नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

14-01

सामान्य जानकारी

यो परिवेश पृष्‍ठभूमि जानकारी हो जसले कथामा नयाँ पाटो ल्याउने तयारीको लागि अघिल्ला दुई कथाहरूको सारांश दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

बादलको खम्बा

यसलाई १२:०२ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

14-02

परमेश्‍वरले अब्राहाम, इसहाक, र याकूबसँग प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले प्रतिज्ञाको भूमि तिनीहरूका सन्तानहरूलाई दिनुहुने थियो

यो पृष्‍ठभूमि जानकारी हो जसले कथामा नयाँ पाटो ल्याउने तयारीको लागि उत्पत्तिका कथाहरूको सारांश दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

कनानीहरू

यो खण्डले कनानीहरू को हुन् भनेर र नयाँ मुख्य पात्रको परिचय गर्ने तयारीको लागि परमेश्‍वरसँग तिनीहरूको सम्बन्धको बारेमा व्याख्या गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

14-03

तिमीहरूले त्यहाँ भएका सबै कनानीहरूलाई हटाउनुपर्छ

त्यहाँ भएका सबै कनानीहरूलाई तिनीहरूले मार्नुपर्थ्यो र प्रतिज्ञाको भूमिबाट धपाउनुपर्थ्यो भनेर बताउन यो एउटा नम्र शैली हो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “सबै कनानीहरूलाई देशबाट बाहिर पठाउनुपर्छ” वा, “सबै कनानीहरूलाई देशनिकाला गर्नुपर्छ जो त्यहाँ बसिरहेका छन् ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-euphemism/01.md]])

तिनीहरूसँग शान्ति सम्झौता नगर्नू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका माझमा वा तिनीहरू सँगसँगै शान्तिपूर्वक नरहो” वा, “तिनीहरूसँग शान्तिपूर्वक रहने प्रतिज्ञा नगर ।”

तिनीहरूसँग विवाह नगर

परमेश्‍वरले कुनै इस्राएली व्यक्तिले कुनै कनानी व्यक्तिसँग विवाह गरेको चाहनुभएन ।

यदि तिमीहरूले मेरो आज्ञापालन गरेनौँ भने

संयोजक शब्द “यदि”ले एउटा परिकल्पित शर्तसहितको सम्बन्धसँग परिचय गराउँछ । सबै कनानीहरूलाई धपाउनलाई यदि इस्राएलीहरूले परमेश्‍वरको आज्ञापालन गर्दैनन् भने, कालान्तरमा तिनीहरूले पनि कनानीहरूको मूर्तिहरूको पूजा गरेर परमेश्‍वरको अनाज्ञापालन गर्नेछन् । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिमीहरू तिनीहरूको मूर्तिहरूको पूजा गर्न पुग्‍नेछौ

यदि इस्राएलीहरू कनानीहरूसँग मित्र बने र तिनीहरूको मूर्तिहरूलाई नाश गरेनन् भने, तिनीहरू परमेश्‍वरको साटोमा ती मूर्तिहरूको पूजा गर्न परीक्षामा पर्ने थिए ।

14-04

सिमाना

दुई देशहरूलाई छुट्टाउने एउटा रेखा, एउटा सीमा (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

इस्राएलको जाति

यसले याकूबको हरेक छोराहरूको सन्तानहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

जाओ र जासुसी गर

इस्राएलीहरू तिनीहरूले डेरा बनाएर बसेको ठाउँबाट कनानको भूमिमा जानुपर्थ्यो र कनान देशमा जासुसी गर्नुपर्थ्यो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-go/01.md]])

त्यो देशमा जासुसी गर्नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “देशको बारेमा गोप्य ढङ्गले जानकारी लिनु” वा, “गोप्य ढङ्गले देशको बारेमा जान्‍नु ।” जासूसहरूको कामको एउटा भाग चाहिँ जमिनले कस्ता किसिमका अन्‍नहरू उब्जाउन सक्थ्यो भनेर पत्ता लगाउनु थियो ।

कनानीहरूमाथि जासुसी गर्नु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानका मानिसहरूका बारेमा गोप्य ढङ्गले जानकारी लिनु” वा, “कनानीहरूका बारेमा गोप्य ढङ्गले जान्‍नु ।”

तिनीहरू बलिया थिए कि कमजोर थिए भनेर हेर्नु

कनानीहरू तिनीहरूसँग लड्न तयार थिए कि भनेर तिनीहरू जान्‍न चाहन्थे । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानी सेनाहरू कति शक्तिशाली थिए भनेर पत्ता लगाउनु ।”

14-05

तिनीहरू फर्केर आए

तिनीहरू कनानको सिमानाको ठ्याक्‍क बाहिर फर्के, जहाँ बाँकी इस्राएलीहरूले कुरिरहेका थिए । यसलाई प्रस्टसँग बताउन सकिन्छः “तिनीहरू इस्राएलीहरूको डेरामा फर्केर आए ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md]])

तिनीहरूले मानिसहरूलाई भने, “जमिन धेरै मलिलो छ र अन्‍नका बालीहरू प्रशस्त छन् !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “तिनीहरूले मानिसहरूलाई बताए कि जमिन धेरै मलिलो थियो र अन्‍नका बालीहरू प्रशस्त थिए !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])

जमिन धेरै मलिलो छ र अन्‍नका बालीहरू प्रशस्त छन् !

यो कडा भनाई हो जसले जमिन असाध्यै राम्रो थियो भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

सहरहरू धेरै बलिया छन् र मानिसहरू बडेमान छन् !

यो कडा भनाई हो जसले त्यस देशका बासिन्दाहरू धेरै ठूला कदका र शक्तिशाली सिपाहीहरू थिए भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

सहरहरू धेरै बलिया छन्

सहरहरूका वरिपरि बलिया पर्खालहरू थिए, जसका कारण इस्राएलीहरूका लागि तिनीहरूलाई आक्रमण गर्न धेरै कठिन हुने थियो ।

मानिसहरू बडेमान छन्

यसले असाधारण किसिमले अग्ला भएका मानिसहरूलाई मात्र जनाइरहेको छैन, तर एउटा खास वर्गका मानिसहरूलाई जनाइरहेको छ जो सामान्य मानिसहरूमा हुने सबैभन्दा अग्ला व्यक्तिहरू भन्दा निकै ज्यादा ठूला थिए । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामीसँगको तुलनामा मानिसहरू दैत्यसमान छन् !” वा, “मानिसहरू हामी भन्दा धेरै अग्ला र बलिया छन् !” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

यदि हामीले तिनीहरूलाई आक्रमण गर्‍यौँ भने, तिनीहरूले हामीलाई अवश्य हराउनेछन् र मार्नेछन् !

यो कडा भनाई हो जसले कनानीहरूले तिनीहरूलाई लडाईँमा हराउने थिए भनेर इस्राएलीहरू निश्‍चित थिए भनेर जोड दिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

14-06

यो सत्य हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यो कडा भनाई हो जसले भन्छ कि कनानका मानिसहरू ठूल्ठूला भएतापनि, परमेश्‍वर अझ ठूलो हुनुहुन्छ र तिनीहरूलाई हराउन इस्राएलीहरूलाई सक्षम बनाउनुहुनेछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

कनानका मानिसहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानमा बस्‍ने मानिसहरू” वा, “कनानीहरू ।”

तर हामी अवश्‍य सक्छौँ

संयोजक शब्द “तर”ले इस्राएलीहरूको साटोमा कनानीहरू हार्नुपर्ने एउटा असाधारण कारण थियो भनेर सङ्केत गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यी दुई भनाईहरूको बीचमा सम्बन्ध देखाउनको लागि, यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ किनभने परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !”

परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर हामी सँगसँगै लड्नुहुनेछ र तिनीहरूलाई हराउन सहायता गर्नुहुनेछ !” यसले स्पष्‍ट बनाउँछ कि इस्राएलीहरू पनि कनानीहरूको विरूद्धमा लड्ने थिए ।

14-07

तर मानिसहरूले सुनेनन्

संयोजक शब्द “तर”ले यहोशू र कालेबको तर्कको विपरीतमा, मानिसहरूले सुन्‍न इन्कार गरे भनेर सङ्‌केत गर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तपाईंले हामीलाई यो डरलाग्दो ठाउँमा किन ल्याउनुभयो ?

मानिसहरूले मोशा वा परमेश्‍वरबाट उत्तरको अपेक्षा गरिरहेका थिएनन् । वैकल्पिक अनुवादः “तपाईंले हामीलाई यो डरलाग्दो ठाउँमा ल्याउन हुँदैन थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-rquestion/01.md]])

यो डरलाग्दो ठाउँ

तिनीहरूले कनानलाई डरलाग्दो सम्झे किनकि त्यो यति खतरनाक थियो कि तिनीहरू सबै मर्न सक्थे भनेर तिनीहरूले सोचे ।

14-08

... कहाँ उहाँ आउनुभयो

परमेश्‍वर कुनै व्यक्तिको रूपमा आउनुभएन, तर कुनै अरू रूपमा आउनुभयो जसले उहाँको महिमा र शक्तिलाई देखायो ।

ताकि तिमीहरू सबैजना

संयोजक शब्द “ताकि”ले कार्य वा कारणलाई परिणामसँग जोड्छ । मानिसहरूले परमेश्‍वरको विरूद्धमा विद्रोह गरे, र यसकारण वा फलस्वरूप, तिनीहरू सबैजना उजाडस्थानमा डुलिरहनुपर्ने हुनेछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उजाडस्थानमा डुलिरहनु

परमेश्‍वरले मानिसहरूलाई उजाडस्थानमा कुनै निश्‍चित गन्तव्य बिना डोहोर्‍याइरहनु हुने थियो जबसम्म उहाँको विरूद्धमा विद्रोह गर्ने सबै वयस्क मानिसहरू मर्दैनन् ।

14-09

जब मानिसहरूले परमेश्‍वरले यसो भन्‍नुभएको सुने

संयोजक शब्द “जब”ले कार्य वा कारणलाई परिणामसँग जोड्छ । परमेश्‍वरको न्याय सुनेको फलस्वरूप तिनीहरूले पाप गरेकामा मानिसहरू क्षमाप्रार्थी थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तिनीहरूले पाप गरेका थिए

यो थप्न आवश्‍यक हुन सक्छ, “कनानका मानिसहरूलाई जित्‍नु भनेर भनेको परमेश्‍वरको आज्ञालाई नमानेर तिनीहरूले पाप गरेका थिए ।”

त्यसैले तिनीहरूले निर्णय गरे

संयोजक शब्द “जब”ले कार्य वा कारणलाई परिणामसँग जोड्छ । तिनीहरूले पाप गरेकामा क्षमाप्रार्थी भएको फलस्वरूप, इस्राएलका मानिसहरूले कनानका मानिसहरूलाई आक्रमण गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

मोशाले तिनीहरूलाई नजान चेतावनी दिए

यसको अर्थ हो कि मोशाले तिनीहरूलाई कनानीहरूका विरूद्धमा लड्न न‍जान भने किनकि तिनीहरूले त्यसो गरे भने ठूलो खतरामा हुने थिए ।

किनकि परमेश्‍वर तिनीहरूसँग जानुभएन

संयोजक शब्द “किनकि”ले मोशाले तिनीहरूलाई चेतावनी दिने कार्यलाई परमेश्‍वर तिनीहरूसँग नजानुको कारणसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

परमेश्‍वर तिनीहरूसँग जानुहुने थिएन

अरू शब्दहरूमा भन्‍नुपर्दा, परमेश्‍वर तिनीहरूलाई सहायता गर्न तिनीहरूसँग हुनुहुने थिएन । इस्राएलीहरूको अनाज्ञापालनको कारण, परमेश्‍वरले उहाँको उपस्थिति, सुरक्षा, र शक्तिबाट तिनीहरूलाई हटाउनुभयो ।

तर तिनीहरूले उनको कुरा सुनेनन्

तिनीहरूले मोशालाई मानेनन् । जेसुकै भएपनि तिनीहरू कनानीहरूलाई आक्रमण गर्न गए । संयोजक शब्द “तर”ले असाधारण सम्बन्धलाई सङ्‌केत गर्छ । यसले इस्राएलीहरूले सुन्‍न इन्कार गर्ने कुरालाई मोशाले तिनीहरूलाई चेतावनी दिएको कार्यसँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

14-10

परमेश्‍वर तिनीहरूसँग यो लडाईँमा जानुभएन

अरू शब्दहरूमा भन्‍नुपर्दा, यो लडाईँमा परमेश्‍वरले तिनीहरूलाई सहायता गर्नुभएन ।

त्यसकारण कनानीहरूले तिनीहरूलाई हराए र तिनीहरूका धेरैलाई मारे

संयोजक शब्द “त्यसकारण”ले कारण-परमेश्‍वर यो लडाईँमा तिनीहरूसँग जानुभएन भन्‍ने कुरालाई दुई परिणामहरूसँग जोड्छ जुन थिए-कनानीहरूले तिनीहरूलाई हराए, र कनानीहरूले तिनीहरूका धेरैलाई मारे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

कनानबाट फर्के

तिनीहरूले कनानलाई छाडे र उजाडस्थानमा फर्के जहाँ तिनीहरू पहिले थिए ।

उजाडस्थान हुँदै डुल्नु

तिनीहरू उजाडस्थानमा बस्थे, र तिनीहरू त्यो विशाल, सुक्खा भूमिमा तिनीहरू र तिनीहरूका पशुहरूका लागि खाना र पानी खोज्दै एक ठाउँ देखि अर्को ठाउँ एकसाथ बसाइ सर्थे ।

14-11

परमेश्‍वरले तिनीहरूका लागि जुटाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूलाई खाना, पानी र वासको लागि चाहिने सबैथोक तिनीहरूलाई दिनुभयो ।”

स्वर्गबाट आएको रोटी जसलाई “मन्‍न” भनिन्थ्यो ।

यो पातलो, रोटि जस्तै हुने खानेकुरा आकाशबाट रातभरी शीत झैँ घाँसमा झर्थ्यो । तिनीहरूले त्यसलाई “मन्‍न” भने । प्राय हरेक दिन मानिसहरूले यो “मन्‍न”लाई जम्मा गरे र तिनीहरूका खानाको रूपमा पकाए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

उहाँले तिनीहरूलाई बट्टाईको हुल पनि पठाइदिनुभयो (जुन मध्यम आकारका चराहरू हुन्)

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उहाँले ठूलो सङ्ख्यामा बट्टाई चराहरूलाई तिनीहरूका छाउनीमा उडेर आउने पनि तुल्याउनुभयो ।” यदि बट्टाई चराहरू भनेको चिनिँदैन भने, कुनै उस्तै खालको फरक चराको प्रयोग गर्न सकिन्छ । अथवा यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “मध्यम आकारका चराहरूको ठूलो सङ्ख्या ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

तिनीहरूको छाउनी

जुन ठाउँमा इस्राएलीहरूले सुत्‍नको लागि तिनीहरूका पालहरू टाँगेका थिए त्यसलाई “छाउनी” भनिन्थ्यो । यो भवनहरूको सट्टा पालहरूको सहर जस्तो थियो, र यसलाई यताउता सार्न सकिन्थ्यो ।

14-12

परमेश्‍वरले तिनीहरूलाई पिउनको लागि चमत्कारी ढङ्गले चट्टानबाट पानी आउने पनि बनाउनुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले मात्र गर्न सक्नुहुने केही कुरा गरेर, उहाँले पानीलाई एउटा चट्टानबाट बग्‍ने बनाउनुभयो ताकि मानिसहरू र पशुहरूले पिउन सकून् ।

तर यी सबका बाबजुद

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर परमेश्‍वरले खानेकुरा, पानी, कपडा, र तिनीहरूलाई खाँचो पर्ने सबैथोक जुटाउनु भएतापनि ।” संयोजक शब्द “तर”ले सूचीकृत भएका परमेश्‍वरका धेरै उपहारहरू र परमेश्‍वर र उहाँको दास मोशाको विरुद्धमा इस्राएलको गनगनको बीचमा भएको भिन्‍नातालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

त्यसो भएतापनि

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलीहरूले उहाँको विरूद्धमा गुनासो गर्ने र गनगन गरे तापनि ।” संयोजक शब्द “भएतापनि”ले इस्राएलको गनगन र परमेश्‍वरको विश्‍वासयोग्यताको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

परमेश्‍वर अझै पनि विश्‍वासयोग्य हुनुहुन्थ्यो । उहाँले गर्नुभयो ... र याकूब

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले अब्राहाम, इसहाक, र याकूबलाई उहाँले गर्नेछु भन्‍नुभएको कुरा गरिरहनुभयो ।” उहाँले तिनीहरूका सन्तानहरूलाई तिनीहरूलाई खाँचो परेका कुराहरू जुटाइदिनुभयो ताकि तिनीहरू जिउन सकून् र एउटा महान् जाति बन्‍न सकून् र अन्ततः कनानको भूमिलाई आफ्नो बनाउन सकून् ।”

14-13

अर्को पटक जब मानिसहरूसँग केही पानी थिएन

यसले नयाँ घटनाको सुरुवात गर्छ । यो अघिल्लो कथाबाट अर्को कथामा सर्छ जब मानिसहरूसँग पानी थिएन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “चट्टानलाई भन्, र पानी त्यसबाट बाहिर निस्कनेछ ।”

यो आज्ञार्थक र प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “परमेश्‍वरले मोशालाई चट्टानलाई अह्राउन भन्‍नुभयो, र पानी त्यसबाट बाहिर निस्कनेछ भन्‍नुभयो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-quotations/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/figs-imperative/01.md]])

साटोमा

संयोजक शब्द “साटोमा”ले असाधारण सम्बन्धलाई जोड दिन्छ । परमेश्‍वर आफैँले मोशालाई चट्टानलाई भनेर खटाउन अह्राउनुभएको थियो तर उनले चट्टानलाई हिर्काएर परमेश्‍वरको अनाज्ञापालन गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनले परमेश्‍वरको अनादर गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मोशाले परमेश्‍वरको अनाज्ञापालन गरे” वा, “मोशाले परमेश्‍वरको अनादर गरे ।” परमेश्‍वरसँग एउटा खास तरिका थियो जसद्वारा मोशाले मानिसहरूलाई जुटाउनको लागि परमेश्‍वरको शक्ति तिनीहरूलाई देखाएको उहाँले चाहनुभयो । जब मोशाले त्यो काम कुनै फरक तरिकाले गरेर परमेश्‍वरको अनाज्ञापालन गरे उनले परमेश्‍वरको लागि आदरको कमी देखाए ।

किनभने तैँले यसो गरिस्

संयोजक शब्दहरू “किनभने तैँले यसो गरिस्”ले मोशाको अनाज्ञापालन गर्नुको कारणलाई परमेश्‍वरले उनलाई प्रतिज्ञाको भूमिमा प्रवेश गर्न अनुमति नदिनुहुने परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

14-14

इस्राएलीहरू उजाडस्थानमा चालीस वर्षसम्म डुलिसके पछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । यो इस्राएलले डुलेर बस्नुपर्ने परमेश्‍वरको न्यायको समय देखि तिनीहरूका सन्तानहरूका लागि अगाडि के राखिएको छ भन्‍ने कुरामा सर्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

जसले परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका थिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जसले परमेश्‍वरको आज्ञापालन गर्न इन्कार गरेका थिए जब उहाँले तिनीहरूलाई प्रतिज्ञाको भूमिमा जानलाई भन्‍नुभयो ।”

मानिसहरू

त्यो भनेको, मरेर गएको पुस्ताको छोराछोरीहरू ।

त्यसकारण परमेश्‍वरले चुन्‍नुभयो

संयोजक शब्द “त्यसकारण”ले मोशा वृद्ध उमेरको हुनुको कारणलाई परमेश्‍वरले इस्राएललाई डोहोर्‍याउन अरू कसैलाई चुन्‍ने परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

एक दिन

यसको अर्थ हो, “भविष्‍यमा कुनै समय ।”

मोशा जस्तै अर्को अगमवक्ता

मोशा जस्तै, यो मानिस एक इस्राएली हुने थिए, उनले मानिसहरूलाई परमेश्‍वरको वचन बताउने थिए, र उनले मानिसहरूलाई डोहोर्‍याउने थिए ।

14-15

तर परमेश्‍वरले उनलाई प्रवेश गर्न अनुमति दिनुभएन

संयोजक शब्द “तर”ले मोशाले प्रतिज्ञाको भूमिलाई देख्‍न सकेको हुनु र परमेश्‍वरले उनलाई त्यहाँ प्रवेश गर्न अनुमति नदिनुभएको कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तीस दिनसम्म शोक गरे

मोशा मरेका कारण तीस दिनसम्म सारा इस्राएलका मानिसहरूले विलाप गरे र तिनीहरू धेरै उदास भएको देखाए ।

किनभने उनले परमेश्‍वरमा भरोसा गरे र उहाँको आज्ञापालन गरे ।

संयोजक शब्द “किनभने”ले यहोशूको परमेश्‍वरमा भरोसा र उहाँको आज्ञापालनलाई उनी एक असल अगुवा हुनुको परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।