27-01
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
यहूदी व्यवस्थाका विज्ञ
यो मानिस चाहिँ कोही त्यस्तो व्यक्ति थियो जसले परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्था र त्यसका साथै अन्य यहूदी नियमहरू अध्य्यन गरेको थियो र अरूहरूलाई सिकाएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
उनले भने, “गुरू, अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई “गुरू” भनेर बोलाए र अनन्त जीवन प्राप्त गर्नलाई उनले के गर्नुपर्ने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
अनन्त जीवन पाउनलाई
अर्थात, “सधैँभरीको लागि परमेश्वरसँगको जीवन पाउनलाई” वा, “ताकि परमेश्वरले मलाई उहाँसँगको जीवन सधैँभरीको लागि दिनुभएको होस्” वा, “परमेश्वरबाट अनन्त जीवन प्राप्त गर्नलाई ।” ती व्यवस्थाका विज्ञले परमेश्वर पिताबाट अनन्त जीवनलाई उत्तराधिकारको रूपमा प्राप्त गर्नलाई उनी कसरी योग्यका हुन सक्थे भनेर सोधिरहेका थिए ।
अनन्त जीवन
यसले मरणशील शरीर मरेपछि परमेश्वरसँगको सदाकालको जीवनलाई जनाउँछ । अनन्त जीवनको बारेमा प्रमुख शब्दावलीहरूको व्याख्या दिने पृष्ठमा हेर्नुहोस् ।
येशूले जवाफ दिनुभयो, “परमेश्वरको व्यवस्थामा के लेखिएको छ ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले परमेश्वरको व्यवस्थामा के लेखिएको थियो भनेर उनलाई सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमेश्वरको व्यवस्थामा के लेखिएको छ ?
अर्थात, “यसको बारेमा परमेश्वरको व्यवस्थामा के लेखिएको छ ?” येशूले यो प्रश्न सोध्नुभयो किनकि उहाँले ती मानिसले परमेश्वरको व्यवस्थाले वास्तवमा के सिकाउँछ भनेर सोचेका चाहनुहुन्थ्यो ।
के लेखिएको छ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः “परमेश्वरले के भन्नुभयो” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
27-02
ती मानिसले भने, “त्यसले भन्छ, परमप्रभु तेरा परमेश्वरलाई तेरो सारा हृदयले, प्राणले, बलले, र समझले प्रेम गर् । अनि तेरो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर् ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “ती मानिसले भने कि हामीले परमप्रभु हाम्रा परमेश्वरलाई हाम्रो सारा हृदयले, प्राणले, बलले, र समझले प्रेम गर्नुपर्छ । अनि हाम्रो छिमेकीलाई हामी आफैँलाई झैँ प्रेम गर्नुपर्छ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
परमप्रभु तेरा परमेश्वरलाई प्रेम गर्
तपाईंले यसो भन्न रोज्न सक्नुहुन्छ, “हामीले परमप्रभु हाम्रो परमेश्वरलाई प्रेम गर्नुपर्छ ।” यो कुरा पक्का गर्नुहोस् कि ती मानिसले येशूलाई खटाएको जस्तो नसुनियोस् । बरू, उनले परमेश्वरको व्यवस्थाले मानिसहरूलाई के गर्न अह्राउँछ भनेर उद्धरण गरिरहेका थिए ।
तेरो सारा हृदयले, प्राणले, बलले, र समझले
अर्थात, “तेरो सम्पूर्ण व्यक्तित्त्वले” वा, “तेरो व्यक्तित्त्वको हरेक हिस्साले ।” केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तेरो सारा कलेजोले, सासले, बलले, र सोचाईहरूले ।” प्रमुख ध्यानाकर्षण चाहिँ यी हरेक भागहरूमा छैन, तर हामी सबैमाथि छ । तपाईंको भाषामा सम्पूर्ण व्यक्तिलाई जनाउनको लागि भएका अवधारणाहरूलाई प्रयोग गर्नुहोस् ।
हृदय
हृदयले व्यक्तिको त्यो भागलाई जनाउँछ जसमा इच्छाहरू र भावनाहरू हुन्छन् ।
प्राण
प्राणले व्यक्तिको अभौतिक, आत्मिक भागलाई जनाउँछ ।
बल
बलले भौतिक शरीर र त्यसका सबै क्षमताहरूलाई जनाउँछ ।
समझ
समझले व्यक्तिको त्यस भागलाई जनाउँछ जसले सोच्छ, योजना गर्छ, र उपायहरू निकाल्छ ।
छिमेकी
“छिमेकी” शब्दले सामान्यतया हाम्रो नजिकै बस्ने व्यक्तिलाई जनाउँछ । यहूदीहरूले यो शब्द त्यस्तो व्यक्तिलाई चलाउँथे जो नता तिनीहरूको नजिकको नातेदार थियो नता विदेशी वा शत्रु थियो ।
तेरो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्
यो एउटा भाषाको अलङ्कार हो । यहाँ छुटेको जानकारीलाई बताउन सकिन्छः “तेरो छिमेकीलाई तैँले आफैँलाई प्रेम गरे झैँ प्रेम गर् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-ellipsis/01.md]])
तँ आफैँलाई झैँ
अर्थात, उनले आफैँलाई जुन हदसम्म प्रेम गर्थे त्यति नै उनले उनको छिमेकीलाई प्रेम गर्नुपर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-simile/01.md]])
येशूले जवाफ दिनुभयो, “तिमी सहि छौ ! यदि तिमीले यसो गर्यौ भने, तिमीले अनन्त जीवन पाउनेछौ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उनी सहि थिए भनेर उनलाई बताउनुभयो ! यदि उनले त्यसो गरे भने, उनले अनन्त जीवन पाउने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिमीले अनन्त जीवन पाउनेछौ
यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छः “परमेश्वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
27-03
व्यवस्थाका विज्ञ
अर्थात, “यहूदी व्यवस्थामा विज्ञ भएको व्यक्ति ।” यो शब्दलाई तपाईंले २७:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
उनले येशूलाई सोधे, “ठीक छ त्यसोभए, मेरो छिमेकी को हो ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उनले येशूलाई उनका छिमेकी को थिए भनेर सोधे ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
मेरो छिमेकी को हो ?
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तपाईंले ‘छिमेकी’ भनेर के भन्न खोज्नुभएको ?” वा, “कुन मानिसहरू मेरा छिमेकीहरू हुन् ?” उनी जान्दथे कि उनी सबै मानिसहरूलाई प्रेम गर्दैनथे, र त्यसैले कुन मानिसहरूलाई उनले प्रेम गर्नुपर्थ्यो भनेर सोधिरहेका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
27-04
सामान्य जानकारी
यस तस्वीरको वरिपरि भएको बादल जस्तो परिवेशले येशूले एउटा कथा बताउँदै हुनुहुन्छ र कुनै ऐतिहासिक घटनालाई होइन भनेर सङ्केत गर्छ ।
व्यवस्थाका विज्ञ
यो शब्दलाई २७:०१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
एउटा कथा
कथा एउटा दृष्तान्तको रूपमा थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-parables/01.md]])
त्यहाँ एकजना यहूदी मानिस थिए ।
यसले नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
यरूशलेम देखि यरीहोसम्म
केही भाषाहरूमा तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “यरूशलेमको सहर देखि यरीहोको सहरसम्म” वा, “यरूशलेम सहर देखि यरीहो सहरसम्म ।”
27-05
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
उससँग भएका सबैथोक
अर्थात, “उसको साथमा भएका सबैथोक, उसले लगाइरहेको लुगाहरू समेत ।”
27-06
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
त्यसको तुरुन्तै पछि, एकजना यहूदी पूजाहारी
यसले नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
त्यतैतिर हिँड्दै आए
अर्थात, “साथसाथै यात्रा गरिरहेको हुन पुग्यो ।” केही भाषाहरूमा “हिँड्नु”को साटोमा “यात्रा गर्नु” भन्ने शब्द चलाउन आवश्यक हुन सक्छ किनकि पूजाहारी केवल बाटोमा हिँडिरहेका थिएनन् तर अर्को सहरमा पुग्नको लागि यात्रा गरिरहेका थिए ।
गइ नै राखे
अर्थात, “बाटोमा यात्रा गरिरहन जारी राखे ।”
उनले त्यस मानिसलाई पूर्ण रूपले बेवास्ता गरे
यो अचम्मलाग्दो कुरा थियो किनभने पूजाहारीहरू धेरै धार्मिक थिए, र तिनीहरूको सङ्गी यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
त्यस मानिसलाई बेवास्ता गरे
अर्थात, “त्यस मानिसलाई सहायता गरेनन्” वा, “त्यस मानिसको लागि कुनै चासो देखाएनन् ।”
27-07
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
त्यसको धेरै समय नबित्दै, एलजना लेवी
यसले नयाँ पात्रको परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
त्यहि बाटो हुँदै आए
अर्थात, “त्यहि बाटोबाट यात्रा गरिरहेका थिए ।”
(लेवीहरू पूजाहारीहरूलाई मन्दिरमा सहायता गर्ने यहूदीहरूको एक कुल थियो ।)
यो लेवीहरू को थिए बनेर पाठकलाई बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
लेवीहरू यहूदीहरूको एक कुल थिए
अर्थात, “लेवीहरू भनेको लेवी भनिने इस्राएली कुलबाटका थिए” वा, “लेवीहरू भनेको लेवी भनिने इस्राएली जातिबाटका थिए”
उनले पनि त्यस मानिसलाई बेवास्ता गरे
यो अचम्मलाग्दो कुरा थियो किनभने लेवीहरूले मन्दिरमा सेवा गर्थे, र तिनीहरूको सङ्गी यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिन्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
बेवास्ता गरे
अर्थात, “सहायता गरेन ।”
27-08
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
त्यो बाटोमा हिँड्नलाई अर्को मानिस चाहिँ सामरियाबाटको थियो
यसले नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
त्यता हिँड्न
अर्थात, “त्यतैबाट भएर यात्रा गर्न ।” यी मानिसहरू एक सहर देखि अर्को सहरमा यात्रा गरिरहेका थिए । यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू केवल यसो डुल्न निस्केको भनेर सुनाएको जस्तो नहोस् ।
(सामरीहरू र यहूदीहरूले इक अर्कालाई घृणा गर्दथे ।)
यो सामरीहरू र यहूदीहरू शत्रुहरू थिए भनेर पाठकलाई बताउने पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
उसले देख्यो कि त्यो मानिस यहूदी थियो, तर पनि उसको लागि धेरै कृपालु भए
यो अचम्मलाग्दो कुरा थियो किनभने यहूदीहरू र सामरीहरू एक अर्कालाई घृणा गर्दथे, र त्यसैले तिनले त्यस यहूदी मानिसलाई सहायता गर्छन् भनेर अपेक्षा गरिँदैनथ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
27-09
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
उसको आफ्नै गधा
यो कुरा पक्का गर्नुहोस् कि “उसको”ले सामरीलाई जनाउँछ ।
बाटो छेउको एउटा पौवामा
अर्थात, “बाटोको छेउमा भएको वास बस्ने ठाउँ ।” यो त्यस्तो ठाउँ थियो जहाँ यात्रुहरूले खाना पाउन सक्थे र राति सुत्न सक्थे ।
27-10
सामान्य जानकारी
येशूले कथा भन्नलाई जारी राख्नु हुन्छ ।
उसको यात्रालाई निरन्तरता दिन
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उसको गन्तव्यतिर यात्रा गर्न जारी राख्न ।”
सञ्चालक
अर्थात, “जसले व्यवस्थापन गर्थ्यो ।” त्यो व्यक्ति त्यस वास बस्ने पौवाको मालिक पनि हुन सक्थ्यो ।
उनले त्यसलाई भने, ‘यस मानिसको ख्याल राख्नुहोस् । तपाईंले यो भन्दा ज्यादा पैसा खर्च गर्नुभयो भने, म फर्किँदा खेरी तपाईंलाई ती खर्चहरू तिरीदिनेछु ।’
यो उद्धरण भित्रको उद्धरण हो । सम्पूर्ण उद्धरणलाई पुनः बताउन सकिन्छ ताकि यो अंश चाहिँ अप्रत्यक्ष उद्धरण होस्ः “उनले तिनलाई त्यस मानिसको ख्याल राख्नलाई भने, र यदि तिनले त्यो भन्दा ज्यादा पैसा खर्च गरे भने, उनी फर्केर आउँदा ती खर्चहरू तिरीदिने थिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
यस मानिसको ख्याल राख्नुहोस्
केही भाषाहरूमा यसरी भन्नलाई रोजिन सकिन्छ, “कृपया यस मानिसको ख्याल राख्नुहोस्” ताकि यो नम्र निवेदन थियो र कुनै आज्ञा थिएन भनेर प्रस्ट होस् ।
ती खर्चहरू तिरीदिनेछु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तपाईंलाई तिरीदिनेछु” वा, “त्यो पैसा फिर्ता तिरीदिनेछु” वा, “त्यो तपाईंलाई तिरीदिनेछु ।”
27-11
यशूले व्यवस्थाका विज्ञलाई सोध्नुभयो, “तिमी के सोच्छौ ? यी तीनमध्ये को चाहिँ त्यस लुटिएको र पिटिएको मानिसको लागि छिमेकी थियो ?”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले व्यवस्थाका विज्ञलाई ती तीन मानिसहरूमध्ये को चाहिँ त्यस लुटिएको र पिटिएको मानिसको लागि छिमेकी भएको उसलाई लाग्यो भनेर सोध्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
व्यवस्थाका विज्ञ
अर्थात, “यहूदी नियममा विज्ञ ।” तपाईंले यो शब्दलाई २७:०१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
तीन मानिसहरू
तीन मानिसहरू पूजाहारी, लेवी, र सामरी थिए ।
छिमेकी थियो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “छिमेकीले झैँ व्यवहार गर्यो” वा, “साथी थियो” वा, “प्रेमपूर्वक रीतिले व्यवहार गर्यो ।” तपाईंले “छिमेकी”लाई २७:०२ र २७:०३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
एक छिमेकी
येशूले “छिमेकी” शब्दलाई 27:0२ मा भन्दा अझ फराकिलो बुझाईमा प्रयोग गर्दै हुनुहुन्छ । यहाँ “छिमेकी” भनेको हामीले भेट्ने त्यो कुनै पनि व्यक्ति हो जसलाई हाम्रो सहायताको खाँचो छ ।
उनले जवाफ दिए, “त्यो व्यक्ति जो उसप्रति दयालु थियो ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “उनले जुन व्यक्ति उसप्रति दयालु थियो त्यो नै थियो भनेर जवाफ दिए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
येशूले उनलाई भन्नुभयो, “तिमी जाऊ र त्यसै गर ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले उनलाई जान र त्यसै गर्नलाई भन्नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिमी जाऊ र गर
अर्थात, “तिमी, पनि , जानुपर्छ र गर्नुपर्छ” वा, “अब तिमीले गर्नुपर्छ ।” येशूले व्यवस्थाका विज्ञलाई सामरीले गरे झैँ गर्नलाई आज्ञा गरिरहनुभएको थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-imperative/01.md]])
त्यसै गर
अर्थात, “अरूहरूलाई प्रेम गर, तिमीहरूका शत्रुहरूलाई पनि ।” यो कुरा पक्का गर्नुहोस् कि “त्यस्तै” भन्नाले घाइते मानिसलाई मात्र सहायता गर्ने भनिरहेको छ भनेर नसुनियोस् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-ellipsis/01.md]])
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।