25-01
येशूको बप्तिस्मा भएको तुरुन्तै पछि
यो नयाँ घटना हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
पवित्र आत्माले उहाँलाई डोहोर्याउनुभयो
अर्थात, “पवित्र आत्माले उहाँलाई अगुवाई गर्नुभयो” वा, “पवित्र आत्माले उहाँलाई जानलाई उक्साउनुभयो ।”
उजाडस्थान
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मरुभूमि” वा, “थोरै मानिसहरू भएको एउटा दुर्गम, बाँझो स्थान ।” यो ठाउँमा शायद निकै कम रूखहरू बा अरू बोटहरू थिए, त्यसैले प्राय मानिसहरू यहाँ बस्न सक्ने थिएनन् ।
चालीस दिन र चालीस रात
यसको अर्थ हुन्छ, “चालीस दिन, दुवै दिनको अवधिमा र रातको अवधिमा ।” यो कुरा पक्का गर्नुहोस् कि यो पदावलीको अनुवादले जम्मा असी दिनको अवधि भनेर सुनाएको जस्तो नहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
उहाँलाई पाप गर्न लगाउनलाई परीक्षा गर्यो
किनकि येशूले पाप गर्नुभएन, तपाईंले यस्तो शब्द प्रयोग गर्नलाई पक्का गर्नुहोस् कि जसले शैतानले येशूलाई पाप गर्नको लागि मनाउनलाई सफल भयो भनेर अर्थ नदिओस् । यो पदावलीलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई पाप गर्नको लागि मनाउनलाई कोसिस गर्यो ।”
25-02
शेतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटीमा बदल्नुहोस् ताकि तपाईंले खान सक्नुभएको होस् !”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “शैतानले येशूलाई भन्यो कि यदि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भने, उहाँले ती ढुङ्गाहरूलाई रोटीमा बदल्नुपर्छ ताकि उहाँले ती खान सक्नुभएको होस् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने
शैतान जान्दथ्यो कि येशू वास्तवमै परमेश्वरका पुत्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
परमेश्वरको पुत्र
यो येशूको लागि महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
यी ढुङ्गाहरूलाई रोटीमा बदल्नुहोस्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यी ढुङ्गाहरूलाई रोटी बन्ने बनाउनुहोस्” वा, “यी ढुङ्गाहरूलाई अलौकिक ढङ्गले रोटीमा बदल्नुहोस् ।”
रोटी
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, ती भाषाहरूमा “खानेकुरा” भन्न सकिन्छ जहाँ रोटी सामान्य रूपमा खाइरहिने खानेकुरा होइन । यहूदीहरूको संस्कारमा, रोटी मुख्य खानेकुरा थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-synecdoche/01.md]])
25-03
तर येशूले शैतानलाई भन्नुभयो, “यसो लेखिएको छ”
येशूले शैतानले भनेको कुरा गर्नलाई इन्कार गर्नुभयो । यसलाई प्रस्ट हुने गरेर अनुवाद गर्न सकिन्छः “तर येशूले शैतानलाई भन्नुभयो, ‘हुँदैन, म त्यसो गर्ने छैन किनकि यसो लेखिएको छ ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
येशूले शैतानलाई भन्नुभयो, “परमेश्वरको वचनमा यसो लेखिएको छ, ‘मानिसहरूलाई बाँच्नको लागि केवल रोटी मात्र आवश्यक छैन, तर परमेश्वरले तिनीहरूलाई भन्नुभएका सबै कुराहरू तिनीहरूलाई आवश्यक छन् !’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले शैतानलाई भन्नुभयो कि परमेश्वरको वचनमा यसो लेखिएको छ, ‘मानिसहरूलाई बाँच्नको लागि केवल रोटी मात्र आवश्यक छैन, तर परमेश्वरले तिनीहरूलाई भन्नुभएका सबै कुराहरू तिनीहरूलाई आवश्यक छन् !’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
‘मानिसहरूलाई बाँच्नको लागि केवल रोटी मात्र आवश्यक छैन, तर परमेश्वरले तिनीहरूलाई भन्नुभएका सबै कुराहरू तिनीहरूलाई आवश्यक छन् !’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “परमेश्वरको वचनमा लेखिएको छ कि मानिसहरूलाई बाँच्नको लागि केवल रोटी मात्र आवश्यक छैन, तर परमेश्वरले तिनीहरूलाई भन्नुभएका सबै कुराहरू तिनीहरूलाई आवश्यक छन् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
रोटी
रोटीको अनुवाद गर्न तपाईंले त्यहि शब्द प्रयोग गर्न पक्का गर्नुहोस् जसरी तपाईंले २५:०२ मा गर्नुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-synecdoche/01.md]])
तर परमेश्वरले तिनीहरूलाई भन्नुभएका सबै कुराहरू तिनीहरूलाई आवश्यक छन् !
यसलाई अनुवाद गर्ने तरिका यसो हुन सक्थ्यो, “बरु, मानिसहरूले परमेश्वरले भन्नुभएका सबै कुराहरू सुन्न र मान्न जरुरी छ” वा, “बरु, परमेश्वरले भन्नुभएका कुराहरू विश्वास गरेर र मानेर मानिसहरूसँग साँचो जीवन हुन्छ ।”
25-04
त्यसले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने ... ताकि तपाईंको खुट्टा ढुङ्गामा नबजारियोस् ।’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “त्यसले उहाँलाई भन्यो कि यदि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भने, उहाँले तल भुइँतिर हामफाल्नु पर्छ, किनभने यसो लेखिएको छ, ‘परमेश्वरले तपाईंलाई बोक्नलाई उहाँका स्वर्गदूतहरूलाई खटाउनुहुनेछ ताकि तपाईंको खुट्टा ढुङ्गामा नबजारियोस् ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने
शैतान जान्दथ्यो कि येशू वास्तवमै परमेश्वरका पुत्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
परमेश्वरको पुत्र
यो येशूको लागि महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
तल भुइँतिर हामफाल्नुहोस्
अर्थात, “यो भवनबाट तल भुइँतिर हामफाल्नुहोस् ।”
यसो लेखिएको छ
यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छः “एकजना परमेश्वरका अगमवक्ताले लामो समय अगाडि लेखे” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
‘परमेश्वरले तपाईंलाई बोक्नलाई उहाँका स्वर्गदूतहरूलाई खटाउनुहुनेछ ताकि तपाईंको खुट्टा ढुङ्गामा नबजारियोस् ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “ ... किनकि यसो लेखिएको छ कि परमेश्वरले तपाईंलाई बोक्नलाई उहाँका स्वर्गदूतहरूलाई खटाउनुहुनेछ ताकि तपाईंको खुट्टा ढुङ्गामा नबजारियोस् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
ताकि तपाईंको खुट्टा ढुङ्गामा नबजारियोस्
यसको अर्थ हुन्छ, “ताकि तपाईंलाई चोटपटकै नलागोस्; तपाईंको खुट्टालाई धरी ढुङ्गामा लागेर चोट लाग्नेछैन ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ताकि तपाईंको खुट्टा धरी ढुङ्गामा बजारिनेछैन; तपाईंलाई चोटपटकै लाग्नेछैन ।”
25-05
उहाँले भन्नुभयो, “परमेश्वरले सबैलाई भन्नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्वरको परीक्षा नगर् ।’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उहाँले भन्नुभयो कि परमेश्वरले सबैलाई भन्नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्वरको परीक्षा नगर् ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
“परमेश्वरले सबैलाई भन्नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्वरको परीक्षा नगर् ।’”
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्थ्योः “परमेश्वरले सबैलाई परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्न भन्नुहुन्छ ।”
‘परमप्रभु तेरा परमेश्वरको परीक्षा नगर् ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “ ... सबैलाई परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्न भन्नुहुन्छ ।” वा “ ... भन्नुहुन्छ कि कसैले पनि परमप्रभु आफ्ना परमेश्वरको परीक्षा गर्नु हुँदैन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
परमप्रभु तेरा परमेश्वरको परीक्षा नगर्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमप्रभु तेरा परमेश्वरले आफैँलाई तेरो अगाडि प्रमाणित गर्नुपर्ने नबना” वा, “तैँले परमेश्वरको आज्ञापालन नगर्दा पनि उहाँलाई तेरो हेरविचार गर्नलाई चुनौति नदे ।”
परमप्रभु तेरा परमेश्वर
अर्थात, “यहवे, तेरा परमेश्वर” वा, “यहवे, जो परमेश्वर हुनुहुन्छ र जसको तँमाथि अधिकार छ ।”
25-06
त्यसले येशूलाई भन्यो, “यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने म तपाईंलाई यो सबै दिनेछु ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “त्यसले येशूलाई भन्यो कि यदि उहाँले त्यसलाई दण्डवत् गर्नुभयो र त्यसको आराधना गर्नुभयो भने त्यसले उहाँलाई त्यो सबै थोक दिने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
संसारका राज्यहरू
यसले भएका सबै महान् सहरहरू, देशहरू, र संसारका अन्य क्षेत्रहरूलाई जनाउँछ ।
म तपाईंलाई यो सबै दिनेछु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तपाईंलाई सारा धनहरू र यी राज्यहरूका शक्ति दिनेछु” वा, “म तपाईंलाई यी सबै देशहरू, सहरहरू र मानिसहरूमाथि शासक बनाउनेछु ।”
म तपाईंलाई दिनेछु
यो बताउन सकिन्छ कि शैतानसँग वास्तवमै यस्तो अधिकार थियोः “मसँग तपाईंलाई दिने अधिकार छ” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
दण्डवत् गर्न
यसको अर्थ येशूले शैतानको सेवा र आराधना गर्नुपर्ने भन्ने हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
25-07
येशूले जवाफ दिनुभयो, “मबाट दूर हट्, शैतान ! ... उहाँलाई मात्र परमेश्वर भनेर सम्मान गर् ।’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले शैतानलाई उहाँबाट दूर हट्नलाई भन्नुभयो ! परमेश्वरको वचनमा उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ, ‘परमप्रभु तेरा परमेश्वरलाई मात्र उपासना गर् । उहाँलाई मात्र परमेश्वर भनेर सम्मान गर् ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
येशूले जवाफ दिनुभयो, “मबाट दूर हट्, ... ।’”
येशूले शैतानले भनेको कुरा गर्न मान्नुभएन । यसलाई प्रस्टसँग बताउन सकिन्छः “तर येशूले शैतानलाई भन्नुभयो, ‘हुँदैन, म त्यसो गर्नेछैन । मबाट दूर हट्, ... ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
मबाट दूर हट्
यो खटनलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मलाई छोड्” वा, “मलाई एक्लै छोड् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])
‘परमप्रभु तेरा परमेश्वरलाई मात्र उपासना गर् । उहाँलाई मात्र परमेश्वर भनेर सम्मान गर् ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “ ... परमप्रभु तिनीहरूका परमेश्वरलाई मात्र उपासना गर्न र उहाँलाई मात्र परमेश्वर भनेर सम्मान गर्न उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
परमप्रभु तेरा परमेश्वर
यो पदावलीलाई त्यसरी नै अनुवाद गर्नुहोस् जसरी तपाईंले २५:०५ गर्नुभएको थियो ।
25-08
उहाँ त्यसको कुरामा लाग्नुभएन
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शैतानले उहाँलाई गर्नलाई परीक्षामा पारिरहेको कुराहरू गर्नुभएन ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।