Nepali: translationNotes

Updated ? hours ago # views See on DCS

2 John

2 John front

2 John front:intro

२ यूहन्‍नाको परिचय

भाग १: सामान्य परिचय

२ यूहन्‍नाको पुस्तको रूपरेखा
  1. अभिवादन (१:१-३)
  2. हौसला र सबैभन्दा महान् आज्ञा (१:४-६)
  3. झूटा शिक्षकहरूको बारेमा चेतावनी (१:७–११)
  4. सङ्गी विश्‍वासीहरूबाटको अभिवादनहरू (१:१२-१३)
२ यूहन्‍नाको पुस्तकको केको बारेमा हो ?

यूहन्‍नाले यो पत्रमा उनले “चुनिएकी स्‍त्री” भनेर बोलाउने कोही व्यक्ति र “उनका छोराछोरीहरू” (१:१) लाई सम्बोधन गरे । यो कुनै खास मित्र र उनका छोराछोरीलाई सम्बोधन गरेको हुन सक्छ, वा यसले कुनै खास स्थानमा भएको वा सबैठाउँमा भएको मण्‍डली, विश्‍वासीहरूको समूहलाई जनाएको हुन सक्छ । यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई हौसला दिन र तिनीहरूको दयाको फाइदा उठाइरहेका झूटा शिक्षकहरूका विषयमा तिनीहरूलाई चेतावनी दिनलाई थियो । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

यस पुस्‍तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ यूहन्‍ना” वा “दोस्रो यूहन्‍ना” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यूहन्‍नाबाटको दोस्रो पत्र” वा “यूहन्‍नाले लेखेको दोस्रो पत्र” । (हेर्नुहोस्ः INVALID translate/translate-names)

२ यूहन्‍नाको पुस्तक कसले लेख्यो ?

२ यूहन्‍नाको पत्र शायद प्रेरित यूहन्‍ना आफैँद्वारा उनको जीवनको अन्ततिर लेखिएको थियो । यूहन्‍नाले आफैँलाई लेखकको रूपमा पहिचान गराउँदैनन्; बरु, उनले आफैँलाई “एल्डर” भनी बोलाउँछन् । २ यूहन्‍नाको सामग्री यूहन्‍ना सुसमाचारमा पाइने सामग्रीसँग धेरै मिल्छ ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

अतिथि-सत्कार भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा एउटा महत्त्वपूर्ण अवधारणा थियो । कुनै विदेशी वा बाहिरकाहरूसँग मैत्रीपूर्ण हुनु र तिनीहरूलाई सहायताको खाँचो परेको खण्‍डमा सहायता दिनु महत्त्वपूर्ण थियो । यूहन्‍नाले भलाइको भावना बोकेका पाहुनालाई अतिथि-सत्कार देखाउने र ख्रीष्‍टिएन विश्‍वासको विरुद्धमा चल्‍ने कुनै झूटो शिक्षकलाई सहायता गर्ने कुरामा भेद राख्‍छन् ।

यूहन्‍नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यूहन्‍नाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनिने थियो । यी मानिसहरूले येशू पूर्ण रूपले परमेश्‍वर हुनुहुन्थ्यो तर उहाँ वास्तवमा पृथ्वीमा शारीरिक शरीरसहितको मानव हुनुहुन्‍नथ्यो भनेर मान्थे । तिनीहरूले यस्तो कुरा विश्‍वास गरे किनकि तिनीहरूले भौतिक संसारलाई दुष्‍ट देखे । (हेर्नुहोस्ः INVALID bible/kt/evil)

2 John 1

2 John 1:1-3

सामान्य जानकारीः

परम्पराले प्रेरित यूहन्‍नालाई नै यस पत्रको लेखकको रूपमा पहिचान गर्छ । तिनी सम्भवतः कुनै महिलालाई सम्बोधन गरेर लेख्छन्, तर पनि तिनीहरूले एकले अर्कालाई प्रेम गर्नुपर्छ भनी लेखेकाले यो सम्भवतः कुनै मण्डलीलाई भनिएको हो ।

सामान्य जानकारीः

यस पत्रमा “तिमीहरू” र “तिमीहरूको” अर्को प्रकारले उल्लेख नगरिएसम्म सबै बहुवचनमा छन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

सामान्य जानकारीः

यस पत्रमा यूहन्‍नाले आफैँलाई र तिनका पाठकहरूलाई समावेश गरेर “हामीलाई” र “हाम्रो” शब्द प्रयोग गर्छन् । (हेर्नुहोस्ः INVALID translate/figs-inclusive)

एल्डरबाट चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई

पत्रहरू यसरी सुरु गरिन्थ्यो । लेखकको नाउँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म एल्डर यूहन्‍नाले यो पत्र चुनिएकी महिला र तिनकी सन्तानहरूलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

एल्डर

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको वृद्ध उमेरले गर्दा वा तिनी मण्डलीका अगुवा भएका हुनाले तिनी आफैँलाई पनि “एल्डर” को रूपमा जनाउँछन् ।

चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई

सम्भवतः यसले यसमा भएका विश्‍वासीहरूको समूह र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

जसलाई म सत्यतामा प्रेम गर्दछु

“तिमीहरू जसलाई म साँचो रूपमा प्रेम गर्छु ।”

जसले सत्यता जानेका छन्

जसले परमेश्‍वर र येशूको बारेमा भएको सत्यता जानेका छन् ।

पिता ... पुत्र

यी परमेश्‍वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

सत्यता र प्रेममा

“सत्य” शब्दले “प्रेमलाई वर्णन गर्छ । सम्भवतः यसको अर्थ यस्तो हुन्छ, वैकल्पिक अनुवादः “साँचो प्रेममा” (हेर्नुहोस्ः INVALID translate/figs-hendiadys)

अनुवादका शब्‍दहरू

2 John 1:4-6

तिम्रा ... छोराछोरीहरू ... हे महिला ... तिमीलाई ... लेखिरहेको

यहाँ “तिमी” र “तिम्रो” एक वचन हुन् । (हेर्नुहोस्ः INVALID translate/figs-you)

जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ

“जसरी परमेश्‍वर पिताले हामीलाई आज्ञा गर्नुभयो”

मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको छैनँ

“मैले तिमीलाई कुनै नयाँ कुरा गर्नलाई आज्ञा गरिरहेको जस्तो होइन”

तर हामीसँग सुरुदेखि भएको नै हो

यहाँ “सुरु” ले “हामीले पहिले विश्‍वास गर्दाको” समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर हामीले पहिले विश्‍वास गर्दा ख्रीष्‍टले हामीलाई आज्ञा गर्नुभएको कुरा नै मैले तिमीलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः INVALID translate/figs-explicit)

कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ

यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । “र उहाँले आज्ञा गर्नुभयो, कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।”

तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिँड्नुपर्छ

हाम्रो जीवनलाई परमेश्‍वरको आज्ञाअनुसार चलाउनुलाई हामी तिनीहरूमा हिँडिरहेको जसरी नै उल्लेख गरिएको छ । “यसमा” ले प्रेमलाई जनाउँछ । वैकल्पिक अनुवादः “र उहाँले तिमीलाई आज्ञा गर्नुभएको छ, किनकि एक अर्कालाई प्रेम गर्न तिमीले पहिला विश्‍वास गर्‍यौ ।” (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू

2 John 1:7-8

जोड्ने कथनः

यूहन्‍नाले तिनीहरूलाई छलीहरूको बारेमा चेतावनी दिन्छन्, ख्रीष्‍टको शिक्षामा रहन याद दिलाउँछन्, र ख्रीष्‍टको शिक्षामा नरहनेहरूबाट अलग रहन तिनीहरूलाई चेतावनी दिन्छन् ।

किनकि धेरै छलीहरू संसारमा गएका छन्

“धेरै झुटा शिक्षकहरूले विश्‍वासीहरूलाई छोडेका छन्” वा “संसारमा धैरै छलीहरू छन्”

धेरै छलीहरू

“धेरै झुटा शिक्षकहरू” वा “धेरै धोकेबाजहरू”

येशू शरीरमा आउनुभएको

ख्रीष्‍ट वास्तविक मानवको रूपमा आउनुभयो । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍ट वास्तविक मानवको रूपमा आउनुभयो” (हेर्नुहोस्ः INVALID translate/figs-metonymy)

यो नै छली र ख्रीष्‍ट विरोधी हो

“अरूहरूलाई छल्ने र ख्रीष्‍ट स्वयम्‌को विरोध गर्ने तिनीहरू नै हुन्”

ख्रीष्‍ट विरोधी

“ख्रीष्‍टको विरुद्धमा जाने”

आफैँलाई हेर

“होसियार रहो” वा “ध्यान देओ”

ती कुराहरू नगुमाऊ

“स्वर्गमा तिम्रो भविष्यको इनाम नगुमाऊ”

पुरा इनाम

“स्वर्गमा पुरा इनाम”

अनुवादका शब्‍दहरू

2 John 1:9-11

जो अगाडि बढिरहन्छ

यसले परमेश्‍वर र सत्यताबारे अरू सबैभन्दा बढी जानेको दाबी गर्ने व्यक्‍तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको बारेमा धेरै जानेको दाबी गर्छ” वा “जसले सत्यताको अवाज्ञा गर्छ”

त्यससँग परमेश्‍वर हुनुहुन्‍न

“परमेश्‍वरको होइन”

जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ

“ख्रीष्‍टको शिक्षामा रहने पिता र पुत्र दुवैको हो”

पिता र पुत्र

यी परमेश्‍वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् । (हेर्नुहोस्ः INVALID translate/guidelines-sonofgodprinciples)

तिम्रो घरमा स्वागत गर

यसको अर्थ त्यसँग सम्बन्ध निर्माण गर्न त्यसलाई सम्मानका साथ स्वागत गर्नु र राम्रो व्यवहार गर्नु भन्‍ने हुन्छ ।

त्यसका दुष्‍ट कामहरूमा सहभागी हुन्छ

“त्यसको दुष्‍ट कामहरूमा सरिक हुन्छ” वा “त्यसको दुष्‍ट कामहरूमा सहायता गर्छ”

अनुवादका शब्‍दहरू

2 John 1:12-13

जोड्ने कथनः

यूहन्‍नाको पत्र तिनीहरूलाई भेट्ने तिनको इच्छासँगै टुङ्‌गिन्छ र अर्को मण्डलीबाट अभिवादन पठाउँछन् ।

सामान्य जानकारीः

शब्‍द "तपाई" १२ पदमा एक वचनमा छ । शब्‍द "तपाई" १३ पदमा एक वहुवचनमा छ । (हेर्नुहोस्ः INVALID translate/figs-you)

मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिनँ

यूहन्‍ना अरू कुराहरू लेख्‍ने इच्छा गर्दैनन्, तर आएर तिनीहरूलाई वचन भन्‍न रुचाउँछन् । तिनले तिनीहरूलाई कागज र मसीबाहेक अरू कुनै कुराले लेख्‍न चाहन्छन् भनिरहेका छैनन् ।

तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले

यहाँ यूहन्‍नाले अर्को मण्डली पठकहरूको मण्डलीको बहिनी थिएझैँ गरी र त्यस मण्डलीको हिस्साको रूपमा रहेका विश्‍वासीहरूचाहिँ मण्डलीका छोराछोरीहरू थिएझैँ गरी भन्छन् । यसले सबै विश्‍वासीहरू आत्मिक परिवार हौँ भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः INVALID translate/figs-metaphor)

अनुवादका शब्‍दहरू