45-01
येशूको पहिलो चेलाहरु मध्य एक जनाको नाऊँ स्तिफनस थियो
यसले कथामा नयाँ पात्रको रुपमा स्तिफनसलाई परीचित गर्दछ। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
सबैले उनलाई आदर गर्दथेँ
यो एक व्यक्ति स्तिफनसको बारेमा पृष्ठभुमिको जानकारी हो (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
45-02
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
त्यसैले उनिहरु धार्मिक अगुवाहरुकहाँ गए र उहाँको बारेमा झुट बोले
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। यहुदिहरु स्तिफनससगँ रिसाएको कारण यो थियो किनकि उनिहरु तिनिसगँ तर्क जित्न सकेनन्। यसको नतिजा स्वरुप तिनिहरुले उनको बारेमा झुट बोले। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
हामिले स्तिफनसले परमेश्वर र मोसाको बारेमा खराब कुरा बोलेको सुन्यौँ
उनिहरुले यो विस्मयादिबोधको तिनिहरु स्तिफनससगँ कति घेरै रिसाएका थिए र अरु मानिसलाई पानि उनिसगँ रिसाउन लगाएका थिए भनेर देखाउन प्रयोग गरिएको छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
45-03
पवित्र आत्मालाई सधैँ इन्कार गर्नु
अर्थात, “पवित्र आत्माको कहिल्यै आज्ञापालन नगर्नु” वा, “पवित्र आत्माको कुरा सुन्नलाई सधैँ इन्कार गर्नु ।”
हाम्रा पूर्खाहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरू, हाम्रा पूर्वजहरू ।”
तर तिमिहरुले उनिहरु भन्दा अझ नराम्रो गर्यौ । तिमिहरुले महिहलाई मार्यौ
स्तिफनसले यि विस्मयादिबोधको प्रयोग गरेर यहुदिहरुलाऐ मसिहको हत्या गरेको आरोप लगाए जसलाई परमेश्वरले उनिहरुको निम्ति पठाउनु भएको थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
45-04
तिनीहरूका कान थुने
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले आफ्ना हातहरू तिनीहरूका कानहरू माथि राखे ।” यो चाहिँ तिनीहरूले स्तिफनसले भनेको कुराहरू सुन्न नचाहेको भनेर देखाउनको लागि थियो ।
ठूलो स्वरले कराए
तिनीहरू रीसमा कराइरहेका थिए । यसलाई तिनीहरू असाध्यै क्रुद्ध थिए भनेर सञ्चार गर्ने किसिमले अनुवाद गर्नुहोस् ।
45-05
जसै स्तिफनस मरिरहेका थिए
अर्थात, “स्तिफनस मर्नुभन्दा ठीक अगाडि ।”
कराए
अर्थात, “ठूलो आवाज गरेर पुकारे” वा, “धेरै चर्को स्वरमा भने ।”
तिनीहरूको विरुद्धमा यो पाप नलगाउनुहोस्
अर्थात, “तिनीहरूलाई मलाई मारेको पापको दोषी नमान्नुहोस् ।”
45-06
त्यो दिन यरुशलेममा धेरै मानिसहरुले येशुको चेलाहरुलाई सताउन थाले, त्यसैले विश्वासिहरु अन्य ठाउँहरुमा भागे। तर बिरोधको बावजुत, उनिहरु जहाऊ गए पनि येशुको बारेमा प्रचार गरे
यो स्तिफनसको मृत्योु पछि विश्वासिहरुको सतावटको बारेमा पृष्ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
तर यसको बाबजुद पनि
यहूदी अगुवाहरूले ठाने कि तिनीहरूले उहाँको अनुयायीहरूलाई सताएर येशूको शिक्षाको फैलावटलाई रोक्न सक्थे । त्यसको साटोमा, यसले गर्दा तिनीहरूलाई फिँजिने र सन्देशलाई झन बढि व्यापक ढङ्गले फैलाउने तुल्यायो ।
45-07
त्यहाँ फिलिप नाऊँ भएका येशुमा एक विश्वासि थिए
यसले कथामा नयाँ पात्रको रुपमा स्तिफनसलाई परीचित गर्दछ। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
यो मानिस इथियोपियाको भुमिबाट एक महत्वपुर्ण अधिकारी थियो।
यो इथियोपियाको एक अधिकारीको बारेमा पृष्ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
इथियोपिया
इथियोपिया पूर्वी अफ्रिकामा भएको एउटा देश हो ।
45-08
इथियोपियाली
अर्थात, इथियोपियाको देशबाटका एकजना व्यक्ति । ४५:०७ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
उहाँलाई मारिन लागेको थुमा झैँ लगियो, र जसरी एउटा भेडा मौन हुन्छ त्यसरी नै उहाँले पनि केहि बोल्नु भएन। तिनिहरुले उहाँलाई अनुचित व्यवहार गरे र आदर गरेनन्। तिनिहरुले उहाँको जिवन उहाँबाट खोसे।
यो सन्दर्भमा रहेको उद्धरणले 'उहाँ' भनिने सर्वनामलाई मसिहको रुपमा चिनाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
जसरी थुमा मौन हुन्छ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसरी मारिनै लाग्दा पनि थुमा मौन रहन्छ ।”
45-09
जे पढि राखेका छौ, के तिमि त्यो बझ्दछौ?
इथियोपियन बुद्धिमान ञिए र पढ्न सक्थे तर उनमा आत्मिकि विवेकको कमि थियो। वैकल्पिक अनुवादः "के तिमि जे पढ्दैछौ त्यसको अर्थ बुझ्छौ?" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
कृपया आउनुहोस र मेरो छेउमा बस्नुहोस्
यो यहाँ लागु छ कि फिलिप शास्त्रको व्याख्या गर्न उनको साथमा सडक मा यात्रा गर्नको लागि सहमत भए । (हेर्नुहोसः (See: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]]))
… बारेमा यशैयाले लेखिरहेका थिए
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “… लाई यशैयाले जनाइरहेका थिए ।”
45-11
केही पानी
तलाउ, ताल, वा छहरा जस्ता पानीको ठूलो सङ्ग्रहलाई जनाउने कुनै एउटा शब्दको प्रयोग गर्नुहोस् ।
के मैले बप्तिस्मा लिन सक्छु ?
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “के त्यहाँ कुनै कारण छ जसले गर्दा मैले बप्तिस्मा लिन सक्दिन ?”
45-12
त्यसैले तिनिहरु तल पानिमा गए
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि इथियोपियनले फिलिपले भनेको कुरामा विश्वास गरे र उनले नजिकै पानि देखेकाले बप्तिस्मा लिने आग्रह गरे। नतिजा यो हो कि फिलिपले उनलाई बप्तिस्मा दिए । (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
फिलिपलाई लानुभयो
अर्थात, “फिलिपलाई लिएर जानुभयो” वा, “फिलिपलाई पक्रेर लानुभयो ।”
त्यहाँ फिलिपले मानिसहरुलाई येशूको बारेमा बताउन जारी राखे
यो फिलिपको बारेमा कथाको अन्त्य थियो (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-endofstory/01.md]])
45-13
इथियोपियन निरन्तर आफ्नो घर तिरको यात्रामा लाग्यो। उनि खुशी थिए कि उनले अब येशूलाई चिनेक थिए
यो इथियोपियनको बारेमा कथाको अन्त्य थियो (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-endofstory/01.md]])
… बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।