26-01
येशूले शैतानका परीक्षाहरूलाई इन्कार गर्नुभए पछि, उहाँ फर्कनुभयो
तपाईंले यसलाई दुईवटा वाक्यहरू बनाउन रोज्न सक्नुहुन्छ र भन्न सक्नुहुन्छ, “येशूले शैतानले उहाँलाई गराउन कोसिस गरेको गलत कुराहरू गर्नुभएन र त्यसकारण त्यसलाई हराउनुभयो । त्यसपछि येशू फर्कनुभयो ।” “हराउनु” भन्ने शब्दलाई “प्रतिरोध गर्नु” वा, “नकार्नु” वा, “इन्कार गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
येशूले शैतानका परीक्षाहरूलाई इन्कार गर्नुभए पछि
यसले नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
एक ठाउँ देखि अर्को ठाउँमा जानुभयो
अर्थात, उहाँले “विभिन्न सहरहरू र अरू ठाउँहरूमा यात्रा गर्नुभयो ।”
सबैजना
अर्थात, “उहाँलाई चिनेका र उहाँको बारेमा सुनेका सबैजना ।”
26-02
आराधनाको स्थल
अर्थात, “यहूदीहरू परमेश्वरको आराधना गर्न भेला हुने भवन ।” यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “आराधनाको भवन ।”
चर्मपत्र
चर्मपत्र भनेको कागज वा छालाको लामो पन्ना हो जसलाई बेह्रेर राखिन्थ्यो र जसमा लेखोटहरू हुन्थ्यो ।
यशैया अगमवक्ताका सन्देशहरू भएको चर्मपत्र
अर्थात, “यशैया अगमवक्ताकाले लेखेका वचनहरू भएको चर्मपत्र ।” यशैयाले सयौँ वर्ष अगाडि एउटा चर्मपत्रमा लेखेका थिए । यो त्यो चर्मपत्रको प्रतिलिपी थियो ।
चर्मपत्रको मुट्ठोलाई खोल्नुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बेह्रिएको चर्मपत्रको मुट्ठोलाई खोल्ने गरेर फैलाउनुभयो” वा, “चर्मपत्रको मुट्ठोलाई बेह्रिएकोबाट नबेह्रिएको बनाउनुभयो ।”
26-03
येशूले पढ्नुभयो, “परमेश्वरले मलाई उहाँको आत्मा दिनुभएको छ ताकि म गरिबहरुलाई सुसमाचार घोषणा गर्न सकुँ। उहाँले मलाई कैदिहरुलाई स्तन्त्र पार्न, अन्धाहरुलाई फेरि देख्ने बनाउन र सतावटमा परेकालाई मुक्त गर्न पठाउनु भएको हो। त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्नुभयो कि परमेश्वरले उहाँलाई उहाँको आत्मा दिनुभएको थियो ताकि उहाँले गरिबहरूलाई सुसमाचार घोषणा गर्न सक्नुभएको होस् । उहाँले कैदीहरूलाई स्वतन्त्र पार्न, अन्धा मानिसहरूलाई फेरि देख्ने बनाउन, अरूहरूले थिचोमिचो गरिरहेकाहरूलाई स्वतन्त्र पार्न उहाँलाई पठाउनुभएको छ । यो त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
गरिबहरूलाई सुसमाचार घोषणा गर्न
अर्थात, “गरिब र खाँचोमा परेका मानिसहरूलाई परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुनेछ भनेर असल सन्देश बताउन ।”
कैदीहरूलाई स्वतन्त्र पार्न
अर्थात, “तिनीहरू छाडिनेछन् भनेर ती मानिसहरूलाई भन्न जो अन्यायपूर्वक झ्यालाखानामा छन् ।”
26-04
येशूले भन्नुभयो, “मैले भर्खरै तिमीहरूलाई पढेर सुनाएका कुराहरू, तिनीहरू अहिले यतिखेरै भइरहेका छन् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्नुभयो कि जे उहाँले भर्खरै तिनीहरूलाई पढेर सुनाउनुभयो, तिनीहरू त्यतिखेरै भइरहेका थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
मैले भर्खर तिमीहरूलाई पढेर सुनाएका कुराहरू, तिनीहरू अहिले यतिखेरै भइरहेका छन्
यसलाई अनुवाद गर्ने अन्य तरिकाहरू यसो हुन सक्छन्, “जुन कुराहरू मैले पढेको तिमीहरूले भर्खरै सुन्यौ, ती अहिले नै पूरा भइरहेका छन्” वा, “मैले तिमीहरूलाई पढेर सुनाएका कुराहरू तिमीहरूले सुन्दै गर्दा आज सत्य हुन आएको छ ।”
अचम्ममा परे
“अचम्ममा परे” भन्ने शब्दलाई यस्तो शब्द चलाएर अनुवाद गर्नुहोस् जसले तिनीहरू आश्चर्यचकित भएका थिए, छक्क भएका थिए, र यो कसरी सम्भव हुन सक्छ भनेर अलमल्ल भएका थिए भन्ने अर्थ दिन्छ ।
के यिनी योसेफका छोरा होइनन् ?
यो आलङ्कारिक प्रश्न हो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यो मानिस केवल योसेफको छोरा हो !” वा, “ऊ केवल योसेफको छोरा मात्र हो भनेर सबैले जान्दछन् ! मानिसहरूले उहाँ योसेफको छोरा हो कि होइन भनेर सोधिरहेका थिएनन् । तिनीहरू छक्क मानेर सोचिरहेका थिए कि उहाँ कसरी मसिह हुन सक्नुहुन्थ्यो किनकि तिनीहरूले सोचे कि उहाँ केवल एउटा साधारण मानिसको छोरा मात्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
26-05
येशूले भन्नुभयो, “यो कुरा सत्य हो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्। एलिया अगमवक्ताको समयमा, इस्राइलमा धेरै विधवाहरु थिए। तर जब त्यहाँ साढे तिन बर्ष पानि परेन, परमेश्वरले एलियालाई इस्राएलमा भएको विधवा कहाँ पठाउँनु भएन्। बरु उहाँले एलियालाई एउटा भिन्नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्नुभयो कि यो सत्य थियो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्। उहाँले यो पनि भन्नु भयो कि एलियाको समयमा, इस्राइलमा धेरै विधवाहरु थिए। तर जब त्यहाँ साढे तिन बर्ष पानि परेन, परमेश्वरले एलियालाई इस्राएलमा भएको विधवा कहाँ पठाउँनु भएन्। बरु उहाँले एलियालाई एउटा भिन्नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।” उहाँले एलियालाई एउटा भिन्नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्
यो उपदेशको अर्थ हुन्छ, “मानिसहरूले तिनीहरूका माझमा हुर्केको अगमवक्ताको अधिकारलाई चाल पाउँदैनन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-proverbs/01.md]])
एलिया अगमवक्ताको समयमा
यो एलिया जीवित छँदा के भएको थियो भन्ने बारेमा बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
26-06
येशूले भनिरहनुभयो, “र त्यस बेला ... ”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भनिरहनुभयो कि त्यस बेलामा ... ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
एलिशा अगमवक्ताको समयमा
यो एलिशा जीवित छँदा के भएको थियो भन्ने बारेमा बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
एलिशा
एलिशा एलिया पछि आएका परमेश्वरका अगमवक्ता थिए । एलिया जस्तै, एलिशाले पनि परमेश्वरको विरुद्धमा पाप गरिरहेका राजाहरूको सामना गरे र उनले ती आश्चर्यकर्महरू गरे जसको लागि परमेश्वरले उनलाई शक्ति दिनुभएको थियो ।
सेनापति
अर्थात, “सेनाको अगुवा ।”
तिनीहरू उहाँसँग क्रोधित थिए
यहूदीहरूले तिनीहरू बाहेक अन्य कुनै मानिसहरूको समूहलाई परमेश्वरले आशिष् दिनुभएको थियो भनेर सन्न चाहँदैनथे, त्यसैले तिनीहरू येशूले भन्नुभएको कुरामा धेरै रिसाएका थिए ।
26-07
आराधनाको स्थल
अर्थात, “यहूदीहरू परमेश्वरको आराधना गर्न भेला हुने भवन ।” यसलाई “आराधनाको भवन” भनेर पनि अनुवाद गर्न सकिन्छ । यसलाई २६:०२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
तर येशू भीडको माझबाट हिँडेर निस्कनुभयो
मानिसहरूले येशूलाई गर्न योजना गरेको कुरा गर्न तिनीहरू सक्षम भएनन् भनेर देखाउनको लागि “तर”लाई कडा अर्थ दिने विपरीतार्थी शब्द वा पदावलीसँग अनुवाद गर्न सकिन्थ्यो जस्तै “तर त्यसको साटोमा” वा, “तापनि” ।
26-08
गालीलको क्षेत्रभरी जानुभयो
अर्थात, “गालीलको वरिपरि सबैतिर” वा, “गालीलमा एक ठाउँ देखि अर्को ठाउँमा ।”
26-09
जसलाई भूतहरू लागेको थियो
अर्थात, “जो दुष्ट आत्माहरूबाट वशमा पारिएका थिए ।”
येशूले भूतहरूलाई अह्राउनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले भूतहरूलाई आज्ञा दिनुभयो ।”
भूतहरूले धेरै पटक चिच्याउँदै भने, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ !”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “भूतहरूले धेरै पटक चिच्याउँदै भने कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
“तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ !”
यो कडा भनाई हो जसले येशू मसिह हुनुहुन्थ्यो भनेर बताउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
परमेश्वरको पुत्र
यो येशूकको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
26-10
उहाँबाट सिके
अर्थात, “उहाँले तिनीहरूलाई सिकाउनुभएका कुराहरबाट जाने” वा, “उहाँले भन्नुभएका र गर्नुभएका सबैकुराहरूबाट सिके ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।