नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

28-01

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

एउटा धनी जवान शासक

यो मानिस अझै जवानै भएको भएतापनि, ऊ पहिल्यै एक धनी र शक्तिशाली राजनीतिक अधिकारी भइसकेका थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

येशूकहाँ आयो

अर्थात, “येशुको छेउमा आयो ।”

उहाँलाई सोध्यो, “असल गुरु, अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “अनन्त जीवन पाउनलाई उसले के गर्नुपर्छ भनेर उहाँलाई सोध्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

असल गुरु

अर्थात, “धार्मिक शिक्षक ।” उसले येशूलाई केवल सीप हुनुभएको शिक्षक मात्र भनिरहेको थिएन ।

अनन्त जीवन पाउनलाई

अर्थात, “अनन्त जीवन प्राप्‍त गर्नलाई” वा, “परमेश्‍वरसँगै सदा जिउनलाई ।” साथै “अनन्त जीवनलाई” २७:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो ख्याल गर्नुहोस् र त्यसको बारेमा भएको टिप्पणीलाई हेर्नुहोस् ।

येशूले उसलाई भन्‍नुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, परमेश्‍वरका आज्ञाहरूलाई मान ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उसलाई किन उहाँलाई ‘असल’ भनेको भनेर सोध्‍नुभयो किनभने त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ । त्यसपछि उहाँले उसलाई अनन्त जीवन पाउनको लागि परमेश्‍वरका आज्ञाहरू मान्‍नलाई भन्‍नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तिमी मलाई किन ‘असल’ भन्छौ ?

येशूले उहाँ असल हुनुहुन्छ भनेर नकारिरहनुभएको थिएन । बरु, ती शासकले येशू परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्छ कि बुझ्दैन भनेर उहाँले सोधिरहनुभएको थियो ।(हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

त्यहाँ एकजना मात्रै असल हुनुहुन्छ, र त्यो परमेश्‍वर हुनुहुन्छ

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “जो साँच्‍चिकै असल हुनुहुन्छ त्यो परमेश्‍वर एकजना मात्रै हुनुहुन्छ” वा, “परमेश्‍वर मात्रै एकजना हुनुहुन्छ जो साँच्‍चिकै असल हुनुहुन्छ ।”

28-02

मैले कुन-कुनको पालना गर्न जरुरी छ ? उसले सोध्यो

अर्थात, “अनन्त जीवन प्राप्‍त गर्नलाई कुन आज्ञाहरू मेरो लागि पर्याप्‍त हुनेछ ?” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उसले उहाँलाई कुन आज्ञाहरूलाई मान्‍न जरुरी छ भनेर सोध्यो” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

येशूले जवाफ दिनुभयो, “हत्या नगर । ... र तिम्रो छिमेकीलाई तिमीले आफैँलाई प्रेम गरे झैँ प्रेम गर ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले जवाफ दिएर भन्‍नुभयो कि उसले हत्या गर्नुहुँदैनथ्यो, व्यभिचार गर्नुहुँदैनथ्यो, वा चोर्नुहुँदैनथ्यो, वा झूट बोल्नुहुँदैनथ्यो, र उसको बाबुआमाको सम्मान गर्नुपर्थ्यो, र उसको छिमेकीलाई उसले आफूलाई प्रेम गरे झैँ प्रेम गर्नुपर्थ्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

जसरी तिमीले आफैँलाई प्रेम गर्छौ

अर्थात, “जति तिमीले आफैँलाई प्रेम गर्छौ” वा, “जुन हदसम्म तिमीले आफैँलाई प्रेम गर्छौ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-simile/01.md]])

28-03

जवान मानिसले भन्यो, “मैले यी सबै आज्ञाहरू पालन गरेको छु ... सदा जीवित रहनलाई अझै के गर्न जरुरी छ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “जवान मानिसले ऊ बालक छँदा देखि नै ती सबै आज्ञाहरू पालन गर्दै आएको थियो भनेर भन्यो, र सदा जीवित रहनको लागि उसले अझै के गर्न जरुरी थियो भनेर सोध्यो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

म बालक छँदा देखि नै

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “म बालक हुँदा खेरीको समय देखि अहिलेसम्म ।”

मैले अझै के गर्न जरुरी छ

अर्थात, “मैले यो भन्दा फाल्टो के गर्न जरुरी छ” वा, “यी कुराहरूमा मैले के थप गर्न जरुरी छ”

उसलाई प्रेम गर्नुभयो

येशूले उसमाथि दया देखाउनुभयो । प्रेमको लागि एउटा शब्द छान्‍नुहोस् जुन परमेश्‍वरसँग उहाँका मानिसहरूको लागि भएको प्रेमसँग मिल्ने होस् ।

28-04

येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने ... आऊ र मलाई पछ्याऊ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले जवाई दिएर भन्‍नुभयो कि यदि ऊ सिद्ध हुन चाहन्थ्यो भने ऊ जानुपर्छ र उससँग भएका सबैथोक बेच्‍नुपर्छ र पैसा गरिबहरूलाई दिनुपर्छ, र उसलाई स्वर्गमा धन हुनेछ । तब ऊ आउनुपर्छ र उहाँलाई पछ्याउनुपर्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तिमी

यदि तपाईंको भाषामा “तिमी”को लागि इंकित गरिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू हुन्छन् भने, एकवचनको रूप प्रयोग गर्नुहोस् । येशूले यो आज्ञा यो एकजना मानिसको लागि दिइरहनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])

सिद्ध

अर्थात, “पूर्ण रूपले धार्मिक ।”

तिम्रो भएका सबैथोक

अर्थात, “तिम्रा सारा सम्पत्तिहरू ।”

गरिबहरू

अर्थात, गरिब मानिसहरू । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-nominaladj/01.md]])

स्वर्गमा धन

पदावली “स्वर्गमा धन” एउटा अलङ्‍कार हो जसले परमेश्‍वरबाटको इनामलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई स्वर्गमा इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])

धन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सम्पत्तिहरू” वा, “महान् धन ।”

स्वर्गमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “स्वर्गमा हुन्छ जब तिमी त्यहाँ आइपुग्छौ ।” यो सम्पत्ति “त्यहाँ र तब” हुनेछ जुन चाहिँ येशूले त्यस मानिसलाई “यहाँ र अहिले” त्याग्‍न भनिरहनुभएको सम्पत्तिको उल्टो छ ।

28-05

येशूले भन्‍नुभएको कुरा सुन्यो

अर्थात, “येशूले उससँग भएका कुराहरू अरूहरूलाई दिनु भनेर उसलाई भन्‍नुभएको सुन्यो ।”

28-06

येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “यो असाध्यै कठिन छ ... धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो कि धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई असाध्यै कठिन छ ! हो, कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न भन्दा ऊँटलाई सियोको नाथ्रीबाट पस्‍न ज्यादा सजिलो हुन्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई असाध्यै कठिन छ !

यो कडा भनाई हो जसले धनी मानिसहरूले उद्धार पाउनलाई धेरै कठिन छ भनेर बताउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

परमेश्‍वरको राज्यमा प्रवेश गर्नलाई

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको राज्यमा नागरिक हुनलाई ।”

कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न भन्दा ऊँटलाई सियोको नाथ्रीबाट पस्‍न ज्यादा सजिलो हुन्छ

यो धनी मानिसले उद्धार पाउनलाई हुने कठिनाईलाई जोड दिनलाई भनिएको अतिरञ्‍जित भनाई हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-hyperbole/01.md]])

ऊँट

ऊँटहरू प्राय गह्रौँ भारीहरू बोक्‍नलाई प्रयोग गरिने धेरै ठूला जनावरहरू हुन् । यदि तपाईंको भाषा क्षेत्रमा ऊँट भनेको चिनिदैँन भने, “एउटा धेरै ठूलो जनावर” वा, “भारी बोक्‍ने पशु” जस्तो कुनै पदावलीको प्रयोग गर्न सकिन्छ । यदि तपाईंले ऊँटको ठाउँमा अरू कुनै ठूलो जनावरको नामलाई राख्‍न चाहनुहुन्छ भने, यो कुरा पक्‍का गर्नुहोस् कि त्यो जनावरलाई येशूले जुन मानिसहरूसँग कुरा गरिरहनुभएको थियो, तिनीहरूद्वारा चिनिएको हुन सकोस्, जस्तै “गोरू” वा, “गधा ।”

सियोको नाथ्री

यसले सिलाउने सियोको एक छेउमा भएको मसिनो प्वाललाई जनाउँछ । ऊँटजत्रो ठूलो कुरा सियोको नाथ्रीबाट पस्‍ने भन्‍ने विचारले केही असम्भव कुरालाई जनाउन खोजिएको छ ।

28-07

तिनीहरू अचम्मित भए

अर्थात, “तीनछक्‍क परे ।” तिनीहरूले विश्‍वास गर्थे कि परमेश्‍वरले केही मानिसहरूलाई अरू मानिसहरू भन्दा बढि धर्मी भएका कारण धनी बनाउनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])

तिनीहरूले भने, “यदि यस्तो हो भने, परमेश्‍वरले कसलाई बचाउनुहुनेछ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “तिनीहरूले यदि त्यस्तो थियो भने परमेश्‍वरले कसलाई बचाउनुहुने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

यदि यस्तो हो भने, परमेश्‍वरले कसलाई बचाउनुहुनेछ ?

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यदि परमेश्‍वरले धनी मानिसहरूलाई अनन्त जीवन प्राप्‍त गर्न दिनुहुँदैन भने, अरू कसैको कसरी उद्धार हुन सक्छ ?” यो शायद आलङ्‍कारिक प्रश्‍न हो जसको अर्थ हुन्छ, “यदि परमेश्‍वरले धनी मानिसहरूलाई बचाउनुहुँदैन भने, तब यस्तो देखिन्छ कि उहाँले कसैलाई पनि बचाउनुहुनेछैन !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

बचाउनु

यहाँ यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको पापको लागि न्याय नगर्नुहुने वा दोष नलगाउनुहुने, र उहाँको राज्यमा तिनीहरूलाई नागरिकहरू हुन दिनुहुने कुरालाई जनाउँछ ।

28-08

भन्‍नुभयो, “यो असम्भव छ ... तर परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “भन्‍नुभयो कि मानिसहरूले आफैँलाई बचाउनलाई असम्भव छ, तर परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

परमेश्‍वरको लागि कुनै पनि कुरा गर्नलाई असम्भव छैन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर जे पनि गर्न सक्षम हुनुहुन्छ, कुनै धनी मानिसलाई बचाउन पनि” वा, “परमेश्‍वर असम्भव कुराहरू गर्न सक्षम हुनुहुन्छ, त्यसैले उहाँले कुनै धनी मानिसलाई पनि बचाउन सक्‍नुहुन्छ ।”

28-09

येशूलाई भन्‍नुभयो, “हामी चेलाहरूले सबैकुराहरू छाडेका छौँ र तपाईंलाई पछ्याएका छौँ । हाम्रो इनाम के हुनेछ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई भने कि चेलाहरूले सबैकुरा छाडेका थिए र उहाँलाई पछ्याएका थिए, र तिनीहरूको इनाम के हुने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

सबैकुराहरू छाडेका छौँ

अर्थात, “सबैकुराहरूलाई पछाडि छाडेका छौँ” वा, “हाम्रा सबैकुराहरू त्यागेका छौँ ।”

हाम्रो इनाम के हुनेछ ?

यसलाई भन्‍ने अर्को तरिका यस्ति हो, “हामीले के इनाम प्राप्‍त गर्नेछौँ” वा, “हामी कसरी पुरस्कृत हुनेछौँ ?” वा, “परमेश्‍वरले हामीलाई इनामको रूपमा के दिनुहुनेछ ?” यो कुरा पनि थप्‍न जरुरी हुन सक्छ, “किनकि हामीले यो गरेका छौँ ?”

28-10

येशूले भन्‍नुभयो, “हरेक जसले घरहरू छोडेको छ ... धेरै जो पछिल्ला छन् पहिला हुनेछन् ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि सबै जसले घरहरू, दाजुभाईहरू, दिदीबहिनीहरू, बाबु, आमा, छोराछोरी, वा सम्पत्तिलाई छोडेका छन्, तिनीहरूले १०० गुणा बढि पाउनेछन् र अनन्त जीवन पनि पाउनेछन् । तर धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्, र धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

छोडेको छ

अर्थात, “पछाडि छोडेको छ” वा, “त्यागेको छ” वा, “परमेश्‍वर भन्दा कम महत्त्वको ठानेको छ ।”

मेरो खातिर

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मेरो कारणले” वा, “मेरो निम्ति ।”

१०० गुणा बढि

अर्थात, “उससँग भएको भन्दा ज्यादै बढि ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्, र धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन्

यहाँ “पहिला” र “पछिल्ला”ले मानिसहरूको स्तर र महत्त्वलाई जनाउँछ । येशूले मानिसहरूको अहिलेको स्तर र तिनीहरूको परमेश्‍वरको राज्यमा हुने स्तरको बीचमा भएको भिन्‍नतालाई देखाइरहनुभएको छ । वैकल्पिक अनुवादः “तर धैरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् ती कम महत्त्वपूर्ण हुनेछन्, र धेरै जो अहिले महत्त्वहीन देखिन्छन् ती धेरै महत्त्वपूर्ण हुनेछन्” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])

धेरै जो पहिला छन् ती पछिल्ला हुनेछन्

अर्थात, “धेरै मानिसहरू जो अहिले महत्त्वपूर्ण छन्, त्यतिखेर महत्त्वपूर्ण हुनेछैनन् ।”

धेरै जो पछिल्ला छन् ती पहिला हुनेछन्

अर्थात, “धेरै मानिसहरू जसलाई पृथ्वीमा धेरै महत्त्वपूर्ण ठानिँदैन तिनीहरूलाई स्वर्गमा धेरै महत्त्वपूर्ण ठानिनेछ” वा, “धेरै मानिसहरू जसलाई अहिले कम मान्यताको ठानिन्छ तिनीहरूलाई स्वर्गमा उच्‍च मान्यता दिइनेछ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।