24-01
जकरिया र एलिशीबा को छोरा यूहन्ना हुर्के र एक अगमवक्ता बने
यसले एउटा नयाँ घटनालाई दर्शाउँछ -- यूहन्नाले एक वयस्क भए पछि प्रचार गरे। (See: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
उनि
तिनीहरू धेरै ठूला फट्याङ्ग्राहरू जस्तै ठूला, उफ्रँदै हिँड्ने कीराहरू थिए जसका पखेटा हुन्थे । मरुभुमिमा बस्ने केही मानिसहरूले यिनीहरूलाई खान्छन् ।
अर्थात, “मरुभूमि” वा, “एउटा दुर्गम, मरुभूमि जस्तो ठाउँ ।” यस क्षेत्रमा थोरै मानिसहरू बसेका हुन्थे ।
अर्थात, “ऊँटको रौँहरूबाट बनाइएको खस्रो लुगाहरू ।” यी लुगाहरू मरुभूमिमा अरू लुगाहरू झैँ छिट्टै फाट्दैनन् ।
जङ्गली मह
ऊँट भनेको धेरै खस्रो रौँ भएको जनावर हो । मानिसहरूले त्यसबाट लुगाहरू बनाउन सक्थे । यसलाई “जनावरको खस्रो रौँ” भनेर अनुवाद गर्न सकिन्थ्यो ।
सलहहरू
यो उजाडस्थानमा भएका मौरीहरूले प्राकृतिक रूपमा गरेको उत्पादन थियो; यो मानिसहरूले घरमा पालेर बनाएको कुरा थिएन । यदि “मह” शब्दलाई मानिसहरूले त्यसरी नै बुझ्छन् भने, तपाईंले “जङ्गली” भनिरहनु आवश्यक छैन।
ऊँटको रौँहरूबाट बनाइएको लुगाहरू लगाए
ऊँटको रौँहरूबाट बनाइएको लुगाहरू
24-02
उजाडस्थान
तपाईंले यो शब्दलाई २४:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पश्चात्ताप गर
यसो भन्नु बढि राम्रो हुन सक्छ, “तिमीहरूका पापहरूबाट पश्चात्ताप गर ।”
परमेश्वरको राज्य नजिकै छ
अर्थात, “परमेश्वरको राज्य देखा पर्नलाई तयार छ” वा, “परमेश्वरको राज्य चाँडै आउनेछ ।” यसले मानिसहरूमाथि परमेश्वरको शासनलाई जनाउँछ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्वरको राज सुरु हुन लागेको छ” वा, “परमेश्वरले चाँडै हामीमाथि राजाको रूपमा शासन गर्नुहुनेछ ।”
24-03
तिनीहरूका पापबाट पश्चात्ताप गरे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका पापहरूका खातिर पश्चात्ताप गरे” वा, “तिनीहरूका पापहरूको बारेमा तिनीहरूका विचारहरू बदले” वा, “तिनीहरूका पापहरूबाट फर्के ।”
पश्चात्ताप गरेनन्
अर्थात, “तिनीहरूका पापहरूबाट फर्केनन् ।”
तिनीहरूका पापहरू स्वीकार गर्न
स्वीकार्नु भनेको केही कुरा सत्य हो भनेर मान्नु हो । यी अगुवाहरूले तिनीहरूले पाप गरेका थिए भनेर मानिलिन चाहँदैनथे । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिनीहरूले पाप गरेका थिए भनेर स्वीकार्न ।”
24-04
तिमी विषालु सर्पहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिमीहरू झूट बोल्ने विषालु सर्पहरू जस्तै छौ !” यूहन्नाले तिनीहरूलाई विषालु सर्पहरू भनिरहेका थिए किनकि तिनीहरू खतरनाक र छलपूर्ण थिए ।
हरेक रूख जसले असल फल फलाउँदैन
यूहन्नाले वास्तवमै रूखहरूका बारेमा कुरा गरिरहेका छैनन् । यो एउटा अभिव्यक्ति हो जसले असल फललाई असल कामहरू र परमेश्वरबाट आउने स्वभावहरूसँग तुलना गर्छ ।
उहाँले काट्नुहुनेछ ... तिनीहरूलाई आगोमा फाल्नुहुनेछ
यसको अर्थ हुन्छ, “उहाँले तिनीहरूको न्याय गर्नुहुनेछ ... तिनीहरूलाई दण्ड दिनुहुनेछ ।”
यूहन्नाले पूरा गरे
अर्थात, परमेश्वरको सन्देशवाहकले जे गर्नेछन् भनेर अगमवक्ताले बताएका थिए सो “यूहन्नाले गरिरहेका थिए” ।
हेर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो “हेर र देख” वा, “ध्यान देओ !”
मेरो सन्देशवाहक
अर्थात, “म, यहवेले, मेरो सन्देशवाहकलाई पठाउनेछु ।” केही भाषाहरूमा यो वाक्यको लागि अप्रत्यक्ष उद्धरणको प्रयोग गर्नु बढि स्वभाविक हुन सक्छ, जस्तैः “यशैया अगमवक्ताले परमेश्वरले उहाँको सन्देशवाहकलाई पठाउनुहुने थियो भन्दा जे भनेर भविष्यवाणी गरे ।”
तपाईंको अगाडि
यो पदावलीमा, “तपाईं” शब्दले मसिहलाई जनाउँछ ।
तपाईंको बाटो तयार गर्न
परमेश्वरको सन्देशवाहकले मानिसहरूलाई मसिहको कुरा सुन्नलाई तयार गर्नेछन् ।
24-05
उहाँ यति महान् हुनुहुन्छ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ यति महत्त्वपूर्ण हुनुहुन्छ ।”
उहाँको जुत्ताहरू फुकाल्न पनि योग्य छैन
अरू शब्दहरूमा भन्नुपर्दा, “उहाँसँग तुलना गरिँदा, म उहाँको लागि सबैभन्दा तुच्छ काम गर्नको लागि पनि पुग्ने गरी योग्यको छैन ।” जुत्ता फुकाल्नु कुनै दासले गर्ने खालको साह्रै तल्लो स्तरको काम थियो ।
24-06
त्यहाँ हुनुहुन्छ
केही भाषाहरूमा यो यस्तो हुन्छ, “यहाँ हुनुहुन्छ” वा, “त्यो मानिस ... हो ।”
परेमश्वरको थुमा
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरबाटको थुमा” वा, “परमेश्वरले जुटाउनुभएको बलि चढाउने थुमा ।” येशू पापको लागि सिद्ध बलि हुनुहुन्थ्यो जसलाई परमेश्वरले जुटाउने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले पुरानो करारमा थुमाहरूको बलिदानले प्रस्तुत गरेको तस्वीरलाई पूरा गर्नुहुन्छ ।
लैजानुहुनेछ
येशूको बलिदानले परमेश्वरलाई हाम्रो पापलाई त्यो कहिल्यै नभएको जसरी हेर्ने तुल्याउँछ ।
संसारको पाप
अर्थात, “संसारमा भएका मानिसहरूको पाप ।”
24-07
म तपाईंलाई बप्तिस्मा दिन योग्यको छैन
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तपाईंलाई बप्तिस्मा दिनलाई त्यस्तो साह्रो असल छैन” वा, “म पापपूर्ण छु, त्यसैले मैले तपाईंलाई बप्तिस्मा दिन हुँदैन ।”
यो गर्नलाई ठीक कुरा हो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यो गर्नलाई सहि कुरा हो” वा, “परमेश्वरले मैले गरेको चाहनुहुने कुरा यहि हो ।”
24-08
मेरो पुत्र जसलाई म प्रेम गर्छु
यो कुरा पक्का गर्नुहोस् कि यसको अनुवादले त्यहाँ अर्को छोरा थियो भनेर सुनाएको जस्तो नहोस् । यसो भन्नु जरुरी हुन सक्छ, “तिमी मेरा पुत्र हौ । म तिमीलाई धेरै प्रेम गर्छु र तिमीसँग औधी प्रसन्न छु ।”
24-09
परमेश्वरले यूहन्नालाई भन्नुभएको थियो
अर्थात, “यो भन्दा अगाडि, परमेश्वरले यूहन्नालाई भन्नुभएको थियो” वा, “येशू बप्तिस्मा हुन आउनु भन्दा अगाडि, परमेश्वरले यूहन्नालाई भन्नुभएको थियो ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।