नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

07-01

जब केटाहरू हुर्किए, याकूब घरमा बस्‍न रुचाउँथे, तर एसावलाई जनावरहरूको सिकार गर्न मन पर्थ्यो

केटाहरू एक अर्काबाट कसरी फरक थिए भन्‍ने बारेमा यो पृष्‍ठभूमि दिने जानकारी हो, र तिनीहरूका बाबुआमा हरेकले एउटा सन्तानको उपर अर्कोलाई रुचाउँथे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

घरमा बस्‍न रुचाउँथे ... सिकार गर्न रुचाउँथे

केही भाषाहरूले यहाँ “रुचाउँथे”को लागि अर्कै शब्द चलाउनेछन् जुन “रिबेकाले याकूबलाई रुचाउँथिन्”को लागि प्रयोग गरेको भन्दा फरक छ । उदाहरणको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “घरमा बस्‍न मन पराउँथे ... सिकार गर्न मन पराउँथे” वा, “घरमा बस्‍न रोज्थे ... सिकार गर्न रोज्थे ।”

घरमा

यो अभिव्यक्तिले परिवारको बसोबासको वरिपरिको क्षेत्रलाई जनाउँछ । याकूब तिनीहरू बसेको पालहरूको नजिक बस्‍न रोज्थे । केही भाषाहरूमा “घरमा” भन्‍नको लागि विशेष अभिव्यक्ति हुन्छ ।

तर एसाव जनावरहरूको सिकार गर्न मन पराउँथे

संयोजक शब्द “तर”ले एसावको सिकार गर्ने चाहना र याकूबको घरमै बस्‍ने चाहना बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

रिबेकाले याकूबलाई माया गर्थिन्, तर इसहाकले एसावलाई माया गर्थे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रिबेकाले याकूबलाई बढि मन पराउँथिन्, र इसहाकले एसावलाई बढि मन पराउँथे ।” यसले रिबेका र इसहाकले अर्को छोरालाई अवश्‍य माया गर्दैनथे भनेर अर्थ दिँदैन, तर यो कि हरेक अभिभावकको मनपर्दो एउटा थियो ।

तर एसावले याकूबलाई माया गर्थे

संयोजक शब्द “तर”ले इसहाकको एसावको लागि भएको माया र रिबेकाको याकूबको लागि भएको माया बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

07-02

एसावले याकूबलाई भने, “कृपया मलाई तिमीले पकाएको खानाबाट केही देऊ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “एसावले याकूबलाई बिन्ती गरे कि याकूबले कृपा गरेर आफूले पकाएका खानाबाट उनलाई केही देऊन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

मलाई केही खाना देऊ ... तपाईंले सबै दिनुहुनेछ

केही भाषाहरूले यहाँ “देऊ”को लागि दुई फरक शब्दहरू प्रयोग गर्न रोज्‍न सक्छन् । यो अन्तिम दुई वाक्यहरूमा भएको “एसावले दिने प्रतिज्ञा गरे ... याकूबले दिए”मा पनि लागु हुने थियो ।

याकूबले जवाफ दिए, “पहिला प्रतिज्ञा गर्नुहोस कि तपाईंले पहिले जन्मिनुभएको हैसियतले जे-जति प्राप्त गर्नुपर्छ, ती सबैथोक तपाईंले मलाई दिनुहुनेछ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “याकूबले एसावलाई पहिला प्रतिज्ञा गर्न भने कि एसावले उनी पहिला जन्मेको हैसियतले जे-जति प्राप्त गर्नेथिए, उनले ती सबै याकूबलाई दिने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तपाईं पहिले जन्मनुभएको हैसियतले तपाईंले प्राप्त गर्नुपर्ने सबैथोक

तिनीहरूको चलन अनुसार, जब तिनीहरूका बाबु मर्थे, एसाव सबैभन्दा जेठा छोरा भएका हुनाले, तिनीहरूका बाबुको सम्पत्तिको दुई गुणा बढि पाउने व्यक्ति उनी हुनुपर्ने थियो । याकूबले सबैभन्दा जेठा छोरा एसावबाट यी हकहरू लिने एउटा उपाय सोचे ।

07-03

उनको आशिष् दिन

बाबुहरूले तिनीहरूका सन्तानहरूलाई राम्रो होस् भनी तिनीहरूको चाहनालाई औपचारिक ढङ्गले व्यक्त गर्नु चलनचल्तीको कुरा थियो । सामान्यतया जेठा छोराले सर्वोत्कृष्‍ट प्रतिज्ञा पाउँथ्यो । इसहाकले यो अतिरिक्त समृद्धि एसावलाई भएको चाहे ।

तर उनले त्यसो गर्न अघि

संयोजक शब्द “तर”ले यहाँ इसहाकको एसावलाई आशिष् दिने चाहना र उनलाई त्यसो गर्न रोक्‍न रिबेका र याकूबको हस्तक्षेप गर्ने चालको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनलाई छले

“छल्नु” शब्दले कसैलाई जानाजान झुक्क्याउन केही गर्नु भन्‍ने अर्थ दिन्छ । एसावको साटोमा याकूबलाई आशिष् दिन लगाउन इसहाकलाई छल्नलाई रिबेकाले एउटा योजना रचिन् ।

ढोङ्ग गर्नु

“ढोङ्ग गर्नु” शब्दले याकूबले कसरी तिनको बाबुलाई (जसको दृष्‍टि उनको वृद्धावस्थामा धेरै खराब थियो) छल्ने थिए भनेर देखाउँछ ।

त्यसैले याकूबले एसावका लुगाहरू लगाए र उनको घाँटि र हातहरूमा बाख्राको छाला राखे ।

संयोजक शब्द “त्यसैले”ले यहाँ, याकूबले इसहाकलाई छल्न एसावका लुगाहरू र बाख्राको छाला लगाए भन्‍ने परिणामलाई, इसहाक बुढा र अन्धा थिए भन्‍ने कारणसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

एसावका लुगाहरू

यसले एसावले लगाउने कपडाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

बाख्राको छाला

बाख्राको छालामा रौँ नै रौँ हुने भएकाले त्यसले छाम्दा खेरी याकूबलाई एसाव जस्तै महसुस गराउने थियो ।

07-04

याकूब इसहाक कहाँ आए

केही भाषाहरूमा यसो भन्‍नु बढि स्वभाविक हुन सक्छ, “याकूब इसहाक कहाँ गए ।”

जब इसहाकले बाख्राको रौँ छामे र लुगाहरूको गन्ध सुघेँ, उनले सोचे कि त्यो एसाव थियो र तिनीलाई आशिष् दिए ।

यो क्रमिक वाक्यांश हो । “जब” शब्दले याकूबलाई छाम्‍ने र सुँघ्‍ने कुरालाई जोड्छ जसको परिणाम स्वरूप भएको कार्य-उनले ठाने कि तिनी एसाव थिए र तिनीलाई आशिष् दिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले ठाने कि त्यो एसाव थियो

उनले ठाने कि उनले छामिरहेको र सुँघिरहेको व्यक्ति एसाव थियो ।

07-05

किनकि याकूबले उनको जेठो छोराको हैसियतमा भएका हकहरू र उनका आशिष्‌हरू पनि चोरेका थिए

संयोजक शब्द “किनकि”ले, याकूबले एसावका हक र आशिष्‌हरू चोरे भन्‍ने कारणलाई, एसावले याकूबलाई घृणा गरे भन्‍ने परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनका हकहरू

यसले अतिरिक्त आशिष् र उत्तराधिकारलाई जनाउँछ जुन एसावको थियो किनकि उनी पहिलो जन्मेका छोरा थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

जेठो छोराको हैसियतमा हुनुपर्ने हकहरू

याकूबले तिनीहरूका बाबुको सम्पत्तिको बढि ठूलो भाग पाउने एउटा बाटो भेट्टाए, जुन सम्पत्ति जेठो छोरोको हैसियतले एसावलाई जानुपर्ने थियो । ०७:०२मा भएको टिप्पणीलाई पनि हेर्नुहोस् ।

उनको आशिष्

याकूबले तिनीहरूका बाबुलाई अतिरिक्त समृद्धिको प्रतिज्ञाको आशिष् उनलाई दिन लाउनलाई पनि छले जुन आशिष् इसहाकले याकूबलाई दिन चाहेका थिए । ०७:०३मा भएको टिप्पणीलाई पनि हेर्नुहोस् ।

त्यसैले उनले याकूबलाई मार्ने योजना गरे

संयोजक शब्द “त्यसैले”ले एसावले याकूबलाई मार्ने योजना गरे भन्‍ने परिणामलाई, एसावले याकूबलाई घृणा गरे भन्‍ने कारणसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

07-06

तर रिबेकाले एसावको योजनाको बारेमा सुनिन्

संयोजक शब्द “तर”लाई विपरीत सम्बन्धमा प्रयोग गरिएको छ । यसले एसावको याकूबलाई मार्ने योजना र रिबेकाले त्यस बारेमा सुनेर एउटा फरक योजना रचेको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

एसावको योजना

यसले एसावले गर्नलाई अठोट गरेका योजनालाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]]) एसावको योजना उनको बाबु मरेपछि याकूबलाई मार्ने थियो ।

त्यसैले तिनी र इसहाकले याकूबलाई टाढा पठाए

संयोजक शब्द “त्यसैले”ले रिबेका र इसहाकले याकूबलाई टाढा पठाए भन्‍ने परिणामलाई, याकूबलाई मार्ने एसावको योजनाको बारेमा रिबेकाले सुनेको कारणसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिनी र इसहाकले याकूबलाई टाढा पठाए

रिबेकाले याकूबलाई एसावबाट जोगाउन चाहिन् त्यसैले तिनले याकूबलाई अन्त पठाउने बारेमा इसहाकसँग कुरा गरिन् ।

टाढा गएर तिनको नातेदारहरूसँग बस्‍न

यो त्यहि ठाउँ हो जहाँ तिनी बसिरहेकी थिइन् जब अब्राहामको सेवकले तिनीलाई इसहाकको पत्‍नी हुनको लागि भेट्टाए । यसलाई प्रस्ट बनाउनको लागि, तपाईंले थप्‍न सक्‍नुहुन्थ्यो, “त्यहि देशमा जहाँ तिनी बस्‍ने गर्थिन् ।” त्यो देश सयौँ कोस दुर पू्र्वतिर पर्थ्यो ।

तिनका नातेदारहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका नातेदारहरू ।” किनकि अब्राहामको भाइ रिबेकाको हजुरबुबा थिए, तिनका नातेदारहरू इसहाकको पनि नातेदारहरू थिए ।

07-07

रिबेकाका नातेदारहरू

यसले सामाजिक सम्बन्धलाई जनाउँछ । यी मानिसहरू रिबेकाको वृहत परिवारको एक भागको रूपमा तिनीसँग सम्बन्धित थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

यस समयावधिमा उनले विवाह गरे र बाह्र छोराहरू र एक छोरी जन्माए । परमेश्‍वरले उनलाई धेरै धनी बनाउनुभयो ।

यो याकूब टाढा भएको बेलामा के भयो भन्‍ने बारेमा पृष्‍ठभूमि बताउने जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

धेरै धनी

यसले पैसा, पशुहरूको ठूला बथानहरू र अन्य सम्पत्तिहरूलाई समेट्छ ।

07-08

बीस बर्षपछि

याकूब त्यस देशमा बीस वर्ष बसिसकेका थिए जहाँबाट उनकी आमा आएकी थिइन् । यदि त्यो प्रस्ट थिएन भने तपाईं भन्‍न सक्नुहुन्थ्यो, “बीस वर्ष त्यस देशमा बसेपछि जहाँ उनका नातेदारहरू थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनको परिवार

यसले सामाजिक सम्बन्धलाई जनाउँछ- ती मानिसहरू जो उनका परिवार थिए, जो तिनीसँग जन्म वा विवाहद्वारा सम्बन्धित थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

उनका सबै पशुहरूका बथानहरू

यसले स्वामित्वलाई जनाउँछ-सबै पशुहरूका बथानहरू वा झुण्डहरू जो उनका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

बथानहरू

“बथान” भनेको पशुहरूको ठूलो झुण्ड हो । तपाईंको भाषामा उस्तै अर्थ दिने शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

07-09

बथानहरू

“बथान” भनेको पशुहरूको एउटा ठूलो झुण्ड हो जो सँगै बस्छन् । ०७:०८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

तपाईंको सेवक, याकूब

याकूब वास्तवमै एसावका सेवक थिएनन् । तर याकूबले उनका सेवकहरूलाई यसो भन्‍न अह्राएका थिए किनकि उनी एसावलाई देखाउन चाहन्थे कि उनी तिनीकहाँ नम्रतापूर्वक र आदरपूर्ण ढङ्गले आइरहेका थिए, ताकि एसाव तिनीसँग अझै रिसाइ नरहून् ।

07-10

तर एसावले अझै पनि याकूबलाई हानी गर्न चाहँदैनथे

संयोजक शब्द “तर”ले यहाँ एसावको याकूबलाई मार्ने चाहनाप्रति याकूबको डर र एसावको याकूबलाई मार्ने अब कुनै चाहना नहुनुको बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

बरु, उनी तिनलाई फेरि देख्‍न पाउँदा धेरै खुशी थिए

संयोजक शब्द “बरु”ले एसावको याकूबलाई मार्ने चाहनाप्रति याकूबको डर र एसाव याकूबलाई देख्‍न पाउँदा खुशी हुनुको बीचको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

शान्तिपूर्वक बसे

यसले एसाव र याकूब एक अर्कासँग रिसाएका थिएनन् र एक अर्कासँग लडेनन् भन्‍ने कुराको तथ्यलाई जनाउँछ ।

त्यसपछि इसहाक मरे

संयोजक शब्द “त्यसपछि”ले घटनाहरूको समयक्रमलाई जोड्छ, याकूब कनानमा फर्केर त्यहाँ बस्‍न थालेपछि इसहाकको मृत्यु भयो र याकूब र एसावले तिनलाई सँगै गाडे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिनलाई गाडे

यसको अर्थ तिनीहरूले जमिनमा एउटा खाल्डो खने, र इसहाकको शरीरलाई त्यहाँ राखे, र खाल्डोलाई माटो वा ढुङ्‍गाहरूले पुरे भन्‍ने हुन सक्छ । वा यसको अर्थ तिनीहरूले इसहाकको शरीरलाई कुनै चिहानमा राखे र प्रवेशलाई ढाकिदिए भन्‍ने हुन सक्छ ।

करारका प्रतिज्ञाहरू

यी ती प्रतिज्ञाहरू थिए जुन परमेश्‍वरले अब्राहामसँगको उहाँको करारमा बनाउनुभएको थियो ।

इसहाकबाट याकूबमा सर्‍यो

प्रतिज्ञाहरू अब्राहामबाट उनको छोरा इसहाकमा सर्‍यो, र अब इसहाकको छोरा याकूबमा सर्‍यो । एसावले प्रतिज्ञाहरू पाएनन् । ०६:०४लाई पनि हेर्नुहोस् ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।