12-01
तिनीहरू अझै दासहरू थिएनन्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरू अब उप्रान्त दासहरू थिएनन् ।”
जाँदै थिए
केही भाषाहरूले “यात्रा गर्नु” जस्तो अझ बढि खास शब्दको प्रयोग गर्छन् किनकि तिनीहरू प्रतिज्ञाको भूमिसम्मको लामो दूरीमा जान लागेका थिए ।
प्रतिज्ञाको भूमि
यो त्यो भूमि हो जुन परमेश्वरले अब्राहामको सन्ततिलाई दिने भनेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो ।
12-02
अग्लो बादलको खम्बा
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “अग्लो बादल” वा, “खम्बाको जस्तो आकार भएको बादल ।” यो भवनलाई थाम्ने जस्तो कुनै वास्तविक खम्बा थिएन । यो देखिँदामा खम्बा जस्तो देखिन्थ्यो, तर यो बादलले बनेको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])
अग्लो आगोको खम्बा
यो एउटा आगोको स्तम्भ थियो जुन इस्राएलीहरूको अगाडि हावामा झुण्डिरहेको वा तैरिरहेको थियो । यो भवनलाई थाम्ने जस्तो कुनै वास्तविक खम्बा थिएन । यो देखिँदामा खम्बा जस्तो देखिन्थ्यो, तर यो आगोले बनेको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metaphor/01.md]])
तिनीहरूलाई अगुवाई गर्यो
परमेश्वरले तिनीहरूलाई बाटो देखाउनलाई त्यस खम्बालाई तिनीहरूको अगाडि-अगाडि सर्दै हिँड्ने बनाउनुभयो ताकि तिनीहरूले त्यसलाई पछ्याउन सकून् ।
12-03
छोटो समय पछि
सायद कम्तिमा दुई दिन बितेको थियो । त्यसलाई स्पष्ट पार्नको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “थोरै दिन पछि” वा, “इस्राएलीहरूले मिश्र छोडेको थोरै दिन पछि ।”
तिनीहरूको मन परिवर्तन गरे
यो पदावलीको अर्थ हुन्छ, “तिनीहरूले अगाडि सोचेको भन्दा फरक तरिकाले सोच्न थाले ।” मिश्रीहरूले आफ्नो हृदय नै फेरेका त होइनन्, तर तिनीहरूले पहिले गरेको निर्णयसँग मेल नखाने अर्कै निर्णय गरे । तिनीहरूले इस्राएलीहरू जानुपर्छ भनेर निर्णय गरे, तर पछि त्यो गलत चुनाव भएको र तिनीहरूले इस्राएलीहरूलाई दासहरूको रूपमै राख्नुपर्ने थियो भनेर निर्णय गरे । केही भाषाहरूमा यो जस्तै अभिव्यक्ति नहुन सक्छ, र सो अर्थलाई सिधा ढङ्गले व्यक्त गर्नेछन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])
त्यसैले तिनीहरूले
संयोजक शब्द “त्यसैले”ले परिणाम-मिश्रीहरूले इस्राएलीहरूलाई खेदे, यो कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-मिश्रीहरूले इस्राएलीहरू फेरि तिनीहरूको दास भएको चाहे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
12-04
तिनीहरू फारोको सेना र लाल समुद्रको बीचमा पासोमा परे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरू भागेर जानलाई कतै ठाउँ थिएन किनभने तिनीहरूको पछाडि मिश्रीहरू थिए र तिनीहरूको अगाडि लाल समुद्र थियो ।”
हामीले मिश्रलाई किन छोड्यौँ ?
इस्राएलीहरूले कारण पाउनको लागि सोधिरहेका थिएनन् । किनकि तिनीहरू धेरै डराएका थिए, यो घडीमा तिनीहरूले कामना गरिरहेका थिए कि तिनीहरूले मिश्र नछोडेका भए हुने थियो (तिनीहरूको लागि त्यहाँ धेरै अप्ठेरो भएको भएतापनि) । यो एउटा कथन हुन सक्थ्यो, “हामीले मिश्रलाई छोड्नुहुने थिएन !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
हामीहरू मर्न लागेका छौँ !
यो एउटा कडा भनाई हो जसले मिश्रीहरूले तिनीहरूलाई मार्नेछन् भन्ने कुरा सम्बन्धी तिनीहरूको निश्चयतालाई व्यक्त गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
12-05
डराउन छोड !
यो दुवै आज्ञा र विस्मय पनि हो । मोशाले कडा वचनहरूमा मानिसहरूलाई भनिरहेका थिए कि तिनीहरूको रक्षा गर्न परमेश्वरलाई भरोसा गर्नुको साटोमा तिनीहरू डराउनु गलत थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
परमेश्वर आज तिीहरूको लागि लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “आज परमेश्वरले तिमीहरूको लागि मिश्रीहरूलाई हराउनुहुनेछ र तिमीहरूको हानी गर्नबाट तिनीहरूलाई रोक्नुहुनेछ ।”
तिमीहरूको लागि आज लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ
सर्वनाम “तिमीहरू”ले दुवै चोटि सारा इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-pronouns/01.md]])
त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसहरूलाई लाल समुद्रतर्फ जान भन् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्वरले मोशालाई मानिसहरूलाई लाल समुद्रतर्फ जान बताउनु भनेर भन्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
जान
केही भाषाहरूले अझै खास शब्दको प्रयोग गर्नेछन् र भन्नेछन्, “हिँड्न” ।
12-06
त्यसपछि परमेश्वर हिँड्नुभयो
संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू अगाडि बढ्नुपर्छ भन्ने परमेश्वरका निर्देशनहरूलाई परमेश्वरले बादलको खम्बालाई तिनीहरूको पछाडि सार्नुभएको कुरासँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
बादलको खम्बा
तपाईंले यस पदावलीलाई १२:०२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
त्यसैकारण मिश्रीहरूले देख्न सकेनन्
संयोजक शब्द “त्यसकारण”ले मिश्रीहरूले देख्न नसकिरहनुको प्रभावलाई त्यसको कारकसँग जोड्छ, जुन थियो-परमेश्वरले तिनीहरू र इस्राएलीहरूको बीचमा गर्नुभएको बादलको चलखेल । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
देख्न सकेनन्
बादलको खम्बा यति ठूलो र बाक्लो थियो कि मिश्रीहरूले कुनै पनि इस्राएलीलाई देख्न छाडे ।
12-07
उनको हातलाई समुद्रमाथि उठाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनको हातलाई समुद्रमाथि पसारे” । परमेश्वरले यो आश्चर्यकर्म मोशाद्वारा गर्दै हुनुहुन्थ्यो भनेर देखाउन यो एउटा इसारा थियो ।
त्यसपछि परमेश्वरले ... हुने बनाइदिनुभयो
संयोजक शब्द “त्यसपछि”ले मोशाले उनको हात समुद्रमाथि उठाएर गरेको आज्ञाकारीताको कार्यलाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्वरलाई बतास चल्ने बनाइदिनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
ताकि
संयोजक शब्द “ताकि”ले बतास चलेको कुरालाई त्यसको असरसँग जोड्छ, जुन थियो-इस्राएलीहरूका लागि समुद्र बीचबाट बनेको बाटो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
12-08
अगाडि बढे
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हिँडे” वा, “गए ।”
तिनीहरूको दुवैतर्फ पानीको पर्खाल भइराखेर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “र तिनीहरूको दुवैतर्फ भएको पानी पर्खाल जस्तै अग्लो र सीधा बनेर उभ्यो ।”
12-09
त्यसपछि परमेश्वरले बादललाई सार्नुभयो
संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू समुद्रको बीचबाट हिँडेको कुरालाई मिश्रीहरूले इस्राएलीहरू उम्केर गइरहेको देख्न सकून् भनेर परमेश्वरले बादललाई हटाउनुभएको कुरासँग जोड्छ । परमेश्वरले बादललाई इस्राएलीहरूको पछाडि राखिदिनुभएको थियो ताकि मिश्रीहरूले तिनीहरूलाई देख्न नसकून्, तर किनकि अब इस्राएलीहरू समुद्र बीचबाट भएर गइरहेका थिए, मिश्रीहरूले तिनीहरूलाई खेदेको परमेश्वरले चाहनुभयो जुन तिनीहरूको अभिप्राय नै थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
12-10
त्यसकारण तिनीहरूले इस्राएलीहरूलाई पछ्याए
संयोजक शब्द “त्यसकारण”ले परिणाम-मिश्रीहरूले इस्राएलीहरूलाई समुद्रमा पछ्याए, यो कुरालाई त्यसको कारणसँग जोड्छ, जुन थियो-परमेश्वरले बादललाई हटाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
समूद्र बीचबाट भएको बाटो
यो समुद्रको पिँधमा वारपार भएको ओभानो जमिनको पाटो हो, जसको दुवैतर्फ पानीको पर्खाल थियो ।
तर परमेश्वरले
संयोजक शब्द “तर”ले परमेश्वरले बाटो खोलिदिनुभएर इस्राएलीहरूलाई अगाडि बढाउनुभएको कुरा र परमेश्वरले मिश्रीहरूलाई आतंकित बनाउनुभएको र तिनीहरूको रथहरू अड्काइदिनुभएर तिनीहरूलाई अगाडि बढ्न नदिनुभएको कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
आतंकित हुनु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “डरले भरिनु र अलमल्ल हुनु ।”
अड्किनु
रथहरू अगाडि बढ्न सकेनन् ।
भागौँ !
यो दुवै आज्ञा र विस्मय पनि हो । मिश्रीहरूले तिनीहरू भयानक खतरामा थिए भनेर जानेपछि धेरै डराए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
परमेश्वर इस्राएलीहरूको लागि लड्दै हुनुहुन्छ !
यो उद्गारले मिश्रीहरूको डरलाई जोड दिन्छ जब तिनीहरूले चाल पाए कि परमेश्वरले तिनीहरूलाई समद्रमा पासोमा पर्नलाई डोहोर्याउनुभएको थियो, र तिनीहरू डुब्न लागेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
12-11
उनको पाखुरा फेरि पसार्न
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनको पाखुरालाई फेरि समुद्रमाथि उचाल्न” वा, एउटा प्रत्यक्ष आज्ञाको रूपमा यसरी, “परमेश्वरले मोशालाई भन्नुभयो, ‘तेरो पाखुरालाई फेरि पसार् ।’”
त्यसपछि परमेश्वरले
संयोजक शब्द “त्यसपछि”ले इस्राएलीहरू समुद्रको अर्को छेउपट्टि सकुशल आइपुगेको कामलाई परमेश्वरले मोशालाई समुद्र बीचबाट भएको बाटो बन्द गर्न दिनुभएको निर्देशनहरूसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
त्यसको सामान्य स्थानमा फर्कियो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यो ठाउँलाई फेरि ढाकिदियो जहाँ बाटो बनेको थियो” वा “सम्पूर्ण समुद्रलाई फेरि भरिदियो” वा, “परमेश्वरले त्यसलाई अलग गर्न अघि त्यो जहाँ थियो त्यहिँ फर्कियो ।”
सारा मिश्री सेना
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मिश्रको सेनामा भएका सबैजना ।”
12-12
जब इस्राएलीहरूले देखे
संयोजक शब्द “जब”ले कारण जुन थियो-परमेश्वरले मिश्री सेनालाई गर्नुभएको विनाशलाई त्यसको प्रभावसँग जोड्छ जुन थियो-इस्राएलीहरूले परमेश्वरमा भरोसा गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
परमेश्वरमा भरोसा गरे
अरू शब्दहरूमा, मानिसहरूले परमेश्वर शक्तिशाली हुनुहुन्थ्यो र तिनीहरूको रक्षा गर्न सक्नुहुन्थ्यो भनेर अब विश्वास गरे ।
12-13
धेरै आनन्द मनाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै खुशी थिए र तिनीहरूले त्यो उत्साहका साथ देखाए” वा, “तिनीहरूको सारा हृदयले देखाए” वा, “तिनीहरूको सारा बलले ।”
किनभने परमेश्वरले तिनीहरूलाई बचाउनुभएको थियो
संयोजक शब्द “किनभने”ले इस्राएलीहरूले आनन्द मनाए भन्ने परिणामलाई कारणसँग जोड्छ जुन थियो-परमेश्वरले तिनीहरूलाई बचाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
आराधना गर्न स्वतन्त्र
परमेश्वरले इस्राएलीहरूलाई मिश्रमा दास भइरहनबाट स्वतन्त्र पार्नुभयो, वा उद्धार गर्नुभयो ताकि तिनीहरूले उहाँलाई सेवा गर्न सकून् ।
परमेश्वरको प्रशंसा गर्न
केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरको नाउँलाई उचाल्न” वा, “परमेश्वर महान् हुनुहुन्छ भन्न ।”
12-14
... को लागि
संयोजक शब्दहरू “को लागि”ले चाडको लक्ष्य वा उद्धेश्यलाई सङ्केत गर्छन् जुन थियो-परमेश्वरले इस्राएलीहरूलाई कसरी छुटकारा दिनुभएको थियो भनेर तिनीहरू र तिनीहरूको सन्तानहरूलाई याद दिलाउन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
परमेश्वरले कसरी हराउनुभएको थियो, याद गर
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्वरले कसरी हराउनुभएको थियो भनेर नियमित रूपले एक अर्कालाई याद गराऊ ।” शब्दहरू “याद गर्नु”ले केवल नबिर्सनु भनेर अर्थ दिँदैन; यसले अर्थ सम्झना स्वरूप औपचारिक ढङ्गले चाड मनाउनु भन्ने पनि हुन्छ ।
निस्तार चाड
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “निस्तार चाडका क्रियाकलापहरू” वा, “निस्तार चाडको उत्सव” वा, “निस्तार चाडको खाना ।”
स्वस्थ थुमा
यसले यहाँ कुनै रोग नलागेको वा त्यसमा कुनै गडबडि नभएको थुमालाई जनाउँछ । यसलाई बताउने अर्को तरिका यसो हुन सक्ला, “एउटा पूर्ण स्वस्थ र राम्ररी हुर्केको थुमा ।”
खमिर नहाली बनाइएको रोटीसँग
यसलाई बताउने अर्को तरिका यसो हुन सक्ला, “अखमिरे रोटी ।” तपाईंले यसलाई ११:०३ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।