18-01
राजा दाऊदले चालीस वर्षसम्म शासन गरे
यो दाऊद राजा हुँदा, उनी मर्न अगाडि र उनको छोरा सोलोमन उनी पछि राजा भए पछि के भयो भन्ने बारेमा बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
त्यसपछि उनी मरे
यसले दाऊदको राजबाट सोलोमनको राजतर्फ कोल्टो फेर्न सुरु गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
त्यसकारण उहाँले सोलोमनलाई संसारकै सबैभन्दा धेरै बुद्धिमान् मानिस बनाउनुभयो
संयोजक शब्द “त्यसकारण”ले कारण-परमेश्वर सोलोमनले उहाँसँग उनलाई बुद्धिमान् बनाइदिन मागेकोमा खुशी हुनुहुन्थ्यो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्वरले उनलाई संसारको सबभन्दा ज्यादा बुद्धिमान् मानिस बनाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
18-02
मन्दिरमा उपस्थित हुनुहुन्थ्यो
अर्थात, “विशेष किसिमले मन्दिरमा उपस्थित हुनुहुन्थ्यो ।” हुन त परमेश्वर त्यहि समयमा सबैठाउँमा उपस्थित हुनुहुन्थ्यो, उहाँले आफैँलाई मन्दिरमा मानिसहरूकहाँ विशेष तरिकाले प्राप्त गराउनुभयो ।
उहाँका मानिसहरूकहाँ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूको माझमा” वा, “उहाँका मानिसहरूका बीचमा ।”
18-03
तर सोलोमनले अरू देशहरूबाटका स्त्रीहरूलाई प्रेम गरे
संयोजक शब्द “तर”ले सोलोमनले परमेश्वरले वास गर्नुहुने मन्दिर निर्माण गर्ने कुरालाई उनले अरू देशहरूबाटका स्त्रीहरूलाई प्रेम गर्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
१,०००
यसलाई अक्षरमा पनि लेख्न सकिन्थ्योः “एक हजार ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
तिनीहरूका देवताहरूलाई तिनीहरूसँग ल्याए
तिनीहरूले तिनीहरूका मूर्तिहरू र तिनीहरूका मूर्तिहरूलाई पूजा गर्ने विधिलाई तिनीहरूसँगै इस्राएलमा ल्याए ।
जब सोलोमन वृद्ध भए
संयोजक शब्द “जब”ले पृष्ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्केत गर्छ कि सोलोमनले विदेशी देवताहरूको पूजा गरेको सुरु सुरुको समयमै बुढा भइसकेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
18-04
यसको कारण
संयोजक शब्दहरू “यसको कारण”ले कारण-सोलोमनले अरू देवताहरूलाई पूजा गरे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्वर उनीसँग रिसाउनुभएको थियो र भन्नुभयो कि उहाँले राज्यलाई विभाजित गर्नुहुने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
18-05
सोलोमन मरे पछि
संयोजक शब्द “पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ जसले सङ्केत गर्छ कि सोलोमन मरे र त्यसपछि रहबाम राजा बने । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
उनलाई तिनीहरूको राजाको रूपमा स्वीकार गर्नु
अर्थात, “उनी राजा भएकोमा तिनीहरू खुशी थिए र उनले भनेको कुरा तिनीहरूले गर्ने थिए भनेर उनलाई भन्न ।”
तिनीहरूको राजा
यसले सामाजिक सम्बन्धलाई जनाउँछ । तिनीहरूको राजा भनेको त्यो मानिस हो जसले तिनीहरू बसेको देशमा शासन गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
18-06
तर रहबामले तिनीहरूलाई धेरै मूर्ख तरिकाले जवाफ दिए
संयोजक शब्द “तर”ले मानिसहरूले बुद्धिमान र अनुग्रहि जवाफ मागेको कुरालाई रहबामले दिएको मूर्ख र खस्रो जवाफसँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
तिनीहरूलाई धेरै मूर्ख तरिकाले जवाफ दिए
रहबामको जवाफ खस्रो थियो, र त्यसले मानिसहरूलाई उनको विरुद्धमा हुने तुल्यायो ।
उनले भने, “तिमीहरू भन्छौ कि मेरो पिता सोलोमनले तिमीहरूलाई कठोर काम गर्न लगाउनुभयो । तर म तिमीहरूलाई उहाँले लगाएको भन्दा ज्यादा कठोर काम गर्न लगाउनेछु, र म तिमीहरूलाई उहाँले लगाएको भन्दा बढि कष्ट भोग्न लगाउनेछु ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उनले भने कि उनका पिताले तिनीहरूलाई कठोर काम गर्न लगाए, तर उनका पिताले भन्दा ज्यादा उनले कठोर काम गर्न लगाउने थिए, र उनका पिताले भन्दा उनले बढि कष्ट भोग्न लगाउने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिमीहरू
यहाँ “तिमीहरू” बहुवचन हो, जसले केवल उपस्थित मानिसहरूलाई मात्र जनाउँदैन, तर देशमा भएका सबै मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-you/01.md]])
18-07
कुलहरू
याकूबको हरेक बाह्र छोराहरूका सन्तानहरू एउटा “कुल” भएको थियो वा इस्राएल देशमा भएको धेरै ठूलो परिवारको समुदाय । इस्राएलमा भएका सबैजना बाह्र कुलहरूमध्ये एउटाको हुन्थ्यो ।
उनको विरुद्धमा विद्रोह गरे
अर्थात, “रहबामलाई तिनीहरूको राजाको रूपमा पछ्याउनलाई इन्कार गरे ।” यो वाक्यलाई यसरी सुरु गर्दा सहायता गर्न सक्छ, “त्यसैले” वा, “त्यसको कारणले” वा, “रहबामले भनेका कुराहरूको कारण ।”
उनीसँगै रहे
अर्थात, “उनीसँग बफादार भएर रहे” वा, “उनलाई राजाको रूपमा समर्थन गर्न जारी राखे ।”
यहूदाको राज्य
यो कब्जा गरेको होइन, तर नामाङ्कन गरेको हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “यहूदा राज्य ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
18-08
इस्राएलको राज्य
यो कब्जा गरेको होइन, तर नामाङ्कन गरेको हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएल राज्य ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
18-09
तर रहबामले परमेश्वरको विरुद्धमा विद्रोह गरे र मानिसहरूलाई पाप गर्न लगाए
संयोजक शब्द “तर”ले दश कुलहरूले रहबामलाई राजा बनाएको कुरालाई, उनले मानिसहरूलाई परमेश्वरको आराधना गर्नलाई डोहोर्याउनको साटोमा उनले तिनीहरूलाई मूर्तिहरूको पूजा गर्न डोहोर्याएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
मानिसहरूलाई पाप गर्न लगाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूलाई पाप गर्न डोहोर्याए” वा, “मानिसहरूलाई पाप गर्न प्रोत्साहित गरे ।” रहबामले मानिसहरूलाई तिनीहरूले पूजा गर्नलाई मूर्तिहरू बनाइदिएर पापमा डोहोर्याए ।
18-10
यहूदा र इस्राएल
यहूदा र इस्राएलका सबै मानिसहरू याकूबका सन्तानहरू र परमेश्वरका मानिसहरूका हिस्सा थिए । त्यसो भएतापनि, तिनीहरूले परमेश्वरको अनाज्ञापालन गरे र एक अर्कासँग लडन्त गरे र एक अर्कालाई मारे ।
18-12
जब तिनीहरूले यसो गरे
संयोजक शब्द “जब”ले एउटा पृष्ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्केत गर्छ कि जुन समयमा इस्राएल राज्यका मानिसहरूले मूर्तिहरूको पूजा गर्न थाले, त्यहि समयमा तिनीहरूले वेश्याहरूसँग सुत्न र मूर्तिहरूलाई बालकहरूको बलि चढाउन पनि थाले । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
18-13
न्यायपूर्वक शासन गरे
यसको अर्थ तिनीहरूले परमेश्वरको व्यवस्था अनुसार शासन गर भन्ने हुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब तिनीहरूले शासन गरे, तिनीहरूले जे ठीक छ सोहि गरे ।”
तर यहूदाका लगभग सबै राजाहरू दुष्ट थिए
संयोजक शब्द “तर”ले थोरै धार्मिक राजाहरू र यहूदाका धेरै दुष्ट राजाहरूको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।