29-01
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
येशूलाई सोध्यो, “प्रभु, मेरो भाइलाई मैले कतिपल्ट क्षमा दिनुपर्छ जब उसले मेरो विरुद्धमा पाप गर्छ ? के सात पल्टसम्म ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूलाई “प्रभु” भनेर पुकार्यो र यदि उसको भाइले उसको विरुद्धमा पाप गर्दा बढिमा सात पल्टसम्म क्षमा गर्नुपर्ने हो भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
येशूले भन्नुभयो, “सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट !”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले उसलाई सात पल्ट मात्र क्षमा दिने होइन तर सत्तरी गुणा सात पल्टसम्म क्षमा दिनुपर्छ भन्नुभयो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
मेरो भाइ
यो शब्दले कतिपल्ट आफ्नै सहोदर दाजुभाइलाई नभएका, तर कसिलो धार्मिक, वा जातीय, र आदि-इत्यादि सम्बन्ध भएका मानिसहरूलाई पनि समेट्थ्यो ।
मेरो विरुद्धमा पाप गर्छ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मेरो विरुद्धमा केही नराम्रो गर्छ ।”
सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट !
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीले सात पल्ट मात्रै क्षमा दिने होइन, बरु तिमीले सत्तरी गुणा सात पल्ट क्षमा दिनुपर्छ ।” येशूले कुनै ठ्याक्क बताउन मिल्ने सङ्ख्याको बारेमा कुरा गरिरहनुभएको थिएन । उहाँले भनिरहनुभएको थियो कि हामीले मानिसहरूलाई तिनीहरूले हाम्रो विरुद्धमा पाप गर्दा हरेक पल्ट क्षमा दिनुपर्छ ।
सात पल्ट ... सत्तरी गुणा सात पल्ट
यसलाई अक्षरमा पनि लेख्न सकिन्थ्योः “७ पल्ट होइन, तर ७० गुणा ७ पल्ट ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
यसद्वारा हामीले सधैँ क्षमा गर्नुपर्छ भनेर येशूले अर्थ दिनुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूले बताउन चाहनुभयो कि हामीले हाम्रो विरुद्धमा पाप गर्ने जो कसैलाई पनि सधैँ क्षमा गर्नुपर्छ ।”
यो कथा
यो कथा एउटा दृष्टान्तको रूपमा थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-parables/01.md]])
29-02
येशूले भन्नुभयो, “परमेश्वरको राज्य ... २,००,००० वर्षको ज्याला बराबरको एउटा ठूलो ऋण ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले परमेश्वरको राज्य एउटा राजा जस्तै हो भन्नुभयो ... २,००,००० वर्षको ज्याला बराबरको एउटा ठूलो ऋण ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमेश्वरको राज्य ... जस्तै हो
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “मानिसहरूमाथिको परमेश्वरको शासन ... जस्तै हो” वा, “जुन तरिकाले परमेश्वरले मानिसहरूलाई शासन गर्नुहुन्छ ... सँग तुलना गर्न सकिन्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-simile/01.md]])
एउटा राजा जस्तै हो जसले
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एउटा राज्यको राजा जस्तै हो जसले” वा, “एउटा राजाको शासनसँग तुलना गर्न सकिन्छ जसले ... ।”
आफ्ना नोकरहरूसँगको हिसान मिलाउन
अर्थात, “उसका नोकरहरूले उसलाई तिर्नुपर्ने ऋणहरू सङ्कलन गर्न” वा, “उसका नोकरहरूले उसबाट सापटि लगेको पैसा सङ्कलन गर्न ।”
२,००,०००
यसलाई अक्षरमा लेख्न सकिन्छः दुई लाख । यसले ज्यादै असामान्य रूपमा भएको एउटा लामो समयलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
29-03
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
राजाले भने, ‘यो मानिस र यसको परिवारलाई यसको ऋण तिर्न दासहरूको रूपमा बेचिदे ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “राजाले त्यस मानिस र त्यसको परिवारलाई त्यसको ऋणहरू तिर्नलाई दासहरूको रूपमा बेच्नलाई भने ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
यो मानिस र यसको परिवारलाई दासहरूको रूपमा बेचिदे
यो राजाबाट आएको हुकुम थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])
उसको ऋण तिर्न
अर्थात, “उसले राजालाई दिनुपर्ने पैसा तिर्नलाई ।”
उसको ऋण तिर्नलाई
त्यो मानिस बेचिँदा जुन पैसा तिनीहरूलाई बेचेर आउँथ्यो त्यसले तिनीहरूले राजालाई तिर्नुपर्ने ऋणको केही अंश तिर्न सक्थ्यो भन्ने कारणलाई बताउन सकिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
29-04
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
उसको घुँडा टेक्यो
अर्थात, “तुरुन्तै भुइँमा घुँडा टेक्यो ।” यो उसको नम्रता र राजाले उसलाई सहायता गरिदिऊन् भन्ने उसको इच्छा देखाउने एउटा तरिका थियो । यो कुरा पक्का गर्नुहोस् कि ऊ अचानक दुर्घटनावश लड्यो भनेर सुनाएको जस्तो नहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
राजाको अगाडि
यसको अर्थ हुन्छ, “राजाको सामुन्ने ।”
र भन्यो, ‘कृपया मसँग धिरजी हुनुहोस्, र मैले तपाईंलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिनेछु ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उनलाई उससँग कृपा गरी धिरजी हुनको लागि बिन्ती गर्यो, र तब उसले उनलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
दया जाग्यो
अर्थात, “उसको निम्ति दया महसुस गरे” वा, “... को लागि क्षमाप्रार्थी भए ।” राजाले जान्दथे कि यदि तिनीहरू दासत्वमा बेचिए भने त्यस नोकर र त्यसको परिवारले धेरै कष्ट काट्ने थिए ।
उसका सबै ऋण माफ गरिदिए
यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “भने कि त्यस नोकरले राजालाई तिर्नुपर्ने पैसाको केही पनि तिर्न आवश्यक छैन ।”
29-05
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
एउटा सङ्गी नोकर
यसले अर्को मानिसलाई जनाउँछ जो पनि राजाकै नोकर थियो ।
र भन्यो, ‘तैँले मलाई तिर्नुपर्ने पैसा तिर् !’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उसले उसलाई तिर्नुपर्ने पैसा तिर्न भनेर बतायो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
29-06
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
सङ्गी नोकर
यो पदावलीलाई २९:०५ मा जस्तै गरी अनुवाद गर्नुहोस् ।
उसको घुँडा टेक्यो
यो पदावलीको २९:०४ मा भएको जस्तै उस्तै अर्थ छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
र भन्यो, ‘कृपया मसँग धिरजी हुनुहोस्, र मैले तपाईंलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिनेछु ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र उसलाई उससँग कृपा गरेर धिरजी हुनको लागि बिन्ती गर्यो, र तब उसले उसलाई तिर्नुपर्ने सम्पूर्ण ऋण तिरीदिने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
उसको सङ्गी नोकरलाई झ्यालखानामा हालिदियो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “त्यो मानिसलाई झ्यालखानामा हाल्न लगायो ।” “हालिदियो” शब्द अलङ्कार युक्त शब्द हो र यसको अर्थ त्यो बलपूर्वक गरिएको थियो भन्ने हुन्छ ।
29-07
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
जे भएको थियो
अर्थात, “कि त्यस नोकरले अर्का नोकरको ऋण माफी दिन इन्कार गरेको र उसलाई झ्यालखानामा हालिदिएको भन्ने कुरा ।”
असाध्यै विचलित भए
अर्थात, “गहिरोसँग दुःखित भएको” वा, “ज्यादै चिन्तित बनेको ।”
सबैकुरा
अर्थात, “त्यस नोकरले उसको सङ्गी नोकरलाई के गरेको थियो भनेर राजालाई बताइदिए ।”
29-08
सामान्य जानकारी
येशूले कथालाई जारी राख्नुहुन्छ ।
त्यस नोकरलाई बोलाए
अर्थात, “त्यस नोकरलाई उनीकहाँ आउनलाई अह्राए” वा, “त्यस नोकरलाई उनीकहाँ ल्याउनलाई उनका पहरेदारहरूलाई अह्राए ।”
र भने, ‘तँ दुष्ट नोकर ! तैँले मलाई बिन्तीभाउ गरेको कारण मैले तँलाई माफ दिएँ । तैँले पनि त्यस्तै गर्नुपर्ने थियो ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र त्यसलाई दुष्ट नोकर भने ! उनले भने कि त्यसले उनलाई बिन्तीभाउ गरेका कारण उनले त्यसलाई माफ दिए । त्यसले पनि त्यसै गर्नुपर्ने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
तँ दुष्ट नोकर !
राजाले यो कुरा त्यो नोकर कति दुष्ट थियो भनेर जोड दिनलाई भनेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
मलाई बिन्तीभाउ गरिस्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मसँग हारगुहार गरिस्” वा, “मलाई दयालु बन्नलाई जोतोडले माग गरिस् ।”
तैँले पनि त्यस्तै गर्नुपर्ने थियो
अर्थात, “तैँले तेरो ऋणी मानिसलाई माफ दिनुपर्ने थियो, जसरी मैले तँलाई माफ दिएँ ।”
हालिदिए
अर्थात, “उनका पहरेदारहरूलाई हाल्नलाई अह्राए ।” “हाल्नु”लाई [२९:०६] (29/06)को परिवेशमा कसरी अनुवाद भएको थियो विचार गर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
29-09
तब येशूले भन्नुभयो
केही भाषाहरूले थप्न सक्छन्, “उहाँका चेलाहरूलाई ।”
येशूले भन्नुभयो, “यदि तिमीहरूले तिमीहरूका भाइलाई हृदय देखि माफ दिएनौ भने तिमीहरू हरेकलाई पनि मेरा स्वर्गीय पिताले यहि गर्नुहुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्नुभयो कि यदि तिनीहरूले तिनीहरूका भाइलाई हृदय देखि माफ गरेनन् भने उहाँको स्वर्गीय पिताले पनि उहाँको हरेक चेलालाई त्यसै गर्नुहुनेछ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
त्यसै
“त्यसै”ले यो भन्दा अगाडि राजाले माफ नदिने नोकरलाई २९:०८ मा दण्ड दिएको तरिकालाई जनाउँछ ।
तिमीहरू ... तिमीहरू ... तिमीहरूको ... तिमीहरूको
यी शब्दहरूको सबै प्रयोगहरू बहुवचन हुन् । येशू उहाँका चेलाहरूसँग बोलिरहनुभएको छ, तर यो दृष्टान्तले सबै विश्वासीहरूलाई लागु हुने सामान्य सत्यतालाई सिकाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
मेरो स्वर्गीय पिता
अर्थात, “स्वर्गमा हुनुहुने मेरो पिता ।” येशूले पिता परमेश्वरसँग उहाँको अद्वितीय, व्यक्तिगत सम्बन्धलाई व्यक्त गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
तिमीहरूको भाइ
तपाईंले यसलाई २९:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
तिमीहरूको हृदयबाट
“तिमीहरूको हृदयबाट” भन्ने पदावली एउटा उपमा हो जसको अर्थ “विशुद्ध तरिकाले” भन्ने हुन्छ । वैकल्पि अनुवादः “शुद्धताका साथ” वा, “साँच्चै” वा, “वास्तविक तरिकाले” वा, “ईमान्दार रूपले ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
हृदय
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुषत्वलाई जनाउने अलाङ्कार हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।