08-01
धेरै वर्ष पछि, जब याकूब वृद्ध मानिस भए
यसले नयाँ घटनालाई सुरु गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
पठाए
यो शब्दले याकूबले योसेफलाई जान भने र योसेफ गए भन्ने अर्थ दिन्छ ।
उनको सबैभन्दा प्यारो छोरा
यो पदावलीले सामाजिक सम्बन्धलाई जनाउँछ-सबैभन्दा प्यारो छोरा जो उनले जन्माएका थिए । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनले उनका अरू सबै सन्तानहरू भन्दा ज्यादा माया गर्ने छोरा ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
जाँच गर्न
यसको अर्थ हो कि योसेफ जानु पर्थ्यो र उनका दाजुहरूलाई सबै ठिकै छ वा छैन भनेर हेर्नुपर्थ्यो । केही भाषाहरूले यस्तै केही भन्न सक्छन्, “उनका दाजुहरूको सकुशलता जाँच गर्न ।”
उनका दाजुहरू
यिनीहरू योसेफ भन्दा जेठा दाजुहरू थिए ।
बथानको हेरविचार गरिरहेका थिए
किनकि यो केही दिनको यात्रा लाग्ने गरी टाढा थियो, यो बताउन आवश्यक हुन सक्छ, “जो धेरै टाढा ... को हेरविचार गरिरहेका थिए ।”
08-02
किनकि तिनीहरूका बाबुले उनलाई सबैभन्दा बेसि माया गर्थे र किनकि योसेफले सपना देखेका थिए
यसले योसेफका दाजुहरूले उनलाई घृणा गर्ने दुई कारणहरूलाई जोड्छ-तिनीहरूका बाबुले उनलाई सबैभन्दा बेसि माया गर्थे र योसेफको सपना, जसको परिणाम-तिनीहरूले उनलाई घृणा गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
जब योसेफ आए
यो पदावलीले घटनाहरूको समयक्रमको बारेमा बताउँछ । योसेफ आइसके पछि दाजुभाइहरूले उनलाई अपहरण गरे र उनलाई बेचिदिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
उनका दाजुहरूकहाँ आए
यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “उनका दाजुहरू भएका ठाउँमा आइपुगे ।”
अपहरण गरे
तिनीहरूले उनलाई उनको इच्छा विपरीत धरपकड गरे । तिनीहरूले यसो गर्नु ठीक थिएन ।
दास व्यापारीहरू
यिनीहरू ती मानिसहरू हुन् जसले एक मालिकबाट मानिसहरूलाई किन्थे र तिनीहरूलाई दासको रूपमा अर्को मालिकलाई बेचेर व्यवसाय गर्थे ।
08-03
योसेफका दाजुहरू घर फर्कन अघि
संयोजक शब्द “अघि”ले घटनाहरूको क्रमलाई सङ्केत गर्छ । योसेफका दाजुहरूले उनको कपडा च्याते र रगतमा चोपे र त्यसपछि तिनीहरू घर फर्के । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
बाख्राको रगत
यसले रगतलाई बाख्रासँग जोड्छ, जुन त्यसैको भाग थियो । दाजुभाइहरूले चाहन्थे कि कपडामा लागेको रगत योसेफको रगत थियो भनी सोचून् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
ताकि तिनले सोचून् कि कुनै जङ्गली जनावरले
संयोजक शब्द “ताकि”ले याकूबलाई रगतमा चोपेर च्यातिएको लुगा देखाएको भन्ने कारणलाई, कुनै जङ्गली जनावरले योसेफलाई मारिदियो भनेर याकूबले सोचून् भनेर चाहेको परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
08-04
मिश्र एउटा ठूलो, शक्तिशाली देश थियो जुन नील नदीको किनारमा अवस्थित थियो ।
यो मिश्र देशको बारेमा पृष्ठभूमि जानकारी हो जुन देशमा दास व्यापारीहरूले योसेफलाई लिएर गए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
एकजना धनी सरकारी अधिकृत
यो व्यक्ति मिश्री सरकारको भाग थियो । यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “मिश्री सरकारको एकजना कप्तान ।”
योसेफले आफ्ना मालिकको सेवा राम्ररी गरे, अनि परमेश्वरले योसेफलाई आशिष् दिनुभयो ।
संयोजक शब्द “अनि”ले सङ्केत गर्छ कि योसेफ दास बनेको बेलामा दुई घटनाहरू घटे । त्यहाँ कारण र असरको कुनै सङ्केत छैन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
08-05
योसेफसँग सुत्न खोजे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “योसेफलाई तिनीसँग सहवास गराउनको लागि लोभ्याउन लागी ।” “सँगै सुत्नु” क्रुर वा अपमानजनक नहुने गरी यसलाई व्यक्त गर्ने तरिका हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])
तर योसेफले परमेश्वरको विरुद्धमा पाप गर्न इन्कार गरे
संयोजक शब्द “तर”ले विपरीत कुराहरूलाई सङ्केत गर्छ । तपाईंले अनुमान लाउनुहुने थियो कि जब योसेफको मालिककी पत्नीले उनीसँग सुत्न खोजिन्, योसेफ राजी हुनेथिए, बरु उनले नसोचेको कुरा गरे र इन्कार गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
परमेश्वरको विरुद्धमा पाप गर्नु
यदि एक अर्कासँग विवाह भएको छैन भने मानिसहरूले सहवास गर्नु परमेश्वरको व्यवस्थाको विरुद्धमा हो । परमेश्वरको व्यवस्थाको अनाज्ञापालन गरेर योसेफले पाप गर।न चाहेनन् ।
झ्यालखानामा पनि
संयोजक शब्द “पनि”ले विपरीत कुराहरूलाई सङ्केत गर्छ । तपाईंले अनुमान लाउनुहुने थियो कि योसेफ झ्यालखानामा त क्रुद्ध भए होलान् तर बरु उनी विश्वासयोग्य भइरहे र परमेश्वरले उनलाई आशिष् दिइरहनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
परमेश्वरप्रति विश्वासयोग्य रहे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “परमेश्वरको आज्ञापालन गरिरहे ।”
08-06
मिश्रीहरूले तिनीहरूका राजाहरूलाई यो भनेर बोलाउँथे
यो “फारो” शीर्षकको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
उनलाई असाध्यै विचलित पार्यो
यसको अर्थ हो कि राजा अत्यन्तै डराए र अलमल्ल भए(उनले सपनामा देखेका कुराहरूका कारण) ।
उनका कुनै सल्लाहकारहरूले सपनाको अर्थ बताउन सकेनन् ।
प्राचीन पूर्व नजिक क्षेत्रमा सपनाको उल्था धेरै महत्त्वपूर्ण थियो । यसलाई दैविक शक्तिद्वारा मात्र सम्भव कुराको रूपमा लिइन्थ्यो । यसलाई प्रस्टसँग बताउन सकिन्छः “परमेश्वरले उनका कुनै सल्लाहकारहरूलाई सपनाको अर्थ बताउन सक्षम पार्नुभएन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
उनका सल्लाहकारहरू
यिनीहरू विशेष शक्ति र ज्ञान भएका मानिसहरू थिए जसले कहिलेकाहीँ सपनाको अर्थ के थियो भनी बताउन सक्थे । केही अनुवादहरूले तिनीहरूलाई “ज्ञानी मानिसहरू” भनेर जनाउँछ ।
सपनाका अर्थहरू
मिश्रका मानिसहरूले विश्वास गर्थे कि सपनाहरू देवताहरूबाट आएका सन्देशहरू थिए जसले तिनीहरूलाई भविष्यमा के हुनेथियो भनेर बताउँथ्यो । परमेश्वरले के हुन लागेको थियो भनी फारोलाई बताउन उनका सपनालाई प्रयोग गर्नुभयो ।
08-07
परमेश्वरले योसेफलाई सपनाको उल्था गर्ने क्षमता दिनुभएको थियो
यहवेले आफैँलाई महिमा दिन र योसेफ र हिब्रू मानिसहरूलाई जोगाउन उहाँले योसेफलाई सपनाको अर्थ बताउने शक्ति दिनुभएको थियो । यसलाई प्रस्टसँग बताउन सकिन्छः “परमेश्वरले योसेफ र हिब्रू मानिसहरूलाई जोगाउन योसेफलाई सपनाहरूको उल्था गर्ने क्षमता दिनुभएको थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
सपनाहरूको उल्था गर्न
“उल्था गर्नु”ले केही कुराको अर्थ के हुन्छ भनेर बताउनु हुन्छ । यसकारण योसेफले मानिसहरूलाई तिनीहरूको सपनाको अर्थ के थियो भनेर बताउन सक्थे ।
योसेफलाई तिनीकहाँ झिकाए
यसलाई बताउने अर्को तरिका यसो हुन सक्छः “योसेफलाई उनीकहाँ ल्याउन उनका सेवकहरूलाई अह्राए ।”
र भने, “परमेश्वरले प्रशस्त अन्न उब्जनीका सात वर्षहरू पठाउन लाग्नुभएको छ, जस पछाडि अनिकालका सात वर्षहरू ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “र तिनलाई बताए कि परमेश्वरले प्रशस्त अन्न उब्जनीका सात वर्षहरू पठाउन लाग्नुभएको थियो, जस पछाडि अनिकालका सात वर्षहरू आउने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमेश्वरले पठाउन लाग्नुभएको छ
परमेश्वरले सात वर्षसम्म बालीहरूलाई राम्रोसँग फल्ने तुल्याउनुहुनेछ, र त्यसपछि उहाँले तिनीहरूलाई एकदम कम अनाज उब्जाउने तुल्याउनुहुनेछ ताकि मानिसहरू र पशुहरूलाई खानलाई पर्याप्त हुनेछैन ।
अनिकाल
बारीहरू र खेतहरूले यति कम अनाज उब्जाउने थिए कि मानिसहरू र पशुहरूलाई खानलाई पर्याप्त हुने थिएन ।
08-08
योसेफसँग यति प्रभावित भए
फारो योसेफको बुद्धिसँग अचम्मित भएका थिए र उनका लागि सम्मान महसुस गरे; उनले योसेफलाई मानिसहरूलाई लाभ गर्ने निर्णयहरू लिनलाई भरोसा गरे । यसो भन्नु बढि प्रस्ट हन सक्छ, “योसेफको बुद्धिसँग प्रभावित भएका थिए ।”
उनले तिनीलाई सारा मिश्रमा दोस्रो शक्तिशाली मानिसको रूपमा नियुक्त गरे !
यो कडा भनाई जसले जोड दिन्छ कि एउटा दासले फारोद्वारा त्यति धेरै सम्मान पाउनु कति असामान्य कुरा थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
दोस्रो शक्तिशाली मानिस
फारोले सारा मिश्रभरी योसेफलाई एउटा धेरै शक्तिशाली र महत्त्वपूर्ण शासक बनाए । केवल फारो मात्र योसेफ भन्दा बढि शक्तिशाली र महत्त्वपूर्ण थिए ।
08-09
अनाजका ठूलो परिमाणहरू भण्डार गर्न
तिनीहरूले प्रशस्त कटनीबाट आएका अनाजहरू सहरहरूमा लगे र त्यहाँ भण्डार गरे । त्यो अनाज त्यसपछि फारोको हुन्थ्यो ।
अनिकाल
यसलाई ०८:०७ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
08-10
अनिकाल भयानक थियो
अनिकाल असाध्यै खराब थियो । त्यहाँ एकदम थोरै अन्न थियो र मिश्र बाहिरका धेरै मानिसहरू भोकाउँदै थिए ।
मिश्र, तर कनान पनि
केही भाषाहरूमा यसरी भन्नु बढि प्रस्ट वा स्वभाविक हुन सक्छ, “मिश्र देश, तर कनानको भूमि पनि ।”
08-11
त्यसैले याकूबले मिश्रमा अन्न किन्न उनका जेठा छोराहरूलाई पठाए ।
संयोजक शब्द “त्यसैले”ले परिणाम-याकूबले अन्न किन्न उनका छोराहरूलाई पठाए भन्ने कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-कनानमा अनिकाल नराम्ररी परेको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
उनका जेठा छोराहरू
तिनीहरू योसेफका जेठा दाजुहरू थिए जसले उनलाई दासत्वमा बेचेका थिए ।
योसेफलाई चिन्न सकेनन्
तिनीहरूले थाहा पाएनन् कि ती मानिस योसेफ थिए, किनकि तिनीहरूले उनलाई अन्तिम चोटि देखेको भन्दा योसेफ धेरै ठूला भइसकेका थिए, र उनले एउटा मिश्री शासक जसरी पोशाक पहिरेका थिए ।
तर योसेफले तिनीहरूलाई चिने ।
संयोजक शब्द “तर”ले विपरीत सम्बन्धलाई सङ्केत गर्छ । यसले योसेफका दाजुहरूले उनलाई नचिनिरहेको र योसेफले तिनीहरूलाई चिनिरहेको कुराको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
08-12
उनका दाजुहरूको जाँच गरिसके पछि
संयोजक शब्द “पछि”ले क्रमिक वाक्यांशलाई सुरु गर्छ । योसेफले उनका दाजुहरू परिवर्तन भए कि भनेर जाँच गरे र त्यसपछि आफू को थिए भनेर खुलाए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
उनका दाजुहरूको जाँच गर्दै
योसेफले उनका दाजुहरूले तिनीहरूको सबैभन्दा कान्छो भाईलाई जोगाउँथे वा योसेफलाई झैँ तिनलाई खराब व्यवहार गर्थे भनी जाँच गर्नलाई तिनीहरूलाई अप्ठेरो अवस्थामा राखिदिए । जब तिनीहरूले तिनीहरूको सबैभन्दा कान्छो भाईलाई जोगाए, योसेफले तिनीहरू परिवर्तन भएछन् भनेर चाल पाए ।
यदि तिनीहरू परिवर्तन भएका थिए कि भनेर
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “यदि तिनीहरू पहिले जस्तो थिए त्यसभन्दा फरक भएका थिए कि भनेर ।” वर्षौँ अगाडि योसेफका दाजुहरूले उनलाई दासत्वमा बेचेका थिए । योसेफले तिनीहरूले अब चाहिँ जे ठीक हो त्यहि गर्ने थिए कि भनेर पत्ता लगाउन चाहन्थे ।
म तिमीहरूको भाई हुँ, योसेफ !
योसेफ वास्तवमै तिनीहरूका भाई थिए भनेर बताउने यो कडा भनाई हो, भलै उनी जान्दथे कि तिनीहरूले सो कुरा विश्वास गर्नलाई धेरै गाह्रो मान्ने थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
नडराओ
योसेफले यो आज्ञा उनका दाजुहरूलाई दिए जो डराएका थिए किनभने तिनीहरूले उनलाई असाध्यै खराबी गरेका थिए । अब एउटा महान् शासकको रूपमा, उनीसँग तिनीहरूलाई सजाय दिने शक्ति थियो । योसेफले तिनीहरूलाई अन्न बेच्न मनाही गर्न सक्थे, वा तिनीहरूलाई झ्यालखानामा हाल्न वा मार्न पनि सक्थे । यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिमीहरूले मबाट कुनै दण्डको भय राख्नु पर्दैन ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])
तर परमेश्वरले दुष्टतालाई भलाईको निम्ति प्रयोग गर्नुभयो !
संयोजक शब्द “तर”ले योसेफका दाजुहरूको खराबी गर्ने इच्छा र त्यस इच्छालाई परमेश्वरले भलाईको लागि प्रयोग गर्नुभएको कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
परमेश्वरले खराबीलाई भलाईको लागि प्रयोग गर्नुभयो !
यो कडा भनाई हो, किनभने ती दाजुभाइहरूले योसेफलाई गरेका खराबीबाट परमेश्वरले भलाईलाई निकाल्न सक्नुभएको कुरा अचम्मलाग्दो थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
भलाईको लागि खराबी
योसेफका दाजुहरूले दुष्ट काम गरेका थिए जब तिनीहरूले उनलाई दासको रूपमा बेचे र उनी मिश्रमा लगिएका थिए । तर परमेश्वरले यो हुन दिनुभयो ताकि योसेफले अनिकालको समयमा उनको आफ्नै परिवार सहित हजारौँ मानिसहरूलाई बचाउन सकून् । यो धेरै असल कुरो थियो ।
08-14
याकूब वृद्ध मानिस भएका भएपनि, उनी मिश्रमा बसाइ सरे
मिश्र कनानबाट धेरै टाढाको दूरीमा थियो, र त्यति टाढासम्म हिँडेर वा गाढामा चढेर यात्रा गर्नु एक वृद्ध मानिसको लागि निकै गाह्रो भएको हुनुपर्थ्यो ।
याकूब मर्न अघि
याकूब मिश्रमा मरे । उनी कनानमा फर्केर जान पाएनन्, जुन देश परमेश्वरले उनलाई र उनका सन्तानहरूलाई परमेश्वरले दिने प्रतिज्ञा गर्नुभएको थियो ।
08-15
करारका प्रतिज्ञाहरू
लामो समय अघि परमेश्वरले अब्राहामसँग सहमत गर्नुभयो र प्रतिज्ञा गर्नुभयो कि उहाँले उनलाई धेरै सन्तानहरू दिनुहुने थियो ।; तिनीहरूले कनानको भूमि कब्जा गर्ने थिए र एउटा महान् जाति बन्ने थिए । परमेश्वरले यो पनि प्रतिज्ञा गर्नुभयो कि सबै मानिसहरू अब्राहामको वंशबाट आशिषित् हुनेथिए । ०७:१० लाई पनि हेर्नुहोस् ।
... माथि सरे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “... तिर तल सर्दै गयो” वा, “... लाई दिइएको” वा, “... लाई लागु गरिएको ।” परमेश्वरको अब्राहामलाई गर्नुभएको प्रतिज्ञा अब्राहामको छोराछोरीहरू, नाति-नातिनीहरू र बाँकी सबै सन्तानहरूका लागि पनि थियो । ०६:०४ लाई पनि हेर्नुहोस् ।
इस्राएलका बाह्र कुलहरू
परमेश्वरले अब्राहाम, इसहाक र याकूबसँग तिनीहरूका सन्तानहरू एउटा महान् जाति हुनेछन् भनेर प्रतिज्ञा गर्नुभएको थियो । परमेश्वर पछि याकूबको नाउँलाई इस्राएलमा बदलिदिनुभयो । याकूबका १२ छोराहरूका सन्तानहरू १२ महान् कुलहरू भए । यी १२ कुलहरूले इस्राएल भनिने प्राचीन राष्ट्र बनेको थियो, जुब अब याकूबको नयाँ नाउँले कहलिएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-names/01.md]])
बाह्र
यसलाई अङ्कमा पनि लेख्न सकिन्थ्योः “१२ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।