46-01
त्यहाँ शाऊल नामको एक जना मानिस थियो जो येशूमा विश्वास गर्दैन थियो
यसले कथामा नयाँ पात्रको रुपमा शाऊललाई परीचित गर्दछ। (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])
जब उनि जवान थिए, स्तिफनसलाई मार्ने मानिसहरूका वस्त्रहरूलाई रखवाली गरे
यो शाऊलको बारेमा पृष्ठ भुमिको जानकारी हो (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])
स्तिफनसलाई मार्ने मानिसहरूका वस्त्रहरूलाई रखवाली गरे
घरघरै
अर्थात, “धेरै घरहरूमा ।”
महिला र पुरुष देबैलाई पक्राउ गर्न
यसले येशूमा विश?वास गर्ने पुरुष र महिला लाई जनाउँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
दमस्कस
दमस्कस हाल सिरिया देशको राजधानी हो । शाऊलको समयमा, यो रोमी साम्राज्यको अधीनमा रहेको एउटा सहर थियो । त्यहाँ भएका अधिकांश मानिसहरू यहूदीहरू थिएनन्, तर त्यहाँ केही यहूदीहरू र केही ख्रीष्टिएनहरू पनि रहन्थे ।
तिनिहरुलाई यरुशलेम फिर्ता ल्याउन
यो जोडेर पावलको उदेश्य स्पष्ट गर्न सकिन्छ कि "ता कि यहुदि अगुवाहरुले तिनिहरुलाई न्याय र सजाय दिन सकोस्।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
46-02
उहाँ शहर पुग्नु भन्दा पहिले
यो एक अभिव्यक्ति हो जसले कथामा परिवर्तनलाई अब केहि फरक हुदै छ है भन्ने कुरालई देखाउँछ (हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
तिमि मलाई किन सताइरहेका छौ?
यो बयानबाजि प्रश्नले शाऊललाई हप्काउने कुराको संचार गर्द छ। केहि भाषाहरुमा यो कथन अधिक स्वाभाविक हुन्छ। वैकल्पिक अनुवादः "तिमि मलाई सताउदै छौँ" वा एक आज्ञाको रुपमा "मलाई सताउन बन्द गर।"(हेर्नुहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])
46-03
शाऊलले तिन दिनसम्म केहि खाएनन् वा पिएनन्
यो भनिएको छैन कि उसले आराधनाको रुपमा खान वा पिउन छोड्यो, वा उनिलाई कुनै भोख थिएन किनकि उनि आफ्नो परिस्थितिबाट धेरै दुखि थिए। यो कुराको कारण निर्दिष्ट नगरेको नै राम्रो हुन्छ। (हेर्नुहहोस: [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])
46-04
दमस्कसमा हननिया नाऊँ भएको एक चेला थियो
nnnn
तर हननियाले भने
यदि यहाँ “तर” शब्दको प्रयोग किन गरिएको छ भनेर प्रस्ट हुँदैन भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर हननिया डराए, र त्यसैले भने ।”
परमेश्वरले उनलाई जवाफ दिनुभयो
परमेश्वरले यो किन भन्नुभयो भनेर स्पष्ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हननियालाई भरोसा दिलाउनलाई, परमेश्वरले भन्नुभयो ।”
जाऊँ
यो एक आज्ञा हो र एक विस्मयादिबोधक पनि हो। परमेश्वरले जोड दिइरहनु भएको छ कि हननियाले आपत्ति जनाउँन छोड्नु पर्छ र शाऊल कहाँ गएर उहाँले जे भन्नु भयो त्यो गर्नु पर्छ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])
मेरो नाम घोषणा गर्न
अर्थात, “मेरो बारेमा सिकाउन” वा, “मलाई परिचित गराउन ।”
मेरो नामको खातिर
यहाँ 'मेरो नाम' ले उहाँको चरित्रलाई देखाउ छ। शाऊलले धेरै दुख भोग गर्नु पर्ने छ किनकि उसले मानिसहरुलाई येशुको बारेमा बताउने छन्। अर्थात, “मेरो लागि” वा, “मेरो कारणले” वा, “किनकि उनले मेरो सेवा गर्छन्” वा, “किनकि उनले मेरो बारेमा अरूहरूलाई सिकाउँछन् ।” (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-metonymy/01.md]])
46-05
उसमाथि हात राखे
हननियाले शाऊलमाथि आफ्नो हात राखे। यो शाऊललाई आशिष् दिने कुराको प्रतिक हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md]])
यहाँ
यो भन्नाले 'दमस्कस' लाई बुझिन्छ।
तुरुन्तै
यसले समकालिन खण्डको परिचय दिदँछ। शाऊलले हननियाले छुने बित्तिकै देख्ने भए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-time-simultaneous/01.md]])
46-06
तत्कालै
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तुरुन्तै” वा, “तब ।”
परमेश्वरको पुत्र
येशूको लागि यो एक महत्वयुर्ण नाऊँ हो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/guidelines-sonofgodprinciples/01.md]])
यहूदीहरूसँग बहस गरे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यहूदीहरूलाई येशूमा विश्वास गर्नको लागि गतिला कारणहरू दिए ।” वा, “यहूदीहरूसँग मनाउने ढङ्गले कुरा गरे ।” (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-result/01.md]])
46-07
धेरै दिन पछि
यसले नयाँ घटना क्रमलाई जनाउछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
यहुदिहरुले शाऊललाई मार्ने योजना बनाए
यहाँ "यहुदिहरु" भन्नाले यहुदिहरुको अगुवालाई जनाउँछ। वैकल्पिक अनुवादः "यहुदिहरुको अगुवा" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-synecdoche/01.md]])
शहरको ढोकाबाट उनको लागि हेर्न
ढोकाहरु मात्र एक सामान्य तरिका थियो जसबाट भित्र र बाहिर गर्न मिल्थ्यो। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])
एउटा डालोमा हालेर सहरको पर्खालबाट उनलाई तल झारे
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उनलाई एउटा ठूलो डालो भित्र बस्नलाई सहयोग गरे र उनलाई सहरको पर्खालबाट त्यहि डालोसँगै तल झारे ।”
46-08
शाऊल येरुशलेममा गए
यसले नयाँ घटना को परिचय दिदँछ। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])
तर तिनिहरु उनि देखि डराए
यो जडान शब्द 'तर' ले विपरितार्थ सम्बन्धलाई देखाउँछ। शाऊल अब एक चेला भएकोले तपाई आशा गर्नु हुन्छ कि प्रेरितसरु उनलाई भेट्न चाहानुहुन्छ, तर उल्टो उनिहरु डराए। (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-logic-contrast/01.md]])
शाऊललाई स्वीकार गरे
अर्थात, “शाऊल पनि येशूमा विश्वासी हुन् भनेर विश्वास गरे ।”
46-09
एन्टिओखियाको सहर
यो एउटा प्राचीन सहर थियो जुन हालको टर्कि देशको सुदूर दक्षिणी टुप्पोमा, सिरियासँगको त्यसको सिमाना नजिकै र भूमध्यसागरको छेवैमा रहेको क्षेत्रमा अवस्थित थियो । यो यरूशलेमबाट ४५० माइल उत्तर-पश्चिममा थियो ।
मण्डलीलाई बलियो बनाउनको लागि
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मण्डलीलाई आत्मिक रूपले वृद्धि हुन सहायता गर्नलाई” वा, “येशूमा विश्वासीहरूलाई तिनीहरूको विश्वासमा बलियो भएर बढ्नलाई सहायता गर्नको लागि” वा, “येशूलाई अझ बढि दह्रोसँग विश्वास गर्न मानिसहरूलाई सहायता गर्नको लागि ।”
येशुमा विश्वास गर्नेहरुलाई पहिलो पटक 'ईसाई' भनिन्थ्यो
यसको मतलब यो हो कि अन्य मानिसहरु विश्वासिहरुलाई यस नाउ बाट बोलाउँ छन्। यसलाई यसरि सक्रिय रुमा भन्न सकिन्छः "पहिलो पटक एन्टियोकको मानिसहरुलाई जसले येशुमा विश्वास गर्थे, तिनिहरुलाई 'ईसाई' भनियो।" (हेर्नुहोसः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md]])
46-10
एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
मेरो लागि बर्णाबास र शाऊललाई अलग गर जुन काम गर्नको लागि मैले तिनिहरुलाई बोलाएको छु
यो वाक्यलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मैले पावल र बारनाबासलाई जुन विशेष काम गर्नको लागि छानेको छु, त्यसको लागि तिनीहरूलाई नियुक्त गर ।”
मण्डली
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विश्वासीहरू” वा, “ख्रीष्टिएनहरू ।”
तिनीहरू माथि उनीहरूका हात राखे
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरू माथि उनीहरूका हातहरू राखेर तिनीहरूलाई पवित्र आत्माको शक्ति र अधिकारले आशिष् दिए” वा, “तिनीहरूको आत्मामा भएको एकताको चिन्ह स्वरूप उनीहरूका हातहरू तिनीहरू माथि राखे ।” केही भाषाहरूमा उनीहरूले उनीहरूका हातहरू कहाँ राखे भनेर बताउनुपर्ने हुनसक्छ । यदि त्यसो हो भने, उनीहरूले उनीहरूका हातहरू तिनीहरूका शिर, काँध वा ढाडमा राखे भनेर तपाईंले बताउन सक्नुहुन्छ ।
तिनीहरूलाई बाहिर पठाए
अर्थात, “तिनीहरूलाई पठाए” वा, “तिनीहरूलाई तिनीहरूका यात्रामा पठाए ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।