नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

35-01

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

कर उठाउनेहरू

कर उठाउनेहरूलाई सबैभन्दा नराम्रो पापी ठानिन्थ्यो किनभने तिनीहरूले धेरैपटक सरकारले मागे भन्दा बढि कर उठाएर मानिसहरूबाट पैसा चोर्थे ।

35-02

कथा

येशूले यो कथालाई परमेश्‍वरको राज्यको बारेमा सत्यताहरू सिकाउनलाई प्रयोग गर्नुभयो । यी घटनाहरू वास्तवमै भए कि भएनन् भनेर स्‍पष्‍ट छैन । यदि तपाईंको भाषामा कुनै त्यस्तो शब्द छ जसले दुवै काल्पनिक र वास्तविक कथाहरूलाई समेट्छ भने, त्यसलाई तपाईंले यहाँ प्रयोग गर्नुपर्छ ।

35-03

सामान्य जानकारी

येशूले कथा भन्‍नुहुन्छ ।

मेरो उत्तराधिकार

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंको सम्पत्तिको हिस्सा जुन तपाईं मर्नुभए पछि हकपूर्ण रूपले मेरो हुनेछ ।”

सम्पत्ति

अर्थात, “धन” वा, “जायजत्थाहरू ।” यो सम्पत्तिले शायद जमिन, पशुहरू, र पैसालाई समेटेको थियो ।

35-04

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

उसको पैसा बेकाममा खर्च गर्‍यो

अर्थात, “उसको सबै पैसा केही मूल्यको थोक फिर्तामा नलिकनै खर्च गर्‍यो ।” केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “उसको पैसा फालेर सिद्ध्यायो” वा, “उसको सबै पैसा खायो ।”

पापपूर्ण जीवन

अर्थात, “पापपूर्ण कुराहरू गर्दै ।”

35-05

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा घोर अनिकाल पर्‍यो

अर्थात, “त्यहाँ एकदम कम खानेकुरा थियो ।” केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “त्यहाँ ठूलो अनिकाल परेको थियो ।”

खानेकुरा किन्‍नलाई केही पैसा थिएन

अनिकालको कारणले, खानेकुरा धेरै महँगो भएको थियो, र उसले उसको सबै पैसा अघि नै खर्च गरिसकेको थियो ।

काम

यसले उसले अरू कसैको लागि पैसाको लागि गरिदिने कामलाई जनाउँछ । यदि यो स्पष्‍ट छैन भने, यो वाक्यलाई यसबाट सुरु गर्न सकिन्थ्यो, “यसैले केही पैसा कमाउनलाई, उसले भएको एउटै मात्र कामलाई लियो ।”

सुँगुरहरूलाई चारो खुवाउने

अर्थात, “सुँगुरहरूलाई खानेकुरा दिने ।” त्यो समयमा यो काम भनेको समाजमा भएको सबैभन्दा तुच्छ कामहरूमध्ये एक ठानिएको हुन सक्थ्यो । यदि तपाईंको भाषामा तल्लो स्तरको कामलाई जनाउने कुनै खास शब्द छ भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् ।

35-06

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

म के गर्दै छु ?

अर्थात, “म किन यसरी जिइरहेको छु ?” वा, “म यसरी जिउनु हुँदैन !” वा, “म यसरी जिउनेले कुनै समझदारी देखाउँदैन ।” त्यो छोराले वास्तवमै एउटा प्रश्‍न सोधिरहेको छैन, त्यसैले केही भाषाहरूले यसलाई कथनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ ।

35-07

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

अझ टाढै हुँदा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उसको बाबुको घरबाट देखिने ठाउँ यतै, तर अझै पनि टाढैमा ।” छोरा उसको बाबुको घर नजिक गइरहेको थियो तर अझै टन्‍नै टाढा थियो कि घरमा भएका प्राय मानिसहरूले उसलाई नदेखेका हुन सक्छन् । यो कुरा पक्‍का गर्नुहोस् कि ऊ अझै पनि छुट्टै देशमा थियो भनेर सुनाएको जस्तो नहोस् ।

दया लाग्यो

अर्थात, “गहिरो माया र कृपा महसुस गरे ।”

35-08

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

परमेश्‍वरको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेँ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको विरुद्धमा पाप गरेँ, र मैले तपाईंको विरुद्धमा पनि पाप गरेको छु ।”

म योग्यको छैन

यसो भन्‍न पनि सम्भव छ, “त्यसैले म योग्यको छैन” वा, “फलस्वरूप, म योग्यको छैन ।”

35-09

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

सबैभन्दा पुस्टाएको पशु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सबैभन्दा मोटो पशु ।” यो पुस्टाएर राखिएको पशु थियो ताकि जब यसलाई पकाइन्थ्यो त्यो सबैभन्दा स्वादिष्‍ठ हुन्थ्यो ।

मेरो छोरो जो मरेको थियो, तर अब जीवित भएको छ !

अर्थात, “यो चाहिँ मेरो छोरा मरेको र अहिले फेरि जीवित भएको जस्तो हो !” वा, “मेरो छोरो मरेको झैँ गरेर शोक मनाएँ, तर अब म रमाउँछु किनभने यो ऊ फेरि जीवनमा फर्केर आएको जस्तो हो !” बाबुले उनको छोरा घर आएकोमा उनी कति खुशी छन् भनेर देखाउन यो अभिव्यक्ति प्रयोग गरिरहेका छन् ।

35-10

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

धेरै लामो समय नबित्दै

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “चाँडै” वा, “थोरै समय पश्‍चात ।”

35-11

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

35-12

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा सानो बाख्रा

एउटा सानो बाख्राले पुस्टाएर राखेको पशुभन्दा कम मानिसहरूलाई खुवाउन पुगेको हुनुपर्छ, र उस्तो धेरै मान्यताको ठानिँदैन । जेठो दाइले उसको बाबुलाई गुनासो गरिरहेको थियो कि उनले उसलाई भन्दा पापी कान्छो छोरालाई बढि असल व्यवहार गरिरहेका थिए ।

यो तपाईंको छोरा

यो अभिव्यक्तिले जनाउँछ कि जेठो छोरा रिसाएको थियो । यसले उसले आफूभन्दा कान्छा भाइलाई गरेको इन्कार र उनको बाबुले त्यो घर छोडेर हिँडेको छोरालाई फर्कँदा स्वागत गरेको कुराप्रति भएको अस्वीकृतिलाई देखाउँछ । अरू भाषाहरूको पनि यी कुराहरूलाई सञ्‍चार गर्ने अप्रत्यक्ष तरिका हुन सक्छ ।

तपाईंको पैसा बेकाममा खर्च गर्‍यो

अर्थात, “तपाईंले उसलाई दिनुभएको पैसा उडायो” वा, “तपाईंको सम्पत्ति नाश पार्‍यो ।” यदि सम्भव छ भने, दाजुको रीसलाई देखाउने अभिव्यक्तिको प्रयोग गर्नुहोस् ।

सबैभन्दा पुस्टाएको पशुलाई मार्नुभयो

अर्थात, “भोजमा खानलाई सबैभन्दा पुस्टाएको पशुलाई मार्नुभयो ।”

35-13

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

यो हाम्रो लागि उचित छ

अर्थात, “यो हामीले गर्नको लागि ठीक छ” वा, “यो हाम्रो लागि सहि छ ।”

तिम्रो भाइ

जेठो छोरालाई कान्छो छोरासँगको उसको सम्बन्धको र उसले कसरी कान्छो भाइलाई प्रेम गर्नुपर्छ भनेर सम्झना गराउनलाई बाबुले उनको कान्छो छोरालाई “तिम्रो भाइ” भनेर सम्बोधन गर्छन् ।

मरेको थियो, तर अब जीवित छ

यसलाई तपाईंले ३५:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

ऊ हराएको थियो

यसलाई तपाईंले ३५:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।