50-01
लगभग २००० बर्षमा, दुनिया भर मा धेरै भन्दा धेरै मानिसहरुले येशु मसिहको बारेमा सुसमाचार सुन्न पाएका छन्। मण्डलि वृद्धि हुदै गइरहेको छ।
यो आज सम्म मण्डलिलाई के भएको छ भन्ने बारेमा पृष्ठभुमिको जानकारी हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
मण्डली वृद्धि हुँदै आइरहेको छ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारभरी मण्डलीमा भएका मानिसहरूको सङ्ख्याको वृद्धि भइरहेको छ” वा, “येशूमा विश्वास गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।”
संसारको अन्तमा
यो पदावलीको अर्थ हुन्छ, “वर्तमान संसार अन्तमा आइपुग्नु भन्दा ठीक अगाडि” वा, “यो संसारको आखिरी दिनहरूमा ।”
यधपि उहाँ अझै फर्किनु भएको छैन
यो जडान शब्द 'यधपि' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। येशु २००० बर्षसम्म नफर्कनु भएकोले तपाई आशा गर्नु हुन्छ कि उहाँले प्रतिज्ञा गर्नु भए अनुसार उहाँ फर्केर आउनु हुदैन। तर यसको साटो, येशु फ्नो प्रतिज्ञा अनुसा फर्केर आउनु हुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
50-02
अन्त आउनेछ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “यो संसारको अन्त आउनेछ” वा, “यो संसारको अन्त हुनेछ” वा, “यो वर्तमान संसारको अन्त हुनेछ ।”
50-03
चेलाहरू बनाओ
यसको अर्थ हुन्छ, “मानिसहरूलाई मेरा चेलाहरू बन्नलाई सहायता गर ।”
खेतका बालीहरू कटनी गर्नको लागि पाकिसकेका छन्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “खेतको बालीहरू कटनीको लागि पाके झैँ तिनीहरू परमेश्वरको अगाडि ल्याइन तयार छन्” वा, “तिनीहरू त्यो खेत जसरी जम्मा गरिन र परमेश्वरको अगाडि ल्याइन तयार छन् जसका बालीहरू पाकेका छन् र जम्मा पारिनको लागि तयार छन् ।”
खेतहरू
यो अभिव्यक्तिमा, “खेतहरू”ले संसारका मानिसहरूलाई प्रतिनिधित्व गर्छ ।
पाकेको
“पाकेको”ले यहाँ येशूमा विश्वास गर्नको लागि तयार हुनुलाई प्रतिनिधित्व गर्छ ।
कटनी
“कटनी”ले यहाँ मानिसहरूलाई येशूको बारेमा सिकाएर तिनीहरूलाई परमेश्वरकहाँ ल्याउने कामलाई प्रतिनिधित्व गर्छ ।
50-04
... भन्दा महान् छैन
अर्थात, “... भन्दा बढि महत्त्वपूर्ण छैन” वा, यहाँ चाहिँ, “... भन्दा ज्यादा असल व्यवहार गरिँदैन ।”
मेरो कारण
अर्थात, “किनभने तिमीहरूले मेरो आज्ञापालन गर्छौ” वा, “किनभने तिमीहरूले मानिसहरूलाई मेरो बारेमा सिकाउँछौ” वा, “किनभने तिमीहरू मेरा हौ ।”
यो संसारमा
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यो जीवनकालमा ।”
यदि तपाई अन्त्य सम्म म प्रति वफादार रहनुभयो भने तब परमेश्वरले तपाईलाई बचाउनुहुनेछ।
यो जडान शब्द "यदि" ले एक काल्पनिक सशर्त सम्बन्धको परिचय दिदँछ। यदि तपाई अन्त्य सम्म वफादार रहनुभयो भने परमेश्वरले तपाईलाई बचाउनुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-condition-hypothetical/01.md]])
मप्रति विश्वासयोग्य रहो
अर्थात, “मेरो आज्ञापालन गरिरहो ।”
अन्तसम्मै
अर्थात, “तिमीहरूको जीवनको अन्तसम्मै ।”
तिमीहरूलाई बचाउनुहुनेछ
यसले हानि हुनबाट जोगाउन शारिरीक उद्धार भन्दा आत्मिक मुक्तिलाई जनाउँछ । धेरै विश्वासीहरूलाई मारिनेछ वा यातना दिइनेछ भनेर अघि नै बताइसकिएको छ ।
50-05
आफ्ना चेलाहरुलाई एउटा कथा सुनाए
यो कथा एक दृष्टान्तको रुपमा छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-parables/01.md]])
असल बिउ
यो बिउ चाहिँ गहुँको दाना थियो । यदि तपाईंको भाषा क्षेत्रमा यो बिउको बारेमा थाहा छैन भने, “बिउ”को लागि सामान्य शब्द प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै त्यस्तो सामान्य शब्द पनि छैन भने, थाहा भएको कुनै एउटा अनाजको दानालाई चुनेर भन्न आवश्यक हुन सक्छ, उदाहरणको लागि, “चामलको जस्तै असल बिउ ।”
झारका बिउहरू
रोपिएका झारका बिउहरू अग्ला घाँसहरू झैँ बढ्ने थिए तर तिनीहरूलाई खान सकिने थिएन । तिनीहरू व्यर्थका थिए ।
गहुँका बिउहरू
गहुँ भनेको अग्लो घाँस झैँ बढ्ने एक प्रकारको बाली हो । यसमा मानिसहरूले खानेकुराको रूपमा प्रयोग गर्ने बिउहरू हुन्छ ।
50-06
सामान्य जानकारी
येशूले कथा बताउन जारी राख्नुहुन्छ ।
गुरु, तपाईले राम्रो बिउ छर्नुभयो
यहाँ "तपाई" ले उहाँको नोकरलाई विशेषताको नामले जनाउँछ। जग्गा धनिले सायद आफ्नो नोकरहरुलाई बिउ छर्न दिएको थियो। वैकल्पिक अनुवादः "हामिले राम्रो बिउ छर्यौ।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])
त्यो मानिसले जवाफ दियो, "केवल मेरा शत्रुहरुले तिनिहरुलाई रोप्न चाहन्छन्। यो मेरो शत्रु मध्य एक हो जसले यो गर्यो"
यो एक उद्धरण भित्रको उद्धरण हो। यो सम्पुर्ण उद्धरण पुन यसरि भन्न सकिन्छ ताकि यो खण्ड अप्रत्यक्ष उद्धरणको रुपमा यसरि भन्न सकिन्छः "मानिसले जवाफ दिए कि केवल उहाँका शत्रुहरुले तिनिहरुलाई रोप्न चाहन्छन्, त्यसैले यो उहाँको शत्रुहरु मध्य एक हो जसले यो गरे।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotesinquotes/01.md]])
केवल मेरा शत्रुहरुले तिनिहरुलाई रोप्न चाहन्छन्।
यदि सम्भव हुन्छ भने, यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि वक्ताले यो भइरहेको देखेन भनेर सङ्केत गर्छ ।
50-07
सामान्य जानकारी
येशूले कथा बताउन जारी राख्नुहुन्छ ।
के हामिले बाहिर निकाल्नु पर्छ
यहाँ 'हामि' ले अनन्य लाई जनाउँछ। यसले नोकरहरुलाई बुझाउँछ तर मालिकलाई होईन। नोकरहरुले मालिकबाट झारहरु उखलेको आशा गर्दैनन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclusive/01.md]])
यदि तिमिहरुले त्यो गर्यौ भने तिमि उखेलिने छौँ
यहाँ हरेक पटक 'तपाई' को प्रयोग गर्दा बहुवचनमा गरिएको छ, जसले सबै नोकरहरुलाई उल्लेख गर्दछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-youdual/01.md]])
तिमीहरूले केही गहुँहरूलाई पनि उखेल्नेछौ
अर्थात, “तिमीहरूले त्रुटिवश केही गहुँहरूलाई पनि उखेल्नेछौ ।” कलिला गहुँहरूलाई झारहरूबाट छुट्ट्याउनलाई, र गहुँलाई नउखेलिकन झारहरूलाई उखेल्न निकै गाह्रो हुने थियो ।
कटनीको बेलासम्म
अर्थात, “त्यस बेलासम्म जब गहुँ कटनी गर्नको लागि तयार हुन्छ” वा, “कटनी गर्नको लागि गहुँ पुग्दो किसिमले नबढेसम्म ।”
गहुँ
अर्थात, “कटनी गरिएका गहुँका दानाहरू ।”
भकारी
यसले कटनी गरिएका गहुँका दानाहरूलाई जोगाएर भण्डारण गर्ने घरलाई जनाउँछ । यसलाई “भण्डारघर” पनि भन्न सकिन्थ्यो ।
50-08
चेलाहरुले कथाको अर्थ बुझ्न सकेनन्, त्यसैले उनिहरुले येशुलाई उनिहरुलाई यो व्याख्या गर्न आग्रह गरे
यो जडान शब्द 'त्यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि चेलाहरुले कथाको अर्थ बुझ्न सकेनन्। नतिजा यो हो कि उनिहरुले येशुलाई उनिहरुलाई यो व्याख्या गर्न आग्रह गरे। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
मसिह
येशुले आफैलाई यहाँ उल्लेख गर्दै हुनुहुन्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-123person/01.md]])
परमेश्वरको राज्यका मानिसहरू
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्वरको अधिकार मुनि रहने मानिसहरू” वा, “परमेश्वरको शासनमा आफैँलाई सुम्पिएका मानिसहरू” वा, “ती मानिसहरू जो परमेश्वरसँगै उहाँको राज्यमा जिउनेछन् ।”
50-09
जो दुष्टका हुन्
अर्थात, “जसले दुष्टको आज्ञापालन गर्छन्” वा, “जो दुष्टद्वारा शासित हुन्छन् ।”
दुष्ट
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतान ।”
दुष्ट
यो शैतानको लागि अर्को नाम हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “शैतान”, तर “दुष्ट” नामले त्यसको चरित्रलाई वर्णन गर्छ ।
संसारको अन्तलाई प्रतिनिधित्व गर्छ
अर्थात, “संसारको अन्तमा मानिसहरूलाई के हुनेछ भनेर वर्णन गर्छ ।”
कटनी गर्नेहरू
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “पाकेका बालीहरूको कटनी गर्ने मानिसहरू” वा, “पाकेका अनाजहरूलाई जम्मा गर्ने मानिसहरू ।”
50-10
जो दुष्टका हुन्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसले दुष्टको आज्ञापालन गर्छन्” वा, “जो दुष्टद्वारा शासित हुन्छन् ।” यसले तिनीहरूलाई जनाउँछ जसले येशूमा विश्वास गर्दैनन् तर शैतानका दुष्ट मार्गहरूलाई पछ्याउँछन् ।
रुने छन् र दाह्रा किट्ने छन
तिनिहरुले आफ्नो चरम उदासिनता त पिडालाई प्रतिनिधित्व गर्ने प्रतिकात्मक कार्यको रुपमा आफ्नो दातँ किट्ने छन् (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
तर ती मानिसहरू जो धर्मी छन्
यो जडान शब्द 'तर ' ले असाधारण सम्बन्धलाई परिचित गर्दछ। ती मानिसहरू जो धर्मी छन् किनकि तिनिहरुले येशूलाई पछ्याएका छन्, तिनिहरु अरुहरुको साथमा आगोमा फालिने छैनन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-exceptions/01.md]])
ती मानिसहरू जो धर्मी छन्
यसले मसिहका मानिसहरूलाई जनाउँछ । ५०:०८ मा हेर्नुहोस् ।
सूर्य झैँ चम्कनु
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सूर्य झैँ ज्योतिर्मय हुनु” वा, “सूर्यले उज्यालो प्रकाशलाई देखाए झैँ शुद्ध भलाइलाई देखाउनु ।”
50-11
उहाँले छोड्नुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँले पृथ्वीलाई छोड्नुभयो” वा, “उहाँ स्वर्गमा फर्कन जानुभयो ।”
आकाशका बादलहरूमा आउनुहुनेछ
अर्थात, “उहाँ आउनुहुँदा आकाशका बादलहरूले उहाँलाई घेर्नेछन्” वा, “आकाशका बादलहरूले उहाँलाई बोकेर ल्याउनेछन् ।”
जब येशू फर्कनुहुन्छ
यो जडान शब्द "जब" ले एक साथको खण्डलाई परिचित गर्दछ। येशूका अनुयायिहरु जो मरेका छन् तिनिहरु उठ्ने छन् र जब येशू फर्कनु हुन्छ, उहाँलाई बादलमा भेट्ने छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-simultaneous/01.md]])
येशू फर्कनुहुन्छ
अर्थात, “जब येशू पृथ्वीमा फर्कनुहुन्छ ।”
उहाँलाई बादलमा भेट्न
अर्थात, “उहाँसँग आकाशमा सम्मिलित हुन ।” येशूमा विश्वास गर्नेहरू येशू आकाशमा हुनुहुँदा उहाँको नजिकै हुन माथि जानेछन् ।
50-12
तब येशुका अनुयायिहरु जो अझै जिवित छन्
यो जडान शब्द "तब" ले एक साथको खण्डलाई परिचित गर्दछ। येशूका अनुयायिहरु जो मरेका छन् तिनिहरु येशुलाई हावामा भेट्न उठ्ने छन् र येशुका अनुयायिहरु जो जिवित छन्, उनिहरु पनि येशुसगँ सामेल हुने छन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
अझै जीवित
अर्थात, “येशू फर्कनुहुँदा जीवितै भइरहेका ।”
त्यस पछि, येशु आफ्नो मानिसहरु सगँ बस्नु हुनेछ।
यो जडान शब्द "त्यस पछि" ले एक साथको खण्डलाई परिचित गर्दछ। येशूका अनुयायिहरु येशु सगँ जोडिए पछि, उनिहरु सदासर्वदा सगैँ बस्नेछन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
50-13
मुकुट
यो मुकुटले येशूमा विश्वास गरेको र यस जीवनमा उहाँको सेवा गरेको कारण हामीले पाउने इनामलाई जनाउँछ ।
सिद्ध
अर्थात, “पूर्ण” वा, “पूरा ।”
50-14
तर विश्वास नगर्ने सबैलाई परमेश्वरले न्याय गर्नुहुनेछ
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। शान्तिको अद्भुत ठाउँको विपरित जहाँ येशुका अनुयायिहरु बस्नेछन्, विश्वास नगर्नेहरु सदाको लागि पिडामा हुनेछन्। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
रुनु र तिनीहरूका दाह्रा किट्नु
५०:१० मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
50-15
जब येशु फर्कनु हुन्छ
यो जडान शब्द "जब" ले एक साथको खण्डलाई परिचित गर्दछ। जब येशु फर्कनु हुन्छ, उहाँले शैतान र त्यसको राज्यलाई नष्ट गर्नुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-sequential/01.md]])
त्यसको राज्य
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको शैतानको दुष्ट शासन” वा, “त्यसले गरेका सबै दुष्ट कुराहरू र त्यसले वशमा राखेका दुष्ट मानिसहरू ।”
… भन्दा बरु
अर्थात, “… को साटोमा ।”
50-16
किनकि आदम र हव्वाले परमेश्वरको आज्ञा पालन गरेनन्
यो जडान शब्द "किनकि" ले कारण (परमेश्वरले संसारलाई नष्ट गर्नुहुन्छ) सगँ परिणाम (आदम र हव्वाले परमेश्वरको आज्ञा पालन गरेनन् र संसारमा पाप निम्त्याए) भन्ने कुरा लाई जोड्दछ।(हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
… मा पाप ल्याए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।”
तर कुनै दिन परमेश्वरले सृष्टि गर्नुहुनेछ।
यो जडान शब्द 'तर ' ले विपरीत सम्बन्धलाई परिचित गर्दछ। यो आशा गर्दछ कि परमेश्वरले पापको कारण संसारलाई नष्ट गर्नुहुनेछ। तर यसलाई नष्एट गर्नुको सट्टामा , परमेश्वरले एक नयाँ स्वर्ग र पृथवि सृष्टि गर्नुहुनेछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
एउटा नयाँ स्वर्ग
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्ग्रहलाई जनाउँछ ।
एउटा नयाँ पृथ्वी
हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।
50-17
हेरक आँसु पुछ्नु
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “हाम्रा सबै शोकहरूको अन्त्य ल्याउनु” वा, “समस्यालाई अन्त्य गर्नु” वा, “मानिसहरूसँग भएका कुनै पनि उदासिनतालाई कोमलताका साथ हटाउनु ।”
उहाँको राज्यलाई न्याय, र शान्तिका साथ शासन गर्नु
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूलाई उचित ढङ्गले राज गर्नु, यस्तो तरिकाले जसले तिनीहरूमा शान्ति ल्याउँछ ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।