44-01
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
मन्दिरमा
तिनिहरु मन्दिरको भवनमा गएनन् जहाँ पुजहारीहरुलाई मात्र अनुमति थियो। वैकल्पिक अनुवादः "मन्दिरको आगन" वा "मन्दिरको क्षेत्र" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
एउटा लङ्गडो मानिस ढोकामा बसेर, पैसा माग्दै थियो।
यसले कथामा नयाँ पात्रको परीचय दिदँछ। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
एउटा लङ्गडो मानिस
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा कुँजो मानिस ।” यसले एउटा मानिसलाई जनाउँछ जोसँग उसका खुट्टाहरूलाई पूर्ण तरिकाले प्रयोग गर्ने क्षमता थिएन, र त्यसकारण उभिन वा हिँड्न सक्दैनथ्यो ।
44-02
मसगँ जे छ म तिमिलाई दिनेछु
यसले यो बुझाउँछ कि पत्रुसमा मानिसलाई निको पार्ने क्षमता छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
येशूको नाउँमा
“नाउँ”ले यहाँ व्यक्तिको अधिकार र शक्तिलाई जनाउँछ । त्यसकारण, यहाँ यो अभिव्यक्तिको अर्थ हुन्छ, “येशूको अधिकारद्वारा ।”
उठ
अर्थात, “उभि ।”
44-03
तुरुन्तै, परमेश्वरले त्यस लङ्गडो मानिसलाई निको पार्नु भयो
यो जडान शब्द 'तुरुन्तै' ले अनुक्रमिक खन्डलाई परिचित गराउँछ। पत्रुसले बोल्यो र त्यो लङ्गडो मानिस निको भयो। तर लेखकले यो देखाउन चाहान्थ्यो कि त्यहाँ कुनै ढिलाई भएको थिएन-पत्रुसले बोल्न बित्तिकै चंगाई भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
मन्दिरको चोक
केवल पूजाहारीहरू मात्र मन्दिरमा प्रवेश गर्न सक्थे, तर साधारण यहूदीहरू यस क्षेत्रमा चाहिँ आउन पाउँथे, जसले मन्दिरलाई घेरेको थियो ।
44-04
हामिले उसलाई हाम्रो आफ्नै शक्तिले निको पारेला होइनौ
हामि भनिने शब्दले पत्रुस र यूहन्नालाई समावेश गर्दछ, तर पत्रुले बोलि राखेको भिडलाई चाहि होईन। (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclusive/01.md]])
किनकि हामिले येशुमा विश्वास गर्यौ
हामि भनिने शब्दले पत्रुस र यूहन्नालाई समावेश गर्दछ, तर पत्रुले बोलि राखेको भिडलाई चाहि होईन। (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclusive/01.md]])
44-05
जोड्ने कथनः
पत्रुसले भीडलाई प्रचार गरिरहन्छन् ।
परमेश्वरतर्फ फर्क
यहाँ फर्कनु भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभुको आज्ञापालन गर्न थाल” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])
उहाँले तिमीहरूका पापहरू पखाली लैजानुहुनेछ
पापीहरूको लागि परमेश्वरको क्षमा चाहिँ परमेश्वरले तिनीहरूलाई शारीरिक रूपमा धोइरहनुभएको कुरा भए जस्तै गरी पत्रुसले बताउँछन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])
44-06
मानिसहरूको सङ्ख्या
यो सङ्ख्या चाहिँ स्त्रीहरू र बालबालिकाहरूको थपमा थियो जसले विश्वास गरे ।
44-07
तपाईले कुन शक्तिले निको पर्नु भयो
"तपाईलाई निको पार्ने शक्ति कसले धियो"
44-08
निको पार्यो
अर्थात, “सद्दे” वा, “सम्पूर्ण” वा, “बलियो ।”
तर परमेश्वरले उहाँलाई फेरि जिवनमा ल्याउनु भयो
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। येशु क्रुसमा टागिनु भयो त्यसैले तपाईहरु उहाँ मर्नु भएको आशा गर्नु हुन्छ। तर वास्तवमा के भयो भने परमेश्वरले उहाँलाई फेरि जिवनमा ल्याउनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
परमेश्वरले उहाँलाई फेरि जिवनमा ल्याउनु भयो
यहाँ "फेरि जिवनमा ल्याउनु" लाई कोहि जो मरेको थियो फेरि जिवित भएको कुरालाई व्यक्त गर्न वाक्पद्धतिको प्रयोग गरिएको छ। वैकल्पिक अनुवादः "जसलाई परमेश्वरले फेरि जिवित पार्नु भयो।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
इन्कार गर्नुभयो
अर्थात, “उहाँलाई स्वीकार गर्न इन्कार गर्नुभयो” वा, “येशूमा विश्वास गर्न इन्कार गर्नुभयो” वा, “येशू उद्धारकर्ता हुनुहुन्छ भनेर विश्वास गर्न इन्कार गर्नुभयो ।”
तर मुक्ति पाउनलाई अरू कुनै बाटो छैन
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँ छ। ति अगुवाहरुले येशुलाई इन्कर गरे त्यसैले तिपाई आशा गर्नुहुन्छ कि उहाँ कुनै मुल्यवान व्यक्ति हुनुहुन्न्। तर, उहाँ वास्तवमा एक मात्र हुनुहुन्छ जस सगँ मानिसलाई बचाउने शक्ति छ (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
तर येशूको शक्तिबाट बाहेक मुक्ति पाउनलाई अरू कुनै बाटो छैन
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तर मुक्ति पाउने एकमात्र बाटो भनेको येशूको शक्तिबाट हो” वा, “तर येशूले मात्र हामीलाई बचाउन सक्नुहुन्छ, उहाँको शक्तिद्वारा ।”
उद्धार पाउन
यसलाई यसरी पनि अनुवाद गर्म सकिन्छ, “हाम्रा पापहरूबाट उद्धार पाउन” वा, “कि हामीले हाम्रा पापहरूबाट उद्धार पाउनसक्छौँ भनेर ।”
44-09
स्तब्ध थिए
अर्थात, “ज्यादै छक्क परेका थिए” वा, “अचम्मित थिए ।”
सामान्य मानिस जोहरु अशिक्षित थिए
यो "साधारण" र "अशिक्षित" भनेने शब्दहरुले एउटै अर्थ जनाउँछ। यसले जोड दिदछ कि पत्रुस र यूहन्नाले यहुदि नियम अनुसार कुनै पनि आधिकारिक प्रशिक्षण प्राप्त गरेका थिएनन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-doublet/01.md]])
सामान्य
अर्थात, “साधारण” वा, “तल्लो वर्गको ।” पत्रुस र यूहन्ना साधारण माझीहरू थिए ।
जोहरु अशिक्षित थिए
अर्थात, “जसले औपचारिक शिक्षा पाएका थिएनन् ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जो धार्मिक पाठशालामा गएका थिएनन् ।”
तब तिनीहरूले सम्झे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तब तिनीहरूले त्यस तथ्यको बारेमा सोचे कि ।”
येशूसँग रहेका थिए
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूसँग समय बिताएका थिए” वा, “येशूद्वारा सिकाइएका थिए ।”
यो जस्तै थुप्रै कुराहरू गरिसके पछि
अर्थात, “यस्तै समान तरिकाहरूले पत्रुस र यूहन्नालाई धम्काइसके पछि ।”
पत्रुस र यूहन्नालाई जान दिए
अर्थात, “पत्रुस र यूहन्नालाई त्यहाँबाट अन्ततिर लाग्न स्वीकृति दिए ।”
… बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।