11-01
मिश्रका मानिसहरू र पशुहरूका पहिलो जन्मेका पुरुषहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हरेक मिश्री परिवारको सबैभन्दा जेठो छोरा र तिनीहरूको कुनै पनि वस्तुभाउको पहिलो जन्मेको पुरुष सन्तान ।”
11-02
परमेश्वरले जुटाउनुभयो
इस्राएलीहरूका छोराहरूलाई मृत्युबाट बचाउने बाटो जुटाउनसक्ने परमेश्वर मात्रै हुनुहुन्छ ।
उहाँमा विश्वास गर्ने जो कसैको पनि पहिलो जन्मेको छोरालाई बचाउन
यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छः “तिनीहरूको लागि जसले तिनीहरूको पहिलो जन्मेको छोरालाई बचाउन उहाँमा विश्वास गरे” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
एउटा सिद्ध थुमा
त्यो भनको, “एउटा कलिलो भेडा वा बाख्रा जसमा कुनै दागहरू वा खोटहरू थिएन ।”
11-03
खमिर नहालेको रोटी
खमिर भनेको रोटी बनाउने पिठोमा मिसाउने कुरा हो जसले पिठोलाई फुलाउँछ र जसले रोटीलाई पाक्दाखेरी फुल्ने बनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसलाई फुलाउने कुरा नहाली बनाइएको ।” खमिर हालेर रोटीलाई बनाउँदा बढि लामो समय लिन सक्थ्यो, त्यसैले खमिर नहाली रोटी पकाउनु चाहिँ छिटै मिश्रलाई छोड्न तयार भएर रहने तरिका थियो ।
तिनीहरूले त्यो खाना खाएपछि तुरुन्तै मिश्र छोड्न तयार हुन
यसको अर्थ हो कि तिनीहरू खान सुरु गर्न अघि नै तयार रहन जरुरी थियो ।
11-04
हरेक पहिलो जन्मेको छोरा
यसको अर्थ रगतको बलिदान नगरेको हरेक परिवारहरू, अर्थात् मिश्रीहरूको पहिलो जन्मेको छोरा हो । यसलाई प्रस्ट पार्नलाई तपाईंले यो थप्न चाहन सक्नुहुन्छ, “हरेक मिश्री जेठो छोरा” (किनभने सबै इस्राएली परिवारहरूले तिनीहरूको ढोकाको चौकोसमा रगत लगाएका थिए) ।
11-05
पार गरेर जानुभयो
यसको अर्थ हो कि परमेश्वर ती घरहरूबाट भएर जानुभयो र कसैलाई मार्नलाई त्यहाँ रोकिनुभएन । यो पदावली नै यहूदी पर्व, “निस्तार चाड”को नाम बन्यो ।
तिनीहरू बचाइए
परमेश्वरले तिनीहरूको पहिलो जन्मेको छोरालाई मार्नुभएन ।
थुमाको रगतको कारणले
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “किनभने तिनीहरूका ढोकामा थुमाको रगत थियो ।” परमेश्वरले देख्नुभयो कि तिनीहरूले उहाँको आज्ञा बमोजिम तिनीहरूको थुमा मारेका थिए, त्यसैले उहाँले तिनीहरूको छोरालाई मार्नुभएन ।
11-06
परमेश्वरमा विश्वास गरेनन् वा उहाँको आज्ञा मानेनन्
केही भाषाहरूमा यसरी भन्नु बढि स्वभाविक वा प्रस्ट हुनसक्छ, “परमेश्वरलाई विश्वास गरेनन् र त्यसैले तिनीहरूले उहाँका आज्ञाहरू मानेनन् ।”
त्यसलाई पार गर्नुभएन
उहाँ तिनीहरूको घरलाई पार गरेर जानु भएन । बरु उहाँ हरेक घरमा रोकिनुभयो र तिनीहरूको सबैभन्दा जेठो छोरालाई मार्नुभयो ।
11-07
झ्यालखानामा भएको कैदिको पहिलो जन्मेको देखि फारोको पहिलो जन्मेको सम्म
यो सबैजनाको पहिलो जन्मेको छोरा मर्यो भनेर बताउने एउटा तरिका हो-सबैभन्दा कम महत्त्वपूर्ण व्यक्तिको छोरा देखि सबैभन्दा धेरै महत्त्वपूर्ण व्यक्तिको छोरासम्म, अनि बीचमा भएका सबैजना ।
11-08
... लाई बोलाए
यसको अर्थ हो कि फारोले मोशा र हारूनलाई उनीकहाँ आउन भनरे बताउन उनका सेवकहरूलाई अह्राए ।
र भने
फारोले मोशा र हारूनलाई निम्न शब्दहरू तिनीहरू उनीकहाँ आएपछि भने । केही भाषाहरूमा यो यसरी अनुवाद हुन्छ, “र तिनीहरूलाई भने,” वा, “तिनीहरू आएपछि, फारोले तिनीहरूलाई भने ।”
र भने, “इस्राएलीहरूलाई लैजाऊ र मिश्रलाई तुरुन्त छोडिहाल !”
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई यसरी पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “र तिनीहरूलाई इस्राएलीहरूलाई लैजान र मिश्रलाई तुरुन्तै छोडिहाल्न भने !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
इस्राएलीहरूलाई लैजाऊ र मिश्रलाई तुरुन्त छोडिहाल !
यो एउटा आज्ञा हो र यसलाई विस्मय मानेको रूपमा बताइएको छ किनभने फारो आखिरमा बल्ल परमेश्वरसँग डराएका थिए, र इस्राएलीहरूले मिश्रलाई तुरुन्तै छोडेको चाहे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
लैजाऊ
यो लैजाने काम बोल्ने वक्ता, फारोबाट टाढा लानु हो । इस्राएलीहरूलाई फारोबाट टाढा लैजान र मिश्र, जहाँ वक्ता अवस्थित छन्, त्यसलाई तिनीहरू सबैले नछोडेसम्म तिनीहरूसँग गइरहन मोशालाई अह्राइयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-go/01.md]])
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।