06-01
उनका सेवकहरूमध्ये एकजनालाई फिर्ता पठाए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनका सेवकहरूमध्ये एकजनालाई फिर्ता जान अह्राए ।” “फिर्ता” भन्ने शब्दले यो अर्थ दिन्छ कि त्यो सेवक त्यहि ठाउँमा गइरहेको हुनेथियो जहाँ धेरै समय अगाडि कनानमा आउन अघि अब्राहाम बस्ने गर्थे । यो वाक्यांशको अनुवादले त्यसलाई प्रस्ट पार्छ भन्ने कुरामा पक्का गर्नुहोस् ।
त्यस देशमा
यो देश अहिले अब्राहाम बसिरहेको ठाउँबाट पूर्वतिर थियो ।
उनको छोरा, इसहाकको लागि एउटा पत्नी फिर्ता ल्याउन
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उनको छोरा, इसहाकसँग विवाह गर्नको लागि एकजना अविवाहित स्त्री फिर्ता ल्याउन” ।
06-02
अब्राहामको भाइको नातिनी
ठ्याक्कै भन्नुपर्दा, तिनी अब्राहामको भाइको छोराको छोरी थिइन् । तिनको हजुरबुबा अब्राहामका भाइ थिए ।
06-03
रिबेका सहमत भइन्
रिबेकाकको बाबुआमाले उनको विवाहको लागि कुरा मिलाइरहेका भएपनि, तिनीहरूले गएर इसहाकसँग विवाह गर्न कर लाएनन् ।
06-04
परमेश्वरले त्यसपछि उहाँले अब्राहामसँग बनाउनुभएको करारको कारणले अब्राहामको छोरा, इसहाकलाई आशिष् दिनुभयो
परमेश्वरले अब्राहामसँग बनाउनुभएको करारका प्रतिज्ञाहरू उनका लागि मात्र थिएनन्, तर उनका सन्तानहरूका लागि पनि थियो ।
अनगिन्ती
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एकदम धेरै ।” “अनगिन्ती” शब्दको अर्थ हुन्छ कि त्यहाँ यति धेरै सन्तानहरू हुने थिए कि मानिसहरूले तिनीहरूलाई गन्न सक्षम हुने थिएनन् ।
06-05
रिबेकाको गर्भमा
त्यो भनेको, “तिनी भित्र ।”
06-06
परमेश्वरले रिबेकालाई भन्नुभयो, “तैँले दुई छोराहरूलाई जन्म दिनेछस्. तिनिहरुको सन्तान दुई राष्ट्र बन्ने छन्। तिनिहरु एकआपसमा लड्ने छन्। तर तेरो जेठो छोराले तेरो कान्छो छोराबाट आइरहेको जातिलाई मान्नुपर्ने हुनेछ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्वरले रिबेकालाई भन्नुभयो कि तिनले दुई छोराहरूलाई जन्म दिने थिइन् । तिनीहरूका सन्तानहरू दुई फरक जातिहरू बन्ने थिए । तिनीहरू एक आपसमा लड्ने थिए । तर तिनको जेठो छोराबाट आइरहेको जातिले तिनको कान्छो छोराबाट आइरहेको जातिलाई मान्नुपर्ने हुने थियो ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md]])
तिनीहरू एक आपसमा लड्नेछन्
दुई छोराहरू र तिनीहरबाट आउने जातिहरू दुवैले एक अर्कासँग निरन्तर झगडा गर्नेछन् । ०६:०५सँग तुलना गर्नुहोस् ।
तेरो जेठो छोरा
बच्चाहरू जुम्ल्याहा भए तापनि, पहिलो आउने बच्चालाई जेठोको रूपमा मानिन्थ्यो ।
06-07
रिबेकाका बच्चाहरू जन्मिए
केही भाषाहरूमा यसलाई बताउने अझ अप्रत्यक्ष तरिका हुन्छ जस्तै, “जब रिबेकाले तिनीहरूलाई देखिन् र तिनीहरूलाई राखिन्” वा “जब रिबेकाले तिनीहरूलाई उज्यालोमा ल्याइन् ।”
जेठो छोरा जन्मियो… कान्छो छोरा जन्मियो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बाहिर आउने पहिलो छोरा ... बाहिर आउने दोस्रो छोरा ।” “जेठो” र “कान्छो”लाई अनुवाद गरिएको तरिकाले अझै पनि केटाहरू जुम्ल्याहा थिए भनी सन्देश दिन्छ भनेर पक्का गर्नुहोस् ।
रातो
यसको अर्थ उनको छाला धेरै रातो थियो वा उनको शरीरमा भएको रौँ रातो थियो भन्ने हुन सक्छ ।
रौँदार
एसावको शरीरमा थुप्रै रौँहरू थिए । तपाईंले भन्न सक्नुहुन्थ्यो, “जेठो छोराको शरीर थुप्रै रौँहरू सहित रातो थियो ।”
... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।