नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

20-01

करार भङ्‍ग गरे

अर्थात, “परमेश्‍वरले सीनै पर्वतमा तिनीहरूसँगको उहाँको करारमा दिनुभएका आज्ञाहरूलाई अनाज्ञापालन गरे ।”

तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँलाई फेरि आराधना गर्न चेतावनी दिए

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरूलाई पाप गर्न छोड्न र अरू देवताहरूको साटोमा यहवेको आराधना गर्नलाई बताउन, नत्रभए तिनीहरूलाई भयानक कुराहरू हुने थियो ।”

तर तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे

संयोजक शब्द “तर”ले मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरिरहेको कुरालाई परमेश्‍वरले तिनीहरूलाई पश्‍चात्ताप गर्न र उहाँको आराधना गर्नलाई चेतावनी दिन अगमवक्ताहरू पठाइरहनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

20-02

दुवै राज्यहरू

यसले इस्राएल र यहूदाका दुवै राज्यहरूलाई जनाउँछ ।

अश्‍शूरीहरू अर्को जाति थिए जो धेरै शक्तिशाली भए

यसले अश्‍शूरीहरूलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

लिएर गए

अर्थात, “चोरे ।” तिनीहरूले मूल्यवान् थोकहरू चोरे र तिनीहरूलाई अश्‍शूरमा फिर्ता लिएर गए ।

20-03

मानिसहरू जसले बहुमूल्य सामानहरू बनाउन सक्थे

यसले ती मानिसहरूलाई जनाउँछ जो काठको काम, धातुको काम र भवन निर्माण गर्ने काममा निपुण थिए ।

रहे

अर्थात, “बसे” वा, “पछाडि छोडिए” वा, “तिनीहरूलाई त्यहिँ रहन अनुमति दिइयो ।”

20-04

विदेशीहरू

यसले ती मानिसहरूलाई जनाउँछ जो इस्राएलीहरू थिएनन् ।

20-05

उहाँलाई विश्‍वास नगरेको र आज्ञापालन नगरेको कारण

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “किनभने तिनीहरूले उहाँलाई विश्‍वास गरेनन् र उहाँको आज्ञापालन गरेनन् ।”

तर तिनीहरूले अझै पनि मूर्तिहरूको पूजा गरे

संयोजक शब्द “तर”ले मानिसहरूले मूर्तिहरूलाई पूजा गरिरहेको कुरा र तिनीहरूले आज्ञापालन गर्न इन्कार गर्दा तिनीहरूले इस्राएलको दण्ड देखेको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

चेतावनी देओ

अर्थात, “पाप गर्नलाई छोड भन नत्रभए तिनीहरूलाई भयानक कुराहरू हुने थियो ।”

तर तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे

संयोजक शब्द “तर”ले मानिसहरूले सुन्‍नलाई इन्कार गरिरहेको कुरा र तिनीहरूलाई चेतावनी दिन परमेश्‍वरले अगमवक्ताहरूलाई पठाइरहनुभएको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिनीहरूले सुन्‍नलाई इन्कार गरे

अर्थात, “तिनीहरूले आज्ञापालन गर्नलाई इन्कार गरे” वा “तिनीहरूले तिनीहरूको दुष्‍ट चालचलनलाई छोड्नलाई इन्कार गरे ।”

20-06

१००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “एक सय ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

परमेश्‍वरले बेबिलोनीहरूको राजा, नबुकदनेसरलाई पठाउनुभयो

यसले बेबिलोनीहरू र तिनीहरूको राजा, नबुकदनेसरलाई कथामा नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

हुनलाई सहमत भए

यहूदाको राजालाई बेबिलोनी राजाको सेवा गर्नलाई बाध्य पारियो नभए उनी मारिने थिए ।

नबुकदनेसरको सेवक हुनलाई

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “नबुकदनेसरको खटनमुनि रहेर यहूदालाई शासन गर्नलाई ।”

20-07

त्यसकारण, बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे

संयोजक शब्द “त्यसकारण”ले परिणामलाई, जुन थियो-बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे, त्यसको कारणसँग जोड्छ, जुन थियो-यहुदाको राजाले विरोध गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

फर्केर आए

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “फिर्ता आए” वा “यहूदामा फेरि आए ।”

सहरलाई कब्जा गरे

अर्थात, “सहर र त्यहाँका मानिसहरूलाई नियन्‍त्रणमा लिए ।”

लिएर गए

तिनीहरूले मूल्यवान थोकहरूलाई तिनीहरूसँग बेबिलोनमा फिर्ता लिएर गए ।

20-08

दण्ड दिनलाई

नबुकदनेसरले यी कुराहरू गर्नलाई आफ्ना सिपाहीहरूलाई भनेर यहुदाको राजालाई दण्ड दिए ।

उनको अगाडि

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जहाँ उनले देख्‍न सक्थे,” वा “ताकि उनले त्यसलाई देख्‍न सकून,” वा “उनको आँखा अगाडि ।”

उनलाई अन्धो बनाए

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उनका आँखाहरूलाई नाश पारे ।”

त्यो कुरा पछि, तिनीहरूले राजालाई लगे

संयोजक शब्दहरू “त्यो कुरा पछि”ले क्रमिक वाक्यांशलाई जनाउँछन् । तिनीहरूले राजाका छोराहरूलाई मारे र उनलाई यहूदामा अन्धो बनाए, र तब तिनीहरूले उनलाई बेबिलोनको एउटा झ्यालखानामा लगे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

20-09

छोड्दै ... पछाडि

अर्थात, “सबैभन्दा गरिब मानिसहरूलाई मात्र यहूदामा छोड्दै” वा, “यहूदामा सबैभन्दा गरिब मानिसहरूलाई मात्र रहन दिँदै ।”

यो समयको अवधि

यसलाई अनुवाद गर्नलाई, एउटा पदावलीको प्रयोग गर्नुहोस् जसले लामो समयलाई जनाउँछ, किनकि यो निर्वासनको समय सत्तरी वर्षसम्म रह्‌यो ।

निर्वासन

“निर्वासन” शब्दको अर्थ कसैलाई तिनीहरूको देशबाट जबरजस्ती हटाउनु भन्‍ने हुन्छ । “निर्वासन” भनेको यस ७०-वर्षे अवधिको लागि प्रयोग भएको शब्द हो जब इस्राएलीहरूलाई बेबिलोनमा बस्‍नको लागि कर लगाइएको थियो ।

20-10

परमेश्‍वरले उहाँका मानिसहरूलाई तिनीहरूको पापको कारण दण्ड दिनुभएको भएतापनि

संयोजक शब्द “तापनि”ले परमेश्‍वरले मानिसहरूलाई निर्वासनमा पठाउनुभएको कुरालाई उहाँले तिनीहरूलाई गर्नुभएको उहाँका प्रतिज्ञाहरू नभुलिरहनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

निर्वासन

तपाईंले यो शब्दलाई २०:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

भुल्नुभएन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बेवास्ता गर्नुभएन” वा, “उपेक्षा गर्नुभएन ।” अथवा पूरा पदावलीलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूप्रतिको उहाँको प्रतिबद्धता र उहाँका प्रतिज्ञाहरूलाई सम्मान गरिरहनुभयो ।”

... माथि देखरेख गर्न

अर्थात, “... को वास्ता गर्न ।”

उहाँका अगमवक्ताहरूद्वारा तिनीहरूलाई भन्‍न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका अगमवक्ताहरूलाई ती सन्देशहरू भन्‍न जुन उहाँले उहाँका मानिसहरूलाई तिनीहरूले बताएको चाहनुहुन्थ्यो ।”

20-11

लगभग सत्तरी वर्ष पछि

यसले नयाँ घटनाको सुरुवात गर्छ जब कोरेसले यहूदीहरूलाई बेबिलोनमा निर्वासनबाट इस्राएलमा फर्कन अनुमति दिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

सत्तरी वर्ष पछि

यसले त्यो सत्तरी वर्षलाई जनाउँछ जुन बेबिलोनी सेनाले यरूशलेमका मानिसहरूलाई निर्वासनमा लगेको समय देखि उता बितिसकेको थियो ।

कोरेस

कोरेसलाई यसो भनेर पनि बोलाइन्थ्यो, “महान् कोरेस ।” फारसी भाषामा “कोरेस” भनेको “सूर्य जस्तै” भन्‍ने अर्थ हुन्थ्यो । तापनि, कोरेस एक महत्त्वपूर्ण ऐतिहासिक व्यक्ति भएका कारण, उनको नामको अर्थलाई अनुवाद गर्नुको साटोमा, उनको नामलाई आफ्नो भाषामा जस्ताको तस्तै लेख्‍नु बेस हुन सक्छ ।

फारसीहरू

फारसी साम्राज्य मध्य एसिया देखि मिश्रसम्मको क्षेत्रमा फैलिनलाई बढ्‌यो । यसको घर आजको दिनको इरानको सामान्य क्षेत्रमा अवस्थित थियो ।

इस्राएलीहरूलाई अब यहूदी भनेर बोलाइन्थ्यो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूले अब इस्राएलीहरूलाई ‘यहूदीहरू’ भन्‍ने नामले बोलाउँथे ।”

यहूदाको भूमि

अर्थात, त्यस क्षेत्र जहाँ यहूदाको राज्य निर्वासन अगाडि अवस्थित थियो । यरूशलेम यहूदाको राजधानी सहर थियो ।

20-12

कोरेस

यो नामलाई २०:११ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

यहूदा

यहूदाको बारेमा २०:११ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

यहूदामा फर्केर जा

किनकि धेरैजसो यहूदीहरू यहूदा छोडेका मानिसहरूका छोराछोरीहरू र नातिनातिनीहरू थिए, तिनीहरू पहिला कहिल्यै यहूदामा बसेका थिएनन् । केही भाषाहरूमा यसरी भन्‍नु बढि मिल्ने हुन सक्छ, “यहूदामा जान ।”

उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा पनि दिए !

यो वाक्यले फारसीहरूको राजा कोरेसले यहूदीहरूलाई तिनीहरूको मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा दिने जस्तो उदेकलाग्दो तथ्यलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

सत्तरी वर्ष

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “७० वर्ष ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

निर्वासन

तपाईंले यो शब्दलाई २०:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

फर्के

अर्थात, “फिर्ता गए ।” केही भाषाहरूले यसरी बताउन रोज्‍न सक्छन्, “गए” किनकि यी मानिसहरूमध्ये धेरैजसो पहिला कहिल्यै यरूशलेममा गएका थिएनन् ।

20-13

मानिसहरू

अर्थात, याकूबको सन्तान, इस्राएलीहरू, जसलाई अब यहूदीहरू भनिन्थ्यो ।

पर्खाल

यो पर्खाल धेरै मोटो(२.५ मिटर) थियो र यसलाई आक्रमणकारीहरूबाट सहरलाई जोगाउन बनाइएको थियो ।

एकचोटि फेरि

केही भाषाहरूमा यसलाई यसरी अनुवाद गर्न आवश्‍यक हुन सक्छ, “अब” वा, “जसरी तिनीहरूका पूर्खाहरूले गरेका थिए” वा, “निर्वासन अगाडि भए अनुसार ।”

मन्दिरमा आराधना गर्दै

तिनीहरूले यहवे, एकमात्र साँचो परमेश्‍वरलाई तिनीहरूले पुनर्निर्माण गरेका मन्दिरमा आराधना गरे ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।