नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

39-01

अब मध्यरात भइसकेको थियो

यसले नयाँ घटनालाई जनाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

येशूलाई प्रश्‍न सोध्‍न

यो अभिव्यक्तिको अर्थ हुन्छ, “रात आधा हुँदा” वा, “राति धेरै ढिलो भइसकेपछि ।”

येशूलाई प्रश्‍न सोध्‍न

अर्थात, “तिनीहरूले येशूले गलत गर्नुभएको भनेर दोष लगाउनको लागि केही भेट्टाउन कोसिस गर्नलाई येशूलाई प्रश्‍न सोध्‍न ।”

39-02

येशूलाई केरकार गर्नलाई राखे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “येशूलाई केही गलत गर्नुभएको भनेर दोष लगाउनलाई एउटा औपचारिक वैठक गरे ।” सामान्यतया मुद्दा भनेको कुनै एउटा अपराधप्रति कोही निर्दोष छ वा दोषी छ भनेर पत्ता लगाउनको लागि चलाइन्छ । यहाँ चाहिँ, अगुवाहरू येशूलाई दोषी देखिने बनाउनको लागि दृढ थिए ।

उहाँको बारेमा झूट बोले

अर्थात, “उहाँको बारेमा झूटहरू बताए” वा, “उहाँलाई केही गलत गरेको भनेर झूटो आरोप लगाए ।”

तिनीहरूका बयानहरू एक आपसमा मिलेनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले येशूको बारेमा त्यस्ता कुराहरू गरे जुन एक अर्काबाट धेरै फरक थिए” वा, “साक्षीहरूले येशूको बारेमा त्यस्ता कुराहरू गरे जुन एक अर्कासँग बाझे ।”

उहाँ कुनै कुराको दोषी हुनुहुन्थ्यो

अर्थात, “कि उहाँले कुनै गल्ती गर्नुभएको थियो ।”

39-03

आखिरमा

अर्थात, “तिनीहरूले उहाँको विरुद्धमा कुनै प्रमाण फेला पार्न नसके पछि” वा, “तिनीहरूले उहाँ दोषी हुनुहुन्थ्यो भनेर प्रमाणित गर्न नसके पछि ।”

39-04

म हुँ

अर्थात, “म तपाईंले भनेको जस्तै हुँ” वा, “म मसिह र परमेश्‍वरको पुत्र हुँ ।” “म हुँ” चाहिँ परमेश्‍वरको नाउँ हो (हेर्नुहोस् ०९:१४) । बस, “म हुँ” मात्र भनेर येशूले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने आशय पनि दिँदै हुनुहुन्थ्यो । यदि सम्भव हुन्छ भने, मानिसहरूले येशूको जवाफ र परमेश्‍वरको नाउँको बीचमा भएको समानता देख्‍ने किसिमले यसलाई अनुवाद गर्नुहोस् ।

परमेश्‍वरसँगै विराजमान हुनुभएको

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरसँगै राज गरिरहेको ।” किनकि परमेश्‍वर सबैकुरा माथि शासक हुनुहुन्छ, मानिसहरूले उहाँलाई स्वर्गमा एउटा सिंहासनमा बस्‍नुभएको भन्‍ने किसिमले कुरा गर्छन् । उहाँ परमेश्‍वरसँगै विराजमान हुनुहुने थियो भनेर, येशूले उहाँसँग पितासँगै राज गर्ने अधिकार थियो भनेर दाबी गर्नुभयो ।

परमेश्‍वरसँगै विराजमान हुनुभएको र स्वर्गबाट आउनुहुँदै

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरको छेउमा बसिरहनुभएको र त्यसपछि स्‍वर्गबाट आउनुहुँदै ।”

उनका लुगाहरू च्याते किनकि उनी रिसाएका थिए

यहूदीहरूले तिनीहरूको शोक वा रीस देखाउनको लागि तिनीहरूका लुगाहरू च्यात्‍ने गर्थे । यदि तपाईंको भाषामा लुगाहरू च्यात्‍नुको कुनै अन्य अर्थ लाग्छ भने, तपाईंले यस्तो किसिमको पदावली राख्‍न चाहनसक्‍नु हुन्छ, “उनी ज्यादै रिसाएका थिए ।”

तिमीहरूको निर्णय के छ ?

अर्थात, “हामीलाई भन तिमीहरूले के निर्णय गरेका छौः ऊ निर्दोष छ वा दोषी ?” परमेश्‍वरसँग बराबर हुनुहुन्छ भनेर दाबी गर्नुभएको कारण येशूलाई धार्मिक अगुवाहरूले दोष लगाएको मुख्‍य पूजाहारीले चाहे ।

39-05

तिनीहरूले येशूको आँखामा पट्टि बाँधिदिए

अर्थात, “तिनीहरूले येशूको आँखा छोपिदिए ताकि उहाँले देख्‍न नसक्‍नुभएको होस् ।”

उहाँलाई थुके

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई अपमान गर्न उहाँलाई थुके” वा, “उहाँ बेकारको हुनुहुन्थ्यो भनेर बताउनको लागि उहाँलाई थुके ।” यो कसैको लागि भएको घृणा देखाउने तरिका थियो ।

39-06

त्यसलाई इन्कार गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “त्यो सत्य थिएन भनेर बताए” वा, “उनी येशूसँग थिएनन् भनेर बताए” वा, “भने, ‘होइन । त्यो सत्य होइन ।’”

पत्रुसले फेरि इन्कार गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पत्रुसले येशूलाई चिनेको कुरा दोस्रो पटक इन्कार गरे” वा, “उनी येशूसँग थिएनन् भनेर पत्रुसले फेरि भने ।”

गालीलबाट हुन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “गालीलीहरू हुन् ।” मानिसहरूले येशू र पत्रुसले कुरा गर्नुभएको तरिकाबाटै उहाँहरू गालीलको क्षेत्रबाट आउनुभएको थियो भनेर भन्‍न सक्थे ।

39-07

यदि मैले यस मानिसलाई चिन्छु भने परमेश्‍वरले मलाई सरापून्

यो एउटा श्राप हो जसको अर्थ हुन्छ, “यदि तिमीले भनेको कुरा सत्य हो भने परमेश्‍वरले मलाई हानी गरून्” वा, “यदि मैले तिमीलाई झूटो बोलिरहेको छु भने परमेश्‍वरले मलाई दण्ड देऊन !” यसरी पत्रुसले जोडदार किसिमले भनिरहेका थिए कि उनले येशूलाई चिन्दैनथे । उनले येशूलाई “यो मानिस” भनेर पनि सम्बोधन गरे ताकि उनले उहाँलाई नचिनेको जस्तो सुनियोस् ।

एउटा भाले बास्यो

“बास्‍नु” भनेको भालेले निकाल्ने ठूलो आवाज हो । यसलाई ३८:०९ मा कसरी अनुवाद गर्नुभयो, सो तुलना गर्नुहोस् ।

39-08

नराम्रोसँगले रोए

अर्थात, “गहिरो शोक महसुस गर्दै रोए” वा, “गहिरो पश्‍चात्ताप अनुभव गर्दै रोए ।”

त्यो जसले येशूलाई धोका दिएको थियो

अर्थात, “जसले धार्मिक अगुवाहरूलाई येशूलाई गिरफ्तार गर्नको लागि सहायता गरेका थिए ।”

येशूलाई मृत्युदण्डको लागि दोष लगाएका थिए

अर्थात, “भनेका थिए कि येशू दोषी हुनुहु्न्थ्यो र मर्नुपर्थ्यो ।”

39-09

उनी रोमको लागि काम गर्थे

रोमी सरकारले पिलातसलाई इस्राएलको यहूदियाको क्षेत्रमा शासन गर्न नियुक्त गरेको थियो ।

येशूलाई दोष लगाउन र उहाँलाई मार्न

बडाहाकिमको हैसियतले, पिलातससँग येशूलाई मृत्युदण्डको निम्ति दोष लगाउने र उहाँलाई क्रुसमा झुण्डाउनलाई सम्मति दिने, वा उहाँलाई स्‍वतन्‍त्र बनाएर छोड्ने अधिकार थियो । यहूदी धार्मिक अगुवाहरूसँग कसैलाई मार्न लगाउने अधिकार थिएन ।

39-10

मेरो राज्य यहाँ पृथ्वीमा छैन

अर्थात, “मेरो राज्य पृथ्वीका राज्यहरू जस्तो होइन ।”

मेरा सेवकहरूले मेरो लागि लड्ने थिए

अर्थात, “मेरा चेलाहरूले मेरो रक्षा गर्न लड्ने थिए” ताकि मैले मेरो राज्य स्थापित गर्न सकूँ ।

मलाई सुन्छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मेरो शिक्षाहरू सुन्छ र मेरो आज्ञापालन गर्छ ।” यसले केवल येशूका वचनहरू सुन्‍ने कुरालाई मात्र होइन, तर उहाँले भन्‍नुभएको कुराहरू गर्ने कुरालाई पनि समेट्छ ।

सत्य के हो ?

अर्थात, “सत्य के हो भनी के कसैलाई थाहा छ ?”

39-11

ऊ दोषि छैन

अर्थात, “उसले कुनै गल्ती गरेको छैन !”

39-12

दङ्‍गा मच्‍चाउन थाल्नु

अर्थात, “तिनीहरूको रीसमा हिंस्रक कार्यहरू गर्न थाल्नु ।”

उनी ... गर्नलाई सहमत भए

पिलातसले येशूलाई मार्न चाहेनन् किनभने येशू निर्दोष हुनुहुन्थ्यो भनेर उनले विश्‍वास गरे । तर उनी भीडसँग डराएका कारण उनका सिपाहीहरूलाई येशूलाई क्रुसमा झुण्डाउनलाई अह्राउन उनलाई कर लाग्यो । यदि सम्भव छ भने, यो पदावलीलाई उनको हिचकिचाहट देखाउने तरिकाले अनुवाद गर्नुहोस् ।

एउटा शाही पोशाक

अर्थात, “राजाको पोशाक जस्तै एउटा पोशाक ।” यो पोशाक उज्यालो रङ्‍गको थियो, त्यसैले यो राजाले पहिरने पोशाक जस्तै देखिन्थ्यो ।

काँडाहरूले बनेको एउटा मुकुट

यसको अर्थ तिनीहरूले काँडाका हाँगाहरूलाई गोलो बनाएर बाँधे ताकि त्यो मुकुट जस्तै देखियोस् । मुकुट भनेको राजाले उनको अधिकार देखाउन आफ्नो शिरमा पहिरने आभूषण हो । तर तिनीहरूले येशूको शिरमा राखेका मुकुटमा तीखा, र डरलाग्दा काँडाहरू थिए ।

हेर

अर्थात, “... लाई हेर” वा, “यहाँ हुनुहुन्छ ।”

यहूदीहरूका राजा

किनकि सिपाहीहरूले येशूलाई गिज्याइरहेका थिए, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “यहूदीहरूका राजा भनौदो ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।