नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

03-01

लामो समयपछि

यो कथा सृष्‍टिको धेरै पुस्ताहरू पछि (सयौँ वर्ष) हुन आउँछ ।

धेरै दुष्‍ट र हिंस्रक

यसरी भन्‍नु बढि स्वभाविक हुनसक्छ, “धेरै दुष्‍ट भएका थिए र हिंसात्मक कामहरू गर्थे” ।

यो यति खराब भयो

यसरी भन्‍नु बढि स्पष्‍ट हुन सक्छ, “मानिसहरूले यस्तो हिंसात्मक र दुष्‍ट किसिमले व्यवहार गरिरहेका थिए कि परमेश्‍वरले ।”

परमेश्‍वरले नष्‍ट गर्ने निर्णय गर्नुभयो

यसको अर्थ पृथ्वी नै पूर्ण रूपले नष्‍ट हुने थियो भन्‍ने होइन । बरु परमेश्‍वरले सबै मानिसहरूलाई नष्‍ट गर्ने योजना गर्नुभयो जसले उहाँको विरुद्धमा विद्रोह गरेका थिए र जसले त्यस्तो दुष्‍टता र हिंसा गरेका थिए । यो जलप्रलयले जमिनमा बस्‍ने सबै जन्तुहरू र पन्क्षीहरूलाई पनि मार्नेथियो ।

एउटा ठूलो जलप्रलय

धेरै गहिरो पानी जसले पृथ्वीलाई ढाक्‍ने थियो, ती ठाउँहरूमा पनि जहाँ जमिन साधारणतया सुक्खा थियो, र उच्च पहाडहरूको चुचुरोहरूलाई पनि ढाक्‍ने थियो ।

03-02

परमेश्‍वर नोआसँग खुशी हुनुहुन्थ्यो

परमेश्‍वर नोआसँग खुशी हुनुहुन्थ्यो किनभने उनले परमेश्‍वरको डर मान्थे र उहाँको आज्ञापाल गर्थे । त्यसैले नोआ पापरहित नभएता पनि , परमेश्‍वर उनीप्रति अनुग्रहि हुनुभयो र उनको परिवारलाई विनाशकारी जलप्रलयबाट जोगाउने योजना गर्नुभयो । पक्‍का गर्नुहोस् कि यो नोआ भाग्यमानी थिए वा उनी केवल उम्कन पुगे भनेको जस्तो नसुनियोस् । बरु, यो परमेश्‍वरको चुनाव थियो ।

ठूलो बाढि ल्याउन लाग्‍नुभएको थियो

परमेश्‍वरले धेरै पानी पठाउनुभएर पृथ्वीलाई गहिरो पानीले ढाक्‍ने योजना गर्नुभयो । अर्थात्, उहाँले धेरै पानी पर्न लगाउनुभएर बाढि ल्याउने योजना गर्नुभयो ।

एउटा ठूलो बाढि

तपाईंले यसलाई ०३:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

03-03

डुङ्‍गा

आठजना मानिसहरू, हरेक जातको जनावरको दुईवटा, र लगभग एक वर्षको लागि पर्याप्‍त खाना बोक्‍न सक्‍नेगरी डुङ्‍गा ठूलो थियो ।

03-04

नोआले मानिसहरूलाई चेतावनी देए

नाआले सबैजनालाई भने कि परमेश्‍वरले पापको कारण संसारलाई नष्‍ट गर्ने योजना गर्नुभयो ।

परमेश्‍वरतिर फर्कनलाई

यसको अर्थ हो कि तिनीहरूले पाप गर्न रोक्‍नुपर्छ र परमेश्‍वरको आज्ञापालन गर्न सुरु गर्नुपर्छ ।

03-06

परमेश्‍वरले पठाउनुभयो

नोआले जनावरहरूलाई खोज्‍न जानु परेन । परमेश्‍वरले तिनीहरूलाई उनीकहाँ पठाइदिनुभयो ।

बलिदानहरूको लागि प्रयोग हुने

केही भाषाहरूको लागि यसो भन्‍नु बढि उत्तम हुनसक्छ, “परमेश्‍वरको लागि स्वीकारयोग्य हुने पशुहरू ।” परमेश्‍वरले निर्णय गर्नुभएको थियो कि मानिसहरूले उहाँलाई पशुहरूको बलिदान चढाउनुपर्छ, तर उहाँले केवल केही खास किसिमका पशुहरूको मात्र बलिदान चढाउन अनुमति दिनुभयो ।

परमेश्‍वर आफैँले ढोका बन्द गर्नुभयो

यसले यो कुरामा जोड दिन्छ कि त्यो परमेश्‍वर नै हुनुहुन्थ्यो जसले ढोका बन्द गर्नुभयो ।

03-07

पानी, अनि पानी, अनि पानी

यसले जोड दिन्छ कि त्यहाँ असामान्य, असाध्यै ज्यादा परिमाणको पानी परेको थियो । अरू भाषाहरूको यसलाई जोड दिने फरक तरिका हुनसक्छ ।

जोडसँग निस्केर आउँदै

यसले सङ्‍केत गर्छ कि त्यहाँ धेरै मात्रामा पानी बाहिर आइरहेको थियो ।

सारा संसार ढाकिएको थियो

यसले सम्पूर्ण पृथ्वी जलप्रलयको पानीले पुरिएको भनेर जनाउँछ ।

03-09

पानी रोकियो

यसलाई यसो भनेर अनुवाद गर्न सकिन्थ्यो, “पानी पर्न रोकियो ।”

डुङ्‍गा अडियो

पानी परेर यति धेरै पानी जम्मा भएको थियो कि त्यसले पर्वतहरूलाई ढाक्यो । जहाज पर्वतहरूमाथि तैरियो, र जब पानी घट्दै तल जान लाग्यो, जहाज पनि पानीसँगै तल गयो र एउटा पर्वतमा गएर अडियो ।

तीन महिना पछि

त्यसपछिको तीन महिनाभरी, पानी निरन्तर कम हुदैगयो ।

देखिन थाले

यसलाई अनुवाद गर्न अरू तरिकाहरू यी हुनसक्छन्, “देखिँदै थियो” वा, “देखापर्‍यो” वा, “देख्‍न सकिन्थ्यो ।” यसरी भन्‍नु बढि प्रस्ट हुनसक्छ, “तीन महिना पछि, पानी यति तल गइसकेको थियो कि नोआ र उनको परिवारले पर्वतहरूको चुचुरोहरूलाई स्‍पष्‍टसँग देख्‍न सक्थे ।”

03-10

एउटा काग

एउटा कालो चरा जुन उड्न सक्छ र मरेका जन्तुहरूको कुहिरहेको मासु समेत गरेर विभिन्‍न प्रकारका बोट-बिरुवा र जीव-जन्तुलाई आहारको रूपमा खान्छ ।

03-11

एउटा ढुकुर

एउटा सानो, सेतो वा खरानी रङ्गको उड्ने चरा जसले बिउहरू वा फल खान्छ ।

एउटा भद्राक्षको हाँगा

भद्राक्षको रूखको फलमा तेल हुन्छ जुन मानिसहरूले खाना पकाउन वा उनीहरूको छालामा घस्‍न प्रयोग गर्छन् । यदि तपाईंको भाषामा “भद्राक्षको हाँगा”को लागि शब्द छैन भने, तपाईंले त्यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “‘भद्राक्ष’ नामक रूखको हाँगा” वा, “तेलको रूखको हाँगा ।”

पानी तल गइरहेको थियो

तपाईंको भाषामा यसो भन्‍नु बढि स्वभाविक हुनसक्छ, “पानी हटेर गइरहेको थियो” वा, “पानीको तह कम हुँदै गइरहेको थियो ।”

03-12

अर्को हप्‍ता कुरे

तपाईं भन्‍न सक्नुहुन्थ्यो, “थप सात दिन कुरे ।” “कुरे” भन्‍ने शब्दले देखाउँछ कि नोआले ढुकुरलाई पुनः पठाउन अघि जलप्रलयको पानीलाई तल जान समय दिइरहेका थिए ।

03-13

दुई महिना पछि

यसको मतलब नोआले ढुकुरलाई जहाजबाट छोडिदिएको दुई महिना पछि हो । यदि यो स्पष्‍ट छैन भने यसलाई प्रस्टसँग बताउन जरुरी हुन सक्छ ।

परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “तँ र तेरो परिवार र सबै जन्तुहरू अब डुङ्‍गालाई छोड्न सक्छन्। धेरै सन्तानहरू र दरसन्तानहरू पाओ र पृथ्वीलाई भर ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले नोआलाई उनी र उनको परिवार र सबै जन्तुहरूले डुङ्‍गालाई छोड्न सक्छन् भन्‍नुभयो र त्यसपछि धेरै सन्तानहरू र दरसन्तानहरू पाउन र पृथ्वीलाई भर्न भन्‍नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

धेरै सन्तानहरू पाओ

यो परमेश्‍वरको आज्ञा अनि इच्‍छा थियो भनेर स्पष्‍ट छ भनी पक्‍का गर्नलाई, तपाईंले भन्‍न सक्नुहुन्थ्यो, “तिमीहरूले धेरै सन्तानहरू पाउनुपर्छ” वा, “म तिमीहरूले धेरै सन्तानहरू पाएको चाहन्छु ।”

पृथ्वीलाई भर

यदि यो स्‍पष्‍ट छैन भने, तपाईंले यसो भन्‍नु जरुरी हुनसक्छ, “अनि पृथ्वीलाई मानिसहरूले भर” वा, “ताकि त्यहाँ धेरै मानिसहरू पृथ्वीमा भएका होऊन् ।”

बाहिर आए

केही भाषाहरूले त्यसको सट्टामा “बाहिर आए” भन्‍नेछन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-go/01.md]])

03-14

बलिदानको लागि प्रयोग गर्न सकिने पशु

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “जसलाई मानिसहरूले उहाँलाई बलिदान चढाउनको लागि प्रयोग गर्न सक्थे ।”

परमेश्‍वर खुशी हुनुहुन्थ्यो

परमेश्‍वर यी पशुहरूको बलिदान चढाएकोमा नोआसँग खुशी हुनुहुन्थ्यो ।

03-15

परमेश्‍वरले भन्‍नुभयो, “म प्रतिज्ञा गर्छु कि मानिषहरुले गरेको पापको कारण, म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन वा पृथ्‍विलाई जलप्रलयद्वारा नष्‍ट गर्ने छैन्, यधपि  मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले भूमिलाई फेरि कहिल्यै श्राप नदिने प्रतिज्ञा गर्नुभयो ... मानिसहरू त तिनीहरू बालक हुँदाको समयदेखि नै पापपूर्ण हुन्छन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

फेरि कहिल्यै

यसको अर्थ हुन्छ, “फेरि कहिल्यै होइन” वा, “कुनै पनि समयमा फेरि होइन” वा, “साँच्‍चै फेरि होइन” । उदाहरणहरूः “म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन” वा, “म फेरि कुनै पनि समयमा भूमिलाई श्राप दिनेछैन” वा, “म साँच्‍चै भूमिलाई फेरि श्राप दिनेछैन” ।

भूमिलाई श्राप दिनु

पृथ्वी र अरू जिवातहरूले मानिसको पापको कारण दुःख भोगे ।

संसार

यसले पृथ्वी र यसमा बस्‍ने जीवित जिवातहरूलाई जनाउँछ ।

मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।”

यसलाई बताउने अर्को तरिका यस्तो हुन सक्थ्यो, “मानिसहरूले तिनीहरूको सारा जीवन भरी पापपूर्ण कामहरू गर्दछन् ।”

03-16

इन्द्रेणी

यो बहुरङ्‍गी ज्योतिको धनु हो जुन पानी र हुरीबतास पछि आकाशमा प्राय देखापर्छ ।

एउटा चिन्ह

एउटा चिन्ह भनेको केही कुरा(जस्तै एउटा वस्तु वा क्षण) हो जसले एउटा खास अर्थ दिन्छ वा जसले कुनै सत्य कुरालाई वा पछि हुने कुरालाई औँल्याउँछ ।

उहाँको प्रतिज्ञाको

केही भाषाहरूमा यसो भन्‍नु बढि उत्तम हुन सक्छ, “उहाँले प्रतिज्ञा गर्नुभएको थियो भनी देखाउन ।”

हरेक पटक

यसको अर्थ त्यो समयदेखि लिएर हरेक पटक इन्द्रेणी देखापर्दा हो भनी प्रस्ट छ भनेर पक्‍का गर्नुहोस् । यो थप्‍न जरुरी हुनसक्छ, “त्यहाँदेखि, हरेक पटक ।”

जे उहाँले प्रतिज्ञा गर्नुभयो

यसले अघिल्लो परिवेशलाई जनाउँछ जसमा परमेश्‍वरले पृथ्वीलाई फेरि कहिल्यै जलप्रलयले नाश नगर्ने प्रतिज्ञा गर्नुभयो ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।