04-01
जलप्रलयको धेरै वर्षपछि
जलप्रलयको अन्त्य भएपछि धेरै पुस्ताहरू बितिसकेको थियो ।
त्यहाँ फेरि धेरै मानिसहरू थिए
नोआको परिवार एउटा सहर भर्नको लागि प्रशस्त हुने गरी वृद्धि भयो ।
एउटै भाषा
यसको अर्थ हो कि त्यहाँ एउटा मात्र भाषा थियो, त्यसैले तिनीहरू सबैले एक अर्कालाई बुझ्न सक्थे ।
एउटा सहर
यस खण्डमा कुनै खास नाम नदिइएको कारण “सहर”को लागि सामान्य शब्द प्रयोग गर्दा बेस हुन्छ ।
04-02
एउटा अग्लो धरहरा जुन स्वर्गसम्मै पुग्ने थियो
यो संरचना यस्तो अग्लो थियो कि यसको टुप्पो आकाशमा हुनेथियो ।
स्वर्ग
यसलाई “आकाश” भनेर अनुवाद गर्न सकिन्थ्यो ।
04-03
तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो
एकै पलमा, परमेश्वरले अचम्म तरिकाले तिनीहरूलाई बोल्नको लागि विभिन्न भाषाहरू दिनुभयो ताकि एक्कासी तिनीहरूले अब एक-अर्कालाई बुझ्न सकेनन् ।
थुप्रै विभिन्न भाषाहरू
एउटै भाषा बोल्ने मानिसहरूको एउटा ठूलो समूहको साटोमा, त्यहाँ अब मानिसहरूको धेरै साना-साना समूहहरू थिए जसले आ-आफ्नै छुट्टै भाषा बोल्थ्यो ।
मानिसहरूलाई फिँजाइदिनुभयो
जब परमेश्वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभयो, उहाँले मानिसहरूका यी समूहहरूलाई पृथ्वीमा छरिँदै जाने तुल्याउनुभयो र हरेक समूह त्यसको आफ्नै क्षेत्रमा सर्यो ।
बाबेल
यो सहर मध्यपूर्वको वरिपरि कतै थियो भन्ने भन्दा हामीलाई यस सहरको स्थान ठ्याक्कै थाहा छैन ।
अलमलिएको
यसले मानिसहरू किन अलमलिएका थिए भनेर जनाउँछ वा, “मिसमास भएका थिए” भनेर जनाउँछ जब परमेश्वरले तिनीहरूको भाषा परिवर्तन गरिदिनुभएपछि तिनीहरूले फेरि एक-अर्कालाई बुझ्न सकेनन् ।
04-04
सयौँ वर्ष पछि
यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बाबेलमा विभिन्न भाषा-समूहमा मानिसहरू विभाजित भएको धेरै पुस्ताहरू पछि ।” वा, “त्यसो भएको लामो समय पछि ।”
परमेश्वरले उनलाई भन्नुभयो, “तेरो देश र तेरो घर-घरानालाई छोडेर मैले तँलाई देखाएको देशमा जा। म तँलाई आशिष दिनेछु र एउटा महान् जाति बनाउनेछु। म तेरो नाउँलाई महान गराउनेछ। तँलाई आशिष दिनेलाई आशिष दिनेछु र तँलाई सराप दिनेलाई सराप दिनेछु। पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले उनलाई उनको देश र घर-घरानालाई छोड्न भन्नुभयो र उहाँले देखाउनुहुने देशमा जान भन्नुभयो । परमेश्वरले उनलाई आशिष् दिनुहुने थियो र उनलाई एउटा महान् जाति बनाउनुहने थियो । उहाँले उनको नाउँलाई महान् बनाउनुहुने थियो । उहाँले अब्रामलाई आशिष् दिनेहरूलाई आशिष् दिनुहुने थियो र उनलाई श्राप दिनेहरूलाई श्राप दिनुहुने थियो । पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तेरो देश छोड्
यसले अब्राम जन्मेको र हुर्केको क्षेत्रलाई(मध्य एसियामा भएको “उर” भनिने एउटा क्षेत्र) जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मातृभूमि” वा, “जन्मथलो” वा यी जस्तै समान अर्थ बोक्ने अरू केही ।
र घर-घराना
परमेश्वरले अब्रामलाई लगभग उनका सबै नातेदारहरूलाई छोडेर आउन बोलाउँदै हुनुहुन्थ्यो । तर, परमेश्वरले उनलाई ती मानिसहरूलाई छोड्न भनिरहनु भएको थिएन जसका लागि उनी जिम्मेवार थिए, जसमा उनकी पत्नी पनि पर्थिन् ।
तँलाई एउटा महान् जाति बनाउनेछु
यहाँ “महान् जाति” एउटा प्रतिस्थापकीय शब्द हो जसको अर्थ परमेश्वरले अब्रामलाई धेरै सन्तानहरू पाउने तुल्याउनुहुने थियो, र तिनीहरू एउटा ठूलो र महत्त्वपूर्ण जाति वा देश हुने थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])
तेरो नाउँलाई महान् बनाउनेछु
यसको अर्थ हो कि अब्रामको नाउँ र परिवार सारा संसारभर सुप्रसिद्ध हुने थियो र मानिसहरूले तिनीहरूका बारेमा असल सोच्ने थिए ।
पृथ्वीमा भएका सबै परिवारहरू तेरो कारणले आशिषित् हुनेछन्
यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छः “पृथ्वीमा भएका सबै परिवारहरूलाई म तेरो कारणले आशिष् दिनेछु” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
पृथ्वीमा भएका सबै परिवारहरू
अब्रामको परमेश्वरलाई पछ्याउने निर्णयले उनको आफ्नै परिवार मात्र लाभान्वित हुने थिएन, तर पृथ्वीमा भएका सबै मानव-समूहबाटका परिवारहरू पनि लाभान्वित हुने थिए ।
04-05
उनले लिए
केही भाषाहरूले यहाँ “उनले ल्याए” भन्न सक्छन् । अरूहरूले यहाँ दुई फरक क्रियापदहरू प्रयोग गर्न सक्छन्, जस्तै, “उनले आफ्नी पत्नीलाई आफूसँगै आउने बनाए” र, “उनले आफूहरूका सबै सेवकहरू र धन-सम्पत्तिहरू साथै ल्याए ।”
परमेश्वरले उनलाई देखाउनुभयो
अब्राम कहाँ जानुपर्थ्यो भनी परमेश्वरले कुनै किसिमले उनलाई स्पष्ट पारिदिनुभयो । पाठ्यांशले परमेश्वरले उनलाई कसरी देखाउनुभयो भनेर बताउँदैन ।
कनानको भूमि
यो देशको नाम “कनान” थियो । यसलाई “कनान भनिने देश” भनेर अनुवाद गर्न सकिन्थ्यो ।
04-06
परमेश्वरले भन्नुभयो, “तेरो वरिपरि सबैतिर हेर् । म यो सारा भूमि तँलाई दिनेछु, र तेरा सन्तानहरूले सधैँ यसलाई कब्जा गर्नेछन् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले उनलाई वरिपरि सबैतिर हर्न भन्नुभयो, किनभने परमेश्वरले उनलाई यो सारा भूमि दिनुहुने थियो, र उनका सन्तानहरूले सधैँ यसलाई कब्जा गर्ने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यो सारा भूमि
यदि अब्राम कुनै पर्वतमा उभिरहेका थिए भने, उनले एउटा धेरै विशाल क्षेत्रलाई देख्न सक्नेथिए । थुप्रै अवसरहरूमा परमेश्वरले कनानको सारा भूमि अब्राम र उनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभयो ।
तेरा सन्तानहरूले सधैँ यसलाई कब्जा गर्नेछन्
परमेश्वरले त्यो भूमि अब्राम र उनका सन्तानहरूलाई पनि दिने प्रतिज्ञा गर्नुभयो ।
त्यसपछि अब्रामले त्यस भूमिमा बसोबास गरे
अब्राम तिनीहरू सबैको साथै त्यहाँ बसे जो उनीसँग त्यहाँ गएका थिए ।
04-07
मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र भने, “सर्वोच्च परमेश्वरले, स्वर्ग र पृथ्वी जसका हुन्, अब्रामलाई आशिष् दिनुभएको होस् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र स्वर्ग र पृथ्वीको स्वामित्व राख्नुहुने सर्वोच्च परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस् भनेर बिन्ती गरे ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
मल्कीसेदेक
मल्कीसेदेक कनानमा सुपरिचित धार्मिक अधिकारी थिए जसले भेटीहरू लिन्थे र परमेश्वरलाई चढाउँथे ।
सर्वोच्च परमेश्वर
कनानका मानिसहरूले धेरै झूटा देवताहरूको पूजा गर्थे । “सर्वोच्च परमेश्वर” नामक शीर्षकले मल्कीसेदेकले मान्ने परमेश्वर ती सबैभन्दा धेरै श्रेष्ठ हुनुहुन्थ्यो भनेर व्याख्या गर्छ, र उहाँ उही परमेश्वर हुनुहुन्थ्यो जसलाई अब्रामले मान्थे ।
04-08
धेरै वर्ष बितेर गयो
अब्रामको एउटा छोरो हुनेछ भनेर परमेश्वरले पहिला सुरुमा प्रतिज्ञा गर्नुभएको समय देखि थुप्रै वर्षहरू बितेर गइसकेका थिए ।
आकाशका ताराहरू झैँ
यो अभिव्यक्तिले यो जनाउँछ कि अब्रामको सन्तानहरू यति धेरै हुनेछन् कि तिनीहरू सबैलाई कसैले गन्न सक्दैन ।
04-09
दुई पक्षहरू
पक्षहरू भनेको दुई मानिसहरू, दुई समूहका मानिसहरू, वा एकजना व्यक्ति र एक समूहका मानिसहरू हुन सक्छन् । यहाँ चाहिँ सहमति परमेश्वर र अब्रामको बीचमा थियो ।
यस परीस्थितिमा परमेश्वरले अब्रामसंग एउटा करार बाध्नु भयो
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले भन्नुभयो कि उहाँले अब्रामलाई उनको आफ्नै शरीरबाट एउटा छोरो दिनुहुने थियो, र कनानको भूमि उनका सन्ताहरूलाई दिनुहुने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमेश्वरले भन्नुभयो, “म तँलाई तेरो आफ्नै शरीरबाट एउटा छोरो दिनेछु । म कनानको भूमि तेरा सन्तानहरूलाई दिनेछु ।”
यो प्रत्यक्ष उद्धरण हो। यसलाई अप्रत्यक्ष उद्धरणको रुपमा पनि भन्न सकिन्छः "परमेश्वरले भन्नुभयो कि उहाँले अब्रामलाई उसको आफ्नै शरीरबाट एउटा छोरो दिनेहुने छ र कनानको भूमि उसको सन्तानहरूलाई दिनुहुने छ। (See: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तेरो आफ्नै शरीरबाट
अब्रामले उनको आफ्नै शरीरबाट उनकी पत्नीलाई गर्भवती हुने तुल्याउने थिए, ताकि तिनीहरूले एकसाथ तिनीहरूको आफ्नै, प्राकृतिक छोरा पाउने थिए । यो अचम्म लाग्दो प्रतिज्ञा थियो, किनभने अब्राम र सारा धेरै वृद्ध थिए ।
छोरा पाएनन्
अब्रामसँग अझै कुनै सन्तान थिएन जसले त्यो भूमि कब्जा गर्न सक्थ्यो ।
…बाट एउटा बाइबलिय कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।