नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

48-01

परमेश्‍वरले संसारलाई बनाउनुभयो

अर्थात, “परमेश्‍वरले संसारलाई शून्यताबाट बनाउनुभयो ।”

सिद्ध

अर्थात, परमेश्‍वरले त्यसको लागि चाहना गर्नुभएको सबैकुराहरू पूरा गर्नको निमित्त “जसरी हुनुपर्ने हो त्यसरी नै ठ्याक्‍कै” थियो ।

त्यहाँ कुनै पाप थिएन

केही भाषाहरूको लागि “पाप”लाई कुनै थोकको रूपमा व्यक्त गर्न सम्भव छैन, बरु त्यो त एउटा क्रिया हुन्छ । त्यस्तो अवस्थाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कसैले कहिल्यै पाप गरेन” वा, “मानिसहरूले पाप गरेनन्” वा, “कुनै त्यस्तो दुष्‍टता भएको थिएन ।”

त्यहाँ कुनै बिरामी वा मृत्यु थिएन

अर्थात, “कोही बिरामी भएन र कोही मरेन” वा, “तिनीहरू बिरामी भएनन् वा मरेनन् ।”

48-02

बगैँचा

यसले परमेश्‍वरले सृष्‍टि गर्नुभएको बगैँचालाई जनाउँछ जहाँ उहाँले पहिलो मानिस र स्‍त्रीलाई राख्‍नुभयो ।

तिनलाई छक्क्याउन

अर्थात, “तिनलाई झूट बोल्न ।” शैतानले परमेश्‍वरले भन्‍नुभएको कुरामा हव्वालाई शंका गर्न डोहोर्‍याएर झूट बोल्यो । यसो गरेर, त्यसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्नलाई छल्यो ।

किनभने तिनिहरुले पाप गरे, पृथ्‍विमा भएका सबै मर्छन

यो जडान शब्‍द "किनभने" ले कारण (उनिहरुले पाप गरे) सगँ परिणाम (पृथ्‍विमा भएका सबै मर्छन) लाई जोड्दछ।  (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])

48-03

तर परमेश्‍वरले शान्‍ति बनाउन चाहनुहुन्‍थ्‍यो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि परमेश्‍वरले आफ्‍ना शत्रुहरुलाई नष्‍ट गर्न चाहानुहुन्‍छ। तर त्‍यसो हुनको साटो, परमेश्‍वरले शान्‍ति बनाउन चाहनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

48-04

शैतानको टाउको कुच्‍च्याउनु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतानको टाउकोमा कुल्चनु र त्यसलाई प्यात्तै हुने गरेर दबाउनु” वा, “शैतानको टाउकोमा कुल्चेर त्यसलाई चकनाचुर पार्नु ।” यो कुनै व्यक्तिले सर्पको टाउकोमा कुल्चिरहेको देखाउने चित्रण हो । टाउको पूर्ण रूपमा कुच्‍चिएको छ, र सर्प मरिसकेको छ र त्यसैकारण अहानिकारक भएको छ ।

उसको कुर्कुच्‍चो डस्‍नु

यो भुइँमा भएको कनै एउटा सर्पले कुनै व्यक्तिको खुट्टा डसिरहेको देखाउने चित्रण हो । यहाँ चाहिँ, शैतानले मसिहलाई दुःख-कष्‍ट सहने तुल्याउने थियो, तर उहाँलाईIनाश भने गर्ने थिएन ।

तर परमेश्‍वरले उहाँलाई फेरि जिवित पार्नुहुनेछ

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि शैतानले मसिहलाई मार्नेछ, त्‍यसैले तपाई उहाँको मृत्‍यु हुने आशा गर्नुहुन्‍छ। यसको सट्टामा, परमेश्‍वरले मसिहलाई फेरि जिवित पार्नुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

उहाँलाई पुनः जीवनमा बौह्रिउठाउनु

अर्थात, “उहाँलाई फेरि जीवित बनाउनु ।”

48-05

तर परमेश्‍वरले येशुलाई पठाउनु भयो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि परमेश्‍वरले सबैलाई नष्‍ट गर्नु हुन्‍छ किनकि सबैले पाप गरेका छन्। यसको सट्टामा, परमेश्‍वरले  मानिसहरुलाई पाप बाट बचाउन मसिहलाई पठाउनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

48-06

सयौँ वर्षसम्‍म पुहारीहरुले परमेश्‍वरलाई बलिदान चढाए

यो पुजारीहरुले विगतमा परमेश्‍वरलाई चढाएको बलिदानको बारेमा पृष्‍टभुमिको जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-background/01.md]])

तर ति बलिदानले उनिहरुको पाप क्षमा गर्न सक्दैन थियो

यसले एक असाधारण सम्‍बन्‍धको संकेत गर्दछ। बलिदानले मानिसहरुलाई उनिहरुको पाप देखाउन सक्छ र यो सजाय पाउनको योग्‍य छ तर यसले उनिहरुको पाप क्षमा गर्न सक्‍दैन। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-exceptions/01.md]])

उहाँले आफैँलाई दिनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई मारिन स्‍वीकृति दिनुभयो ।”

48-07

पृथ्वीमा भएका सबै मानव समूहहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारका सबै विभिन्‍न भागहरूका मानिसहरू ।”

किनभने, परमेश्‍वरले  तिनिहरुलाई पाप बाट बचाउनु हुन्‍छ जसले येशुमा विश्‍वास गर्छ

यो जडान शब्‍द "किनभने" ले कारण (परमेश्‍वरले  तिनिहरुलाई पाप बाट बचाउनु हुन्‍छ जसले येशुमा विश्‍वास गर्छ) सगँ परिणाम (सबै जातिका मानिसहरु अब्राहामको सन्तान येशुको माध्‍यमबाट आशिष पाउने छन) लाई जोड्दछ।  हेर्नुहोसः

जब यि मानिसहरुले येशूमा विश्‍वास गरे

यो जडान शब्‍द "जब" ले कारण ( मानिसहरुले येशुमा विश्‍वास गरे (अब्राहामको सन्‍तान)) सगँ परिणाम (परमेश्‍वरले येशुलाई विश्‍वास गर्ने मानिसहरुलाई अब्राहामको सन्‍तान मान्‍नुहुन्‍छ) लाई जोड्दछ।  (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])

48-08

तर तब परमेश्‍वरले इसहाकको साटो बलिदानको लागि एउटा अेडा दिनुभयो

यो जडान शब्‍द 'तर तब' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। परमेश्‍वरले अब्राहामलाई  आफ्‍नो छोरा इसहाकलाई बलिदान गर्न भन्‍नु भयो, तर इसहाकलाई बलि चढाउनको सट्टामा, परमेश्‍वरले अब्राहामलाई पाठो जुटाउनु भयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

इसहाकको साटो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ इसहाक हुनुपर्ने ठाउँमा” वा “इसहाकको ठाउँमा”वा,“ ताकि उनले इसहाकलाई बलिको रूपमा चढाउन परेको नहोस् ।”

मारिन योग्‍य

यो भन्‍नाले "मर्नु पर्छ"

तर परमेश्‍वरले येशु दिनुभयो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। हामि सबै हाम्रो पापको खातिर मारिन योग्‍यका छौ, तर यसको सट्टामा, परमेश्‍वरले येशुलाई हाम्रो साटोमा मर्न दिनुभयो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

हाम्रो ठाउँमा मर्नलाई

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “हामी हरेकको स्थानमा मर्नलाई” वा, “ताकि उहाँले हामीलाई मार्नुपरेको नहोस् ।”

48-09

जब परमेश्‍वरले मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो

यो खण्‍डले मिश्रमा अन्‍तिम विपत्ति आएको समयको बारेमा पृष्‍ट भुमिको जानकारी  दिदँछ। मुख्‍य घटना भनेको निस्‍तार चाड हो  जुन कुराले परमेश्‍वरले कसरी मानिसहरुको पापको ऋृण तिर्नु हुन्छ भन्‍ने कुरालाई देखाउँदछ।  (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-background/01.md]])

मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो

अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो ।

त्यसको रगत

अर्थात, “थुमाको रगत ।”

ढोकाको चौकोसहरू

यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।”

भएर पार गर्नुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ ।

48-10

येशूको रगत

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई बनाउनुभएको बलिदान जब उहाँ पापीहरूको निमित्त मर्नुभयो ।” “रगत” शब्दको अर्थ यहाँ “मृत्यु” पनि हुन्छ ।

48-11

इस्राएलीहरू, किनभने तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए

अर्थात, “इस्राएलीहरू, किनभने तिनीहरू ती मानिसहरू थिए जसलाई उहाँले चुन्‍नुभएको थियो ।”

यदि कुनै पनि मानिस कुनै पनि समुहमा यो नयाँ करार स्‍विकार गर्दछ भने

यो जडान शब्‍द "यदि" ले कारण (उनले नयाँ करार विश्‍वास गर्दछन् र येशुमा विश?‍वास गर्दछन्) सगँ परिणाम (उनि परमेश्‍वरको मानिसहरु सगँ जोडिन्‍छन्) लाई जोड्दछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])

48-12

सबैभन्दा महान् अगमवक्ता

अर्थात, “सबैभन्दा महत्त्वपूर्ण अगमवक्ता ।”

येशूलाई परमेश्‍वरको वचन भनेर कहलाउनु

येशूले परमेश्‍वरको चरित्रलाई प्रकाशमा ल्याउनुहुन्छ । अरू अगमवक्ताहरूले परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सन्देश प्रचार गरे, तर येशूले उहाँको प्रचार र उहाँका कामहरूमा परमेश्‍वरलाई प्रकट गर्नुभयो ।

48-13

त्‍यसैले उहाँ दाऊदको सन्‍तान हुनुहुन्‍छ जो सदाको लागि शासन गर्नु हुनेछ।

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि येशु परमेश्‍वरको पुत्र र मसिह हुनुहुन्‍छ। नतिजा यो हो कि उहाँ दाऊदको सन्‍तान हुनुहुन्‍छ जो सदाको लागि शासन गर्नुहुनेछ।(हेर्नुहोसः  [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])

48-14

येशु सम्पूर्ण ब्रह्‌माण्डको राजा हुनुहुन्‍छ

यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। दाऊद इजरायलको राजा थिए, त्‍यसैले तपाई उसलाई सबै भन्दा महान राजाहरु हुनको लागि आशा गर्नुहुन्‍छ। यसको सट्टामा, येशु अझ धेरै महान हुनुहुन्‍छ, किनकि उहाँ ब्रह्‌माण्डको राजा हुनुहुन्‍छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])

तर येशु सम्‍पूर्ण ब्रह्माण्‍डको राजा हुनुहुन्‍छ।

अर्थात, “सबैठाउँमा भएका सबैजना र सबैथोक माथिको राजा ।”

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।