गर्न सक्छन्”

कपडा

यो लुगामाथि लगाइने गह्रौं कपडा थियो ।

कार्पस

यो पुरुषको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

किताबहरू

यसले मुठ्ठाहरूलाई जनाउँछ । मुठ्ठा लामो पटर कागज वा छालाबाट बनाइएको पुस्तक थियो । मुठ्ठामा लेखिसके पछि वा पढ़िसकेपछि मानिसहरूले दुवै छेउमा दण्डीको प्रयोग गरेर यसलाई बेर्ने गर्थे ।

चर्मपत्रका मुट्ठाहरू

यसले विशेष प्रकारका मुट्ठाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विशेषगरी जनावरको छालाबाट बनेका मुट्ठाहरू” (यूडीबी) (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

अनुवादका शब्‍दहरू

2 Timothy 4:14-16

अलेक्ज्याण्डर कोपर्स्मिथ प्रदर्शित गरे

"धातुसँगै काम गर्ने अलेक्ज्याण्डरले प्रदर्शन गरे"

अलेक्जेन्डर

यो पुरुषको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

मप्रति खराब व्यवहार गरेको छ

पावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

प्रभुले त्यसलाई त्यसको कामअनुसारको इनाम दिनुहुनेछ

पावलले सजायको कुरा गरे जस्तै यो भुक्तानी थियो। वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ” (यूडीबी) (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

उसलाई ... उसको ... उसलाई ... ऊ

यी सबै अलेक्ज्याण्डर को संदर्भ।

हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो

यहाँ “वचन” ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्यो ।” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

मेरो पहिलो प्रतिरक्षामा

“अदालतमा म पहिलो पटक उपश्थित भएर मेरो कामहरूको वर्णन गर्दा”

कसैले मलाई साथ दिएन

“कोही मसँग उभिएन र मेरो सहायता गरेन”

तिनीहरूको विरुद्धमा यसो नभएको होस्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः परमेश्‍वरले तिनीहरूको विरुद्धमा यसलाई नलिनुभएको होस्” वा “म प्रार्थना गर्छु कि परमेश्‍वरले तिनीहरूलाई मलाई छोडेको कारण दण्ड नदिनुभएको होस्” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

अनुवादका शब्‍दहरू

2 Timothy 4:17-18

प्रभु मसँग उभिनुभयो

पावलले प्रभु शारीरिक रुपमा नै उनीसँग उभिनुभएको जस्तै गरेर बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुले मलाई सहायता गर्नुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् ।

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैको कारण मैले प्रभुको सबै सन्देशहरू बोल्न सक्षम भएँ” (हेर्नुहोस्ः INVALID translate/figs-activepassive)

मैले सिंहको मुखबाट छुटकारा पाएँ

पावलले खतरालाई सिँहद्वारा परेको खतराको रुपमा व्यक्त गर्छन् । यो खतरा भौतिक, आत्मिक, अथवा दुवै हुन सक्छन् । वैकल्पिक अनुवादः “म ठुलो खतरावाट बचाइएँ” । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

2 Timothy 4:19-22

ओनेसिफरसको घराना

यहाँ “घराना” ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

ओनेसिफरस

यो एक पुरुषको नाम हो । १: १६ मा यो नामलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।(../01/15.md).

इरास्तस... त्रोफिमस... युबुलस... पुडेस, लिनस

यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः INVALID translate/translate-names)

मिलेटस

यो एफिससको दक्षिणमा रहेको एक सहरको नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

आउने कोसिस गर

“आउने तरिका खोज”

हिउँद लाग्‍नुभन्दा अगाडि

“जाडो मौसमभन्दा अगाडि”

पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि

यसलाई नयाँ वाक्यको रुपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”

क्लौडिया

यो स्‍त्री नाम हो । (हेर्नुहोस्ः INVALID translate/translate-names)

सबै भाइहरूले

यहाँ “भाइहरू” शब्दले स्‍त्री र पुरुष सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः INVALID translate/figs-gendernotations)

प्रभु तिम्रो आत्मामा हुनुभएको होस्

"म प्रार्थना गर्छु कि प्रभुले तपाईंको आत्मालाई बलियो बनाउँनुहोस्।" यहाँ "तपाईं" एकवचन हुनुहुन्छ र तिमोथीलाई बुझाउँछन्।(हेर्नुहोस्ः INVALID translate/figs-you)

अनुग्रह तपाईंसंग हुन सक्छ

“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

अनुग्रह

“उहाँको दया” वा “उहाँको कृपा”

अनुवादका शब्‍दहरू