नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

17-01

शाऊल इस्राएलको पहिलो राजा थिए

यसले शाऊललाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

इस्राएलको पहिलो राजा

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएलमाथि राज गर्नलाई पहिलो राजा ।”

उनी अग्ला र हेर्नमा राम्रा थिए, जस्तो मानिसहरूले चाहेका थिए

यो शाऊलको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

एक दिन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कुनै समय भविष्‍यमा” वा “वर्षौँ पछि ।”

उनको ठाउँमा राजा हुनु

यो एउटा उपमा हो जसको अर्थ “उनलाई हटाएर राजा हुनु” भन्‍ने हुन्छ । यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “इस्राएलको राजाको रूपमा उनको ठाउँलाई लिनु” वा, “उनको साटोमा राजाको रूपमा शासन गर्नु ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-idiom/01.md]])

17-02

परमेश्‍वरले दाऊद नाम गरेका एकजना जवान इस्राएलीलाई चुन्‍नुभयो

यसले दाऊदलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

दाऊद बेथलेहेम सहरबाटका एक गोठाला थिए ।

यो दाऊदको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

बाबुका भेडाहरू

यसले स्वामित्त्वलाई जनाउँछ । भेडाहरू दाऊदको बाबुका थिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

हेर्दै

अर्थात, “... लागि हेरविचार गर्दै” वा, “रक्षा गर्दै” वा, “... को वास्ता गर्दै ।”

17-03

गोल्यत नाम गरेका एकजना पहलमान

“पहलमान” शब्दले यहाँ एकजना व्यक्तिलाई जनाउँछ जो असाधारण किसिमले विशाल र शक्तिशाली थियो । गोल्यत इस्राएलको विरुद्ध लडिरहेको सेनाको एकजना बडेमानको सिपाही थियो ।

तीन मिटरजति अग्लो !

यो कडा भनाई हो जसले गोल्यत असाध्यै अग्लो थियो भनेर बताउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

त्यो कुरा पछि

संयोजक शब्दहरू “त्यो कुरा पछि”ले घटनाहरूको क्रमलाई सङ्‌केत गर्छन् । दाऊदले परास्त गरेका इस्राएलको पहिलो शत्रु गोल्यत थियो, तर गोल्यतलाई हराइसके पछि, दाऊद इस्राएलका अरू धेरै शत्रुहरूलाई परास्त गर्नतिर लागे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

17-04

आखिरमा

मानिसहरूले दाऊदलाई ज्यादै प्रशंसा गरे जसकारण शाऊल डाही बने, र शाऊलले डाही अनुभव गर्ने मात्र होइन तर त्यस डाहमा उनी चल्ने कुरातिर अब कथा अगाडि बढ्छ । “आखिरमा” शब्दले शाऊलको डाही हुनुको कारणलाई शाऊलको डाहको परिणामसँग जोड्छ जसमा कारण चाहिँ मानिसहरूले दाऊदलाई मन पराउनु थियो र परिणाम चाहिँ शाऊलले दाऊदलाई मार्न चाहनु थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/writing-newevent/01.md]], [[https://git.door43.org/Door43-Catalog/_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

एक दिन

शाऊलले दाऊदलाई मार्न चाहने बारेको सामान्य कथाबाट शाऊलले दाऊदलाई मार्नलाई कोसिस गरेको कुनै खास घटनातिर कथा अगाडि बढ्छ । यो घटना अगाडि घटेको थियो, तर खास समयलाई तोकेर भन्दैन । धेरै भाषाहरूको यस्तै कुनै किसिमले कथा भन्‍न सुरु गर्ने तरिका हुन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

यसरी

संयोजक शब्द “यसरी”ले शाऊलले दाऊदसँग उनको कपडाको टुक्रा देखेको भन्‍ने कारणलाई दाऊदले उनलाई मारेर राजा बन्‍ने थिएनन् भनेर शाऊलले जान्‍नसकेको परिणामसँग जोड्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

राजा बन्‍न

परमेश्‍वरले इस्राएलमाथि राजाको रूपमा राख्‍नुभएको मानिसलाई मारेर दाऊदले परमेश्‍वरको अपमान गर्ने थिएनन् ।

17-05

केही समय पछि

कथा शाऊल राजा हुनेबाट दाऊद राजा हुनेतर्फ अगाडि बढ्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

उनलाई सफल बनाउनुभयो

अर्थात, “उनले गर्न चाहेका असल थोकहरू सम्पन्‍न गर्न उनलाई सहयता गर्नुभयो ।”

र परमेश्‍वरले उनलाई ... लाई परास्त गर्न सहायता गर्नुभयो

संयोजक शब्द “र”ले साधारण संयोजनको काम भन्दा बढि गरिरहेछ । यसले सङ्‌केत गर्छ कि दाऊदमाथिको परमेश्‍वरको आशिष्‌ले उनको सैन्य कोसिसहरूलाई पनि समेटेको छ । दाऊदले उनी महान सिपाही भएतापनि, त्यसको कारणले थुप्रै लडाईँहरू जितेका होइनन्, तर परमेश्‍वरले उनलाई इस्राएलका शत्रुहरूलाई हराउन सहायता गर्नुभएको कारणले हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनको राजधानी सहर

अर्थात, “उनको राज्यको राजधानी सहर ।” दाऊद यरूशलेममा बस्थे र त्यहाँबाट शासन गर्थे । सारा सहरै दाऊदको त थिएन, तर किनकि दाऊद सर्वोच्‍च सरकारी अगुवा थिए र किनकि दाऊदले यरूशलेमलाई कब्जा गरेर त्यसलाई आफ्नो राजधानी बनाएका थिए, यसलाई धेरैचोटि उनको भनेर वर्णन गरिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

राजधानी सहर

यो इस्राएल देशको लागि सरकारको केन्द्र थियो, इस्राएलका अरू सबै सहरहरूमाथि यसको प्राथमिक श्रेणी थियो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-unknown/01.md]])

17-06

एउटा मन्दिर बनाउन

दाऊद परमेश्‍वरलाई आराधना गर्नको लागि एउटा स्थायी भवन निर्माण गर्न चाहन्थे जसले बोकेर हिँड्न मिल्ने भेट हुने पाललाई प्रतिस्थापित गरिदिने थियो ।

४००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “चार सय ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

17-07

तर त्यहाँ एकजना नाथान नाम गरेका अगमवक्ता थिए

संयोजक शब्द “तर”ले दाऊदले परमेश्‍वरको निम्ति मन्दिर बनाउने चाहनालाई परमेश्‍वरले दाऊदकहाँ एकजना अगमवक्तालाई सन्देशसहित पठाउनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

त्यसकारण तैँले निर्माण गर्नेछैनस्

संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-दाऊदले धेरै लडाईँहरूमा लडेका थिए भन्‍ने कुरालाई परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले मन्दिर निर्माण गर्ने व्यक्ति दाऊद होस् भनेर चाहनुभएन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

यस मन्दिर

अर्थात, “आराधनाको लागि यो भवन” वा, “यो आराधनाको ठाउँ ।”

तर अझैपनि

संयोजक शब्दहरू “तर अझैपनि”ले परमेश्‍वरले दाऊदले मन्दिर बनाउन हुँदैन भन्‍ने कुरा र परमेश्‍वरको दाऊदलाई आशिष् दिने प्रतिज्ञाको बीचमा भएको भिन्‍नतालाई देखाउँछन् । यदि परमेश्‍वरले यसो नभन्‍नुभएको भए, परमेश्‍वर उनीसँग कुनै कारणले रिसाउनुभएको थियो वा दाऊदले केही गरेका थिए जसले गर्दा परमेश्‍वरले उनलाई यो उपासनाको कार्य गर्नलाई स्वीकृति दिनुभएन भनेर दाऊदले सोच्‍न सक्थे । यो विपरीत सम्बन्धले देखाउँछ कि दाऊद र परमेश्‍वरको बीचमा केही नमिलेको थिएन, परमेश्‍वरले दाऊदको निम्ति उहाँको प्रेम मसिह उनको सन्तान हुनुहुनेछ भनेर दाऊदलाई गर्नुभएको प्रतिज्ञाद्वारा देखाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

तेरा सन्तानहरूमध्येको एकजनाले मेरा मानिसहरूमाथि सदासर्वदा शासन गर्नेछ !

यो उदेकलाग्दो भनाई हो किनभने मानिसहरू सदासर्वदा बाँच्दैनन् ! (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-exclamations/01.md]])

परमेश्‍वरको चुनिएको जन

यसलाई मौखिक पदावलीबाट प्रतिनिधित्व गर्न सकिन्छ, "जसलाई परमेश्‍वरले चुन्‍नुभयो ।" (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

तिनीहरूको पापबाट

अर्थात, “तिनीहरूको पापको भयानक परिणामहरूबाट ।”

17-08

जब दाऊदले नाथानको सन्देश सुने

संयोजक शब्द “जब”ले कारण-नाथानको सन्देश, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले परमेश्‍वरलाई धन्यवाद दिए र प्रशंसा गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

नाथानको सन्देश

यसलाई “नाथानले दिएको सन्देश” भनेर पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

निश्‍चय पनि

संयोजक शब्दहरू “निश्‍चय पनि”ले परमेश्‍वरले यी कामहरू कहिले गर्नुहुने थियो भनेर दाऊदलाई थाहा थिएन भनेर सङ्‌केत गर्छ, किनभने परमेश्‍वरले उनलाई यी कुराहरू कहिले हुनेछन् भनेर बताउनुभएन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

१,०००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्छः “एक हजार ।” (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-numbers/01.md]])

17-09

तापनि, उनको जीवनको अन्ततिर

संयोजक शब्द “तापनि”ले दाऊदले धेरै वर्षसम्म परमेश्‍वरको आज्ञापालन गरेको कुरा र परमेश्‍वरको विरुद्धमा उनको जीवनको अन्ततिर उनले गरेको भयङ्‌कर पापहरूको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनको जीवनको अन्ततिर

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जब दाऊद बुढा भए” वा “दाऊदको जीवनको पछिल्लो समयतिर ।”

उनको जीवन

यसले दाऊदसँग भएको वा उनले जिएको जीवनलाई जनाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-possession/01.md]])

डरलाग्दो रूपले पाप गरे

अर्थात, “धेरै दुष्‍ट तरिकाले पाप गरे ।” दाऊदको पाप विशेष गरी दुष्‍ट थियो ।

17-10

एक दिन दाऊद

हामीसँग दाऊदले परमेश्‍वरको आज्ञापालन गरेको धेरै कथाहरू छन् तर अब जब दाऊदले पाप गरे भन्‍ने नयाँ कथाको परिचय हुँदैछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

एक दिन

यो पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समयलाई तोकेर भन्दैन । धेरै भाषाहरूको यस्तै कुनै किसिमले सत्य कथालाई बताउने तरिका हुन्छ ।

देखे

बतशेबा आफ्नै घरमा नुहाइरहेकी हुन सक्छ, तर दाऊदको दरबार धेरै अग्लो थियो र उनले पर्खाल पछाडि देख्‍न सक्षम भए जुन उनको दरबार देखि होचा ठाउँमा थिए ।

एकजना सुन्दर स्‍त्री ... उनको नाम बतशेबा थियो

यसले बतशेबालाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

नुहाइरहेकी

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “स्‍नान लिइरहेकी” वा, “आफैँलाई सफा गरिरहेकी ।”

तर उनले पत्ता लगाए

संयोजक शब्द “तर”ले दाऊदले त्यस स्‍त्रीलाई नचिनिरहेका कुरा र उनले तिनी को थिइन् भनेर पत्ता लगाएका कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

17-11

अर्कोतिर हेर्नको साटोमा

संयोजक शब्द “साटोमा”ले दाऊदले जे गर्नुपर्ने थियो-अर्कोतिर हेर्नु, यो कुरालाई, दाऊदले जे गरे-तिनलाई उनीकहाँ ल्याउन कसैलाई पठाए भन्‍ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनी तिनीसँग सुते

नम्र बन्‍नको खातिर, दाऊदले बतशेबासँग शारीरिक सम्पर्क राखे भन्‍नलाई एउटा मधुर शब्दको प्रयोग गरिएको छ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-euphemism/01.md]])

17-12

बतशेबाको पति उरियाह नाम गरेका मानिस थिए

यसले बतशेबाको पति, उरियाहलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-participants/01.md]])

उनी दाऊदको उत्कृष्‍ट सिपाहीहरूमध्येका एक थिए । उनी यस समयमा एउटा लडाईँमा लड्न टाढा थिए ।

यो उरियाह को थियो भनेर बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-background/01.md]])

उसको पत्‍नीसँगै हुन जानु

अर्थात, “आफ्नी पत्‍नीसँग घनिष्‍ठ हुन घर जानु ।” दाऊद मानिसहरूले, विशेष गरेर, उरियाहले, बतशेबा उरियाहको बच्‍चासँग गर्भवती भएकी थिइन् भनेर विश्‍वास गरेको चाहन्थे ।

त्यसकारण दाऊदले उरियाहलाई पठाए

संयोजक शब्द “त्यसकारण”ले कारण-उरियाहले उसकी पत्‍नीसँग बस्‍न जानलाई इन्कार गर्‍यो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उनलाई लडाईँमा फिर्ता पठाइदिए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

जहाँ शत्रु सबैभन्दा बढि प्रबल थियो

अर्थात, युद्धको त्यस स्थानमा जहाँ सबभन्दा ज्यादा लडाईँ भइरहेको थियो ।

ताकि ऊ मारियोस्

संयोजक शब्दहरू “ताकि”ले कारण-दाऊदले उरियाह मारिएको चाहे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उरियाहलाई शत्रु सबभन्दा ज्यादा प्रबल भएको ठाउँमा राख्‍न सेनापतिलाई अह्राए । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

17-13

उरियाह मरे पछि

संयोजक शब्द “पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । उरियाह मर्‍यो, र त्यसपछि दाऊदले बतशेबालाई विवाह गरे । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

जे दाऊदले गरेका थिए

यसले दाऊदको बतशेबासँगको व्यभिचार र उनले तिनको पति, उरियाहलाई गरेको हत्यालाई जनाउँछ ।

त्यसकारण उहाँले पठाउनुभयो

संयोजक शब्द “त्यसकारण”ले कारण-दाऊदको पापसँग परमेश्‍वर धेरै रिसाउनुभएको थियो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-त्यो कति दुष्‍ट कुरा थियो भनेर बताउन परमेश्‍वरले एकजना अगमवक्तालाई पठाउनुभयो । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

17-14

तर दाऊदको बालक छोरो मर्‍यो

संयोजक शब्द “तर”ले दाऊदको पश्‍चात्ताप र परमेश्‍वरको क्षमालाई दाऊदलाई परमेश्‍वरको दण्ड र बतशेबाको बालक मर्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

उनको आफ्नै घरानाका केही मानिसहरू उनको विरुद्धमा लडे

यो लडन्त धेरै गम्भीर थियो । अन्य कुराहरूमध्येमा, उनका छोराहरूमध्येका एकजनाले अर्का छोरालाई मारिदियो र दाऊदले अझ शासन गरिरहँदा नै दाऊदको राजाको रूपमा भएको स्थान लिन कोसिस गर्‍यो । यदि सम्भव हुन्छ भने, त्यस्तो शब्द प्रयोग गर्नुहोस् जसले परिवार भित्रै भएको यस द्वन्द्वको तीव्रताको सन्देश दिन्छ ।

तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्थ्यो

संयोजक शब्द “तर”ले दाऊदको पाप र अविश्‍वासपनलाई परमेश्‍वरको विश्‍वासयोग्यतासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/grammar-connect-words-phrases/01.md]])

पछि

यसले दोस्रो छोराको जन्मलाई जनाउँछ जो चाहिँ मरेन । (हेर्नुहोस्ः [[https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/writing-newevent/01.md]])

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।