41-01
सिपाहिहरुले येशुलाई क्रुसमा टाँगे पछि
यो जडान शब्द 'पछि'ले अनुक्रमिक घटना क्रमहरुलाई जनाउँ छ। यहुदि अगुवाले पिलातससँग येशुलाई क्रुसमा टागेँ पछी कुरा गरे (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
त्यो ठग, येशूले, भन्यो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यो मानिस, येशूले, झूट बोल्यो र भन्यो ।” परमेश्वरको पुत्र हुनुभएको बारेमा बारेमा येशूले बताउनुभएको सत्यतालाई तिनीहरूले विश्वास गर्न इन्कार गरे ।
मृतकहरूबाट बौह्रनु
अर्थात, “जीवनमा फर्केर आउनु” वा, “फेरि जीवित हुनु ।”
यदि उनिहरुले यसो गर्छन भने, उनिहरुले भन्ने छन् कि उहाँ मृत्युबाट बौरी उठ्नु भयो
यो जडान शब्द 'यदि'ले अनुमानित काल्पनिक सम्बन्धको अवस्थालाई व्यक्त गर्दछ। यहुदि अगुवहरुले सोचे कि येशु जिवित भई उठ्नु भयो भनेर तब मात्र भन्न सक्नेछन् जब उनिहरुले येशुको शरिरलाई चोर्न सफल हुन्छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
41-02
पिलातसले भने, "केहि सिपाहिहरु लिनुहोस् र चिहानको जति सक्नु हुन्छ रक्षा गर्नुहोस्"
यो प्रत्यक्ष उद्धरण हो। यो अप्रत्यक्ष उद्धरणको रुपमा पनि उल्लेख गर्न सकिन्छः " पिलातसले भने, "केहि सिपाहिहरु लिनुहोस् र चिहानको जति सक्नु हुन्छ त्यति कडा गरेर रक्षा गर्नुहोस्." (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिनीहरूले राखे
अर्थात, “धार्मिक अगुवाहरू र सिपाहीहरूले राखे ।”
ढुङ्गामा एउटा मोहोर
तिनीहरूले माटो वा मैन जस्तो एउटा नरम चीजलाई ढुङ्गा र चिहानको बीचमा राखे र त्यसलाई आधिकारिक मोहोरले चिन्ह लगाए । यदि कसैले त्यो ढुङ्गालाई हटायो भने, त्यो चीज टुट्ने थियो र कोही चिहान भित्र प्रवेश गरेको थियो भनेर देखाउने थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूलाई त्यो ढुङ्गा हटाउनबाट प्रतिबन्धित गर्नलाई ढुङ्गामा राखिएको एउटा मोहोर ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])
41-03
कसैले पनि विश्राम दिनमा काम गर्म सक्दैनथ्यो
विश्राम दिनको नियमहरूले एउटा यहूदीलाई धेरै टाढासम्म हिँड्न वा अरू कुनै किसिमको काम गर्न अनुमति दिएको थिएन ।
अझ धेरै मसलाहरू उहाँको शरिरमा लगाऊँ
मृत शरिरलाई सफा गर्नु अनि अति नै कडा, सुगंन्धित वासनाले लपेट्नु यहुदिहरुको परम्परा थियो ताकि त्यो मृत शरिर चाडैँ नगनाओस्। यो सम्मान र समर्पणताको चिन्ह पनि थियो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
मसलाहरू
यसले मिठो सुगन्ध आउने मसलाहरूलाई जनाउँछ जुन खराब दुर्गन्धलाई ढाक्नको लागि मृत शरीरमा लगाइन्थ्यो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मिठो सुगन्ध आउने मसलाहरू” वा, “मिठो सुगन्ध आउने तेलहरू” वा, “मिठो सुगन्ध आउने बिरुवाहरू ।”
41-04
महिलाहरु त्यहाँ आउन अघि, एउटा ठूलो भूकम्प गयो
यो जडान शब्द 'अघि'ले अनुक्रमिक खण्डलाई व्यक्त गर्दछ। पहिला त्यहाँ भुकम्प गयो र स्वर्गदूतहरु देखिए अनि त्यस पछि ति महिलाहरु चिहानमाआईपुगे। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
त्यहाँ एउटा ठूलो भूकम्प गयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यहाँ एउटा विनाशकारी भूकम्प गयो” वा, “त्यहाँ जमिनको शक्तिशाली कम्पन भयो ।” केही भाषाहरूले यसलाई यी शब्दहरूले पुनः बयान गर्न सक्छन्, “जमिन भयानक किसिमले काँप्न थाल्यो ।”
बिजुली झैँ चम्किरहेका थिए
अर्थात, “जसको रूप बिजुली झैँ चहकिलो थियो ।”
मरेतुल्य भएर भुइँमा ढले
तिनीहरू मरेका थिएनन्, तर तिनीहरू चल्न सकेनन्, जसरी मृत मानिसहरू चल्दैनन् । तिनीहरू शायद डरले गर्दा बेहोस भएका हुन सक्छन् । यसलाई प्रस्ट बनाउनलाई, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अचानक भुइँमा लडे र चल्न सकेनन् ।”
41-05
जब ति महिलाहरु चिहानमा आई पुगे, स्वर्गदूतहरुले तिनिहरुलाई भने
यो ''नडराउ' भन्ने शब्दले एक साथको खण्डलाई जनाउँछ। यि दुई घटनाहरु एकै समयमा भएका थिए, महिलाहरु चिहानमा आईपुगेका र स्वर्गदूतहरुले तिनिहरुलाई बोलेका। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-simultaneous/01.md]])
नडराओ
यो भन्नाले "डराउन बन्द गर।" ज्योति झैँ देखिने स्वर्गदूत, भयानक गरि चम्किएको थियो।
उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”
उहाँको शरीर त्यहाँ थिएन
यो विस्मयादिबोधकले उनिहरु येशुको शरीर चिहानमा नपाउँदा कति आश्चार्य चकित थिए भन्ने कुरालाई जोड दिदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
41-06
जाँओ र चेलाहरुलाई भन्, 'येशु मृत्युबाट बौरि उठ्नु भएको छ र उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ।
यो एक उद्धरण भित्रको उद्धरण हो। यो सम्पुर्ण उद्धरण पुन यसरि भन्न सकिन्छ ताकि यो खण्ड अप्रत्यक्ष उद्धरणको रुपमा यसरि भन्न सकिन्छः "जाँओ र चेलाहरुलाई भन् कि येशु मृत्युबाट बौरि उठ्नु भएको छ र उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
जाँओ र चेलाहरुलाई भन्
यो एक आज्ञा हो जुन स्वर्गदूतले स्त्रिलाई दिइरहेका थिए।
मृत्युबाट
यसको अर्थ हुनसक्छ "मरेकाहरु मध्य सबैबाट।" यो अभिव्यक्तिले भुमिगतरुपमा सबै मृत मानिसहरुको वर्णन गर्दछ। तिनिहरुको बिचबाट उठ्नु भन्नाले जिवित भई उठ्नुलाई बुझाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-nominaladj/01.md]])
उहाँ तिमीहरूको अगाडि गालीलमा जानुहुनेछ
अर्थात, “उहाँले तिमीहरूलाई गालीलमा भेट्नुहुनेछ” वा, “उहाँ गालीलमा हुनुहुनेछ जब तिमीहरू त्यहाँ पुग्नेछौ ।” प्रेरितहरू र अरू चेलाहरू समेत गरेर, “तिमीहरू” शब्द यहाँ बहुवचन हो ।
41-07
असल खबर
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “येशू फेरि जीवित हुनुहुन्थ्यो भन्ने खुशीको खबर ।” यो खुशीको खबरले येशू मरेकाहरूबाट जीवित हुनुभएको थियो भन्ने वास्तविकतालाई जनाउँछ ।
41-08
नडराँओ मेरो चेलाहरुलाई भनिदेओ
यो एक आज्ञा हो जुन येशुले स्त्रिलाई दिइरहनु भएको थिए।
उहाँको पाऊँमा परे
तिनिहरुले यो प्रतिकात्मक कार्य जसरी राजाहरुको सामु गर्ने आशा गर्छन त्यसरि नै येशूको सम्मान गर्नको लागि गरेक थिए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
देख्नेछौ
अर्थात, “मलाई भेट्नेछौ” वा, “मसँग भेट्न सक्नेछौ ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।