05-01
तिनीहरूको अझै पनि सन्तान थिएन
सन्तान बिना, एउटा महान् जाति बन्नलाई अब्रामको कुनै छोराछोरीहरू थिएनन् ।
त्यसैले अब्रामकी पत्नी, साराईले उनलाई भनिन्, “किनभने परमेश्वरले मलाई सन्तान पाउन दिनुभएको छैन र मेरो सन्तान जन्माउनको लागि उमेर ढल्कि सकेकोले, मेरो दासी हागारलाई लिनुहोस्। उसँग पनि विवहा गर्नु होस ताकि उसले मेरो लागि एउटा सन्तान पाउन सकुन्।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसैले अब्रामकी पत्नी, साराईले उनलाई भनिन् कि किनभने परमेश्वरले तिनीलाई सन्तान पाउन दिनुभएको थिएन र अब म सन्तान पाउन धेरै वृद्ध भइसकेको छु, अब्रामले तिनकी दासी, हागारलाई लिनुपर्छ, र तिनलाई विवाह पनि गर्नुपर्छ ताकि तिनले साराईको लागि एउटा सन्तान पाउन सकून् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिनलाई विवाह पनि गर्नुपर्छ
अब्रामले हागारलाई दोस्रो पत्नीको रूपमा लिने थिए, तर हागारको साराईको जस्तो पत्नी हुनुको सम्पूर्ण मान्यता हुने थिएन । तिनी अझै पनि साराईकी दासी थिइन् ।
मेरो लागि एउटा सन्तान पाउने
किनभने हागार साराईकी दासी थिइन्, साराई हागारले जन्माएका कुनै पनि बालकको आमा मानिने थिइन् ।
05-02
विवाह गरे
हागार अब्रामकी उपपत्नी बनिन्-तल्लो श्रेणीकी “दोस्रो पत्नी” । हागार अझै पनि साराईकी दासी थिइन् ।
हागारको डाही बनिन्
साराई हागारको डाही बनिन् किनभने हागारले सन्तान प्राप्त गर्न सक्थिन् र साराईले सक्दिनथिन् ।
05-03
परमेश्वरले अब्रामलाई यसो पनि भन्नुभयो, “तँ धेरै जातिहरूको पिता हुनेछस्। म तेरा र तेरो सन्तानलाई कनानको भुमि तिनिहरुको स्वामित्वमा सदाको लागि दिनेछु। तैँले तेरो परिवारको सबै पुरुषहरूको खतना गर्नुपर्छ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले अब्रामलाई यसो पनि भन्नुभयो कि अब्राम धेरै जातिहरूका पिता हुनेथिए । परमेश्वरले उनी र उनका सन्तानहरूलाई कनानको भूमि तिनीहरूको सम्पत्तिको रूपमा दिनुहुने थियो र सधैँ तिनीहरूको परमेश्वर हुनुहुने थियो । अब्रामले उनको परिवारको हेरक पुरुषको खतना गर्नुपर्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
धेरै जातिहरूको पिता
अब्रामको धेरै सन्तानहरू हुनेथिए, र तिनीहरूको आफ्नै जमिनहरू हुनेथियो र तिनीहरू आफैँ राज गर्ने थिए । तिनीहरू र अरूहरूले अब्राम तिनीहरूका पूर्वज थिए भनेर सम्झने थिए र उनलाई सम्मान गर्ने थिए ।
म तिनीहरूको परमेश्वर हुनेछु
यसलाई बताउने अर्को तरिका हो, “म तिनीहरूले आराधना गर्ने परमेश्वर हुनेछु ।”
तेरो परिवारको हरेक पुरुष
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तेरो परिवारको हरेक केटा र छोरा मानिस ।” यसले अब्रामको सेवकहरू र उनका सन्तानहरूलाई समेट्छ ।
05-04
साधरण टिप्पणी
परमेश्वर अब्रामसँग बोल्न जारी राख्नुहुन्छ ।
“तेरो पत्नी, साराईले, एउटा छोरो पाउनेछे-ऊ प्रतिज्ञाको छोरा हुनेछ। उसको नाम इसहाक राख्नु। म ऊँसगँ मेरो करार बाध्ने छु र ऊँ एउटा ठुलो जाति बन्ने छ। म इसमाएललाई पनि एउटा ठुलो जाति बनाउने छु तर मेरो करार इसहाकसँग हुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उनकी पत्नी, साराईले, एउटा छोरो पाउने थिइन्-ऊ प्रतिज्ञाको छोरा हुनेछ । उनले उसको नाम इसहाकक राख्ने थिए । परमेश्वरले उहाँको करार इसहाकसँग राख्नुहुने थियो, र उनी एउटा महान् जाति बन्नेछन् । परमेश्वरले इश्माएललाई पनि एउटा महान् जाति बनाउनुहुने थियो, तर उहाँको करार इसहाकसँग नै हुने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
प्रतिज्ञाको छोरा
परमेश्वरले साराई र अब्रामलाई प्रतिज्ञा गर्नुभएको छोरा इसहाकक हुने थिए । उनी नै ती छोरा पनि हुने थिए जसलाई परमेश्वरले अब्रामलाई धेरै सन्तानरू दिन प्रयोग गर्नुहुने थियो ।
म मेरो करार त्यससँग बनाउनेछु
यो परमेश्वरले अब्रामसँग बनाउनुभएको करार नै हुने थियो ।
धेरैका पिता
जसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, अब्राहाम ती धेरै मानिसहरूका पूर्वज हुने थिए जोहरू पनि पछि धेरै जातिहरू बन्ने थिए ।
राजकुमारी
राजकुमारी भनेको कुनै राजाको छोरी हो । साराई र सारा नामहरू दुवैले “राजकुमारी”को अर्थ दिएको देखिन्थ्यो । तर तिनी धेरै जातिहरूकी आमा हुने थिइन्, र तिनका केही सन्तानहरू राजाहरू हुनेथिए भनेर सङ्केत दिनलाई परमेश्वरले तिनको नाम बदलिदिनुभयो ।
05-05
उनको घरानामा भएका सबै पुरुषहरू
यसको अर्थ सबै छोरा मानिसहरू र केटाहरू हो जसको लागि अब्राहाम जिम्मेवार थिए, जसमा जवान र वृद्ध गरेर उनका पुरुष सेवकहरू पनि समावेश छन् ।
05-06
परमेश्वरले यसो भनेर अब्राहामको विश्वास जाँच्नुभयो, “इसहाक, तेरो एउटै छोरालाई लैजा, र मलाई बलि स्वरूप त्यसलाई मार् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले अब्राहामलाई इसहाक, उनको एउटै छोरालाई लिएर, परमेश्वरलाई बलि स्वरूप मार्न भन्नुभएर उनको विश्वास जाँच्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमेश्वरले अब्राहामको विश्वास जाँच्नुभयो
परमेश्वरले अब्राहामले आफू उहाँप्रति सम्पूर्ण रूपले समर्पित थिए, र परमेश्वरले उनलाई जेसुकै गर्न भन्नुभए पनि उनले मान्ने थिए भनेर देखाएको चाहनुभयो ।
तेरो एउटै छोरो
यो मानिएको छ कि परमेश्वर जान्नुहुन्छ कि अब्राहामको अर्को छोरा, इश्माएल छ । यसले जोड दिन्छ कि परमेश्वरले अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभएको छोरा इसहाक हुन् । यो भनाईको पूर्ण अर्थलाई सपष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तेरो एउटै छोरो जसलाई मैले प्रतिज्ञा गरेको छु” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
त्यसलाई मार्
परमेश्वरले मानव बलि चाहनुभएन । अब्राहामले परमेश्वरलाई उनको छोरालाई भन्दा ज्यादा प्रेम गर्थे र परमेश्वरले उनलाई उनको छोरा परमेश्वरलाई फिर्ता दिन बताउनु भएपनि परमेश्वरलाई मान्ने थिए भनेर परमेश्वरले देख्न चाहनभयो ।
आफ्नो छोरालाई बलि गर्न तयार गरे
अब्राहाम उनको छोरालाई बलि गर्नलाई तयार भए । उनले आफ्नो छोरालाई मार्न भन्दा अगाडि परमेश्वरले उनलाई रोक्नुभयो ।
05-07
बलि चढाउने ठाउँमा गए
परमेश्वरले अब्राहामलाई एउटा विशेष अग्लो पहाडमा इसहाकलाई बलि चढाउन भन्नुभएको थियो, जुन उनीहरू बसेको ठाउँबाट तीन दिनको यात्रामा थियो ।
इसहाकले सोधे, “बुबा, हामीसँग बलिको लागि दाउराहरू त छन्, तर थुमा कहाँ छ ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “इसहाकले आफ्नो बाबुलाई भने कि तिनीहरूसँग बलिको लागि दाउराहरू थिए, तर थुमा कहाँ थियो भनेर उनलाई थाहा थिएन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
बलिको लागि दाउराहरू
बलि चढाउनको लागि, सामान्यतया थुमालाई मारिन्थ्यो र दाउराहरूको माथि राखिन्थ्यो ताकि दाउराहरू र थुमालाई आगोले बाल्न सकियोस् ।
थुमा
सामान्यतया एउटा कलिलो भेडा वा बाख्रा बलिदानको पशु हुन्थ्यो ।
अब्राहामले जवाफ दिए, “मेरो छोरा, परमेश्वरले नै बलिको लागि थुमा जुटाइदिनुहुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “अब्राहामले उनको छोरालाई जवाफ दिए कि परमेश्वरले नै बलिको लागि थुमा जुटाइदिनुहुने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
थुमा जुटाइदिनुहुनेछ
हुन त परमेश्वरले बलिदानको लागि इसहाकको ठाउँमा भेडा जुटाइदिनुभएर अब्राहामको वचनहरू पूरा गरिदिनुभयो, तर अब्राहामले परमेश्वरले जुटाइदिनुभएको “थुमा” इसहाक थिए भनेर विश्वास गरेका हुन सक्छन् ।
05-08
परमेश्वरले भन्नुभयो, “रोक् ! केटोलाई चोट नपुरा !अब मैले जानेँ कि तँ मसँग डराउँछस् किनभने तैँले तेरो एउटै छोरो पनि मबाट रोकेर राखिनस् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले उनलाई रोकिन, र केटोलाई चोट नपुर्याउन भन्नुभयो ! परमेश्वरले अब जान्नुभयो कि अब्राहाम परमेश्वरसँग डराउँथे किनभने उनले आफ्नो एउटै छोरो पनि उहाँबाट रोकेर राखेनन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
उनको छोरोलाई मार्न
परमेश्वरले मानव बलि चाहनुभएन । परमेश्वरले देख्न चाहनभयो कि अब्राहामले परमेश्वरलाई उनको छोरालाई भन्दा ज्यादा प्रेम गर्थे र परमेश्वरले उनलाई उनको छोरा परमेश्वरलाई फिर्ता दिन बताउनु भएपनि परमेश्वरलाई मान्ने थिए ।
रोक् ! केटोलाई चोट नपुरा !
यो आज्ञा हो जुन तुरुन्तै भइहाल्यो किनभने यो परमेश्वरद्वारा बोलिएको थियो । परमेश्वरले इसहाकलाई जोगाउनुभयो र उनलाई मार्नबाट अब्राहामलाई रोक्नुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])
तँ मसँग डराउँछस्
अब्राहाम परमेश्वरसँग डराए, जसमा परमेश्वरको लागि आदर र गहिरो सम्मान थियो । यी कुराहरूको कारणले, उनले परमेश्वरको आज्ञापालन गरे ।
तेरो एउटै छोरो
इश्माएल पनि अब्राहामको छोरा थिए, तर अब्राहाम र साराको एउटै मात्र छोरा इसहाक थिए । परमेश्वरको करार इसहाकसँग थियो र परमेश्वरले उहाँको प्रतिज्ञा इसहाकद्वारा पूरा गर्नुहुने थियो । यो भनाईको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तेरो एउटै छोरो जसलाई मैले प्रतिज्ञा गरेको छु” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
05-09
एउटा भेडा
भेडा भनेको भाले जातको बाख्रा हो । बाख्राहरू मानिसहरूले परमेश्वरलाई बलि चढाउन सक्ने पशुहरू मध्येको एक थिए ।
परमेश्वरले भेडा जुटाइदिनुभएको थियो
एकदम ठीक समयमा, परमेश्वरले भेडालाई झाडीमा अड्कने तुल्याउनुभयो ।
05-10
त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “किनभने तैँले मलाई सबैथोक दिन चाहेका हुनाले, तेरो एक मात्र पुत्र पनि, म तलाई आशिष् दिने प्रतिज्ञा गर्छु। तेरा सन्तान आकाशका ताराहरु भन्दा पनि धेरै हुने छन्। किनकि तैँले मेरो आज्ञा पालन गरीस्, म संसारका सबै परिवारहरूलाई तेरो परिवारद्वारा आशिष् दिनेछु ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो कि अब्राहामले परमेश्वरलाई सबैथोक, र उनको एकमात्र छोरो पनि दिन राजी भएकाले, उहाँले उनीलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो । उनका सन्तानहरू आकाशका ताराहरू भन्दा बढि हुनेछन् । किनभने अब्राहामले उहाँको आज्ञा मानेका थिए, परमेश्वरले संसारका सबै परिवारहरूलाई अब्राहामको परिवारद्वारा आशिष् दिनुहुने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तेरो एउटै छोरो
०५:०८ मा भएको व्याख्या हेर्नुहोस।
आकाशका ताराहरू
०४:०८ मा भएको व्याख्या हेर्नुहोस् ।
संसारका सबै परिवारहरू
यहाँ, “परिवारहरू”ले बाबुआमा र छोराछोरीको एक-एक समूहलाई भन्दा, पृथ्वीमा भएका मानिसहरूका प्रस्ट देखिने अझ ठूला समूहहरूलाई जनाउँछ ।
तेरो परिवार
यहाँ, “परिवार”ले धेरै सन्तानहरूलाई जनाउँछ जुन अब्राहामले पाउने थिए । संसारका भावी पुस्ताहरू अब्राहामको सन्तानहरूद्वारा आशिषित् हुने थिए । सबैभन्दा ठूलो आशिष् धेरै पुस्ताहरू पछि परमेश्वरको चुनिएको सेवक, मसिहद्वारा आउने थियो ।
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।