नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

38-01

प्रत्‍यक बर्ष यहुदिहरुले निस्‍तार चाड मनाए। यो यस्‍तो उत्‍सव हो जहाँ परमेश्‍वरले धेरै समय अगाडि कसरी तिनिहरुका पुर्खाहरुलाई मिश्रको दासत्‍वबाट बचाउनुभयो भन्‍ने कुराको सम्‍झनामा मनाईन्‍छ।

यो यहुदिहरुको निस्‍तार चाडको पृष्‍टभुमिको जानकारी हो। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

धेरै शताब्दी अघि

अर्थात, “सयौँ वर्ष अगाडि” वा, “निकै लामो समय अगाडि ।”

येशुले पहिलो पटक सार्वजनिक रुपमा प्रचार गर्न र शिक्षा दिन थाल्‍नु भएको लगभग तिन वर्ष पछि, येशुले आफ्‍ना चेलाहरुलाई भन्‍नु भयो कि उहाँ तिनिहरुसगँ यरुशलेममा निस्‍तार चाड मनाउन चाहानु हुन्‍छ र उहाँ त्‍यहि नै मारिनु हुनेछ।

यो येशु किन निस्‍तार चाडको समयमा यरुशलेममा हुनु हुन्‍थ्‍यो ​र अब उहाँलाई त्यहाँ के हुनेछ भन्‍ने बारेमा पृष्‍टभुमिको जानकारी हो । (हेर्नुहोस्ः  [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

38-02

येशुका चेलाहरुमध्‍य एक यहुदा नाउँ गरेका थिए। यहुदा पैसाको झोलाको जिम्‍मामा थिए, तर उनि प्राय झोलाबाट पैसा चोर्ने गर्द थिए। येशु र चेलाहरु यरुशलेममा आइपुगे पछि, यहुदा यहुदि अगुवाहरु कहाँ गयो। उनले केहि पैसाको साट्टोमा येशुलाई यहुदि अधिकारीहरुको सामु पहिचान गरी धोखा दिने प्रस्‍ताव राखे्। उनलाई थाहाऊ थियो कि यहुदि अगुवाहरुले येशुलाई मसिहको रुपमा स्‍विकार गरेनन्। उनलाई थाहाँ थियो कि तिनिहरु उहाँलाई मार्न चाहान्थे।

यो यहुदा र उसले येशुलाई धोखा दिन गरेको व्‍यवस्‍था बारे पृष्‍टभुमिको जानकारी हो। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

प्रेरितहरूको पैसाको थैलीको रखवाला

अर्थात, “प्रेरितहरूको पैसा राख्‍नलाई जिम्मेवार” वा, “त्यस थैलोलाई राख्‍नलाई जिम्मेवार जसमा चेलाहरूको पैसा थियो र जसबाट पैसा बाँडिन्थ्यो ।”

38-03

प्रधान पूजहारीको नेतृत्‍वमा यहुदि अगुवाहरुले, येशुलाई उनिहरु कहाँ सुम्‍पनको लागि ३० चादिँका सिक्‍का यहुदालाई दिने निधो गरे। अगमवक्‍ताहरुले जे भनेका थिए, उनिहरुले भनेको झैँ भयो। यहुदा यसमा सहमत भई सिक्‍का लियो र त्‍यहाँबाट गयो। त्‍यस पछि उनि येशुलाई कसरी पक्राउ पारु भनेर मौकाहरु खोज्‍न लाग्‍यो।

यो यहुदाले येशुलाई धोखा दिनलाई पाएको सिक्‍का बारे पृष्‍टभुमिको जानकारी हो। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

तीस चाँदिका सिक्काहरू

यी हरेक सिक्काको मूल्य चार दिनको ज्याला बराबरको थियो ।

38-04

मनाए

अर्थात, “मनाउँदै थिए ।”

केही रोटी लिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “रोटीको एक टुक्रा लिनुभयो” वा, “रोटीको एउटा फराकिलो टुक्रा लिनुभयो ।”

त्यसलाई भाँच्‍नुभयो

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “त्यसलाई टुक्राटुक्रा पार्नुभयो” वा, “त्यसलाई आदि पारेर भाँच्‍नुभयो” वा, “त्यसको एक भाग भाँचेर झिक्‍नुभयो ।”

यो मेरो शरीर हो

यधपि धेरैले यो बुझ्‍छन् कि रोटिले येशुको शरीरलाई प्रतिनिधित्‍व गर्दछ र त्‍यो चाहिँ वास्‍तविक शरीर चाहिऊ होइन्, त्‍यसैले यसलाई शाब्‍दिकरुपमा  अनुबाद गर्दा उत्तम हुन्‍छ। सम्‍वाभित अर्थ १ः "यो रोटि मेरो शरीर हो" र २ः "यो रोटिले मेरो शरीरको प्रतिनिधित्‍व गर्दछ।" (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-symlanguage/01.md]])

मलाई सम्झनलाई यो गर

अर्थात, “मैले तिमीहरूको लागि के गरिरहेको छु भनेर तिमीहरू आफैँलाई सम्झाउने एउटा तरिकाको रूपमा यो गर ।” येशूले उहाँको मृत्युलाई जनाइरहनुभएको थियो, जुन चाँडै हुने थियो ।

38-05

यो पिओ

अर्थात, “यो कचौरामा भएको कुरा पिओ” वा, “यो कचौराबाट पिओ ।” कचौरामा भएको पेय पदार्थ अंगुरहरूबाट बनाइएको थियो जसले गर्दा त्यसको गाढा रातो रङ्ग थियो ।

यो मेरो रगत हो

यधपि धेरै जसो मानिष यो बुझ्‍छन कि दाखमधले येशुको रगतलाई प्रतिनिधित्‍व गर्दछ र यो वास्‍तविक रगत होइन, यसलाई शाब्‍दिकरुपमा अनिवाद गर्दा असल हुन्‍छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-symlanguage/01.md]])

नयाँ करारको रगत

यो यसरी अनुवाद गर्न सकिन्‍छः "रगत जस्ले नयाँ करारलाई  सम्‍वभब बनाउँछ" वा "रगत जुन नयाँ करारको लागि एक आधार हो।"

म बहाउनेछु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म रगत बगाउनेछु ।”

मलाई सम्झ

अर्थात, “मेरो उत्सव मनाओ” वा, “मेरो सम्झनामा उत्सव मनाओ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विशेष गरी ममा ध्यान देओ” वा, “तिमीहरू आफैँलाई मेरो याद गराओ ।”

38-06

यो रोटीको टुक्रा दिनुभयो

अर्थात, “यो रोटीको टुक्रा थमाउनुभयो ।”

धोकेबाज हो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मलाई धोका दिनेछ” वा, “त्यो व्यक्ति हो जसले मलाई धोका दिनेछ ।”

38-07

शैतान त्यस भित्र पस्यो ।

अर्थात, “शैतान त्यस भित्र गयो” वा, “शैतानले उसलाई वशमा पार्‍यो ।”

यहूदाले त्यहाँबाट हिँड्यो र गयो

केही भाषाहरूले यो भन्‍न रोज्‍न सक्छन्, “यहूदाले भोज छोड्यो र गयो” वा, “यहूदाले कोठा छोड्यो र बाहिर गयो ।”

38-08

जैतुन डाँडा

यो यरूशलेम सहरको पर्खालहरूको ठीक बाहिर रहेको जैतुनको रूखहरूले ढाकिएको एउटा पहाडको नाम हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “जैतुन रूखको डाँडा ।”

मलाई त्याग्‍नेछौ

अर्थात, “एक्लै पार्नेछौ” वा, “मलाई छोड्नेछौ ।”

यसो लेखिएको छ

अर्थात, “परमेश्‍वरको वचनमा यसो लेखिएको छ” वा, “धर्मशास्‍त्रमा यसो लेखिएको छ” वा, “परमेश्‍वरका अगमवक्ताहरूमध्ये एकजनाले लेखे ।” यसो भन्‍न पनि सम्भव छ, “जे लेखिएको छ सो हुनेछ” वा, “जे लेखिएको छ यो त्यहि अनुसार हुनेछ ।” यो अगमवाणीले येशूको मृत्यु र उहाँको अनुयायीहरू भागेर जाने कुरालाई जनाउँछ ।

म हिर्काउनेछु

अर्थात, “म मार्नेछु ।” यहाँ 'म' भन्‍ने शब्‍दले परमेश्‍वरलाई जनाउँछ। यसले यो जनाउँछ कि परमेश्‍वले येशुलाई हानि गर्न र मार्न, मानिसहरुलाई अनुमति दिनु भयो। (हेर्‍नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])

गोठालो र सबै भेडाहरू

यो उद्धरणमा येशूको नाम प्रयोग नगर्नुहोस् किनभने जुन अगमवक्ताले यो सर्वप्रथम लेखे उनलाई गोठालोको नामको जानकारी नभएको हुन सक्छ । साथै, भेडाहरूले चेलाहरूलाई जनाइरहेको छ भनेर पनि इंकित नगर्नुहोस् । तपाईंको अनुवादमा “गोठालो” र “भेडाहरू” भनेर अर्थ दिने शब्दहरू नै प्रयोग गर्दा सबैभन्दा बेस हुन्छ ।

सबै भेडाहरु तितरबितर हुनेछन्

यसलाई सक्रिय रुपमा प्रस्‍तुत गर्न सकिन्‍छ। वैकल्पिक अनुवादः "तिनिहरुले बगालको सबै भेडाहरुलाई तिनरबितर पार्नेछन्" वा "बगालको सबै भेडाहरु चारै दिशा भाग्‍नेछन्।" ( हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])

38-09

तपाईंलाई त्याग्‍नु

तपाईंले यसलाई ३८:०८ मा कसरी अनुवाद गर्नुभयो, सो थाहा गर्नलाई हेर्नुहोस् ।

तिमीहरू सबैलाई पाउनलाई

अर्थात, “तिमीलाई पूर्ण रूपले नियन्‍त्रण गर्नलाई” वा, “तिमीलाई पूर्ण रूपले त्यसको सेवा गर्ने बनाउनलाई ।” यो पदावलीमा भएको “तिमीहरू” शब्द बहुवचन हो । त्यसपछि आउने सबै “तिमी” र “तिम्रो” शब्दहरू एकवचन हुन् ।

कि तिम्रो विश्‍वास नचुकोस्

अर्थात, “कि तिमीले ममा विश्‍वास गर्न नछोड ।”

भाले बास्‍न अगाडि

भालेहरूले सामान्यतया नयाँ दिनको सुरुको मिरमिरे उज्यालोमा बास्छन् । यदि त्यो प्रस्ट छैन भने, यसो भन्‍न सहयोगी हुन सक्छ, “भोलि झिसमिसे उज्यालोमा भाले बास्‍न अगाडि” वा, “भोलि बिहान भाले बास्‍न अगाडि ।”

38-10

येशुलाई भन्‍यो, "म मर्न परे पनि म तपाईलाई इन्‍कार गर्ने छैन्।"

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः "येशुलाई भन्‍‍यो कि उसलाई मर्न परे ता पनि उसले येशुलाई कहिले इन्‍कार गर्ने छैन।" ( हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तपाईंलाई इन्कार गर्नु

अर्थात, “तपाईंलाई चिन्दछु भनेर इन्कार गर्नु” वा, “तपाईंको चेला हुँ भनेर इन्कार गर्नु” वा, “तपाईंलाई परित्याग गर्नु ।”

38-11

तब येशु आफ्‍ना चेलाहरुलाई लिएर गेतसमनि भनिने ठाउँमा जानु भयो।

यसले नयाँ घटनालाई जनाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

गेतसमनी भनिने एउटा ठाउँ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “गेतसमनी भनिने एउटा नजिकैको ठाउँ” वा, “जैतुन डाँडाको फेदीमा रहेको गेतसमनी भनिने ठाउँ ।

उनिहरु परीक्षामा पर्दैनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्‍छः "तिनिहरु परीक्षामा पर्दैनन्" वा "शैतानले उनिहरुलाई परीक्षामा पार्दैन।"

उहाँ मात्रै एक्‍लै

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एक्लै ।”

38-12

मेरो पिता

यो परमेश्‍वर पिताको लागि एक महत्वपुर्ण नाउँ हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])

यदि यो सम्‍भव छ भने

यो भन्‍नाले ' यदि परमेश्‍वरले यो हुन दिनुहुन्‍छ भने।' वैकल्‍पिक अनुवादः "यदि तपाई यसलाई अनुमति दिनु हुन्‍छ भने।" हेर्नुहोसः

यो कष्‍टको कचौरा पिउनुहोस

येशुले क्रुसमा मर्नु पर्ने कुरा सहित, गर्नु पर्ने अरु कामको बारेमा भन्‍नु भयो, यो एक तितो पिउने कुरा जस्तै‍ हो जुन परमेश्‍वरले उहाँलाई कष्‍टको कचौराबाट पिउनको लागि आज्ञा गर्नु भयो। वैकल्पिक अनुवादः "“यो कष्‍टबाट गुज्रेर जान” वा, “जे हुन लागेको छ त्यसलाई भोग्‍न” वा, “यो कष्‍ट सहन ।”

तपाईंको इच्छा पूरा होस

यो अभिव्यक्तिको अर्थ हुन्छ, “जे तपाईंले योजना गर्नुभएको छ सो गर्नुहोस्” वा, “जे हुन जरुरी छ सो गर्नुहोस् ।”

38-13

हरेक चोटिको प्रार्थना पछि

अर्थात, “हरेक पल्ट जब येशूले त्यो प्रार्थना गर्नुभयो ।” यसले ३८:१२ मा बताइएको अनुसार उहाँले प्रार्थना गर्नुभएको तीन पटकको समयलाई जनाउँछ ।

भन्‍नु भयो, "उठँ, मेरो विश्‍वासघाति यहाँ छ

यो प्रत्‍यक्ष उद्धरण हो। यो अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि उल्‍लेख गर्न सकिन्‍छः "उनिहरुलाई उठ्न भन्‍नु भयो, किनकि उहाँको विश्‍वासघाति त्य‍हाँ आइपुगेको थियो।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

38-14

यहुदा यहुदि अगुवाहरु, सिपाहिहरु र एक ठुलो भिडसगँ आए। उनिहरुले तरवारहरु र लाठ्ठिहरु बोकेका थिए।

यो यहुदासगँ आएका मानिसहरुको बारेमा पृष्‍टभुमि जानकारी हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

…कहाँ आउनुभयो

केही भाषाहरूले यसो भन्‍म रुचाउन सक्छन्, “… कहाँ जानुभयो ।”

अभिवादन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “नमस्ते” वा, “शान्ति” वा, “शुभ सन्ध्या ।”

उहाँलाई चुम्बन गरे

अर्थात, “के तिमी साँच्‍चै मलाई एउटा चुम्बनले धोका दिन गइरहेका छौ ?” येशूले यो प्रश्‍नको जवाफ खोजिरहनुभएको छैन । त्यसैले केही भाषाहरूले यसलाई एउटा कथनको रूपमा अनुवाद गर्नेछन्, जस्तै, “तिमीले मलाई चुम्बन गरेर धोका दिइरहेका छौ !” वा, “तिमीले मलाई चुम्बन गरेर तिम्रो धोकालाई झन् खराब बनाउँछौ !”

के तिमी मलाई एउटा चुम्बनले धोका दिइरहेका छौ ?

यसको अर्थ यो हुनसक्‍छ कि, "के तिमि साचै मलाई चुम्‍वन गरेर धोका दिन जादैछौँ?" येशुले यो प्रश्‍नको जवाफ पाउनको लागि सोध‍नु भएको थिएन, त्‍यसैले केहि भाषाहरुले यसलाई कथनको रुपमा अनुबाद गर्दछन्, जस्‍तैः "तिमि मलाई चुम्‍वनद्धारा विशवासघात गर्दैछौ" वा "तिमिले मलाई चुम्‍वन गरेर आफ्‍नो धोखालाई अझ नराम्रो बनाउदै छौ।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

38-15

उनको तरवार बाहिर निकाले

अर्थात, “उनको तरवार उनले जुन ठाउँमा राखेर बोकिरहेका थिए त्यहाँबाट निकाले ।”

पिता… मेरो पिता

यो परमेश्‍वर पिताको लागि एक महत्वपुर्ण नाउँ हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])

मैले मेरो पिताको आज्ञापालन गर्नुपर्छ

अर्थात, “म त्यसो गर्नेछैन किनभने मैले मेरो पिताको इच्छाको आज्ञापालन गर्नुपर्छ र आफैँलाई गिरफ्तार हुन दिनुपर्छ ।”

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।