नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

10-01

हठी

यसको अर्थ फारोले परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गर्ने थिए भन्‍ने हुन्छ । तपाईंले यो थप्‍न पनि चाहन सक्नुहुन्छ, “हठी र सुन्‍न(वा आज्ञा मान्‍न) इन्कार गर्ने ।”

फारोलाई

यसो भन्‍नु बढि प्रस्ट हुनसक्छ, “फारोसँग कुरा गर्न उनको दरबारमा ।”

इस्राएलका परमेश्‍वरले यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !’

यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई जान दिन भन्‍नुहुन्छ !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])

इस्राएलका परमेश्‍वर

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर, जसले इस्राएलीहरूलाई उहाँका मानिसहरू हुनलाई चुन्‍नुभयो” वा “परमेश्‍वर, जसले इस्राएलका मानिसहरूमाथि राज गर्नुहुन्छ” वा, “परमेश्‍वर, जसलाई इस्राएलका मानिसहरूले आराधना गर्छन् ।”

मेरा मानिसहरूलाई जान दे !

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “मेरा मानिसहरूलाई स्‍वतन्‍त्र भएर जान दे !” वा, “मेरा मानिसहरूलाई मिश्र छोडेर जान स्वतन्‍त्र गर् !”

मेरा मानिसहरू

०९:१३ मा “मेरा मानिसहरू”लाई हेर्नुहोस् ।

तर फारोले सुनेनन्

संयोजक शब्द “तर”ले मोशा र हारूनले परमेश्‍वरले फारोलाई जे गर्न भन्‍नुभयो भनेर बताए, जुन थियो-उहाँका मानिसहरूलाई जान दे, यस कुरालाई उनले गरेको कुरासँग जोड्छ, जुन थियो-उनले तिनीहरूलाई सुनेनन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

... लाई सुनेनन्

यसलाई “मान्‍नु” वा “आज्ञापालन गर्नु” भनेर अनुवाद गर्न सकिन्थ्यो ।

इस्राएलीहरूलाई स्वतन्‍त्र भएर जान दिनको साटोमा

संयोजक शब्द “साटोमा”ले मोशा र हारूनले फारोलाई गर्न भनेको कुरा, जुन थियो-परमेश्‍वरलाई ध्यान दे र उहाँका मानिसहरू जान दे, यो कुरालाई फारोले गरेको कुरासँग जोड्छ, जुन थियो-तिनीहरूलाई झन् कडा काम गर्न लगाओ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले तिनीहरूलाई झन् कडा काम गर्न कर लगाए !

यो कडा भनाई हो जसमा बताइएको छ कि फारोले इस्राएलीहरूलाई स्वतन्‍त्र नगर्ने मात्र होइन, तर उनले तिनीहरूको जीवनलाई झन् परिश्रमपूर्ण बनाए ! (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

10-02

मानिसहरू

यसले इस्राएलका मानिसहरूलाई जनाउँछ, जसलाई “इस्राएलीहरू” पनि भनिन्छ ।

त्यसैले परमेश्‍वरले पठाउनुभयो

संयोजक शब्द “त्यसैले”ले कारक, जुन थियो-फारोले इस्राएलीहरूलाई जान दिनको साटोमा तिनीहरूलाई झन् बढि काम गर्न लगाए, त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले मिश्रमा दश भयानक विपत्तिहरू पठाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

दश भयानक विपत्तिहरू

विपत्ति भनेको कुनै धेरै नराम्रो वा भयानक कुरा हो जो कसैलाई वा केही कुरालाई हुन जान्छ । विपत्तिले प्राय त्यो कुरालाई जनाउँछ जसले धेरै मानिसहरूलाई असर पार्छ वा ठूलो भौगोलिक क्षेत्रमा घट्छ । “विपत्ति”को लागि अर्को शब्द “प्रकोप”हुन सक्छ ।

मिश्रका सारा देवताहरू

यसरी बताउनु बढि प्रस्ट हुन सक्छ, “ती सबै देवताहरू जसलाई मिश्रका मानिसहरूले पूजा गर्थे ।” मिश्रका मानिसहरूले धेरै झूटा देवताहरूलाई पूजा गर्थे । यीमध्ये केही झूटा देवताहरू अस्तित्वमै थिएनन् । तिनीहरूले पुज्‍ने अरू झूटा देवताहरू चाहिँ वास्तवमा भूतहरू थिए । भूतहरू इस्राएलका परमेश्‍वर झैँ शक्तिशाली हुँदैनन् ।

10-03

नील नदीलाई रगतमा परिणत गरिदिनुभयो

केही भाषाहरूले यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “नील नदीमा भएको पानीलाई रगतमा परिणत गरिदिनुभयो ।” नदीमा पानीको साटोमा रगत थियो, त्यसकारण माछाहरू मरे र मानिसहरूसँग पिउनको लागि पानी थिएन ।

तर फारो अझै पनि

संयोजक शब्द “तर”ले परमेश्‍वरले नदीलाई रगतमा बदल्नु र फारोले इस्राएलीहरूलाई जान नदिनुको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

10-04

परमेश्‍वरले मिश्रभर भ्यागुताहरूलाई पठाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले मिश्रभर निकै भ्यागुताहरूलाई देखापर्ने तुल्याउनुभयो ।”

उनको हृदय कठोर पारे

उनी फेरि हठी भए र परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गरे । यहाँ “हृदय” भनेको भाषाको अलङ्‍कार हो जसले फारोलाई जनाउँछ । उनको हठी स्वभावलाई उनको हृदय कठोर भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “फारोलाई हठी हुने तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-synecdoche/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-metaphor/01.md]])

10-05

परमेश्‍वरले एउटा विपत्ति पठाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले त्यहाँ एउटा विपत्ति हुने तुल्याउनुभयो” वा, “परमेश्‍वरले मिश्र देशमा एउटा विपत्ति(भुसुनाहरूको) हुने तुल्याउनुभयो ।”

भुसुनाहरू

यिनीहरू मसिना, टोक्‍ने कीराहरू हुन् जो हुल बनाएर उड्छन्, र यिनीहरूले मिश्रका मानिसहरू र पशुहरूलाई झर्को लगाए र तिनीहरू सबैमाथि बसे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

झिंगाहरू

यिनीहरू अझ ठूला उड्न सक्‍ने कीराहरू थिए जो दुवै झर्को लगाउने र विनाशकारी थिए । त्यहाँ यी झिंगाहरू यति धेरै थिए कि तिनीहरूले सबै कुराहरूलाई ढाके, मिश्रीहरूका घरहरू समेत भरे ।

उनको हृदय कठोर पारे

१०:०४ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

10-06

चौपायाहरू

यसले ठूला जनावरहरूलाई जनाउँछ जुन मिश्रीहरूले तिनीहरूको काममा सहायता गर्न प्रयोग गर्थे, जस्तै घोडाहरू, गधाहरू, ऊँटहरू, वस्तुभाउहरू, भेडाहरू, र बाख्राहरू ।

उनको हृदय कठोर भएको थियो

१०:०४ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

10-07

परमेश्‍वरले फारोको हृदय कठोर पारिदिनुभयो

परमेश्‍वरले फारोलाई हठी भइरहने तुल्याउनुभयो । १०:०४ मा भएको टिप्पणीलाई पनि हेर्नुहोस् ।

10-08

त्यसपछि

यसको अर्थ परमेश्‍वरले मिश्रीहरूका छालामा दुख्‍ने खटिराहरू आउने बनाउनुभए पछि भन्‍ने हो ।

परमेश्‍वरले असिना पठाउनुभयो

परमेश्‍वरले असिनालाई आकाशबाट झर्ने पार्नुभयो ।

असिना

असिना भनेको बरफको ढिक्‍काहरू जस्तै हुन्छ जुन बादलबाट पानी झैँ पर्छ । यी ढिक्‍काहरू धेरै साना वा धेरै ठूला हुन सक्छन् । ठूलाहरूले ती जसमाथि पर्छन् त्यसलाई चोट लगाउन वा मार्न सक्छन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने, “मैले पाप गरेको छु । तिमीहरू जान सक्छौ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने कि तिनले पाप गरेका थिए, र तिनीहरू जान सक्थे भने ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तिमीहरू जान सक्छौ

शब्द “तिमीहरू”ले मोशा, हारून, र इस्राएलीहरूलाई जनाउँछ ।

10-09

उनको हृदय कठोर पारे

१०:०४ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

10-10

सलहहरूको हूल

सलहहरू फट्याङ्‍ग्राहरू जस्तै हुन् जो हूलहरूमा, वा ठूला समूहहरूमा सङ्गै उड्छन्, र विशाल क्षेत्रमा भएका सबै किसिमका बोट-बिरुवा र अन्‍नका बालीहरूलाई खाइदिएर तिनीहरूलाई नाश पार्छन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

असिना

असिना भनेको बरफको ढिक्‍काहरू जस्तै हुन्छ जुन बादलबाट पानी झैँ पर्छ ।

10-11

परमेश्‍वरले अन्धकार पठाउनुभयो

परमेश्‍वरले अधिकांश मिश्रलाई अँध्यारोले ढाक्‍ने वा त्यसमाथि फैलने तुल्याउनुभयो । अरू शब्दहरूमा भन्‍नुपर्दा, परमेश्‍वरले मिश्रको यो भागबाट प्रकाशलाई हटाउनुभयो ।

त्यो तीन दिनसम्म रह्‌यो

यो अन्धकार सामान्य रात्रीकालिन् अन्धकार भन्दा बढि अँध्यारो थियो, र पूरा तीन दिनसम्म सम्पूर्ण रूपले निरन्तर अँध्यारो भइरह्‍यो ।

10-12

यी नौँ विपत्तिहरू

यसको अर्थ हो, “यी नौँ प्रकोपहरू जुन परमेश्‍वरले ल्याउनुभएको थियो ।”

किनकि फारोले सुन्‍ने थिएनन्, परमेश्‍वरले एउटा अन्तिम विपत्ति पठाउने योजना गर्नुभयो । यसले फारोको मन परिवर्तन गरिदिने थियो ।

संयोजक शब्द “किनकि”ले कार्य-परमेश्‍वरले एउटा अन्तिम विपत्ति पठाउनुहुने थियो, यो कार्यलाई त्यसको कारणसँग जोड्छ, जुन थियो-फारोले इस्राएलीहरूलाई स्‍वतन्‍त्र भएर जान दिन इन्कार गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

किनकि फारोले सुन्‍ने थिएनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “किनकि फारोले उनलाई परमेश्‍वरले गर्नु भनिरहनु भएको काम गर्ने थिएनन्” वा, “किनकि फारोले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरे ।”

यसले फारोको मन परिवर्तन गरिदिने थियो

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “यो अन्तिम विपत्तिले फारोले परमेश्‍वरको बारेमा सोच्‍ने तरिकालाई परिवर्तन गर्ने तुल्याउने थियो र फलस्वरूप उनले इस्राएलीहरूलाई स्वतन्‍त्र भएर जान दिने थिए ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।