21-01
परमेश्वरले संसारलाई सृष्टि गर्नुभएको बेलामा नै
संयोजक शब्दहरू “बेलामा नै”ले परमेश्वरले पापरहितको सिद्ध संसारलाई बनाउनुभएको कुरा र मानिसहरूलाई पापबाट बचाउन मसिहलाई पठाउने उहाँको पहिले देखि नै भएको योजनाको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
सर्पको टाउको कुच्च्याउनु
विषालु सर्पको टाउको नकुच्च्याएसम्म, सर्पले कसैलाई अझैपनि डस्न सक्छ । “कुच्च्याउनु”को लागि यस्तो शब्दको प्रयोग गर्नुहोस् जसले त्यसको टाउको नाश भयो भन्ने कुरालाई सञ्चार गर्छ ।
सर्प ... शैतान थियो
शैतानले हव्वासँग सर्पको रूपमा कुरा गर्यो । यसको अर्थ त्यो अहिले सर्प भएको छ भन्ने चाहिँ होइन । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “सर्प ... शैतानको एउटा रूप थियो ।”
जसले हव्वालाई छल्यो
अर्थात, “जसले हव्वालाई झूट बोल्यो ।” सर्पले परमेश्वरले भन्नुभएको करामा हव्वालाई शङ्का गर्न लगाएर र तिनीलाई परमेश्वरलाई अनाज्ञापालन गराउनलाई छलेर झूट बोल्यो ।
21-02
उनीद्वारा
अर्थात, “उनका सन्तानहरूमध्ये कुनै एकजनाको कारण ।”
21-03
मोशाजस्तै अगमवक्ता
मोशाजस्तै हुनलाई, भविष्यको अगमवक्तासँग परमेश्वरका मानिसहरूलाई डोहोर्याउन र उद्धार गर्नलाई उहाँबाट ठूलो अधिकार पाएको हुनुपर्थ्यो ।
21-04
उनका आफ्नै सन्तानहरू
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “दाऊदको आफैँको एउटा प्रत्यक्ष सन्तान ।”
21-05
... जस्तो हुने थिएन
नयाँ करार साँच्चै प्रभावकारी हुने थियो । मानिसहरूले साँच्चै परमेश्वरलाई चिन्ने थिए, तिनीहरू साँच्चिकै उहाँका मानिसहरूको रूपमा रहने थिए, र उहाँलाई विश्वास गर्नेहरूको लागि मसिहको एकपटकको आफ्नै बलिदानको आधारमा उहाँले तिनीहरूका पापहरूलाई पूर्ण रूपले क्षमा गरिदिनुहुने थियो ।
यो तिनीहरूका हृदयहरूमा उहाँका नियमहरू लेख्ने जस्तै हुने थियो
यहवेको व्यवस्था केवल ढुङ्गामा लेखिनुको साटोमा बरु तिनीहरूको एक हिस्सा हुने थियो । यहाँ “हृदय”ले “भावनाहरू” वा “दिमाग”लाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो व्यवस्था तिनीहरूको सोचाईहरू र भावनाहरूको एक हिस्सा हुनेछ” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])
तिनीहरूको हृदयहरूमा उहाँको नियम लेख्दै
यो एउटा अलङ्कार हो जसको अर्थ हुन्छ, “उहाँका मानिसहरूलाई उहाँका नियमहरू बुझ्नलाई सहायता गर्नलाई र उहाँलाई आज्ञापालन गर्नलाई दिलोज्यानले चाहना गर्नलाई ।” यदि सम्भव हुन्छ भने, तिनीहरूका हृदयहरूमा लेखेको भनेर झलक दिने तस्वीरलाई कायम राख्नुहोस्, किनकि यो उहाँले इस्राएलीहरूका लागि उहाँको व्यवस्थालाई ढुङ्गाको पाटिमा लेख्नुभएको तरिकासँग विपरीतमा छ । यदि त्यो सम्भव छैन भने, तपाईंले केवल अर्थलाई मात्र अनुवाद गर्न पनि सक्नुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])
उहाँका मानिसहरू हुनु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका विशेष मानिसहरू हुन” वा, “उहाँका कृपा प्राप्त मानिसहरू हुन ।”
21-06
सिद्ध अगमवक्ता
मसिह परमेश्वरको आज्ञापालनमा एक सिद्ध अगमवक्ता हुनुहुने थियो, जसले परमेश्वरले दिनुभएको हरेक वचन मानिसहरूलाई दिनुहुने थियो । उहाँले मानिसहरूलाई परमेश्वरलाई चिन्न र बुझ्न सहायता गर्नुभएर परमेश्वरलाई मानिसहरूकहाँ सिद्ध रूपले प्रस्तुत गर्नुहुने थियो ।
21-07
तापनि
संयोजक शब्द “तापनि”ले इस्राएली पूजाहारीहरूको काम र मसिहले पूजाहारीको रूपमा गर्नुहुने कामको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
सिद्ध मुख्य पूजाहारी
अरू मुख्य पूजाहारीहरूको विपरीतमा, मसिहले कहिल्यै पाप गर्नुहुने थिएन, र उहाँले मानिसहरूका सबै पापहरूलाई सधैँका लागि हटाउनुहुने थियो ।
आफैलाई दिनुहुने थियो
अर्थात, “आफैँलाई मारिनलाई स्वीकृति दिनुहुने थियो ।”
एउटा सिद्ध बलिदान
अर्थात, “एउटा बलिदान जसमा कुनै खोट वा असिद्धता छैन ।”
21-08
तर मसिह
संयोजक शब्द “तर”ले राज्य र अरू राजाहरूका प्रस्तुति र मसिहको राज्य र उहाँको राजाको रूपमा हुने प्रस्तुतिको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
सारा संसार
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सबैतिर भएका सबैजना ।”
21-09
मलाकी
मलाकी पुरानो करारको अन्तिम अगमवक्ता थिए ।
मसिह एक कन्याबाट जन्मिएको हुनुहुने थियो
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “एक कन्याले मसिहलाई जन्म दिने थिइन् ।”
कन्या
केही प्राचीन संस्करणहरूले र केही समकालीन संस्करणहरूले यसरी अनुवाद गर्छन्, “कन्याले गर्भधारण गर्नेछिन्,” र अन्यले भने यसरी अनुवाद गर्छन्, “एक जवान स्त्रीले गर्भधारण गर्नेछिन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
मीका
मीका पुरानो करारको एक अगमवक्ता थिए जसले यशैया जस्तै गरी मसिह आउनु भन्दा ८०० वर्ष अगाडि परमेश्वरबाटका उनका सन्देशहरू बताए ।
21-10
कैदीहरूलाई स्वतन्त्र पार्न
अर्थात, “तिनीहरूलाई स्वतन्त्र पार्न जो अन्यायपूर्वक झ्यालखानामा राखिएका छन् ।” यसले मानिसहरूलाई पापको बन्धनबाट स्वतन्त्र पार्ने कुरालाई जनाएको पनि हुन सक्छ ।
सुन्न, हेर्न, बोल्न, वा हिँड्न सक्दैनथे
यसो भन्नु बढि ठीक हुन सक्छ, “सुन्न सक्दैनथे, हेर्न सक्दैनथे, बोल्न सक्दैनथे, वा हिँड्न सक्दैनथे ।” केही भाषाहरूमा यी अवस्थाहरूको लागि खास शब्दहरू हुन्छन, जस्तै, “बहिरो” र “अन्धो ।”
21-11
जकरिया
जकरिया पुरानो करारको एकजना अगमवक्ता थिए जसले परमेश्वरका मानिसहरू बेबिलोनमा निर्वासनबाट प्रतिज्ञाको भूमिमा फर्के पश्चात तिनीहरूसँग बोले । यो मसिह आउनु भन्दा लगभग ५०० वर्ष अगाडि थियो ।
तीस चाँदिका सिक्काहरू
त्यो समयमा, यी हरेक सिक्का एउटा व्यक्तिले चार दिनमा कमाउन सक्ने ज्याला बराबरको थियो ।
उहाँका वस्त्रहरूको लागि गोला हाले
अर्थात, “उहाँका वस्त्रहरू कसले जित्ने भनेर निश्चय गर्न दाउको खेल खेल्ने ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
21-12
घोच्नु
मानिसहरूले मसिहलाई धारीलो हतियारले घोप्ने थिए ।
उहाँले कुनै गल्ती नगर्नुभएको भएतापनि
संयोजक शब्द “भएतापनि”ले जुन किसिमले मसिहलाई मारियो, त्यस कुरालाई उहाँको निर्दोषपनासँग विपरीत भएको देखाउँछ । एउटा निर्दोष, पापरहित मानिस त्यस्तो निर्दयी ढङ्गले मारिनलाई अपेक्षा गरिँदैन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
21-13
तर उहाँ मर्नुहुने थियो
संयोजक शब्द “तर”ले मसिहको सिद्धतालाई अरू मानिसहरूको पापहरूको दण्ड स्वरूप भएको उहाँको मृत्युसँग विपरीत भएको देखाउँछ । एउटा सिद्ध मानिस अरू मानिसहरूको पापको लागि मर्ने थियो भनेर अपेक्षा गरिँदैन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
21-14
मसिहलाई मरेकाहरूबाट बौराउनुहुनेछ
अर्थात, “मसिहलाई फेरि जीवित हुने तुल्याउनुहुने थियो ।”
नयाँ करार बनाउन
अर्थात, “नयाँ करारलाई प्रभावमा ल्याउनलाई ।”
21-15
तर मसिह ती कुनै अगमवक्ताहरूको समयमा आउनुभएन
संयोजक शब्द “तर”ले अगमवक्ताहरूलाई मसिहको बारेमा दिइएका धेरै अगमवाणीहरूलाई मसिह तिनीहरूको जीवनकालमा नआउनुभएको कुरासँग विपरीत भएको देखाउँछ । अगमवक्ताहरूको जीवनकालमा त्यति धेरै विस्तृत विवरण दिइनु र मसिह आउनुहुने चाहिँ त्यसको ४०० वर्ष पश्चात मात्रै हुने भनेर अपेक्षा गरिँदैन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
यी अगमवाणीहरूका अन्तिम-अन्तिम अगमवाणीको ४०० वर्ष भन्दा बढि समय पछि, एकदम ठिक समयमा
यो मसिह आउनु भन्दा अगाडि के भयो भनेर बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
४०० वर्ष
यसलाई अक्षरमा पनि लेख्न सकिन्छः “चार सय वर्ष ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
संसारमा
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “संसारका मानिसहरूकहाँ ।” मसिह केवल यहूदीहरूकहाँ मात्र पठाइनुहुने थिएन, तर सबै मानिसहरूकहाँ पठाइनुहुने थियो ।