15-01
आखिरमा इस्राएलीहरू कनानमा प्रवेश गर्ने समय भएको थियो
यसले नयाँ घटनाको सुरुवात गर्छ । इस्राएलीहरू प्रतिज्ञाको भूमिमा प्रवेश गर्न लागेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
आखिरमा ... को लागि समय भएको थियो
“आखिरमा” भन्नुको अर्थ “अन्तमा” वा, “लामो समयको पर्खाई पछि” हुन्छ । कति समयलाई यसले जनाउँछ भनेर प्रस्ट पार्नको लागि, तपाईंले भन्न सक्नु हुन्थ्यो, “तिनीहरूले ४० वर्षसम्म मरुभूमिमा डुलिसके पछि, परमेश्वरले अन्तमा स्वीकृति दिनुभयो ।”
त्यो देशमा एउटा यरीहो भन्ने सहर थियो । यसको वरिपरि यसलाई रक्षा गर्न दह्रिला पर्खालहरू थिए । यहोशूले त्यस सहरमा दुई जासुसहरू पठाए । त्यस सहरमा एक राहाब नाम गरेकी वेश्या रहने गर्थी ।
यरीहो सहर जसलाई इस्राएलले आक्रमण गर्ने थियो, र राहाब जसले तिनीहरूलाई सहायता गर्ने थिइन्, यो तिनीहरूको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
त्यस सहरमा दुई जासुसहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यस सहरका बारेमा जानकारी पाउनको लागि दुई मानिसहरू ।” “भूमिमा जासुसी गर्नु”को लागि १४:०४ भएका टिप्पणीहरू पनि हेर्नुहोस् ।
त्यसलाई रक्षा गर्न त्यसका वरिपरि दह्रिला पर्खालहरू थिए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको शत्रुहरूबाट त्यसलाई जोगाउन ढुङ्गाले बनेको मोटो, दह्रो पर्खालले सम्पूर्ण रूपले घेरिएको थियो ।”
उम्कन
यो थप्न पनि सम्भव छ, “यरीहोका मानिसहरूबाट उम्कन जसले तिनीहरूलाई हानी गर्न चाहन्थे ।”
उनको परिवार
राहाबले उनको बाबु, आमा, दाजुभाईहरू, र दिदीबहिनीहरूको सुरक्षाको लागि बिन्ती गरिन् । यी मानिसहरू हुने परिवारको लागि तपाईंको शब्द प्रयोग गर्नुहोस् ।
15-02
परमेश्वरले यहोशूलाई भन्नुभयो, “पूजाहारीहरूलाई पहिला जान लगा ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले यहोशूलाई पहिला पूजाहारीहरूलाई जान लगाउन भन्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
पूजाहारीहरूलाई पहिला जान लगा
केहि भाषाहरूको लागि यो थपेर बताउन सहयोगी हुन सक्छ, “नदी तर्नलाई बाँकीका मानिसहरूका अगाडि पूजाहारीहरूलाई जान लगा ।”
पानीको माथिल्लो बहाव रोकियो
केहि भाषाहरूको लागि यो थपेर बताउन सहयोगी हुन सक्छ, “र तिनीहरूको अगाडिको पानी तल्तिर बगेर जान लाग्यो ।”
माथिल्लो बहाव
यी शब्दहरूले यर्दन नदीको पानी जुन दिशाबाट बगिरहेको थियो, त्यसलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
तर्नु
यसको अर्थ एक छेउ वा क्षेत्र देखि अर्कोमा पार गर्नु (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
15-03
मानिसहरूले यर्दन नदी तरिसके पछि
संयोजक शब्द “पछि”ले क्रमिक कार्यको परिचय गराउँछ । इस्राएलीहरूले यर्दनको एक छेउ देखि अर्कोमा पार गरेर परमेश्वरको आज्ञापालन गरे । त्यो एक पटक पूरा भइसके पछि, परमेश्वरले तिनीहरूलाई गर्नलाई अर्को काम दिनुभयो । केही भाषाहरूमा यसरी भन्नु बेस हुन्छ, “मानिसहरूले यर्दन नदी पार गरे र त्यसपछि ... ” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
त्यो धेरै दह्रिलो भएतापनि
संयोजक शब्द “भएतापनि”ले यथार्थपूर्ण अवस्थाको प्रतिनिधित्व गर्छ । यरीहो सहर साँच्चै धेरै बलियो थियो, त्यसैले त्यस सहरलाई आक्रमण गर्नु मूर्ख चुनाव भएको जस्तो देखिन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
छ दिनसम्म दिनमा एक पटक
त्यो भनेको, तिनीहरू हरेक दिन जम्मा छ दिनको लागि सहरको वरिपरि जान्थे ।
त्यसकारण पूजाहारीहरू र सिपाहीहरूले यसो गरे
संयोजक शब्द “त्यसकारण”ले परिणाम-पूजाहारीहरू र सिपाहीहरू ताँती लागेर हिँड्दै भन्ने कुरालाई कारणसँग जोड्छ जुन थियो-परमेश्वरको आज्ञा । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
15-04
तब सातौँ दिनमा
संयोजक शब्द “तब”ले क्रमिक कार्यको परिचय गराउँछ । यी क्रियाकलापहरू बितेको छ दिनसम्म हरेक दिन भइरह्यो, र यो एक पटक पूरा भइसके पछि, यो नयाँ घटना भयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
तिनीहरू हिँडिसके पछि
संयोजक शब्द “पछि”ले क्रमिक कार्यको परिचय गराउँछ । इस्राएलीहरूले हिँड्ने सम्बन्धि पहिलो छ दिनसम्म र सातौँ दिनमा सात पटक सबै आज्ञाहरू पालना गरे, र तब यो नयाँ घटना भयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
तिनीहरूका तुरहीहरू फुके
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका तुरहीहरूको आवाज निकाले” वा, “तिनीहरूका तुरहीहरू बजाए ।” यी तुरहीहरू भेडाको सीङहरूबाट बनेका थिए ।
15-05
तब यरीहोका वरिपरिको पर्खाल ढल्यो !
यो कडा भनाई हो जसले तुरहीहरू फुकेको परिणाम स्वरूप दह्रिला पर्खालहरू ढल्नु कति उदेकको कुरा थियो भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
तब यरीहोका वरिपरिको पर्खाल ढल्यो
परमेश्वरले पर्खालहरूलाई ढाल्नुभयो भन्ने कुरा यसमा अन्तर्निहित छ । पर्खालहरू तिनमाथि रथहरू चलाउन मिल्ने गरी बाक्ला थिए, मानिसहरू त्यहाँ भित्र बस्थे । यिनीहरू कमजोर भत्किहाल्ने पर्खालहरू थिएनन् । तिनीहरू ढल्नको लागि, परमेश्वरको काम नै भएको हुनुपर्थ्यो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्थ्योः “त्यसपछि परमेश्वरले यरीहोका पर्खालहरू ढल्न लगाउनुभयो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
तब पर्खालहरू
संयोजक शब्द “तब”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । इस्राएलीहरूले परमेश्वरका सबै आज्ञाहरूलाई माने, र त्यसपछि यो घटना भयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
जो इस्राएलीहरूकी हिस्सा भइन्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जो त्यसपछि इस्राएली समुदायमा सम्मिलित भइन्” वा, “जो त्यसपछि इस्राएल जातिको सदस्य बनिन् ।”
15-06
एउटा शान्ति सम्झौता
यो दुई समुदायका मानिसहरूको बीचको सहमति हो कि तिनीहरूले एक अर्कालाई हानी गर्ने छैनन् तर शान्तिमा रहनेछन् र एक अर्कालाई सहायता गर्नेछन् । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शान्ति सहमति ।”
तर एक कनानी समुदाय, जसलाई गिबोनीहरू भनिन्थ्यो
केही भाषाहरूले यसलाई यसरी परिचय गराउन सक्छन्, “तर एक दिन गिबोनी नाम भएका एक कनानी समुदाय ... ”
तर कनानी समुदायहरूको एउटा
संयोजक शब्द “तर”ले इस्राएलीहरूले कनानका मानिसहरूसँग कुनै सम्झौता नगर्न भन्नुभएको परमेश्वरको आज्ञालाई यहोशूले गिबोनीहरूसँग एउटा सहमति गरेको कारणसँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
यहोशूलाई ढाँटे र भने
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले यहोशूलाई यसो भनेर ढाँटे” वा, “तिनीहरूले यहोशूलाई छलेर भने” वा, “तिनीहरूले यहोशूलाई छलेर बताए ।”
साटोमा
संयोजक शब्द “साटोमा”ले यहोशूले जे गर्नुपर्ने थियो-तिनीहरूले के गर्नुपर्थ्यो भनेर परमेश्वरलाई सोध्नुपर्ने कुरालाई उनले जे गरे-अन्जान हुनाको कारण परमेश्वरले निषेध गर्नुभएको सम्झौता गरे भन्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
15-07
थाहा पाए
यो मौखिक पदावलीको अर्थ “पत्ता लगाए” भन्ने हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
तर तिनीहरूले शान्ति सम्झौता कायम राखे
संयोजक शब्द “तर”ले गिबोनीहरूको छललाई इस्राएलीहरूले तिनीहरूको प्रतिज्ञा कायम राखेको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
त्यसपछि केही समय पछि
यसले नयाँ घटनाको सुरुवात गर्छ । यो घटना सम्झौता बनाइसके पछि भयो तर यो त्यसको अप्रत्यक्ष रूपले भएको परिणाम हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
त्यसैले तिनीहरूले तिनीहरूको सेनाहरूलाई संयुक्त बनाए
संयोजक शब्द “त्यसैले”ले परिणाम-अमोरीहरूले गिबोनलाई आक्रमण गरे, यो कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो- इस्राएलसँगको गिबोनको करार । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
सहायताको लागि माग गर्दै यहोशूलाई सन्देश पठाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको शत्रुहरूको विरुद्धमा लड्न तिनीहरूलाई सहायता गर्नको लागि तिनीहरूलाई इस्राएलीहरूको आवश्यकता थियो भनेर यहोशूलाई बताउन तिनीहरूका केही मानिसहरूलाई पठाए ।”
15-08
गिबोनीहरूकहाँ पुग्न
अर्थात, “गिबोनीहरूसम्म आउन” वा, “गिबोनीहरू बसेको ठाउँमा आइपुग्न ।” गिबोनीहरू कनानमा बस्थे, तर कनान यति ठूलो क्षेत्र हो कि इस्राएली सेनालाई तिनीहरूको छाउनी देखि गिबोनीहरू भएको ठाउँसम्म यात्रा गर्न पूरा रात लाग्यो ।
तिनीहरूले अमोरी सेनाहरूलाई आश्चर्यमा पारे
अमोरीहरूलाई थाहा थिएन कि इस्राएलीहरू तिनीहरूलाई आक्रमण गर्न आइरहेका थिए ।
15-09
परमेश्वर इस्राएलको लागि लड्नुभयो
परमेश्वर इस्राएलको पक्षमा इस्राएलका शत्रुहरूको विरुद्धमा लड्नुभयो ।
अमोरीहरूलाई अन्योलमा पर्ने तुल्याउनुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अमोरीहरूलाई आत्तिने बनाउनुभयो” वा, “अमोरीहरूलाई एकसाथ मिलेर कुशलताका साथ लड्न असक्षम तुल्याउनुभयो ।”
ठूला असिनाहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै ठूला बरफका गोलाहरू आकाशबाट तल खस्नु ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
15-11
परमेश्वरले ती सेनाहरूलाई परास्त गर्नुभए पछि
संयोजक शब्द “पछि”ले क्रमिक कार्यको परिचय गराउँछ । परमेश्वरले सेनाका स-साना टोलीहरूले बनेका एउटा ठूलो सेनालाई परास्त गर्नुभयो, र त्यसपछि सेनाका स-साना टोलीहरूले बनेका अर्को ठूलो सेना इस्राएलको विरुद्धमा आयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
आक्रमण गर् र तिनीहरूलाई नाश पार्यो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूको विरुद्धमा लड्नुभयो र तिनीहरूलाई परास्त पार्नुभयो ।”
15-12
परमेश्वरले हरेक इस्राएलका कुलहरुलाई उनिहरुको समुह अनुसारले प्रतिज्ञाकको भूमि दिनुभयो।
यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “परमेश्वरले हरेक कुलको लागि त्यसको आफ्नै भूभाग नियुक्त गरिदिनुभयो” वा, “परमेश्वरले इस्राएलको हरेक कुल प्रतिज्ञाको भूमिको कुन भागमा बस्ने भनेर निर्णय गर्नुभयो ।”
त्यसपछि परमेश्वरले इस्राएललाई शान्ति दिनुभयो
संयोजक शब्द “त्यसपछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । लडाईंहरू लड्न र प्रतिज्ञाको भूमिको बाँडफाँड गर्न सम्पन्न भएको थियो, र त्यसपछि परमेश्वरले इस्राएललाई त्यसको सिमानाभर शान्ति दिनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
इस्राएललाई त्यसको सिमानाभर शान्ति दिनुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरले इस्राएललाई अरू सुदायका मानिसहरू बीचमा शान्ति अनुभव गर्न दिनुभयो जसले तिनीहरूलाई घेरेका थिए” वा, “इस्राएलको वरिपरि भएको अन्य देशहरू ।”
15-13
जब यहोशू वृद्ध मानिस भए
यसले नयाँ घटनाको सुरुवात गर्छ । यहोशूको इस्राएलको अगुवाईबाट तिनीहरूलाई अब के हुनेछ भन्ने कुरामा कथाले कोल्टो फेर्छ । यसो भन्नु बढि प्रस्ट हुन सक्छ, “धेरै वर्ष पछि, जब यहोशू एक वृद्ध मानिस भए ।” यहोशूले यो समयमा १०० वर्ष नाघिसकेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
परमेश्वरमा विश्वासयोग्य हुन
अन्य शब्दहरूमा भन्नुपर्दा, तिनीहरू परमेश्वरप्रति बफादार हुने थिए । तिनीहरूले परमेश्वरको मात्रै आराधना र सेवा गर्ने थिए; तिनीहरूले कुनै अरू देवताहरूको पूजा वा सेवा गर्ने थिएनन् ।
उहाँका नियमहरू मान्न
यसको अर्थ परमेश्वरले करारको हिस्सा जस्तो गरी तिनीहरूलाई दिनुभएको व्यवस्थाहरू मानिसहरूले मान्ने थिए ।
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।