नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

34-01

कथाहरू

येशूले यी कथाहरू परमेश्‍वरको राज्यको बारेमा सत्यताहरू सिकाउनलाई प्रयोग गर्नुभयो । यी घटनाहरू वास्तवमै भए कि भएनन् भनेर स्‍पष्‍ट छैन । यदि तपाईंको भाषामा कुनै त्यस्तो शब्द छ जसले दुवै काल्पनिक र वास्तविक कथाहरूलाई समेट्छ भने, त्यसलाई तपाईंले यहाँ प्रयोग गर्नुपर्छ ।

एउटा रायोको दाना

यसले शायद कालो रायोको बोटको बिउलाई जनाउँछ, जसमा मसिना बिउहरू हुन्छन् जुन छिट्टै ठूला बोटहरूमा हुर्कन्छन् । यदि तपाईंको भाषामा यो बिरुवाको लागि कुनै शब्द छ भने, त्यसलाई तपाईंले प्रयोग गर्नुपर्छ । यदि छैन भने, उस्तै गुणहरू भएको अरू कुनै बिरुवाको नामलाई प्रयोग गर्न तपाईंलाई आवश्‍यक हुन सक्छ ।

सबैभन्दा सानो बिउ

अर्थात, “मानिसहरूले रोप्‍ने बिउहरूमध्ये सबैभन्दा सानो ।”

34-02

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

रायोको दाना

तपाईंले यो शब्दलाई ३४:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

हुर्कन्छ

तपाईंलाई थप्‍न चाहन सक्नुहुन्छ, “पूर्ण हुर्केको बिरुवामा ।”

बगैँचाका बिरुवाहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “बिरुवाहरू जुन एउटा बगैँचामा रोप्‍न सकिन्थ्यो ।”

आराम गर्छन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “... माथि बस्छन्” वा, “... माथि गुँड हाल्छन् ।”

34-03

कथा

तपाईंले यो शब्दलाई ३४:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

मर्चा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “खमिर” वा, “अलिकति खमिर ।” यसलाई मुछेको पीठोलाई फुलाउन त्यसमा हालिन्छ । धेरै मुछेर राखेको पीठोमा अलिकति मर्चा हालेर पूरै पीठोलाई फुलेर आउने बनाउन सकिन्छ ।

रोटी बनाउन मुछेको पीठो

यो पीठो र पानीको मिश्रण हो जसलाई रोटीको आकार दिएर पकाउन सकिन्छ । यदि तपाईंको भाषामा मुछेको पीठो र पीठोको लागि शब्दहरू छैनन् भने, तपाईंले पीठो शब्द नै चलाउन सक्‍नुहुन्छ वा “पिसेको अनाज” भन्‍न सक्‍नुहुन्छ ।

त्यो मुछेको पीठोभरी फैलन्छ

अर्थात, “मुछेको पीठोको हरेक भागमा मर्चा हुन्छ” वा, “मर्चा मुछेको पीठोभरी सबैतिर बढ्दै जान्छ ।”

34-04

सामान्य जानकारी

येशूले अर्को कथा भन्‍नुभयो ।

धन

अर्थात, “केही कुरा जो धेरै बहुमूल्य छ ।”

त्यसलाई पुनः गाड्यो

यस्तो थप्‍न पनि सम्भव छ, “ताकि अरू कसैले पनि त्यसलाई नभेट्टाओस् ।”

आनन्दले भरिनु

यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “धेरै खुशी” वा, “उत्साहित ।”

त्यो खेत किन्‍न

केहि मानिसहरूले थप्‍न चाहन सक्छन्, “ताकि त्यो धन उसको होस् ।”

34-05

सामान्य जानकारी

येशूले परमेश्‍वरको राज्यको बारेमा अर्को कथालाई जारी राख्‍नुहुन्छ ।

एउटा सिद्ध मोति

अर्थात, “कुनै पनि खोटहरू नभएको एउटा मोति ।”

एउटा मोति

मोतिहरू भनेको चिनिँदैन भने, यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “एउटा सुन्दर ढुङ्‍गा” वा, “एउटा ढुङ्‍गा जस्तै सुन्दर कुरा ।”

धेरै मूल्यको

अर्थात, “त्यो धेरै बहुमूल्य थियो” वा, “त्यो धेरै पैसाको मूल्य बराबरको थियो ।”

एउटा मोति व्यापारी

अर्थात, “मोतिको कारोबार गर्ने” वा, “मोतिको किनबेच गर्ने ।” यसले त्यो व्यक्तिलाई जनाउँछ जसको व्यवसाय मोतिहरू किन्‍ने र बेच्‍ने हो ।

34-06

कथा

तपाईंले यो शब्दलाई ३४:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

अरूहरूलाई हेप्थ्यो

अर्थात, “अरू मानिसहरूलाई तिनीहरू भन्दा तुच्छ सम्झन्थ्यो” वा, “अरू मानिसहरूलाई तल्लो नजरले हेर्थ्यो ।”

34-07

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

धार्मिक गुरुले यसरी प्रार्थना गर्‍यो

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “यस्तो तरिकाले धार्मिक गुरुले प्रार्थना गर्‍यो” वा, “धार्मिक गुरुले यस किसिमले प्रार्थना गर्‍यो ।”

... जस्तो म पापी छैन

अर्थात, “... जस्तो म पापपूर्ण छैन” वा, “म धर्मी छु, ... जस्तो होइन ।”

अधर्मी मानिसहरू

अर्थात, “मानिसहरू जो धर्मी छैनन्” वा, “मानिसहरू जसले दुष्‍ट कामहरू गर्छन्” वा, “व्यवस्था तोड्नेहरू ।”

34-08

सामान्य जानकारी

येशूले धार्मिक गुरुको प्रार्थना बारे भनिरहनुहुन्छ ।

म उपवास बस्छु

धार्मिक गुरुले विश्‍वास गर्थ्यो कि यसो गर्नाले उसले परमेश्‍वरको अगाडि निगाह पाउन सक्थ्यो ।

दशांश

अर्थात, “दशमा एक भाग ।”

34-09

सामान्य जानकारी

येशूले कथालाई जारी राख्‍नुहुन्छ ।

टाढै उभियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “एउटा दूरीमा रहेर उभियो” वा, “अलग्गै बस्यो ।”

स्‍वर्ग मास्तिर हेर्दा पनि हेरेन

“पनि” शब्दले मानिसहरुले सामान्यतया परमेश्‍वरलाई प्रार्थना गर्दा स्वर्ग मास्तिर हेर्छन् भनेर सङ्‍केत गर्छ, तर यो मानिसले हेरेन किनभने ऊ आफ्नो पापको कारण साह्रै लज्जित थियो ।

उसले आफ्नो मुठ्ठिले आफ्नो छातिमा पिट्यो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उसको शोकको कारण, उसले उसको छातिलाई उसको मुठ्ठिले हिर्कायो” वा, “उसले दुःख मानेर उसको छाति पिट्यो ।” यदि मानिसहरूले यसलाई लिनलाई अप्ठेरो मान्छन् भने किनकि तिनीहरूले अरू कारणहरूको लागि तिनीहरूको छातिमा हिर्काउँछन्, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “उसले आफ्नो निराशा देखायो ।”

34-10

उसलाई धर्मी ठहर्‍याउनुभयो

अर्थात, “उसलाई एउटा धर्मी व्यक्ति सम्झनुभयो ।” कर उठाउने मानिस एक पापी भएतापनि, उसको विनम्रता र पश्‍चात्तापको कारण परमेश्‍वर उसप्रति दयालु हुनभयो ।

अपमान गर्नुहुनेछ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “... तल्लो श्रेणी दिनुहुनेछ” वा, “महत्त्वपूर्ण नहुने तुल्याउनुहुनेछ ।” यसलाई आलङ्‍कारिक ढङ्‍गले अनुवाद गर्न सकिन्थ्यो, “तल झार्नुहुनेछ ।”

सम्मान गर्नुहुनेछ

अर्थात, “... लाई उच्‍च श्रेणी दिनुहनेछ ।”

आफैँलाई नम्र तुल्याउँछ

अर्थात, “नम्र स्वभावमा व्यवहार गर्नलाई चुन्छ” वा, “आफ्नै बारेमा नम्र आचरण राख्‍छ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।