नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

16-01

यहोशू मरेपछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । अघिल्लो कथामा यहोशूले इस्राएलीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने तिनीहरूको प्रतिज्ञाको सम्झना गराए । यो कथा यहोशू मरेपछि इस्राएलीहरूले वास्तवमा के गरे भन्‍ने बारेमा कोल्टो फेर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

र तिनीहरूले धपाएनन्

यसले तिनीहरूले कसरी परमेश्‍वरको अनाज्ञापालन गरे भन्‍ने बताउँछ, त्यसैले केहि भाषाहरूमा यसलाई नयाँ वाक्यको रूपमा यसरी सुरु गर्न बेस हुन सक्छ, “तिनीहरूले ... गरेनन् ।”

बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमिबाट धपाएनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमि छोड्न कर लाउनलाई तिनीहरूसँग लडेनन् ।”

साँचो परमेश्‍वर

अर्थात, “एकमात्र साँचो परमेश्‍वर ।” यहवे मात्रै एकजना हुनुहुन्छ जसलाई मानिसहरूले आराधना गर्नुपर्छ ।

त्यसकारण सबैले जे सोचे त्यहि गरे

संयोजक शब्द “त्यसकारण”ले कारण-इस्राएलको कुनै राजा थिएन भन्‍ने कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-सबैजनाले परमेश्‍वरले भन्‍नुभएको कुरा भन्दा जे तिनीहरूलाई ठीक लाग्यो सोहि गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

जे तिनीहरूको लागि ठीक सम्झे

यसको अर्थ तिनीहरू सबैले जे तिनीहरूलाई गर्न मन लाग्यो त्यहि गरे भन्‍ने हुन्छ, र यसमा दुष्‍ट कुराहरू पनि समेटिएको छ ।

16-02

तब इस्राएलका शत्रुहरूले तिनीहरूलाई पिडा दिएपछि

संयोजक शब्द “तब”ले कारण-इस्राएलका शत्रुहरूले तिनीहरूलाई पिडा दिने थिए भन्‍ने कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-इस्राएलले पश्‍चाताप गर्ने थियो र उद्धार गर्न बिन्ती गर्ने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिनीहरूलाई उद्धार गर्न परमेश्‍वरलाई बिन्ती गर्नु

अर्थात, तिनीहरूलाई सहायता गर्न र तिनीहरूको शत्रुहरूबाट स्वतन्‍त्र पार्नलाई तिनीहरूले परमेश्‍वरसँग बिन्ती गरे ।

16-03

जुटाएर

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “चुनेर” वा, “नियुक्त गरेर ।”

त्यहाँ शान्ति हुने थियो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू बिना डर बस्‍न सक्थे” वा, “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न बन्द गरे ।”

देश

यसले कनानलाई जनाउँछ, प्रतिज्ञाको भूमि जुन परमेश्‍वरले अब्राहामलाई दिनुभएको थियो ।

16-04

अन्‍नबालीहरू

यसले इस्राएलीहरूले खानेकुराको लागि तिनीहरूका बारीहरू र खेतहरूमा रोपिरहेको बोटहरूलाई जनाउँछ ।

यति भयभीत थिए, तिनीहरू लुकाए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, मिद्यानीहरूसँग धेरै डराएका थिए, त्यसैले तिनीहरूले लुकाए ।”

आखिरमा

यसले नयाँ घटनाको सुरुवात गर्छ । यसले मिद्यानीहरूको अत्याचार र इस्राएलीहरूको कष्‍टभोगबाट इस्राएलीहरूको पश्‍चाताप र परमेश्‍वरको छुटकारालाई सङ्‍केत गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

तिनीहरूले चित्कार गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरूले पुकारा गरे” वा, “तिनीहरूले एकदम लागिपरेर प्रार्थना गरे ।”

तिनीहरूलाई बचाउनलाई

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरूलाई स्‍वतन्‍त्र पार्नलाई” वा, “तिनीहरूलाई यी शत्रुहरूबाट उद्धार गर्नलाई ।”

16-05

एक दिन

यसले अगाडि घटेको एउटा घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूमा एउटा सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

अन्‍न चुट्दै

अन्‍न चाहिँ गहुँ थियो, जसको मसिनो डाँठको टुप्पोमा थुप्रै दानाहरू, वा बिउहरूको एउटा बाला हुन्छ । “चुट्नु” भनेको अन्‍नको बालालाई पिटेर बोटको बिउहरूलाई डाँठबाट अलग पार्ने काम हो । बिउहरू खानेकुरा हुन्, तर डाँठहरू होइनन् ।

परमेश्‍वर तिमीसँग हुनुहुन्छ ।

यसको अर्थ हुन्छ, “परमेश्‍वर तिमीसँग विशेष किसिमले उपस्थित हुनुहुन्छ ।” वा, “परमेश्‍वरसँग तिमीलाई एउटा विशेष किसिमले चलाउने योजना छ ।”

16-06

भत्काउनलाई

यसको अर्थ हुन्छ, “हिंसापूर्वक रीतिले ढाल्नलाई” वा, “ढालेर नाश गर्नलाई ।”

तर गिदोन मानिसहरूको डर मान्थे

संयोजक शब्द “तर”ले परमेश्‍वरको आज्ञा, जुन थियो-वेदीलाई भत्काउनू, यस कुरालाई गिदोनले आज्ञापालन गर्न विलम्ब गरेको कारणसँग जोड्छ, जुन थियो-उनी डराएका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

मानिसहरूसँग डराएका

गिदोनका सङ्‍गी इस्राएलीहरू जसले त्यहि मूर्तिको पूजा गर्थे, तिनीहरू उनीसँग रिसाउनेछन् भन्‍ने सोचेर उनी डराए ।

त्यसकारण उनले रात परुञ्‍जेलसम्म कुरे

संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-गिदोन मानिसहरूसँग डराएका थिए, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-आफुलाई भनिएको कुरा मान्‍नलाई उनले रात परुञ्‍जेलसम्म कुरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

रात परुञ्‍जेलसम्म कुरे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “अँध्यारो होउञ्‍जेलसम्म कुरे ।” सबैजना निदाएका रातिको समयमा गिदोनले वेदीलाई हिर्काएर टुक्राटुक्रा पारे ताकि कसैले उनलाई नदेखून् ।

16-07

गिदोनका बाबुले भने, “तपाईंहरूले किन तपाईंहरूको देवतालाई सहायता गर्न कोसिस गर्दै हुनुहुन्छ ? यदि ऊ देवता हो भने, ऊ आफैँले आफूलाई जोगाओस् !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः “गिदोनको बाबुले तिनीहरूले किन तिनीहरूको देवतालाई सहायता गर्न कोसिस गरिरहेका थिए भनेर सोधे । यदि ऊ देवता हो भने, उसले आफ्नो सुरक्षा आफैँ गर्न सक्षम हुनुपर्ने हो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तपाईंहरूले किन तपाईंहरूको देवतालाई सहायता गर्न कोसिस गर्दै हुनुहुन्छ ?

यो जानकारी लिनलाई सोधिएको वास्तविक प्रश्‍न होइन । यसलाई बताउन अर्को तरिका यसो हुन सक्थ्यो, “तपाईंहरूले तपाईंहरूको देवताको सहायता गर्न कोसिस गरिरहनु हुँदैनथ्यो” वा, “तपाईंहरूलाई तपाईंहरूको देवताको सहायता गर्न जरुरी हुनु हुँदैनथ्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

यदि ऊ देवता हो भने, ऊ आफैँले आफूलाई जोगाओस्

यो कडा भनाई हो जसले बताउँछ कि यदि त्यो मूर्ति साँच्‍चै देवता हो भने, उसले आफ्नो सुरक्षा गर्न सक्षम हुने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

किनभने उनले यसो भने

संयोजक शब्द “किनभने”ले कारणलाई, जुन थियो-गिदोनको बाबुको प्रतिरोध, त्यसको परिणामसँग जोड्छ, जुन थियो-मानिसहरूले गिदोनलाई मारेनन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

16-08

त्यसपछि मिद्यानीहरू फेरि आए

संयोजक शब्द “त्यसपछि”ले क्रमिक क्रियालाई सङ्‍केत गर्छ । परमेश्‍वरले गिदोनलाई बोलाउनुभयो, र त्यसपछि मिद्यानीहरू फर्केर आए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

इस्राएलीहरूबाट फेरि चोर्नलाई आए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरूको देशमा तिनीहरूबाट सामानहरू चोर्नलाई फेरि आए ।”

तिनीहरूलाई गणना गर्न सकिँदैनथ्यो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिद्यानीहरूको सङ्ख्या गणना गर्नको लागि साह्रै धेरै थियो” वा, “भएभरका सबै मिद्यानीहरूलाई गणना गर्नलाई धेरै कठिन हुने थियो ।”

दुई चिन्हहरूको लागि

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “दुई आश्‍चर्यकर्महरू गर्नलाई” वा, “दुई असम्भव कुराहरू हुने गराउनको लागि ।”

इस्राएललाई बचाउन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएललाई मिद्यानीहरूबाट उद्धार गर्न ।”

16-09

चिन्ह

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “आश्‍चर्यकर्म” वा, “असम्भव कुरा ।”

भेडाको छाला

यो एउटा भेडाको छाला हो जसमा सबै ऊनहरू हुन्छ । ऊन भनेको धेरै बाक्लो र घुम्री परेको रौँ हो जसले धेरै पानी सोसेर राख्‍न सक्छ । यो छाला बाक्लो, नरम रौँले ढाकिएको छ भनेर प्रस्‍ट हुने गरेर यसलाई अनुवाद गर्नुहोस् ।

बिहानीको शीत झरोस्

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बिहानीको शीतलाई देखिने बनाउनुहोस्” वा, “बिहानीको शीतलाई आउने बनाउनुहोस् ।” “शीत”ले पानीको थोपाहरूलाई जनाउँछ जुन बिहानको समयमा जमिनमा देखा पर्छन् । शीतले सामान्यतया सबैकुरालाई बराबर ढङ्गले ढाक्छ ।

परमेश्‍वरले त्यो गर्नुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले गिदोनले उहाँलाई बिन्ती गरेको कुरा गरिदिनुभयो ।”

यी दुई चिन्हहरूको कारण

संयोजक शब्द “कारण”ले कारणलाई, जुन थियो-दुई चिन्हहरू, त्यसको परिणामसँग जोड्छ, जुन थियो-गिदोनले इस्राएललाई बचाएको परमेश्‍वरले चाहनुहुन्थ्यो भनेर उनले विश्‍वास गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

16-10

त्यसपछि गिदोनले सिपाहीहरूलाई उनीकहाँ आउनलाई बोलाए, र ३२,००० मानिसहरू आए ।

केही भाषाहरूले उनले किन सिपाहीहरूलाई बोलाए भनेर बताउन जरुरी हुन सक्छः “गिदोनले इस्राएलीहरूलाई मिद्यानीहरूको विरुद्धमा लड्नको लागि बोलाए । ३२,००० मानिहरू उनीकहाँ आए ।” हेर्नुहोस् १६:०८

३२,०००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “बत्तीस हजार मानिसहरू ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

तर परमेश्‍वरले उनलाई भन्‍नुभयो

संयोजक शब्द “तर”ले आएका मानिसहरूको सङ्ख्या र परमेश्‍वरको दृष्‍टिकोणको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

२२,०००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “बाइस हजार ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

एकदम धेरै मानिसहरू

परमेश्‍वरले यो लडाईँको लागि चाहनुभएको भन्दा बढि सिपाहीहरू थिए । यदि त्यति धेरै सिपाहीहरूले लडे र जिते भने, तिनीहरूले सोच्ने थिए कि तिनीहरूको आफ्नै सामर्थ्यले तिनीहरूले लडाईँलाई जिते, र तिनीहरूले जान्‍ने थिएनन् कि त्यो परमेश्‍वरले गर्नुभएको थियो ।

त्यसकारण गिदोनले २२,००० मानिसहरूलाई घर पठाइदिए

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-परमेश्‍वरले त्यहाँ धेरै मानिसहरू थिए भनेर गिदोनलाई भन्‍नुभयो, त्यसको परिणामसँग जोड्छ-गिदोनले २२,००० मानिसहरूलाई घर पठाइदिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

३०० सिपाहीहरू बाहेक

यस वाक्यलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसकारण गिदोनले ३०० मानिसहरूलाई मात्र रहनलाई अनुमति दिए, र बाँकीका मानिसहरू घर फर्के ।”

३००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “तीन सय ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

16-11

परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो, “तल मिद्यानीहरूको छाउनीमा जा र तिनीहरूले कुरा गरेको सुन् । जब तैँले तिनीहरूले भेको कुरा सुन्छस्, तँ तिनीहरूलाई आक्रमण गर्नलाई डराउन छोड्नेछस् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छः “परमेश्‍वरले गिदोनलाई तल मिद्यानीहरूको छाउनीमा जान र तिनीहरूले कुरा गरेको सुन्‍न भन्‍नुभयो । जब उनले तिनीहरूले भनेको कुरा सुन्‍ने थिए, उनी तिनीहरूलाई आक्रमण गर्नलाई डराउन छोड्ने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तल मिद्यानीहरूको छाउनीमा जा र तिनीहरूले कुरा गरेको सुन् ।

परमेश्‍वरले गिदोनलाई आज्ञा दिनुहुन्छ जसले उनले के गर्नुपर्ने हो भनेर बताउने निर्देशनलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

तल जा

मिद्यानी सिपाहीहरू एउटा उपत्यकामा छाउनी हालेर बसिरहेका थिइ र इस्राएली सिपाहीहरू भन्दा तल्लो उचाइमा थिए ।

तँ डराउन छोड्नेछस्

अर्थात, “तँ डराइरहन बन्द गर्नेछस् ।”

त्यसको सपनामा आएका केही कुरा

अर्थात, “त्यसले सपनामा देखेका केही कुरा” वा, “त्यसले देखेको सपना ।”

यो सपनाको अर्थ गिदोनका सेनाले हामी, मिद्यानी सेनालाई हराउनेछ भन्ने हुन्छ !

गिदोनले तिनीहरूलाई हराउने थिए भनेर बताउने यो शत्रुतर्फको सिपाहीबाटको कडा भनाई हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

जब गिदोनले यो सुने

संयोजक शब्द “जब”ले क्रिया वा कारणलाई त्यसको परिणामसँग जोड्छ । गिदोनले सिपाहीको सपनाको अर्थ खोलाई सुनेको परिणाम स्वरूप परमेश्‍वरको आराधना गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

16-12

त्यसपछि गिदोन उनका सिपाहीहरूकहाँ फर्के

संयोजक शब्द “त्यसपछि”ले क्रमिक वाक्यांशलाई परिचय गराउँछ जसले गिदोनले सपना सुनेको र परमेश्‍वरको आराधना गरेको कुरालाई उनले ३०० इस्राएलीहरूलाई मिद्यानीहरूसँग लड्न भेला गराएको कुरासँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

सीङ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तुरही” वा, “भेडाको सीङको तुरही ।” यी सीङहरू भालेजातिको भेडाबाट बनाइएको हुन्थ्यो र धेरैचोटि मानिसहरूलाई लडाईंमा बोलाउनलाई प्रयोग गरिन्थ्यो ।

राँको

यो राम्रोसँग बल्न सकोस् भनेर कपडाले बेह्रेको र तेलमा भिजाइएको शायद एउटा काठको टुक्रा थियो । (यो आद्युनिक टर्च बत्ती थिएन जुन ब्याट्टरीले चल्छ ।)

त्यसकारण मिद्यानीहरूले देख्‍न सकेनन्

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-राँकोहरू गाग्रीहरू भित्र थिए, त्यसको परिणामसँग जोड्छ, जुन थियो-मिद्यानीहरूले राँकोको उज्यालो देख्‍न सकेनन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

16-13

त्यसपछि, सारा गिदोनका सबै सिपाहीहरूले तिनीहरूका गाग्रीहरू फुटाए

संयोजक शब्द “त्यसपछि”ले एउटा क्रमिक वाक्यांशको परिचय गराउँछ । गिदोनका मानिसहरूले मिद्यानी छाउनीलाई घेरा हाले, र त्यसपछि तिनीहरूले त्यहि घडीमा तिनीहरूको गाग्रीहरू फुटाए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

कराए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ठूलो स्वरले चिच्‍याए” वा, “धेरै ठूलो स्वरले भने ।”

एउटा तरवार

तरवार भनेको एउटा हतियार हो जसको लामो तीखो लाग्‍ने धार हुन्छ र एकतिर समात्‍ने बिँड हुन्छ । मानिसहरूले बिँडलाई समात्छन् र तीखो धार भएको भागले शत्रुलाई हिर्काउँछन् वा रोप्छन् । यदि तपाईंको मानिसहरूसँग ठ्याक्‍कै यो जस्तो हतियार छैन भने, तपाईंले यसलाई “लामो चक्‍कु” वा, “फराकिलो गह्रौँ चक्कु” वा, “बाहिरी कामको लागि प्रयोग गरिने ठूलो गह्रौँ चक्कु” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।

तरवार

यहाँ “तरवार” एउटा प्रतिस्थापन हो जसले तिनीहरूको लडाईँलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी यहवे र गिदोनको लागि लड्छौँ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])

यहवे र गिदोनको लागि तरवार !

यो कडा भनाई हो जसले बताउँछ कि गिदोन उनको विजयको लागि यहवेमा भर परिरहेका थिए, र तरवारमा होइन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

16-14

परमेश्‍वरले मिद्यानीहरूलाई खलबल्याउनुभयो

परमेश्‍वरले मिद्यानीहरूलाई अलमल्लिने तुल्याउनुभयो । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गर्न चाहन्थे, तर त्यसको साटोमा, तिनीहरूले एक अर्कालाई आक्रमण गरे ।

त्यसकारण तिनीहरूले एक अर्कालाई आक्रमण गर्न र मार्न थाले

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-परमेश्‍वरले मिद्यानीहरूलाई खलबल्याउनुभयो, त्यसको परिणामसँग जोड्छ-तिनीहरूले एक अर्कालाई आक्रमण गर्न र मार्न थाले । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

अरू धेरै इस्राएलीहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अरू धेरै इस्राएली मानिसहरू ।” यसले यो भन्दा अगाडि १६:१० मा घर पठाइएका सिपाहीहरूलाई जनाउँछ ।

१,२०,०००

यसलाई अक्षरमा पनि लैख्‍न सकिन्थ्यो, “एक लाख बीस हजार ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

16-15

तिनीहरूलाई यसो गर्न अनुमति दिनुभएन

गिदोन जान्दथे कि इस्राएलीहरूको लागि परमेश्‍वर नै राजाको रूपमा हुनु बेस थियो ।

तर उनले तिनीहरूलाई सोधे

यो पदावली “तर”बाट सुरु हुन्छ किनभने उनले त्यसपछि जे गरे त्यो बुद्धिमानी काम थिएन ।

16-16

गिदोनले एउटा विशेष पोशाक बनाउनलाई सुन प्रयोग गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “गिदोनले मानिसहरूले उनलाई दिएका सुनले बनेका चीजहरूलाई पगाले र त्यस सुनबाट एउटा विशेष पोशाक बनाए ।

तर मानिसहरूले त्यसलाई पूजा गर्न थाले

संयोजक शब्द “तर”ले परमेश्‍वरले इस्राएललाई मिद्यानीहरूबाट छुटकारा दिनुभएको कुरा र तिनीहरूले त्यस सुनको पोशाकलाई पूजा गर्ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

त्यसकारण परमेश्‍वरले इस्राएललाई फेरि दण्ड दिनुभयो

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-इस्राएलले पोशाकलाई मूर्तिको रूपमा पूजा गर्न थाले, त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले तिनीहरूलाई फेरि दण्ड दिनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

16-18

आखिरमा

संयोजक शब्द “आखिरमा”ले छुटकारा दिलाउने मानिसहरूलाई परमेश्‍वरद्वारा पठाउने समयबाट, इस्राएलले राजाको लागि माग गर्ने कुरामा सरेको सङ्‌केत गर्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई धेरै पटक आक्रमण गरे पछि” वा, “थुप्रै विभिन्‍न राष्‍ट्रहरूबाट आक्रमण गरिनुको धेरै वर्ष पछि ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

परमेश्‍वरलाई राजाको लागि बिन्ती गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूलाई राजा दिनुहोस् भनेर माग गरे” वा, “परमेश्‍वरलाई राजाको लागि बिन्ती गरिरहे ।”

अरू सबै राष्‍ट्रहरूसँग भए जस्तै

अरू राष्‍ट्रहरूको एउटा राजा थियो । इस्राएल पनि तिनीहरू जस्तै हुन र एउटा राजा पाउन चाहन्थ्यो ।

परमेश्‍वरलाई तिनीहरूको यो अनुरोध मन परेन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर तिनीहरूले उहाँसँग मागेको कुरासँग सहमत हुनुभएन ।” परमेश्‍वर जान्‍नुहुन्थ्यो कि तिनीहरू उहाँलाई तिनीहरूको शासकको रूपमा इन्कार गर्दै थिए र बरु एउटा मानव अगुवालाई पछ्याउन चुनिरहेका थिए ।

तर उहाँले तिनीहरूलाई एउटा राजा दिनुभयो

संयोजक शब्द “तर”ले परमेश्‍वरलाई तिनीहरूको अनुरोध मन नपरेको कुरालाई र उहाँले इस्राएललाई राजा दिनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।