02-01
सुन्दर बगैँचा
परमेश्वरले आदम र हव्वालाई रमाउन र तीबाट खानलाई तयार पार्नुभएको रूखहरू र बोट-बिरुवाहरूको एउटा विशेष सङ्ग्रह । यो उही शब्द हुनुपर्छ जुन १:११ मा प्रयोग गरिएको थियो । यसलाई त्यहाँ कसरी अनुवाद गरीयको छ, सो हेर्नुहोस् ।
लाज
हामीले पाप गरेका छौँ वा कुनै तरिकाले हामी चुकेका छौँ भन्ने ज्ञानका साथ आउने भाव ।
परमेश्वरसँग बातचित गरे
“बातचित गर्नु”को लागि उही शब्द हुनुपर्छ जुन एउटा मानिससँग कुरा गर्दा प्रयोग हुन्छ । परमेश्वरले मानिस र स्त्रीसँग कुरा गर्न एउटा भौतिक रूप लिनुभएको हुनुपर्छ कारण धर्मशास्त्रले तिनीहरूले उहाँसँग आमने-सामने कुरा गरे भन्ने सङ्केत गर्छ ।
02-02
एउटा सर्प
एउटा लाम्चो, खुट्टा नभएको जमिनमा बस्ने प्राणी जुन अहिले आफ्नो पेटमा घस्रेर हिँड्छ । हुन त पछि कथामा सर्प शैतान हो भनेर खुलाइन्छ, यस परिपेक्षमा यहाँ यो भनिनु हुन्न ।
धूर्त
छक्क्याउने मनसायको साथ, चलाख र छट्टु ।
उसले स्त्रीलाई सोध्यो, “के परमेश्वरले तिमीहरूलाई साँच्चै बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल नखानू भन्नुभयो ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “उसले स्त्रीलाई परमेश्वरले तिनीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट फल साँच्चै नखानू भन्नुभएको थियो कि भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
x
यो आलङ्कारिक प्रश्न हो । सर्पले स्त्रीलाई बगैँचामा भएका कुनैपनि रूखहरूबाट नखानू भनी परमेश्वरले वास्तवमै भन्नुभयो कि भनेर सोध्यो । तर ऊ केवल ढोङ्ग गरिरहेको थियो कि परमेश्वरले भन्नुभएको कुरा उसलाई थाहा थिएन किनभने ऊ स्त्रीको मनमा शङ्का सिर्जना गर्न चाहन्थ्यो । ऊ तिनले परमेश्वरको भलाइलाई प्रश्न सोधेको चाहन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तिमीहरू
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वरले यो आज्ञा मानिस र स्त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
कुनैपनि रूखहरूबाटको फल
बगैँचामा भएका हरेक विभिन्न रूखहरूबाटको सबै प्रकारका फलहरू ।
02-03
स्त्रीले जवाफ दिई, “परमेश्वरले हामीलाई हामीले कुनै पनि रूखको फल खान सक्छौँ भन्नुभयो केवल त्यो असल र खराबको ज्ञान दिने रुखको फल नखानु भन्नु भएको छ। परमेश्वरले हामीहरू भन्नु भएको छ, "यदि तिमिहरुले त्यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।’”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले तिनीहरूलाई यसो भन्नुभएको थियो भनेर स्त्रीले जवाफ दिइन् कि तिनीहरूले कुनै पनि रूखको फल खान सक्थे, केवल असल र खराबको ज्ञान दिने रूखबाट खानहुने थिएन, र यदि तिनीहरूले त्यो फल खाए वा त्यसलाई छोए मात्र भने, तिनीहरू मर्नेथिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यदि तिमिहरुले त्यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वरले यो आज्ञा मानिस र स्त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
फल
यो कस्तो किसिमको फल थियो भनी हामी जान्दैनौँ । हामी केवल यति जान्दछौँ कि त्यो यो रूखमा फल्थ्यो । यदि सम्भव हुन्छ भने यहाँ फलको लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ, र कुनै खास किसिमको फलको लागि प्रयोग हुने शब्द होइन ।
असल र खराबको ज्ञान दिने रूख
स्त्रीले ठीकसँग बुझिन् कि तिनीहरूलाई यस एउटा रूखबाट खान अनुमति थिएन जसले तिनीहरूलाई खराब र असल बुझ्न सक्षम बनाउने थियो ।
तिमीहरू मर्नेछौ
मृत्यु, वा कुनै व्यक्तिको भौतिक जीवन सकिने कुराको लागि, तपाईंको साधारण शब्द प्रयोग गर्नुहोस् । मृत्युको कल्पना निकै कठोर सुनिन्छ जस्तो लागेर मात्रै त्यो शब्दलाई नपन्साउनुहोस् ।
02-04
सर्पले स्त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन ! किनकि परमेश्वर जान्नु हुन्छ कि जुन दिन तिमिहरु त्यो खान्छौ, तिमिहरु परमेश्वर जस्तै हुनेछौ, र परमेश्वर जस्तै तिमिहरुले असल र खराबको ज्ञान पाउनेछौ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “सर्पले स्त्रीलाई जवाफ दियो कि त्यो सत्य थिएन ! तिनीहरू मर्नेथिएनन् । परमेश्वरले केवल जान्नुहुन्थ्यो कि तिनीहरूले त्यो खाने बित्तिक्कै, तिनीहरू परमेश्वर जस्तै हुनेथिए र उहाँले बुझ्नुभए जस्तै तिनीहरूले असल र खराब बुझ्नेथिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिमीहरू मर्नेछैनौ। परमेश्वरलाई थाहा छ कि जब तिमिहरु यो खान्छौ, तिमीहरू परमेश्वर जस्तै हुनेछौ
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । शैतानले दुवै मानिस र स्त्रीलाई के हुनेथियो भन्ने बारेमा बताउँदै थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
परमेश्वर जस्तै
पुरुष र स्त्री अघिबाटै परमेश्वरको प्रतिरूपमा बनाइएका थिए । सर्पले सल्लाह दिँदै छ कि यदि स्त्रीले खराबिलाई बुझिन् भने तिनी अझै परमेश्वर जस्तै हुनेथिईन् । तर, परमेश्वरले तिनीसँग यो ज्ञान भएको कहिल्यै चाहनुभएन ।
असल र खराब बुझ्नेछौ
के कुराहरू असल छन् र के कुराहरू खराब छन् भनी व्यक्तिगत अनुभवबाट थाहा पाउनु, वा कुनै कुरा असल हो वा खराब हो भनी थाहा पाउन सक्षम हुनु ।
असल र खराब
यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । शैतानले भन्दैछ के असल र खराब छ भनी तिनीहरूले सबैकुरा बुझ्नेथिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
02-05
बुद्धिमान्
स्त्रीले सर्पसँग भएको देखिए झैँ, र परमेश्वरसँग भएको जस्तै अन्तरदृष्टि र समझ पाउन चाहिन् ।
जो तिनीसँगै थिए
यो महत्त्वपूर्ण जानकारी हो किनभने यसले देखाउँछ कि स्त्रीले त्यो फल खाने निर्णय गर्दा मानिस पनि उपस्थित थिए ।
02-06
तिनीहरूका आँखाहरू खोलिए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले चीजहरूलाई फरक तरिकाले देखे ।” यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले पहिले पटक केही कुरा अब बुझे । तपाईंको भाषामा, त्यस्तै अर्थ भएको कुनै एउटा अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यसलाई अनुवाद गर्न प्रयोग गर्न सक्नुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
तिनीहरू नाङ्गै थिए भनी चाल पाए
मानिस र स्त्रीले परमेश्वरको अनाज्ञापालन गरेपछि, तिनीहरू नाङ्गै भएकोमा लज्जित महसुस गरे । त्यसैले गर्दा तिनीहरूले आफ्ना नाङ्गा शरीरहरूलाई ढाक्ने कोसिस गर्न पातहरूको प्रयोग गरे ।
तिनीहरूले तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे
मानिस र स्त्रीले परमेश्वरबाट लुक्नलाई तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे किनकि तिनीहरू नाङ्गै भएकोमा लज्जित थिए । तपाईंले त्यसलाई स्पष्ट पार्न चाहन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू नाङ्गै भएकोमा लज्जित थिए, र परमेश्वरबाट लुक्नलाई तिनीहरूको शरीरहरू ढाक्ने कोसिस गरे” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
02-07
परमेश्वर हिँड्नुहुँदै
मानिस र हव्वासँग हिँड्न र कुरा गर्न परमेश्वर नियमित रूपले बगैँचामा आउनुहुन्थ्यो जस्तो देखिन्छ । यो कस्तो देखिन्थ्यो भनेर हामी जान्दैनौँ । यदि सम्भव छ भने, एउटा मानिस हिँडेको बारेमा कुरा गर्न चलाउने शब्द नै प्रयोग गर्नु बेस हुन्छ ।
त्यसपछि परमेश्वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले मानिसलाई बोलाउनुभयो र उनी कहाँ थिए भनी सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तँ कहाँ छस् ?
यो आलङ्कारिक प्रश्न हो । परमेश्वरलाई यो प्रश्नको जवाफ पहिले नै थाहा थियो । यो प्रश्न सोध्नुको उद्देश्य मानिस र स्त्रीलाई तिनीहरू किन लुकिरहेका थिए भनी व्याख्या गर्न कर लगाउन थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तँ
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, एकवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्वर केवल मानिससँग मात्र बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
आदमले जवाफ दिए, “मैले तपाईंलाई बगैँचामा हिँडिरहनुभएको सुने, र म डराएँ, किनभने म नाङ्गै थिएँ । त्यसैले म लुकेँ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “आदमले जवाफ दिए कि उनले परमेश्वरलाई बगैँचामा हिँडिरहनुभएको सुने, र डराए, किनभने उनी नाङ्गै थिए । त्यसैले उनी लुके” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
02-08
तब परमेश्वरले सोध्नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो ? के तैँले मैले नखानू भनेको फल खाइस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले सोध्नुभयो कि कसले आदमलाई उनी नाङ्गै थिए भनी बतायो, र उनले परमेश्वरले नखानू भनेको फल खाए कि भनी सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
कसले तँलाई तँ नाङ्गै छस् भनी बतायो ?
अथवा, “तँले आफू नाङ्गै छु भनेर कसरी पत्ता लगाइस् ? के तैँले मैले नखानू भनेको फल खाइस् ?” परमेश्वरलाई अघिबाटै उहाँले सोध्नुभएका सबै प्रश्नहरूको जवाफ थाहा छ । यो र यसपछिको प्रश्न सोध्नुभएर, उहाँले आदमलाई आफ्नो अनाज्ञापालनको पाप स्वीकार गर्ने अवसर दिँदै हुनुहुन्थ्यो । नाङ्गो हुनु कुनै पाप थिएन । तिनीहरूले पाप गरेका थिए भनेर तिनीहरूको शर्मले देखायो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
के तैँले मैले नखानू भनेको फल खाइस् ?
यो आलङ्कारिक प्रश्न हो । परमेश्वरले नखानू भन्नुभएको फल आदमले खाएका थिए भनेर परमेश्वरलाई पहिल्यै थाहा थियो । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छः “मैले नखानू भनेको फल तैँले खाइस् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
तिनले मलाई फल दिइन्
मानिसले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा स्त्रीलाई दोष लगाए ।
त्यसपछि परमेश्वरले स्त्रीलाई सोध्नुभयो , “यो तैँले के गरिस् ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले स्त्रीलाई तिनीले के गरेकी थिइन् भनेर सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
यो तैँले के गरिस् ?
अथवा, “तैँले यसो किन गरिस् ?” परमेश्वरलाई यो प्रश्नको जवाफ पहिल्यै थाहा थियो । यो प्रश्न सोध्नुभएर, उहाँले स्त्रीलाई आफ्नो गल्ती मान्ने अवसर दिँदै हुनुहुन्थ्यो । उहाँले तिनले गरेको कुरा तिनले गर्नुहुने थिएन भनेर पनि जटाउँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
सर्पले मलाई छल गर्यो
सर्पले तिनीलाई झुक्क्यायो वा गल्ती गर्नलाई डोहोर्यायो । त्यसले तिनीलाई झूट बोल्यो । त्यसले तिनीमाथि टुनामुना गर्यो वा तिनीलाई तन्त्रमन्त्रको मोहनी लायो भनेर सङ्केत गर्ने शब्द नचलाउनुहोस् । स्त्रीले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा सर्पलाई दोष लगाइन् ।
02-09
तँ श्रापित् भएको छस् !
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तँलाई सराप्छु !” वा, “तँमाथि ठूलो हानि आइपर्नेछ ।” जादुको अर्थ दिने शब्द नचलाउनुहोस् ।
एक अर्कालाई हेला गर्नेछौ
स्त्रीले सर्पलाई घृणा गर्ने थिइन् र सर्पले स्त्रीलाई घृणा गर्ने थियो । स्त्रीका सन्तानहरूले पनि सर्पका सन्तानहरूलाई घृणा गर्ने थिए, र सर्पका सन्तानहरूले तिनीहरूलाई हेला गर्ने थिए ।
स्त्रीको सन्तान
उनका सन्तानहरूमध्येमा विशेष गरेर एक जनालाई जनाउँछ ।
तेरो टाउको कुच्च्याउनेछ
स्त्रीको सन्तानले सर्पको सन्तानलाई नाश पार्नेछ ।
उसको कुर्कुच्चो डस्नेछस्
सर्पको सन्तानले स्त्रीको सन्तानलाई चोट पार्नेछ ।
02-10
प्रसव-वेदना ज्यादै पिडापूर्ण
केही भाषाहरूले यसलाई क्रियापदको रूपमा व्यक्त गर्न आवश्यक पर्न सक्छ । तपाईंले भन्न सक्नुहुन्थ्यो, “तैँले सन्तान जन्माउँदा म तँलाई धेरै पिडा हुने तुल्याउनेछु ।”
02-11
भूमि श्रापित भएको छ
आदमको अनाज्ञाकारिताको दण्ड स्वरूप, पृथ्वी अब फलदायी हुने थिएन । आदमले खानलाई पर्याप्त खानेकुरा जुटाउनलाई कठोर मिहिनेत गर्नुपर्ने थियो ।
तँ मर्नेछस्
तिनीहरूको अनाज्ञाकारिताको अन्तिम दण्ड भनेको मृत्यु थियो । आत्मिक मृत्यु भनेको हामी परमेश्वरबाट अलग गरिनु हो । शारीरिक मृत्यु भनेको हामी हाम्रो शरीरबाट अलग गरिनु हो ।
माटोमा फर्कनेछस्
परमेश्वरले आदमलाई माटोबाट बनाउनुभयो र उसलाई जीवन दिनुभयो । पापको फलस्वरूप, उसको जीवन उसबाट लगिनेछ र उसको शरीर कुहिनेछ र फेरि माटो हुनेछ ।
हव्वा, जसको अर्थ ‘जीवन दिने’ हो
परमेश्वरले आदम र हव्वालाई जीवन दिनुभयो, र हरेक व्यक्तिमा यो जीवन जन्मद्वारा सर्छ ।
सबै मानिसहरूकी आमा
यसको अर्थ हो कि तिनी सबै मानिसहरूकी महिला पूर्वज हुने थिइन् । केही भाषाहरूले “तिनी सबै मानिसहरूकी हजुरआमा हुने थिइन्” भन्छन् ।
02-12
असल र खराब जानेर हामी जस्तै
यहाँ, यो वाक्यांशले आदम र हव्वा परमेश्वर जस्तै हुने नयाँ तरिकालाई औँल्याउँछ । किनभने तिनीहरूले पाप गरेका थिए, तिनीहरू दुष्टताको बारेमा जानकार थिए र त्यसलाई महसुस गर्न सक्थे । तपाईं भन्न सक्नुहुन्छ, “किनभने अब तिनीहरूले दुवै असर र खराब जान्दथे ।”
हामी जस्तै
बाइबलले हामीलाई एकमात्र परमेश्वर हुनुहुन्छ भनेर सिकाउँछ, तर पुरानो करारको “परमेश्वर”को लागि प्रयोग हुने शब्द बहुवचन हो, र परमेश्वरले आफैँसँग कुरा गर्नुहुँदा सर्वनामको बहुवचनको रूपलाई चलाउनुहुन्छ । केहीले यसलाई परमेश्वरको वैभवलाई व्यक्त गर्ने विशेष किसिमको बोल्ने तरिका भनेर बुझ्छन्, र अरूहरूले यसलाई परमेश्वर पिताले पुत्र र आत्मासँग बोल्नुभएको भनेर बुझ्छन्, जोहरू सबै परमेश्वर हुनुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
असल र खराब
यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । परमेश्वरले भन्दै हुनुहुन्छ तिनीहरूले के असल र खराब छ भनी सबैकुरा बुझ्नेथिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-merism/01.md]])
तिनीहरूलाई स्वीकृति दिनुहुँदैन
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः “हामीले तिनीहरूलाई अनुमति दिनुहुँदैन” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
फल
फलको खास प्रकार खुलाइएको छैन, त्यसैले फलको लागि सामान्य शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ ।
जीवनको रूख
यो फल भएको वास्तविक रूख थियो । १:११ मा हेर्नुहोस् । यदि कुनै व्यक्तिले यो फल खायो भने ऊ निरन्तर जिउने थियो र कहिल्यै मर्ने थिएन ।
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।