31-01
येशुले भिडलाई खुवाउनु भय पछि, उहाँले चेलाहरुलाई डुङ्गामा चढ्न भन्नु भयो।
यसले नयाँ घट्नाको परिचय दिन्छ। येशु पानिमा चेलाहरु कहाँ आउनु भयो। (हेर्नुहोस्: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
डाँडाछेउ
अर्थात, “पहाडको छेउ ।”
31-02
यो समयमा
अर्थात, “येशूले डाँडाछेउमा प्रार्थना गरिरहनुभएको बेलामा ।”
तिनीहरूको डुङ्गा खियाइरहेका थिए
डुङ्गामा एउटा बतास पक्रने पाल त थियो,तर त्यसले काम गरेको हुन सक्थेन जब बतास तिनीहरूको विपरीतमा थियो ।
31-04
एउटा भूत
अर्थात, “एउटा प्रेत ।” तिनीहरूले येशूलाई कुनै प्रेत सम्झे, किनकि सामान्यतया कुनै मानिस पानीमाथि हिँड्न सक्दैन ।
नडराओ
केही भाषाहरूको लागि यहाँ यसो भन्नु बढि स्वभाविक हुन सक्छ, “डराउनलाई छोड ।”
यो म हुँ !
केही को लागि, यसरी अनुवाद गर्नु बढि स्वभाविक हुन सक्छ, “यो म हुँ, येशू ।”
31-05
यदि त्यो तपाईं हुनुहुन्छ भने
अर्थात, “यदि त्यो साँच्चै तपाईं हो, र भूत होइन भने ।”
आऊ !
अर्थात, “यहाँ आऊ” वा, “मकहाँ आऊ” वा, “आऊ, मतिर हिँड ।”
31-06
... बाट आफ्नो नजर हटाए
यो अभिव्यक्तिको अर्थ हुन्छ, “... बाट अन्त हेरे ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “... तिर हेर्न छाडे ।”
31-07
तिमीसँग कति सानो विश्वास छ !
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिमीसँग ममाथि कति सानो विश्वास छ !” वा, “तिमीले मलाई त्यति धेरै भरोसा गर्दैनौ !”
तिमीलाई सुरक्षित राख्नलाई तिमी किन मलाई भरोसा गर्दैनौ ?
अर्थात, “तिमीलाई सुरक्षित राख्नलाई तिमीले मलाई भरोसा गर्नुपर्ने थियो !” यो वास्तविक प्रश्न होइन, तर दह्रिलो भनाई राख्नलाई यस भाषामा भएको एउटा तरिका हो । थुप्रै भाषाहरूमा, यसलाई कथनको रूपमा व्यक्त गर्दा बढि राम्रोसँग काम गर्छ ।
31-08
साँच्चै तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ
यसलाई बताउने अन्य तरिकाहरू यी हुन सक्छन्, “तपाईं साँच्चै परमेश्वरको पुत्र हुनुहुन्छ” वा, “यो वास्तवमै सत्य हो कि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।