नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

22-01

उहाँका मानिसहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरू, उहाँका मानिसहरू” वा “यहूदीहरू, उहाँका मानिसहरू ।” यी मानिसहरू को थिए भनेर बुझिएन भने मात्रै थपिएको जानकारीलाई समावेश गर्नुहोस् ।

४०० वर्ष बितेर गयो

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “४०० वर्ष बित्यो” वा “४०० वर्ष भएको थियो ।” पुरानो करारको अन्तिम अगमवक्ता, मलाकीको समय देखि उता ४०० वर्ष बितिसकेको थियो ।

जहिले उहाँले तिनीहरूसँग बोल्नुभएन

अर्थात, “जुन अवधिमा परमेश्‍वरले उहाँका मानिसहरूको लागि अगमवक्ताहरूलाई कुनै पनि सन्देशहरू दिनभएन ।”

22-02

स्वर्गदूत

यसले २२:०१ मा जकरियाकहाँ आएका स्वर्गदूतलाई जनाउँछ ।

उनलाई पवित्र आत्माले भर्न

अर्थात, “उनलाई पवित्र आत्माद्वारा बुद्धि र शक्ति दिन ।”

22-04

एलीशिबा

तिनी जकरियाकी पत्‍नी थिइन् । एकजना स्वर्गदूतले जकरियालाई बताए कि एलीशिबाले एउटा छोरोलाई जन्माउने थिइन् ।

छ महिना देखि गर्भवती

कि त तिनी छ महिना पहिले देखि नै गर्भवती भइसकेकी थिइन् वा तिनी तिनको गर्भावस्थाको छैटौँ महिनामा थिइन् ।

गर्भवती

गर्भावस्थाको बारेमा कुरा गर्न विभिन्‍न भाषाहरूको विभिन्‍न उपमाहरू हुन्छन्, जस्तै “तिनको पेटमा बच्‍चा थियो” वा, “तिनी दुई जिउकी थिइन्” वा, “तिनले पेट बोकेकी थिइन् ।” केही भाषाहरूको यसको बारेमा नम्र शैलीमा कुरा गर्ने विशेष तरकाहरू हुन्छन्, जस्तै, “तिनले अपेक्षा गरिरहेकी थिइन् ।” यस्तो एउटा अभिव्यक्तिको प्रयोग गर्नुहोस् जुन पाठकहरूलाई शर्म लाग्‍ने नहोस् ।

एलीशिबाको नातेदार

धेरै अनुवादहरूले भन्छन्, “काका, मामा, वा फुपूको छोरी”, तर यहाँ हामी यी दुई स्‍त्रीहरू एक अर्कासँग ठ्याक्‍कै कसरी सम्बन्धित थिए भनेर जान्दैनौँ । “नातेदार,” वा, “कुटुम्ब” वा, “काका, मामा, वा फुपूको छोरी” भनेर बताउने कुनै एउटा सामान्य शब्द चलाउन सकिन्छ ।

मगनी भएकी थिइन्

अर्थात, “दिनलाई प्रतिज्ञा भएको थियो ।”

22-05

यो कसरी हुन सक्छ

अर्थात, “म कसरी गर्भवती हुन सक्छु ?” मरियमले स्वर्गदूतका वचनहरूको सत्यतामा शङ्‍का गरिरहेकी थिइनन्, तर त्यो कसरी हुने थियो भनेर सोधिरहेकी थिइन् ।

पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमेश्‍वरको शक्ति तिमीमाथि आउनेछ

त्यहि कुरालाई भन्‍ने त्यहाँ दुई तरिकाहरू छन्ः “परमेश्‍वरको शक्तिद्वारा, पवित्र आत्माले तिमीलाई आश्‍चर्यमयी ढङ्‍गले गर्भवती हुने तुल्याउनुहुनेछ ।” यो कुरा पक्‍का गर्नुहोस् कि यो वाक्यको अनुवादले त्यहाँ कुनै शारीरिक सम्पर्क भएको थियो भनेर सुनाएको जस्तो नहोस् । यो आश्‍चर्यकर्म थियो ।

बालक पवित्र हुनुहुनेछ

“पवित्र” शब्दको अर्थ यहाँ बालक परमेश्‍वरको हुनेछ भन्‍ने हुन्छ ।

22-06

एलीशिबा

एलीशिबाको बारेमा २२:04 मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

तिनी भित्र बालक उफ्रियो

मरियमले एलीशबालाई गरेको अभिवादनको प्रतिक्रियामा एलीशिबाको गर्भमा बालक अचानक चल्यो ।

जे परमेश्‍वरले तिनीहरूका लागि गर्नुभएको थियो

यसले दुवै स्‍त्रीहरू परमेश्‍वरको अलौकिक मध्यस्थताद्वारा गर्भवती भएका थिए भन्‍ने वास्तविकतालाई जनाउँछ । मरियमले कुनै पुरुषसँगको सम्बन्ध बिना नै गर्भधारण गरेकी थिइन्, र एलीशिबाले तिनको सन्तान जन्माउन सक्‍ने उमेर नाघिसके पछि जकरियाको बालकलाई गर्भधारण गरेकी थिइन् ।

22-07

एलीशिबा

एलीशिबाको बारेमा २२:04 मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

परमेश्‍वरको प्रशंसा गर

अर्थात, “हामी सबैले परमेश्‍वरको प्रशंसा गर्नुपर्छ ।”

अगमवक्ता

अर्थात, “धेरै महत्त्वपूर्ण अगमवक्ता ।” यूहन्‍ना ती अगमवक्ता हुने थिए जसलाई पुरानो करारका अगमवक्ताहरूले मसिह भन्दा अगाडि आउने थिए भनेर भविष्‍यवाणी गरेका थिए ।

सर्वोच्‍च परमेश्‍वर

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “परमेश्‍वर जो सबैकुरा भन्दा महान् हुनुहुन्छ” वा, “परमेश्‍वर जसले सबैकुरामाथि शासन गर्नुहुन्छ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।