नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

13-01

परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्रद्वारा डोहोर्‍याउनु भएपछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

यो त्यहि पर्वत थियो जहाँ मोशाले बलिरहेको झाडी देखेका थिए

यो त्यस पर्वतको बारेमा पृष्‍ठभूमि जानकारी हो जसतिर इस्राएलीहरूले यात्रा गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

बलिरहेको झाडी

मोशा मिश्रमा फर्कन अगाडि, परमेश्‍वरले उनीसँग एउटा बोटबाट कुरा गर्नुभएको थियो जसमा आगो लागेको थियो, तर त्यो आगोले भस्म भएको थिएन । हेर्नुहोस् ०९:१२

तिनीहरूका पालहरू टाँगे

इस्राएलीहरूले मिश्र देखि प्रतिज्ञाको भूमिसम्म लामो दूरी यात्रा गर्नुपर्थ्यो । त्यसैले तिनीहरूले आफूहरूसँग पालहरू लगे ताकि बाटोमा जाँदैगर्दा तिनीहरूले त्यसलाई वासको रूपमा बनाउन सकून् र तिनमा सुत्‍न सकून् । केही भाषाहरूले यसलाई यसरी अनुवाद गर्न सक्छन्, “तिनीहरूका पालहरू झुण्डाए ।”

पर्वतको बेँसी

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पर्वतको फेदी ।” यसले जमिनको त्यस भूभागलाई जनाउँछ जुन त्यस ठाउँको छेउमा छ जहाँबाट जमिन पर्वतको बनोट लिनको लागि मास्तिर उकालो लाग्‍न सुरु गर्छ ।

13-02

तिमीहरूले सधैँ मेरो आज्ञापालन गर्नुपर्छ र मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राख्‍नुपर्छ ।

यो परमेश्‍वरबाट सारा इस्राएलीहरूलाई आएको प्रत्यक्ष आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राख्‍नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो करारले तिमीहरूले जे गरेको खोज्छ, सो गर्नु ।” आज्ञापालन गर्नु र करारलाई कायम राख्नु दुई फरक कुराहरू होइनन् । यसलाई प्रस्ट पार्ने एउटा तरिका यसो हुन सक्छ, “मैले तिमीहरूसँग बनाइरहेको करारलाई कायम राखेर मेरो आज्ञापालन गर ।” परमेश्‍वेरले उहाँको करारले के खोज्छ त्यो चाँडै बताउनुहुनेछ ।

यदि तिमीहरूले यसो गर्‍यौ भने

संयोजक शब्द “यदि”ले शर्तसहितको कथनलाई परिचय गराउँछ । आशिष्‌हरू इस्राएलीहरूले परमेश्‍वरले दिनुभएका आज्ञाहरू मान्‍नेमा भर पर्छन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

मेरो पुरस्कार समानको सम्पत्ति

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीहरू मैले सबैभन्दा धेरै महत्त्व दिने मेरा सम्पत्ति हुनेछौ” वा, “तिमीहरू मैले मानिसहरूको अन्य कुनै जातिभन्दा ज्यादा बहुमूल्य ठान्‍ने मानिसहरू हुनेछौ” वा, “तिमीहरू मेरा आफ्नै मूल्यवान मानिसहरू हुनेछौ ।”

एउटा पूजाहारीहरूको राज्य

परमेश्‍वरले उहाँका मानिसहरू पूजाहारीहरू भए झैँ गरी कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूको राज्य जो पूजाहारीहरू झैँ छन्” वा “ती मानिसहरूको राज्य जसले पूजाहारीहरूले गर्ने काम गर्छन्” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])

एउटा पूजाहारीहरूको राज्य, र एउटा पवित्र जाति

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तिमीहरूको राजा हुनेछु र तिमीहरू पूजाहारीहरू झैँ हुनेछौ ।” इस्राएलीहरूले अरू जातिहरूलाई परमेश्‍वरको बारेमा सिकाउन पर्थ्यो र परमेश्‍वर र जातिहरूको बीचमा मध्यस्थकर्ता हुन पर्थ्यो जसरी इस्राएल जातिमा परमेश्‍वर र इस्राएलीहरूको बीचमा जानलाई पूजाहारीहरू थिए ।

13-03

तीन दिनसम्म

अरू शब्दहरूमा भन्‍नुपर्दा, सीनै पर्वतमा तिनीहरू आइपुगेका तीन दिन पछि परमेश्‍वर तिनीहरूसँग पहिलो चोटि बोल्नुभयो ।

तिनीहरूले आफैँलाई परमेश्‍वर तिनीहरूको नजिक आउनहुनको लागि तयार बनाए

यसले परमेश्‍वरलाई भेट्न गर्ने तयारीको लागि गरिने रीतिपूर्वक शुद्धिकरणलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरसँग भेट गर्न तयार भए” वा, “परमेश्‍वरसँग भेट गर्न आफैँलाई तयार पारे ।”

चर्को तुरहीको आवाजहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “सीङहरूबाट ठूला आवाजहरू आए” वा, “सीङहरू फुकिए र तिनले ठूलो आवाज निकाले” वा, “तिनीहरूले सीङहरू फुकेको चर्का आवाजहरू सुने ।” तुरहीहरू भेडाका सीङहरूबाट बनाइन्थे । तिनीहरू त्यो दिन मानिसहरूलाई पर्वतमा भेला हुन र परमेश्‍वरसँग भेट गर्न बोलाउनको लागि प्रयोग भएका थिए ।

मोशा एक्लै गए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले मोशालाई माथि जान अनुमति दिनुभयो, तर उहाँले अरू कसैलाई जान अनुमति दिनुभएन ।”

13-04

त्यसपछि परमेश्‍वरले मानिसहरूसँग एउटा करार बनाउनुभयो

अब परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो करारको सामग्री हो, अर्थात, उहाँले मानिसहरूलाई तिनीहरूले पालना गर्नै पर्ने कुराहरू बताउनुहुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसपछि परमेश्‍वरले तिनीहरूसँग यो करार बनाउनुभयोः”

यहवे, तिमीहरूको परमेश्‍वर

केही भाषाहरूमा क्रमलाई परिवर्तन गरेर भन्‍न बढि स्वभाविक हुन सक्छ, “तिमीहरूको परमेश्‍वर यहवे ।” इस्राएलीहरूको एकजना भन्दा बढि परमेश्‍वर थियो भनेको जस्तो नसुनियोस् भनेर पक्‍का गर्नुहोस् । यो स्पष्‍ट हुनु पर्छ कि यहवे एकमात्र परमेश्‍वर हुनुहुन्छ । यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “यहवे, जो तिमीहरूको परमेश्‍वर हुनुहुन्छ” वा, “तिमीहरूको परमेश्‍वर, जसको नाम यहवे हो ।”

जसले तिमीहरूलाई दास भएर रहनबाट उद्धार गर्नुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मृले तिमीहरूलाई दासत्वबाट छुटकारा दिएँ ।”

अरू कुनै ईश्‍वरको पूजा नगर ।

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

13-05

जोड्ने कथन

(परमेश्‍वर मोशासँग कुरा गर्न जारी राख्‍नुहुन्छ ।)

मूर्तिहरू नबनाओ

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

तिनीहरूको पूजा नगर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

किनभने

संयोजक शब्द “किनभने”ले इस्राएलीहरूले मूर्तिहरू बनाउन नहुने र तिनीहरूको पूजा गर्न नहुने कुराको कारणलाई सङ्‍केत गर्छ-यहवे तिनीहरूको आराधनाको डाही हुनुहुन्थ्यो जुन अन्य देवहरू भन्दा फरक थियो जसले मानिसहरूले तिनीहरूको साथसाथै अरू धेरै देवहरूको पूजा गर्छन् वा गर्दैनन् भनेर मतलब गर्दैनथे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

मेरो नाउँलाई अनादरपूर्वक ढङ्गले प्रयोग नगर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो बारेमा त्यसरी कुरा नगर जसले आदर र सम्मान देखाउँदैन” वा, “मेरो बारेमा त्यसरी कुरा गर जसले मलाई उचित आदर र सम्मान दिन्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

विश्राम दिनलाई पवित्र राख्‍न पक्‍का गर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

तिमीहरूका सारा कामहरू छ दिनमा गर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

सातौँ दिन

यसलाई अनुवाद गर्न, हप्ताको कुनै खास दिनको नाम दिन भन्दा सङ्ख्याको (“सातौँ”) प्रयोग गर्न बेस हुन्छ ।

मलाई याद गर्न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मलाई हृदयमा राख्‍न” वा, “मलाई आदर गर्न ।”

13-06

जोड्ने कथन

(परमेश्‍वर मोशासँग कुरा गर्न जारी राख्‍नुहुन्छ ।)

आफ्नो बाबु र आमाको आदर गर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

हत्या नगर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

व्यभिचार नगर

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कसैको पति वा पत्‍नीसँग शारीरिक सम्बन्धहरू नराख” वा, “अर्को मानिसको पत्‍नी वा अर्को स्‍त्रीको पतिसँग वैवाहिक सम्बन्धहरू नराख ।” यसलाई मानिसहरूलाई नराम्रो नलाग्‍ने वा शर्ममा नपार्ने किसिमले अनुवाद गर्न पक्‍का गर्नुहोस् । कति भाषाहरूमा धेरैचोटि यसलाई बताउने एउटा अप्रत्यक्ष, नम्र तरिका हुन्छ, जस्तै, “सँगै नसुत ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-euphemism/01.md]])

झूट नबोल

यसको अर्थ हो, “अरू मानिसहरूका बारेमा गलत कुराहरू नगर ।”

13-07

दश आज्ञाहरू

यसले इस्राएलीहरूले पालना गर्नलाई परमेश्‍वरले मोशालाई दिनुभएको आज्ञाहरूलाई जनाउँछ । तिनीहरू १३:०५१३:०६ को खण्डहरूमा सूचीकृत भएका छन् ।

दुई ढुङ्‌गाका पाटिहरू

पाटि भनेको ढुङ्‌गा वा अरू कडा चीजको सम्म परेको भाग हो जुन प्राचीन समयहरूमा लेख्‍नको लागि प्रयोग गरिन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

परमेश्‍वरले ... पनि दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरले तिनीहरूलाई ... पनि भन्‍नुभयो ।”

पछ्याउन

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जे तिनीहरूले मान्‍नुपर्थ्यो” वा, “जे तिनीहरूले पालना गर्नुपर्थ्यो ।”

यदि तिनीहरूले आज्ञापालन गरे भने

संयोजक शब्द “यदि”ले परिकल्पित शर्तसहितको सम्बन्धलाई सङ्‍केत गर्छ । परमेश्‍वरका आशिष्‌हरू इस्राएलीहरूले व्यवस्था मान्‍ने कुरामा भर पर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तर उहाँले भन्‍नुभयो कि उहाँले दण्ड दिनुहुने थियो

संयोजक शब्द “तर”ले सङ्‍केत गर्छ कि यदि इस्राएलीहरूले परमेश्‍वरको आज्ञापालन गरेनन् भने, उहाँले तिनीहरूलाई आशिष्‌ दिनको सट्टामा तिनीहरूलाई दण्ड दिनुहुने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

13-08

ठूलो पाल बनाओ

यो त्यस पालको बारेमा पृष्‍ठभूमि जानकारी हो जुन इस्राएलीहरूले परमेश्‍वरलाई आराधना गर्ने ठाउँको रूपमा बनाउनुपर्ने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

पर्दा पछाडिको कोठा

यो कोठा पर्दाले छोपेको थियो । केही भाषाहरूले यो कोठालाई यसो भन्‍नेछन्, “पर्दा अगाडिको कोठा ।”

जहाँ परमेश्‍वर हुनुहुन्थ्यो

यदि यस पदावलीले मानिसहरूलाई परमेश्‍वर पालमा रहन सिमित हुनुहुन्थ्यो भनेर सोच्‍न डोहोर्‍याउँछ भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जहाँ परमेश्‍वरले आफैँलाई मानिसहरूकहाँ प्रकट गर्नुभयो ।”

13-09

परमेश्‍वरको व्यवस्था

यसले सारा आज्ञाहरू र निर्देशनहरूलाई जनाउँछ जुन पालना गर्नलाई परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभएको थियो ।

व्यक्तिको पाप ढाक्ने थियो

जब मानिसहरूले पशुहरूलाई बलिदान गर्नलाई ल्याए, परमेश्‍वरले पशुहरूको रगतलाई तिनीहरूको पापलाई छोप्‍ने कुराको रूपमा हेर्न चुन्‍नुभयो । यो घिनलाग्दो वा फोहोरी कुरालाई छोपेर लुकाउने कुरा जस्तै हो ।

परमेश्‍वरको नजरमा “सफा”

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको अनुसार मानौँ उसमा पाप थिएन” वा, “परमेश्‍वरको व्यवस्था भङ्ग गरे बापत पाउने दण्डबाट स्वतन्‍त्र ।”

13-10

तिनीहरूलाई दिनुभएको थियो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूलाई आज्ञापालन गर्नलाई दिनुभएको थियो ।”

परमेश्‍वरको मात्रै हुनलाई

सारा जातिहरूमध्येबाट, परमेश्‍वरले इस्राएलीहरूलाई उहाँको विशेष उद्देश्‍यको लागि चुन्‍नुभएको थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँको विशेष जाति हुनलाई” वा, “उहाँको आफ्नै मानिसहरू हुनलाई” वा, “उहाँका मानिसहरू हुनलाई चुन्‍नुभएको जाति बन्‍न ।”

परमेश्‍वरले पनि दिनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "परमेश्‍वरले उनिहरुलाई पनि भन्‍नुभयो।"

पछ्याउन

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "कि तिनिहरुले पालन गर्नुपर्छ" वा "तिनिहरुले पालन गर्नुपर्छ।"

यदि तिनिहरुले पालन गरे

यो जडान शब्‍द 'यदि' ले अनुमानित काल्‍पनिक सम्‍बन्‍धको अवस्‍थालाई व्‍यक्‍त गर्दछ। परमेश्‍वरको आशिष इस्राएलिहरुले नियमहरु पालन गर्ने कुरामा भर पर्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])

तर उहाँले भन्‍नु भयो उहाँले सजाय दिनुहुन्‍छ

यो जडान शब्‍द 'तर' ले परमेश्‍वरले इस्राएलिहरुलाई कसरी आशिष दिनुहुनेछ यदि तिनिहरुले उहाँको आज्ञा पालन गरे भने कुरा सगँ उहाँले तिनिहरुलाई कसरी सजाय दिनुहुनेछ यदि तिनिहरु अनाज्ञाकारि भए भन्‍ने कुराको विपरितार्थ सम्‍बन्‍धलाई देखाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

यदि तिनिहरुले पालन गरेनन् भने

यो जडान शब्‍द 'यदि' ले अनुमानित काल्‍पनिक सम्‍बन्‍धको अवस्‍थालाई व्‍यक्‍त गर्दछ। परमेश्‍वरले इस्राएलिहरुलाई सजाय दिनुहुनेछ यदि तिनिहरु नियम पालन गरेनन् भने। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])

13-11

मानिसहरू पर्खिँदा पर्खिँदा थकित भए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू अधिरजी बने किनकि उनी छिट्टै फर्केनन्” वा, “मानिसहरू उनी फर्कनलाई अझै धैरै पर्खन चाहेनन् ।”

मानिसहरू

यसले सबै इस्राएलीहरू मानिसहरूलाई जनाउँदैन, केवल मोशाको लागि कुर्न थाकेका मानिसहरूलाई मात्र जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-synecdoche/01.md]])

सुन ल्याए

यिनीहरू सुनबाट बनेका चीजहरू र गरगहनाहरू थिए, जसलाई पगालेर अरू चीजहरूको आकृतिमा बनाउन सकिन्थ्यो ।

तिनीहरूले परमेश्‍वरको विरुद्ध घोर पाप गरे

तिनीहरूले यस्तो किसिमले पाप गरे जुन परमेश्‍वरको लागि एकदमै अपमानजनक थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले नराम्रोसँगले पाप गरे” वा, “तिनीहरूले केही काम गरे जुन धेरै नराम्रो थियो” वा, “तिनीहरूले केही नराम्रो काम गरे जसले परमेश्‍वरलाई रीस उठायो ।”

13-12

सुनको मूर्ति बनाए

हारूनले मानिसहरूले उनीकहाँ ल्याइदिएका सुनले बनेका चीजहरू लिए, तिनीहरूलाई पगाले, तिनीहरूलाई एकसाथ हाले, र तिनीहरूलाई एउटा बाछोको आकृति दिए ।

मानिसहरूले जङ्गली तरिकाले त्यस मूर्तिको पूजा गर्न थाले र त्यसलाई बलिहरू चढाउन लागे !

यो एउटा कडा भनाई हो जसले परमेश्‍वरले तिनीहरूको लागि गर्नुभएका कुराहरू मानिसहरूले देखे तापनि तिनीहरूले यस मूर्तिको पूजा गर्ने थिए भन्‍ने कुरा कति छक्‍कलाग्दो थियो भनेर व्यक्त गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

जङ्गली तरिकाले पूजा गर्नु

मानिसहरूले मूर्तिको पूजा गरेर र त्यसलाई पूजा गरिरहँदा पापपूर्ण कुराहरू गरेर पाप गरिरहेका थिए ।

किनभने

तिनीहरूले उहाँको मात्रै आराधना गर्नुपर्छ किनभने उहाँ डाही परमेश्‍वर हुनुहुन्छ र तिनीहरूले आज्ञापालन गरेनन् भने तिनीहरू दण्डित हुनेछन् भनेर परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभएको थियो । यी कारणहरूले गर्दा, परमेश्‍वर इस्राएलीहरूसँग तिनीहरूको पापको कारण धेरै रिसाउनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनको प्रार्थना सुन्‍नुभयो

परमेश्‍वरले प्रार्थनालाई सधैँ सुन्‍नुहुन्छ । यो अवस्थामा, “सुन्‍नुभयो”को अर्थ परमेश्‍वर मोशाले बिन्ती गरेका कुरा गर्न सहमत हुनुभयो भन्‍ने हुन्छ ।

13-13

ढुङ्गाका पाटिहरूलाई बजारेर टुक्राटुक्रा पारे

उनले ढुङ्गाका पाटिहरूलाई भुइँमा फाले र ती फुटेर स-साना टुक्राहरू भए ।

13-14

मूर्तिलाई धूलो हुने गरेर कुटे

मोशाले मूर्तिलाई मसिना कणहरू हुनेसम्म गरी पिटेर मूर्तिलाई पूर्णतया नाश पारे ।

एउटा विपत्ति

यो विपत्ति कुनै गम्भीर बिरामी भएको हुन सक्छ । वैकल्पिक अनुवादः “यहवेले मानिसहरूलाई धेरै बिरामी बनाउनुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

केही पानीमा

मोशाले सुनको धूलोलाई पानीको विशाल जलाशयमाथि छरिदिए ।

13-15

मोशाले बनाए

मोशाले हतौडा र छिनो जस्ता साधनहरूले ढुङ्गाका पाटिहरूलाई कुँदे ।

... लाई सुन्‍नुभयो

तपाईंले यसलाई १३:१२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।