नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

01-01

सुरुवात

त्यो भनेको, “सबै थोकहरूको सुरुवात”, परमेश्‍वर बाहेक कुनै पनि चीज अस्तित्वमा आउनु अगाडि ।

बनाउनुभयो

यहाँ यस शब्‍दको अर्थ यो हो कि परमेश्‍वरले यि कुरालाई शून्यताबाट बनाउनु भयको हो।

ब्रह्‌माण्ड

यसले परमेश्‍वरले पृथ्वी र स्वर्गहरूमा बनाउनुभएको सबै कुराहरूलाई समेट्छ, दुवै दृश्‍य र अदृश्‍य कुराहरू ।

पृथ्‍वी

“पृथ्‍वी” शब्दले मानिसहरू बस्‍ने सारा संसारलाई जनाउँछ ।

अँध्यारो

त्यो पूर्ण रुपमाअँध्यारो थियो । त्यहाँ कुनै उज्‍यालो थिएन, किनभने परमेश्‍वरले अझै उज्‍यालोलाई बनाउनुभएको थिएन ।

रित्तो

परमेश्‍वरले अझसम्म पानीले ढाकेको खाली पृथ्वी बाहेक केही बनाउनुभएको थिएन ।

उहाँले अझसम्म यसमा केही थोक बनाउनुभएको थिएन

त्यहाँ कुनै चिनिने आकारहरू थिएनन्-केवल पानीले सबैकुरालाई ढाकेको मात्रै थियो ।

परमेश्‍वरको आत्मा

परमेश्‍वरको आत्मा, जसलाई कहिलेकाहीँ पवित्र आत्मा भनिन्छ, आदिमा उपस्थित हुनुहुन्थ्यो, र उहाँले योजना गर्नुभएको सबै थोक बनाउन पृथ्वीमाथि स्वतन्‍त्र रूपमा घुमिरहनुहुन्थ्यो ।

01-02

परमेश्‍वरले भन्‍नुभयो

परमेश्‍वरले उज्‍यालो साधारण मुखको आदेशबाट बनाउनुभयो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणमा पनि व्यक्त गर्न सकिन्छः “त्यसपछि परमेश्‍वरले त्यहाँ उज्यालो हुनुपर्छ भन्‍नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

उज्यालो होस् !

यो आज्ञाको परिणाम तुरुन्‍तै भयो किनकि त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “त्यहाँ ज्योति हुनेछ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

उज्यालो

यो परमेश्‍वरले बनाउनुभएको एउटा विशेष उज्यालो थियो- त्यसबेलासम्म सूर्य बनाइएको थिएन ।

असल थियो

यो पदावली सृष्‍टिको कथाभरी धेरैचोटि दोहोराइएको छ, र सृष्‍टिको प्रत्येक चरण परमेश्‍वरलाई मनपर्ने थियो अनि उहाँको योजना र उद्देश्यलाई पूरा गर्‍यो भन्‍ने कुरालाई जोड दिन्छ ।

सृष्‍टि

यो शब्द छ दिनको अवधिलाई जनाउन प्रयोग गरिएको छ जुनबेला परमेश्‍वरले अस्तित्वमा भएका सबैकुराहरूलाई बनाउनुभयो ।

01-03

दोस्रो दिन

परमेश्‍वरको सृष्‍टिको कार्य व्यवस्थित, अर्थपूर्ण, र क्रमिक थियो । उहाँले हरेक दिन बनाउनुभएको कुराहरू अघिल्ला दिनहरूमा गरिएका कामहरूमाथि निर्माण हुन्थ्यो र भर पर्थ्यो ।

पानीमाथि त्यहाँ एउटा क्षेत्र होस्

परमेश्‍वरले एउटा आज्ञा बोल्नुभएर आकाशलाई बनाउनुभयो ।

आकाश

यो शब्दले हामीले सास फेर्ने हावा र स्वर्गहरू समेत गरेर पृथ्वीमाथिको सबै क्षेत्रलाई जनाउँछ ।

01-04

तेस्रो दिन

व्यवस्थित दिनहरूको श्रृंखलामा अर्को दिन जसमा परमेश्‍वरले पृथ्वीलाई जीवनको लागि तयार पार्नुभयो ।

पानी एक ठाउँमा एकसाथ जम्मा होस् र ओभानो भूमि देखा परोस्

परमेश्‍वरले ओभानो भूमिलाई एउटा आज्ञा बोल्नुभएर बनाउनुभयो ।

पृथ्वी

यो शब्दलाई यहाँ धूलो वा माटोलाई जनाउन प्रयोग गरिएको छ, जुनबाट नै ओभानो भूमि बनेको हुन्छ ।

बनाउनुभयो

यो शब्दलाई यहाँ केही कुरालाई शून्यताबाट बनाउनुको बुझाइमा प्रयोग गरिएको छ ।

01-05

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमारोस् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि व्यक्त गर्न सकिन्छः “त्यसपछि परमेश्‍वरले भन्‍नुभयो कि पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमार्नुपर्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

परमेश्‍वरले भन्‍नुभयो

परमेश्‍वरले सबै वनस्पतिलाई एउटा आज्ञा बोल्नुभएर बनाउनुभयो ।

पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमारोस्

यो एउटा आज्ञा हो जुन तुरुन्तै भइहाल्यो किनभने त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “पृथ्वीले सबै किसिमका वृक्षहरू र बोट-बिरुवाहरू उमार्नेछ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

सबै किसिमको

बोट-बिरुवाहरू र वृक्षहरूको थुप्रै विभिन्‍न प्रजातिहरू, वा प्रकारहरू ।

बनाउनुभयो

यो शब्दलाई यहाँ केही कुरालाई शून्यताबाट बनाउनुको बुझाइमा प्रयोग गरिएको छ ।

असल थियो

यो पदावली सृष्‍टिको कथाभरी धेरैचोटि दोहोराइएको छ, र सृष्‍टिको प्रत्येक चरण परमेश्‍वरलाई मनपर्ने थियो अनि उहाँको योजना र उद्देश्यलाई पूरा गर्‍यो भन्‍ने कुरालाई जोड दिन्छ ।

01-06

चौथो दिन

व्यवस्थित दिनहरूको श्रृंखलामा अर्को दिन जसमा परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।

आकाशमा ज्योतिहरू होऊन् ।

परमेश्‍वरले सूर्य, चन्द्रमा, र ताराहरूलाई एउटा आज्ञा बोल्नुभएर सृष्‍टि गर्नुभयो ।

ज्योति

आकाशमा भएका चम्किला वस्तुहरूले अब पृथ्वीको लागि प्रकाश दिन्थे ।

दिन र रात, ऋतुहरू र वर्षहरू

परमेश्‍वरले थोरै देखि धेरैसम्म गरेर समयको हरेक अवधिलाई चिनाउन एउटा फरक ज्योतिलाई बनाउनुभयो, र तिनीहरूलाई समयको अन्तसम्म निरन्तर दोहोरिरहने गरी स्थापित गर्नुभयो ।

बनाउनुभयो

यो शब्दलाई यहाँ केही कुरालाई शून्यताबाट बनाउनुको बुझाइमा प्रयोग गरिएको छ ।

01-07

पाँचौ दिन

परमेश्‍वरले उहाँको सृष्‍टिको व्यवस्थित वृद्धिलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले विगत चार दिनहरूमा सुरु गर्नुभएको थियो ।

जीवित जिवातहरूले पानी भरियोस्, र आकाशमा पन्क्षीहरू उडून्

परमेश्‍वरले जलचरहरू र पन्क्षीहरू एउटा आज्ञा बोल्नुभएर बनाउनुभयो ।

सबैकुरा जो पौडन्छ

परमेश्‍वरले माछालाई मात्र बनाउनुभएन, तर पानीमा बस्‍ने सबै किसिमका जीवित जिवातहरू बनाउनुभयो । त्यो प्रत्येक अस्तित्वमा छ किनभने परमेश्‍वरले त्यसलाई बनाउन रोज्‍नुभयो ।

सबै पन्क्षीहरू

परमेश्‍वरले केवल एक किसिमको मात्रै पन्क्षी बनाउनुभएन, तर सबै विविध प्रकारका उदेक लाग्दा आकारहरू, नापहरू, रङ्गहरू, र जातहरूका पन्क्षीहरू बनाउनुभयो ।

त्यो असल थियो

हरेक कदम परमेश्‍वरको बुद्धिमान् योजना र उद्देश्‍य अनुरूप ठ्‍याक्‍कै भयो भनी देखाउन यो पदावलीलाई सृष्‍टिभरी दोहोराइएको छ ।

तिनीहरूलाई आशिष् दिनुभयो

तिनीहरू फलवन्त होऊन् र उहाँले तिनीहरूलाई राख्‍नुभएको संसारमा तिनीहरूको लागि सबैकुरा राम्रैसँग जाऊन् भनी परमेश्‍वरले उहाँको इच्‍छा बताउनुहुन्छ ।

01-08

छैटौँ दिन

दिनहरू र सृजनात्मक कार्यहरूको निरन्तर भइरहेको, व्यवस्थित वृद्धिमा अर्को घडी ।

सबै किसिमका जमिनमा बस्‍ने जन्तुहरू होऊन् !

यो आज्ञाको परिणाम तुरुन्‍तै भयो किनकि त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “त्यहाँ सबै किसिमका जमिनमा बस्‍ने जन्तुहरू हुनेछन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

सबै किसिमका

यसले एउटा ठूलो विविधतालाई सङ्‍केत गर्छ, तर वर्ग सहित ।

जमिनमा बस्‍ने जन्तुहरू

पन्क्षीहरू, अथवा समुद्रहरूमा बस्‍ने जलचरहरू जस्तो नभई, जमिनमा बस्‍ने हरेक किसिमको जनावर ।

पालिने पशुहरू

जमिनमा बस्‍ने जनावरहरूको ती जातहरू जो साधारणतया मानिसहरूसँग शान्तिपूर्वक बस्‍छन्-तह लगाइएको, वा घरपालुवा बनाइएको जनावरहरू ।

जमिनमा घस्रन्थ्यो

यसले सम्भवतः घस्रने जीवहरू र कीरा-फट्याङ्ग्राहरूलाई समावेश गर्छ ।

जङ्‍गली

ती जातका जनावरहरू जो साधारणतया मानिसहरूसँग शान्तिपूर्वक बस्दैनन्, किनभने प्रायजसो तिनीहरू मानिसहरूसँग डराउँछन्, वा तिनीहरूको लागि खतरनाक हुन्छन् ।

त्यो असल थियो

हरेक कदम परमेश्‍वरको बुद्धिमान् योजना र उद्देश्‍य अनुरूप ठ्‍याक्‍कै भयो भनी देखाउन यो पदावली सृष्‍टिभरी दोहोराइएको छ ।

01-09

हामी बनाऔँ

यसले मानिसलाई विशेष उद्देश्‍यको लागि विशेष तरिकाले बनाउने परमेश्‍वरको विचारपूर्वक गरिएको उहाँको इच्‍छा अनुसारको निर्णयलाई सङ्‍केत गर्छ । तपाईंले यसलाई यसरी अनुवाद अनुवाद गर्न सक्नुहुन्थ्यो, “हामी बनाउनेछौँ ।”

हामीलाई...हाम्रो...हामीलाई

बाइबलले हामीलाई एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँछ, तर पुरानो करारमा भएको “परमेश्‍वर” शब्द बहुवचनको रूप हो, र परमेश्‍वरले आफैँसँग बोल्नुहुँदा सर्वनामको बहुवचनको रूप प्रयोग गर्नुहुन्छ । केहीले यसलाई परमेश्‍वरको वैभवलाई व्यक्त गर्ने विशेष किसिमको बोल्ने तरिका भनेर बुझ्छन्, र अरूहरूले यसलाई परमेश्‍वर पिताले पुत्र र आत्मासँग बोल्नुभएको भनेर बुझ्छन्, जोहरू सबै परमेश्‍वर हुनुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])

हाम्रै स्वरूपमा

स्वरूप भनेको कसैको वा केही कुराको भौतिक प्रस्तुति हो । मानव जाति यस्तो किसिमले बनाइएको थिए कि हामीले परमेश्‍वरका केही गुणहरू र विशेषताहरू देखाउँछौँ वा प्रतिनिधित्व गर्छौँ ।

हामी जस्तै हुन हाम्रै स्वरूपमा

दुई पदावलीहरू, “हाम्रो स्वरूपमा” र “हामी जस्तै” युगल भनाइहरू हुन् । तिनीहरूको झण्डै उस्तै अर्थ हुन्छ । सँगै प्रयोग गर्दा, तिनीहरूले ठ्याक्‍कै नभए पनि, मानिस परमेश्‍वर जस्तै निकै हुनुपर्थ्यो भन्‍ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-doublet/01.md]])

हामी जस्तै

मानव जातिले परमेश्‍वरका केही गुणहरू लिन्छ, तर उहाँका सबै विशेषताहरू भने होइन । मानिस परमेश्‍वर जस्तै छ, तर उहाँको बराबरीको छैन वा उहाँ जस्तो हुनुहुन्छ ठ्याक्‍कै त्यस्तो छैन भनेर देखाउने शब्दहरू चलाएर यो पदावलीलाई अनुवाद गर्नुपर्छ ।

माथि राज गर्नु

पृथ्वी र जीव-जन्तुहरू कसरी चलाइनु पर्नेछ भनेर व्यवस्थापन गर्न, डोहोर्‍याउन, र नियन्‍त्रण गर्न परमेश्‍वरले मानिसहरूलाई अधिकार र शक्ति दिनुभयो ।

01-10

केही माटो लिनुभयो

परमेश्‍वरले मानिसलाई जमिनको धूलो वा सुक्खा माटोबाट बनाउनुभयो । यो शब्द पृथ्वीको लागि प्रयोग हुने सामान्य शब्दबाट शायद फरक हुनुपर्छ ।

त्यसलाई आकार दिनुभयो

कुनै व्यक्तिले केही कुरालाई कसरी आफ्नै हातले बनाउँछ भन्‍ने कुरासँग तुलना गर्दै, यो शब्दले मानिसलाई परमेश्‍वर आफैँले ढाँचाकाँचा दिनुभयो भनेर व्यक्त गर्दछ । “बनाउनु” भन्दा फरक शब्द प्रयोग होस् भनेर पक्‍का गर्नुहोस् । ख्याल राख्‍नुहोस् कि उहाँले एउटा साधारण बोलेको आज्ञाद्वारा बनाउनुभएको अरू सबै कुराहरू भन्दा यो धेरै फरक छ ।

एउटा मानिस

यो समयमा केवल मानिसलाई मात्र बनाइएको थियो; स्‍त्रीलाई पछि फरक तरिकाले बनाइएको थियो ।

जीवन फुकिदिनुभयो

एउटा मानिसले कसरी सास फेर्छ भन्‍ने कुरासँग तुलना गर्दै, यो पदावलीले परमेश्‍वरको निकै व्यक्तिगत, तथा घनिष्‍ठ कार्यलाई व्यक्त गर्छ जसै उहाँले आफैँबाट आदमको शरीर भित्र जीवन सार्नुभयो ।

जीवन

यो क्षणमा, परमेश्‍वरले मानिस भित्र दुवै शारीरिक र आत्मिक जीवन फुकिदिनुभयो ।

आदम

आदमको नाम पुरानो करारको “मानिस”को लागि प्रयोग हुने शब्द नै हो, र “माटो” शब्दको लागि मिल्दोजुल्दो पनि छ जसबाट उनी बनाइएका थिए ।

एउटा विशाल बगैँचा

एउटा उद्देश्‍यको लागि रूखहरू र बोट-बिरुवाहरू रोपिएको जमिनको एउटा क्षेत्र- प्राय अनाज उब्जाउन वा सुन्दरता प्रदान गर्न ।

त्यसको रेखदेख गर्न

मलजल गरेर, झार उखेलेर, पानी हालेर, कटनी गरेर, रोप्‍ने आदि गरेर बगैँचाको सम्भार गर्न ।

01-11

बीचमा

केन्द्रिय स्थानले दुई रूखहरूको महत्त्वलाई जोड दिन्छ ।

बगैँचा

एउटा उद्देश्‍यको लागि रूखहरू र बोट-बिरुवाहरू रोपिएको जमिनको एउटा क्षेत्र- प्राय अनाज उब्जाउन वा सुन्दरता प्रदान गर्न ।

जीवनको रूख

यस रूखको फल खाने जो कोही कहिल्यै मर्नेथिएन ।

असल र खराबको ज्ञान दिने रूख

यस रूखको फलले एउटा व्यक्तिलाई दुवै असल र खराब जान्‍ने बनाउन सक्थ्यो ।

ज्ञान

व्यक्तिगत अनुभवबाट थाहा पाउनु वा बुझ्नु ।

असल र खराब

खराब असलको विपरीत हो । जसरी “असल”ले परमेश्‍वरलाई मनपर्ने कुरालाई जनाउँछ, “खराब”ले परमेश्‍वरलाई मन नपर्ने सबै कुराहरूलाई जनाउँछ ।

मर्नेथियो

यसो गरेमा, ऊ दुवै शारीरिक र आत्मिक रूपले मर्नेथियो ।

01-12

असल होइन

यो पहिलो चोटि हो कि सृष्‍टिको केही कुरा असल थिएन । यसको अर्थ हो कि यो “अझै असल भइहालेको थिएन” किनभने परमेश्‍वरले मानव जातिको सृष्‍टिको कामलाई सकाउनुभएको थिएन ।

एक्लै

अर्को व्यक्तिसँग सम्बन्ध गाँस्‍ने, र सन्तान जन्माएर वृद्धि गर्ने कुनै सम्भावना बिना आदम मात्र एक्लो मानिस थियो ।

आदमको सहयोगी

परमेश्‍वरले आदमलाई दिनुभएको काम पूरा गर्नलाई साथ दिन तिनीसँग मिल्दोजुल्दो देखिने खालको त्यहाँ कोही थिएन । कुनै पनि जनावरले यो गर्न सक्‍ने थिएन ।

01-13

एउटा गहिरो निद्रा

यो सामान्य भन्दा बढि गहिरो निद्रा थियो ।

आदमको करङ्गहरूमध्येको एउटा लिनुभयो र बनाउनुभयो

यी क्रियापदहरूले आदमबाट करङ्ग निकाल्नु भएर त्यसलाई स्‍त्रीको आकार दिने परमेश्‍वरको निकै व्यक्तिगत कार्यलाई सङ्‍केत गर्छन् ।

एउटा स्‍त्री

तिनी पहिलो स्‍त्री थिईन्, अहिलेसम्म कमी भइरहेको मानव जातिको महिला संस्करण ।

तिनलाई उसकहाँ ल्याउनुभयो

परमेश्‍वरले व्यक्तिगत रूपले तिनीहरूको परिचय गराइदिनुभयो । उहाँले झण्डै एउटा विशेष उपहार दिनुभए झैँ गरेर स्‍त्रीलाई आदमकहाँ प्रस्तुत गर्नुभयो ।

01-14

आखिरमा !

आदमले उदेक मानेको प्रतिक्रियाले यो सङ्‍केत गर्छ कि उनी स्‍त्री जस्तै कसैलाई पर्खिरहेका थिए ।

म जस्तै

तिनीहरू बीचमा महत्त्वपूर्ण भिन्‍नताहरू भएता पनि स्‍त्री आदम जस्तै प्रकारकी प्राणी थिईन्

स्‍त्री

यो शब्द मानिसको लागि प्रयोग हुने शब्दको स्‍त्रीवाचक रूप हो ।

मानिसबाट बनाइएको

स्‍त्री आदमको आफ्नै शरीरबाट सिधै बनाइएकी थिईन् ।

मानिसले छोड्छ

भविष्यमा सामान्य माहोल के हुनेथियो भनी सङ्‌केत गर्नलाई यसलाई वर्तमान कालमा बताइएको छ । आदमको बाबु र आमा थिएनन्, तर अरू सबै मानिसहरूको हुनेथियो ।

एउटै हुन्छ

पति र पत्‍नी एकता र एक अर्काप्रतिको प्रतिबद्धताको एउटा घनिष्‍ठ बन्धनमा हुनेछन् जसले तिनीहरूको अन्य जोसुकैसँगको सम्बन्धलाई उछिन्‍नेछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])

01-15

परमेश्‍वरले बनाउनुभयो

परमेश्‍वरले पुरुष र स्‍त्रीलाई एउटा विशेष तरिकाले बनाउनुभयो ।

उहाँको आफ्नै स्वरूपमा

स्वरूप भनेको कसैको वा केही कुराको शारीरिक प्रतिनिधित्‍व हो। परमेश्‍वरले मानिसहरूलाई उहाँका केही गुणहरू र विशेषताहरू देखाउने वा प्रतिनिधित्व गर्ने बनाउनुभयो, तर उहाँसँग बराबर हुने भने होइन ।

धेरै असल

अघिल्ला दिनहरूमा “यो असल थियो” भन्‍ने भनाइहरू भन्दा बढि तीव्र भनाइ हो । “धेरै असल”ले सम्पूर्ण सृष्‍टिलाई जनाउँछ, केवल मानिस र स्‍त्रीलाई मात्र होइन । सबैकुरा ठ्याक्‍कै परमेश्‍वरले चिताउनुभए जस्तै थियो ।

सृष्‍टि

छ दिनको अवधि जुन समयमा परमेश्‍वरले अस्तित्वमा भएका सबैकुराहरूलाई बनाउनुभयो ।

01-16

सातौँ दिन

छ दिनको सृष्‍टिको कार्य समाप्‍त भएपछि आएको अर्को दिन ।

उहाँले गरिरहनुभएका सबै कार्यहरू सिद्ध्याउनुभयो

खासगरी, परमेश्‍वरले सृष्‍टिको कामलाई सिद्ध्याउनुभयो । उहाँले अझैपनि अन्य कामहरू भने गर्नुहुन्छ ।

सातौँ दिनलाई आशिष् दिनुभयो

परमेश्‍वरसँग सातौँ दिन, र त्यसपछि आउने हरेक सातौँ दिनको लागि एउटा विशेष, सकारात्मक योजना थियो ।

त्यसलाई पवित्र बनाउनुभयो

त्यो भनेको, परमेश्‍वरले त्यस दिनलाई एउटा विशेष दिनको रूपमा “अलग गर्नुभयो” । यसलाई हप्ताको अरू छ दिनहरू झैँ प्रयोग गर्नहुँदैनथ्यो ।

ब्रह्‍माण्ड

यसले दुवै दृश्य र अदृश्य कुराहरू गरेर, परमेश्‍वरले पृथ्वी र स्वर्गहरूमा बनाउनुभएको सबैकुराहरूलाई समेट्छ ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।