नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

30-01

एउटा एकान्त स्थान

यसले थोरै मानिसहरू भएको ठाउँलाई जनाउँछ जहाँ तिनीहरू एक्लै हुन सक्थे ।

30-02

सामान्य जानकारी

भीड कसरी येशूकहाँ आइपुगेको थियो भनेर बताउने यो पृष्‍ठभूमि जानकारी हो जब उहाँले पाँच हजार मानिसहरूलाई खुवाउनुभएर आश्‍चर्यकर्म गर्नुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

आइपुग्यो

अर्थात, “तालको पारिपट्टि पुग्यो” वा, “त्यहाँ पुग्यो ।”

30-03

५,००० मानिसहरू

यसलाई अक्षरमा बताउन सकिन्छः “पाँच हजार मानिसहरू” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

स्‍त्रीहरू र बालबालिकाहरूलाई नगन्दै

अर्थात, “तिनीहरूसँग भएका स्‍त्रीहरू र बालबालिकाहरूलाई नगन्दै” वा, “अनि त्यहाँ पुरुषहरूको थपमा स्‍त्रीहरू र बालबालिकाहरू पनि थिए ।” यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “त्यसको थपमा,त्यहाँ केवल स्‍त्रीहरू र बालबालिकाहरू थिए ।”

येशूलाई

अर्थात, “येशूले थाहा गर्नुभयो कि” वा, “येशूले बुझ्‍नुभयो कि ।”

गोठालो बिनाका भेडाहरू जस्ता

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “चोटपटक लाग्न सक्ने र हराएका, जसरी भेडाहरू हुन्छन् जब तिनीहरूको रेखदेख गर्नलाई गोठालो हुँदैन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-simile/01.md]])

30-04

दिन ढल्किन लाग्दा

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब झण्डै साँझ परिसकेको थियो ।”

येशूलाई भन्यो, “अबेर भइसकेको छ र नजिकैमा कुनै सहरहरू छैनन् । मानिसहरूलाई पठाउनुहोस् ताकि तिनीहरूले गएर खानलाई केही पाउन सकून् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई भने कि अबेर भइसकेको थियो र नजिकैमा कुनै सहरहरू थिएनन् । त्यसैले तिनीहरूले मानिसहरूलाई पठाउन उहाँलाई अनुरोध गरे ताकि तिनीहरूले गएर खानलाई केही पाउन सकून् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

मानिसहरूलाई पठाउनुहोस्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कृपया मानिसहरूलाई सहरतिर जान भन्‍नुहोस्” वा, “तपाईंले मानिसहरूलाई अन्तै जानलाई भन्‍नुपर्दैन र ?” वा, “मानिसहरू सहरतिर जाऊन् ।” यो कुरा पक्‍का गर्नुहोस् कि यो एउटा विनम्र अनुरोध जस्तो सुनियोस्, र खटाएको जस्तो होइन ।

30-05

चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “चेलाहरूलाई तिनीहरूलाई केही खानलाई दिन भन्‍नुभयो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ !

येशूले चेलाहरू आफैँले मानिसहरूको लागि खानेकुरा खोज्‍नुपर्छ भनेर जोड दिनलाई यसो भन्‍नुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])

तिमीहरू

“तिमीहरू” शब्द बहुवचन हो, जसले चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])

तिनीहरूले जवाफ दिए, “हामी त्यो कसरी गर्न सक्छौँ ? हामीसँग पाँच रोटी र दुई साना माछाहरू मात्र छन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “तिनीहरूले त्यो कसरी गर्न सक्थे भनेर सोधे, किनकि तिनीहरूसँग पाँच रोटी र दुई साना माछाहरू मात्र थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

हामी त्यो कसरी गर्न सक्छौँ ?

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामी त्यो गर्न सक्दैनौँ !” वा, “त्यो कुरा गर्न असम्भव छ !” चेलाहरूले कुनै वास्तविक प्रश्‍न सोधिरहेका थिएनन् । बरु, तिनीहरूले यो सम्भव थियो भनेर सोचिरहेका थिएनन् भनेर जोडसँगले व्यक्त गरिरहेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

30-06

येशूले उहाँका चेलाहरूलाई भीडमा भएका मानिसहरूलाई घाँसमाथि, हरेकमा पचास-पचास जनाको समूह बनाएर बस्‍न लगाउन भन्‍नुभयो ।

यो अप्रत्यक्ष उद्धरण हो । यसलाई प्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, ‘भीडमा भएका मानिसहरूलाई घाँसमाथि, पचास-पचास जनाको समूह बनाएर बस्‍नको लागि भन ।’” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

पचासजना मानिसहरू

यसलाई अक्षरमा बताउन सकिन्छः “५० जना मानिसहरू” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

30-07

येशूले पाँच रोटीहरूलाई लिनुभयो

उहाँले रोटीहरूलाई चोर्नुभएन । वैकल्पिक अनुवादः “येशूले पाँच रोटीहरूलाई उहाँका हातहरूमा लिनुभयो” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])

माथि स्वर्गतिर हेर्नुभयो

यसले माथि आकाशतिर हेर्नुभयो भनेर जनाउँछ । यहूदीहरूले स्वर्ग आकाश भन्दा माथि अवस्थित छ भनेर विश्‍वास गर्थे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])

30-08

रोटी र माछालाई तोड्नुभयो

अर्थात, “रोटी र माछालाई टुक्र्याउनुभयो ।”

त्यो कहिल्यै सकिएन !

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “त्यहाँ सधैँ अझै बढि बाँकी हुन्थ्यो !”

सन्तुष्‍ट भए

अर्थात, “भोका रहेनन्” वा, “अझै भोको थिएनन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])

30-09

बाह्र डालाहरू

यसलाई अक्षरमा बताउन सकिन्छः “१२ डालाहरू” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।