नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

19-01

परमेश्‍वरले इस्राएलीहरूकहाँ सधैँ अगमवक्ताहरू पठाइरहनुभएको थियो

यसले परमेश्‍वरका अगमवक्ताहरूलाई नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

इस्राएलीहरू

यसलाई यहाँ यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएल र यहूदाका राज्यहरू ।” यहूदाको राज्यमा भएका समेत गरेर याकूबका सबै सन्तानहरूलाई “इस्राएलीहरू” भनेर पुकारिन जारी रह्‌यो ।

अगमवक्ताहरूले परमेश्‍वरबाट सन्देशहरू सुने र ती मानिसहरूलाई बताइदिए ।

यो अगमवक्ताहरूले के गरे भन्‍ने बारेमा बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

19-02

त्यसकारण एलियाले राजा आहाबलाई भने कि परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन लागिरहनुभएको थियो

संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-आहाबले मानिसहरूलाई बाललाई पूजा गर्न लगाउन कोसिस गरे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन लागिरहनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले तिनलाई भने, “इस्राएलको राज्यमा नता कुनै पानी पर्नेछ नता कुनै शीतै झर्नेछ जबसम्म मैले फेरि पानी पर्नेछ भन्‍दिन ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः“उनले तिनलाई भने कि इस्राएलको राज्यमा नता कुनै पानी झर्नेछ नता कुनै शीत झर्नेछ जबसम्म उनले फेरि पानी पर्नेछ भन्दैनन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

जबसम्म मैले फेरि पानी पर्नेछ भन्‍दिन

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जबसम्म मैले पानी र शीतलाई फेरि पर्नलाई आज्ञा गर्दिन ।”

यसले आहाबलाई धेरै रीस उठ्ने बनायोThis made Ahab so angry

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब आहाबले एलियाले भनेको सुने, उनी ज्यादै रिसाए ।”

19-03

उजाडस्थान

यो एकदम थोरै मानिसहरू भएको दुर्गम ठाउँ थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मरुभूमि” वा, “झाडी ।”

यो अवधिमा

संयोजक शब्दहरू “यो अवधिमा”ले एकै समयमा भएको भनेर बताउने वाक्यांशलाई जनाउँछ । जुन समयमा एलिया उजाडस्थानमा लुकिरहेका थिए, आहाब र उनको सेनाले उनलाई खोजिरहेका थिए तर उनलाई भेट्टाउन सकेनन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-04

नजिकैको अर्को देश

यसले छेउमा भएको, वा इस्राएलसँग सिमाना बाँड्ने देशलाई जनाउँछ ।

किनकि त्यहाँ कुनै अन्‍न उब्जनी थिएन

संयोजक शब्द “किनकि”ले कारण, जुन थियो-त्यहाँ कुनै अन्‍न उब्जनी भएको थिएन, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-तिनीहरूसँग खानेकुराको लगभग अभाव भइसकेको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तर अझैपनि

संयोजक शब्दहरू “तर अझैपनि”ले एउटा विपरीत सम्बन्धलाई जनाउँछ । तपाईंले अपेक्षा गर्नुहुने थियो कि त्यस विधवाले एलियालाई सहायता गर्न इन्कार गरने थिइन् किनकि तिनीसँग खानेकुराको लगभग अभाव भइसकेको थियो, तर तिनले नसोचेको कुरा गरिन् र उनको ख्याल राखिन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

... को ख्याल राख्‍नु

यसको अर्थ तिनीहरूले उनलाई बस्‍नलाई एउटा ठाउँ दिए र उनको लागि खानेकुरा जुटाइदिए भन्‍ने हुन्छ । यसको अर्थ उनी बिरामी थिए भन्‍ने हुँदैन ।

परमेश्‍वरले तिनको लागि जुटाइदिनुभयो ... कहिल्यै रित्तो भएन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूको पीठोको भाँडो र तेलको ढुङ्ग्रो रित्तिन दिनुभएन” वा “परमेश्‍वरले तिनीहरूको पीठोको भाँडो र तेलको ढुङ्ग्रोलाई कहिल्यै नरित्तिने तुल्याउनुभयो ।”

पीठोको भाँडो

यसले माटोको भाँडोलाई जनाउँछ जसमा विधवाले तिनको पीठोको आपूर्तिलाई राख्‍ने गर्थिन् ।

तेलको ढुङ्ग्रो

इस्राएलमा तोरीको तेललाई खाना पकाउन प्रयोग गरिन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “खाना पकाउने तेलको ढुङ्ग्रो ।” त्यस विधवाले पीठो र तेल रोटी बनाउनलाई प्रयोग गरिन् ।

19-05

तँ यहाँ पो छस्, तँ समस्या निकाल्ने !

यो कडा भनाई हो जसले आहाब एलियासँग धेरै रिसाएका थिए भनेर व्यक्त गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

तँ समस्या निकाल्ने

यसको अर्थ हुन्छ, “तँ समस्या निकाल्ने व्यक्ति होस् !” एलियाले राजालाई गलत गरिरहेका थिए भनेर र पानी पर्न रोकिदिएर समस्या बनाइरहेका थिए भनेर आहाबले उनलाई आरोप लगाइरहेका थिए ।

त्यो तपाईं हुनुहुन्छ जसले समस्या निकाल्नुहुन्छ !

यो कडा भनाई हो जुन एलियाले आहाबलाई हप्काउन प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

तपाईंले यहवेलाई त्याग्‍नुभएको छ

अर्थात, आहाबले मानिसहरूलाई यहवेको आराधना र आज्ञापालन गर्न छोड्नलाई डोहोर्‍याएका थिए ।

अब तपाईंले इस्राएल राज्यका सारा मानिसहरूलाई कर्मेल डाँडामा ल्याउनुपर्नेछ ।

यो एलियाले परमेश्‍वरको अगमवक्ताको रूपमा भएको उनको अधिकारद्वारा उनले आहाबलाई दिएको आज्ञा हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

इस्राएल राज्यका सबै मानिसहरू

यो उत्तरी राज्यको दश कुलहरूका अगुवाहरू र मानिसहरूलाई जनाउने सामान्यकरण हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-hyperbole/01.md]])

कर्मेल डाँडा

कर्मेल डाँडा उत्तरी इस्राएलमा अवस्थित एउटा डाँडाको नाम हो । यो ५०० मिटर भन्दा बढि अग्लो छ ।

19-06

इस्राएलका सारा मानिसहरू

इस्राएल देशमा भएको हरेक व्यक्ति कर्मेल डाँडामा आएन । यो उत्तरी राज्यको दश कुलहरूका प्रतिनिधित्व गर्ने अगुवाहरू र मानिसहरूलाई जनाउने सामान्यकरण हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-hyperbole/01.md]])

कर्मेल डाँडा

तपाईंले यसलाई १९:०५ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

बालका अगमवक्ताहरू

यसले बाल देवतालाई सेवा गर्ने अगमवक्ताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

४५०

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्छः “चार सय पचास ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

तिमीहरू कहिलेसम्म आफ्नो हृदय परिवर्तन गरिरहन्छौ ?

यो जानकारीको खोजी गर्ने वास्तविक प्रश्‍न होइन । एलियाले मानिसहरूलाई तिनीहरूले यहवेलाई सेवा गर्ने कि बाललाई भनेर घरीघरी हृदय परिवर्तन गरिरहेको कारण गाली गरिरहेका थिए । केही भाषाहरूले यसलाई कथनको रूपमा व्यक्त गर्नुपर्नेछ जस्तै, “तिमीहरूले कसलाई उपासना गर्ने भनेर तिमीहरूको हृदय बदलिरहन बन्द गर !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

यदि यहवे परमेश्‍वर हुनुहुन्छ भने, उहाँको उपासना गर ! तर यदि बाल परमेश्‍वर हो भने, त्यसको उपासना गर !

यो कडा भनाई हो जसले बताउँछ कि मानिसहरूले कसको उपासना गर्ने हो भनेर तिनीहरूले सधैँका लागि एकैपटकमा निर्णय गर्नुपर्छ । यसको अर्थ एलियाले निर्णय गरेका थिएनन् भन्‍ने चाहिँ होइन । उनी जान्दथे कि यहवे नै साँचो परमेश्‍वर हुनुहुन्छ । मानिसहरूले जब झूटा देवताहरूको पूजा गर्थे तब तिनीहरूले यहवेलाई एकमात्र परमेश्‍वरको रूपमा इन्कार गरिरहेका हुन्थे भनेर तिनीहरूले बुझेको उनी चाहन्थे । मानिसहरूले एउटा चुनाव गर्नुपरेको थियो भनेर देखाउने किसिमले यसको अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

19-07

एउटा साँढेलाई मार त्यसको मासुलाई वेदीमा बलिदान हुनको लागि राख, तर आगो नलगाओ ।

बाल साँचो ईश्‍वर हो कि होइन भनेर जाँच गर्नलाई बालका अगमवक्ताहरूले तिनीहरूको बलिदानलाई ठ्याक्‍कै कसरी तयार गर्नुपर्ने थियो भनेर एलियाले अह्राए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

यदि परमेश्‍वरले वेदीमा आगो पठाउनुहुन्छ भने

संयोजक शब्द “यदि”ले परिकल्पित शर्तसहितको सम्बन्धलाई सङ्‍केत गर्छ । यदि परमेश्‍वरले आगो पठाउनुहुन्छ भने, यसले प्रमाणित गर्छ कि उहाँ साँचो हुनुहुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

साँचो परमेश्‍वर

यसले एकमात्र सत्य परमेश्‍वरलाई जनाउँछ ।

त्यसकारण बालका अगमवक्ताहरूले बलिदानलाई तयार पारे तर आगो लगाएनन् ।

संयोजक शब्द “त्यसकारण”ले परिणाम, जुन थियो-बालका अगमवक्ताहरूले बलिदानलाई तयार गरे तर आगो लगाएनन्, यस कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-एलियाले तिनीहरूलाई त्यस किसिमले गर्न भने । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-08

बाललाई प्रार्थना गरे

बालका अगमवक्ताहरूले बाललाई तिनीहरूले बलिको रूपमा तयार गरेको साँढेमाथि आगो पठाउन बिन्ती गरे ।

हामीलाई सुन्‍नुहोस्, बाल !

यो बाललाई तिनीहरूको अनुरोधको जवाफ दिन र बलिमाथि आगो पठाउन दुवै आज्ञा र जोडदार बिन्ती हो (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]])

कराए

तिनीहरूले बाललाई चिच्याए वा जोडसँगले पुकारे ।

आफैँलाई चक्‍कुले काटे

तिनीहरूले बाललाई तिनीहरूको भक्ति देखाउन चरम तरिकाको रूपमा आफैँलाई चक्‍कुले चोट पुर्‍याए, जस बापत तिनीहरूले आशा गरे यसले बाललाई तिनीहरूको कुरा सुन्‍नलाई मनाउने थियो ।

तर बालले जवाफ दिएन, र त्यसले कुनै आगो पनि पठाएन ।

संयोजक शम्बन्ध “तर”ले बालले जवाफ नदिइरहेको वा आगो नपठाइरेको कुरालाई अगमवक्ताहरूको प्रार्थना, चिच्याउने र आफैँलाई काटेर चोट पुर्‍याउने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-09

त्यो कुरा पछि

संयोजक शब्दहरू “त्यो कुरा पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछन् । एलियाले बलिदानलाई तयार पारे, र त्यसपछि मानिसहरूलाई त्यसमाथि १२ गाग्रा पानी खन्याउन लगाए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-10

हामीलाई देखाउनुहोस्

अर्थात, “हामीलाई प्रमाण गर्नुहोस्” वा, “हामीलाई प्रदर्शन गर्नुहोस् ।”

म तपाईंको दास हुँ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले मलाई तपाईंको सेवा गर्ने र यी कुराहरू गर्ने अधिकार दिनुभएको छ ।”

मलाई जवाफ दिनुहोस्

अर्थात, “मेरो प्रार्थनाको जवाफ दिनुहोस्” वा, “मैले तपाईंलाई बिन्ती गरेको आगो पठाउनुहोस् ।”

यी मानिसहरूले जान्‍नेछन्

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “यी मानिसहरूले देख्‍नेछन् र बुझ्‍नेछन्।”

19-11

तुरुन्तै

संयोजक शब्द “तुरुन्तै”ले बालका अगमवक्ताहरूले घन्टौँसम्म प्रार्थना गर्दा पनि जवाफ नपाउनुको विपरीतमा एलियाले प्रार्थना गर्नासाथ आकाशबाट आगो खस्यो भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

आकाशबाट खस्यो

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “अचानक आकाशबाट तल आयो ।”

यहवे परमेश्‍वर हुनुहुन्छ ! यहवे परमेश्‍वर हुनुहुन्छ !

यो कथनलाई यो वास्तवमै सत्य हो भनेर जोड दिनलाई दोहोर्‍याइएको छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

यहवे परमेश्‍वर हुनुहुन्छ

यो अभिव्यक्तिको अर्थ तिनीहरूले यहवे ईश्‍वरहरूमध्येको एक होइन, तर एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर बुझे भन्‍ने हुन्छ ।

19-12

तब एलियाले भने, “बालका कुनै पनि अगमवक्ताहरूलाई उम्कन नदेओ !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि एलियाले बालका कुनै पनि अगमवक्ताहरूलाई उम्कन नदिन तिनीहरूलाई भने !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

बालका कुनै पनि अगमवक्ताहरूलाई उम्कन नदेओ !

मानिसहरूले बालका हरेक अगमवक्तालाई पक्रनुपर्छ भनेर जोड दिने यो दुवै आज्ञा र कडा भनाई हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

उम्कनु

बालका अगमवक्ताहरू तिनीहरूको देवता झूटो भनेर प्रमाणित भएपछि भाग्‍न कोसिस गरे ।

समाते

अर्थात, “पक्रे र अँठ्याए” वा, “नियन्‍त्रणमा लिए ।”

19-13

तब एलियाले राजा आहाबलाई भने, “तुरुन्तै तपाईंको घर फर्कनुहोस्, किनभने पानी पर्न लागेको छ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “तब एलियाले राजा आहाबलाई तुरुन्तै तिनको घर फर्कनलाई भने किनभने पानी पर्न लागेको थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

तब एलियाले राजा आहाबलाई भने

संयोजक शब्द “तब”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । बालका अगमवक्ताहरू मारिएका थिए, र एलियाले आहाबलाई चेतावनी दिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तुरुन्तै तपाईंको घर फर्कनुहोस्

एलियाले परमेश्‍वरको अगमवक्ताको रूपमा उनको अधिकारमा राजा आहाबलाई आज्ञा दिइरहेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])

आकाश कालो भयो

अर्थात, “आकाश धेरै अँध्यारो भयो ।” पानीका बाक्ला बादलहरूले आकाशलाई ढाके, जसले त्यसलाई अँध्यारो खरानी वा कालो रङ्गको जस्तो देखायो ।

खडेरी

अर्थात, “पानी बिनाको लामो सुक्खा समय ।”

19-14

जब एलियाले आफ्नो काम सिद्ध्याए, परमेश्‍वरले एलिशा नाम गरेका एकजना मानिसलाई उहाँको अगमवक्ता हुनलाई चुन्‍नुभयो

यो वाक्यले एलिशालाई कथामा नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

शत्रु सेनाको सेनापति

नामान इस्राएलको शत्रु रहेका देशहरूमध्येको एक देशको सेनाको सेनापति थिए ।

तर उनको छालाको नराम्रो रोग थियो

संयोजक शब्द “तर”ले नामानको सेनाको सेनापति जस्तो मानसम्मानपूर्ण पद र उनलाई छालाको डरलाग्दो रोग लागिरहेको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले एलिशाको बारेमा सुने

यसको अर्थ मानिसहरूले नामानलाई एलिशाले आश्‍चर्यकर्महरू गर्न सक्दथे भनेर बताइसकेका थिए भन्‍ने हुन्छ । यहाँ एलिशालाई आश्‍चर्यकर्महरूको प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ जुन आश्‍चर्यकर्महरू गर्न परमेश्‍वरले एलिशालाई शक्ति दिनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])

उनी एलिशाकहाँ गए र उनलाई सोधे

अर्थात, “उनी एलिशालाई भेट्न गए र उनलाई सोधे ।” नामान एलिशालाई भेट्टाउन इस्राएलमा जानुपरेको थियो र उनलाई निको पार्न तिनलाई सोध्‍नु परेको थियो ।

19-15

उनले यसो गर्न इन्कार गरे, किनकि त्यो मूर्ख काम जस्तो देखिन्थ्यो

नामानले एलिशाले भनेको कुरा गर्ने थिएनन् किनभने उनले जान्दथे कि धोएर मात्रै उनको रोग निको हुन सक्‍ने थिएन ।

किनकि त्यो मूर्ख काम जस्तो देखिन्थ्यो

संयोजक शब्द “किनकि”ले उनी रिसाउनुको कारणलाई, जुन थियो-त्यो मूर्ख काम जस्तो देखिन्थ्यो, त्यसको परिणामसँग जोड्छ, जुन थियो-नामानले त्यो कुरा मान्‍नलाई इन्कार गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले आफ्नो विचार बदले

अर्थात, “उनले एलिशाले उनलाई गर्न भनेको कुरालाई गर्ने निर्णय गरे ।”

जब अन्तिम पटक उनी पानीबाट माथि आए

संयोजक वाक्यांश “जब अन्तिम पटक उनी पानीबाट माथि आए”ले एउटा क्रमिक वाक्यांशलाई परिचय गराउँछ । नामानले आफैँलाई सात पल्ट डुबाए, र त्यसपछि परमेश्‍वरले उनलाई निको पार्नुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-16

यदि मानिसहरूले यसो गरेनन् भने

संयोजक शब्द “यदि”ले परिकल्पित अवस्थालाई परिचय गराउँछ । अगमवक्ताहरूको चेतावनीप्रति इस्राएलको प्रतिक्रियामा परिणाम भर पर्थ्यो । परमेश्‍वरले भन्‍नुभयो कि यदि तिनीहरूले दुष्‍ट काम गर्न छोडेनन् भने उहाँले तिनीहरूलाई दण्ड दिनुहुने थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

19-17

एकपटक, तिनीहरूले यर्मिया अगमवक्तालाई सुक्खा ईनारमा हाले

यसले यर्मियालाई ईनारमा बन्धक बनाएर राखेको बारेमा भएको नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

एउटा सुक्खा ईनार

ईनारमा हाल कुनै पानी थिएन, तर त्यसको पिँधमा हिलो भने अझै थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एउटा खाली ईनार ।”

तर राजाले उनीमाथि दया गरे

संयोजक शब्द “तर”ले मानिसहरूले यर्मियालाई मर्नको लागि ईनारमा हालेको कुरालाई राजाले उनीमाथि दया गरेर उनलाई बाहिर निकाल्न अह्राएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनीमाथि दया गरे

यसको अर्थ उनी यर्मियाप्रति करूणामयी भए र उनलाई सहायता गरे भन्‍ने हुन्छ ।

19-18

परमेश्‍वरको लागि बोलिरहे

अर्थात, “परमेश्‍वरले मानिसहरूलाई भन्‍न चाहनुभएको कुराहरू तिनीहरूलाई बताइरहे ।”

मानिसहरूले तिनीहरूलाई घृणा गरे तापनि

संयोजक शब्द “तापनि”ले अगमवक्ताहरूले परमेश्‍वरको लागि बोलिरहेको कुरालाई, मानिसहरूले तिनीहरूलाई तिनीहरूको आज्ञापालनको कारण घृणा गरिरहेको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।