09-01
योसेफ मरेपछि
यसले नयाँ घटनालाई सुरु गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
उनका नातेदारहरू
यसले सामाजिक सम्बन्धलाई जनाउँछ—ती सबै मानिसहरू जो उनीसँग जन्म वा विवाहद्वारा सम्बन्धित थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
तिनीहरूलाई इस्राएलीहरू भनेर कहलाइन्थ्यो
मानिसहरूको जमात जुन याकूबबाट उत्पन्न भएका थिए, तिनीहरूलाई “इस्राएल” भनिन्थ्यो जुन नाउँ परमेश्वरले याकूबलाई दिनुभएको थियो । त्यो जमातका मानिसहरूलाई “इस्राएलीहरू” भनिन्थ्यो ।
09-02
सयौँ वर्ष पछि
यसले नयाँ घटनालाई सुरु गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
इस्राएलीहरू
“इस्राएली मानिसहरू” वा “इस्राएलका मानिसहरू” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-names/01.md]])
मिश्रीहरू
“मिश्री मानिसहरू” वा “मिश्रका मानिसहरू” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-names/01.md]])
किनकि त्यहाँ तिनीहरू धेरै थिए
संयोजक शब्द “किनकि”ले मिश्रीहरू डराउने कामलाई त्यसको कारणसँग जोड्छ, जुन थियो-त्यहाँ ज्यादै धेरै इस्राएलीहरू थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
फारो
“फारो” एक मिश्री शब्द हो जसले तिनीहरूको राजालाई जनाउँछ । यी “फारो” सम्भवत अघिल्लो फारोको छोरा थिए जो मरिसकेका थिए, र जो योसेफले चिनेका फारोका सन्तान पनि हुन सक्छन् ।
जसले मिश्रलाई त्यस समयमा राज गरिरहेका थिए
यो शासकको बारेमा पृष्ठभूमि जानकारी हो जो त्यस समयमा फारो थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
इस्राएलीहरूलाई दासहरू बनाए
त्यो भनेको, “इस्राएलीहरूलाई तिनीहरूको इच्छा विरुद्धमा कडा परिश्रम गर्न कर लगाए र तिनीहरूलाई धेरै क्रुर व्यवहार गरे ।”
09-03
तिनीहरूको जीवन सङ्कष्टपूर्ण बनाइदिए
यसको अर्थ यो हो कि तिनीहरूलाई जसरी क्रुर व्यवहार गरिएको थियो र जसरी कठोर तरिकाले काम गर्न कर लगाइएको थियो, त्यसले गर्दा तिनीहरूले भयङ्कर कष्ट भोगे । तिनीहरूले धेरै निरुत्साहित भएको पनि महसुस गरे ।
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो
परमेश्वरले तिनीहरुको हेरविचार गर्नुभयो, कठोर यातनालाई सहन सहायता गर्नुभयो र तिनीहरूलाई सन्तानहरू दिनुभएर तिनीहरूलाई सङ्ख्यामा झन् वृद्धि पनि गर्नुभयो ।
09-04
देखे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “चाल पाए” वा, “थाहा पाए ।”
त्यसकारण उनले आफ्ना मानिसहरूलाई मार्न अह्राए
संयोजक शब्द “त्यसकारण”ले फारोले मानिसहरूलाई इस्राएली छोरा बालकहरूलाई मार्न अह्राए भन्ने परिणामलाई त्यसको कारणसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
09-05
तिनीहरूले जबसम्म सक्ने थिए तबसम्म
तिनीहरूले बालकलाई मिश्रीहरूबाट तबसम्म लुकाइराखे जब उसलाई तिनीहरूको घरमा सुरक्षित रूपले लुकाएर राख्न धेरै अप्ठेरो हुन थाल्यो ।
09-06
झाडीहरू
“झाडी” भनेको एक किसिमको अग्लो घाँस हो जुन समथर, भिजेको क्षेत्रहरूमा उम्रिन्थ्यो । तपाईंको भाषामा उस्तै अर्थ भएको शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
09-07
उसलाई आफ्नै छोराको रूपमा लिइन्
तिनी एक राजकुमारी थिइन् । जब तिनले उसलाई आफ्नो छोरा बनाइन्, ऊ मिश्रको राजकुमार भयो ।
उसलाई ख्याल गर्न
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उसलाई दूध खुवाउन ।”
09-08
हुर्किसकेका थिए
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “बढेर वयस्क मानिस भएका थिए ।”
उनको सङ्गी इस्राएली
यो पदावलीले इस्राएली दासलाई जनाउँछ । “सङ्गी” शब्दले सङ्केत गर्छ कि मोशा पनि एक इस्राएली थिए । मिश्री फारोको छोरीले मोशालाई हुर्काएको भएतापनि, मोशाले सम्झे कि तिनी वास्तवमा एक इस्राएली थिए ।
09-10
तर मोशा मिश्रबाट भागे
संयोजक शब्द “तर”ले फारोले मोशालाई मार्न चाहिरहेको कुरा र मोशा उजाडस्थानतर्फ भागिरहेको कराको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
उजाडस्थान
उजाडस्थान एउटा ठूलो क्षेत्र थियो जुन चट्टानहरूले भरिएको थियो र सुक्खा थियो । त्यहाँको जमिन अन्न उमार्नको लागि उपयुक्त थिएन र थोरै मानिसहरू त्यहाँ बस्थे ।
09-11
उजाडस्थान
०९:१० मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
09-12
आफ्ना ससुराको भेडाको बथानको हेरचाह गरिरहेका
यसको अर्थ तिनी भेडालाई घाँस र पानी भएको ठाउँमा डोहोर्याउने, र तिनीहरूलाई जोगाउने जस्तो एउटा गोठालोको काम गरिरहेका थिए । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनका ससुराको भेडाहरूको रेखदेख गरिरहेका ।”
भेडाको बथान
“भेडाको बथान” भनेको भेडाहरूको ठूलो समूह हो जुन कुनै व्यक्तिको हुन्छ । तपाईंको भाषामा उस्तै अर्थ भएको शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
आगो लागेको पोथ्रा,नष्ट नभइकन बलिरहेको
परमेश्वरले पोथ्राभरी आगो लगाउनुभयो, तर आगोले पोथ्रालाई केही हानि गरेन ।
परमेश्वर उनीसँग बोल्नुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरले ठूलो स्वरले भन्नुभयो ।” मोशाले परमेश्वरले बोल्नुभएको सुने, तर उनले परमेश्वरलाई देखेनन् ।
उहाँले भन्नुभयो, “मोशा, तेरो जुत्ता फुकाल् । तँ पवित्र भूमिमा उभिरहेको छस् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उहाँले मोशालाई उनको जुत्ता फुकाल्न भन्नुभयो, किनभने उनी पवित्र भूमिमा उभिरहेका थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तेरो जुत्ता फुकाल्
उनले परमेश्वरलाई धेरै आदर गर्थे भनी देखाओस् भनेर परमेश्वरले उनले जुत्ता फुकालेको चाहनुभयो । यसको कारणलाई प्रस्ट पार्नको लागि, तपाईंले भन्न सक्नुहुन्थ्यो, “तेरो जुत्ता फुकाल्, किनभने तँ पवित्र भूमिमा छस् ।”
पवित्र भूमि
यो पवित्र यस बुझाईमा थियो कि परमेश्वरले त्यसलाई सामान्य भूमिबाट अलग गर्नुभएको थियो र त्यसलाई एउटा विशेष ठाउँ बनाउनुभयो जहाँ उहाँले आफैँलाई प्रकट गर्नुहुने थियो ।
09-13
मेरो मानिसहरूका कष्ट भोगहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो मानिसहरूले अनुभव गरिरहेका धेरै खस्रो व्यवहार ।” केही भाषाहरूले यसलाई यसरी अनुवाद गर्न सक्छन्, “कसरी मिश्रीहरूले मेरा मानिसहरूलाई भयङ्कर पिडा दिइरहेका छन् ।”
मेरा मानिसहरू
यसले इस्राएलीहरूलाई जनाउँछ । परमेश्वरले अब्राहाम र उनका सन्तानहरूसँग करार बनाउनुभएको थियो कि उहाँले तिनीहरूलाई आशिष् दिनुहुने थियो र तिनीहरूलाई एउटा महान् जाति बनाउनुहुने थियो । यस करारद्वारा, इस्राएलीहरू परमेश्वरका आफ्नै मानिसहरू बने ।
ताकि तैँले इस्राएलीहरूलाई ल्याउन सकोस्
संयोजक शब्द “ताकि”ले परिणाम, जुन थियो-मोशाले इस्राएलीहरूलाई तिनीहरूको दासत्वबाट बाहिर निकालेको भन्ने कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-परमेश्वरले तिनीहरूको दुःख भोगलाई देख्नुभएको छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
ल्याउन सक्नु ... मिश्रमा तिनीहरूको दासत्वबाट बाहिर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिश्रमा दास भएर रहनुबाट तिनीहरूलाई छुटाएर स्वतन्त्र पार्न सक्नु” वा, “मिश्रमा तिनीहरूलाई बाहिर ल्याउन सक्नु जहाँ अहिले तिनीहरू दासहरू हुन् ।”
09-14
मानिसहरू
“मेरा मानिसहरू”लाई ०९:१३ मा हेर्नुहोस् ।
म हुँ जो म हुँ
यो वर्णनले देखाउँछ कि परमेश्वरलाई उहाँ आफैँद्वारा मात्रै परिभाषित गर्न सकिन्छ, र हामीले जानेको कुनै कुराबाट हुँदैन, र उहाँलाई अन्य कसैसँग तुलना गर्न सकिँदैन ।
तिनीहरूलाई भन्, ‘म हुँ भन्नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “तिनीहरूलाई भन् कि म हुँ भन्नेले तँलाई तिनीहरूकहाँ पठाउनुभएको हो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
म हुँ
यो नाउँले जोड दिन्छ कि परमेश्वर मात्रै एक हुनुहुन्छ जो सधैँ जिउनुभएको छ र सधैँ जिउनुहुनेछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
तिनीहरूलाई यसो पनि भन् “म यहवे हुँ, तिमीहरूका पूर्खाहरू अब्राहाम, इसहाक, र याकूबका परमेश्वर ।”
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “तिनीहरूलाई यसो पनि बताउनु कि म यहवे हुँ, तिमीहरूका पूर्खाहरू अब्राहाम, इसहाक, र याकूबका परमेश्वर ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
यहवे
“यहवे” नाउँको अर्थ “उहाँ हुनुहुन्छ” भन्ने हुन्छ र यो व्यक्त गर्छ कि परमेश्वर उहाँको आफ्नै शक्तिले अस्तित्वमा हुनुहुन्छ-कसैले उहाँलाई बनाएन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
मेरो नाउँ
परमेश्वरले मोशा र सारा इस्राएललाई उहाँको लागि प्रयोग गर्न बताउनुभएको नाम “यहवे” हो, जो “म हुँ”सँग सम्बन्धित छ र “उहाँ हुनुहुन्छ” भन्ने अर्थ दिएको जस्तो देखिन्छ ।
09-15
डराएका थिए र जान चाहेनन्
मोशाले जान्दथे कि फारोले उनलाई मार्ने थिए, र परमेश्वरले उनले गरेको चाहनुभएको काम गर्न सक्थे भनेर उनले विश्वास गरेनन् ।
त्यसैले परमेश्वरले मोशाको दाजुलाई पठाउनु भयो
यो जडान शब्द "त्यसैले" ले कारण (परमेश्वरले मोशालाई सहायता गर्न हारुनलाई पठाउनु भयो) सगँ परिणाम (मोशाले सोचे कि उनि राम्रोसगँ बोल्न सक्दैनन्) लाई जोड्दछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
मोशाको दाजु, हारून
हारून मोशाको इस्राएली आमा र बाबुबाटको वास्तविक दाजु थिए । हारून कम्तिमा पनि मोशा भन्दा केही वर्षले जेठा थिए ।
… बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।